सोलोमनका मूर्तिहरू

सोलोमनका मूर्तिहरू

 

मूर्ति के हो ? उत्कट भक्तिको पात्र नै मूर्ति हो। ईश्वरको रूपमा आराधना गरिने, प्रेम गरिने बस्तु मूर्ति हो। मान्छेको जीवनमा सत्य परमेश्वरलाई दिइनुपर्ने स्थानमा राखिएको कुनै पनि कुरोलाई मूर्ति भनिन्छ। परमेश्वरलाई प्रतिस्थापन गर्ने व्यक्ति वा वस्तु एक मूर्ति हो।

हामीले परमेश्वरलाई कसरी प्रेम गर्नुपर्दछ (व्यवस्था ६:४-५) ? ____________ ____________________________________________________ _______________________________________________ _। परमेश्वर हाम्रो सर्वोपरि भक्तिको माग गर्नुहुन्छ! प्रभु येशूले भन्नुभयो, हामीले उहाँलाई हाम्रो आफ्नै बा____ र हाम्रो आफ्नै आ____ लाई भन्दा पनि बढ्ता प्रेम गर्नुपर्दछ (मत्ती १०:३७)। प्रस्थान २०:३ मा दस आज्ञाको पहिलो आज्ञामा उल्लेख छ: “मबाहेक अरू कुनै _____________________ नमान्नू।” उहाँ नै एकमात्र साँचो परमेश्वर हुनुभएको हुनाले त्यहाँ अन्य कुनै परमेश्वर त छनै नै, तर हामीले देवता-देवीहरू बनाएर साँचो परमेश्वरलाई दिनुपर्ने भक्ति तिनैलाई दिनु सम्भव छ। यो पहिलो आज्ञामा परमेश्वर भन्नुहुन्छ, “म नै पहिलो हुँ! तिम्रो जीवनमा मलाई नै पहिलो स्थान दिन नचुक्नू!” हाम्रो जीवनमा परमेश्वरलाई बाहेक अरू कुनै चिजलाई पहिलो स्थान दिन्छौ भने त्यो मूर्ति हो। हाम्रो हृदयमा परमेश्वरको स्थानलाई ओगट्ने कुनै पनि चीज मूर्ति हो।

कहिलेकाहीँ मान्छेले बस्तु र सम्पत्तिको ईश्वर बनाउँदछ (पैसा, सुन-चाँदी, घर-जग्गा ईत्यादि)। यो एक प्रकारको मूर्तिपूजा हो। बाइबलले बताउँदछ, एक लोभी मानिस _____________ हो (एफेसी ५:५) र लोभ ____________ बराबर हो (कलस्सी ३:५)। लोभ त्यस्तो इच्छा हो जसले झन् झन् धेरै चाहन्छ। रूपैयाँलाई पूज्ने मान्छे लोभी मान्छे हो।

कुनै व्यक्तिले परमेश्वरको सेवा गर्न चाहन्छ भने, उसले मूर्तिहरूलाई के गर्नुपर्छ (हेर्नुहोस्, प्रस्थान ३२:२०; २ राजा १८:४)? __________________________। थेस्सलोनिकामा बस्ने विश्वासीहरूले एक समय मूर्तिपूजा गर्थे, तर उनीहरूलाई पावलले सुसमाचार सुनाएपछि उनीहरू “जीवित र सत्य परमेश्वरको सेवा गर्नाका निम्ति _____________बाट ____________________तर्फ” फर्के (थेस्सलोनिकी १:९)। उनीहरू नक्कलीबाट सक्कलीतर्फ फर्के!

सोलोमनको राम्रो सुरुआत

सोलोमन दाऊदका छोरा थिए। सोलोमन इस्राएलका राजा अभिषेक गरिएका बेला उनले राम्रो गर्न थालेका थिए। उनी परमेश्वरको भय मान्ने बुद्धिमानी राजा थिए।

आफ्नो जीवनको अन्ततिर, दाऊदले आफ्नो छोरा सोलोमनलाई अति महत्त्वपूर्ण निर्देशनहरू दिए। हामी ती निर्देशनहरू १ इतिहास २८:९-१० र १ राजा २:१-४ मा पढ्न सक्छौं। दाऊदले सोलोमनलाई भनेका कुराहेरू के के थिए (आफ्नै शब्दमा लेख्न सक्नुहुन्छ)? ______________________________________ ______________________________________________________ ______________________________________________________ ______________________________________________________ सोलोमनका एक असल बाबु थिए जसले उनको भलाइ चाहन्थे।

१ राजा ३:३ मा बताइएको कुन कुराले सोलोमनको सुरुआत राम्रो थियो भन्ने देखाउँछ? __________________________________________________ ________________________। १ राजा ३:५ मा परमेश्वरले सोलोमनसित एउटा उदेकको कुरा गर्नुभयो। उहाँले यसो भने बराबर थियो, “सोलोमन, माग, म तिमीलाई दिनेछु। म तिमीलाई के दिऊँ?” परमेश्वरले तपाईंलाई त्यसो भन्नुभएको खण्डमा तपाईंले के माग्नुहुनेथ्यो ? धन-सम्पत्ति ? लामो आयु ? सुख? सोलोमनले के मागे (१ राजा ३:९-१२)? _______________________________ _______________________________________

परमेश्वरले उनलाई थप के के दिनुभयो (१ राजा ३:१३)? ________________ _____________________________________________। परमेश्वरको चित्त ज्यादै उदार छ, उहाँ आफ्ना छोराछोरीहरूलाई दिन ज्यादै रूचाउनुहुन्छ। यदि हामीले परमेश्वरको राज्य पहिला खोजी गर्‍यौं (परमेश्वरलाई हाम्रो जीवनमा पहिलो स्थन दियौं) भने, उहाँले अनेकौं कुराहरू थपिदिने प्रतिज्ञा गर्नुभएको छ (हेर्नुहोस् मत्ती ६:३३)। परमेश्वरलाई पहिलो स्थान दिनेहरू कहिल्यै पछि पर्नेछैनन्। परमेश्वरलाई पहिलो स्थान नदिनेहरू सधैं पछि पर्नेछन्।

सोलोमनको बुद्धिको उदाहरण १ राजा ३:१६-२८ मा दिइएको छ। यदि तपाईं सोलोमनको स्थानमा हुनुभएको भए के तपाईंले उक्त समाधनाको उपाय सोच्नुहुनेथ्यो होला?

सोलोमन र उनको राज्यमाथि परमेश्वरको ठूलो आशिष थियो। तिनलाई परमेश्वरले के कस्ता आशिष दिनुभयो, जोडा मिलाउने निम्न अभ्यासद्वारा हेरौं:



परमेश्वरको ठूलो आशिष सोलोमनमाथि थियो। १ राजाको सुरुका अध्यायहरूमा सोलोमनले संसारकै सबभन्दा सुन्दर र भव्य मन्दिर बनाएको बयान पाउँछौं। जब येशूले एक महिमित राज्यको कुरा गर्न चाहनुभयो, त्यसबेला उहाँले कसको राज्यलाई उदाहरणस्वरुप उल्लेख गर्नुभयो (लूका १२:२७)? _____________। जब येशूले आफ्नो बुद्धिलाई कुनै मान्छेको बुद्धिसित तुलना गर्न चाहनुभयो, उहाँले कुन मान्छेलाई उदाहरणस्वरुप उल्लेख गर्नुभयो (मत्ती १२:४२) ? __________। मन्दिर अर्पण गरिने बेलामा सोलोमनले गरेका प्रार्थनामा पनि सोलोमनको बुद्धि झल्किएको पाउँछौं (१ राजा ८:२२-६१)। सोलोमन एक परमेश्वरको डर मान्ने र परमेश्वरप्रति संवेनशील मानिस थिए!

तर सोलोमनको हृदय पापी छ भने परमेश्वर जान्नुहुन्थ्यो। त्यसैले परमेश्वरले १ राजा ९:६-९ मा एउटा कडा चेताउनी दिनुभयो। सोलोमनले के गर्नु हुँदैनथ्यो (१ राजा ९:६) ? ________________________________________________

सोलोमनको पतन

आफ्नो जीवनको अन्तमा सोलोमनले निम्न बुद्धिमानी भनाइ व्यक्त गरे: “संसारमा यस्तो कुनै मानिस ________, जसले सबै काम __________ गर्छ र कहिल्यै _______ गर्दैन” (उपदेशक ७:२०)। यस भनाइको सम्बन्धमा सोलोमन कुनै अपवाद थिएनन्। उनी पनि पापमा फसे र उनको गिरावट ठूलो थियो! सोलोमनको पतनको सम्बन्धमा १ राजा अध्याय ११ ले बताउँदछ।

१ राजा ११:१ मा “विदेशी स्त्रीहरू” भनी उल्लेख छ। शासकहरू प्रायः राजनीतिक उद्देश्यले विदेशी स्त्रीहरू विवाह गर्ने गर्थे। यस पदमा हामी देख्छौं सोलोमनले मिश्रका राजा फारोकी छोरीलाई विवाह गरे। साथै उनले अरू विदेशी राजाहरूका छोरीहरू विवाह गरे। यसो हुनाले ती राजाहरू सोलोमनसित रिस गर्न र उनको भूमिमाथि हमला गर्नलाई त्यति आँट गर्न सक्दैनथे। किनकि आफ्नै ज्वाइँको विरुद्धमा जाइलाग्न कसलाई रुचि होला र?

तर समस्या के भने, यी विदेशी स्त्रीहरूले आफ्नै धर्महरू र झूटा देवता-देवीहरूलाई आफूसितै हुल्नेभए! के सोलोमनले परमेश्वरको वचनलाई ध्यान दिँदैथिए त (प्रस्थान ३४:१३-१७; व्यवस्था ७:१-४)? __________________। परमेश्वरले यहूदीहरूलाई विदेशी स्त्रीहरू विवाह नगर्नु भनी किन आज्ञा दिनुभयो (व्यवस्था ७:४)? _____________________________________________ _______________________। के सोलोमनलाई यस्तै नै भयो? ________। यूहन्ना १४:१५,२३ पढ्नुहोस्। आफ्नो जीवनको उक्त चरनमा के सोलोमनले प्रभुलाई प्रेम गरे? ______________। के उनको जीवनमा परमेश्वरको वचनलाई पहिलो स्थान दिइयो? ______________

१ राजा ११:३ पढ्नुहोस्। “उपपत्नी” भन्नाले तल्लो दर्जाको पत्नी बुझिन्छ। उदाहरणको लागि, याकूबका दुई पत्नीहरू थिए (राहेल र लेआ) र दुई उपपत्नीहरू थिए जो दासीहरू थिए (बिल्हा र जिल्पा) – उत्पत्ति २९:२१-२९। सोलोमनका जम्मा कति पत्नीहरू थिए (पत्नी तथा उपपत्नी गरी) – पद ३? _____________। के परमेश्वरले राजालाई धेरै स्वास्नीहरू जम्मा नगरून् भनी चेताउनी दिनुभएको थियो (व्यवस्था १७:१४-१७)? ____________। के सोलोमनले यो चेताउनीलाई माने? ______________। अघिल्लो पाठमा पनि हामीले देखेका थियौं, दाऊदले धेरै पत्नहरू र उपपत्नीहरू जम्मा गरे (हेर्नुहोस् २ शमूएल ५:१३ र १५:१६)।

सोलोमनको जीवनको कुन बेला उसको पतन आयो (१ राजा ११:४)? _______ ______________। के उनी परमप्रभुको पछि पूरा रूपमा लागे (१ राजा ११:६)? ______________। यदि कुनै व्यक्ति पूरा रूपमा प्रभुको पछि लाग्दैन भने त्यो व्यक्तिको जीवनमा मूर्तिहरू छन् जसलाई नाश गरिनुपर्छ! १ राजा ११:७-८ हेर्नुहोस्। सोलोमनले आफ्ना पत्नीहरूका निम्ति अल्गो थानहरु (मण्डप, आराधना स्थल) स्थापना गरे जहाँ उनीहरूले आफ्ना – आफ्नै झूटा देवात-देवीहरूको पूजा गरे। यरुशलेम वरिपरिका डाँड-डाँडामा यी मण्डपहरू थिए। सोलोमनले यसरी आदर गरेका दुई झूटा देवताहरू ___________ र ________ थिए (पद ७)। यी देवताहरूलाई बलिदानस्वरूप आगोमा छोराछोरीहरू चढाइन्थे! यी झूटा देवताहरूलाई आफ्नो भक्ति देखाउन बाबुआमाहरूले आफ्नै छोराछोरी बलि चढाउँथे! धर्मको नाममा गरिएको यो कति घृणित कार्य! यी सबैको विषयमा परमेश्वरलाई कस्तो लाग्यो (१ राजा ११:९)? _____________ _____________। के सोलोमनले परमेश्वरको आज्ञापलन गरे (१ राजा ११:१०)? _____________। १ राजा ११:११ मा र त्यसपछिका पदहरूमा उनको ठूलो पापको कारणले उनी लगायत उनलाई पछ्याउनेहरूमाथि आइपरेको भयानक दण्ड र समस्याको उल्लेख छ।

नहेम्याह १३:२६ लाई विचार गरौं: “के यस्तै स्त्रीहरूको कारण इस्राएलका राजा सोलोमनले पाप गरेका थिएनन्?” पदको बाँकी भाग पढ्नुहोस्! सोलोमनका कति थुप्रै आशिषहरू थिए तर उनले परमेश्वर र परमेश्वरको वचनलाई भन्दा कुनै अरु कुरालाई बढी महत्त्व दिए।

तपाईंका मूर्तिहरू नि?

तपाईं भन्नुहोला, “मैले मोलोख देवतालाई कुनै वेदी खडा गरेको छैन अनि म एकभन्दा धेरैलाई विवाह गर्ने खालको पनि होइन।” होला, तर यसको मतलब हाम्रा जीवनमा कुनै मूर्तिहरू छैनन् भन्ने होइन। कुनै पनि कुरा मूर्ति बन्न सक्दछ: खेलकुद (फुटबल), केटा साथी, केटी साथी, टेलिभिजन, पैसा। अन्य उदाहरणहरू दिन सक्नुहुन्छ? _____________________________________ _______________________________________________________। कुनै कुरा मूर्ति हो या होइन भनी यसरी जाँच्न सकिन्छ: आफ्नो जीवनमा आफूलाई महत्त्वपूर्ण लाग्ने कुराहरूको विचार गर्नुहोस्। तपाईंको जीवनमा त्यस्तो कुनै कुरा छ जुन कुरा गुमाएको खण्डमा तपाईंको जीवन “भताभुङ्ग” हुन जान्छ? उदाहरणस्वरूप लिऊँ फुटबल। अशक्त बनेको कारण वा अन्य कुनै कारणले तपाईं फुटबल खेल्नै नपाउने बन्नुभयो भने यसले तपाईंलाई कस्तो असर पार्ला? १ यूहन्ना ५:२१ लाई यादमा राख्नुहोस्।। आफूलाई ती झूटा, खोक्रा, अवास्तविक मूर्तिहरूदेखि अलग राख्नुहोस्, किनभने हामीसित सत्य र वास्तविक परमेश्वर हुनुहुन्छ (१ यूहन्ना ५:२०)!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email