बाइबलमा परमेश्वरकै मन छ, मानिसको अवस्था छ, मुक्तिको मार्ग छ, दुष्टहरूको विनाश छ र विश्वास गर्नेहरूको सुख छ। यसका शिक्षाहरू पवित्र छन्, यसका नीतिहरू आधिकारिक छन्, यसका इतिहासहरू सत्य छन् र यसका फैसलाहरू अपरिवर्तनीय छन्। बुद्धिमान हुन यसलाई पढ्नुहोस्, सुरक्षित हुन विश्वास गर्नुहोस्, पवित्र हुन पालन गर्नुहोस्। डोर्याउनलाई यसमा ज्योति छ, सामर्थ्य दिने भोजन छ, ढाडस दिने साहारा छ।
यात्रीको नक्सा हो यो, परदेशीको लौरो, चालकको कम्पास हो यो र तलवार योद्धाको। ख्रीष्टियनको राजपत्र हो यो। यहाँ सत्ययुग पुनर्स्थापित हुन्छ, स्वर्ग खोलिन्छ, नरकका ढोकाहरू प्रकट हुन्छन्। ख्रीष्ट यसको केन्द्रीय विषय हो, हाम्रो भलाइ यसको उद्देश्य र परमेश्वरको महिमा यसको लक्ष्य।
यसले स्मृतिलाई भर्नुपर्छ, हृदयलाई नियन्त्रण गर्नुपर्छ, पाउहरूलाई डोर्याउर्नुपर्छ। यसलाई बिस्तारै पढ्नुहोस्, बारम्बार पढ्नुहोस्, प्रार्थनासहित पढ्नुहोस्। यो, ऐश्वर्यको खानी हो, महिमाको स्वर्गलोक हो र सुखको नदी हो। यो तपाईंलाई यस जीवनमा दिइएको छ, न्यायको दिनमा खोलिन्छ र यसलाई सदासर्वदा स्मरण गरिनेछ। यसमा सबभन्दा ठूलो जिम्मेवारी छ, अधिक परिश्रमलाई इनाम छ र यसका पवित्र कुराहरूसित खेलबाड गर्नेहरू सबलाई दण्ड छ।