“ख्रीष्टमा” हुनु भनेको के हो?
“ख्रीष्टमा” हुनु भनेको के हो?
जर्ज जेलर
- मानव जातिलाई दुई समूहमा विभाजन गर्न सकिन्छ: १) जोहरू ख्रीष्टबाहिर छन् (कलस्सी ४:५; १ थेस्सलोनिकी ४:१२); २) जोहरू “ख्रीष्टमा” छन् (२ कोरिन्थी ५:१७; रोमी ८:१)।
- पहिलो जन्मले मान्छे “आदममा” हुन्छ (१ कोरिन्थी १५:२२) र पुरानो सृष्टिसित आवद्ध हुन्छ जुनचाहिँ आदममा मानिसको पतनले बिगारिएको थियो। दोस्रो जन्मले (यूहन्ना ३) मान्छे “ख्रीष्टमा” हुन्छ (१ कोरिन्थी १५:२२) र नयाँ सृष्टिसित आवद्ध हुन्छ (२ कोरिन्थी ५:१७) जुनचाहिँ ख्रीष्टद्वारा बचाइएको थियो।
- चाबी खण्डहरू: १) २ कोरिन्थी ५:१७ — मेरो नयाँ ओहोदा; २) एफेसी १:३ — मेरा आत्मिक आशिषहरू; ३) १ कोरिन्थी १:५ — मेरो प्रशस्त सम्पत्ति
- म कसरी “ख्रीष्टमा” हुन गएँ? यो मलाई कसरी हुन गयो? मानिसको जिम्मेवारी = विश्वास (गलाती ३:२६) परमेश्वरको जिम्मेवारी = बप्तिस्मा (गलाती ३:२७)। जब म बचाइएँ, परमेश्वरले मलाई येशू ख्रीष्टभित्र डुबाउनुभयो!
- म को हुँ? म के हुँ?
ख्रीष्टमा…- म एक नयाँ सृष्टि हुँ — २ कोरिन्थी ५:१७; दाँज्नुहोस् गलाती ५:६; ६:१५; एफेसी २:१०
- म एक पवित्र जन हुँ — १ कोरिन्थी १:२
- म उहाँको मण्डलीको एउटा भाग हुँ — एफेसी २:२१-२२
- म परमेश्वरका आत्माको निम्ति एक मन्दिर हुँ — एफेसी २:२२
- म परमेश्वरको अनन्त योजनाभित्र पर्छु — एफेसी १:४; २ तिमोथी १:९
- म पूर्ण छु (ख्रीष्टको परिपूर्णताले पूरै भरपूर) — कलस्सी २:९; दाँज्नुहोस् कलस्सी १:१९)
- म धनवान् बनाइएको छु — १ कोरिन्थी १:५
- म ग्रहणयोग्य बनाइएको छु (परमेश्वरको अनुग्रह ममाथि खन्याइएको छ) — एफेसी १:६
- म ज्योति हुँ — एफेसी ५:८
- म परमेश्वरको प्रेमभित्र सुरक्षित छु — रोमी ८:३८-३९
- म दृढ पारिएको, जरा हालिएको र निर्माण गरिएको छु — २ कोरिन्थी १:२१; कलस्सी २:७
- म खतना गरिएको छु — कलस्सी २:११
- म परमेश्वरको हृदयको नजिक छु — एफेसी २:१३
विश्वासैद्वारा मैले यी कुराहरू यस्तै हुन् भनेर दाबी गर्नुपर्छ! मैले आफूलाई परमेश्वरले जस्तै देख्नुपर्छ!
- मसित के छ? मेरा सम्पत्ति के हुन्?
ख्रीष्टमा…- मसित हरेक आत्मिक आशिषहरू छन् — एफेसी १:३
- मसँग अनन्त जीवन छ (परमेश्वरसित अनन्त सम्बन्ध) — १ यूहन्ना ५:११; रोमी ६:२३; १ कोरिन्थी १५:२२
- मसित महिमापूर्ण मुक्ति छ — २ तिमोथी २:१०
- मसित धनाढ्य पैत्रिक सम्पत्ति छ — एफेसी १:४; हेर्नू: १ पत्रुस १:४; रोमी ८:१७
- मसित एउटा महिमापूर्ण भविष्य छ — एफेसी १:४-५
- मसित एउटा स्वर्गीय ओहोदा वा स्थान छ (बसालिएको) — एफेसी २:६
- मसित एउटा उच्च बोलावट छ — फिलिप्पी ३:१४
- मसित अनन्त महिमाको आशा छ — १ पत्रुस ५:१०
- मसित परमेश्वरको सिद्ध धार्मिकता छ — २ कोरिन्थी ५:२१; १ कोरिन्थी १:३०; १ कोरिन्थी ६:११
- मसित पवित्रता छ — १ कोरिन्थी १:२; १:३०; ६:११
- मसित परमेश्वरको बुद्धि छ — १ कोरिन्थी १:३०; हेर्नू: कलस्सी २:३ र १ कोरिन्थी २:१६
- मसित उद्धार छ (बन्धनबाट छुटकारा) — एफेसी १:७; कलस्सी १:१४; रोमी ३:२४; १ कोरिन्थी १:३०
- मसित सुरक्षा छ — रोमी ८:१
- मसित सम्पूर्ण पापको क्षमा छ — एफेसी १:७; कलस्सी १:१४; १ कोरिन्थी ६:११ (“धोइएका”)
विश्वासैद्वारा मैले आफ्ना सम्पत्तिहरूलाई अपनाउनुपर्छ र आफ्ना धनहरूको उपभोग गर्नुपर्छ!
- मसित के छ? मेरा सम्पत्ति के हुन्?
- व्यावहारिक पक्षहरू
ख्रीष्टमा…- म हिँड्छु र जिउँदछु — कलस्सी २:६
- म स्थिर रहँदछु — फिलिप्पी ४:१
- म सधैं विजय पाउँदछु — २ कोरिन्थी २:१४
- म फलदायी हुँदछु — १ कोरिन्थी १५:५८; एफेसी २:१०
- म सबै कुरा गर्न सक्छु — फिलिप्पी ४:१३
- म परमेश्वरको नजिक जान सक्दछु – एफेसी २:१३,१८
- म आफ्ना सबै खाँचोहरू पूरा भएको पाउँछु — फिलिप्पी ४:१९
- म सधैं आनन्द गर्न सक्छु — फिलिप्पी ४:४; १ पत्रुस १:८
- म शुद्ध पार्ने आशा पाउँछु — १ यूहन्ना ३:३
- म बलियो छु — २ तिमोथी २:१; एफेसी ६:१०
- म विश्वासयोग्य छु — एफेसी १:१
- मसँग विश्वास र प्रेम छ — १ तिमोथी १:१३
- म परिपक्क्व बन्न सक्छु — कलस्सी १:२८
विश्वासैद्वारा म यसरी नै हिँडूँ र जीवन बिताऊँ (कलस्सी २:७)!