मैले मुक्ति पाएको दिनदेखि म के कस्ता कुराको भागीदार बनेको छु?

हरेक साँचो ख्रीष्टियन एउटा आत्मिक खरबपति हो। बाइबलले यो बताउँछ कि ख्रीष्ट गरिब बन्नुभयो (अनि हाम्रो लागि मर्नुभयो) यस उद्देश्यले कि उहाँको गरिबीद्वारा हामी धनवान् बन्न पाऔं (२ कोरिन्थी ८:९)। एक विश्वासी जन, ऊ राजाको एक छोरा हो, तर कतिपटक एउटा राजकुमार जस्तै होइन एउटा माग्ने जस्तै भएर जीवन बिताइरहेको हुन्छ। उहाँको अतुलनीय अनुग्रहको कारणले हामी कति धनवान् भएका छौं भन्ने कुरा हामीले जानेको परमेश्वर चाहनुहुन्छ: “हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता धन्य होऊन्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा सबै आत्मिक आशिषहरूले ख्रीष्टमा आशिषित पार्नुभएको छ” (एफेसी १:३)। हामी हरेक आत्मिक आशिषले आशिषित पारिएका छौं!
यदि हामी हाम्रा सम्पत्तिहरू के हुन् भनेर जान्दैनौं भने तिनलाई हामी व्यावहारिक रूपमा व्यक्तिगत बनाउन सक्दैनौं। हामी हाम्रो बोलावटको योग्य चालमा हिँड्न सक्दैनौं (एफेसी ४:१) यदि हामी हाम्रो बोलावट के हो भनेर जान्दैनौं। परमेश्वरको वचनमा भएका महान् तथ्यहरू र सत्यताहरूलाई विश्वासैद्वारा दाबी गरिनु आवश्यक छ। हामीले आफूलाई त्यसरी देख्नुपर्छ जसरी परमेश्वरले ख्रीष्टमा हामीलाई देख्नुहुन्छ। विश्वासैद्वारा हामीले त्यसलाई दाबी गर्नुपर्छ जुन कुरा हामीलाई ख्रीष्टमा दिइसकेका छन्। हामी कसरी जिउनुपर्छ भन्ने कुरा हामीलाई परमेश्वरको अनुग्रहले सिकाउँछ (तीतस २:११-१२)। परमेश्वरको सिकाउने तरिका यस्तो छ: अनुग्रहमा उहाँले हाम्रो निम्ति के गरिदिनुभएको छ भन्ने कुरा उहाँले पहिला हामीलाई देखाउनुहुन्छ अनि त्यसपछि त्यसअनुसार जीवन जिउनलाई हामीलाई बताउनुहुन्छ। एफेसी ५:८ ले यस कुरालाई राम्ररी दर्शाउँछ: “किनकि बितेको समयमा तिमीहरू अन्धकार थियौ, तर अब प्रभुमा तिमीहरू ज्योति हौ; ज्योतिका सन्तानहरूझैं हिँड।” हामी जो हौं त्यसको आधारमा हामी हिँड्नुपर्छ। हामी जे हौं त्यो हुनुपर्छ। हाम्रो वास्तविक अवस्था हाम्रो महिमित ओहोदासित मेल खानुपर्छ। हामी प्रभुसित हिँड्ने क्रममा, जति बढी हामी विश्वासद्वारा ख्रीष्टमा भएको हाम्रो ओहोदाका सत्यताहरूलाई पक्रन्छौं त्यति नै बढी यसले हाम्रो वास्तविक अवस्था र हिँडाइमाथि प्रभाव जमाउँदछ।
हाम्रो मनका आँखाहरू उज्याला पारिएका होऊन् जसले गर्दा उहाँको बोलावटको आशा के रहेछ, र पवित्र जनहरूमा उहाँको पैत्रिक-सम्पत्तिको महिमाको धन के रहेछ, र उहाँको शक्तिशाली सामर्थ्यको कामअनुसार हामी विश्वास गर्नेहरूप्रति उहाँको सामर्थ्यको अपार महानताके रहेछ, सो जान्न सक्नुभएको होस् (एफेसी १:१८-१९)।
१. मेरो उद्धार पूर्ण रूपले सम्पन्न भइसकेको छ (यूहन्ना १९:३०)।
२. मसँग वर्तमान सम्पत्तिकै रूपमा अनन्त जीवन छ (यूहन्ना ५:२४; ६:४७; १ यूहन्ना ५:११-१३)।
३. मसँग वर्तमान सम्पत्तिकै रूपमा येशू ख्रीष्ट हुनुहुन्छ (१ यूहन्ना ५:१२)।
४. म एकमात्र, सत्य परमेश्वरलाई चिन्दछु (यूहन्ना १७:३; १ यूहन्ना २:३; ५:२०)।
५. उहाँको अनुग्रहले मैले मुक्ति पाइसकेको छु (एफेसी २:१-१०)।
६. उहाँको अनुग्रहले म धर्मी ठहरिसकेको छु (तीतस ३:७)।
७. म मृत्युबाट जीवनमा सरिसकेको छु (यूहन्ना ५:२४; १ यूहन्ना ३:१४)।
८. परमेश्वरले मलाई जीवित पारिसक्नुभयो (एफेसी २:१,५; कलस्सी २:१३)।
९. परमेश्वरले मलाई स्वर्गको लागि योग्य बनाइसक्नुभयो (कलस्सी १:१२)।
१०. मैले पापहरूको क्षमा पाइसकें (एफेसी १:७; कलस्सी १:१४)।
११. मेरा पापहरू हटाइसकिए (यूहन्ना १:२९; हिब्रू ९:२६; १ यूहन्ना ३:५)।
१२. मेरा पापहरू पूरै शुद्ध पारिसकिए (हिब्रू १:३)।
१३. मेरा पापहरूलाई परमेश्वरले कहिल्यै सम्झना गर्नुहुनेछैन (हिब्रू ८:१२; १०:१७)।
१४. म धोइसकिएँ (१ कोरिन्थी ६:११; तीतस ३:५; प्रकाश १:५)।
१५. म ख्रीष्टसँग सेतो वस्त्र पहिरेर हिँड्नेछु (प्रकाश ३:४-५)।
१६. म उहाँका कोर्राका चोटहरूले निको भइसकें (१ पत्रुस २:२४)।
१७. मलाई सबै पापहरू क्षमा गरिसकिए (कलस्सी २:१३; १ यूहन्ना २:१२)।
१८. म पूरै धर्मी ठहरिसकिएँ (रोमी ४:५; ८:३०; १ कोरिन्थी ६:११; गलाती २:१६; तीतस ३:७)।
१९. परमेश्वरसित मेरो मिलाप भएको छ (२ कोरिन्थी ५:१८-१९; कलस्सी १:२०)।
२०. म ख्रीष्टको रगतले नजिक पारिएको छु (एफसी २:१३)।
२१. मैले छुटकारा पाएको छु (१ पत्रुस १:१८-१९; एफेसी १:७; कलस्सी १:१४)।
२२. मैले व्यवस्थाको श्रापबाट छुटकारा पाएको छु (गलाती ३:१३)।
२३. मैले सबै अधर्मबाट छुटकारा पाएको छु (तीतस २:१४)।
२४. म दाम तिरी किनिएको छु (१ कोरिन्थी ६:२०; ७:२३)।
२५. मैले यति ठूलो मृत्युबाट छुटकारा पाएको छु (२ कोरिन्थी १:१०)।
२६. मैले यस वर्तमान दुष्ट संसारबाट छुटकारा पाएको छु (गलाती १:४)।
२७. मैले अन्धकारको सामर्थ्यबाट छुटकारा पाएको छु (कलस्सी १:१३)।
२८. मैले पछि आउने क्रोधबाट छुटकारा पाएको छु (१ थेस्सलोनिकी १:१०)।
२९. म दण्डको आज्ञामुनि अर्थात् न्यायमा पर्नेछैन (यूहन्ना ५:२४; रोमी ८:१)।
३०. म परमेश्वरको सन्तान भएको छु (यूहन्ना १:१२; रोमी ८:१६; गलाती ३:२६; १ यूहन्ना ३:१-२)।
३१. म परमेश्वरको एक पुत्र भएको छु (गलाती ४:५-७)।
३२. म येशू ख्रीष्टको भएको छु (गलाती ३:२९; ५:२४)।
३३. मलाई धर्मपुत्रको रूपमा ग्रहण गरिएको छ (गलाती ४:५; रोमी ८:१५,२३)।
३४. म परमेश्वरको हकवाला बनेको छु र ख्रीष्टसँग साझा-हकवाला बनेको छु (रोमी ८:१७; तीतस ३:७)।
३५. म जीवनको अनुग्रहको हकदार भएको छु (१ पत्रुस ३:७)।
३६. सबै कुराहरू मेरा हुन् (१ कोरिन्थी ३:२१-२३)।
३७. मसँग सबै थोक छन् (२ कोरिन्थी ६:१०)।
३८. म सबै कुराहरूको हकदार हुनेछु (प्रकाश २१:७)।
३९. हरेक कुरामा म उहाँद्वारा धनवान् बनाइएको छु (१ कोरिन्थी १:५)।
४०. म एक साझा-हकवाला भएको छु (एफेसी ३:६)।
४१. ख्रीष्टको कारण म धनवान् भएको छु (२ कोरिन्थी ८:९; प्रकाश २:९)।
४२. म सबै आत्मिक आशिषहरूले आशिषित पारिएको छु (एफेसी १:३)।
४३. मैले हकको सम्पत्ति पाएको छु (एफेसी १:११,१४; हिब्रू १:१४; ९:१५; १ पत्रुस १:४)।
४४. मैले मुक्ति पाऊँ भनी म ठहराइएको छु (१ थेस्सलोनिकी ५:९; हिब्रू १:१४)।
४५. म उहाँको अधिकारको सम्पत्ति भएको छु (एफेसी १:१८)।
४६. म सुसमाचारद्वारा ख्रीष्टमा उहाँको प्रतिज्ञाको साझा-भागीदार भएको छु (एफेसी ३:६)।
४७. म ख्रीष्टमा नयाँ सृष्टि भएको छु (२ कोरिन्थी ५:१७; एफेसी २:१०; ४:२४; कलस्सी ३:१०)।
४८. म पवित्र आत्माले नवीकरण गरिएको छु (तीतस ३:५)।
४९. म उही प्रियमा ग्रहणयोग्य तुल्याइएको छु (एफेसी १:६)।
५०. म ख्रीष्टमा स्वर्गीय स्थानहरूमा बसालिएको छु (एफेसी २:६)।
५१. म उहाँको महिमाको प्रशंसाको कारण भएको छु (एफेसी १:१२)।
५२. म प्रभुमा ज्योति भएको छु (एफेसी ५:८)।
५३. म ज्योतिको सन्तान भएको छु (एफेसी ५:८; १ थेस्सलोनिकी ५:५)।
५४. म एक “विशेष व्यक्ति” भएको छु, परमेश्वरको किनिएको विशेष सम्पत्ति (तीतस २:१४; १ पत्रुस २:९)।
५५. म आत्मिक बलिदानहरू चढाउन सक्ने पूजाहारी भएको छु (हिब्रू १३:१५-१६; १ पत्रुस २:५,९; प्रकाश १:६; ५:१०; २०:६)।
५६. म एक शासन गर्नेवाला राजा भएको छु (प्रकाश १:६; ५:१०; २०:६)।
५७. पितासँग र उहाँका पुत्रसँग सङ्गति गर्ने सौभाग्य मेरो भएको छ (१ यूहन्ना १:३)।
५८. म ख्रीष्टभित्र रहन्छु (यूहन्ना ६:५६; १ यूहन्ना ३:२४; ४:१३,१५,१६)।
५९. ख्रीष्ट मभित्र रहनुहुन्छ (यूहन्ना ६:५६; गलाती २:२०; १ यूहन्ना ३:२४; ४:१३-१६)।
६०. म ख्रीष्टभित्र छु (यूहन्ना १४:२०; २ कोरिन्थी ५:१७)।
६१. ख्रीष्ट मभित्र हुनुहुन्छ (यूहन्ना १४:२०; रोमी ८:१०; १ यूहन्ना ४:४)।
६२. परमेश्वरको आत्मा मभित्र रहनुहुन्छ (रोमी ८:९; १ कोरिन्थी ३:६; एफेसी २:२१-२२)।
६३. म शरीरमा होइन तर आत्मामा छु (रोमी ८:१९)।
६४. मेरो माटोको भाँडोमा ठूलो धन रहेको छ (२ कोरिन्थी ४:७)।
६५. मेरो शरीर पवित्र आत्माको मन्दिर भएको छ (१ कोरिन्थी ६:१९)।
६६. म पवित्र आत्माको दान र बैनाद्वारा आशिषित बनाइएको छु (१ कोरिन्थी १:२२; गलाती ४:६; एफेसी १:१३-१४; १ थेस्सलोनिकी ४:८; तीतस ३:६; १ यूहन्ना ३:२४; ४:१३)।
६७. मसँग पवित्र आत्माबाटको अभिषेक छ (१ यूहन्ना २:२०)।
६८. म ख्रीष्टका बोलाइएकाहरूमध्ये एक हुँ (रोमी १:६; ८:२८-३०; यहूदा १; प्रकाश १७:१४)।
६९. म परमेश्वरको पुत्रसँगको सङ्गतिमा बोलाइएको छु (१ कोरिन्थी १:९)।
७०. म अनन्त महिमामा बोलाइएको छु (१ पत्रुस ५:१०)।
७१. म पवित्र बोलावटले बोलाइएको छु (२ तिमोथी १:९)।
७२. म उच्च र स्वर्गीय बोलावटको भागीदार भएको छु (फिलिप्पी ३:१४; हिब्रू ३:१)।
७३. म अन्धकारबाट उहाँको अचम्मको ज्योतिभित्र बोलाइएको छु (१ पत्रुस २:९)।
७४. परमेश्वरले मलाई पहिले नै जान्नुभएको थियो (रोमी ८:२९; १ पत्रुस १:२)।
७५. परमेश्वरले मलाई ख्रीष्टको रूपमा ढालियोस् भनेर पहिले नै ठहराउनु भयो (रोमी ८:२९; एफेसी १:५, ११)।
७६. परमेश्वरको विचार र मनसायमा मलाई महिमा दिइसक्नुभयो (रोमी ८:३०)।
७७. म परमेश्वरको प्रेममा अनन्तसम्म सुरक्षित छु (रोमी ८:३८-३९)।
७८. म ख्रीष्टमा चुनिएको छु (एफेसी १:४; कलस्सी ३:१२; १ थेस्सलोनिकी १:४; १ पत्रुस २:९; प्रकाश १७:१४)।
७९. म मुक्तिका निम्ति चुनिएको छु (२ थेस्सलोनिकी २:१३)।
८०. म ख्रीष्टमा पूर्ण भएको छु (कलस्सी २:१०)।
८१. म परमेश्वरको प्रिय भएको छु (कलस्सी ४:१२; २ थेस्सलोनिकी २:१३)।
८२. मैले मेरा स्वर्गका पिताको ताडना र अनुशासन पाउँदछु (हिब्रू १२:६-७)।
८३. म त्यो समूहको भएको छु जसलाई ख्रीष्टले आफ्ना “भाइहरू” र “मित्रहरू” भन्न शर्माउनुहुन्न (हिब्रू २:११; यूहन्ना १५:१५)।
८४. म अब्राहामको सन्तान हुँ (गलाती ३:७)
८५. म अब्राहामको वंश हुँ (गलाती ३:२९)।
८६. म अब्राहामको आशिषमा रमाउँदछु (गलाती ३:९)।
८७. म प्रतिज्ञाको सन्तान हुँ (गलाती ४:२८,३१)।
८८. म एक विश्वासयोग्य हुँ (प्रकाश १७:१४)।
८९. म उहाँको बगालमा एक भेँडा हुँ (लूका १२:३२; हिब्रू १३:२०; १ पत्रुस २:२५)।
९०. म उहाँको शरीरको अङ्ग हुँ (१ कोरिन्थी १०:१७; एफेसी ३:६; ४:२५; ५:३०)।
९१. म उहाँको भवनको एउटा पत्थर हुँ (एफेसी १:२०-२२; हिब्रू ३:६; १ पत्रुस २:५)।
९२. म उहाँको दाखको बोटको एउटा हाँगा हुँ (यूहन्ना १५:१-७)।
९३. म उहाँको राज्यको एक प्रजा हुँ (कलस्सी १:१३)।
९४. म उहाँको परिवारभित्र नयाँ गरी जन्मिएको छु (यूहन्ना १:१२-१३; याकूब १:१८; १ पत्रुस १:३,२३; २:२; १ यूहन्ना ५:१)।
९५. म परमेश्वरको प्रजा हुँ किनकि उहाँको अनुग्रहले मलाई आफ्नो भनी दाबी गर्नुभएको छ(१ पत्रुस २:१०; प्रकाश २१:७)।
९६. म पवित्र जनहरूसँगै एक सँगी नागरीक हुँ (एफेसी २:१९)।
९७. म येशू ख्रीष्टभित्र बप्तिस्मा भएको छु (रोमी ६:३; गलाती ३:२७)।
९८. म ख्रीष्टसँग उहाँको मृत्युमा सम्मिलित गराइएँ (रोमी ६:३-६,८-११; २ कोरिन्थी ५:१४; कलस्सी २:१२; २:२०; ३:३)
९९. म ख्रीष्टसँग उहाँको बौरिउठाइमा सम्मिलित गराइएँ (रोमी ६:५,८,११; २ कोरिन्थी ५:१५; गलाती २:२०; कलस्सी २:१२; ३:१)।
१००. म पापका निम्ति मरेँ (रोमी ६:२)।
१०१. मेरो पुरानो मानिस ख्रीष्टसँग क्रूसमा टाँगियो (रोमी ६:६)।
१०२. म ख्रीष्टसँग क्रूसमा टाँगिएँ (गलाती २:२०)।
१०३. मैले शरीरलाई वासना र लालसाहरूसँगै क्रूसमा टाँगेको छु (गलाती ५:२४)।
१०४. म परमेश्वरका निम्ति जिउँदो भएको छु (रोमी ६:११,१३; गलाती २:१९-२०)।
१०५. ख्रीष्ट मेरो जीवन हुनुहुन्छ (फिलिप्पी १:२१; कलस्सी ३:४)।
१०६. म जीवनको नयाँपनामा हिँड्न सक्छु (रोमी ६:४)।
१०७. म आत्माको नयाँपनामा सेवा गर्न सक्छु (रोमी ७:६)।
१०८. म धार्मिकताका निम्ति जिउन सक्छु (१ पत्रुस २:२४)।
१०९. म व्यवस्थाका निम्ति मरेँ (रोमी ७:४; गलाती २:१९)।
११०. म व्यवस्थाबाट मुक्त भएको छु (रोमी ७:६)।
१११. म व्यवस्थाको अधीनमा छैन तर अनुग्रहको अधीनमा छु (रोमी ६:१४)
११२. परमेश्वरका व्यवस्थाहरू मेरो हृदयमा लेखिएका छन् (हिब्रू १०:१६)।
११३. म येशू ख्रीष्टसँग विवाहित भएको छु (रोमी ७:४)।
११४. म ख्रीष्टको भागीदार भएको छु (हिब्रू ३:१४)।
११५. म ख्रीष्टसँग उहाँका दुःखहरूमा सम्मिलित गराइएको छु (२ तिमोथी २:१२; फिलिप्पी १:२९; १ पत्रुस २:२०; ४:१२-१३; १ थेस्सलोनिकी ३:३; रोमी ८:१८; कलस्सी १:२४)।
११६. मद्वारा परमेश्वरको ज्ञान प्रकट गरिन्छ (२ कोरिन्थी २:१४)।
११७. मद्वारा ख्रीष्टको मीठो बास्ना प्रकट गरिन्छ (२ कोरिन्थी २:१५-१६)।
११८. म ख्रीष्टको पत्र हुँ (२ कोरिन्थी ३:३)
११९. म ख्रीष्टको महिमापूर्ण रूपमा बदली गराइँदैछु (२ कोरिन्थी ३:१८)।
१२०. म सिद्ध बनाइँदैछु (फिलिप्पी १:६)।
१२१. मेरो भित्री मान्छे दिन-दिनै नयाँ बनाइँदैछ (२ कोरिन्थी ४:१६)।
१२२. मैले ख्रीष्टलाई पहिरेको छु (गलाती ३:२७)।
१२३. म संसारको होइन (यूहन्ना १७:१४,१६)।
१२४. संसार मेरो निम्ति क्रूसमा टाँगियो (गलाती ६:१४)।
१२५. म संसारका निम्ति क्रूसमा टाँगिएँ (गलाती ६:१४)।
१२६. म परमेश्वरको सुसमाचारका निम्ति अलग पारिएको छु (रोमी १:१)।
१२७. म ख्रीष्ट येशूमा अलग गरिएको छु, पवित्र पारिएको छु (१ कोरिन्थी १:२; ६:११; हिब्रू १०:१०; यहूदा १)।
१२८. म पवित्र छु (कलस्सी ३:१२; हिब्रू ३:१; १ पत्रुस २:९; प्रकाश २०:६)।
१२९. म उहाँको धार्मिकताले पहिराइएको छु (प्रकाश १९:८)।
१३०. म एक पवित्र जन हुँ (१ कोरिन्थी १:२; फिलिप्पी १:२; कलस्सी १:२)।
१३१. म ख्रीष्टमा निष्कलङ्क छु (एफेसी ५:२७; कलस्सी १:२२; यहूदा २४)।
१३२. म सदाका निम्ति सिद्ध पारिएको छु (हिब्रू १०:१४)।
१३३. म आफैको होइन (१ कोरिन्थी ६:१९)।
१३४. म पवित्रताका निम्ति बोलाइएको छु (१ थेस्सलोनिकी ४:७)।
१३५. म स्वर्गको नागरिक हुँ (फिलिप्पी ३:२०)।
१३६. म एक परदेशी र यात्री हुँ र यस संसार मेरो घर होइन (हिब्रू ११:१३; १ पत्रुस २:११)।
१३७. म उहाँको प्रेमको पुत्रको राज्यभित्र सारिसकिएको छु (कलस्सी १:१४)।
१३८. मेरो हृदयको खतना गरिएको छ (कलस्सी २:११)।
१३९. मेरा विश्वासयोग्य परमेश्वरले मलाई पूरा रीतिले पवित्र पार्नुहुनेछ (१ थेस्सलोनिकी ५:२३-२४)।
१४०. मेरा विश्वासयोग्य परमेश्वरले मलाई दुष्टबाट जोगाउनुहुनेछ (२ थेस्सलोनिकी ३:३; २ तिमोथी ४:१८)।
१४१. ख्रीष्टले मलाई स्वतन्त्र पार्नुभएको छ — साँच्चै स्वतन्त्र (यूहन्ना ८:३६; गलाती ५:१; १ कोरिन्थी ७:२२)।
१४२. येशू ख्रीष्ट मलाई छुटकारा दिनेवाला हुनुहुन्छ (रोमी ७:२४-२५)।
१४३. म पापबाट स्वतन्त्र छु (रोमी ६:७,१८,२२)।
१४४. जीवनको आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र पारेको छ (रोमी ८:२)।
१४५. म परमेश्वरको दास (कमारो) हुँ (रोमी ६:२२)।
१४६. म ख्रीष्टको दास (कमारो) हुँ (१ कोरिन्थी ७:२२)।
१४७. म धार्मिकताको दास (कमारो) हुँ (रोमी ६:१८)।
१४८. म स्वतन्त्रताका निम्ति बोलाइएको छु (गलाती ५:१३)।
१४९. ख्रीष्ट मेरो शान्ति (मेलमिलाप) हुनुहुन्छ (एफेसी २:१४)।
१५०. मसँग ख्रीष्टको मन छ (१ कोरिन्थी २:१६)।
१५१. मसँग आत्मसंयमको आत्मा (स्वस्थ मन) छ (२ तिमोथी १:७)।
१५२. ख्रीष्टले मलाई समझशक्ति दिनुभएको छ (१ यूहन्ना ५:२०)।
१५३. मसँग ख्रीष्टको धार्मिकता छ (२ कोरिन्थी ५:२१)।
१५४. म सबै कुराहरूमा पूरा भरिभराउ पारिएको छु (२ कोरिन्थी ९:८)।
१५५. मसँग जीवन र भक्तिसँग सम्बन्ध राख्ने सबै कुराहरू छन् (२ पत्रुस १:४)।
१५६. म सधैं सन्तुष्ट हुन सक्छु किनकि मसँग ख्रीष्ट हुनुहुन्छ (हिब्रू १३:५)।
१५७. मसँग मलाई चाहिने सबै हातहतियार छन् (२ कोरिन्थी १०:४; एफेसी ६:१०-१७)।
१५८. मसँग परमेश्वरको प्रशस्त गरी पुग्ने अनुग्रह छ (२ कोरिन्थी १२:९)।
१५९. मसँग खाँचो पर्दा सहायता गर्ने अनुग्रह छ (हिब्रू ४:१६)।
१६०. मसँग परमेश्वको सामर्थ्य छ (एफेसी १:१९; ३:२०)।
१६१. म पिताकहाँ पुग्न पाउँछु (एफेसी २:१८; हिब्रू ४:१६)।
१६२. मेरा एक महान् महापूजाहारी हुनुहुन्छ (हिब्रू २:१७-१८; ३:१; ४:१४-१६; ८:१)।
१६३. मेरा एक अटुट अन्तर्विन्तीकर्ता हुनुहुन्छ (हिब्रू ७:२५; ९:२४)।
१६४. मैले पाप गर्दाखेरिका लागि पितासँग मेरा एक धर्मी वकिल हुनुहुन्छ (१ यूहन्ना २:१)।
१६५. परमेश्वरसँग मेरो मिलाप भएको छ (रोमी ५:१)।
१६६. मेरो प्राणको लागि विश्राम छ (मत्ती ११:२८-२९; हिब्रू ४:९)।
१६७. म परमेश्वरको आत्माले डोर्याइँदछु (रोमी ८:१६)।
१६८. म परीक्षा र सङ्कष्टहरूमा सक्षम तुल्याइँदछु (१ कोरिन्थी १०:१३)।
१६९. मलाई आत्माद्वारा निश्चयता दिइँदछ (रोमी ८:१६)।
१७०. मलाई परमेश्वरबाट सान्त्वना दिइँदछ (२ कोरिन्थी १:३-७)।
१७१. म उहाँको शान्तिले निश्चल तुल्याइँदछु (फिलिप्पी ४:७)।
१७२. मलाई आत्माद्वारा सत्यता र ज्ञान सित्तैमा दिइन्छन् (१ कोरिन्थी २:१२)।
१७३. म सङ्कटमा पारिएको छैन (२ कोरिन्थी ४:८)।
१७४. म हताश पारिएको छैन (२ कोरिन्थी ४:८)।
१७५. म त्यागिएको छैन (२ कोरिन्थी ४:९)।
१७६. म अन्धकारमा छैन (१ थेस्सलोनिकी ४:४)।
१७७. परमेश्वर मेरा प्रशस्तता (योग्यता) हुनुहुन्छ (२ कोरिन्थी ३:५)।
१७८. परमेश्वर मेरा बल हुनुहुन्छ (२ कोरिन्थी १२:९-१२; फिलिप्पी ४:१३)।
१७९. परमेश्वर मेरा सहायक हुनुहुन्छ (हिब्रू १३:६)।
१८०. म एक सार्वभौम परमेश्वरको हातमा छु जसले सबै कुरालाई मेरो भलाइका लागि काममा लगाउनुहुन्छ (रोमी ८:२८)।
१८१. सबै कुराहरू मेरै निम्ति हुन् (२ कोरिन्थी ४:१५)।
१८२. मेरा परमेश्वर मेरो पक्षमा हुनुहुन्छ (रोमी ८:३१)।
१८३. मेरो हरेक खाँचो पूरा गरिन्छ (फिलिप्पी ४:१९)।
१८४. म ख्रीष्टसँग सहकर्मी हुँ (१ कोरिन्थी ३:९; २ कोरिन्थी ६:१)।
१८५. म उहाँको हातको कारिगरी हुँ (एफेसी २:१०)।
१८६. परमेश्वर मभित्र काम गर्नुहुन्छ (फिलिप्पी २:१३; हिब्रू १३:२१)।
१८७. परमेश्वरको वचनले मभित्र काम गर्दछ (१ थेस्सलोनिकी २:१३)।
१८८. म परमेश्वरद्वारा छाप मारिएको छु (२ कोरिन्थी १:२२; एफेसी १:१३)।
१८९. म चट्टान (ख्रीष्ट येशू) माथि बसालिएको छु (मत्ती १६:१८; १ कोरिन्थी ३:११)।
१९०. म ख्रीष्टमा सुरक्षित रूपले स्थापित भएको छु (१ कोरिन्थी १:२१; २ थेस्सलोनिकी ३:३)।
१९१. म परमेश्वरको सामर्थ्यले सुरक्षित राखिएको छु (१ पत्रुस १:५)।
१९२. म येशू ख्रीष्टमा सुरक्षित राखिएको छु (यहूदा १)।
१९३. म लोट्नदेखि बचाई राखिएको छु (यहूदा २४)।
१९४. मसँग स्वर्गमा सदा रहिरहने परमेश्वरबाटको भवन छ (२ कोरिन्थी ५:१)।
१९५. मेरो नाम स्वर्गमा सदालाई लेखिएको छ (लूका १०:२०)।
१९६. म विजेताभन्दा बढी छु (रोमी ८:३७)।
१९७. मैले ख्रीष्टद्वारा विजय पाएको छु (१ कोरिन्थी १५:५७)।
१९८. मैले संसारलाई जितेको छु (१ यूहन्ना ५:४-५)।
१९९. म ख्रीष्टमा सधैं विजयी बन्छु (२ कोरिन्थी २:१४)।
२००. मभित्र विजयी ख्रीष्ट हुनुहुन्छ जो शैतानभन्दा महान् हुनुहुन्छ (१ यूहन्ना ४:४)।
२०१. शैतानले मलाई छुन सक्दैन (१ यूहन्ना ५:१८)।
२०२. मेरो आशा जिउँदो छ (१ पत्रुस १:४)।
२०३. मेरो भविष्य महिमापूर्ण छ (रोमी ८:१८; २ थेस्सलोनिकी २:१४)।
२०४. मलाई अनुग्रहद्वारा अनन्त सान्त्वना र उत्तम आशा दिइएको छ (२ थेस्सलोनिकी २:१६)।
२०५. म स्वर्गीय राज्यका निम्ति बचाइराखिनेछु (२ तिमोथी ४:१८)।
२०६. मैले हल्लन नसकिने राज्य पाइरहेको छु (हिब्रू १२:२८)।
२०७. मेरो निम्ति स्वर्गमा ठाउँ सुनिश्चित गरिएको छ (यूहन्ना १४:२-३; १ पत्रुस १:४)।
२०८. मैले जीवनको रूखबाट खानेछु (प्रकाश २:७)।
२०९. मलाई दोस्रो मृत्युबाट कुनै हानि हुनेछैन (प्रकाश २:११; २०:६)।
२१०. मेरो एउटा नयाँ नाम पाउनेछु (प्रकाश २:१७; ३:१२)।
२११. मलाई जातिहरूमाथि अधिकार दिइनेछ (प्रकाश २:२६; ५:१०)।
२१२. मेरो नाम जीवनको पुस्तकबाट कुनै रीतिले काटिनेछैन (प्रकाश ३:५)।
२१३. म परमेश्वरको मन्दिरमा खाँबो बनाइनेछु (प्रकाश ३:१२)।
२१४. म ख्रीष्टसँग उहाँको सिंहासनमा बस्नेछु (प्रकाश ३:२१)।
२१५. म सदा सर्वदा मेरा परमेश्वरसँग हुनेछु (प्रकाश २१:३-४)।