इस्राएल सम्बन्धी भविष्यवाणी

बाइबलका उदेकलाग्दा भविष्यवाणीहरू यसको ईश्वरीय उद्भवको एउटा प्रमाण हो। यी भविष्यवाणीहरू स्पष्ट छन्, विस्तृत छन् र अचूक छन्।
तर यसको तुलनामा गैर-बाइबलीय भविष्यवाणीहरू फरक छन्, जो अस्पष्ट र गलत छन्।
चौथो शताब्दिका सिबील (Sybil) अगमवक्तिनीहरूलाई विचार गर्नुहोस्। कन्स्टान्टीन (Constantine) लाई टाइबर नदीको किनारस्थित युद्धभूमिमा भेट्नु अघि जब म्याक्सेन्टियस (Maxentius) ले तिनीहरूसित सोधखोज गरे, उनलाई यो बताइयो कि “त्यस दिनमा रोमको शत्रु नष्ट हुनेछ।” यो भविष्यवाणी यति अस्पष्ट थियो कि जसले जिते पनि उसलाई यो लागु गर्न सकिन्थ्यो!
नोस्ट्रादामस (Nostradamus) का
भविष्यवाणीहरू “अप्रकट” र “अस्पष्ट” थिए। हिटलरलाई बयान गर्ने भनिएको निम्न भविष्यवाणीलाई विचार गर्नुहोस्: “भोकले उग्र पशुहरू नदीहरू पौडेर तर्नेछन्: उक्त प्रान्तको अधिक भाग हिस्टरको विरुद्धमा हुनेछ। एक महान् व्यक्तिद्वारा ऊ फलामको खोरभित्र घिसारिनेछ जब उक्त जर्मन बच्चाले कुनै कुरा अवलोकन गर्नेछैन” (centuries #2, quatrain #24)। यो यति अस्पष्ट छ कि यसको कुनै अर्थ छैन।
ज्योतिषशास्त्रलाई विचार गर्नुहोस्। त्यसका पूर्वानुमानहरू प्राय: एकदम अस्पष्ट हुन्छन्, जस्तै, “केही साथीहरूलाई यस्तो लाग्न सक्छ कि तिमीले उनीहरूलाई बेवास्ता गर्दैछौ।” अनि जब ज्योतिषशास्त्रले अलिक किटानसाथ पूर्वानुमान गर्दछ, तब त्यो प्राय: गलत हुन्छ। ब्रिटेनका दुई प्रख्यात ज्योतिषीहरूले यो पूर्वानुमान गरे कि हिटलरले दोस्रो विश्व युद्ध थाल्नेछैन। एडवर्ड लिन्डो (Edward Lyndoe) ले भने, “नाजीहरूले ब्रिटेनलाई हमला गर्ने रे? मलाई हाँस नउठाउनुहोस्! मेरो तालिकाहरूमा त्यसको एउटै सङ्केत देखिँदैन (June 25, 1939)।
जीन डिक्सन (Jean Dixon) लाई विचार गर्नुहोस्। तिनले यो भनिन् कि अमेरिकाभन्दा पहिला सोभियतहरूले चन्द्रमामा टेक्नेछन्, तेस्रो विश्व युद्ध सन् १९५८ मा सुरु हुनेछ, र सन् १९६७ मा क्यान्सरको औषधी पत्ता लाग्नेछ।
एडगार केसी (Edgar Cayce) लाई विचार गर्नुहोस्। उनले यो भविष्यवाणी गरे कि सन् १९६८ मा चीन ईसाई बन्नेछ र सन् १९९९ मा हारमागेडोनको युद्ध चल्नेछ।
इस्लामको भविष्यवाणीलाई विचार गर्नुहोस्। निम्न कुराले इस्लामको मसीह “दज्जल” लाई जनाउँछ। “आफूसित पानी र आगो लिएर दज्जल निस्किआउनेछन् अनि जुन कुरा मानव जातिले पानी भनी देख्छन् त्यो जल्ने आगो हुनेछ र जुन कुरा आगो भनी देख्छन् त्यो चीसो र मीठो पानी हुनेछ” (Hadiths of Bukhari)।
हिन्दू भविष्यवाणीलाई विचार गर्नुहोस्। निम्न बयान कलियुगको हो: “जब छल, झूट, अल्छेपना, निन्द्रा, उपद्रव, नैराश्य, शोक, भ्रम, डर र गरिबी व्यापक हुनेछ, त्यो नै कलियुग हो।” यो त यति अस्पष्ट छ यस बयानले मानिसको पतन भएदेखिको जुनसुकै समयलाई पनि बयान गर्न मिल्छ।
तुलनामा बाइबलका भविष्यवाणीहरू प्राय: स्पष्ट र विस्तृत छन् र ती कहिल्यै चुकेका छैनन्। जस्तै, ख्रीष्टको पहिलो आगमन सम्बन्धीका भविष्यवाणीहरूले उहाँको आगमनको एकदम ठिक समय, उहाँको एकदम ठिक जन्मस्थान, उहाँका हातपाउहरू क्रूसमा छेडिने कुरा, क्रूसबाट उहाँले बोल्नुहुने शब्दहरू, सिपाहीहरूले उहाँका वस्त्रका निम्ति गोला हाल्ने कुरा, उहाँलाई धनी मानिसको चिहानमा गाडिने कुरा, र अन्य थुप्रै घटनाहरूलाई बयान गरेका थिए।
इस्राएल सम्बन्धी भविष्यवाणीहरू पनि उत्तिकै विशुद्ध छन्।
भनिन्छ, फ्रेड्रिक द ग्रेट (Frederick the Great) ले एक पटक बाइबलको ईश्वरीय उद्भवको प्रमाण एउटै शब्दमा दिन लाए। उनको आत्मिक सल्लाहकारले जवाफ यसरी दिए, “यहूदी, मौसुफ” (Robert Newman, “Israel’s History Written in Advance,” Evidence for Faith, edited by John Montgomery, pp. 193-201).
इस्राएलीहरू एउटा राष्ट्रको रूपमा भर्खरै सङ्गठित बनेको अवस्थामा, उनीहरू प्रतिज्ञाको देशभित्र पस्नु अगाडि नै मोशाले उनीहरूको सम्पूर्ण इतिहासको भविष्यवाणी गर्यो। परमेश्वरले यो चेतावनी दिनुभयो कि इस्राएल यदि उहाँको व्यवस्थादेखि मोडियो भने परमेश्वरले त्यसलाई न्याय गर्नुहुनेछ।
हेर्नुहोस् व्यवस्था २८:२५-३२, ३६-३७, ६३-६७; ३०:१-६
यो भविष्यवाणी ईपू १४५० ताका लेखिएको थियो, अर्थात् लगभग ३,५०० वर्ष अगाडि।
उक्त भविष्यवाणीले इस्राएल विदेशी शक्तिहरूद्वारा पराजित हुने कुरा, आफ्नो भूमिबाट निस्कासन गरिने कुरा, पृथ्वीको पल्लो छेउसम्म छरपुष्ट पारिने कुरा, र फेरि फर्काइने कुराको बयान गर्दछ।
१. भूमिको मरुस्थलीकरण
मोशाले यो बताए कि इस्राएल एउटा मरुभूमि बन्नेछ। वर्षाचाहिँ धूलो र बालुवा हुनेछ (व्यवस्था २८:२३-२४), अनि भूमिचाहिँ “गन्धक, नुन र जलिरहेको आगो” हुनेछ (व्यवस्था २९:२३)।
इस्राएल ईपू १५ औं शताब्दीमा कनानभित्र प्रवेश गर्दा, त्यो एउटा बगैँचा जस्तै फलवन्त भूमि थियो, अनि परमेश्वरले उक्त भूमिमा अघिल्लो र पछिल्लो वर्षा पठाउनुभयो। त्यसको ४०० वर्ष अघि अब्राहामको समयमा, इस्राएलको दक्षिण भागमा रहेको यर्दनको बेंसी “जहाँतहीँ पानीले राम्ररी सिँचिएको, परमप्रभुको बगैंचाजस्तो … थियो (उत्पत्ति १३:१०)। परमेश्वरले त्यसलाई “दूध र मह बग्ने” भूमिको रूपमा बयान गर्नुभयो, जसको माने भूमि राम्ररी सिँचिएको थियो र प्रशस्त पाल्तुपशुले र फूल फुल्ने बोटविरूवाले लटरम्म थियो (व्यवस्था ३१:२०)। रूबेन र गादका कुलहरू यर्दनको पूर्वपट्टि बसोबासो गरे किनकि तिनीहरूका “अति धेरै गाईबस्तुहरू थिए” अनि तिनीहरूले यो देखे कि “त्यो ठाउँ गाईबस्तुका निम्ति उपयुक्त ठाउँ थियो” (गन्ती ३२:१)।
उनीहरूले वर्तमान जोर्डन राष्ट्रको दक्षिणी भागको बयान गर्दैथिए जो आज एक उराठिलो मरुभूमि रहेको छ। त्यतिखेर त्यो मरुभूमि थिएन, तर इस्राएलको पाप र मूर्तिपूजाको कारण परमेश्वरले वर्षा बन्द गरिदिनुभयो र भूमि एक बाँझो मरुभूमि बन्यो, अनि आज अधिकांश भूमि नै त्यस्तै छ। इस्राएलको अधिकांश भागहरूमा जे उब्जनी गरिन्छ त्यो सिँचाइले मात्र गर्न सकिन्छ। आज केही भेडाहरू पालेर जसोतसो जीविका धान्न सकिन्छ (सिँचाइ गरिएका र्याञ्चहरूलाई छोडेर), तर बथान का बथान भने पाल्न सकिन्न।
इस्राएलको भूमि स्वयं प्राचीन बाइबल
भविष्यवाणीको शुद्धता दर्शाउने शक्तिशाली गवाही हो। आधुनिक इस्राएलले प्रविधिद्वारा कृषि जगतमा उदेककै काम गरेको छ, तरैपनि ८०% भूमिको अझै निर्जल वा अर्ध-निर्जल अवस्थामा कुनै परिवर्तन ल्याउन सकिएको छैन। अनि यो चाहिँ बाइबल भविष्यवाणीको पूरा हुवाइस्वरूप परमेश्वरकै न्याय थियो।
२. छिन्न-भिन्नकरण र सतावट
व्यवस्था २८:६३-६७
यो भविष्यवाणी तब पूरा हुन थाल्यो जब ईपू ५८६ मा इस्राएलको पहिलो मन्दिर नष्ट गरियो र ७० वर्ष लामो बेबिलोनी निर्वासन सुरु भयो, तर त्यो सुरु मात्र थियो। मोशाले यो बताएका थिए कि व्यवस्थाको पुस्तकको भविष्यवाणी “अन्तिम दिनहरूमा” (व्यवस्था ३१:२९) पूरा हुनेछ जुन कालखण्ड चाहिँ ख्रीष्टको पहिलो आगमनपछि मात्र सुरु भयो।
७० एडीमा इस्राएलको दोस्रो मन्दिर रोमीहरूद्वारा नष्ट भयो अनि ६५ वर्षपछि यरूशलेम पूरै भत्काइयो जब रोमले बार कोक्भा विद्रोहलाई दमन गर्यो। उक्त ठाउँमा जूपिटरको नाममा समर्पित अर्कै शहर निर्माण गरियो। सम्राट हेड्रियनले यहूदीयाको नाम परिवर्तन गरेर सिरिया प्यालेस्टिना राख्यो। थुप्रै यहूदीहरूको संहार गरियो अनि बाँकीजसो कि त कैद गरी लगिए वा विश्वका अन्य ठाउँमा भागेर गए।
इस्राएलले १९०० वर्ष लामो छिन्न-भिन्नकरण अनुभव गर्दै आएको छ अनि ऊ भाग्दै जहाँ पुगे पनि सताइएको छ र पीडित भएको छ।
उसलाई रोमीहरू, ग्रीकहरू, मुसलमानहरू, रोमन क्याथोलिक चर्च, बाइजन्टाइनहरू र अर्थडक्स चर्च, स्पेनिशहरू (यहूदीहरू १४९२ मा स्पेनदेखि निस्कासन गरिए), भेनिसियनहरू (यहूदीहरू छुट्टै महल्लामा बस्नुपर्थ्यो), रूसेलीहरू (यहूदीहरू रूसदेखि १८८० को दशकमा निस्कासन गरिए), जर्मनीहरू, सुरूका लुथरनहरू, अनि अरू धेरैद्वारा घृणित भएको छ। अनि आज फेरि एन्टिसेमिटिज्मको पुनर्जागरण भएको छ।
दोस्रो विश्व युद्धको ‘हलकस्ट’ जसअन्तर्गत ६० लाख यहूदी मारिए, व्यवस्था २८ को प्राचीन अगमवाणीको अर्को पूरा हुवाइ थियो। यरूशलेमस्थित हलकस्ट म्यूजियमले जर्मनहरूको हातबाट भोग्नु परेको तीतो शोकको गवाही दिइरहेको छ। मुख्य म्यूजियमका नौंओटा ग्यालरीहरू हलकस्टको फरक-फरक चरणलाई दर्शाउन छुट्ट्याइएका छन्, हिटलरको उदयदेखि उसको मृत्युसम्म। त्यहाँ आकुल बनाउने त्यस्ता सयौं फोटोहरू र वस्तुहरू छन्। मध्यरातमा गिरफ्तारिहरू। ध्वस्त सभाघरहरू। पाखुरामा पट्टीको वा स्टार अफ डेविडको चिन्ह लगाएर हिँड्नुपरेका यहूदीहरू। यहूदीहरू खिसी गरिएका, पिटिएका, थुकिएका, जलाइएका, गोली हानिएका, विष खुवाइएका। लाशका ह्रासहरू। वस्तु बोक्ने रेलका डिब्बाहरूबाट हेरिरहेका दयनीय अनुहारहरू। भोकमरिले पीडित मानिसहरू।
तरैपनि इस्राएल उसको छिन्न-भिन्नकरणको लामो शताब्दीहरू भरि एउटा छुट्टै जातिको रूपमा रहिरह्यो। सन् १७५४ मा बिशप थोमस न्यूटन (Bishop Thomas Newton) ले यहूदीहरूको बारेमा यो लेखे:
जसलाई मेदिनाथ इस्राएल (इस्राएलको राष्ट्र) भनिनेछ। … इस्राएल राष्ट्र सबै देशहरूमा तितरबितर भएका यहूदीहरूको अनुगमनको निम्ति खुल्ला हुनेछ। … सारा संसारभरि भएका यहूदीहरूलाई इस्राएललाई छुट्कारा दिलाउने पुस्तौंदेखिको सपना साकार बनाउने यस महान् संघर्षमा अनुगमनको काम र विकासको काममा हामीसित एकजुट हुन अनि हाम्रो साथमा खडा हुन हामी आह्वान गर्दछौं। सर्वशक्तिमान् परमेश्वरमाथि भरोसा राख्दै, मातृभूमिको माटोमा रहेर, तेल अबिबको शहरमा, यस विश्रामदिनको साँझ, ल्यारको पाँचौं, ५७०८ मा, मईको चौधौं, १९४८ मा, यस अस्थायी राष्ट्रिय परिषदको बैठकमा हामी यस घोषणापत्रमा हामी हस्ताक्षर गर्दछौं।”
एघार मिनेट पछाडि अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यान, एक ब्याप्टिस्ट, ले इस्राएललाई स्वीकार गरेको कुरा घोषणा गरे।
संसारभरि यहूदीहरूले हर्षोल्लास मनाए। जताततै सभाघरहरूमा धन्यवादको सेवाहरू भए। रोममा यहूदीहरू आर्च अफ टाइटस (Arch of Titus) मुनि जुलुस निकाले, जुन आर्च ७० एडीमा भएको यरूशलेमको विध्वंशको स्मारक हो। उनीहरू भन्दैथिए, “हामी मरेकाहरूबाट फर्की आएका छौं!” यो त इजिकिएल ३७ को अति नाटकीय पूराहुवाइ थियो। प्राचीन रोमी साम्राज्य उसको सम्पूर्ण महिमासित टलेर गइसक्यो तर इस्राएल छँदैछ।
तुरुन्तै यो नयाँ यहूदी राष्ट्र आफ्नो स्वतन्त्रताको निम्ति युद्धमा (War of Independence) होम्मिनुपर्यो जब यहूदीहरू अरबीहरूको विशाल र सुसज्जित सेनाहरूको विरुद्धमा आफ्नो प्रतिरक्षा गर्न बाध्य बने। अरब संघ (Arab League) मा मिस्र, जोर्डन, सिरिया, लेबनन र इराक एकजुट भएको थियो। ब्रिटेनले अरबीहरूलाई अस्त्रले सुसज्जित गर्न र यहूदीहरूलाई अस्त्ररहित पार्न भ्याएसम्म प्रयास गर्यो। इस्राएलका शत्रुहरूले देशबाहिरबाट मात्र हमला गरेका होइनन्; उनीहरूले युद्ध सुरु हुनुभन्दा अगाडिबाटै देशभित्र बलियो गरी मोर्चा बाँधिसकेका थिए।
इस्राएलले सबै कुराका बाबजुद स्वतन्त्रताको निम्ति युद्ध (War of Independence) जित्न सफल भए, तर यो उसको सङ्घर्षको सुरुआत मात्र थियो। सन् १९५६ मा मिस्रसित सूएज युद्ध (Suez War) युद्ध गरियो र इस्राएलका जहाजहरूलाई सूएज कनालमार्फत प्रवेशमार्ग खुला राख्न मिस्रलाई मान्ने बनाइयो। त्यसपछि सन् १९६७ मिस्र, जोर्डन, सिरिया र इराकसित छ-दिने लडाइँ (Six-Day War) चल्यो जसमा साउदी अरब, सुडान, टुनिसिया, मोरक्को र अल्जेरियाले अरब गठबन्धनलाई सेना र हातहतियार दिएर साथ दिएको थियो। छ- दिने लडाइँ (Six-Day War) पछि १९६८-७० मा इस्राएलको विरुद्धमा मिस्रको वार अफ अट्रिशन (War of Attrition) नामक युद्ध चल्यो। त्यसपछि सन् १९७३ मा योम किप्पूर युद्ध (Yom Kippur War) चल्यो जब इस्राएललाई योम किप्पूर अर्थात प्रायश्चितको दिनमा हमला गरियो, दक्षिणमा मिस्रद्वारा र उत्तरमा सिरियाद्वारा। यी दुई मुस्लिम राष्ट्रहरूलाई साथ दिनेहरू यी थिए: लेबनन, इराक, कूवेत, जोर्डन, साउदी अरब, अल्जेरिया, टुनिसिया, लिबिया, सुडान, यूगाण्डा, क्यूबा, मोरोक्को र पाकिस्तान। सोभियत संघले हवाइजहाजहरू, ट्याङ्कहरू र हर प्रकारका अस्त्रहहरू प्रबन्ध गर्नुको साथसाथै इस्राएलको हवाइ शक्तिलाई तारो बनाउँदै हजारौं क्षेप्यास्त्रहरू प्रबन्ध गरे। इस्राएलले आफूसित भएको भन्दा अत्यधिक सैन्यशक्तिको सामना गर्नुपर्यो।
इस्राएल विरुद्धका यी प्रमुख युद्धहरू वास्तविकताको सानो एक छेउ मात्र हो। प्यालेस्टाइन अधिकारी (Palestine Authority), प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशन (the Palestine Liberation Organization), हमास (Hamas), हज्बोल्ला (Hezbolla), र इस्लामी जिहाद (Islamic Jihad) जस्ता मुस्लिम समूहरूहरूसित इस्राएलको बारम्बार सैन्य द्वन्द्व चलेको छ।
यस प्रकारले भयङ्कर विरोधका बीच इस्राएल भूमिमा फर्केर आएको छ, अनि त्यहाँ इस्राएलको उपस्थिति हुनु नै एउटा अटुट आश्चर्यकर्म रहेको छ।
तर इस्राएल आत्मिक रूपमा अन्धा छ र मरेको छ, ठिक जस्तो इजिकिएलले भविष्यवाणी गरेको थियो।
यसका लक्षणहरू ज्यादै प्रत्यक्ष छन्।
इस्राएलको आत्मिक अन्धापना आफ्नो मसीहप्रति रहेको उसको हठी अस्वीकारमा प्रत्यक्ष देख्न सकिन्छ। हाम्रो यहूदी गाइडले यो बताए कि इस्राएलमा ख्रीष्टलाई खुल्लमखुल्ला प्रचार गर्न वा सुसमाचारका पुस्तिकाहरू वितरण गर्ने काम कानून विपरित छ। जब हामीलाई उनीसित येशू मसीहको बारेमा कुरा गर्न खोज्यौं तिनले सुन्नै मानेनन् र “त्यो तपाईंको राय हो” भनेर कुरा टुङ्गाइदिए। यसले अधिक सङ्ख्यामा रहेका यहूदीहरूको डरलाग्दो अवस्थालाई दर्शाउँछ।
इस्राएलको आत्मिक अन्धापना इस्राएलको अति स्वाभिमानी घमन्डमा प्रत्यक्ष देखिन्छ। प्राय: इस्राएल घमन्डले फुलेको छ र आफ्नो पुनस्थापनाको आश्चर्यकर्म र आधुनिक युद्धहरूमाथिको विजयका लागि इस्राएलले परमेश्वरलाई महिमा खासै दिने गर्दैन। यी महान् आश्चर्यकर्महरूका लागि धन्यवाद र स्वीकारको एक अंश परमेश्वरलाई दिएजस्तो गरे तापनि इस्राएलका अगुवाहरू र प्रख्यात योद्धाहरू र प्रविधिलाई अधिकांश श्रेय दिने गरिन्छ। गिदोनको समयदेखि केही बदलिएको छैन जब परमेश्वरले इस्राएलको ठूलो सेनाको कटौति गरेर केवल ३०० लडाकु मात्र प्रयोग गर्नुभयो यस हेतुले विजयका लागि इस्राएलले आफैमा गर्व नगरोस्।
इस्राएलको आत्मिक मृत्यु र अन्धापना यस कुरामा पनि प्रत्यक्ष देखिन्छ कि आजका अधिकांश यहूदीहरू सेक्यूलर
छन्, यसको माने उनीहरू पुरानो नियम पवित्रशास्त्रको सम्बन्धमा कि त थोरै चासो राख्छन् कि त केही चासो राख्दैनन्। उनीहरू केही धार्मिक परम्परा र रीति पछ्याउँछन्, तर तिनीहरूको हृदय परमेश्वरदेखि टाढा छ। उनीहरू परमेश्वरको बारेमा कुरा त गर्छन् तर उहाँको आज्ञा मान्दैनन्। इस्राएलका सबभन्दा प्रतिष्ठित आधुनिक योद्धाहरू व्यभिचारी र शबाथ भङ्ग गर्नेहरू थिए।
इस्राएलको आत्मिक मृत्यु यस कुरामा पनि प्रत्यक्ष देखिन्छ कि उसले परमेश्वरको वचनको अधिकारमाथि रब्बीहरूको परम्परालाई राखेको छ। एकदमै कट्टरहरूसमेत पहिलेका फरिसीहरूभन्दा केही फरक छैनन्। उनीहरू प्रार्थना गर्छन् तर उनीहरूका प्रार्थनाहरू व्यर्थको देखावटी रीति मात्र हुन्। उनीहरू महापवित्रस्थानको नजिक हुन वेलिङ वाल (Wailing Wall) नेर जान्छन् र आफ्ना फाइलेक्टरीहरू (phylacteries) लाई ठ्याक्कै मिलाएर लगाएको कुरालाई, कस्तो तरिकाले र निश्चित हल्लने तरिकाले प्रार्थना गरेको आदि कुरालाई निकै महत्त्व दिँदै देखाउँछन्। उनीहरू खानपीनका नियम (कोशर) पालन गर्छन् तर बाइबलले भनेको भन्दा धेरै पर जान्छन्। जस्तै बाख्राको पाठोलाई आमाको दूधमा नउमाल्नू भनिएको छ (व्यवस्था १४:२१)। यहूदी परम्पराले यसमा थपेर दूध वा दूधबाट बनेको चीजजस्तो कुनै कुरासित खाइनु हुँदैन भन्छ। (चीजबर्गर खान नपाइने!) परमेश्वरको व्यवस्थाले यो भनेको छैन। यो मान्छेको व्यर्थको परम्परा हो जो परमेश्वरको पवित्र व्यवस्थामा थपियो। येशूको समयमा जस्तै, आज पनि यहूदीहरू भुसुनालाई चाल्छन् तर ऊँटलाई निल्छन् (मत्ती २३:२४)।
इस्राएलको आत्मिक अन्धापना पुरातत्त्वको अध्ययनमा प्रत्यक्ष देखिन्छ। बाइबलको सत्यताको पक्षमा प्रमाणहरू भेट्टाउने काममा अग्रपन्थीमा हुनुपर्ने यहूदी
पुरात्त्वविदहरू सबैभन्दा उग्र शत्रुका रूपमा खडा छन्। हामीलाई बताइएको छ कि तेल अबीबका पुरातत्त्वविदहरू बाइबलीय सन्देहवादको अग्रपन्थीमा छन्। एबाल डाँडा (Mt. Ebal) मा रहेको यहोशूको वेदीलाई उत्खनन गरेका आदम जर्टाल (Adam Zertal) ले स्टिभ रड (Steve Rudd) लाई यो बताए कि “इस्राएलका विभिन्न विश्वविद्यालयहरूमा रहेका प्राध्यापकहरू नै पुरातत्त्व क्षेत्रमा रहेका सबभन्दा बाइबल-विरोधी तत्त्वहरू हुन्” (“Joshua’s Altar”, https://www.bible.ca/archeology/bible-archeology-altar-of-joshua.htm)
तर उसको अन्धापनाको बाबजुद नै इस्राएलले बाइबल भविष्यवाणी पूरा गर्दैछ। ऊ भूमिमा फर्केको छ अनि तेस्रो मन्दिर निर्माण गर्ने तयारीमा छ जुन कुरा बाइबलमा भविष्यवाणी गरिएको छ। बाइबलको ईश्वरीय प्रेरणाको मौन गवाहीको रूपमा, टेम्पल माउन्ट (Temple Mount) को पारिपट्टि ठिक अघिल्तिर एउटा २० लाख डलरको सुनको सामदान खडा छ, तेस्रो मन्दिरको पर्खाइमा। बाइबलले बताउँछ कि यो मन्दिरमा ख्रीष्टविरोधी बस्नेछ (मत्ती २४:१५; २ थेस्सलोनिकी २:४)।
इस्राएल पुनर्जीवित पारिने काम महासङ्कष्टको समयमा हुनेछ जोचाहिँ मण्डलीयुगका पवित्र जनहरूको र्याप्चरपछि हुनेछ।
साभार: उपर्युक्त सामग्री Way of Life Literature द्वारा प्रकाशिक लेखक डेविड क्लाउडको An Unshakable Faith – A Course in Christian Apologetics पुस्तकबाट उहाँको अनुमतिले नेपालीमा अनुवाद गरी यस वेबसाइटमा प्रकाशन गरिएको हो।




“उनीहरूको संरक्षण साँच्ची नै ईश्वरीय नियन्त्रणको एउटा सबैभन्दा उत्कृष्ट काम हो। उनीहरू सबै जातिहरूका बीच तितरबितर छन्, तरैपनि कसैसित मिसिएका छैनन्। … उनीहरूले आफ्नो वंशावली संसारकै सुरुदेखि उतार्न सक्छन्। …युद्धहरू, संहारहरू र सतावटहरूपछि उनीहरू अझै अस्तित्वमा छन्; उनीहरू अझै थुप्रै छन्। अलौकिक शक्तिले नभए कसले उनीहरूको यस्तो तवरले संरक्षण गरेको हो जसरी अन्य कुनै पनि विश्वको राष्ट्रलाई गरिएको छैन?” (Dissertation on the Prophecies, VIII, section 2).Walter Scott ले लेखे:
“एक समय मिस्र, असिरिया, बेबिलोन, पर्सिया, ग्रीस र रोमका सामर्थी राजतन्त्रहरू उठे, फस्टाए र ढले, स्थायी रूपमा कुनै परिणामहरू नछोडीकन गए। तर ती प्राचीन राज्यहरूको भन्दा अगाडिदेखिको विश्वसनीय इतिहास भएका यहूदीहरू भने हामीसँग आजसम्म छँदै छन्। मुखाकृति र राष्ट्रिय चरित्रको दृष्टिमा यहूदी झण्डै ४,००० वर्षको इतिहासमा पनि बदलिएको छैन। … यहूदीहरू एउटा जतिको रूपमा नाश गरिनु सम्भव छैन। परमेश्वर नै उनीहरूका रक्षक र संरक्षक हुनुहुन्छ, उनीहरू उहाँको न्याय शासनको मुनि रहँदा पनि जस्तो आज उनीहरू छन्। यहूदीहरू घरबिहीन, देशबिहीन, सरकारबिहीन, नेतृत्वबिहीन भएर पनि जातीय विश्वासमा, भावनामा र आशामा अन्यजातिहरूदेखि छुट्टै जातिको रूपमा रहेका छन्, जसरी उनीहरू थिए दाऊद र सुलेमानका दिनहरूमा” (Walter Scott, At Hand, Or, Things That Must Shortly Come to Pass, 1910)।3. आफ्नै भूमिमा उनीहरूको पुनस्थापना बाइबल भविष्यवाणीले इस्राएलको छिन्न-भिन्नकरण र कष्टको मात्र नभएर इस्राएल फेरि आफ्नो भूमिमा फर्काइनेछ भन्ने कुराको पनि बयान गरेको छ (व्यवस्था ३०:१-५)। अन्य थुप्रै भविष्यवाणीहरूले इस्राएलको फर्काइलाई बयान गर्दछ। बाइबल विश्वासीहरूले यो जान्दथे कि इस्राएल पुनस्थापित हुनेछ किनकि भविष्यवाणीहरूले यसको माग गरेको थियो। जस्तै, सन् १९१० मा ओटोमान साम्राज्यले इस्राएलको भूमिमाथि राज्य गर्दै गरेको समयमा, जुन बेला थोरै मात्र यहूदीहरू त्यहाँ बसोबासो गर्दथे, त्यसबेला Walter Scott ले लेखे:
“वचनमा योजनाबद्ध रूपमा रहेको भविष्यवाणीको व्यवस्थित प्रणालीको आवश्यकता बमोजिमको वस्तुस्थिति सृजना हुनलाई पहिलो र अपरिहार्य आवश्यकता नै हिब्रू राष्ट्रको पुनस्थापना हो। अगमवाणीको सम्पूर्ण भविष्य यही प्राथमिक तथ्यमा निर्भर छ। यस पृथ्वीमा परमेश्वरको शासन प्रणालीको केन्द्रमा अन्यजाति होइन तर यहूदी रहेको छ। त्यसैले आफ्नो भूमिमा यहूदा पुनस्थापित हुनु नै सबै कुरालाई प्रभावित पार्ने जड कुरो हो। यो नै शताब्दियौंको महान् राजनीतिक घटना हुनेछ जसले विश्वकै ध्यानाकर्षण गर्नेछ। … जुनसुकैबेला र जोसुकैद्वारा यहूदाको पुनस्थापना पूरा होस्, यसको फलस्वरूप विश्वको सम्पूर्ण राजनीतिक शासन प्रणालीलाई प्रभाव पार्नेछ। … इस्राएल पल्यालेस्टाइनमा पुनस्थापित हुनु नै भविष्यवाणीले माग गरेको पहिलो र आधारभूत आवश्यकता हो” (Walter Scott, At Hand, Or, Things Which Must Shortly Come to Pass, 1910)।बाइबल अगमवाणीमाथिको उनीहरूको विश्वासले गर्दा जुन कुरा वाल्टर स्कट र अरू बाइबल विश्वासीहरूले लामो समयदेखि अगाडिबाटै देखेका थिए त्यो कुरा सन् १९४८ मा पूरा हुन गयो। इस्राएल पवित्र भूमिमा पुनस्थापित मात्र भएन, उसले आफू एउटा आधुनिक राष्ट्रको रूपमा स्थापित भएको पनि घोषणा गर्यो।
दुई चरणमा हुने पुनस्थापना
इस्राएल फर्केर आउने कुरा इजिकिएल ३७:१-१४ को अचम्मको भविष्यवाणीमा बयान गरिएको छ। यहाँ इस्राएललाई सुख्खा हड्डीहरूको बेंसीको रूपमा वर्णन गरिएको छ। पद ११ ले यसको अर्थ प्रकाशन गरेको छ: यी हड्डीहरूचाहिँ इस्राएलको सम्पूर्ण घराना हुन्।” विगतको २००० वर्षसम्मको इस्राएलको अवस्था नै सुख्खा हिड्डीहरूको अवस्था थियो। इस्राएल संसारकै पल्लो छेउ-छेउसम्म छरपुष्ट पारिएको थियो र हेर्दा ऊ मरिसकेको र खत्तम भइसकेको जस्तो देखिन्थ्यो। इजिकिएललाई यो बताइन्छ कि इस्राएल फेरि जीवित पारिनेछ र दुई चरणहरूमा पुनस्थापित गरिनेछ। पहिलो, ऊ भूमिमा फर्काइनेछ तर आत्मिक रूपमा मरेको अवस्थामा। पद ८ ले यो बताउँछ कि मरेका हड्डीहरू उठाइए तर “तिनमा सास थिएन।” त्यसपछि उसले आत्मिक पुनर्जागरणको अनुभव गर्नेछ। यो चाहिँ महासङ्कष्टकालमा हुनेछ, ठिक ख्रीष्टको पुनरागमन हुनुभन्दा अगाडि। आज इस्राएल ठिक यही अवस्थामा छ। सन् १९४८ मई १४ को मध्यरातमा नयाँ राष्ट्र इस्राएलको घोषणा गरियो। औपचारिक घोषणाले यो बतायो: “हामी यसद्वारा प्यालेस्टाइनमा यहूदी राष्ट्रको स्थापनाको घोषणा गर्दछौं


