आधारात्मक बाइबल शब्दावली १

आधारात्मक बाइबल शब्दावली १
डेविड क्लाउड
यी पाठहरूमा हामीले आत्मिक वृद्धिका लागि बाइबल बुझ्नु आवश्यक छ भन्ने कुरा सिक्दै आएका छौं। तर बाइबल बुझ्नका लागि हामीले त्यसमा भएका शब्दहरूलाई बुझ्नुपर्ने हुन्छ। मुक्ति र ख्रीष्टियन जीवनसँग सम्बन्धित केही गहकिला शिक्षागत शब्दहरू निम्न अनुसार छन्।
अनुग्रह
नयाँ नियममा “अनुग्रह” भन्ने शब्द मुख्य गरी दुई तरिकामा प्रयोग गरिएको छ।
- बचाउने अनुग्रह – योचाहिँ त्यो बिनादामको, ख्रीष्टमा पाइने, परमेश्वरबाटको अनर्जित निगाह हो (एफेसी २:८-९)। साथै रोमी ३:२४-२५; ४:४-८; तीतस ३:४-७ मा पनि हेर्नुहोस्।
पापीले मुक्ति सित्तैंमा पाउन सक्छ किनकि येशू ख्रीष्टले ठूलो दाम तिरिदिनुभएको छ।
मुक्ति अनुग्रहले पाइन्छ भन्नुको मतलब त्यो कामहरूबाट पाइन्न। मुक्ति सिर्फ अनुग्रहले, कामहरूबिना, पाइने कुरा हो। झूटा सुसमाचार प्रचार गर्नेहरूको खास भूल यही हो कि उनीहरू अनुग्रहलाई पुनःपरिभाषित गर्छन् किनभने उनीहरूले त्यसलाई कामहरू र विधिहरूसित मिसाउन खोज्छन्। रोमी ११:६ ले भन्छ त्यसो गर्नु असम्मभ छ। गलातीहरूको पत्रमा चर्चा गरिएको भूल यही नै हो। विश्वास र कामहरूलाई मिसाउने काम गरेर र व्यवस्था र अनुग्रहलाई मिसाउने काम गरेर, गलातीयाका व्यवस्थावादीहरूले आफैलाई परमेश्वरको श्रापमनि राख्न गएका छन् भनेर पावल प्रेरितले चेताउनी दिए (गलाती १:६-९)।
- बचाउने अनुग्रह – योचाहिँ त्यो बिनादामको, ख्रीष्टमा पाइने, परमेश्वरबाटको अनर्जित निगाह हो (एफेसी २:८-९)। साथै रोमी ३:२४-२५; ४:४-८; तीतस ३:४-७ मा पनि हेर्नुहोस्।
- सेवा गर्ने अनुग्रह – यो चाहिँ हामीले मुक्ति पाइसकेपछि हामीलाई परमेश्वरको सेवा गर्नका लागि दिइने क्षमता हो (१ कोरिन्थी ३:१०; हिब्रू १२:२८)।
परमेश्वरले ख्रीष्टियन जीवनको हरेक पक्षका निम्ति यो सेवा गर्ने अनुग्रह प्रदान गर्नुहुन्छ।
- सेवा गर्ने अनुग्रह – यो चाहिँ हामीले मुक्ति पाइसकेपछि हामीलाई परमेश्वरको सेवा गर्नका लागि दिइने क्षमता हो (१ कोरिन्थी ३:१०; हिब्रू १२:२८)।
- आत्मिक वरदान तथा सेवाकार्यहरू गर्ने अनुग्रह (रोमी १२:६)
- मण्डलीहरू स्थापना गर्न सक्नलाई अनुग्रह (१ कोरिन्थी ३:१०)
- पवित्र जीवन जिउन सक्नलाई अनुग्रह (१ कोरिन्थी १:१२)
- दिन सक्नलाई अनुग्रह (२ कोरिन्थी ८:१-२)
- परीक्षाहरू सहन सक्नलाई अनुग्रह (२ कोरिन्थी १२:९)
- परमेश्वरको वचनको सेवा दिन सक्नलाई अनुग्रह (एफेसी ३:७-८)
- खाँचोको घडीको निम्ति अनुग्रह (हिब्रू ४:१६)
साँचो ख्रीष्टियन जीवन भनेको एक विश्वासीले आफ्नै सामर्थ्यमा जिउने त्यस्तो कुनै धर्म होइन; यो त जीवित परमेश्वरसितको घनिष्ट व्यक्तिगत सम्बन्ध हो जसमा परमेश्वरले नै ममा र मद्वारा उहाँको आफ्नो इच्छालाई क्रियाशील बनाउनुहुन्छ। अर्थात् यो भनेको ख्रीष्ट स्वयं ममा जिउनु हो (गलाती २:२०)।
पाप
- पाप के हो?
- पाप भनेको परमेश्वरको व्यवस्था भङ्ग गर्नु हो (१ यूहन्ना ३:४; याकूब २:९-१०)। परमेश्वरको व्यवस्थालाई कतै पनि उल्लङ्घन पाप हो।
- पाप भनेको परमेश्वरको महिमारहित हुनु हो (रोमी ३:२३)। यसको माने परमेश्वरको सिद्ध पवित्रताअनुरूपको जीवन जिउन विफल हुनु हो। परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो र मानिस हर तरहले पवित्र र धर्मी हुनु उहाँको उद्देश्य थियो। यसभन्दा अलिकति पनि घटी हुनु पाप हो।
- पाप भनेको आफ्नै मार्ग अपनाउनु हो (यशैया ५३:६)। यसलाई नै पापको सारतत्त्व वा गुदी भन्न सकिन्छ। पाप भनेको परमेश्वरको इच्छाको सट्टा आफ्नो इच्छा गर्नु हो। पाप भनेको सबभन्दा पहिलो झूटको मार्ग अपनाउनु हो, अर्थात् हामी आफ्नै ईश्वर बन्न सक्छौं भन्ने झूट।
- पापको प्रारम्भ कहाँबाट भयो?
- पाप शैतानको घमन्डबाट प्रारम्भ भयो (यशैया १४:१२-१४)
- पाप मानव जातिमा आदमको अनाज्ञाकारिताद्वारा पस्यो (रोमी ५:१२)। पाप गर्नमा हव्वा पहिला भए तापनि आदम मानवजातिकै शिर भएकाले उनी नै परमेश्वरका सामु जिम्मेवार थिए। हरेक मानिसले आदमबाटै वंशानुगत रूपमा पाप स्वभाव पाएको हुन्छ।
- पापलाई जनाउने अरू बाइबलीय शब्दहरू के-के हुन्?
खराब (उत्पत्ति २:९)
दुष्टता (उत्पत्ति ६:५)
अपराध (२ पत्रुस २:१६, ग्रीक: पारानोमिया)
विद्रोह (हितोपदेश १७:११)
अधर्म (१ कोरिन्थी ६:९)
अपवित्र (लेवी १०:१०)
भक्तिहीन (रोमी ५:६)
अन्धकारका कामहरू (एफेसी ५:११)
अपराध (रोमी ४:१५, ग्रीक: पाराबासिस्)
पाप (मत्ती १८:१५)
अपराध (रोमी ४:२५, ग्रीक: पाराप्टोमा)
- पापलाई जनाउने अरू बाइबलीय शब्दहरू के-के हुन्?
- कतिजना मानिसले पाप गरेका छन्?
सबैले (रोमी ३:२३)
- कतिजना मानिसले पाप गरेका छन्?
- मानिसको पापी अवस्थालाई बाइबलले कसरी बयान गरेको छ?
“निरन्तर खराबै मात्र” (उत्पत्ति ६:५)
“अधर्ममा उत्पन्न” (भजनसङ्ग्रह ५१:५)
“गर्भदेखि नै एकातिर लाग्छन्” (भजनसङ्ग्रह ५८:३)
“हृदयमा मूर्खता बाँधिएको” (हितोपदेश २२:१५)
“असाध्य दुष्ट” (हिब्रूमा “निको नहुने”) (यर्मिया १७:९)
“धार्मिक कामहरू मैला थाङ्नाहरूसरह” (यशैया ६४:६)
“धर्मी कोही छैन, एउटै पनि छैन” (रोमी ३:१०)
- मानिसको पापी अवस्थालाई बाइबलले कसरी बयान गरेको छ?
- पापको ज्याला के हो?
मृत्यु (रोमी ६:२३)
यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।