निर्बल शिमशोन
निर्बल शिमशोन
शिमशोन जत्तिकै बलियो मान्छे अर्को जन्मेको छैन, तरैपनि शिमशोन केही कुरामा निर्बल थिए। यस पाठमा हामी उनको सामर्थ्य र निर्बलता दुवैलाई हेर्नेछौं। शारीरिक बल एउटा कुरा हो, तर नैतिक बल बेग्लै कुरा हो। परमेश्वर, हामीलाई बलियो भएको चाहनुहुन्छ, जसले गर्दा हामी खराबीदेखि अलग रहन र असल कुरामा खडा रहन सक्नेछौं।
शिमशोनको जन्मको घोषणा
शिमशोनको जन्मको घोषणा एउटी बाँझी स्त्रीलाई (न्यायकर्ता १३:२) “परमप्रभुको ______द्वारा” (न्यायकर्ता १३:३) भएको थियो। परमप्रभुको दूत ___________ नै हुनुहुन्छ (न्यायकर्ता १३:२१-२२)। पुरानो नियमका समयहरूमा प्रभु येशू ख्रीष्ट प्रायः परमप्रभुको दूतको रूपमा मानिसहरूका सामु देखा पर्नुहुन्थ्यो।
परमप्रभुको दूतले उक्त बालक, जन्मेको दिनदेखि नै परमेश्वरको निम्ति अलग गरिएको एक __________ हुनेछ भनी बताए (न्यायकर्ता १३:५)। उनी आजीवन एक नाजिरी हुने भए।
नाजिरी कसलाई भनिन्छ ? गन्तीको पुस्तकको छैंटौं अध्यायमा बताइएको छ। गन्ती ६:१-८ पढ्नुहोस्। नाजिरी बन्न चाहने व्यक्तिले आफूलाई परमप्रभुको निम्ति अ________ गर्नपर्थ्यो (गन्ती ६:२)। अलग हुने उक्त व्यक्ति परमप्रभुको निम्ति ___________ हुन्थ्यो (गन्ती ६:८)। नाजिरीले आफूलाई परमेश्वरको निम्ति पूर्णरूपमा अलग गरेको हुन्थ्यो र आफूलाई प्रभुमा पूर्णरूपमा समर्पण गरेको हुन्थ्यो। कतिपय व्यक्तिहरू केही दिनका लागि मात्र नाजिरी हुन्थे (गन्ती ६:४), तर शिमशोन भने बाचुन्जेल नाजिरी हुन परमेश्वरद्वारा अलग गरिए। जन्मेको दिनदेखि नै शिमशोन परमेश्वरको निम्ति एक नाजिरी हुनुपर्ने थियो (न्यायकर्ता १३:५)! त्यसरी नै विश्वासीहरू नयाँ जन्म पाएका दिनदेखि नै सदासर्वदाका लागि परमेश्वरको निम्ति अलग गरिन्छन् !
आज बाँचिरहेका विश्वासीहरूको विचार गरौं। आफ्नै विषयमा विचार गर्नुहोस्। के हामी प्रभुको निम्ति अलग हुनुपर्छ (२ कोरिन्थी ६:१७-७:१)? _________। हाम्रो अलगपनता कस्तो अलगपनता हो? हामी केबाट अलग छौं ? हामी के र कोतर्फ अलग छौं? के आज बाँचिरहेका विश्वासीहरू प्रभुको निम्ति पवित्र हुनु आवश्यक छ (१ थेस्सलोनिकी ४:१-८) ? ________।
नाजिरीले गर्न नहुने कुराहरू तीनओटा थिए। ती तीन निषेधित कुराहरू के-के थिए?
- गन्ती ६:३ ______________________________________
- गन्ती ६:५ ______________________________________
- गन्ती ६:६ ______________________________________
लामो केश
शिमशोन उनको लामो केशले चिनिन्छ जुनचाहिँ एउटा नाजिरीको लागि अनिवार्य थियो। लामो केश निर्बलता र अधीनताको चिन्ह थियो। नाजिरीले आफ्नो केश लामो पाल्नुचाहिँ यसो भन्नु बराबर थियो, “म परमेश्वरको अधीनमा र उहाँको अधिकारमुनि छु। म कमजोर छु तर परमेश्वर सामर्थी हुनुहुन्छ भनी म स्वीकार गर्दछु। परमेश्वर नै मेरो अधिकार र मेरो सामर्थ्य हुनुहुन्छ।”
आज हाम्रो केशको लमाइ सम्बन्धी परमेश्वरको इच्छा के छ ? १ कोरिन्थी ११:१५ अनुसार, स्त्रीको केश ________ हुनुपर्दछ अनि १ कोरिन्थी ११:१४ अनुसार पुरुषको केश ________ हुनु शर्मको कुरा हो। फेरि पनि हामी याद गरौं, लामो केश निर्बलता र अधीनताको चिन्ह हो। ख्रीष्टियन पत्नीको लामो केशले यो सन्देश दिइरहेको हुन्छ — “म आफ्नो पतिको अधीनमा छु अनि ममाथि उहाँको अधिकार छ भनी म स्वीकार गर्दछु। साथै १ पत्रुस ३;७ अनुसार, यस वैवाहिक सम्बन्धमा मचाहिँ कमजोर पात्र हुँ भनी म स्वीकार गर्दछु।”
साथै हामी यो पनि बुझिराखौं, प्रभु येशू ख्रीष्ट एक नासरी (नासरत शहरको बासिन्दा) हुनुन्थ्यो तर उहाँ एक नाजिरी भने हुनुहुन्नथ्यो। चित्रकारका कतिपय तस्वीरहरूमा जस्तोसुकै देखाइए तापनि, उहाँको केश बास्तवमा स्त्रीको जस्तो लामो थिएन।
हामी देख्नेछौ, शिमशोनको सामर्थ्य उनको केशमा निहित थिएन। उनको सामर्थ्यको स्रोत परमेश्वरका आत्मा हुनुहुन्थ्यो। उनको केश केवल एउटा चिन्ह थियो, जसले एकातिर निर्बलतालाई देखाउने काम गर्थ्यो भने अर्कोतिर परमेश्वरको सामर्थ्यलाई। उनको सामर्थ्य आफ्नैपट्टिबाटको सामर्थ्य होइन भनेर उनको केशले दिनहुँ सम्झना गराउँथ्यो। उनलाई परमेश्वरले दिनुभएको सामर्थ्यको कारण शिमशोन परमेश्वरको शक्ति प्रदर्शन गर्ने अलौकिक शक्तिको एक साक्षात् रूप थिए। उक्त सामर्थ्यलाई आफ्नै स्वार्थ पूरा गर्न वा दुरुपयोग गर्न शिमशोनलाई परीक्षा आउन सक्थ्यो, त्यसैले त्यो सामर्थ्यको वास्तविक स्रोत परमेश्वर हुनुहुन्छ भनेर उसको लामो केशले उसलाई निरन्तर सम्झना गराउँथ्यो।
शिमशोनको काम
शिमशोनले आफ्नो जीवनमा गर्नुपर्ने काम के थियो ? जवाफ न्यायकर्ता १३:५ को आखिरी वाक्यमा भेटिन्छ। उसको जीवनमा परमेश्वरको इच्छा यो थियो- “त्यसैले नै _________________________________________ _____________________।” “शुरु गर्नेछ” को तात्पर्य के हो? शिमशोनले शुरु गरेको कामलाई दाऊद र दाऊदपछि आएकाहरूले निरन्तरता दिए। याद गरौं, गोल्यात एक पलिश्ती थिए। शिमशोनको जीवनमा कमजोरीहरू नभएका होइनन् र उनी कति कुरामा विफल नभएका होइनन्, तरैपनि तिनले परमेश्वरबाटको कामलाई पूरा गरे, उनको जीवनमा परमेश्वरको उद्देश्य पूरा भयो। उल्लेखनीय कुरा के छ भने, उनले पलिश्तीहरूको सामना गर्नुपर्दा उनले जहिले पनि एकलै सामना गरे। उनले कहिल्यै कुनै फौज गठन गरेनन्। परमेश्वरले उनलाई एकल-फौजको रूपमा चलाउनुभयो!
शुरुदेखि नै परमेश्वरको आशिष् शिमशोनमाथि थियो (न्यायकर्ता १३:२४) र परमेश्वरको आत्माले नै शिमशोनलाई शिमशोन बनाउनुभएको थियो (न्यायकर्ता १३:२५)। तपाईंसँग जस्तोसुकै क्षमता वा योग्यता भए तापनि, तपाईंले आफैलाई १ कोरिन्थी ४:७ मा उल्लेखित प्रश्न सोध्नुपर्छ- “तिमीसँग के छ र, जो तिमीले पाएका होइनौ?” यस प्रश्नको जवाफ के हो? _______________ ________। आफैमा घमण्ड गर्नेहरू चाहिँ यो महत्त्वपूर्ण सत्यतालाई बिर्सनेहरू हुन्!
शिमशोनको कमजोरी
ठूलो फौजको सामना गर्नुपर्यो भने शिमशोनको लागि त्यो मामुलि कुरा थियो, तर एउटी सुन्दरी स्त्री तिनको अगाडि पर्नेबित्तिकै उनी लल्याकलुलुक भइहाल्थे!
न्यायकर्ता १४:१-२ पढ्नुहोस्। शिमशोनको इच्छा किन गलत थियो (व्यवस्था ७:१-४; २ कोरिन्थी ६:१४)? ____________________________________ _________________________। उनको इच्छा गलत छ भनेर के शिमशोनका बाबुआमाले जान्दथे (न्यायकर्ता १४:३)? _______________। शिमशोनले किन उक्त स्त्रीको चाहना गरे (न्यायकर्ता १४:३)? _________ _____________। शारीरिक अभिलाषा नै शिमशोनको कमजोरी थियो। अभिलाषाले भन्छ, “म जे चाहन्छु, त्यो मैले पाउनैपर्छ (परमेश्वरको वचनले जेसुकै भनोस्, परमेश्वरको इच्छा जेसुकै होस्) अनि त्यो कुरा मैले अहिले नै पाउनुपर्छ!” यदि शिमशोन नैतिक रूपमा बलिया भएका भए अनि त्यही पलिश्ती स्त्रीलाई देखेका भए, तिनले कस्तो निर्णय गर्नेथिए होला? किन?
उक्त कुरामा ______________को हात छ भनी शिमशोनका बाबुआमालाई थाहा थिएन (न्यायकर्ता १४:४)। मानिसको पाप र अभिलाषाको बाबजुद पनि त्यहाँ परमेश्वर आफ्नो योजना र उद्देश्यलाई अघि बढाउँदै हुनुहुन्थ्यो। जुन परमेश्वरले याकूबको चालबाजीहरूलाई प्रयोग गरी आफ्नो योजना पूरा गराउनुभयो (अधयाय ३ मा हेर्नुहोस्), उही परमेश्वरले आफ्ना योजनाहरू पूरा गराउन शिमशोनका विफलताहरूलाई प्रयोग गर्न सक्नुहुन्छ। शिमशोनद्वारा पलिश्तीहरू पराजित गरिएको परमेश्वर चाहनुहुन्थ्यो अनि ठीक त्यही काम पूरा हुन गयो।
सिंह र शिमशोनको अड्को
न्यायकर्ता १४:६ अनुसार शिमशोनको सामर्थ्यको रहस्य के थियो ? ________ ___________। सिंहलाई मार्न तिनले कुनचाहिँ हतियार प्रयोग गरे ? ____________________। सिंह र महको कुरालाई लिएर शिमशोनले भोजमा आएका तीसजना पलिश्ती मानिसहरूसित बाजी थाप्ने मौका लिए (न्यायकर्ता १४:१२-१३)। के ती मानिसहरूले उक्त चुनौतीलाई स्वीकार गरे (न्यायकर्ता १४:१३)? _______। अड्को फुकाउन नसकेपछि तिनीहरूले शिमशोनकी पत्नीलाई उसलाई मार्ने धम्की दिँदै त्यो अड्कोको अर्थ पत्ता लगाउन कर लाए (न्यायकर्ता १४:१५ – “नत्रता हामी तिमीलाई र तिम्रा बाको घरलाई __________ लगाइदिनेछौं)। तिनीहरूले हार स्वीकार गरेर तिर्नुपर्ने मूल्य शिमशोनलाई बुझाएको भए हुन्थ्यो। शिमशोनकी पत्नीले चाहिँ षडयन्त्रको सूचना शिमशोनलाई दिएर आफ्नो सुरक्षाको लागि शिमशोनकै भर परेको भए हुन्थ्यो। सामर्थी शिमशोन आफ्ना पति हुँदाहुँदै उसले कसको डर मान्नुपर्थ्यो र ? के उनी आखिरमा जलाइएर नष्ट भइन् (न्यायकर्ता १५:६)? __________
हो, तिनले जिद्दी गरेर शिमशोनलाई अड्कोको माने बताउन लगाएर त्यो उनका शत्रुहरूलाई बताइदिई। कुनै पनि पलिश्तीलाई, विशेष गरी एउटी पलिश्ती स्त्रीलाई विश्वास गर्न सकिन्न भन्ने पाठ शिमशोनले अब त सिक्नुपर्नेथ्यो। तर शिमशोनले पाठ सिकेनन् जसले गर्दा उनी पछि गएर अर्की पलिश्ती स्त्रीद्वारा फन्दामा पर्छन्।
ती मानिसहरूले अड्कोको माने बताउन सफल भएका हुनाले शिमशोन रिसाए (न्यायकर्ता १४:१९) अनि तिनले पलिश्तीहरूकै तीस जनालाई मारेर मूल्य चुक्ता गरे। शिमशोनको सामर्थ्यको रहस्य के थियो (न्यायकर्ता १४:१९) ? _________________________________________
अन्य आश्चर्यपूर्ण सफलताहरू
उनकी पत्नीलाई अर्कैं पुरुषलाई दिइयो भन्ने कुरा जब शिमशोनले सुने, तब उनले बदलामा पलिश्तीहरूमाथि थप समस्या ल्याए। उनले _________ ओटा स्याल समाते (न्यायकर्ता १५:४), तिनीहरूका पुच्छर-पच्छर बाँधे र बीचमा राँको बाँधिदिए। ती राँका बाँधिएका स्यालहरू पलिश्तीहरूका बारीहरूभित्र दौडेर ठूलो नोक्सानी गरे। यी सबै काममा शिमशोनले परमेश्वरको उद्देश्य पूरा गर्दैथिए। तिनले इस्राएलीहरूलाई पलिश्तीहरूका हातबाट जोगाइराख्ने काम गरे (न्यायकर्ता १३:५)। पलिश्तीहरू शिमशोनको सामना गर्दैमा व्यस्त भए।
शिमशोनको कारण उनका आफ्ना यहूदी जातिले समेत दुःख पाए (न्यायकर्ता १५:९-१२)। परमेश्वरले यहूदीहरूलाई पलिश्तीहरूका हातबाट बचाउनका लागि शिमशोनलाई उठाउनुभएको भए तापनि (न्यायकर्ता १३:५), ती यहूदीहरू शिमशोनलाई पलिश्तीहरूकै हातमा सुम्पिदिन चाहे (न्यायकर्ता १५:१२)। तिनीहरूले उनलाई सकेसम्म बलियो गरी बाँधे अनि शत्रुको हातमा सुम्पिदिन तयार भए। याद राख्नुपर्ने कुरा के छ भने शिमशोनले आफ्नो जातिको विरुद्ध कहिल्यै केही गरेनन्। तिनीहरूसित हुँदा उनी एउटा पाठोजस्तै नम्र हुन्थे (न्यायकर्ता १५:१३)। उनलाई बाँधेका डोरीहरूलाई शिमशोनले कसरी चुँडाउन सके (न्यायकर्ता १५:१५)? _________________________________।
पलिश्ती फौजको विरुद्धमा शिमशोनले कुनचाहिँ हतियारको प्रयोग गरे (न्यायकर्ता १५:१५)? ____________________________। उक्त हतियारले उनले कतिजना मान्छे मारे? ______________। शिमशोन अचम्मकै एकल-फौज थिए!
न्यायकर्ता १५:१८ मा शिमशोनको प्रार्थनाले उनको चरित्रको अलिकति भएपनि झलक दिन्छ। पहिलो कुरा, खाँचोमा परमेश्वरलाई पुकार्नुपर्छ भन्ने बुद्धि थियो शिमशोनसित। दोस्रो कुरा, उनले भर्खरै एउटा ठूलो विजय प्राप्त गरेका थिए; के उनले त्यसको श्रेय आफैले लिए ? __________। उक्त महा-विजयको पछाडिको कारण के थियो (शिमशोन को अनुसार)? ____________। तेस्रो कुरा, उनले आफूलाई परमेश्वरका दा____ भनेर स्वीकार्दछन्। तपाईं नि? व्यक्तिगत खाँचोको समयमा के तपाईं परमेश्वरलाई पुकार्नुहुन्छ ? आफ्नो जीवनका सफलताहरूका लागि के तपाईं परमेश्वरलाई श्रेय दिनुहुन्छ? के तपाईंले आफूलाई सर्वोच्च परमेश्वरको दास वा दासीको रूपमा हेर्नुहुन्छ ?
शिमशोन कति वर्षसम्म इस्राएलका न्यायकर्ता र अगुवा भए (न्यायकर्ता १५:२०)? __________।ती वर्षहरूका बारेमा हामीलाई धेरै बताइएको छैन। तर शिमशोनको जीवनको अन्ततिरका घटनाहरूका बारेमा भने हामीलाई बताइएको छ।
अर्की स्त्री
न्यायकर्ता १६:१ पढ्नुहोस्। शिमशोनले १०,००० पलिश्तीहरूको फौज देखेका भए, उनलाई कुनै समस्या हुनेथिएन। तर जब उनले एउटी स्त्रीलाई देखे, तब उनी पापमा फसिहाले! पलिश्तीहरूका सबैभन्दा सामर्थी र साहसी योद्धाले शिमशोनलाई लडाउन सक्दैनथे, तर एउटी सुन्दरी स्त्रीले चाहिँ सक्थिन्, र सकिन् पनि! शिमशोनको जीवनबाट हामीले यो पाठ सिक्नुपर्छ, अभिलाषाले मान्छेलाई कैद गर्न सक्छ र नष्ट गर्न सक्छ। बाइबलले हामीलाई भन्दछ, व्यभिचारदेखि ________ (१ कोरिन्थी ६:१८)। अर्थात्, हामी अनैतिक र खराब चरित्र भएका व्यक्तिहरू (शिमशोनको सन्दर्भमा एक वेश्या) देखि भाग्नुपर्दछ। खेदको कुरा, शिमशोन भाग्नुको सट्टा त्यस्तै व्यक्तितर्फ दगुर्दै गए।
शिमशोनलाई गाजा शहरभित्र फन्दामा पार्यौं भनेर पलिश्तीहरूले सोचेका थिए, तर शिमशोनले शहरको सिङ्गो मूल ढोका नै उखेलेर त्यसलाई बोकेरै लगे (न्यायकर्ता १६:२-३)!
फेरि अर्की स्त्री
शिमशोन अर्की पलिश्ती स्त्रीसित प्रेममा फसे जसको नाम थियो _________ (न्यायकर्ता १६:४)। शिमशोन शरीरमा बलवान् थिए जसलाई युद्धमा कसैले जित्न सक्दैनथे तर दलीलाको हातमा उनी कमजोर निरीह बने। सबभन्दा बलियो पुरुषलाई पछार्न सक्ने शिमशोन सबभन्दा दुर्बल स्त्रीद्वारा पछारिए।
शिमशोनले दलीलालाई प्रेम गर्थे तर के दालीलाले उनलाई प्रेम गर्थी? एकपटक त्यसले शिमशोनलाई भनी, “तपाईं मलाई प्रेम गर्नुहुन्छ भनी कसरी भन्नुहुन्छ, जब कि तपाईं मलाई आफ्नो कुरा बताउनुहुन्न (न्यायकर्ता १६:१५)?” यसलाई अर्कोतिरबाट विचार गरौं। के दलीलाले शिमशोनलाई साँच्ची नै प्रेम गर्थी र (न्यायकर्ता १६:५-६)? __________। साँचो प्रेम गर्ने एउटी स्त्रीले आफ्नो पतिलाई उनलाई मार्न चाहनेहरूको हातमा सुम्पिदिन चाहनेछ र ? _________। दालीलाजस्तो मित्र हुनेलाई शत्रुको केको खाँचो?
पलिश्तीहरूका त्यहाँ _____जना मुखियाहरू थिए अनि दलीलाले शिमशोनको सामर्थ्यको रहस्य पत्ता लगाई भने प्रत्येक मुखियाले त्यसलाई चाँदीका ____________ सिक्का दिने समझदारी थियो (न्यायकर्ता १६:५)। दलीला शिमशोनलाई भन्दा पैसालाई प्रेम गर्थी! यदि कुनै विश्वासीले अख्रीष्टियनलाई विवाह गर्ने विचार गर्दैछ भने उसले यो प्रश्न सोध्नुपर्छ: के यस व्यक्तिको हृदय प्रभुतिर साँच्चै छ त? उसको हृदय परमेश्वरतिर छैन भने त्यो मतिर कसरी हुन सक्ला र ? मैले प्रेम गर्ने परमेश्वरलाई उसले प्रेम गर्दैन भने अनि मैले विश्वास गर्ने बाइबलमाथि उसले विश्वास गर्दैन भने, त्यहाँ निःसन्देह भयङ्कर समस्याहरू आउनेछन्! गलत व्यक्तिलाई जीवन साथी बनाउनाले मेरो जीवन बरबाद हुन सक्छ।
न्यायकर्ता १६:६-१४ पढ्नुहोस्। उनको सामर्थ्यको रहस्य बताउन कर गरेर शिमशोनलाई पक्राउन दलीलाले कतिपल्ट प्रयास गरी ? ______। शिमशोनले कतिपल्ट झूट बोलेर टारे ? __________। अब त शिमशोनले त्यस स्त्रीलाई शङ्काको दृष्टिकोणले हेर्नुपर्ने थियो जस्तो लाग्दैन र हामीलाई? दलीला विश्वास गर्न लायककी स्त्री होइन भन्ने निष्कर्षमा शिमशोन पुग्नुपर्ने होइन र ? तर दलीला एकदम जिद्दी गर्ने स्त्री थिई र एउटी स्त्रीले लाउन सक्ने सबै जुक्ति लाएर त्यसले शिमशोनलाई आखिरमा आफ्नो रहस्य बताउन राजी बनाइछाडी (न्यायकर्ता १६:१५-१७)।
शिमशोनको सामर्थ्य उसबाट किन हटेर गयो (न्यायकर्ता १६:१९) ? के उनको केश काटिएर हो ? पद १० को आखिरी भागमा यसको खास कारण पाउँछौं _____________________________________। शिमशोनको केशचाहिँ प्रभु उनको सामर्थ्य हुनुहुन्छ भन्ने कुराले चिन्ह मात्र थियो। आफ्नो अभिलाषाको कारण शिमशोनले नोक्सानी भोग्नुपर्यो। एउटी चतुर र खराब स्त्रीसित थोरै समयका लागि पापको मजामा डुब्न शिमशोनले आफैंलाई बेचे र परमेश्वरको आशिषलाई बेचे।
पापको परिणाम तीतो हुन्छ भनेर शिमशोनले सिके। पलिश्तीहरूले आफ्ना कमजोर कैदीलाई के-के गरे (न्यायकर्ता १६:२१)? १) ____________ ____________ २) ___________________________। शिमशोनले पहिले पलिश्तीहरूलाई जे-जति गरेका थिए, त्यसको बदलामा तिनीहरूले उनलाई सकेसम्म कष्ट दिए!
तरैपनि आखिरमा, शिमशोन विजयी बने जुनबेला परमेश्वरले उसलाई सबैभन्दा ठूलो विजय प्रदान गर्नुभयो (न्यायकर्ता १६:२३-३१)! यद्यपि उनी नैतिक हिसाबमा कमजोर थिए, शिमशोनको नाउँ विश्वासका वीरहरूको सूचीमा उल्लेख भएको छ (हिब्रू अध्याय ११ पद _________)।
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)