खण्ड ११ – सेवाकार्य तथा आत्मिक वरदानहरू

Doctrine

खण्ड ११ – सेवाकार्य तथा आत्मिक वरदानहरू

  1. सबैभन्दा महत्त्वपूर्ण वरदान कुनचाहिँ हो जुन वरदान प्रत्येक विश्वासीसँग हुन्छ (रोमी ६:२३; १ यूहन्ना ५:११-१२)? क) अन्यभाषाको वरदान ख) पास्टरको वरदान ग) अनन्त जीवनको वरदान घ) अगमवाणीको वरदान
  2. एउटा विश्वासीले कुनचाहिँ वरदानहरू पाउने भन्ने कुराको निर्णय कसको हातमा छ (१ कोरिन्थी १२:१०-११,१८)? ______________
  3. ठीक कि बेठीक कुनै-कुनै विश्वासीहरूलाई एउटै पनि वरदान दिइएको हुँदैन (१ कोरिन्थी १२:११)।
  4. १ कोरिन्थी १२:२९-३० मा सोधिएका सबै प्रश्‍नहरूको एउटै जवाफ के हो? ________

    ठीक कि बेठीक १ कोरिन्थीको पत्र लेखिने समयमा सबै विश्वासीहरू अन्य भाषाहरूमा बोल्दथे (१ कोरिन्थी १२:२९-३०)।
    ठीक कि बेठीक सबै विश्वासीहरूले आत्माद्वाराको बप्‍तिस्मा पाइसकेका हुन्छन् (१ कोरिन्थी १२:१३)। सबै विश्वासीहरू ख्रीष्टको शरीरभित्र अर्थात् मण्डलीमा गाभिइसकेका हुन्छन्।

  5. १ कोरिन्थी १३:८ अनुसार अन्य भाषाहरूको वरदान ब______ हुनेवाला थियो।
  6. ठीक कि बेठीक मानिसहरूले स्पष्ट बुझ्न सक्ने थोरै शब्दहरूमा बोल्नुभन्दा अनौठो बोलीमा धेरै शब्दहरू बोल्नु नै बढी महत्त्वपूर्ण कुरा हो भनेर पावल ठान्दथे (१ कोरिन्थी १४:१९)।
  7. अनुवाद गर्न सक्ने व्यक्ति नभएको खण्डमा मण्डलीमा कसैले अन्य भाषाहरूमा बोल्नु हुन्थ्यो (१ कोरिन्थी १४:२७-२८)? ___________
  8. १ कोरिन्थी १४ अध्याय (विशेष गरी पद ४,५,१२,२०,२६) अनुसार हरेक विश्वासीको निम्ति परमेश्वरको प्राथमिक चाहना के हो? _________ _____________________________।तसर्थ एउटा स्थानीय मण्डली कस्तो हुनुपर्दछ? निम्नमध्ये एउटालाई चिन्ह लगाउनुहोस्:
  1. सुसमाचार केन्द्र (आत्मा जित्‍ने केन्द्र)
  2. क्यारिज्म्याटिक केन्द्र जहाँ मानिसहरूले आ-आफ्नो अनुभव बाँड्न पाउँछन्, अन्य भाषाहरूमा बोल्न पाउँछन् र आफ्ना भावनाहरू व्यक्त गर्न पाउँछन्
  3. सामाजिक उत्थान गर्ने सामाजिक केन्द्र
  4. परमेश्वरको वचनद्वारा विश्वासीहरूको आत्मिक वृद्धि गर्ने उन्नति केन्द्र
  5. राजनीतिक कदम चाल्नका लागि सार्वजनिक भेला हुने केन्द्र
    1. मत्ती ९:६ लाई ध्यान दिएर पढ्नुहोस्। पक्षाघात भएको बिरामीलाई ख्रीष्टले किन चङ्गाइ गर्नुभयो? ___________________________ __________________________________________________
    2. के नयाँ नियममा परमेश्वरले “चङ्गाइ गर्ने” वरदान पाएकाहरूद्वारा मानिसहरूलाई सधैं निको पार्नुहुन्थ्यो (२ तिमोथी ४:२०; १ तिमोथी ५:२३; फिलिप्पी २:२५-२७)? ____________________
    3. के परमेश्वरले रोगीलाई चङ्गाइ गर्न सक्नुहुन्छ (मत्ती १९:२६)? ____ ____________। के परमेश्वरले बिरामी र कष्टमा परेकाहरूका लागि गरिएका प्रार्थनाहरू सुन्नुभएर आफ्नै इच्छामुताबिक जवाफ दिनुहुन्छ (१ यूहन्ना ५:१४-१५; यूहन्ना १५:७)? ____________। के परमेश्वरले सधैं आफ्ना छोराछोरीहरूले मागेको कुरा दिनुहुन्छ (२ कोरिन्थी १२:७-९)? __________। के परमेश्वरले आफ्ना छोराछोरीहरूलाई सधैं सर्वोत्तम कुरा दिनुहुन्छ (रोमी ८:२८)? __________
    4. निम्न वरदानहरूको बारेमा विचार गर्नुहोस्। सबै विश्वासीहरूसँग हुने वरदान हो भने “स” लेख्‍नुहोस् र कुनै-कुनै विश्वासीसँग मात्र हुने वरदान हो भने “कु” लेख्‍नुहोस्: क) ____ अनन्त जीवनको वरदान (यूहन्ना १०:२८; १ यूहन्ना ५:११-१२) ख) ____ पास्टरको वरदान (एफेसी ४:११) ग) ____ पापहरूको क्षमाको वरदान (प्रेरित १०:४३) घ) ____ परमेश्वरसितको मिलापको वरदान (रोमी ५:१) ङ) ____ शिक्षकको वरदान (१ कोरिन्थी १२:२८-२९) च) ____ पवित्र आत्माको वरदaन (रोमी ५:५; ८:९)

विश्वासी जनलाई ख्रीष्टको शरीरमा सठीक ठाउँमा राख्‍ने जिम्मा पवित्र आत्मा परमेश्वरको हो। परमेश्वरले चाहनुभएका सबै कुराहरू विश्वासी जनले गर्न सकून् भनेर उसलाई सक्षम बनाउने जिम्मा पनि उहाँकै हो। विश्वासी जन परमेश्वरको काममा निर्धक्क र खुशी हुनुपर्छ।

Print Friendly, PDF & Email