विद्रोही अब्शालोम

विद्रोही अब्शालोम

 

विद्रोह भनेको के हो? विद्रोही बन्नु भनेको के हो? विद्रोही त्यो हो जो अधिकारीको विरोधमा खडा हुन्छ र अधिकारीको सामना गर्दछ अथवा अवज्ञा गर्दछ। विद्रोही त्यो हो जो अधिकारीको सामु झुक्न इन्कार गर्छ (अधिकारी मानौँ वैधानिक भएर पनि र अधिकारीको व्यवहार जिम्मेवारपूर्ण, मुनासीब र सही भएर पनि)। विद्रोहको विपरित अर्थ लाग्ने शब्द कुन हो? (त्यस्तो एउटा शब्द एफेसी ५:२२ मा भेटिन्छ)_________________। कुनै एउटा व्यक्ति राजाको विद्रोहमा जान सक्दछ कि ऊ राजाको अ____________ मा बस्न सक्दछ (दाँज्नुहोस्: एफेसी ५:२४; १ पत्रुस २:१३,१७)। सबभन्दा उच्च अधिकारी परमेश्वर स्वयम् हुनुहुन्छ भन्ने कुरा जानेर, हामी अधिकारको स्थानमा रहेकाहरूको मुनि आ-आफ्नो स्थानमा बस्नु परमेश्वरको इच्छा हो।

विद्रोही अब्शालोमको जीवनको अध्ययन गर्ने क्रममा हामी प्रत्येकका आ-आफ्नै हृदयमा भएको विद्रोही स्वभावको विषयमा सिक्न चाहन्छौं।

अब्शालोम को थिए ?

२ शमूएल ३:२-५ पढ्नुहोस्। के दाऊदले धेरै पत्नीहरू राखेका थिए ? __________। मानिसले धेरै पत्नीहरू राख्नु के परमेश्वरको शुरुदेखिको इच्छा हो (मत्ती १९:४-८; उत्पत्ति २:२४)? ___________। धेरैजना पत्नी राखेकाले दाऊदले धेरै समस्या भोगे। तीमध्ये एउटा समस्या हाम्रो यस पाठको विषय हो अर्थात् अब्शालोम!

दाऊदका जेठा छोरा को थिए (२ शमूएल ३:२)? _______________। अब्शालोमकी आमा को थिइन् (२ शमूएल ३:३) ? ______________। अब्शालोम नाउँको अर्थ हो: “शान्तिका पिता” (अब् ‍‌‍‍= पिता; शालोम= शान्ति)। तर यस अध्ययनले हामीलाई देखाउनेछ अब्शालोमको नाम “लडाकु पुत्र” (ठीक उल्टो) भएको भए उसलाई सुहाउनेथियो ! अब्शालोमका बाबु को थिए (२ शमूएल १३:१) ? ________________

अब्शालोम बदला लिन्छन्

अब्शालोमकी एउटी बहिनी थिइन् जसको नाम ___________ थियो (२ शमूएल १३:१)। तिनी सुन्दरी थिइन्। तिनलाई कसले प्रेम गर्थे (२ शमूएल १३:१) ? ______________। तामार अमनोनकी सौतेली (अर्थात् एउटै बाबु तर बेग्लै आमाबाट जन्मेकी) बहिनी थिइन्। अमनोनको प्रेम वास्तवमा अभिलाषा मात्र थियो। उनले तिनलाई केवल आफ्नै अभिलाषा पूरा गर्नलाई मात्र प्रयोग गर्न चाहन्थे। उनको अभिलाषा यति प्रबल थियो कि यसको कारण उनी ____________ गए (२ शमूएल १३:२)।

एक दिन अमनोनले आफ्नो खराब इच्छा र पापी चाहना व्यक्त गर्नालाई मौका लिए (२ शमूएल १३:१०-११)। तामार एक चरित्रवान् स्त्रीको असल नमूना थिइन्। तिनी कन्या-केटी थिइन्। तिनले अमोननको प्रस्तावलाई पूरै इन्कार गरिन् र उनको सामना गरिन् (पद १२)। यस्तो काम गरिनु हुँदैन, यो पाप हो, मूर्खता हो भनी तिनी जान्दथिन् (पद १३)। यस्तो नीच काम गर्नु मूर्ख बन्नु हो भनी तिनले अमनोनलाई चेताउनी दिइन् (पद १३)। तिनले अमनोनलाई बिहेको प्रस्ताव ल्याउन समेत सल्लाह दिइन् (पद १३)। तिनको भनाइ यस्तो थियो: “अमनोन, तपाईँले केवल तपाईँका पिता दाऊदलाई अनुरोध गर्नुहोस् अनि उहाँले मलाई तपाईँको पत्नी हुन दिनुहुनेछ।” तर अमनोनले त्यसलाई स्वीकारेन किनकि अभिलाषाले भन्दछ: “म जे चाहन्छु, त्यो म अहिले नै चाहन्छु!” अभिलाषाले पर्खँदैन। त्यसले जे चाहन्छ, त्यो उसलाई तत्कालै चाहिन्छ।

अमनोनले आफ्नो सौतेली बहिनीलाई “प्रयोग” गरिसकेपछि, तिनको निम्ति उनको जुन प्रेम थियो त्यसलाई के भयो (पद १५)? ________ _____________________________ __। मोशाको व्यवस्थाअनुसार, व्यभिचारको अपराधको दण्ड के थियो (व्यवस्था २२:२२)? ________। कुनै पुरूष मगनी भएकी केटीसित सुते भने तिनले पाउनुपर्ने दण्ड के थियो (व्यवस्था २२:२५)? _____________। मगनी नभएकी कन्या – केटीसित सुत्ने पुरुष मृत्युदण्डको योग्य हुन्थ्यो कि हुन्थेन (व्यवस्था २२:२८-२९)? _______________। अमोननको पाप ज्यादै घृणास्पद र गम्भीर थियो तरैपनि त्यो मृत्युदण्डको लायक थिएन।

अमनोनले तामारलाई के गरे भन्ने कुरा थाहा पाएर तिनका दाजु अब्शालोम रिसाए। अब्शालोम अमनोनलाई मार्न चाहनुको पछाडि सम्भवतः दुईटा कारणहरू थिए: १) आफ्नो बहिनीमाथि गरेको कामको बदला लिन, २) अमोनन दाऊदका जेठा छोरा थिए अनि सम्भवतः राज्यका उत्तराधिकारी थिए। यतिखेर अब्शालोम राजगद्दीलाई ताक्न थालिसकेका थिए जसका निम्ति कुनै प्रतिस्पर्धी खडा भएको उनी चाहँदैनथे। अब्शालोमले अमोनलाई कसरी मारे ( २ शमूएल १३:२८-२९)? _____________________________ ___________________ _____________________________ ________________

यसपछि अब्शालोम भागेर ______________ मा गए (२ शमूएल १३:२८)। यो गालील समुद्र नजिकैको एउटा सानो जिल्ला थियो र अब्शालोमकी आमाको माइती पर्थ्यो (२ शमूएल ३:३)। अब्शालोम दुवैतिरबाट राजकीय वंशका थिए। उनका बाबु दाऊद इस्राएलका राजा थिए र ऊनका मावलीपट्टिका बाजे चाहिँ गशूरका राजा थिए (२ शमूएल ३:३)। राजाको छोरा र नाती भएर मात्र अब्शालोमलाई पुगेन। उनी स्वयम् राजा बन्न चाहे।

अब्शालोमले दाऊदका जेठा छोरालाई मारे तापनि, के अब्शालोमप्रति दाऊदको माया थियो (२ शमूएल १३:३९) ? ____________

अब्शालोम यरुशलेम फर्कन्छन्

गशूरमा तीन वर्ष बिताएपछि, आखिरमा अब्शालोमलाई दाऊदले यरुशलेम फर्कन अनुमति दिए (२ शमूएल १४:२१)? तर अब्शालोमलाई कुन कुराको अनुमित दिइएन (२ शमूएल १४:१४) ? ____________ ________________________। उनलाई राजा, अर्थात आफ्नो पिताकहाँ जान अनुमति दिइएन। राजाको मुख नदेखेको पूरा दुई वर्षपछि, अब्शालोमले राजाकहाँ एउटा खबर पठाइयोस् भनेर योआबलाई बोलाइपठाए। योआब दाऊदका सेनापति थिए। तर योआबले अब्शालोमको वास्तै गरेनन् (२ शमूएल १४:२८-२९)। तब योआबको ध्यानाकर्षण गर्न अब्शालोमले के गरे ( २ शमूएल १४:३०)? _____________________________ __________। उनको यो युक्तिले काम गर्‍यो अनि अब्शालोम राजाको सामु लगिए। के अब्शालोमले राजाका सामु साष्टाङ्ग दण्डवत् गरे र आफूलाई आज्ञाकारी भएझै देखाए (२ शमूएल १४:३३)? ______________। हृदयमा उनी आज्ञाकारी थिए कि विद्रोही थिए होलान्?

अब्शालोमको रूप

२ शमूएल १४:२५-२६ अनुसार अब्शालोम शरीरमा सिद्धताको एक नमूना नै थिए। उनी सुन्दर थिए। उनको शरीर खोटरहित थियो। के इस्राएलमा उनको तुलनामा आउनसक्ने कोही योग्य थियो ? __________ साथै हामीलाई उनको कपालसम्बन्धी पनि केही कुरा बताइएको छ। अब्शालोम आफ्नो कपाल प्रायः काट्ने गर्दैनथे। उनले लामो समयसम्म पनि आफ्नो कपाल नकाटीकन पाल्थे। वास्तवमा उनले त्यस बेला मात्र कपाल काट्थे जब उनको कपाल उनलाई गह्रौं हुनुपुग्थ्यो! अझ उनले आफ्नो काटिएको कपाललाई तौलेको उल्लेख छ! त्यसको तौल __________ शेकेल थियो (शमूएल १४:२६), अर्थात् करिब २ किलो! १ कोरिन्थी ११:१४ अनुसार पुरुषको कपाल लामो हुनु शर्मको कुरा हो कि गर्वको ? ___________

अब्शालोम प्रजालाई मोहित पार्छन्

२ शमूएल १५:१-६ पढ्नुहोस्। अब्शालोम इस्राएलीहरूका हृदयहरूलाई आफूतिर खिँच्ने प्रयास गर्दैंथिए ताकि तिनीहरू दाऊदको सट्टा उनको पक्षमा आऊन्। उनका क्रियाकपलाप एक चुनावमा उठेका उमेदवारका जस्तै थिए। उनले जनतालाई प्रभावित पार्न भ्याएसम्म गरे (पद १) । प्रचार-प्रसारको क्रममा उनले कतिपय उदेकलाग्दा प्रतिज्ञाहरू गरे: “म राजा भएको भए, म सब कामकुरा फटाफट मिलाउनेथिएँ!” के अब्शालोम मानिसका हृदयहरू खिँच्न सफल भए ( २ शमूएल १५:१३) ? ____________

ठूलो विद्रोह

२ शमूएल १५:७-८ मा अब्शालोमले दाऊदलाई आफूले एउटा भाकल गरेको कुरा बताए। त्यस्तो कुनै भाकल उनले गरेका थिए होलान्? ___________। के उनी प्रभुको सेवा गर्नलाई गम्भीर थिए होलान् (पद ८)? ____________। केवल आफ्नै मात्र सेवा गर्नलाई उनको ध्याउन्ना थियो। अब्शालोम हेब्रोनमा वास्तवमा किन जान चाहन्थे (२ शमूएल १५:१०)? _____________________________ ______ अब्शालोमले आफ्नै पिताको विद्रोह गरे। दाऊद दोबर हिसाबले अब्शालोममाथि अधिकारी थिए: दाऊद अब्शालोमका पि_____ थिए र साथै दाऊद अब्शालोमका रा_____ थिए। तर अब्शालोमलाई आफू राजा बन्नुबाहेक कुनै कुराको मतलब थिएन! कसैले उसमाथि राज्य गरेको उनी चाहँदैनथे – न ता दाऊदले न ता परमेश्वरले नै ! विद्रोहको जड यही हो। निम्न चित्रले हामी प्रत्येकको हृदयभित्र रहेको विद्रोही स्वभावलाई दर्शाउँदछ:



दाऊद भाग्छन्

अब्शालोमको विद्रोह सफल भयो,यहाँसम्म कि दाऊद यरुशलेम शहरदेखि भाग्न बाध्य भए (२ शमूएल १५:१४)। दाऊदको व्यभिचार र हत्याको पापले गर्दा उनीमाथि यस्ता समस्याहरू आइपर्नेछन् भनी नातान अगमवक्ताले दाऊदलाई अघिबाटै सुनाइसकेका थिए (हेर्नू: २ शमूएल १२:९-११)। केवल एउटी पत्नी र एउटै परिवार राख्‍न दाऊद सन्तुष्ट भएका भए उनी कैयौँ समस्यादेखि जोगिनेथिए!

विद्रोहीको मृत्यु

दाऊद यर्दन नदीपारि पुगे र उनले त्यहाँ एउटा सेना तयार गरे। अब्शालोम पनि आफ्ना पितालाई आक्रमण गर्न यर्दन तरेर आए। आफू एकलै राजा बन्न उनी आफ्नै पितालाई समेत मार्न तयार थिए। के दाऊद आफ्नो छोरालाई मार्न तयार थिए (२ शमूएल १८:५,१२)? ____________

अब्शालोमको मृत्युलाई २ शमूएल १८:९-१४ मा बयान गरिएको छ। आफ्नो खच्चरमा चढेर जाँदै गर्दा उनको टाउको अचानक एउटा ठूलो फलाँटको रूखका हाँगामा अल्झिन पुग्यो। खच्चरलाई तब के भयो (पद ९)? ______________________। अब्शालोम आकाश र जमीनका बीच झुण्डिए र उनले आफूलाई हाँगाहरूबाट छुटाउन सकेनन्। कतिको विचारमा यसरी रूखका हाँगामा अल्झिएर नष्ट हुनुमा एउटा कारण उनको लामो कपाल थियो। त्यहाँ अब्शालोम दाऊदका सेनापति योआबका निम्ति सजिलो तारो बने (हेर्नू: पद १४)। यसरी अब्शालोमको “सुनौलो” शासन धेरै दिन टिकेन । के दाऊद आफ्ना छोरा मरेकाले रमाए (२ शमूएल १८:३३) ? _______________

तेस्रो भजन

भजनसङ्ग्रह ३ मा उल्लेख छ, “आफ्नो छोरा ________________देखि भाग्दा ___________को भजन”। उक्त भजनले अब्शालोमको विद्रोहले दाऊदलाई आइपरेको समस्याको विषयमा बताउँदछ। घमन्ड, महत्त्वाकाङ्क्षा र विद्रोहमा लागेर अब्शालोमले आफ्नो जीवनको बरबादी गरे। अब्शालोम शक्ति र सम्मानको लालसा गर्नुको सट्टा आफूसित भएका कुरामा सन्तुष्ट रहनुपर्थ्यो; जस्तै, परमेश्वरको भय मान्ने उनका पिता थिए। अन्य के कस्ता आशिषका निम्ति अब्शालोम धन्यवादी हुनुपर्नेथ्यो? तपाईँसित के कस्ता आशिषहरू छन् जसका निम्ति तपाईँ धन्यवादी हुनु आवश्यक छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email