कयिनको उदासीनता

कैनको उदासीनता

उदासीनता (DEPRESSION) भनेको के हो? उदासीनता त्यो अवस्थालाई भनिन्छ जब हामी खिन्न हुन्छौं, निरुत्साहित हुन्छौं, जब हाम्रो मुख अँध्यारो हुन्छ, हाम्रो मानसिकता र जोश गिरेको हुन्छ, जब हामी उदास हुन्छौं।

Attachment.png

Attachment.png

“मेरो संसारै कालो बादलले ढाके जस्तै लाग्छ।”

यस अध्यायमा हामी एउटा उदास व्यक्तिको अध्ययन गर्नेछौं जसको नाम कैन थियो। हामी उसको उदासीनताको कारण पत्ता लगाउनेछौं अनि परमेश्वरको समाधानको उपायको बारेमा सिक्नेछौं।

संसारकै प्रथम बालक

आदम र हव्वाले एउटा छोरो जन्माए र उसको नाम ___________ (उत्पत्ति ४:१) राखे। याद राखौं, आदम र हव्वा पछि पापी बनेका हुन् तर कैन पापी भई जन्मेका थिए (भजनसंग्रह ५१:५ सित दाँज्नुहोस्)। तपाईं नि? आफूले पाप गरेर तपाईं पापी बन्नुभएको हो कि तपाईं जन्मले नै पापी हुनुहुन्छ? ________________________________।

मानिसको उपाय र परमेश्वरको उपाय

उनीहरूले पाप गरेपछि आदम र हव्वाले आफ्नो लाज र पापलाई ढ़ाक्न खोजे (उत्पत्ति ३:७)। उनीहरूले आफ्नै हातका परिश्रमले आफ्नै पहिरन बनाए। परमेश्वरले त्यस “अञ्जिर-पाते पहिरन” लाई इन्कार गर्नुभयो। आज पनि मानिसहरू आफ्ना लाज र पापलाई ढ़ाक्न के-कस्ता प्रयास गर्ने गर्छन्?

परमेश्वरले हाम्रा प्रथम बाबु-आमालाई एउटा महत्त्वपूर्ण कुरा सिकाउँदै हुनुहुन्थ्यो:

  1. मानिसले आफैंलाई ढ़ाक्न सक्दैन (उत्पत्ति ३:७)।
  2. मानिसलाई परमेश्वरले नै ढ़ाक्नु र पहिराउनु पर्छ (उत्पत्ति ३:२१)।
  3. एक निर्दोष पशु मारिनुपर्छ र त्यसको रगत बहाइनुपर्छ। एक निर्दोष बलि मारिनुपर्छ।

परमेश्वरलाई कस्तो बलिदान मन पर्छ ?

उत्पत्ति ४:१-५ पढ्नुहोस्। तपाईंको विचारमा आदम र हव्वाले आफ्ना छोराहरूलाई अञ्जिरका पात र छालाका लुगाबारे कहिल्यै बताए होलान्?

कैनको पेशा के थियो (उत्पत्ति ४:२)?_________________________________________________।

हाबिलको पेशा के थियो (उत्पत्ति ४:३)? _______________________________________________।

कैनको बलिदान के थियो (उत्पत्ति ४:४)? ___________________________________________।

हाबिलको बलिदान के थियो (उत्पत्ति ४:४)?_____________________________________________।

परमेश्वरले कुनचाहिँ बलिदान ग्रहण गर्नुभयो (उत्पत्ति ४:४) ? ____________________। परमेश्वरले कुनचाहिँ बलिदान इन्कार गर्नुभयो (उत्पत्ति ४:५) ?  _____________________।

हिब्रू ११:४ हेर्नुहोस् – ” _________________द्वारा हाबिलले परमेश्वरलाई कैनको भन्दा उत्तम बलिदान चढ़ाए”। यसले देखाउँछ, कैनको बलिदान __________________द्वारा चढ़ाइएको थिएन। परमेश्वरले आदम र हव्वा लगायत तिनका छोराहरूलाई आफूलाई कस्तो किसिमको बलिदान मन पर्छ भनेर अघिबाटै सिकाउनुभएको थियो भन्ने देखिन्छ। विश्वासद्वारा हाबिलले ठीक किसिमको बलिदान ल्यायो तर कैनले भने ल्याएन।

मानौं तपाईं कैन हुनुहुन्थ्यो। तपाईं गोठाला नभईकन एक किसान हुनुभए तापनि, ठीक किसिमको बलिदान चढ़ाउनका निम्ति तपाईंले के गर्न सक्नुहुन्थ्यो? हाबिलले केही फलफूल र अन्नको सट्टामा तपाईंलाई एउटा भेडा दिँदैन्थ्यो होला र?

धर्मको काम कि मुक्तिको दान

कैनको बलिदानले मुक्ति प्राप्तिका लागि मानिसको उपाय (धर्मको काम) को कसरी चित्रण गर्छ? हाबिलको बलिदानले परमेश्वरबाटको मुक्तिको उपाय (मुक्तिको दान) को कसरी चित्रण गर्छ? जोडा मिलाउनुहोस्:

    1. ______ कैनको बलिदान
    2. ______ हाबिलको बलिदान
    3. ______ अञ्जिरका पात
    4. ______ छलाका गुगाहरू
    5. ______ असल काम
    6. ______ यशैया ६४:६
    7. ______ एफेसी १:७
    8. ______ फरिसी (लूका १८:१०-१२)
    9. ______ महसूल उठाउने (लूका १८:१३)
    10. ______ तपाईं नि?

(क) मानिसको उपाय — धर्मको काम

(ख) परमेश्वरको उपाय — मुक्तिको दान

कैनको उदासीनता

जब परमेश्वरले कैनको बलिदान इन्कार गर्नुभयो, तब दुइटा कुरा भए (उत्पत्ति ४:५):

    1. कैन ज्यादै ____________ (रिसाए, तात्तिए)
    2. कैनको मुख _______________ भयो। यसको मतलब तिनी खिन्न भए, निरुत्साहित बने। तिनलाई औड़ाहा भयो!

Attachment.png

Attachment.png

“म खिन्न छु! किन मलाई यस्तो आइपरेको?”

यदि कैनले ठीक किसिमको बलिदान ल्याएको भए के ऊ उदास बन्नुपर्नेथ्यो? उसले गलती गर्‍यो, यसैकारण उसलाई खिन्न लाग्यो। गलती गराइले गलत भावना उत्पन्न गराउँछ। साथै हामी सिक्नेछौं, उदास भई बसेर समस्याको समाधान हुने होइन

परमेश्वरको समाधानको उपाय

परमेश्वर तुरुन्तै कैनसित कुरा गर्नुभयो; ऊ रिसाउनु आवश्यक छैन, उदास हुनुपर्दैन भनी उहाँले उसलाई बताउनुभयो (उत्पत्ति ४:६-७)। परमेश्वरले उसलाई भन्नुभयो, “यदि तैंले जे ठीक छ त्यो गरिस् भने तँ ग्रहणयोग्य हुँदैनस् र (उत्पत्ति ४:७)?” यस पदलाई हिब्रूबाट अक्षरशः रूपान्तरण यसरी गर्न सकिन्छ:

“यदि तैले जे ठीक छ त्यो गरिस् भने तेरो मुख उचालिनेछैन र?”

कैनको मुख खसेको थियो (उत्पत्ति ४:५) तर परमेश्वरले कैनलाई त्यसको आवश्यक समाधानको उपाय के हो बताउनुभयो! उसको मुख कसरी उचालिन सकिन्छ भनी परमेश्वरले उसलाई बताउनुभयो! उसको मुख उचालिन (उदासीनताबाट छुटकारा पाउन) कैनले के गर्नुपर्थ्यो? ___________________________________________________ ____________________________________।

परमेश्वरले यसो भन्दै हुनुहुन्थ्यो, “तिमीले ठीक काम गरे तिम्रो मन ठीक हुनेछ!” हाम्रो मनका भावनालाई स्वस्थ राख्ने चाबी सरल छ: जीवन ठीक भए, मन ठीक हुन्छ।

उदासीनता भनेको मान्छेलाई एक्कासी छोप्न आउने कुनै विचित्रको शक्ति होइन नत्र ता यसबारे हामीले केही पनि गर्न सक्दैनथ्यौं। परमेश्वरले कैनलाई यसबारे उसले गर्न सक्ने एउटा काम थियो भनी भन्नुभयो — “जे ठीक छ त्यो गर!”

पापको भुमरीमा कैन

कैनले “ठीक” गरेन। उसले उल्टो गर्‍यो। उसले पापमाथि पाप थप्‍यो। उसको समस्या झन् झन् जटिल बन्दै गयो। पापको भुमरीमा परेको कैनको क्रमिक पतनलाई यहाँ विचार गरौं:

Attachment.png

ऊ पापको दलदले हिलोभित्र झन् झन् फस्न थाल्छ। कैनले “ठीक” गर्न इन्कार गरिरह्यो। दाऊद पनि यस्तै पापको भुमरीमा परेका थिए (२ शमूएल ११ मा हेर्नुहोस्)।

Attachment.png

दाऊदले आफ्नो पाप स्वीकार गर्‍यो र पश्चात्ताप गर्‍यो (भजनसङ्ग्रह ५१ र ३२) र फलस्वरूप आफ्नो गिरावटको क्रमलाई रोक्‍न सक्यो। तर कैनले कहिल्यै पाप स्वीकार गरेन, कहिल्यै पश्चात्ताप गरेन।

१ यूहन्ना ३:१२ बाट कैनको बारेमा हामी के सिक्छौं? _____________________________________________________________________________ ____________________________________________________________

भावना

प्रायः जसो मानिसहरू मनका भावना र आवेगको नियन्त्रणमा चल्ने गर्छन् र फलस्वरूप नराम्रै परिणाम भोगिरहेका हुन्छन्। “किन त्यसो गरेको?” भनेर सोध्दा धेरैले “त्यस्तै गरूँ-गरूँ लाग्यो!” भन्ने जवाफ दिन्छन्।

मानौं तपाईं मस्त निद्रामा हुनुहुन्छ र सपनारूपी संसारको आनन्द लिइरहनुभएको छ। एक्कासी घडीको घण्टी सुनिन्छ। तपाईंलाई उठूँ जस्तो लाग्छ कि घण्टीलाई बन्द गरेर अझ केही बेर सुतूँ जस्तो लाग्छ? उठ्नु नै उत्तम हो भनेर तपाईंलाई थाह छ किनकि गर्नुपर्ने कामहरू त्यहाँ छन्। त्यसैले सुतिरहन मन लागे तापनि तपाईं उठ्नुहुन्छ। उठेर दिनचर्या सुरु गर्नुभएको केही बेरपछि नै तपाईंको भावना अघिको भन्दा फरक हुन थाल्छ र आफ्नो भावनालाई नपछ्याएकोमा नै तपाईंलाई खुशी लाग्छ।

भावनाको पछि लागेर सुतिरहनुभएको भए पछिबाट तपाईंलाई खिन्न लाग्नेथ्यो किनकि तपाईंका कामहरू त्यत्तिकै हुनेथिए (तपाईंको अल्छिपनाको कारण)। घण्टी बज्नासाथ उठ्नुभएको भए तपाईंले ती कामहरू पूरा गर्न सक्नुहुनेथ्यो तर सुतिराखेको हुनाले समय ढीलो भइसकेको हुनेछ र फलस्वरूप तपाईंलाई खिन्न लाग्नेछ।

हरेक दिन निर्णय गर्नुपर्ने कुराहरू थुप्रै हुन्छन् जुन निर्णयहरू आफ्ना भावनाका आधारमा नभई परमेश्वरको वचनको आज्ञा भएको आधारमा गर्नुपर्छ। गर्न मन नलाग्ने कुराहरू त्यहाँ थुप्रै हुन्छन्। अब दुइटा तरिकामा जीवन जिउन सकिन्छ। एउटा तरिकाले भन्छ, “म भावनाअनुसार जिउनेछु, मलाई जे गर्न मन लाग्छ त्यही गर्नेछु।” त्यो हो भावनाअनुसार जिउने तरिका। अर्को तरिकाले भन्छ, “म परमेश्वरले भन्नुभएअनुसार जिउनेछु। जुन कुरा सही छ त्योअनुसार म गर्नेछु, मेरो भावनाअनुसार होइन। मनमा जे लाग्यो त्योअनुसार गर्नुको सट्टा म पहिले विचार गर्नेछु र परमेश्वरको वचनमा भरोसा गर्ने निर्णय गर्नेछु।” यो हो विश्वासअनुसार जिउने तरिका (परमेश्वरले आफ्नो वचनमा भन्नुभएअनुसार गर्ने तरिका)। हामी कुन तरिकाले जिऔं त? भावनाले कि विश्वासले?

रोमी १५:१-३ पढ्नुहोस् जहाँ प्रत्येक पदमा खुशी पार्ने भन्ने कुरा उल्लेख छ। हामी आफ्ना स्वाभाविक भावनामा चल्यौं भने हामी कसलाई खुशी पार्नेछौं होला? ____________________।

भोकाएका नोकर

लूका १७:७-८ मा येशूले एउटा सुहाउँदो दृष्टान्त बताउनुभयो। एउटा नोकर दिनभरिको खेतको परिश्रमले बेसरी भोकाएर आएको छ। मालिकले उसलाई खाना पकाएर पस्कने आदेश दिएका छन् र मालिकले खाना खाइसकेपछि मात्र उसले खानपीन गर्न पाउनेछ। आफूले पकाउँदै गरेको खानाको मीठो बास्ना लिँदा उसको भावनाले उसलाई के गरूँ-गरूँ जस्तो बनाउँछ होला? _____________________________________। यसकारण उसले अब एउटा निर्णय गर्नुपर्ने हुन्छ: “म आफ्नो भावनाले भनेझैं गरूँ र अहिले नै खाना खाइदिऊँ कि म आदेश दिएबमोजिम गरूँ?” उसले कुनचाहिँ निर्णय गर्‍यो (लूका १७:९)? ____________________________________________________। पछि, आफ्नो मालिकले भोजन गरिसकेपछि नोकरले आफूले सही निर्णय गरेको र आफ्नो मालिकको इच्छा पूरा गरेको भन्ने कुरामा भित्री सन्तुष्टि र आनन्द लिँदै आफ्नो खाना खान सक्नेछन्। अनि त्यसबेला सम्म त उसलाई भोक पनि झनै लागिसेको हुनाले आफ्नो भोजन उसलाई झनै मीठो लाग्नेछ!

यो पाठ हामीले राम्ररी सिकौं: हामीलाई मन लागोस् वा नलागोस्, हामीले हाम्रा प्रभु र मालिकको आज्ञापालन गर्नैपर्छ! अहिले आज्ञा मानौं अनि पछिबाट मनमा राम्रा-राम्रा भावनाहरू उब्जनेछन्। उहाँको वचन पालन गर्दै मैले परमेश्वरलाई मन पर्ने कुरा गर्नुपर्छ। अरूप्रतिको मेरो प्रतिक्रिया र प्रेम स्वस्थ्य हुन आवश्यक छ जुनचाहिँ आफ्नोभन्दा उनीहरूको भलाइ खोज्दै गरिएका निस्वार्थ कामद्वारा प्रकट हुन्छ। परमेश्वरलाई खुशी पार्ने कामले र अर्कालाई प्रेम गर्नाले राम्रा-राम्रा भावना उब्जन्छन्। सही काम गर्नाले र परमेश्वरको आज्ञा मान्नाले हामी आफ्नो जीवन सार्थक र सन्तोषजनक भएको अनुभूति गर्नेछौं।

१०३ डिग्री फरनहाइटको ज्वोरो

खराब व्यवहारका कारण अर्थात् परमेश्वरको वचनको अवज्ञा गर्दै जिउनाले मान्छे खराब भावनाले ग्रस्त हुन्छन्। हामीमा उब्जेका नराम्रा-नराम्रा भावनाले हाम्रो व्यवहारमा केही गडबडी छ भन्ने कुराको चेताउनी दिइरहेका हुन्छन्! खराब भावना ज्वरो नाप्ने थर्ममीटरको शीशा ९८.६ डिग्री फरनहाइटको रातो रेखा नाघेर १०३ डिग्री पुगेजस्तै हो जुन कुराले कुनै भित्री गडबडीको सङ्केत दिइरहेको हुन्छ (कि मैले परमेश्वरमाथि भरोसा गरिरहेको छैन, उहाँलाई मानिरहेको छैन)। समाधानको उपाय के हो त? के थर्ममिटरलाई फुटाएर समस्या समाधान हुन्छ? कदापि हुँदैन। ऊ डाक्टरकहाँ जानुपर्छ जसले ज्वरोको कारण पत्ता लगाइदिन सक्छ। थर्ममीटरको कुनै दोष छैन! थर्ममीटरले त आफ्नो काम राम्रै गरेको छ। ऊ थर्ममीटरको लागि धन्यवादी हुनुपर्छ किनकि त्यसले उसलाई समयमै आन्तरिक गडबडीको जानकारी दिलाएकोले उसको समस्याको बारेमा केही गर्नुपर्छ भनेर सचेत गराएको छ।

नराम्रा-नराम्रा भावनाले ग्रस्त भएको व्यक्तिको सवालमा भने खास समस्या यो हो कि उसले आफ्नो जीवनमा कुनै निश्चित विषयमा परमेश्वरले भन्नुभएको कुरालाई मानिरहेको छैन। यही पापपूर्ण अवज्ञाको कारण ऊ खराब भावनाले ग्रस्त छ। त्यसको सट्टा राम्रो भावना हुनलाई उसले जे ठीक छ त्यही गर्नुपर्छ (उत्पत्ति ४:७) अर्थात् उसले परमेश्वरले आफ्नो वचनमा भन्नुभएको कुरालाई शिरोपर गर्नुपर्छ।

ठीक तरिकाले जीवन जिउँदा मनमा असल भावनाहरू उब्जन्छन्। बेठीक तरिकाले जिउँदा खिन्नता, आफू दोषी भएको भावना, फिक्री, शोक, निरुत्साह, रिस आदि जस्ता भावना उब्जन्छन्। म खराब भावनाले ग्रस्त भएको छु भने म परमेश्वरको वचन विपरित हिँडिरहेको छु भन्ने कुराको चेताउनी पाइरहेको छु भन्ने बुझ्नुपर्छ र सचेत हुनुपर्छ (यदि उक्त खराब भावना कुनै रोग बिमार जस्ता शारीरिक समस्याबाट उब्जेको होइन भने)।

कैनले सिक्न नसकेको पाठ हामी सिकौं! “तिमीले जे ठीक छ त्यो गर्‍यौ भने, तिम्रो मुख उचालिने छैन र?”

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email