साँचो विश्वासीका गुणहरू – भाग १

साँचो विश्वासीका गुणहरू – भाग १

 

परिचय

ख्रीष्टमा नयाँ जीवन पाएको कुराका प्रमाणहरू

एक साँचो विश्वासी जन किन ख्रीष्टमा अनन्तसम्म सुरक्षित छ भनेर हामीले १३ ओटा आधारहरू (पाठ १४-१६) अध्ययन गर्‍यौं! के बाइबलले एउटा साँचो विश्वासी आफ्नो मुक्ति गुमाउन सक्छ र हराउन सक्छ भनेर सिकाउँछ (यूहन्ना ६:३७-४०)? __________________। यदि तपाईं ख्रीष्टमा एउटा साँचो विश्वासी हुनुहुन्छ भने, के तपाईं ख्रीष्टमा साँच्चै अनन्तसम्म सुरक्षित हुनुहुन्छ (यूहन्ना १०:२८-३०)? ________।

आफूले मुक्ति पाएको जान्नु मात्र होइन, तर आफूले मुक्ति पाएको देखाउनु पनि महत्त्वपूर्ण छ। यदि मसँग साँच्चै परमेश्वरको जीवन छ भने त्यो जीवन देखिनुपर्छ र प्रकट गरिनुपर्छ। हरेक साँचो विश्वासीसित एउटा कुरा छ भनेर मैले याद राख्‍नुपर्छः

  • “जसले ममाथि विश्वास गर्दछ, ऊसँग अनन्त ____________ छ” (यूहन्ना ६:४७)।
  • “ऊ मृत्युबाट ____________मा सरिसकेको हुन्छ” (यूहन्ना ५:२४)।
  • “जससँग पुत्र हुनुहुन्छ, ऊसित ____________ छ” (१ यूहन्ना ५:१२)।

तसर्थ, हरेक साँचो विश्वासीसित जी________ हुन्छ। जो साँचो विश्वासी होइन ऊसित ____________ हुँदैन (१ यूहन्ना ५:१२; दाँज्नुहोस् एफेसी २:१)। ऊ मरेको हुन्छ। उसको अस्तित्व छ, ऊ सास फेर्दछ, हिँड्छ, खान्छ तर ऊसित __________________को ____________ छैन (एफेसी ४:१८)।

शारीरिक जीवनलाई विचार गरौं। हामी जान्दछौं, आत्माबिनाको शरीर ____________ हुन्छ (याकूब २:२६)। आफ्नो भाई लाजरस साँच्चै मरेको छ भनी मार्था कसरी जान्दथिन् (यूहन्ना ११:३९)? __________________________________________________ (शरीरको सडन मृत्युको पक्का चिन्ह हो!) आफू मृत्युबाट साँच्चै बौरेर आएको प्रमाण लाजरसले कसरी दियो (यूहन्ना ११:४४)? ________________ ______________________________________। कुनै व्यक्ति हिँडिरहेको, बोलिरहेको, खाइरहेको, हाँसिरहेको देखिन्छ भने, त्यो व्यक्तिसित शारीरिक ____________ छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ।

मानौं तपाईंको एउटा नानी छ जो एक वर्ष मात्र पुगेको छ। एक दिन एक्कासी तपाईंको नानी भर्‍याङ्बाट तल खस्दैगरेको आवाज सुन्नुभयो। आफ्नो नानीलाई उठाउन हतारिँदै जाने क्रममा, तपाईं के चाहनुहुन्छ — ‍नानीको रूँदै गरेको आवाज सुन्न कि नानीको कुनै आवाज ननिस्केको? _____________________________________________________। किन? _______________________________________________। यदि तपाईंले आफ्नो नानी रोइरहेको सुन्नुभयो भने, तपाईंको नानी ____________ छ भन्ने तपाईंलाई पक्का प्रमाण मिल्दछ।

परमेश्वरका सन्तानहरूसित परमेश्वरको जीवन हुने भएकोले, तिनीहरूमा जीवनका लक्षणहरू देखिनुपर्दछ। हामी साँच्चै परमेश्वरबाट जन्मेका हौं भनेर स्पष्ट देखाउने निश्चित लक्षणहरू अथवा सङ्केतहरू हाम्रो जीवनमा हुनुपर्छ। यी लक्षणहरू के-के हुन् भनेर हामी अध्ययन गर्न चाहन्छौं अनि यी लक्षणहरू हाम्रा जीवनहरूमा साँच्चै छन् कि छैनन् भनेर हामी आफैलाई जाँच्न चाहन्छौं। बाइबलले भन्छ, “तिमीहरू विश्वासमा छौ कि छैनौ, आफैलाई जाँच” (२ कोरिन्थी १३:५)। के तपाईं साँच्चै ______________मा हुनुहुन्छ (२ कोरिन्थी १३:५)? के तपाईंले प्रभु येशू ख्रीष्टमा साँच्चै ______________ गर्नुभएको छ (प्रेरित १६:३१)? ________। के तपाईं __________बाट ____________मा साँच्चै सारिनुभयो (यूहन्ना ५:२४)? के तपाईंले साँच्चै अ____________ले वि__________द्वारा मु______ पाउनुभएको छ (एफेसी २:८)? के तपाईं ख्रीष्टकहाँ एक दरिद्र, असहाय, आशारहित, हराएको पापीको रूपमा साँच्चै आ__________ काम गर्नुभएको छ (यूहन्ना ६:३७)? के तपाईंले उहाँलाई साँच्चै ग्र________ गर्नुभएको छ (यूहन्ना १:१२)?

बाइबलअनुसार हरेक साँचो विश्वासीमा के-कस्ता जीवनका लक्षणहरू भेटिनुपर्छ भनेर अब हामी अध्ययन गरौं। तपाईंको जीवनमा यी कुराहरू पाउन सकिन्न भने निम्न दुईमध्ये एउटा कुरा साँचो हुनुपर्छः

  1. तपाईं आत्मिक रूपमा रोगी हुनुहुन्छ। अर्थात्, तपाईं साँचो विश्वासी भएर पनि ज्यादै शारीरिक हुनुहुन्छ अनि पछाडि हटेको अवस्थामा हुनहुन्छ (१ कोरिन्थी ३:१-४)। यसकारण परमेश्वरसितको तपाईंको सम्बन्धलाई ठीक स्थितिमा ल्याइनु खाँचो छ।
  2. तपाईं आत्मिक रूपमा मरेको हुनुहुन्छ। अर्थात्, तपाईं एक साँचो विश्वासी हुनुहुन्न, तपाईंसित परमेश्वरको जीवन छैन। तपाईंले आफूले मुक्ति पाएको दाबी गर्नुहुन्छ, तरैपनि तपाईं मुक्तिको भागीदार बन्नुभएको छैन। तपाईंले ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न आवश्यक छ, उहाँलाई केवल उहाँलाई मात्र भरोसा गर्न आवश्यक छ ( यूहन्ना १:१२; ६:४७)।

जीवनका लक्षणहरू

१. एउटा साँचो विश्वासीले परमेश्वरको वचनलाई विश्वास गर्दछ (१ यूहन्ना ५:९-१२)।

यो प्रस्टै बुझिने कुरा हो! एउटा साँचो विश्वासीले विश्वास गर्दछ! यदि तपाईं विश्वास गर्नुहुन्न भने तपाईं एक साँचो विश्वासी हुनुहुन्न! १ यूहन्ना ५:९ पढ्नुहोस्। यहाँ ____________________को गवाहीलाई __________________को गवाहीसित तुलना गरिएको छ। साधारणतया हामी मानिसहरूको गवाहीलाई विश्वास गर्दछौं। मानिसहरूले भनेको कुरालाई हामी सामान्यतया पत्याउँछौं। मानिसहरू साधारणतया झूट बोल्दछन् कि साँचो बोल्दछन्? ________। फटाहाहरू साधारणतया झूट बोल्दछन् कि साँचो बोल्दछन् (विचार गरी जवाफ दिनुहोस्)? ________। कसैले तपाईंलाई कुनै कुरा बताउँदा के तपाईं साधारणतया यसो भन्नुहुन्छ, “तिम्रो कुरा म विश्वास गर्दिन। तिमी झूट बोल्दैछौ!”? ______________। प्रधानमन्त्रीको मृत्यु भयो भन्ने खबर रेडियोमा सुन्नुभयो भने के तपाईं विश्वास गर्नुहुन्छ? ________। तपाईंलाई क्यान्सर रोग लागेको छ भनेर डाक्टरले बतायो भने के तपाईं विश्वास गर्नुहुन्छ? ________। धोएर सुकाएको लुगा हावाले उडायो भनेर तपाईंको छिमेकीले सुनायो भने के तपाईं विश्वासकै आधारमा लुगा हेर्नलाई बाहिर निस्कनुहुन्छ? ____________। के हामी साधारणतया मानिसहरूको गवाही ग्रहण गर्छौं (१ यूहन्ना ५:९)? ________। मानिसहरू प्रायः साँचो नै बोल्छन्, तर के तिनीहरू सधैं साँचो बोल्छन्? ______________। तीतस १:२ र हिब्रू ६:१८ अनुसार, परमेश्वरको गवाही झन् ठूलो किन छ? ______________________________________________________। यदि हामीले मानिसहरूले भनेका कुराहरू साधारणतया विश्वास गर्छौं भने, हामी झन् कति बढी ________________________________________________ विश्वास गर्नुपर्छ। उनीहरूले भनेकै आधारमा मानिसहरूका वचनलाई पत्याउँछौं भने हामीले झन् कति बढी _______________________लाई पत्याउनुपर्छ। परमेश्वरको गवाहीलाई विश्वास नगर्ने व्यक्तिले परमेश्वरलाई के तुल्याउँदछ (१ यूहन्ना ५:१०)? ________। तर एउटा साँचो विश्वासी यसरी भन्न सक्दछ, “प्रभु, तपाईं एक __________ परमेश्वर हुनुहुन्छ (व्यवस्था ३२:४) र बाइबल __________ छ (यूहन्ना १७:१७), त्यसैले तपाईंको वचनमा भन्नुभएका सबै कुराहरू __________ नै हुनुपर्छ।” परमेश्वरले आफ्ना पुत्रको विषयमा दिनुभएको गवाही १ यूहन्ना ५:११-१२ मा पाइन्छ। परमेश्वरले हामीलाई के दिनुभयो (पद ११)? __________________________। अनन्त जीवन कसरी पाइन्छ — सित्तैंमा पाइने दानस्वरुप कि काम गरेर पाइने ज्यालास्वरुप (रोमी ६:२३ मा हेर्नुहोस्)? ______________________________________________। यो दान कहाँ पाइन्छ (१ यूहन्ना ५:११)? ______________ ______________। पद १२ अनुसार ________ हुने व्यक्तिसँग ____________ छ र ________ नहुने व्यक्तिसँग ____________ छैन। परमेश्वरको गवाहीलाई विश्वास गर्ने व्यक्तिले यसरी भन्न सक्दछ, “प्रभु, म विश्वास गर्दछु कि अनन्त जीवन सित्तैंमा पाइने ________ हो अनि यो जीवन केवल तपाईंको ________मा छ, अनि मैले ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ____________ गरेको (यूहन्ना १:१२) हुनाले मसँग अनन्त ____________ छ भनेर म ______________ (१ यूहन्ना ५:१३)।”

येशूमा विश्वास गरेको दाबी गर्ने केही व्यक्तिहरू परमेश्वरको वचनलाई विश्वास गर्न गाह्रो मान्छन्। तिनीहरूको मूल समस्या हो अविश्वास (लूका २४:२५-२७; मत्ती २२:२९)। तिनीहरूका केही समस्याहरूलाई हेरौं:

१) कोही भन्छन्, “म येशूमा विश्वास गर्दछु, तर बाइबलमा विश्वास गर्दिनँ।”

तर येशूले भन्नुभयो, परमेश्वरको वचन __________ छ (यूहन्ना १७:१७) र पवित्र शास्त्रहरू ________ हुन सक्दैन (यूहन्ना १०:३५) र पवित्र शास्त्रहरूमा लेखिएका सबै कुराहरू ________ हुनैपर्छ (लूका २४:४४), हरेक बिन्दु र ________ समेत (मत्ती ५:१८)! के येशूले बाइबलमा विश्वास गर्नुभयो? ________________। यी मानिसहरूले वास्तवमा यसो भनिरहेकाछन्, “म येशूमा विश्वास त गर्दछु, तर बाइबल सत्य छ भन्ने येशूको भनाइ चाहिँ गलत हो।” तसर्थ, विश्वासीले भन्नुपर्ने कुराचाहिँ यो हो, “म येशूमा विश्वास गर्दछु, अनि मैले येशूमा विश्वास गरेको हुनाले म ______________मा पनि विश्वास गर्दछु।”

२) कोही भन्छन्, “म येशूमा विश्वास गर्दछु, तर पावलका लेखोटहरूमा विश्वास गर्दिनँ।”

तर पावलले भने, “किनकि ________को ____________द्वारा हामी तिमीहरूलाई यो भन्दछौं” (१ थेस्सलोनिकी ४:१५; दाँज्नुहोस्, यूहन्ना १६:१२?१३)। “यदि कुनै मानिसले आफूलाई ‘भविष्यवक्ता हुँ’ वा ‘आत्मिक हुँ’ भन्ने सम्झन्छ भने जुन कुराहरू म तिमीहरूलाई लेख्दछु, ती ________का ______________ हुन् भनी उसले स्वीकार गरोस्” (१ कोरिन्थी १४:३७)। “अब हे भाइहरूहो, ________ ________ ________ __________को _______मा हामी तिमीहरूलाई आज्ञा गर्दछौं” (२ थेस्सलोनिकी ३:६)। के पत्रुसले पावलका पत्रहरू “पवित्र शास्त्र” हुन् भनी स्वीकारेका छन्? ________। तसर्थ, विश्वासी जनले यसरी भन्नुपर्दछ, “म येशूमा विश्वास गर्दछु अनि ____________का लेखोटहरूमा पनि विश्वास गर्दछु किनकि पावल ________ __________का ____________ थिए (गलाती १:१) अनि बाइबलका अन्य खण्डहरूजस्तै उनका लेखोटहरू पनि परमेश्वर-निश्वासित हुन् (२ तिमोथी ३:१६)।”

३. कोही भन्छन्, “म येशूमा विश्वास गर्दछु तर आदम र हव्वा वास्तवमै थिए भनेर विश्वास गर्दिनँ।”

तर येशूले भन्नुभयो, “के तिमीहरूले परेका छैनौ? शुरूमा जसले तिनीहरूलाई सृष्टि गर्नुभयो, उहाँले तिनीहरूलाई नर र नारी बनाउनुभयो” (मत्ती १९:४; दाँज्नुहोस् उत्पत्ति १:२७)। के येशूले उत्पत्तिको पुस्तकको सृष्टिको विवरणलाई विश्वास गर्नुभयो? ____________। के येशू विकासवादी सिद्घान्तलाई मान्नुहुन्थ्यो? __________________। यी मानिसहरू वास्तवमा यसो भन्दै छन्, “म येशूमा विश्वास गर्दछु तर आदम र हव्वा शुरूमा सृष्टि गरिए भन्ने येशूको शिक्षाचाहिँ गलत हो।” के हामीले भूल गर्न सक्ने परमेश्वरमाथि विश्वास गर्नुहुन्छ? ____________। हाम्रो जवाफ यस्तो छ: “मैले येशूमा विश्वास गरेको हुनाले म ________________________________ वास्तवमै थिए भनेर पनि विश्वास गर्दछु।”

४. कोही भन्छन्, “म येशूमा विश्वास गर्दछु तर म मोशामा विश्वास गर्दिन अनि मोशाका लेखोटहरूमा पनि विश्वास गर्दिनँ। साथै मोशाले बाइबलका पहिलो ५ ओटा पुस्तकहरू लेखे भन्ने कुरामा समेत विश्वास गर्दिनँ।”

तर येशूले भन्नुभयो, “किनभने तिमीहरूले ________लाई विश्वास गरेका हुँदा हौ ता तिमीहरूले ____________ पनि विश्वास गर्नेथ्यौ; किनकि उनले ________ विषयमा लेखे। तर तिमीहरू उनका लेखहरूलाई विश्वास गर्दैनौ भने ________ __________________लाई कसरी विश्वास गरौला त (यूहन्ना ५:४६-४७)?” मोशाले प्रस्थानको पुस्तक लेखेका हुन् भनी के प्रभु येशू विश्वास गर्नुहुन्थ्यो (मर्कूस १२:२६ लाई प्रस्थान ३:६ सित तुलना गर्नुहोस्)? ________________। मत्ती ४:४,७,१० पढ्नुहोस् अनि यसलाई व्यवस्था ८:३: ६:१६; ६:१३ सित तुलना गर्नुहोस्। शैतानलाई पराजित गर्न प्रभु येशूले ३ पटक पुरानो नियमको कुनचाहिँ पुस्तकबाट उल्लेख गर्नुभयो (व्यवस्था १:१)? __________________। के प्रभु येशूले मोशाका पुस्तकहरूलाई महत्त्वपूर्ण र विश्वसनीय ठान्नुभयो (लूका २४:२५-२७)? __________________। के प्रभु येशूले मोशाका पुस्तकहरूलाई पवित्र शास्त्रकै अभिन्न अंगको रूपमा लिनुभयो (लूका २४:४४-४५)? ________________। भजनसंग्रहका लेखकले समेत भने, “तपाईंका ______________ वचनहरू सत्य छन् (भजनसंग्रह ११९:१६०)।” तसर्थ, विश्वासी जनले यसो भन्नुपर्दछ, “मैले येशूमा विश्वास गरेको हुनाले __________का लेखोटहरू पनि म विश्वास गर्दछु।”

५. कोही भन्छन्, “म येशूमा विश्वास गर्दछु तर नूहका दिनहरूमा विश्वव्यापी जलप्रलयले सारा संसारलाई डुबायो भनेर म विश्वास गर्दिनँ।”

तर येशूले भन्नुभयो, “नूह जहाजभित्र पसेका दिनसम्म तिनीहरूले खाइरहेका थिए, तिनीहरूले पिइरहेका थिए, तिनीहरूले विवाह गरिरहेका थिए, तिनीहरूको विवाह गराइँदैथ्यो, अनि जलप्रलय आयो र तिनीहरू सबैलाई नाश पार्‍यो” (लूका १७:२७)। के येशूले नूह, नूहको जहाज र जलप्रलयमा विश्वास गर्नुहुन्थ्यो? ________________। यी मानिसहरू वास्तवमा यसो भन्दै छन्: “म येशूमा विश्वास गर्दछु तर नूहको सम्बन्धमा येशूको शिक्षा भने गलत छ। नूह र जलप्रलयको कुरा एक काल्पनिक कथा मात्र हो भन्ने तथ्यप्रति येशू अनभिज्ञ हुनुहुन्थ्यो।” के हामीले एक भूल गर्नसक्ने परमेश्वरमाथि विश्वास राख्‍नुहुन्छ? ____________। तसर्थ, विश्वासी जनले यसो भन्नुपर्छ, “मैले येशूमा विश्वास गरेको हुनाले म एक विश्वव्यापी ________________मा पनि विश्वास गर्छु जसले ________को दिनहरूमा संसारलाई नष्ट पार्‍यो।”

६. कोही भन्छन्, “म येशूमा विश्वास गर्दछु तर दानिएल आफैले दानिएलको पुस्तक लेखे भनेर म विश्वास गर्दिनँ।”

तर येशूले भन्नुभयो, “यसकारण, जब ______________ ____________________द्वारा भनिएको उजाड पार्ने घृणित वस्तुलाई (दानिएल ९:२७) तिमीहरूले पवित्रस्थानमा उभिएको देख्‍नेछौ” (मत्ती २४:१५)। के येशूले दानिएलको पुस्तक पढ्नुपर्छ, बुझ्नुपर्छ भनी भन्नुभयो (मत्ती २४:१५)? ______________। दानिएलको पुस्तक दानिएलले लेखेको हो भन्ने मान्यता के येशूको थियो? ________। तसर्थ, विश्वासी जनले यसो भन्नुपर्छ, “मैले येशूमा विश्वास गरेको हुनाले दानिएलको पुस्तक दानिएलले नै लेखेको हो भनेर म विश्वास गर्दछु।”

७. कोही भन्छन्, “म येशूमा विश्वास गर्दछु तर योनालाई एउटा ठूलो माछाले निलेको थियो भन्ने कुराचाहिँ म विश्वास गर्न सक्दिनँ।”

तर येशूले भन्नुभयो, “योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए” (मत्ती १२:४०; दाँज्नुहोस्, योना १:१७)। तसर्थ, विश्वासी जनले यसो भन्नुपर्छ, “मैले येशूमा विश्वास गरेको हुनाले योना साँच्चै एक ठूलो माछाको पेटभित्र थिए भनेर म विश्वास गर्दछु। यो येशूको भनाइ हो! अनि मेरो विश्वासलाई त्यो नै पर्याप्‍त छ!”

—————————————————————-

मुक्ति वास्तवमै पाएको एउटा व्यक्तिले परमेश्वरको गवाहीलाई विश्वास गर्दछ! उसले परमेश्वरको सम्पूर्ण वचनलाई विश्वास गर्दछ जसमध्ये पावलका पत्रहरू, मोशाका पुस्तकहरू र दानिएलका भविष्यवाणीहरू समेत पर्दछन्। के तपाईं एक बाइबल-विश्वासी हुनुहुन्छ? के तपाईं परमेश्वरको वचनलाई विश्वास गर्नुहुन्छ? के तपाईं परमेश्वरले आफ्नो पुत्रको विषयमा दिनुभएको गवाहीलाई विश्वास गर्नुहुन्छ (१ यूहन्ना ५:९-१२)? “तिमीहरू विश्वासमा छौ कि छैनौ आफैलाई जाँच।”

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email