खण्ड १५ – प्रबन्धवाद

खण्ड १५ – प्रबन्धवाद
परिभाषा: परमेश्वरको इच्छा कार्यन्वयन हुने क्रममा कुनै प्रस्टै छुट्टिने व्यवस्थापन प्रणाली एउटा निश्चित प्रबन्ध हो जसमा मानव इतिहासको कुनै अवधिअन्तर्गत परमेश्वरले उसलाई निश्चितरूपमा सुम्पिनुभएको विशिष्ट प्रकाशका निम्ति मानिस एक असल भण्डारी हुन जिम्मेवार ठानिन्छ।
- आज परमेश्वरले अन्यजातिहरू (राष्ट्रहरू) लाई कुन उद्देश्यले भेट गर्दैहुनुहुन्छ (प्रेरित १५:१४)? ____________________________ ___________________________________
(द्रष्टब्य: “मण्डली” [ग्रीक-एक्क्लेसिया] = “बाहिर बोलाइएकाहरूको सभा”) - ठीक कि बेठीक एफेसी ३:५ र कलस्सी १:२६ अनुसार मण्डली सम्बन्धित सत्यताहरू पुरानो नियममा स्पष्टै प्रकट गरिसकिएका थिए।
- ख्रीष्टको विशिष्ट शरीरको रूपमा रहेको मण्डलीको रहस्यलाई परमेश्वरले विशेष गरी कुनचाहिँ व्यक्तिलाई प्रकट गर्नुभयो (एफेसी ३:१-४; दाँज्नुहोस् एफेसी १:१)? _____________। तसर्थ मण्डलीको बारेमा सबैभन्दा बढी जानकारी हामीले निम्नमध्ये कुनचाहिँमा पाउने आशा गर्न सक्छौं? क) मोशाका पाँच पुस्तकहरू ग) सुसमाचारका पुस्तकहरू ख) भजनसङ्ग्रह घ) पावलका पत्रहरू
- नयाँ नियममा प्रयोग गरिएको “रहस्य” भन्ने शब्दले विगतमा परमेश्वरले प्रकट नगर्नुभएकोले गोप्य रहेको तर अब पवित्र आत्माद्वारा विश्वासी जनहरूलाई प्रकट गरिएको सत्यतालाई जनाउँदछ। यी नयाँ नियमका रहस्यहरूले सामान्यतया मण्डलीसित सम्बन्धित कुनै न कुनै सत्यतालाई समेटेको पाइन्छ:
- _____ परमेश्वरले मण्डलीलाई आफूकहाँ बोलाउने काम भइरहेको कालखण्डमा इस्राएल आंशिक रूपमा अन्धा रहने कुराको रहस्य
- _____ परमेश्वर बास गर्नुहुने सत्यको जग र खाँबो ठहराइएको उहाँको मण्डलीमा र मण्डलीद्वारा उहाँ स्वयं प्रकट हुनुहुने भक्तिको रहस्य। देहधारण हुनुहुँदा परमेश्वरले आफूलाई एउटा शरीरमा प्रकट गर्दैहुनुहुन्थ्यो (“परमेश्वर शरीरमा प्रकट हुनुभयो”)। त्यसै गरी आज परमेश्वरले आफूलाई अर्कै शरीरमा प्रकट गर्दै हुनुहुन्छ जुनचाहिँ ख्रीष्टको शरीर अर्थात् मण्डली हो।
- _____ परमेश्वर बास गर्नुहुने सत्यको जग र खाँबो ठहराइएको उहाँको मण्डलीमा र मण्डलीद्वारा उहाँ स्वयं प्रकट हुनुहुने भक्तिको रहस्य। देहधारण हुनुहुँदा परमेश्वरले आफूलाई एउटा शरीरमा प्रकट गर्दैहुनुहुन्थ्यो (“परमेश्वर शरीरमा प्रकट हुनुभयो”)। त्यसै गरी आज परमेश्वरले आफूलाई अर्कै शरीरमा प्रकट गर्दै हुनुहुन्छ जुनचाहिँ ख्रीष्टको शरीर अर्थात् मण्डली हो।
- _____ मण्डली र्याप्चर (अपसरन) हुने (“माथि उठाइने”) कुराको रहस्य जुन बेला जीवित रहिरहेका विश्वासीहरू भौतिक रूपमा नमरिकनै प्रभुसित हुनलाई पृथ्वीदेखि माथि उठाइनेछन्
- _____ यहूदी तथा अन्यजातिहरू एउटै शरीरमा अर्थात् मण्डलीमा साझेदारहरू हुन्छन् भन्ने रहस्य
- _____ मण्डली आफ्नो शिर तथा दुलहा ख्रीष्टसित जीवन्त रूपमा एकै बनेको उहाँको दुलही हो भन्ने रहस्य
- _____ जीवित ख्रीष्ट एउटा शरीर अर्थात् मण्डलीमा बास गर्नुहुन्छ भन्ने रहस्य
क) एफेसी ५:३०-३२
ख) कलस्सी १:२६-२७
ग) एफेसी ३:४-६
घ) रोमी ११:२५
ङ) १ कोरिन्थी १५:५१-५२;
दाँज्नुहोस् १ थेस्सलोनिकी ४:१३-१८
च) १ तिमोथी ३:१५-१६ - आज विश्वभरिका मानिसहरूलाई परमेश्वरले कुन तीनओटा समूहभित्र देख्नुहुन्छ (१ कोरिन्थी १०:३२)?
- _________________
- _________________
- _______________ (मुक्ति पाएका यहूदी तथा अन्यजातिहरू)
- के आजको विश्वासी व्यवस्थाको अधीनमा राखिएको छ (रोमी ६:१४)? _________। के यसको मतलब हामी पाप गर्नलाई स्वतन्त्र छौं भन्ने हो (रोमी ६:१५-१८)? ____________
- के आजको विश्वासीले मोशाको व्यवस्थाबमोजिमका पशु बलिदानहरू चढाउनुपर्छ (हिब्रू १०:१-१८)? __________
- मोशाको व्यवस्था अर्थात् पुरानो करारको बारेमा बाइबलले के बताउँछ:
- _____ त्यो बूढो छ र अलप हुन लागेको छ
- _____हामी त्यसको अधीनमा छैनौं
- _____ त्यो दोषरहित छैन
- _____ नयाँ करार स्थापित होस् भनेर त्यो हटाइन्छ
- _____ त्यो खरिज गरिनुपर्यो किनकि त्यो कमजोर, लाभहीन र कुनै कुरा पनि सिद्ध पार्न नसक्ने थियो
- _____ त्यो मेटाइसकियो
- _____ त्यो मेटिएर जाने कुरा थियो
क) २ कोरिन्थी ३:११
ख) २ कोरिन्थी ३:१३; एफेसी २:१५
ग) गलाती ३:२४-२५
घ) हिब्रू ७:१८-१९
ङ) हिब्रू ८:६-८
च) हिब्रू ८:१३
छ) हिब्रू १०:९ - ठीक कि बेठीक व्यवस्थाको उद्देश्य मुक्ति दिनु र धर्मी ठहराउनु हो। अनन्त जीवन परमेश्वरका आज्ञाहरू पालन गरेर पाइन्छ र त्यसो गरेर मात्र पापीले मुक्ति पाउन सक्छ (गलाती २:१६; २:२१; ३:१०-११)।
- ठीक कि बेठीक मानिस व्यवस्थालाई भङ्ग गर्ने एउटा दोषी व्यक्ति हो भनेर उसलाई उसको पाप देखाउनु र उसलाई मुक्तिदाताको नित्तान्त खाँचो छ भनेर देखाउनु नै व्यवस्थाको उद्देश्य हो (रोमी ३:१९-२० र रोमी ७:७)।
- ठीक कि बेठीक जसरी सिक्रीको एउटा मात्र कडी टुट्यो भने पनि त्यो सिक्री चुँडिएको ठहिरिन्छ, त्यसरी नै मानिसले परमेश्वरको एउटै मात्र आज्ञा तोड्यो भने पनि परमेश्वरको व्यवस्था ऊद्वारा भङ्ग गरिएको ठहरिन्छ। दस आज्ञामा एउटै मात्र आज्ञा तोड्ने व्यक्तिले दसैओटा आज्ञा तोड्ने व्यक्तिले जत्तिकै परमेश्वरको आज्ञा भङ्ग गरेको ठहरिन्छ (याकूब २:१०-११)।
- अब्राहाम कसरी धर्मी ठहरिए वा बचाइए (यूहन्ना १५:५-६ र रोमी ४:१-३)? ______________________________। आज मानिसहरू कसरी धर्मी ठहराइन्छन् अथवा बचाइन्छन् (रोमी ४:४-५ र एफेसी २:८-९)? ____________________________________________
- के परमेश्वरले आफ्नो जाति इस्राएल राष्ट्रलाई त्याग्नुभएको छ (रोमी ११:१)? ________। के एउटा यस्तो दिन आउनेछ जब इस्राएल जाति राष्ट्रकै रूपमा बचाइनेछ र तिनीहरूले प्रभु येशू ख्रीष्टलाई आफ्नो मसीह भन्नेर चिन्नेछन् (रोमी ११:२५-२६; जकरिया १२:१०; १३:६-९; मत्ती २३:३७-३९)? ____________
- परमप्रभुले इस्राएलका सन्तानलाई परित्याग गर्न सक्नलाई र तिनीहरूसित गर्नुभएको आफ्ना प्रतिज्ञाहरूलाई तोड्न सक्नलाई त्यहाँ पहिला के गरिनु आवश्यक छ (हेर्नुहोस् यर्मिया ३१:३७)? _______ __________________________________________________ __________________________________________________
- परमेश्वरले इस्राएल जातिसित गर्नुभएको आफ्ना प्रतिज्ञाहरूलाई पूरा गर्नु नै हुनेछ भनेर हामी कसरी जान्दछौं (गन्ती २३:१९)? _________ __________________________________________________
जुनसुकै पनि समयमा जिउने मानिसहरूले उहाँलाई चिन्ने अवसर पाऊन् भनेर परमेश्वरले आफ्नो योजनाहरूलाई शीष्टरूपमा मिलाउनुभएको छ। त्यसको साथसाथै परमेश्वरले आफ्नो लिखित वचनलाई विस्तारशील ढाँचामा प्रकाशित गर्दै ल्याउनुभई मानवजातिलाई जिउनको निम्ति दिनुभएको फरक-फरक शर्तहरूको आधारद्वारा जुनसुकै पनि समयमा जिउने मानिसले कुनै पनि बाहाना गर्न नसक्ने तुल्याउनुभएको छ।