परिचय

परिचय

हालको इभान्जेलिकल एक्युमेनिकल उन्माद

डा. अर्नेस्ट पिकरिङ्ग

शताब्दियौंसम्म रोमन क्याथोलिक चर्चलाई ख्रीष्टको साँचो मण्डलीको अङ्गको रूपमा मान्यता दिन इन्कार गर्दा के बाइबल-विश्वासीहरू भूलमा परेका थिए त? “वेश्याहरूकी माता” का झूटा शिक्षाको विरोधमा उठ्दा मारिएका विगतका सहीदहरू के व्यर्थैमा मरे त? आफ्ना प्रयासका लागि उनीहरू खम्बामा बाँधिएर जिउँदै जलाइँदा के त्यो व्यर्थैमा थियो त? के ह्यु ल्याटिमर (Hugh Latimer), जन नक्स (John Knox) र मार्टिन लुथर (Martin Luther) एक्युमेनिज्मका [कथित] गहकिला उपलब्धिहरूलाई चिन्न नसक्ने, उल्टो नडराईकन रोमका अनेकन् दोषहरूको विरोध गर्ने, बुद्धूहरू थिए त?

आज इसाईजगत (Christendom) मा अनौठा कुराहरूको चलखेल छ। उनीहरूका समय-प्रमाणित सिद्धान्तहरू र परमेश्वरबाट प्रकटित सत्यताहरूदेखि परमेश्वरका जनहरूलाई भड्काउन खोज्ने थुप्रै “शिक्षारूपी बतास” चलिरहेका छन्।

यी पृष्ठहरू डा. अर्नेस्ट पिकरिङ्गको Holding Hands with the Pope – The Current Evangelical Craze बाट नेपालीमा रूपान्तर गरिएका हुन्।

Print Friendly, PDF & Email