यस पुस्तिकाको अध्ययनद्वारा किन स्त्रीहरूले बढो ध्यानपूर्वक भद्र पोशाक लगाउनु आवश्यक पर्दो रहेछ भन्ने सन्दर्भमा बाइबलीय कारणहरू थाहा गर्नुभयो। परमेश्वरको वचनबाटको शिक्षाहरू स्वीकार गर्न परमेश्वरले नै तपाईंलाई भक्तिपूर्ण, नम्र मन दिनुभएको होस् भन्ने हाम्रो प्रार्थना छ। तपाईंले संसारलाई, अरु कुनै व्यक्तिलाई वा आफैलाई भन्दा बढी प्रेम परमेश्वरलाई नै गर्नु हुनेछ भन्ने हाम्रो आशा छ। यस पुस्तिकाको शिक्षाहरूद्वारा तपाईंको भित्री आत्मिक चरित्रको महत्त्व साथै बाहिरी पहिरनको महत्त्व देख्न तपाईंका आँखाहरू खोलिएका होऊन्। हामी कुनै पनि स्त्रीले लगाएको पोशाकहरूद्वारा येशूको बदनाम भएको साथै पुरुषहरू परीक्षामा परेको चाहदैनौं। हाम्रा सबै कृयाकलापहरूद्वारा प्रभुको महिमा भएको होस् (१ कोरिन्थी १०:३१)। आजबाट नै हामी नेपाली ख्रीष्टियन महिलाहरू पश्चिमी वा पुर्वेली वा कुनै पनि फेसनको पछि नदगुरौं! बरु, भद्र पोशाकद्वारा परमेश्वरको महिमा गरौं। आमेन्!
यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।