याकूब

याकूब

 

 

मत्ती १०:२-४ मा भएको बाह्र चेलाहरूको सूचीमा तेस्रो नाम कसको छ? _____________‌। यी मानिसका बाबु को थिए (मत्ती १०:२)? _____________‌। यिनका भाइ को थिए (मत्ती १०:२)? _____________‌।

अलमल नहोस् !

नयाँ नियमको समयमा याकूब एक प्रचलित नाम थियो। अरु दुर्इ जनाका नाम पनि याकूब नै थियो। यस पाठमा अध्ययन गर्न लागिएको याकूब र ती याकूबहरूका बिच अलमल नहोस्:

१) प्रभुका भाइ याकूब (गलाती १:१९)

प्रभुको एक जना भाइको नाम या________ (मत्ती १३:५५) थियो। यिनी नयाँ नियमका पन्नाहरूमा धेरैपटक उल्लेख गरिका छन्। उहाँ बौरिउठ्नुभएपछि येशू एकपटक यिनीकहाँ छुट्टै देखा पर्नुभयो (१ कोरिन्थी १५:७)। अनि उनी यरुशलेमको मण्डलीका अगुवा बने (प्रेरित १५:१३, १२:१७)। साथै उनी “याकूबका पत्र” का मानवीय लेखक थिए (याकूब १:१)।

२) अल्फयसका छोरा याकूब (मत्ती १०:३)

यिनी पनि बाह्रजना _____________‌_ (मत्ती १०:२) मध्येका थिए। येशूका बाह्र जनाको सानो झुण्डमा याकूब नाम गरेका दर्इ जना व्यक्ति थिए। अल्फयसका छोरा याकूबको विषयमा हामीलाई धेरै बताइएको छैन (यिनको अध्ययन हामी पछि गर्नेछौं)। उनको तुलनामा हामीलाई जब्दीका छोरा याकूबको विषयमा बढी बताइएको छ अनि यस पाठमा हामी यिनैको अध्ययन गर्नेछौं।

* * * * *

प्रभु गडबडका परमेश्वर हुनुहुन्न । त्यसैले जहाँ जब्दीका छोरा याकूबको उल्लेख हुन्छ, त्यहाँ उनी जब्दीका छोरा थिए वा यूहन्ना दाजु थिए भनी उल्लेख भएको पाउँछौं।

परित्याग र प्राप्‍ति

याकूबको पेशा के थियो (मत्ती ४:२१, पद १८ सँग दाँज्नुहोस्)? _____________‌_। येशूले उनीहरूलाई बोलाउनुहुँदा याकूब र यूहन्ना के गर्दैथिए (मत्ती ४:२१)? _____________‌_____________ _____________‌____। यी दुर्इ दाजुभाइले येशूको पछि लाग्ने निर्णय गरे। उहाँलाई पछ्याउनको निम्ति उनीहरूले केही कुराहरूलाई परित्याग गर्नुपर्यो। उनीहरूले परित्याग गरेका कम्तीमा तीन कुराहरू उल्लेख गर्न सक्नुहुन्छ (मत्ती ४:२१, २२)? _____________‌______________‌_ _____________‌______________‌_ _____________‌______________‌_

मर्कूस १०:२८ मा पत्रुसले भने, “हेर्नुहोस्, हामीले _____________‌_ कुरा त्यागेका छौं र तपाईंको पछि लागेका छौं।” के याकूबले पनि यस्तै गरेका थिए? _____________‌_। येशूले यस विषयमा मर्कूस १०:२९-३१ मा भन्नुभएको कुरा पढ्नुहोस्। जब मानिसहरूले ख्रीष्टका खातिर केही कुराहरू गर्छन्, तब के तिनीहरूले केही कुराहरू प्राप्त पनि गर्छन्?_____________‌_। तिनीहरूका हात रित्तिन्छन् कि भरिन्छन्? _____________‌_। ख्रीष्टको पछि लाग्ने व्यक्तिले अहिले यहि जीवनमै प्राप्त गर्छन् कि आउनेवाला जीवनमा मात्रै प्राप्त गर्छन् (मर्कूस १०:३०)? ___________‌______________‌__ ____________‌______________‌______________‌___________

जब एक व्यक्ति ख्रीष्टियान बन्दछ, के त्यहाँ त्यस्ता कुराहरू हुन्छन् जसलाई उनले छाड्छन् वा त्याग्छन्? के कस्ता कुराहरू? विश्वासीले “गुमाउन” सक्ने कुराहरू के कस्ता होलान्? विश्वासीले आउनेवाला जीवनमा के कस्ता कुराहरू प्राप्त गर्नेछन्? मुक्ति नपाएकाहरूले आउनेवाला जीवनमा के कस्ता कुराहरू गुमाउनेछन्? याकूबले ख्रीष्टका निम्ति सबै त्यागे तर उसलाई नोकसान भएन, बरु फाइदा भयो। आफ्नो जीवनको अन्तमा, उनले ख्रीष्टका निम्ति आफ्नो शिर समेत गुमाए, तर त्यसमा पनि उसलाई नोक्सान भएन बरु फाइदै भयो!

गर्जनका पुत्र

येशूले याकूब र यूहन्नलाई एउटा उपनाम दिनुभयो। उहाँले उनीहरूलाई बोअनर्गेस भनि बोलाउनुभयो। यसको अर्थ के हो (मर्कूस ३:१७)? _____________‌______________‌_। उहाँले उनीहरूलाई सम्भवतः उनीहरूको “आँधी-बेह्रीरुपी व्यक्तित्व” को कारण उक्त नाम दिनुभएको हो। गर्जनको कुरा गर्दा हामीलाई बिजुली चम्काइका साथ आकाशबाट चटयाङ बज्रँदै गरेको आँधी बेह्रीको सम्झना आउँछ। याकूब र यूहन्ना जोशिला थिए, कहिले त अति नै। कहिलेकाहीँ उनीहरू हडबडे पनि थिए जुन कुरा हामी यहाँ देख्नेछौं।

“गर्जनका पुत्रहरू” को विषयमा जान्नलाई हामी लूका ९:५१-५६ पढौं। येशू र उहाँका चेलाहरू यरुशलेतर्फ यात्रा गर्ने क्रममा, सामरीहरूको एउटा गाउँमा उनीहरूलाई राम्रो स्वागत गरिएन (लूका ९:५१-५३)। सामरीहरूले येशूलाई उचित व्यवहार नगरेकोमा कुन दुई चेलाहरू अति क्रोधित बने (लूका ९:५४)? ____________ _‌_________________

समस्या हल गर्न के उनीहरूले एक शान्तपूर्ण उपाए खोजे? _____________‌। यी “गर्जनका पुत्रहरू” ले _____________‌_ बाट _____________‌_ बर्साउने र तिनीहरूलाई _____________‌_ पार्ने इच्छा गरे (लूका ९:५४)। परमेश्वरले चटयाङ बर्साउनुभई उनीहरूलाई नष्ट गरेको उनीहरूले चाहे!

येशूले के गर्नुभयो (लूका ९:५५ पढेर ठीक उत्तरलाई गोलो चिन्ह लगाउनुहोस्)?

  1. उनीहरूको भनाइमा सहमत हुनुभयो
  2. उनीहरूको भनाइको कारण उनीहरूलाई हप्काउनुभयो
  3. उनीहरूको भनाइको कारण उनीहरूलाई धन्यवाद दिनुभयो
  4. उहाँले उनीहरूलाई भन्नुभयो, “जाऊ, तिमीहरूले भने बमोजिम गर”

“गर्जनका पुत्रहरू” सित ठीक खालको आत्मा थिएन (लूका ९:५५)। उनीहरूसित एक रिसाहा, दोषारोपण गर्ने आत्मा थियो जसले प्रभुका शत्रुहरूलाई नष्ट र भस्म पार्न चाहन्थ्यो। ख्रीष्ट जुन कारण संसारमा आउनुभएको थियो त्यही नै बुझ्न सकिरहेका थिएनन्ः “किनभने मानिसका पुत्र मानिसहरूका प्राणहरूलाई _____________‌_ गर्न _____________‌_, तर _____________‌_ आएका हुन्।” येशूको उपाए बरु शान्तपूर्ण र कृपालु थियोः “अनि उनीहरू अर्को गाउँमा जानुभयो” (लूका ९:५६)।

येशू संसारमा किन आउनुभयो (यूहन्ना ३:१७, लूका १९:१०, १ तिमोथी १:१५)? _____________‌______________‌______________‌_ _____________‌______________‌______________‌______________‌______________‌______________‌______________‌_। यदि परमेश्वरले हामी एक-एकलाई हामीले पाउनुपर्ने कुरा नै दिनुहुने हो भने, हामी प्रत्यक नै र्स्वर्गबाटको चट्याङमुनि पर्नुपर्नेथ्यो! हामी सबै नै हाम्रा पापका कारण नष्ट गरिनुपर्नेथ्यो। प्रभु एक ज्यादै कृपालु परमेश्वर हुनुहुन्छ।

के तपाईं कसैसँग रिसाएर त्यो व्यक्ति कतै खुत्रुकै भए हुन्थ्यो वा यस पृथ्वीबाट हटाइए हुन्थ्यो भनी कहिल्यै सोच्नुभएको छ? हुन सक्छ त्यो व्यक्तिले तपाईंप्रति नराम्रो व्यवहार गरेको थियो, अथवा कुनै गल्ती नै गरेको थियो। के तपाईंलाई थाहा छ, त्यो व्यक्तिप्रति समेत परमेश्वर कृपालु हुन चाहनुहुन्छ? के तपाईंलाई थाहा छ, परमेश्वर त्यो व्यक्तिप्रति अहिले नै भला र कृपालु हुनुहुन्छ (हेर्नुहोस् मत्ती ५:४३-४८)? त्यो व्यक्ति तपाईंको शत्रु नै होला, तर येशूले भन्नुभयो, “आफ्ना शत्रुलाई _____________‌_ गर” (मत्ती ५:४४)।

सबैभन्दा ठुलो को ?

याकूब र यूहन्ना “गर्जनका पुत्रहरू” थिए। साथै उनीहरू “महत्वकांक्षाका पुत्रहरू” थिए। उनीहरू परमेश्वरको राज्यमा ठूला हुन चाहन्थे। उनीहरू सबभन्दा राम्रो स्थान ओगट्न चाहन्थे। राज्यका सम्पूर्ण मुख्य-मुख्य व्यक्तिहरू बसालिँदा, राजाको सबभन्दा नजिकका दुर्इ स्थानहरूमा उनीहरू नै बस्न चाहन्थे! याकूब र यूहन्ना दुई व्यक्तिहरू थिए जसलाई नम्रताको पाठ सिकाइनु साँच्ची नै खाँचो थियो!

मर्कूस १०:३५ मा उनीहरूको अनुरोधलाई विचार गर्नुहोस्। उनीहरू यसो भन्दै थिए, “प्रभु, हामी जे चाहन्छौं तपाईंले त्यही गरिदिनुभएको होस्!” कोही मानिसहरू यसरी नै प्रार्थना गर्दछन्। परमेश्वरको इच्छा खोज्नुको सट्टा, उनीहरू आफ्नै इच्छा परमेश्वरले पुरा गरिदिनुभएको होस् भन्ने चाहन्छन्! उनीहरू चाहन्छन्, परमेश्वर उनीहरूको दास हुनुभएको, उनीहरूको इच्छाअनुसार सबथोक गरिदिनुभएको! के येशूले उनीहरूले जे चाहन्छन् त्यहीअनुसार गरिदिनुहुने प्रतिज्ञा गर्नुभयो (मर्कूस १०:३६)? _____________‌_। उनीहरूको अनुरोध के थियो (मर्कूस १०:३७)? _____________‌____ __________‌_______________________‌_____‌______________‌______________‌_। याकूब र यूहन्नाकी एउटी आमा थिइन् जसको पनि उक्त अनुरोध गरिनुमा हात थियो (मत्ती २०:२०-२१)। उनले आफ्ना छोराहरूका निम्ति विशेष मान र स्थानको अनुरोध गरिन्!

याकूब र यूहन्नले यस्तो अनुरोध गरे भनी अरु चेलाहरूले सुनेपछि के उनीहरू खुशी माने (मर्कूस १०:४१)? _____________‌_। शायद उनीहरूले पनि आफ्नो लागि त्यही कुरा चाहन्थे! मर्कूस १०:४२-४५ मा येशूले भन्नुभए अनुसार, महानताको वास्तविक रहस्य के हो? परमेश्वरको नजर साँच्ची नै महान् बन्नलाई एक व्यक्तिले के गर्नुपर्दछ? परमेश्वरले महानताको नापो कसरी गर्नुहुन्छ? राजाभन्दा महान् अरु कोही हुन सक्दैन, तर राजा आफै के गर्न राजी हुनुभयो (मर्कूस १०:४५)? _____________‌______________‌_______ _______‌______________‌______________‌_

भित्री घेरा

प्रभुका सबभन्दा निकटवर्ती चेलाहरूमध्ये याकूब एक थिए। प्रभुका धेरै चेलाहरू थिए। लूका १०:१ मा सत्तरी चेलाहरूको उल्लेख छ। केही चेलाहरू अरुभन्दा बढी प्रभुको नजिकमा थिए। समय-समयमा प्रभुले कुनै-कुनै चेलाहरूलाई कुनै कुराका लिगि अलग गर्नुहुन्थ्यो जसमा अरुहरू सहभागी हुन सक्दैनथे। यधपि येशूका धेरै चेलाहरू थिए, उहाँले तीमध्ये बाह्र जनालाई विशेषरूपमा आफूसँग हुनलाई बोलाउनुभयो (लूका ६:१३)। समय-समयमा यी बाह्रमध्येबाट येशूले तीन जनालाई छानेर आफूसँग लाने गर्नुहुन्थ्यो। यी तीन जनाले केही यस्ता कुराहरू गर्न पाए जो अरु नौ जनाले पाएनन्। तलको चित्रले चेलाहरूको विभिन्न “घेराहरू” देखाउँदछ। के याकूब भित्री घेरामा पर्ने चेलामध्येका थिए (लूका ९:२८)? _____________‌_।

disciples' proximity to Christ

बाइबलले बताउँछ, येशूले यी तीन चेलाहरूसित तीनवटा कामहरू गर्नुभयो (जसमा अन्य नौ चेलाहरू सम्मिलित गराइएनन्):

  1. डाँडामाथि येशूको रूप परिवर्तन हुँदा, येशू, मोशा र एलियालाई कुन तीन चेलाहरूले मात्रै देख्न पाए (मत्ती १७:१-५)? _____________‌________। उनीहरूलाई आफूहरूले देखेका कुराहरू अन्य चेलाहरूलाई बताउने अनुमति थियो (मत्ती १७:९)? _____________‌_।
  2. याइरसकी छोरीलाई मृत्युबाट बिउँताउनुहुँदा येशूले कुन तीन चेलाहरूलाई आफ्नो साथमा लानुभएको थियो (मर्कूस ५:३७-४३)? _______ ______‌______________‌_। के उहाँले अरुहरूलाई पनि साथमा आउने अनुमति दिनुभएको थियो (मर्कूस ५:३७)? _____________‌_।
  3. मत्ती २६:३६ मा येशूले आठ चेलाहरूलाई बस्दै गर्नु भन्ने आज्ञा दिनुभयो (त्यसबेला यहूदा उनीहरूसित थिएनन्)। कुन चेलाहरूलाई येशूले आफ्नो साथमा लानुभयो (मत्ती २६:३७)? _____________‌______________‌_। येशूले यी तीन मानिसहरूलाई आफूले भोग्दै गर्नुभएको अति कठिन अनुभुतिमा सहभागी हुने विशेष मौका दिनुभयो। के यी तीन चेलाहरूले उक्त मौकाको सदुपयोग गरे (मत्ती २६:४०,४३,४५)? _____________‌_। उहाँले ठुलो मौका दिनुभएको थियो तर तिनीहरूले मौका गुमाए!

एउटा गोठाला र उनको भेडाहरूका बगालको विचार गर्नुहोस्। गोठालाले बगालका सबै भेडाहरूलाई माया गर्दछन्। कतिपय भेडाहरू गोठालादेखि परै बस्छन् र बगालको छेउछाउमा चर्दछन्। अरु भेडाहरूचाहीँ गोठालाको नजिकै रहन्छन् र उनको साथ-साथै हिँडछन्। अझ, त्यहाँ केही साना-साना पाठाहरू पनि हुन्छन् जसलाई गोठालाले उठाएर आफ्नो अँगालोमा बोक्दछन्।

हामी विश्वासीहरू गोठालाको नजिक रहनुपर्दछ। के हामीमध्येका कोही पनि उहाँको जत्ति नजिक हुनुपर्छ त्यत्ति नै नजिक छौँ? _________। सँधै नै हामी प्रभुको झन् झन् नजिक हुन खोज्नुपर्दछ। यदि हामी बाहिरी घेराहरूमै छौँ भने, हामी संधै नै भित्री घेराहरूतर्फ बढ्ने प्रयास गर्नुपर्दछ। एक विश्वासी प्रभुको झन् झन् नजिक कसरी जान सक्दछ? एक विश्वासी प्रभुबाट झन् झन् टाढा कसरी जान सक्दछ? के परमेश्वर प्रत्येक विश्वासी नै नजिक आएको चाहनुहुन्छ (याकूब ४:८; हिब्रु १०:२२)? _____________‌_।

साथै याकूब ती चार चेलाहरूमध्येका थिए जसले प्रभुलाई भविष्यमा के हुनेछ भनि सोधेका थिए (मर्कूस १३:३; अन्द्रियासको पाठ हेर्नुहोस्)। साथै येशू आफ्नो बौरिउठाईपछि चेलाहरूकहाँ देखा पर्नुभएको तीनै पटक त्यहाँ याकूब पनि उपस्थित थिए (यूहन्ना २०:१९,२६;२१:२)।

याकूब मृत्युसम्म विश्वासयोग्य

याकूबको मृत्युको सम्बन्धमा जान्न हामीलाई परम्परा वा हस्तान्तरण हुँदै आएका ऐतिहासिक अभिलेखहरूमा भर पर्नु आवश्यक छैन। याकूबको मृत्युको सम्बन्धमा बाइबलले प्रष्टै बताउँदछ।

याकूब बाह्र चेलाहरूमा पहिलो थिए जसले आफ्नो प्राण प्रभुको निम्ति गुमाए। उनी पहिलो ईशाइ शहिद त थिएनन्। याकूब बाह्र चेलाहरूमध्येमा सबभन्दा पहिला मारिए। उनको मृत्यु ख्रीष्टको बौरिउठाइको चौध बर्ष पछि भएको थियो।

त्यसबेला मण्डलीलाई सतावट दिने शासकको नाम के थियो (प्रेरित १२:१)? _____________‌_। यस राजाले याकूबलाई के गरे र कसरी गरे (प्रेरित १२:२)? _‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌____ ______________‌______________‌______________‌_________। यसको थोरै समयपछि के परमेश्वरले यस राजाको जीवनलाई अन्त गर्नुभयो (प्रेरित १२:२३)? _____________‌_। मर्कूस १०:३९ मा उल्लेखित येशूका वचन पुरा भए। येशूले प्रतिज्ञा गर्नुभए बमोजिम नै याकूबले कष्टको कचैराबाट साँच्ची नै पिए।

हामीले यो बिर्सनुहुन्न कि तरवारले याकूबको जीवनलाई अन्त गरेन, केवल उनको पार्थिव अस्तित्वलाई मात्रै अन्त गर्यो। तरवारले शारीरिक मृत्यु ल्याएकै क्षण याकूब “_____________‌_ बाट अलग भए” र “_____________‌_ सित” रहन पुगे (२ कोरिन्थी ५:८)। उक्त परिवर्तन याकूबका लागि फाइदाजनक थियो कि नोकसानीपुर्ण थियो (फिलिप्पी १:२१,२३)? _____________‌_।

याकूब र तपाईं

याकूब असल र खराब दुबै पक्षहरू भएका मानिस थिए। कुनै बेला उनी जोसमा गर्जनका पुत्र हुन्थे जसलाई सेलाउन र नम्र आत्मा पहिरन खाँचो पर्थ्यो। उनमा महत्वकाँक्षा र घमण्ड थियो र येशूले उनलार्इ नम्रता र साँचो महानताको पाठ सिकाउनु आवश्यक पर्यो। याकूबले ख्रीष्टलाई भक्तिसाथ पछ्याए, आफ्नो मालिकलाई पछ्याउन सब परित्याग गरे। उनी आफ्नो प्रभुको नजिक रहिरहे र “भित्री घेरा” मध्येका एक थिए। उनले अन्तसम्मै विश्वासयोग्य हुँदै प्रभुको सेवा गरे र बाह्र चेलाहरूमा सबभन्दा पहिला मारिएर ख्रीष्टको उपस्थिति र आनन्दमा प्रवेश गरे। याकूबको जीवनको विचार गर्दा, के तपाईं यस मानिसमा आफैंलाई पनि देख्न सक्नुहुन्छ? आज आफ्नो जीवनलाई विचार गर्दा, के तपाईं याकूबलाई आफैंमा पनि देख्न सक्नुहुन्छ? उनका कुन-कुन असल पक्षहरू तपाईंसित पनि छन्? उनका कुन-कुन कमजोर पक्षहरू तपाईंसित पनि छन्?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email