उच्चकोटी चिकित्सकहरूले कोभीड-१९ को चमत्कारपूर्ण औषधीको रूपमा आइभरमेक्टिनको सिफारिश गर्दछन्
उच्चकोटी चिकित्सकहरूले कोभीड-१९ को चमत्कारपूर्ण औषधीको रूपमा आइभरमेक्टिनको सिफारिश गर्दछन्
हामी हरेक किसिमको ठगी धन्दादेखि टाढा बस्न उत्सुक छौं चाहे त्यो धर्म सम्बन्धी वा राजनीति सम्बन्धी वा औषधी विज्ञान सम्बन्धी ठगी धन्दा किन नहोस्। फ्रन्टलाइन कोभीड-१९ क्रिटिकल केयर अलायन्स् (Frontline Covid-19 Critical Care Alliance, FLCCC) ठगी धन्दा होइन र यसले कोभीड-१९ को प्रारम्भिक उपचारको लागि आइभरमेक्टिन (Ivermectin) लाई एउटा “आश्चर्यजनक उपचार” र “चमत्कारी औषधी” को रूपमा सिफारिश गरेको छ। आइभरमेक्टिन सेवन गर्ने कसैलाई पनि कोभीड लाग्दै लाग्दैन भन्ने कुरा सत्य हो वा होइन हामी भन्न त सक्दैनौं, तर अहिलेसम्मको अध्ययनहरूले यो प्रष्ट देखाएको छ कि यसले ठूलो फरक पारेको छ।
डिसेम्बर ८, २०२० मा FLCCC का अध्यक्ष डा० पिएर कोरी (Dr. Pierre Kory) संयुक्त राज्य अमेरिकाको व्यवस्थापिका परिषदको वाशिङ्टनस्थित कमीटी अन होमल्याण्ड सेक्यूरिटी एण्ड गभरमेन्ट अफेयर्स (US Senate Committee on Homeland Security and Government Affairs) का सामु FLCCC को वैज्ञानिक अनुसान्धानका परिणामहरूको सम्बन्धमा गवाही दिनुभएको थियो। डा० कोरीले भन्नुभयो:
“हामी संसारमै अत्यधिक सङ्ख्यामा वैज्ञानिक प्रकाशनहरू निकालेको चिकित्सकहरूको एउटा समूह हौं। हामीबाट विधिवत् रूपमा समकक्षीहरूद्वारा पुनरावलोकित प्रकाशनहरू झण्डै २,००० ओटा निस्केका छन्। हामी यस महामारीको सुरूतिरै हाम्रा बौद्धिक अगुवा प्राध्यापक पावल मारिक (Prof. Paul Marick) को नेतृत्वअन्तर्गत एकजुट भएका थियौं र यस रोगको हरेक पक्षको सम्बन्धमा विश्वभरि प्रकाशन गरिएका सामग्रीहरूको अध्ययन गर्न खोज्यौं र एउटा प्रभावकारी उपचार पद्धति विकास गर्न खोज्यौं। म यहाँ [परिषदको समितिका सामु] मई महिनामा उपस्थित भएँ अनि मैले यो सिफारिश गरेको थिएँ कि यस रोगको उपचारमा हामीले कोर्टिकोस्टिरियोडहरू प्रयोग गर्नु नित्तान्त आवश्यक छ जब कि सबै राष्ट्रिय र अन्तराष्ट्रिय स्वस्थ्य संस्थाहरूले तिनको प्रयोग गर्नु हुँदैन भन्दैथिए। आखिरमा हाम्रो सिफारिश ज्यान बचाउने सिफारिश ठहरियो। आज म यहाँ एउटा नयाँ सिफारिश लिएर फेरि आएको छु। … यस सङ्कटको अवस्थामा हामीसित एउटा उपाय छ। एउटा औषधी छ जसको प्रभावकारिता चमत्कारपूर्ण रहेको प्रमाणित भइरहेको छ। ‘चमत्कार’ शब्दको प्रयोग मैले त्यसलाई हलुका अर्थमा प्रयोग गरिरहेको छैन। त्यसो भन्दा मलाई कसैद्वारा बढाइ-चढाइ गरेको आरोप पनि नलगाइयोस्। यो भनेको गत तीन महिनामा प्राप्त भएको थुप्रो-थुप्रो तथ्याङ्कहरूमा आधारित एउटा वैज्ञानिक सिफारिश हो। हामीले FDA ले सिफारिश नगरेका कुराहरू विज्ञापन गर्दैछौं अरे भन्ने कुरा मलाई भनिँदा, म यो स्पष्ट भन्न चाहन्छु कि NIH [National Institutes of Health] ले आइभरमेक्टिनको सम्बन्धमा दिएको नियन्त्रित परीक्षणभन्दा बाहिर त्यो प्रयोग गरिनुहुन्न भन्ने सिफारिश अगस्ट २७ जति पुरानो छ। हामी अहिले डिसेम्बरमा आइपुगिसक्यौं। यो भनेको तीन-चार महिना पछिको कुरा हो। विश्वका केन्द्रहरू र राष्ट्रहरूबाट सङ्कलित थुप्रै-थुप्रै तथ्याङ्कहरूले आइभरमेक्टिनको चमत्कारी परिणामहरू देखाएको छ। यसले यो भाइरसको प्रसारणलाई निर्मूल पार्दछ।… गत रात मात्र अर्जेन्टिनाबाट आइभरमेक्टिनका प्रमुख अनुसन्धानकर्ता डा० हेक्टर कारभाल्लोले गर्नुभएको परीक्षणका परिणामहरू हामीलाई प्राप्त भएको छ। उहाँहरूले ८०० जना स्वास्थ्यकर्मीहरूलाई अग्रिम रूपमा यो औषधी चलाउनुभयो। एकैजना पनि बिरामी परेन। आइभरमेक्टिन अग्रिम रूपमा नचलाइएका ४०० जनामा २३७ जना अर्थात् ५८% बिरामी परे।… अब हामीसित १५०० जना भन्दा बढी बिरामीहरूलाई समेटेको चारओटा बृहत् नियन्त्रित परीक्षणहरूको परिणामहरूको ज्ञान हातमा आइसक्यो र हरेक परीक्षणले यो देखाएको छ कि अग्रिम रूपमा चलाइएको खण्डमा यो औषधी ज्यादै प्रभावकारी हुन्छ। … अग्रिम रूपमा ओपीडी अन्तर्गत उपचार गर्दाको हामीसित तीनओटा नियन्त्रित परीक्षणहरू र पटकपटकको अवलोकन र साथै प्रकरण शृङ्खलाहरू छन् जसले यो देखाएको छ कि यदि कसैले आइभरमेक्टिन सेवन गर्दछ भने अस्पतालमा भर्ना हुनुपर्ने र मृत्युमा पुग्नुपर्ने आवश्यकता कम हुन्छ। … यहाँ हामीसित चारओटा नियन्त्रित परीक्षणहरू छन्, पटकपटक गरिएका अवलोकन परीक्षणहरू छन् र सबैले एउटै कुरा देखाउँछन्। यदि आइभरमेक्टिन सेवन गरियो भने तपाईं मर्नुहुन्न वा मृत्युदर ज्यादै ज्यादै न्यून हुन्छ। यो एउटा चमत्कारको औषधी प्रमाणित भइरहेको छ। यसले सन् २०१५ मा विश्वव्यापी स्वस्थ्य क्षेत्रमा परिजीवीय रोग निवारणमा ल्याएको प्रभावकारिताको खातिर नोबेल पुरस्कार जितिसकेको पनि छ। … हाम्रो रिपोर्ट समकक्षीहरूद्वारा पुनरावलोकन गरिन पेश गरिएको छ, तर कृपया यो बुझिदिनुहोस् कि समकक्षी पुनरावलोकन भनेको महिनौं लाग्ने कुरा हो, अनि हामीसित महिनौं छैन। हामीसित अस्पतालमा अहिले १००,००० रोगीहरू मर्दैछन्। म फक्सो विशेषज्ञ हुँ। म आइसीयू विशेषज्ञ हुँ। मैले मर्दै गरेका कोभीड रोगीहरूको उपचार गरेको छु जसको सङ्ख्या कसैले कल्पना गर्न सक्ने भन्दा बढी छ। उनीहरू मर्दैछन् किनकि उनीहरू सास फेर्न सक्दैनन्। … उनीहरू भेन्टिलेटरमा छन् वा औषधीले लट्ठ पारिएका छन् र पक्षघात अवस्थामा छन् र उनीहरू उनीहरूका निम्ति सास फेरिदिने भेन्टिलेटर मिशिनमा जडान गरिएका छन्। …उनीहरू मकहाँ आइसीयूमा आइपुगुन्जेलसम्ममा उनीहरू मर्न थालिसकेका हुन्छन्, उनीहरू निको हुन झण्डै असम्भव अवस्थामा पुगिसकेका हुन्छन्। अग्रिम उपचार नै चाबी हो। … अबउसो कुनै पनि मृत्यु अनावश्यक मृत्यु हुनेछ। उनीहरू अग्रिम उपचारद्वारा बचाइन सकिन्थे भनेर जान्दा जान्दै म बिरामीहरूको उपचार गरिरहन सक्दिनँ अनि उपचार लाग्ने र अस्पताल भर्ना अनावश्यक बनाउने औषधीचाहिँ आइभरमेक्टिन हो।”
डा० कोरीले अमेरिकी सरकारका चिकित्सा सम्बन्धी अधिकारीहरू — NIH, CDC र FDA — लाई सबभन्दा नयाँ तथ्याङ्कहरूको तत्कालै पुनरावलोकन गर्न र चिकित्सकहरू, नर्सहरू र स्वस्थ्यकर्मीहरूलाई कोभीड-१९ को निम्ति आइभरमेक्टिनको प्रयोग सम्बन्धी निर्देशनहरू प्रसारण गर्न आग्रह गर्नुभयो।
डा० कोरीको अन्तर्वार्ता, डा० हेक्टर कारभाल्लोको अन्तर्वार्ता र आइभरमेक्टिनको अग्रिम प्रयोग सम्बन्धमा FLCCC को उपचार पद्धतिका लिङ्कहरू निम्नानुसार छन्:
https://www.reddit.com/r/ivermectin/comments/jow4h9/ interview_with_dr_hector_carvallo_pioneer_in/
रोग निवारकको रूपमा आइभरमेक्टिनको प्रयोग गर्ने प्रणाली यस प्रकार छ — पहिलो र तेस्रो दिनमा – 0.2mg प्रति केजी। त्यसपश्चात् हप्ताको एक पटक १० हप्ताको निम्ति। त्यसपश्चात् हरेक दुई-दुई हप्ताको निम्ति। पानीसित खाली पेटमा यसको सेवन गर्नु सर्वोत्तम हुन्छ। नेपालमा आइभर-डीटी (Iver DT) नाममा यो औषधी 6 mg र 12 mg को मात्रामा पाइन्छ।
साभार: https://www.wayoflife.org/friday_church_news/21-52.php