पराई रूथ

पराई रूथ

 

कतै पनि आबद्ध नभइकन मान्छे एकलै जिउन सक्दैन। कहीँ न कहीँ उसको सम्बन्ध हुनु नै पर्छ र उसले सम्बन्ध राख्‍नै पर्छ। आफैलाई विचार गर्नुहोस्। के तपाई एउटा परिवारसित आबद्ध हुनुहुन्छ? के तपाई एउटा मण्डली परिवारसित आबद्ध हुनुहुन्छ ? के तपाई एउटा राष्ट्रसित आबद्ध हुनुहुन्छ ? तपाई आबद्ध हुनुभएका त्यस्ता केही कुराहरूको एउटा सूची बनाउनुहोस्:

___________________________ _____________________________ ____________________________ _____________________________ ____________________________ _____________________________ ____________________________ _____________________________

तपाई आबद्ध हुनुभएका कुरा ती हुन् जुन कुराले तपाईको जीवनलाई कुनै न कुनै हिसाबले अर्थ दिन्छ, उद्देश्य दिन्छ। रूथको पुस्तकको अध्ययन गर्ने क्रममा हामी कसरी एउटा व्यक्तिलाई कतै न कतै आबद्ध हुनैपर्ने खाँचो को बारेमा विचार गर्नेछौं।

रूथ, अध्याय १

रूथको पुस्तकमा उल्लेखित घटनाहरू कुन समयमा घटेका थिए (रूथ १:१) ? ठीक उत्तरलाई गोलो चिन्ह लगाउनुहोस्:

  1. मोशाको समयमा
  2. यहोशूको समयमा
  3. न्यायकर्ताहरूका समयमा
  4. राजाहरूका समय (दाऊद, सोलोमन जस्ताका समय) मा

एलीमेलेक र उनका परिवार बेथलेहेम गाउँका थिए। पछिल्ला समयहरूमा कुन दुई व्यक्तिहरू बेथलेहेममा जन्मेकाले उक्त गाउँ प्रसिद्ध बन्यो (हेर्नुहोस्, लूका २:४ र २:११)? १. _____________ २. ____________________। एलीमेलेक र उनका परिवारले किन बेथलेहेम छोडेर बसाइ सरे (रूथ १:१)? _________________________________। तिनीहरू कुनचाहिँ देशमा गए (रूथ १:२) ? _____________। यो देशलाई बाइबलको पछाडिपट्टि छापिएको नक्सामा भेट्टाउनुहोस्। यो देश कुनचाहिँ सागरको पूर्वपट्टि पर्दछ? _________________। यो देश बेथलेहेमदेखि ८० किलोमिटरको दुरीमा पर्दछ।

हामी रूथको नाउँ प्रथम पटक अध्याय १ को चौथो पदमा भेट्टाउँछौं। के रूथ एक यहूदी स्त्री थिइन्? ____________। के उनी दलीला जस्तै पलिश्ती स्त्री थिइन्? ____________। उनी कुन जातिका थिइन्? ___________। उनी एक अन्यजाति थिइन्। उनी साँचो परमेश्वरलाई नपूज्ने जातिमध्येका थिइन्, एक मुक्ति नपाएकी स्त्री थिइन्।

मोआब देशमा कसको मृत्यु भयो (रूथ १:३ र १:५)? ________________ _________________________। अनिकाल अन्त्य भयो र त्यसपछि नाओमी आफ्नै देशमा फर्कने निर्णय गरिन् (रूथ १:६-७)। उनले आफ्ना दुईजना बुहारीहरूलाई आ-आफ्नै माइतीमा फर्केर जान कर गर्छिन् (रूथ १:८)। तब ओर्पाले के निर्णय गरिन् (रूथ १:१४-१५)? _________________ _________________________। उनी आफ्नै मानिसहरूकहाँ साथै आफ्ना ती झूटा देव-देवीहरू मान्नलाई नै फर्किन्। उनी मोआबी जातिका व्यर्थका संस्कारहरू र मूर्ति पूजाहरूमा नै फर्किन्। रूथले चाहिँ के निर्णय गरिन् (रूथ १:१६-१७)? __________ ____________________________। उनी आफ्नी सासुसँग मृत्युले अलग नगरेसम्म नै टाँसिएर बस्ने निर्णय गरिन् (रूथ १:१७)। आफ्नो सम्पूर्ण जीवन नै बदलिदिने यस्तो निर्णय लिँदा रूथले आफ्नो जीवनमा के कस्ता कुराहरूलाई परिवर्तन गर्न राजी भएका थिए (रूथ १:१६-१७)?

____________________________________________________
____________________________________________________
____________________________________________________

दाजुभाइको नाउँलाई कायम राख्नुपर्ने व्यवस्था

यो व्यवस्था २५:५-१० मा उल्लेख छ। रूथको पुस्तक बुझ्नलाई यस व्यवस्थालाई बुझ्न आवश्यक छ। व्यवस्था २५:५ पढ्नुहोस्। के रूथका पति मरिसकेका थिए? ___________। तिनीहरूका सन्तान थिए कि थिएनन्? __________। यस व्यवस्थाले भन्दछ, मृत पतिका दाजु वा भाइले आफ्नी भाइ-बुहारी अथवा भाउजुलाई विवाह गर्न सक्दछ। उक्त विवाहबाट जन्मेको जेठो छोरालाई मृत पतिको नाउँ दिइन्थ्यो, जसले नै मृत पतिको पैतृक-सम्पत्ति पनि प्राप्त गर्दथ्यो (व्यवस्था २५:६)। दाजु वा भाइलाई त्यस विधवालाई विवाह गर्नुपर्ने बाध्यता थियो कि थिएन (व्यवस्था २५:७-१०)? _____________

के रूथलाई विवाह गर्न मिल्ने उनका मृत पतिका कुनै जीवित दाजुभाइ थिए? (रूथ १:११-१३)? ___________। कुनै दाजुभाइ जीवित नभए तापनि, नओमीका कुनै नजिकका नातेदारले समेत यो काम गरिदिन सक्दथे जसद्वारा रूथको मृत पतिका नाउँ (महलोन- रूथ ४:१० मा हर्नुहोस्) मेटिएर जाने थिएन।

रूथ, अध्याय २

नाओमीका एकजना नजिकका नातेदार (a kinsman) अर्थात् उनका पतिका नातेदार थिए। उनको नाउँ के थियो (रूथ २:१)? __________। रूथ शिला-बाला खोज्नलाई खेतहरूहुँदो जानलाई निस्केकी थिइन् जब उनी यही मानिसकै खेतमा पुगिन् (रूथ २:२)। शिला-बाला भन्नाले फसल काट्नेहरूले छाडेका बालाहरू भन्ने बुझिन्छ। साधारणतयाः ती शिला-बाला खोज्न गरीबहरू आउँथे र यसरी “उब्रेका” बालाहरू टिपेर लान्थे। इस्राएलीहरूलाई आफ्नो व्यवस्था दिनुहुँदा, परमेश्वरले यस प्रकारको दयापूर्ण प्रबन्ध समेत गर्नुभएको थियो (लेवी १९:९-१०; २३:२२; व्यवस्था २४:१९)।कृषकले आफ्नो खेतको कुना-कुनामा अन्नलाई त्यत्तिकै छाड्नुपर्थ्यो। उसले आफ्नो खेतमा कटनी गर्दा पूरै साफ गर्नुहुँदैनथ्यो। उसले गरीबका लागि प्रशस्तै अन्न छाड्नुपर्थ्यो। यो परमेश्वरको सहयोग प्रणाली थियो। तरैपनि गरीबहरू आफै खेतमा गई ती छोडिएका अन्नलाई जम्मा गर्न बेसरी मेहनत गर्नुपर्थ्यो। कतिपय राष्ट्रहरूमा आज गरीबलाई सहयोग गर्ने प्रणाली भन्दा यो फरक छ किनकि हिजआजको प्रणालीमा कतिपटक त काम गर्न नचाहने अल्छी व्यक्तिहरू हुन्छन् जसलाई सरकारले कामबिना माम दिएर इनाम दिइरहेका हुन्छन्। गैर-जिम्मेवारीपनलाई कहिल्यै इनाम दिइनुहुन्न। २ थेस्सलोनिकी ३:१० मा पढ्नुहोस् — “यदि कसैले काम गर्न चाहँदैन भने त्यसले __________ पनि।”

बोअजले रूथलाई साह्रै दया देखाए (रूथ २:८-९)। यो देखेर रूथ छक्क पर्दछिन् (रूथ २:१०) – “मैले हजुरको नजरमा निगाह किन पाएँ? म त एक विदेशी हुँ । म एक मोआबी स्त्री हुँ, म त पराई हुँ। हजूरले मलाई किन यति कृपा देखाउनुहुन्छ?” रूथ यो देशमा अनुग्रह खोज्दै र अनुग्रहको परमेश्वर खोज्दै आएकी थिइन् अनि तिनले जे खोजेकी थिइन् त्यो भेट्टाइन्।

नाओमीप्रति रूथले गरेकी सबै सुकर्महरूको चर्चा बोअजको कानमा पुगिसकेको थियो (रूथ २:११)। नाओमी वृद्ध भइसकेकी थिइन्। उनको हेरचाह गर्नलाई उनका न पति थिए न ता छोराहरू नै। आफ्नी सासुका निम्ति भ्याएसम्म गर्नलाई रूथ खुसी थिइन्।

यहूदीहरूको देशमा आउनका लागि रूथले कति धेरै मूल्य चुकाउनुपरेको थियो भन्ने कुरा बोअजले राम्ररी बुझेका थिए। रूथले के-कस्ता कुराहरूलाई परित्याग गरेकी थिइन् (हेर्नुहोस्, रूथ २:११) ? ___________________ ____________________________। रूथले सर्वस्व त्यागेकी थिइन्, सर्वस्व पाउनलाई! कुनै एउटा महत्त्वपूर्ण वा असल कुरामा आबद्ध हुने हो भने हामीले अन्य थोकलाई प्रायः परित्याग गर्नैपर्छ।

पत्रुसले येशूलाई एक पटक भने, “हामीले _______ कुरा त्यागेका छौं र तपाईको पछि लागेका छौं” (मर्कूस १०:२८)। पत्रुस के कस्ता कुराहरू त्यागेका थिए (मर्कूस १:१६-२०)? _____________________________ ____________________________। पत्रुसले थुप्रै कुराहरू त्यागे तर उनले थुप्रै कुराहरू प्राप्त गरे। के उनले आफ्नो वर्तमान जीवनमा नै केही कुराहरू प्राप्त गरे (मर्कूस १०:२९-३०)? ________। के उनी आफ्नो भविष्यको जीवनमा समेत केही कुराहरू पाउने भए (मर्कुस १०:३०)? __________

मोशालाई विचार गरौं। मोशाले के कस्ता कुराहरू त्यागे (हिब्रू ११:२४-२७)? _________________________________________________ ____________________। के मोशाले कुनै कुरा प्राप्त गरे? _________

रूथले धेरै त्यागेका थिए, तर उनले ज्यादै अनमोल र असल कुरा प्राप्‍त गरे। बोअज यो बुझ्दथे। परमेश्वरले रूथलाई उनले त्यागेका सबै कुराहरूभन्दा कयौं गुणा असल कुराहरू दिनुहुनेछ भनेर उनी जान्दथे।रूथ २:१२ मा पढ्नुहोस् – “जसको छत्रछायाँमुनि शरण लिनलाई तिमी आएकी छौं, उनै परमप्रभु इस्राएलका परमेश्वरले प्रशस्त उपहार दिऊन्।” रूथले सबैभन्दा उत्तम निर्णय गरेकी थिइन्।उनले इस्राएलका परमेश्वरमाथि भरोसा राख्ने निर्णय गरेकी थिइन्। उनले परमेश्वरका पखेटाहरूमुनि शरण लिने निर्णय गरेकी थिइन् (भजनसंग्रह ९१:४)। जसरी कुखरीले चल्लाहरूलाई जोगाउनलाई आफ्नो पखेटामुनि बटुल्छे, त्यसरी नै परमेश्वरले उहाँको शरण लिनेहरूको रक्षा गर्नुहुन्छ। के मानिसहरू सबै नै परमेश्वरका सुरक्षारूपी पखेटामुनि आउने इच्छा गर्छन् (मत्ती २३:३७)? ____________। तर रूथ आइन्। उनले जीवित परमेश्वरसँग आबद्ध हुने इच्छा गरिन्! जीवित परमेश्वर, उहाँमाथि भरोसा राख्ने जोसुकैलाई पनि ग्रहण गर्नुहुन्छ!

बोअजले रूथलाई निरन्तर दया देखाइरहे (रूथ २:१४-१७)। काममा रूथको प्रगति देखेर नाओमी ज्यादै प्रसन्न बनिन् (रूथ २:१८-२०)। रूथका निम्ति न बोअज पो सही पुरुष हुने हुन् कि?

रूथ, अध्याय ३

नाओमी, रूथको आफ्नै ____________ र राम्रो बन्दोबस्त भएको देख्न चाहन्थिन् (रूथ ३:१) जसको मतलब उनी उनको विवाह कतै मिलाइदिन चाहन्थिन्। बोअजले नातेदार-उद्धारकको कर्तव्य अर्थात् रूथको पहिलो पतिको नातेदार भएको हैसियतले व्यवस्था २५:५-१० को व्यवस्थालाई पूरा गरिदिने कर्तव्य पूरा गरिदेओस् भन्ने आशा नाओमीले राख्न थालेकी थिइन्। नातेदार-उद्धारकको विषयमा हामी पछि अरू कुरा गर्नेछौं।

रूथले बोअजसित एउटा काम गरिन् जुनचाहिँ हामीलाई अनौठो लाग्न सक्छ। उनी सुटुक्क बोअज पल्टिरहेको ठाउँमा गइन्, उनको खुट्टापट्टिको ओढ्नेलाई उठाइन् र त्यहीँ ढल्केर बसिन् (रूथ ३:४,७)। यो हामीलाई अनौठो लाग्नु स्वभाविक हो तर बोअजले यसको अर्थ बुझ्थे। उनले रूथलाई त्यहाँबाट निस्केर जाने आदेश दिन पनि सक्थे तर बरु उनले आफ्नो लामो लुगाको एक छेउले रूथलाई ढाकिदिए जसद्वारा उनले रूथलाई आफूले विवाह गर्ने कुराको सङ्केत दिँदैथिए। रूथले बोअजालाई उनको नातेदार-उद्धारक बन्नका निम्ति निम्त्याउँदै थिइन् (रूथ ३:९) अनि बोअजले उक्त निम्तोलाई स्वीकार गरे (हेर्नुहोस्, रूथ ३:१०-१३)।

बेथलेहेममा आएदेखि नै त्यस ठाउँका सबैका सामु रूथको साक्षी अति राम्रो थियो। उनी कस्ती स्त्री थिइन् (रूथ ३:११)? ____________________। हितोपदेश ३१:१० पनि पढ्नुहोस्। उनी सद्‍गुणी, असल चरित्र भएकी स्त्री थिइन्। के यस स्त्रीको साक्षी देखेर सम्पूर्ण नगरवासीहरू प्रभावित भएका थिए (रूथ ३:११)? ___________

बोअज पनि एक चरित्रवान् पुरुष थिए। बोअज कुनै गलत काम गर्न चाहँदैनथे। वास्तवमा, बोअज सतहमा गलत देखिने कामसमेत गर्न चाहँदैनथे। खलामा रूथको उपस्थितिलाई मान्छेले गलत अर्थ लाउन सक्छ भनेर बोअज जान्दथे। त्यसैले अरूले थाहा पाउनु अगाडि नै रूथ त्यहाँबाट गइहालेको उनले चाहे (रूथ ३:१४)। बोअजले कुनै गलत काम गरेका थिएनन् र साथै न उनले गलत काम गरेका हुन् कि भनेर कसैले शङ्का गरेको समेत उनले चाहँदैनथे। विश्वासीहरू “दुष्टताको हरेक ______ बाट अलग” बस्नुपर्छ (१ थेस्सलोनिकी ५:२२)।

बोअज रूथलाई विवाह गर्न चाहन्थे तर एउटा समस्या थियो। रूथको पहिलो पतिको नातेदारमध्ये अर्को एकजना व्यक्ति बोअजभन्दा नजिकको नातेदार पर्थ्यो। त्यही पुरुषलाई पहिलो मौका दिनु नै न्यायङ्गत कुरा थियो (रूथ ३:१२-१३)। अब यो समस्या कसरी हल भयो, रूथको पुस्तकको अन्तिम अध्यायले देखाउँछ।

रूथ, अध्याय ४

शहरको मूल ढोका भनेको महत्त्वपूर्ण कामकाज गरिने स्थान थियो (रूथ ४:१)। त्यही ठाउँमा बोअजले शहरका १० जना धर्म-गुरुहरूलाई साक्षी राख्नका लागि लगे (रूथ ४:२)।

बोअजभन्दा नजिकको नातेदार पर्ने पुरुषलाई नाओमीको जग्गा किन्ने र रूथलाई विवाह गर्ने मौका दिइयो (रूथ ४:३-६)। उसको जवाफ ज्यादै चाखलाग्दो छ- “म यो काम गर्न (उद्धार गर्न) ______________” (रूथ ४:६)। यस्तो भनाइ सुन्दाखेरि हामीलाई व्यवस्थाको याद आउँछ। व्यवस्थाले कसैलाई पनि छुटकारा दिन सक्दैन! व्यवस्था लचिलो बन्न मिल्दैन, त्यसले सम्झौता गर्न सक्दैन। व्यवस्थाले मानिसलाई केवल श्रापमुनि राख्न मात्र सक्दछ (गलाती ३:१०,१३), तर ख्रीष्टले मात्र मानिसलाई छुटकारा दिन सक्नुहुन्छ (गलाती ३:१३)। व्यवस्थाले पराई रूथलाई केवल परै मात्र राख्न सक्थ्यो (व्यवस्था २३:३ हेर्नुहोस्)। व्यवस्थाले पापीहरूलाई स्वर्गबाट केवल बञ्चित मात्र गर्न सक्दछ। व्यवस्थाले मान्छेलाई केवल ऊ कति पापी छ भनेर देखाउन मात्र सक्दछ (रोमी ३:२०), तर उसलाई पापबाट छुटकारा दिन सक्दैन। व्यवस्था ऐना जस्तै हो। ऐनाले मान्छेको अनुहार कति फोहोर छ भनेर देखाउन सक्दछ, तर ऐनाले उसको अनुहारलाई सफा पार्न सक्दैन! “किनकि जुन कुरा व्यवस्थाले शरीरद्वारा कमजोर भएको हुनाले _______________, त्यही कुरा परमेश्वरले आफ्नो पुत्रलाई…पठाईकन गर्नुभयो” (रोमी ८:३)। जुन कुरा व्यवस्थाले गर्न सकेन, परमेश्वरले सक्नुभयो!

नातेदारले रूथलाई विवाह गर्न अस्वीकार गरेपछि, बोअज आफैले रूथलाई विवाह गर्न स्वतन्त्र भए (रूथ ४:९-१३)। परमेश्वरले बोअजलाई एउटा ज्यादै विशेष तरिकाले उसले रूथ २:१२ मा गरेको प्रार्थनालाई पूरा गर्नका लागि प्रयोग गर्नुभयो। प्रभुले रूथलाई एदकम गहिरो अर्थमा साँच्चीकै आशिष् दिनुभयो र इनाम दिनुभयो।

रूथको पुस्तकको चौथो अध्यायको अन्ततिर हामी देख्छौं, परमेश्वरको कति ठूलो आशिष् रूथमाथि थियो। रूथ ४:१७ मा हामी सिक्छौं, रूथको जेठो छोराको नाम ओबेद राखियो। यो पदअनुसार (रूथ ४:१७), रूथ इस्राएलका राजा दाऊदकी के नाता परिन्? ____________________। रूथको नाउँ मसीहको महान् वंशावलीमा भेटिन्छ। एक अर्थमा उनी मसीहकी आमा हुन् किनकि उनैबाट एक दिन प्रभु येशू ख्रीष्ट आउनेवाला हुनुहुन्थ्यो। मत्ती १ अध्यायमा मसीह राजाको महान् वंशावलीमा के रूथको नाउँ भेट्टाउन सक्नुहुन्छ? पद: _______

पराई रूथले सर्वस्व छाडिन्, सर्वस्व प्राप्त गर्नलाई! अब उनी आबद्ध भएकी छिन्! उनी एक चरित्रवान् पुरूषसित आवद्ध भइन्। उनी एक महान् राष्ट्रसित आवद्ध भइन्। उनी “राजकीय पूख्यौंली” सित आवद्ध भइन्। सबभन्दा ठूलो कुरा त, उनी अब एकमात्र सत्य परमेश्वर, स्वयम् यहोवासित, आवद्ध भइन्!

आवद्ध हुनुपर्ने खाँचो

मुक्ति पाउनुअघि एकजना व्यक्ति को र केसित आवद्ध रहेको हुन्छ? पढ्नुहोस्, यूहन्ना ८:४४; एफेसी २:१-३; १ यूहन्ना ३:८, १२।____________ ______________________________________________________________________________________________________________

मुक्ति पाएपछि एकजना व्यक्ति कोसित आवद्ध बन्दछ? पढ्नुहोस्, यूहन्ना १७:१४,१६; १ यूहन्ना ३:१; कलस्सी १:१३।________________________ _______________________________________________________________________________________________________________

हामी सबै नै बितेको समयमा रूथजस्तै थियौं! हामी परमेश्वरदेखि टाढा थियौं(एफेसी २:११-१२ हेर्नुहोस्)! “तर अब ता ख्रीष्ट येशूमा तिमीहरू, जो बितेको समयमा _________ थियौं, ख्रीष्टको रगतद्वारा _____________ पारिएका छौ (एफेसी २:१३)। हामी जो बितेको समयमा परमेश्वरदेखि टाढा थियौं, “हामीलाई ________________ कहाँ पुप्याउनलाई” ख्रीष्ट मर्नुभयो (१ पत्रुस ३:१८)!

रूथ र रूथको समय
रूथको पुस्तकन्यायकर्ताहरूको समय
आत्मिक ज्योतिआत्मिक अन्धकार
पवित्रताअनैतिकता
एकमात्र सत्य परमेश्वरलाई पछ्याउने निर्णयमूर्तिहरूलाई पछ्याउने अभ्यास
विश्वासयोग्यविश्वासघाती
प्रेमअभिलाषा
शान्तिझगडा
दयाक्रूरता
आज्ञापालनले आशिष ल्याउँछआज्ञा नमान्नाले दुःख ल्याउँछ
धार्मिकताको बासस्थानविद्रोहको मरुभूमि
पराई अन्यजातिको विश्वासयोग्यता“चुनिएका जाति” को विश्वासघात

नातेदार-उद्धारक

(Kinsman-Redeemer)

रूथको पुस्तक पढ्दा, बोअजको व्यक्तित्व हाम्रा महान् उद्धारक प्रभु येशू ख्रीष्टसित मिलेको पाउँछौं। रूथको व्यक्तित्वचाहिँ एक विश्वासीसित मिलेको पाउँछौं। यसरी मिल्ने सत्यताहरूमध्ये निम्न कुराहरूलाई बिचार गरौं:

१) नातेदार-उद्धारक रगतकै नाताको हुनुपर्दछ।

पापी मानिसलाई उद्धार गर्न ख्रीष्ट कुन कुराको भागी हुनुभयो (हिब्रू २:१४)? _________________________________________। ख्रीष्ट एक मानव बन्नुभयो, उहाँ “आफ्ना _______________ समान हुनुपरेको थियो” (हिब्रू २:१७)। उहाँ हाम्रो नजिकको नातेदार बन्नुभयो!

२) नातेदार-उद्धारकसित जग्गा खरिद गर्न पर्याप्त रकम हुनुपदर्छ।

बोअज धनवान् थिए र उक्त रकम तिर्न सक्थे (रूथ २:१)। प्रभु येशू ख्रीष्ट, हाम्रो छटकाराको त्यो ठूलो दाम तिर्न सक्षम हुनुहुन्थ्यो (१ कोरिन्थी :२०); आफ्नै जीवन अर्पण गरेर आफ्नै रगतद्वारा उहाँले उक्त मोल चुक्ता गर्नुभयो (१ पत्रुस १:१८-१९)। हामी परमेश्वरका हुनुमा अर्थात् उहाँसित आवद्ध हुनुमा दुइटा आधारहरू छन्: पहोलो, उहाँले हामीलाई सृष्टि गर्नुभएको आधार अनि, दोस्रो, उहाँले हामीलाई उद्धार गर्नुभएको वा किन्नुभएको आधार!

३) नातेदार–उद्धारक उद्धार गर्नलाई तयार हुनुपर्दछ।

के ख्रीष्ट पापीहरूलाई उद्धार गर्न राजी हुनुभयो (लूका २२:४२; हिब्रू १०:७)?

४) नातेदार-उद्धारकले उसले विवाह गर्नुपर्ने व्यक्तिलाई प्रेम गर्नुपर्दछ।

बोअजले रूथलाई प्रेम गर्थे। अब परमेश्वरको प्रेमलाई विचार गर्नुहोस् (रोमी ५:८)।

५) नातेदार-उद्धारक विवाहा गर्नलाई तयार हुनुपर्दछ।

बोअज रूथलाई विवाह गर्न तयार थिए। के एक विश्वासी ख्रीष्टसित विवाहित भएको हुन्छ (रोमी ७:४)? ____________

परमेश्वरको अनुग्रहले आफूले उद्धार पाएको भनेर देखाउन र साथै आफू परमेश्वरको भएको छु अर्थात् उहाँसँग आवद्ध छु भन्ने कुरा एक विश्वासीले अब देखाउनबताउन सक्दछ (कलस्सी १:१२-१४; एफेसी २:८-१०; भनजसंग्रह १०७:२)।

म तपाईँ हुँ, कति प्यार मलाई प्रभु ख्रीष्ट दर्शाउनुभयो
तर विश्वासद्धारा तपाईँको छेउ आउने तृष्णा गर्दछु
मलाई नजिक, नजिक हे प्रभु ल्याउनुस् आफ्नो क्रूसको छेउ
मलाई नजिक, नजिक, नजिक हे प्रभु – आफ्नो घायल शरीरको छेउ।

– अन्धी कवियत्री फेनी जे क्रस्बी (सन् १८२०-१९१५)

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email