अन्द्रियास
अन्द्रियास
हामी बाह्र चेलाहरूको विषयमा जान्न चाहन्छौं। यी मानिसहरूसँग हामी परिचित हुन चाहन्छौं। प्रभुलाई पछ्याउने यी मानिसका जीवनहरूबाट हामी अनमोल पाठहरू सिक्न चाहन्छौं। साथै हामी कसरी यी मानिसहरूजस्तै छौं र यी मानिसहरू कसरी हामीजस्तै थिए भन्ने कुराको तुलना गर्न चाहन्छौं। साथै यी चेलाहरूले आफ्ना जीवनहरूमा गरेका पापहरू जान्न चाहन्छौं ताकि तीबाट हामी चेताउनी लिन सकौं र साथै हामी उनीहरूका सदगुणहरू के-के थिए भनी जान्न चाहन्छौं ताकि तिनको देखासिकी हामीले गर्न सकौं।
यी दुई दाजुभाइको पेशा के थियो (मत्ती ४:१८) ?__________________। यसकारण अन्द्रियास र पत्रुस कस्ता मानिसहरू थिए होलान् (उनीहरूलाई बयान गर्न मिल्ने खालका शब्दहरूलाई गोलो चिन्ह लगाउनुहोस्)? रुखो हृष्टपुष्ट प्रायः घरभित्रै बस्ने बानी भएका अल्छी कमजोर प्रायः घरबाहिरै हिँड्ने बानी भएका साहसी बलिया शिथिल परिश्रमी
आन्द्रीयास र पत्रुसका साझेदार मछुवाहरू को को थिए (लूका ५:१०)? __________________। यी चारजना सँगै मिली काम गर्थे र माछा मार्थे भन्ने कुरा बाइबलमा देखिन्छ।
एउटा खोजीमा हिँडेका अन्द्रियास
अन्द्रियास आफ्नो अन्तस्करणमा जान्दथे, जीवन भनेको केवल माछा मार्नु, पैसा कमाउनु र दिनचर्या कटाउनु मात्र हुन सक्दैन। यीभन्दा अझ महत्त्वपूर्ण कुरा त्यहाँ हुनैपर्छ भनी उनी जान्दथे र त्यो कुरा पत्ता लगाउन चाहन्थे। एक दिन अन्द्रियासले एक महान् अगमवक्ताको बारेमा सुने जसको नाम थियो ______________ (यूहन्ना १:६)। यिनी बप्तिस्मा दिने यूहन्ना थिए। अन्द्रियास केही समयका लागि माछा मार्ने काम छाड्ने निर्णय गरे अनि बप्तिस्मा दिने यूहन्नाका चेला बने। अन्द्रियासलाई यूहन्ना १:३५ मा उल्लेख गरिएको छ। बप्तिस्मा दिने यूहन्नाका यी दुई चेलाहरूमध्येका उनी एक थिए (उनको नाम अलि पछिबाट मात्र यूहन्ना १:४० मा उल्लेख गरिको छ)।
बप्तिस्मा दिने यूहन्नाले अन्द्रियासलाई येशूतर्फ औंल्याउँछन्
एक दिन अन्द्रियास र अर्को चेला बप्तिस्मा दिने यूहन्नासँगै थिए। त्यहाँ येशू पनि हुनुहुन्थ्यो (यूहन्ना १:३६)। बप्तिस्मा दिने यूहन्ना एक महान् अगमवक्ता थिए (हेर्नुहोस्, मत्ती ११:११), तर यूहन्ना १:३६ मा हामी देख्छौं, यूहन्ना आफूभन्दा ज्यादै महान् अर्कै व्यक्तिलाई औंल्याइरहेका छन्। यूहन्नाले येशूलाई औंल्याउँदै यसरी भने, “हेर, ________________ का ___________” (यूहन्ना १:३६)। तपाईंको विचारमा येशूलाई किन परमेश्वरका थुमा भनियो (दाँज्नुहोस्, यूहन्ना १:२९)?
ती दुई चेलाहरूले बप्तिस्मा दिने यूहन्नाका यी शब्दहरू सुनेपछि के गरे? तिनीहरूले बप्तिस्मा दिने यूहन्नालाई पछ्याइरहे कि यूहन्नालाई छाडेर येशूलाई पछ्याउन थाले (यूहन्ना १:३७)? __________________________________________।
अन्द्रियास एक खोजकर्ता (खोजीमा हिँडेका व्यक्ति) थिए! खोजीमा हिड्नलाई उनले केही समय आफ्ना माछा मार्ने जाल र डुङ्गालाई छाडे अनि बप्तिस्मा दिने यूहन्नाकहाँ आए। तरैपनि उनको खोजीको टुङ्गो लागको थिएन! बप्तिस्मा दिने यूहन्नाले उनलाई येशू, परमेश्वरको थुमातर्फ औंल्याए! खोजी गरिरहेका मानिसहरूलाई सही दिशामा औंल्याइनु आवश्यक छ। कुनै व्यक्ति मुक्तिको खोजीमा, प्रभुलाई चिन्ने इच्छा राख्दै तपाईंकहाँ आए भने, तपाईंले त्यस व्यक्तिलाई कतातिर औंल्याउनुहुनेछ? तपाईं उनलाई आफूतर्फ नऔंल्याउनुहोस्, तर यूहन्नाले जस्तै, तपाईंभन्दा ज्यादै महान् व्यक्तितर्फ औंल्याउनुहोस्! उनलाई प्रभु येशू ख्रीष्टतर्फ औंल्यानुहोस्। खोजकर्ताले ख्रीष्टलाई भेट्टाएपछि उनको खोजीको टुङ्गो लाग्छ।
त्यस दिन अन्द्रियास र अर्को चेला येशूसँगै बास बसे (यूहन्ना १:३८-३९)। यी मानिसहरू खोजीमा हिँडेका मानिसहरू हुन् भनी के येशू जान्नुहुन्थ्यो (यूहन्ना १:३८)? _______________। उहाँले तिनीहरूलाई फर्काएर पठाउनुभयो कि आउन दिनुभयो (यूहन्ना १:३९)? _______________।
खोज अनि तिमीले पाउनेछौ
साँचा खोजकर्ताहरू कहिल्यै निष्फल हुनेछैनन्। जसले साँच्ची नै सत्य जान्न चाहन्छ र साँचो परमेश्वरलाई चिन्न चाहन्छ, उसले आफूले खोजेको कुरा भेट्टाउनेछ। अन्द्रियास एक साँचो खोजकर्ता थिए अनि उनले साँच्ची नै भेट्टाए। खोजकर्ताहरूलाई परमेश्वरको प्रतिज्ञा यर्मिया २९:१३ मा दिइएको छ – “जब तिमीहरूले आफ्ना _______________ हृदयले मलाई _______________, तब तिमीहरूले मलाई _____________।” उहाँलाई साँच्ची नै खोज्नेहरूलाई परमेश्वरले निराश पार्नुहुनेछैन ! हिब्रु ११:६ मा हामी सिक्छौं, “_______________ यत्नसित _______________” परमेश्वरले इनाम दिनुहुन्छ। परमेश्वरलाई आफ्नो सारा हृदयले (यत्नसित खोज्नेहरू इनामका भागीदार बन्नेछन्! परमेश्वरलाई खोज्नेहरूले परमेश्वरलाई भेट्टाउनेछन्! अन्द्रियास एउटा खोजीमा लागेका मानिस थिए। के अन्द्रियास एक भेट्टाउने मानिस बने (यूहन्ना १:४१)? _______________। उनले के भेट्टाए (यूहन्ना १:४१)? __________________________________________________________________ _______________________।
भेट्टाएको कुरा भेट्टाउन अरूहरूलाई मद्दत
आफूले भेट्टाएका कुरा अन्द्रियासले आफूसितै राखे कि अरूसित बाँडे (यूहन्ना १:४१)? _______________। उनले सबभन्दा पहिला कुन व्यक्तिसित बाँडे (यूहन्ना १:४१)? _______________। बाइबलले शिमोन पत्रुसको बारेमा धेरै कुरा बताउँछ तर बाइबलले पत्रुसका दाजु अन्द्रियासको बारेमा भने धेरै बताउँदैन। तर हामी नबिर्सौ, आफ्नो भाइ पत्रुसलाई प्रभुमा पहिला ल्याउने अन्द्रियास नै थिए! मानौं एउटा मान्छे क्यान्सर रोगको औषधिको खोजीमा आफ्नो सम्पूर्ण जीवन खर्च गर्छ। अन्तमा आफ्नो बृद्ध अवस्थामा उसले औषधी पत्ता लगाउँछ। उसले आफ्नो जीवनभर खोजी गरेका कुरा नै अब भेट्टाएको छ। अब उसले के गर्नुपर्छ? के उसले त्यसलाई रहस्यमै लुकाइराख्नुहुन्छ? उसले आफ्नो आविष्कारको बारेमा कसैलाई नबताउनुहुन्छ? त्यो ज्ञान अरूलाई बाँडेर त्यसलाई प्रकाशमा ल्याउनु राम्रो हुन्छ कि? अन्द्रियासले जे भेट्टाए त्यसलाई आफैमा सीमित राखेनन्। उसको धारणा यस्तो थियो, “मैले उहाँलाई भेट्टाएँ! पत्रुस, तिमीले पनि उहाँलाई भेट्टाउनुपर्छ!”
तपाईं नि? के तपाईंले येशू ख्रीष्टलाई भेट्टाउनुभयो? त्यहाँ यस्ता धेरै मानिसहरू छन् जो हरेक हप्ता मण्डली सभाहरूमा जान्छन्, बाल सङ्गतीमा बस्छन्, बाइबलका घटनाहरूसित परिचित छन्, तरै पनि तिनीहरूले येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा कहिल्यै चिनेका छैनन्। उहाँलाई भेट्टाउन अरूहरूलाई मद्दत गर्न सक्नलाई तपाईं आफैले उहाँलाई भेट्टाएको हुनुपर्छ! (उदाहरणः ख्रीष्टको बारेमा जान्नु एउटा कुरा हो, तर ख्रीष्टलाई व्यक्तिगत रूपमा, आफ्नो मुक्तिदाताको रूपमा चिन्नु अर्कै कुरा हो। सबैले नेपालका प्रधानमन्त्रीलाई चिनेका होलान् (प्रधानमन्त्रीको बारेमा जानेका होलान्) तर प्रधानमन्त्रीलाई व्यक्तिगत रूपमै चिन्ने मानिसहरू कमै हुन्छन्)।
यदि तपाईंले ख्रीष्टलाई भेट्टाउनुभएको छ र उहाँलाई व्यक्तिगत रूपमा चिनेको हुनाले त्यसको आनन्द पनि भेट्टाउनुभएको छ भने, के तपाईंले आफूले भेट्टाउनुभएको कुरा अरूहरूसित बाँड्दै हुनुहुन्छ? के उक्त कुरा तपाईंले आफ्नो दाजुभाइ वा दिदीबहिनी वा बाबुआमासित बाँड्नुभएको छ? के उक्त कुरा तपाईंले आफ्ना साथीहरूसित बाँड्नुभएको छ? अन्द्रियास अरूहरूलाई _______________ कहाँ ल्याउने व्यक्ति थिए (यूहन्ना १:४१)।
मानिसहरूका मछुवा
त्यसपछि अन्द्रियास आफ्नो माछा मार्ने काममा फर्के। एकदिन येशूले अन्द्रियास र उनका साझेदार मछुवाहरूलाई गालीलको किनारमा भेट्नुभयो। येशू त्यहाँ हिँड्दै आउनुहुँदा पत्रुस र अन्द्रियास के गर्दैथिए (मत्ती ४:१८)? _____________________________________________। मत्ती ४:१९ मा येशूले उनीहरूलाई बोलाउनुभयो, “_______________ _______________ _______________, र म तिमीहरूलाई मानिसहरूका _______________ तुल्याउनेछु।” यसको मतलव अबदेखि उसो उनीहरू माछा पक्रनुको सट्टा _______________ पक्रनेभए। के उनीहरूले येशूले अह्राउनुभएबमोजिम गरे (मत्ती ४:२०)? _______________। माछाको मछुवाबाट उनीहरू मानिसको मछुवा बनेर उनीहरूको कामको परिवर्तन हुनेभयो!
सबै मानिसहरू समयरूपी सागरमा पौडीरहेका माछाहरू जस्तै छन्। अझ, यी “माछाहरू” मरण र संहारको पानीमा पौडीरहेका छन्, किनकि “पवित्रशास्त्रले _______________ लाई _______________ को अधीनतामा थुनेर राखेको छ” (गलाती ३:२२)। तर संसारका मुक्तिदाताले हात पसारी मानिसहरूलाई एक अद्भुत जालोमा आफ्नो राज्यको निम्ति पक्रने काम गर्दै हुनुहुन्छ। के तपाईं मुक्तिदाताद्धारा पक्राउ पर्नुभई उहाँको वशमा आइसक्नुभयो? के परमेश्वरले तपाईंलाई तपाईं पौडिरहनुभएको पापको सागरबाट अर्थात् यस संसारको दुष्ट प्रणालीबाट मुक्त गर्नुभयो (गलाती १:४)?_______________। के तपाईं परमेश्वरको अनुग्रहद्धारा पक्राउ परी उद्धार गरिनुभयो?
परमेश्वर आत्माहरू पक्रने महान् मछुवा हुनुहुन्छ। तरैपनि परमेश्वर मानिसहरू पक्रन अरू मानिसहरूलाई चलाउनुहुन्छ। परमेश्वरले _______________ लाई पक्रन अन्द्रियासलाई चलाउनुभयो। आत्माहरू पक्रने र बचाउने यस महान् कार्यमा हामी सहभागी लिएको परमेश्वर चाहनुहुन्छ। हितोपदेश ११:३० मा हामी पढ्छौं, “जसले _______________ हरू _______________ मा ल्याउँछ, त्यो _______________ हो”। अन्द्रियास आत्मा जित्ने व्यक्ति थिए! अन्द्रियास अरूहरूको वास्ता गर्ने व्यक्ति थिए। अन्द्रियास बुद्धिमानी थिए!
अन्द्रियासको व्यावहारिक व्यक्तित्व
अन्द्रियास एक व्यावहारिक मान्छे थिए। उनी भावनमा कुद्ने व्यक्ति थिएनन्। वर्तमान परिस्थितिलाई कसरी हेरिनुपर्छ भनी जान्ने अन्द्रियास परिस्थितिको सही मूल्याङ्कन गरी व्यावहारिक सुझाव दिन जान्दथे।
एक दिन येशू र चेलाहरू हजारौं, भोकाएका मानिसहरूको एउटा विशाल जमातसँगै हुनुहुन्थ्यो। के गरौं त भनी येशूले पहिला फिलिपलाई प्रश्न गर्नुभयो (यूहन्ना ६:५-७)। व्यावहारिक व्यक्तित्व भएका अन्द्रियासले यताउति हेरे, परिस्थितिको मूल्याङ्कन गरे अनि येशूलाई त्यहाँ उपलब्ध भएको खानेकुराको ठीक मात्राको जानकारी दिए (यूहन्ना ६:८-९)। के यति खानेकुरा मानिसहरूका त्यत्रो जमातका लागि पर्याप्त होला भनी अन्द्रियासले ठाने (यूहन्ना ६:९)? _______________। यो घटनासित हामी सबै राम्ररी नै परिचित छौं, कसरी येशूले त्यहाँ भएका जौका रोटी र माछा लिनुभई ती मानिसहरूलाई उब्रोपाब्रो हुनेगरी खुवाउनुभएको थियो!
अन्द्रियासले एउटा महत्त्वपूर्ण पाठ सिक्न खाँचो थियो। “जहाँ परमेश्वर हुनुहुन्छ, त्यहाँ थोरै पनि धेरै हुन्छ!” हामीसँग जे छ त्यो थोरै देखिएला, तर त्यो परमेश्वरलाई दिइनुपर्छ! त्यो परमेश्वरको हातमा सुम्पिएको खण्डमा उहाँले त्यसलाई लिनुभई आर्श्चर्यजनक काम गर्न सक्नुहुन्छ! उहाँले त्यसलाई आशिष दिन सक्नुहुन्छ, वृद्धि गराइदिन सक्नुहुन्छ र त्यसबाट अद्भुत काम गर्न सक्नुहुन्छ! तपाईंसँग थोरै क्षमता होला, वा थोरै सीप, तर यदि तपाईंसित भएको थोरैलाई परमेश्वरलाई दिनुहुन्छ भने तपाईं छक्क पर्नुहुनेछ, कसरी परमेश्वरले तपाईंलाई प्रयोग गर्नुहुनेछ र तपाईंको जीवनमाथि अशिष खन्याउनुहुनेछ।
अन्द्रियासको व्यावहारिक पक्ष यूहन्ना १२:२०-२२ मा पनि झल्किएको पाउँछौं। त्यहाँ केही “ग्रीकहरू” (गैर-यहूदीहरू) थिए जोहरू येशूलाई हेर्न र उहाँसित बातचित गर्न चाहिरहेका थिए (यूहन्ना १२:२०-२१)। फिलिप आएर अन्द्रियासलाई सो कुराको जानकारी दिए अनि अन्द्रियासले परिस्थितिको मूल्याङ्कन गरेपछि प्रभुले के भन्नुहुनेछ भनी हेर्न त्यस कुरालाई उहाँकहाँ नै ल्याउने निर्णय गरे (यूहन्ना १२:२२)। हामी सबैलाई यो एक राम्रो व्यावहारिक नमुना हो। कुनै कुराको सम्बन्धमा के गर्नुपर्छ भनी हामीलाई शङ्का छ भने सधैं हामी त्यस्ता कुरालाई प्रभुकहाँ ल्याउन सक्छौं, यो स्वीकार गर्दै कि जे आवश्यक छ उहाँले नै गर्नुहुन्छ। भजन लेखकले भने जस्तै हामी “ख्रीष्टलाई भनौं प्रार्थनामा”।
भविष्यको सोचाइ
मर्कूस १३:३-४ मा अन्द्रियास र अरू तीन चेलाहरू भविष्यमा के होला भन्ने सोचाइमा परेका देखिन्छन्। धेरैजसो मानिसहरू भविष्यका कुराहरूमा चासो राख्छन् र संसारमा के हुनेछ होला भनी विचार गर्छन्। भविष्यको बारेमा जान्ने सही मार्ग कुन हो? के हामी “जान्ने” व्यक्ति (टुनामुना गर्ने व्यक्ति) को पछि लागौं र? अथवा कुनै स्वघोषित आधुनिक भविष्यवक्ताले लेखेको किताब पढौं? कि हामी ज्योतिष विज्ञानमा भरोसा राख्दै हाम्रो भविष्यलाई आकाशका ताराहरूद्धारा निर्धारण गर्न खोजौँ?
अन्द्रियास र अरू चेलाहरू भविष्यका बारेमा जान्नलाई सही व्यक्तिकहाँ आए। तिनीहरूले सही व्यक्तिलाई सोधे। के येशूले ठीक-ठीक साँचो जानकारी दिनुभयो (मर्कूस १३:५-३१)? भविष्य जान्नलाई हामी जान सक्ने एउटै मात्र सुरक्षित ठाउँ हो, परमेश्वरको वचन। कसरी (हेर्नुहोस्, मर्कूस १३:३१)? भविष्यको बारेमा हामीले जान्नुपर्ने सबै कुरा परमेश्वरले हामीलाई बाइबलमा बताउनुभएको छ ताकि हामी वर्तमानमा ठीक प्रकारले जिउन सकौं।
अन्द्रियासको मृत्यु
बाइबलले हामीलाई अन्द्रियासको मृत्युको बारेमा बताउँदैन। यसको जानकारी पाउन हामीले उहिलेदेखि हस्तान्तरण हुँदै आएका (परम्पराका) ऐतिहासिक अभिलेखहरूलाई हेर्नुपर्छ, यो याद गर्दै कि यस्ता अभिलेखहरू त्रुटिपुर्ण हुन सक्दछन्।
एउटा अभिलेखअनुसार अन्द्रियास हालको ग्रीस मानिने भू-भागमा ख्रीष्टको प्रचार गर्दै थिए। उनले अझै पनि अरूहरूलाई येशूकहाँ ल्याउने र आफूले भेट्टाएको कुरा अरूहरूसित बाँड्ने प्रयास गर्दै थिए।
उक्त परम्पराअनुसार अन्द्रियास निरन्तर ख्रीष्ट प्रचार गरिरहेका हुनाले प्रचारलाई बन्द गर्न अस्वीकार गरेका हुनाले एकजना सरकारी अधिकारी उनीसित ज्यादै रिसाए। उनले अन्द्रियासलाई मूर्तिपूजामा भाग लिनलाई आदेश दिए। अन्द्रियास सो गर्न इन्कार गरे जसको फलस्वरूप उनलाई कोर्रा लगाइन अनि क्रूसमा फाँसी दिइन आदेश जारी गरियो। उनलाई क्रूसमा काँटीका सट्टा डोरीहरूले झुण्ड्याइयो जसले गर्दा उनको मरण विस्तारै मात्र भयो र उनको पीडामाथि पीडा थपियो। दुई दिन सम्म झुण्डिएर परमेश्वरको प्रसंसा गर्दै र मानिसहरूलाई येशूकहाँ आउन आग्रह गर्दै रहेपछि, उनि अन्तमा मरे। उनी झुण्ड्याइएका क्रूस “X” आकारको थियो अनि त्यसबेला देखि यस प्रकारको क्रूसलाई “सन्त अन्द्रियासको क्रूस” भनिन थाल्यो।
अन्द्रियास र तपाईं
हामीले अन्द्रियासको बारेमा अध्ययन गर्यौं। नयाँ नियमले अन्द्रियासको बारेमा धेरै बताउँदैन। हामीले सिक्यौं, अन्द्रियास एक खोजकर्ता थिए, अरूहरूको वास्ता गर्ने व्यक्ति थिए, साँच्ची नै “मानिसहरूका मछुवा” थिए, व्यावहारिक थिए, भविष्यका लागि सोचाइ राख्ने व्यक्ति थिए र उनी अन्तसम्मै ख्रीष्टप्रति विश्वासयोग्य रहे। के तपाईं अन्द्रियास जस्तै हुनुहुन्छ? कसरी? के अन्द्रियास तपाईं जस्तै थिए? कसरी? अन्द्रियासको जीवनबाट तपाईंले के कस्ता पाठहरू सिक्नुभयो?
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)