साँचो विश्वासीका गुणहरू – भाग ३

साँचो विश्वासीका गुणहरू – भाग ३

 

५. एउटा साँचो विश्वासीले परमेश्वरको वचन पालन गर्छ (१ यूहन्ना २:३)

अनन्त जीवन त्यो व्यक्तिसँग छ जसले एकमात्र सत्य परमेश्वरलाई र उहाँले पठाउनुभएको ________ __________लाई ____________ (यूहन्ना १७:३)। हामीले ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाता र प्रभु भनी साँच्चै चिनेका छौं कि छैनौं भनी हामी कसरी जान्न सक्छौं? १ यूहन्ना २:३ अनुसार कसैले ख्रीष्टलाई साँच्चै चिन्दछ भने उसले के गर्नेछ? ______________________________________________________। एउटा यस्तो व्यक्तिको विचार गरौं जसले भन्छ, “प्रभु येशूलाई मेरो मुक्तिदाताको रूपमा चिन्न पाएकोमा म अत्यन्तै खुशी छु”, तर उसको जीवनलाई नियालेर हेर्दा ऊ परमेश्वरको वचनअनुसार हिँडिरहेको पाइएन। त्यो व्यक्तिको विषयमा कुन दुई कुराहरू शायद सत्य छन् (१ यूहन्ना २:४)? १. __________________________ २. ________________________________। परमेश्वरको वचनको आज्ञापालन गर्ने व्यक्ति नै त्यो व्यक्ति हो जसमा ______________________ ________ सिद्घ भएको छ। एक आज्ञाकारी विश्वासीले आफू ख्रीष्ट____ रहेको छु भनी जान्न सक्दछ (१ यूहन्ना २:५)। कुनै व्यक्ति प्रभु येशूमा साँच्चै रहिरहेको छ भने ऊ कसरी हिँड्दछ वा जिउँदछ (१ यूहन्ना २:६)? __________________________________________। हाम्रा प्रभु येशू कसरी हिँड्नुभयो भनी जान्न निम्न पदहरू ध्यानपूर्वक पढ्नुहोस् अनि जोडा मिलाउनुहोस्:

१. ____ यूहन्ना ५:३०; ६:३८ (क) प्रभु येशूले पिताको वचनको आज्ञापालन सधैं नै गर्नुभयो
२. ____ यूहन्ना ८:२९ (ख) प्रभु येशूले सधैं नै पितालाई मन पर्ने कामहरू गर्नुभयो
३. ____ यूहन्ना ८:५४-५५ (ग) प्रभु येशूले सधैं नै पिताको इच्छा पूरा गर्नुभयो

१ यूहन्ना ५:१-२ अनुसार एक व्यक्ति परमेश्वरको सन्तान कहिले बन्दछ (सही जवाफलाई गोलो चिन्ह लगाउनुहोस्):

(क) येशू नै ख्रीष्ट (मसीह) हुनुहुन्छ भनी विश्वास गरेर
(ख) परमेश्वरका जनहरूलाई प्रेम गरेर
(ग) परमेश्वरलाई प्रेम गरेर
(घ) परमेश्वरको आज्ञापालन गरेर

परमेश्वरको प्रेम के हो (१ यूहन्ना ५:३)? __________________________________________। हामी जान्दछौं, परमेश्वरका आज्ञाहरू __________________ (भारी, बोझिला) छैनन्। परमेश्वरले हामीलाई अह्राउनुभएको काम गर्नु के हाम्रो निम्ति एउटा भार हो? ____________। के परमेश्वरले हाम्रो जीवनलाई तीतो बनाउन नै आज्ञाहरू दिनुभएको हो? __________। के प्रभुको आज्ञापालन नगर्दा नै हाम्रो जीवन तीतो बन्दछ? __________। के दाऊदले प्रभुका आज्ञाहरू कष्ट पूर्ण छन् भनी ठाने (भजनसंग्रह १९:७-११)? व्यवस्था ६:२४ मा हामी सिक्छौं, परमेश्वरले हामीलाई केही निश्चित आदेशहरू पालन गर्नलाई दिनुभएको छ “ताकि हाम्रो __________________ ________ होस्” (दाँज्नुहोस्, व्यवस्था १०:१३; यर्मिया ३२:३९)। परमेश्वर हाम्रो भलाइ मात्र चाहनुहुन्छ!!

कसैले ख्रीष्टलाई प्रेम गर्दछ भने, उसले के गर्नेछ (यूहन्ना १४:१५)? ______________________________ ____________________________________। ख्रीष्टलाई साँच्चै प्रेम गर्ने व्यक्ति त्यो हो जससित १) उहाँका ________________ छन् र २) जसले उहाँका आज्ञाहरू ____________ गर्दछन् (यूहन्ना १४:२१)। कसैले प्रभु येशूलाई साँच्चै प्रेम गर्दछ भने उसले ख्रीष्टका ____________हरू ____________ गर्नेछ (यूहन्ना १४:२३)। जसले ख्रीष्टलाई प्रेम गर्दैन उसले ________________________________________________________ (यूहन्ना १४:२४)। तसर्थ, प्रभु येशूलाई उसले साँच्चै प्रेम गर्दछ भनी एक विश्वासीले कसरी देखाउन सक्दछ? ________________________________________________।

के नानीहरूले बाबुआमाको आज्ञापालन गर्नुपर्छ (कलस्सी ३:२०)? __________। के दासहरूले आफ्ना मालिकहरूको आज्ञापालन गर्नुपर्छ (कलस्सी ३:२२)? __________। के पत्‍नीहरूले आफ्ना पतिहरूको आज्ञापालन गर्नुपर्छ (१ पत्रुस ३:५-६)? __________। तसर्थ, हामी परमेश्वरका नानीहरू भएका हुनाले हामी ________________ ________हरू झैं हुनुपर्छ (१ पत्रुस १:१४)। परमेश्वरको प्रेमका दासहरू भएका हुनाले (१ कोरिन्थी ६:१९-२०) हामीले परमेश्वरको महिमा गर्नुपर्छ र ________ कुराहरूमा उहाँको ________ गर्नुपर्छ (दाँज्नुहोस् कलस्सी ३:२२)। मण्डली ख्रीष्टको दुलही भएको हुनाले (हेर्नुहोस्, एफेसी ५:२२-२३) हामीले ____________को आज्ञापालन गर्नुपर्छ जो ________________का ________ हुनुहुन्छ (एफेसी ५:२३)।

गलाती ३:१ अनुसार हामीले पालन गर्नुपर्ने कुरा के हो? ______________। एफेसी १:१३ र यूहन्ना १७:१७ अनुसार “सत्य” के हो? ________________________________। व्यवस्था ११:२७, १३:४, २७:१०, २८:६२, ३०:२,८,२० अनुसार हामीले पालन गर्नुपर्ने कुरा के हो? ____________________________________। यर्मिया ७:२३, ११:४,७ २६:१३, ३८:२०, ४२:६ अनुसार हामीले पालन गर्नुपर्ने कुरा के हो? ______________ ____________। कुन कुरामा इस्राएल राष्ट्र विफल भए (यर्मिया ३:१३,२५ ९:१३, ११:८, १७:२३, ३२:२३, ४०:३, ४२:२१, ४३:४,७ ४४:२३)? ________________________________________________________________।

१ शमूएल १५:१-२३ पढ्नुहोस्। शाऊललाई परमप्रभुले दिनुभएको आज्ञा के थियो (१ शमूएल १५:३)? ___________________________________________।

परमप्रभुले त्यस्तो आज्ञा दिनुको कारण के थियो (पढ्नुहोस्, व्यवस्था ७:१-६, विशेष गरी पद ४)? __________________ __________________________________________________________। कुन हिसाबमा शाऊलले उक्त आज्ञाको पालना गरेनन् (१ शमूएल १५:८-९)? __________________________________________________ ____________________________________। कुन हिसाबमा शाऊलले उक्त आज्ञाको पालना गरे (१ शमूएल १५:८-९)? _______________________। के शाऊलले आफूले आज्ञापालन गरें भनी ठाने (पद १३)? ________। शाऊलले भेडा र गाईगोरू किन बचाइराखे (पद १५)? ______________________________________________। शमूएलको विचारमा शाऊल प्रभुमा आज्ञाकारी भएका थिए (पद १९)? __________________। प्रभुले सबभन्दा कुन कुरा चाहनुहुन्छ (पद २२)? ________________________। के अनाज्ञाकारिता गम्भीर पाप हो (पद २३)? ________। के त्यो परमेश्वरको नजरमा टुनामुना र मूर्तिपूजा गर्नुजस्तै खराब कुरा हो? परमेश्वरले कसलाई इन्कार गर्नुभयो (पद २३)? ______________________।

मत्ती ८:२७ मा केले ख्रीष्टको आज्ञापालन गर्‍यो? __________________________________। अरु कसले उहाँको आज्ञापालन गरे (मर्कूस १:२७)? ________________________________। के मृतकहरूले उहाँको आज्ञापालन गर्छन् (यूहन्ना ११:४३-४४), १ थेस्सलोनिकी ४:१६)? __________। तसर्थ, आफ्ना सन्तानहरूले प्रेमसाथ आज्ञापालन गर्दै उहाँको सेवा गरोस् भनी राख्‍नुभएको परमेश्वरको माग के अनुचित हो? __________। के तपाईं प्रभु येशूलाई साँच्चै प्रेम गर्नुहुन्छ? के तपाईं उहाँको स्वर सुन्न दिनहुँ बाइबल पढ्नुहुन्छ? के तपाईं उहाँको स्वर सुन्दै आज्ञापालन गर्न रूचाउनुहुन्छ? के तपाईं परमेश्वरको वचनअनुसार जिउन प्रयास गर्नुहुन्छ? के तपाईं प्रभुले जे आज्ञा दिनुहुन्छ त्यहीअनुसार गर्न इच्छुक हुनुहुन्छ? परमेश्वरका आज्ञाहरू तपाईंकै भलाइका निम्ति हुन् भनी के तपाईं साँच्चै विश्वास गर्नुहुन्छ? के तपाईं परमेश्वरको एक आज्ञाकारी छोरा वा छोरी भई जिउँदै हुनुहुन्छ? “तिमीहरू विश्वासमा छौ कि छैनौ आफैलाई जाँच।”

६. एउटा साँचो विश्वासी पापमा जिइरहँदैन तर उसले धर्मी जीवन जिउँदछ (१ यूहन्ना ३:७-८)

साँच्चै नयाँ गरी जन्मेको व्यक्तिले ________________को काम गर्दछ (१ यूहन्ना २:२९)। त्यो व्यक्ति जसले पाप गर्दछ (१ यूहन्ना ३:६, शब्दार्थः “पाप गर्दछ” वर्तमान कालमा छ जसको अर्थ हुन्छ “पाप गरिरहन्छ, पापमा लागिरहन्छ”), उसको बारेमा हामी कुन दुई कुरा जान्दछौं? १) ________________________ ________________________ २) ______________________________________________। साँच्चै धर्मी ठहरिएको व्यक्ति (अर्थात् ख्रीष्ट जति धर्मी हुनुहुन्छ उत्तिकै धर्मी ठहरिएको व्यक्ति) ले ________________को काम गर्दछ (१ यूहन्ना ३:७)। पाप गरिरहने व्यक्तिको विषयमा हामी के जान्दछौं (१ यूहन्ना ३:८)? ____________________________________। हरेक जो साँच्चै परमेश्वरबाट ______________ छ, उसले पाप गरिरहँदैन … र उसले ________ गर्न सक्दैन, (अर्थात्, “उसले पाप गरिरहन सक्दैन, उसले निरन्तर पाप गर्न सक्दैन”) किनभने ऊ ____________________बाट ______________ हो” (१ यूहन्ना ३:९)। मुक्ति नपाएको व्यक्तिले एकातिर आफ्नो भाइलाई घृणा गर्दछ भने अर्कोतिर उसले __________________को काम गर्दैन (१ यूहन्ना ३:१०)। नयाँ गरी जन्मेको व्यक्तिले ________ गर्दैन (१ यूहन्ना ५:१८, वर्तमान कालको अर्थ, “उसले पाप गरिरहँदैन”)।

मुक्ति नपाएको कुनै व्यक्तिलाई तपाईं कस्तो सल्लाह दिनुहुन्छ (ठीक उत्तरलाई चिन्ह लगाउनुहोस्)?

(क) “तपाईंले पापमा निरन्तर जिउन छाड्नुपर्छ!” (दाँज्नुहोस्, उत्पत्ति १९:७)
(ख) “तपाईंले एक धर्मी जीवन जिउन थाल्नुपर्छ!”
(ग) “तपाईं नयाँ गरी जन्मनुपर्छ!” (यूहन्ना ३:७)

एक व्यक्ति साँच्चै प्रभुको हो भने (हेर्नुहोस्, २ तिमोथी २:१९), उसले ____________को नाम लिने काम मात्र गर्दैन तर ऊ ____________बाट ____________ रहन्छ। गलाती ५:१९-२१ को सूचीअनुसारका कामहरू गरिरहने व्यक्तिको विषयमा हामी के जान्दछौं? _______________________________________________ __________________________________।

जसको जीवन अधर्मले भरिएको छ, उसको बारेमा हामी के भन्न सक्छौं (१ कोरिन्थी ६:९-१०)? __________________________________________________।

पावलले यस प्रश्नको जवाफ कसरी दिन्छन्: “अनुग्रह प्रशस्त होस् भनेर के हामी पापमा लागिरहौं?” (रोमी ६:१-२) ____________ ____________ (अक्षरशः “त्यसो नहोस्! “)। हामी व्यवस्थाको अधीनमा छैनौं, तर अनुग्रहको अधीनमा छौं भनेर के हामी पाप गरौं त? ____________ ____________। शारीरिक मानिस (१ कोरिन्थी २:१४) ले हृदयमा यसरी विचार गर्दछः “परमेश्वर आफ्ना दुष्ट सन्तानहरू प्रति कति अनुग्रही र धैर्यवान् हुनुहुन्छ भनी सबैलाई देखाउनका लागि मुक्ति पाएको एक व्यक्ति पापमा निरन्तर जिउनुपर्दछ।” के साँचो विश्वासीमा हुनुपर्ने धारणा यही हो? ____________। परमेश्वरको अनुग्रहले उसलाई दुइटा कुरालाई इन्कार गर्न सिकाउँदछ (तीतस २:११-१२) भनेर एउटा आत्मिक मानिस (१ कोरिन्थी २:१५-१६) ले महसुस गर्दछ:

१. ____________________________
२. ____________________________

त्यही अनुग्रहले उसलाई यसरी जिउन सिकाउँछः

१. ____________________________
२. ____________________________
३. ____________________________

हामीलाई परमेश्वरको अनुग्रहले कसरी जिउन सिकाउँछ? यहाँ केही उदाहरणहरू छन्:

  1. परमेश्वरले आफ्नो अनुग्रहमा हामीलाई क्षमा दिनुभएको छ (एफेसी ४:३२) र यसले हामीलाई एकअर्कालाई ________ गर्नुपर्छ भनी सिकाउँछ!
  2. परमेश्वरले आफ्नो अनुग्रहमा हामीलाई प्रेम गर्नुभएको छ (यूहन्ना १३:३४) र यसले हामीलाई एकअर्कालाई ________ गर्नुपर्छ भनी सिकाउँछ!
  3. परमेश्वरले आफ्नो अनुग्रहमा हामीलाई आफ्नो पुत्र जत्तिकै धर्मी ठहराउनुभएको छ (१ यूहन्ना ३:७, दाँज्नुहोस्, रोमी ३:२४) र यसले हामीलाई हामी एक ________ जीवन बिताउनुपर्छ भनी सिकाउँछ (दाँज्नुहोस्, १ पत्रुस २:२४)।
  4. परमेश्वरले आफ्नो अनुग्रहमा एक मानिस बनेर आफूलाई नम्र तुल्याउनुभयो, यहाँसम्म कि उहाँ क्रूसमा मर्न जानुभयो (फिलिप्पी २:५-८) अनि यसले हामीले आफूलाई नम्र तुल्याउनुपर्छ र ________का (फिलिप्पी २:४) कुराहरूलाई ध्यान दिनुपर्छ भनी सिकाउँदछ।
  5. परमेश्वर आफ्नो अनुग्रहमा हामीप्रति कृपालु हुनुभएको छ (रोमी १२:२) र यसले हामीलाई हामीले आफ्ना ____________________ ____________________ ________________को रूपमा चढाउनुपर्छ भनी सिकाउँदछ!
  6. परमेश्वरले आफ्नो अनुग्रहमा हामीलाई पवित्र हुनलाई आफूकहाँ बोलाउनुभएको छ (एफेसी ४:१), र यसले हामीलाई हामीहरू जुन बोलावटले ________________________ छौं, त्यसैको ____________ चालमा हिँड्नुपर्छ भनी सिकाउँदछ! के तपाईं ठीक विचार, ठीक काम, ठीक बोली र ठीक हिँडाइको जीवन जिउँदै हुनुहुन्छ? के तपाईं अधर्मबाट अलग हुनुभएको छ? के तपाईंले आफ्नो दैनिक जीवनमा पापको सामर्थ्यबाटको छुटकारा पाइरहेको आनन्द अनुभव गर्दै हुनुहुन्छ? “तिमीहरू विश्वासमा छौ कि छैनौ आफैलाई जाँच।”

७. एउटा साँचो विश्वासी पापमा जिउन रूचाउँदैन (२ पत्रुस २:७-८)

यदि हामी उहाँका प्रिय ____________________झैं ____________________का ________________ ____________ (एफेसी ५:१) हुने हौं भने परमेश्वरले प्रेम गर्नुहुने कुराहरूलाई हामीले ________ गर्नुपर्छ र परमेश्वरले घृणा गर्नुहुने कुराहरूलाई हामीले ________ गर्नुपर्छ! प्रभु येशु कुन कुरालाई प्रेम गर्नुहुन्छ (हिब्रू १:८-९)? ______________________। उहाँ कुन कुरालाई घृणा गर्नुहुन्छ (हिब्रू १:९)? ____________________। यसकारण हामीले ____________लाई ________, ____________लाई ________ गर्नुपर्छ (आमोस ५:१५)। विश्वासीहरूले घृणा गर्नुपर्ने कुरा के हो (रोमी १२:९)? ____________________। प्रभुलाई साँच्चै प्रेम गर्नेहरूले के गर्नेछन् (भजनसंग्रह ९७:१०)? ______________________________________________। साँच्चै प्रभुको डर मान्नेहरूले के गर्नेछन् (हितोपदेश ८:१३)? ________________________________________________ ________________________। परमेश्वरको वचनलाई हामी साँच्चै प्रेम गर्दछौं भने हामी कुन‍ तीनओटा कुराहरूलाई घृणा गर्नेछौं (भजनसंग्रह ११९:१०४,११३,१२८,१६३)? १. ________________________________ २. __________________________________ ३. __________________________________।

अब्राहामबाट छुट्टिएर लोतले आफ्नो पाल कुनचाहिँ शहरतिर सारे (उत्पत्ति १३:११‍-१२)? __________। उक्त शहरका मानिसहरूलाई कसरी बयान गरिएको छ (उत्पत्ति १३:१३)? ______________________________ __________________। लोत कस्ता मानिस थिए (२ पत्रुस २:७-८)? __________। सदोम र गमोराको कुनचाहिँ कुरा परमेश्वर घृणा गर्नुहुन्थ्यो (उत्पत्ति १८:२०)? __________________________। त्यहाँ पचास धर्मीजन भेटिएमा के परमेश्वरले उक्त शहरलाई नाश गर्नुहुनेथ्यो? ______________________। के धर्मी न्यायकर्ताले कहिल्यै अन्याय गर्न सक्नुहुन्छ (उत्पत्ति १८:२५)? त्यहाँ केवल दश धर्मीजन भेटिएमा के परमेश्वरले उक्त शहरलाई नाश गर्नुहुनेथ्यो (उत्पत्ति १८:२७?३२)? के परमप्रभुले त्यो शहरलाई नाश गर्नुभयो (२ पत्रुस २:६; यहूदा ७)? ________________। उहाँले त्यसलाई कसरी नाश गर्नुभयो (उत्पत्ति १९:२४-२५)? ____________________________________________________________। परमेश्वरले उक्त शहर नाश गर्नुभएकोबाट हामीले के बुझ्न सक्छौं (दाँज्नुहोस्, उत्पत्ति १८:३२)? ________________________ ____________________________। प्रभुले लोतका निम्ति के गर्नुभयो (२ पत्रुस २:७; उत्पत्ति १९:१५-१६)? ______________________________________________। के लोतलाई सदोममा आफ्नो बसोबास आनन्ददायी लागेको थियो (२ पत्रुस २:७-८)? ____________। उक्त शहरमा बसोबास गर्ने क्रममा कुनचाहिँ दुइटा कुराले उनी विरक्त भएका थिए र आफू भित्र-भित्रै पीडित भएका थिए? १. (पद ७) __________________________________________ २. (पद ८) ______________________________________________________। लोतले सदोमका मानिसहरूलाई के सल्लाह दिए (उत्पत्ति १९:७)? ____________________________________________। यसले उक्त परिस्थितिमा कुनै सुधार ल्यायो? ____________।

जब परमेश्वरको जनले पाप गर्छ, त्यतिखेर पवित्र आत्मा ____________ बन्नुहुन्छ (एफेसी ४:३०) अनि परमेश्वरले आफ्नो सन्तानलाई ____________ दिनुपर्ने हुन्छ (हिब्रू १२:५-११) अनि परमेश्वरको त्यस सन्तानले आफ्नो ________लाई ______________ गर्नुपर्छ (१ यूहन्ना १:९)। पत्रुसको ठूलो पाप के थियो (लूका २२:५७)? ____________________________________________________। पत्रुस एउटा साँचो विश्वासी थिए भनेर हामीलाई कसरी थाह छ (लूका २२:६२)? ____________________________________________________। तपाईं आफ्नो जीवनमा पापप्रति कस्तो धारणा राख्‍ने गर्नुहुन्छ? “तिमीहरू विश्वासमा छौ कि छैनौ आफैलाई जाँच!!”

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email