चङ्गाइको वरदान

पाठ १५—चङ्गाइको वरदान

के परमेश्वरले आज आफ्नो मण्डलीमा चङ्गाइको वरदान दिनुहुन्छ?

१) के हरेक बिरामी चङ्गाइ हुनु परमेश्वरको इच्छा हो?

नयाँ नियममा बिरामी परेका विश्वासीहरूको चारओटा उदाहरणहरूलाई हेरौं:

१) २ कोरिन्थी १२:७-१०

पावल एउटा पीडादायी (“काँडा”) शारीरिक (“शरीरमा”) रोगले ग्रस्त थिए। शरीरमा रहेको उक्त काँडा आफूबाट हटोस् भनी पावलले प्रभुलाई _______ पटक विन्ती गरे तर परमेश्वरले सोअनुसार गर्नुभएन। परमेश्वरले यसभन्दा उत्तम कार्य गर्नुभयो। उहाँले पावललाई आफ्नो अ_________ प्रशस्त छ भन्ने कुरा सिकाउनुभयो, परमेश्वरको अनुग्रहले उनलाई त्यस्तो शारीरिक कष्ट समेत सहन सक्ने क्षमता दिन्छ भन्ने कुराको बोध गराउनुभयो। आफ्नो सर्व-पर्याप्त अनुग्रहको बोध गराउन कहिलेकाहीँ परमेश्वरले दुःख-बिमार वा पीडा आउन दिनुहुन्छ।

२) फिलिप्पी २:२५-३०

एपाफ्रोडीटस बेसरी बिरामी परे, यहाँसम्म कि उनी मृ________ मुखैमा पुगे। उल्लेखनीय कुरा के भने पावलले आफ्नो यस विश्वासयोग्य भाइलाई चङ्गाइ गरेनन्। बरु परमेश्वरले उनीमाथि कृपा गर्नुभयो र उठाउनुभयो।

३) १ तिमोथी ५:२३

“अब उसो पानी मात्र पिउने नगर, तर तिम्रो पेटका लागि, साथै घरीघरी भइरहने तिम्रा बिमारीहरूका कारणले अलि-अलि दाखमद्य प्रयोग गर।” तिमोथीको पेटको कमजोरी थियो जसको कारण उनी बारम्बार बिरामी पर्ने गर्थे। पावलले उनलाई कुनै चङ्गाइकर्ताकहाँ जान सल्लाह दिएनन्, न ता उनलाई उनका शारीरिक कमजोरीहरू पाप वा विश्वासको कमीका कारण हुन् भने। पावलले केवल एउटा सामान्य औषधी उपचारको सल्लाह दिए।

[पावलले तिमोथीलाई मात लाग्ने रक्सी नभएर अङ्गुरको रस पिउनलाई सल्लाह दिएको हुन सक्छ भन्ने यहाँ देखिन्छ। व्याकरणका विद्वान आथनेयस (Athenaeus, 280 AD) ले यसरी लेखेका छन्: “उसले गुलियो दाखरस लेओस्, पानीसँग मिसाएर वा गरम गराएर, विशेष गरी प्रोटोपोस भनिने खाले, त्यो गुलियो लेस्बियन गलुकस, पेटको लागि लाभदायक हुने भएकोले; किनकि गुलियो दाखरस [oinos] ले टाउकोलाई भारी बनाउँदैन” (Athenaeus, Banquet 2,24). प्राचीन लेखोटहरूमा पेटको समस्याहरूका लागि कण्वीकरण नभएको (unfermented) दाखरस प्रयोग गर्न सिफारिश गरिन्थ्यो भन्ने कुराको यो एउटा उदाहरण हो।]

४) २ तिमोथी ४:२०

“एरास्टस कोरिन्थमा रहे; तर ट्रोफिमसलाई मैले मिलेटसमा बि________ अवस्थामा छोडेको छु।” ट्रोफिमसको आत्मिक समस्या (पाप, विश्वासको कमी) थियो भन्ने त्यहाँ कुनै सङ्केत छैन, तर उनको एउटा शारीरिक समस्या भने थियो, तर पावलले उनलाई चङ्गाइ गरेनन्। यस जीवनमा कहिलेकाहीँ आफ्ना सन्तानहरू बिरामी हुनु नै परमेश्वरको इच्छा हुन्छ, तर आउनेवाला जीवनमा भने कहिल्यै त्यसो हुन्न (प्रकाश २२:४)

विगतका कतिपय भक्तजनहरूलाई विचार गर्नुहोस् त, जोहरू रोगी थिए अथवा कुनै गम्भीर शारीरिक दुर्बलताले पीडित थिए। उदाहरणको लागि: जोन क्याल्भिन (John Calvin) वातरोगबाट ग्रस्त थिए, साथै उनलाई बेसरी टाउको दुख्नेथ समस्या थियो र उनको शरीर कमजोर थियो। फेनी क्रस्बी (Fanny Crosby) अन्धी थिइन्। रबर्ट मुरे मक्शेन (Robert Murray McCheyne) ज्यादै रोगी भएकाले ३० वर्षको उमेरमा मरे। जर्ज म्यूलर (George Müller) को विश्वास पक्कै पनि कमजोर थिएन, तर जीवनभर उनले शारीरिक दुर्बलताहरू र रोग-बिमारहरूको सामना गर्नुपर्यो्। उनको टाउकोको समस्या थियो र एउटा सिपालु शल्य-चिकित्सकको हातबाट उनको शल्यक्रिया गरिनुपर्योा। भक्तिपूर्वक जिउने विगतका कुनै पनि विश्वासीको जीवनी पढ्नुहोस्, झण्डै प्रत्येककै सवालमा परमेश्वरले उनीहरूलाई कुनै निश्चित शारीरिक कष्टहरू भोग्न दिनुभएको पाउनुहुनेछ।

कतिपय क्यारिज्म्याटिक व्यक्तिहरूको धारणाअनुसार, यदि तपाईं बिरामी हुनुहुन्छ भने तपाईं परमेश्वरको इच्छाभन्दा बाहिर हुनुहुन्छ। उदाहरणका लागि, केनेथ हेगन जुनियर (Kenneth Hagan Jr.) लेख्छ्न्: “परमेश्वरको इच्छा नै आफ्ना सन्तानहरू पूर्ण स्वस्थतामा जिऊन् भन्ने हो भन्ने मेरो विश्वास हो…आफ्ना सन्तानहरूलाई चङ्गाइ गर्नु सधैं नै परमेश्वरको इच्छा हो।” [मलाई जुलाई १६, १९८७ मा केनेथ हेगनद्वारा लेखिएको पत्रबाट] यस्ता व्यक्तिहरूलाई केही प्रश्नऊ गर्न हामीलाई कर लाग्छ: के तपाईंहरूमध्ये कसैकसैले चश्मा लगाउनुहुन्छ (केनेथ हेगनले त लगाउँछन्)? के तपाईंहरूमध्ये कसैकसैलाई रूघाखोखी लाग्ने गर्छ? के तपाईंहरूमध्ये कोहीले सिटामोल वा अन्य दुखाइ हटाउने ने ओषधी खाने गर्नुहुन्छ? सबभन्दा महत्त्वपूर्ण प्रश्नत त, के तपाईंहरू मर्नुहुन्छ?

उदाहरणका लागि चङ्गाइकर्ता ओरल रबर्टस् (Oral Roberts) लाई विचार गरौं। उनले एक पटक आफ्नै खरबौं-डलरको सिटि अफ फेथ (City of Faith) अस्पताललाई छाडेर आफ्नो आँखाको शल्यक्रिया गराउन उनी क्यालिफर्निया गए। होइन, उनी किन एउटा चङ्गाइकर्ताकहाँ गएनन्, वा उनले किन आफैलाई चङ्गाइ गरेनन्? साथै, यदि विश्वासद्वाराको चङ्गाइ (faith healing) साँच्ची नै हुने हो भने खरबौं डलरको अस्पताल किन चाहियो? प्रभु येशू लगायत प्रेरितहरूले त सयौंलाई यस्ता कुनै अस्पताल बिना नै चङ्गाइ गरे।

२) के नयाँ नियमले “सुख-समृद्धिको सुसमाचार” (PROSPERITY GOSPEL) को शिक्षा सिकाउँछ?

यो शिक्षा आज प्रायः सुनिने अति प्रचलित र आकर्षक सन्देश हो, अर्थात् यदि तपाईंले ख्रीष्टलाई विश्वास गर्नुभयो भने तपाईंलाई स्वस्थलाभ र सम्पत्तिलाभ हुनेछ। यसको मतलब तपाईंलाई शारीरिक स्वस्थलाभ र भौतिक उन्नति हुनेछ। तपाईंको शरीर रोगबिमारबाट स्वतन्त्र हुनेछ र तपाईंको बैंक खाता भरिभराउ हुनेछ। तर वास्तवमा यस प्रकारको शिक्षाबाट साँच्चै आर्थिकलाभ उठाउनेहरू चाहिँ ती झूटा शिक्षकहरू मात्र हुन्छन्, अर्थात् “सुख-समृद्धिको सुसमाचार” का प्रचारकहरू।

स्वस्थलाभ र सम्पत्तिलाभको सुसमाचार

“जति सुनेपनि फरक पर्दैन — हामी स्वस्थ हुनु र हामीले यस जीवनमा असल-असल कुराहरू पाउनु परमेश्वरको इच्छा हो भन्ने कुरा हामीलाई बारम्बार सम्झना गराइन आवश्यक छ” (केनेथ हेगन)।

येशूको सेवाकार्य गरीब थियो भन्ने विश्वासको बारेमा केनेथ कोपल्याण्ड (Kenneth Copeland) यसो भन्छन्: “त्यो त हास्यास्पद कुरा हो। येशू गरीब हुनु असम्भव कुरा हो! पुरानो नियमको समयदेखि नै परमेश्वरले, उहाँको साथमा सिद्ध र सीधा चालमा चल्नेहरूलाई भौतिक आशिषहरूको प्रतिज्ञा गर्नुभयो। यदि परमेश्वरले येशूलाई आर्थिक आशिष दिन विफल हुनुभएको भए परमेश्वरले स्वयम् आफ्नै वचनलाई तोड्नुहुनेथ्यो” (करिज्मा, सेप्टेम्बर १९९०)।

ख्रीष्टमा भरोसा गर्नेहरूको आत्मिक उन्नति हुन्छ भन्ने कुरा साँचो हो। उनीहरू आत्मिकमा सफल हुन सक्छन् र आफ्नो प्राणमा स्वस्थलाभ पाउन सक्छन् (२ यूहन्ना २)। उनीहरूले ख्रीष्टमा पाइने हरेक आत्मिक _____________ उपभोग गर्न सक्छन् (एफेसी १:३)। उनीहरू उहाँमा ध___________ हुन सक्छन् (२ कोरिन्थी ८:९)। तर परमेश्वरले आफ्नो सन्तानहरूलाई यस जीवनमा हट्टाकट्टा शारीरिक स्वास्थ्य र भौतिक, आर्थिक उन्नतिको कहिल्यै प्रतिज्ञा गर्नुभएन। वास्तवमा पूरै नयाँ नियमको शिक्षाअनुसार परमेश्वरका जनहरू त दुःख र कष्ट भोग्नेहरू हुनेछन्, काटिन लगिइरहेका भेडाहरूझैं हुनेछन् (रोमी ८:१८,३५-३६) भन्ने छ। उनीहरूले संसारबाट घृणा र सतावट पाउनेछन् (यूहन्ना १५:१८-२०)। संसारमा उनीहरूलाई सं________ र थिचोमिचो हुनेछ (यूहन्ना १६:३३)। ख्रीष्टमा भक्तिपूर्वक जिउने सबै नै सतावटमा ___________ (२ तिमोथी ३:१२) र प्रत्येक ख्रीष्टियनले ख्रीष्टको असल सिपाहीलेझैं दुःख उठाउनुपर्छ (२ तिमोथी २:३)। सुख-समृद्धिको सुसमाचारको विरुद्धमा सबभन्दा राम्ररी छोटकरीमा व्यक्त गरिएको पावलको जवाफ सायद १ थेस्सलोनिकी ३:३-४ नै हो —”यी ___________द्वारा कोही पनि ढलपल नहोस् भनेर; किनकि तिमीहरू आफै जान्दछौ, हामी यसैका निम्ति _____________ छौं। किनकि साँच्चै तिमीहरूसँग रहँदा, ‘हामीले __________ भोग्नुपर्छ’ भनी हामीले तिमीहरूलाई पहिल्यै भनेका थियौं; र यस्तै भयो पनि, अनि तिमीहरूले पनि जान्दछौ।”

प्रेरित पत्रुस समृद्धिको सुसमाचारको बारेमा अनजान थिए जब उनले भने, “चाँदी र सुन त मसँग छैन” (प्रेरित ३:६)! पावल प्रेरित पनि यस शिक्षाको बारेमा अनजान थिए। उनले विश्वासीहरूलाई गरिबजस्ता र केहि नहुनेजस्ता भनी बयान गरेका छन् (२ कोरिन्थी ६:१०)!

३) के डाक्टरकहाँ जानु अनात्मिक बन्नु हो?

संयुक्त राज्य अमेरिकाको इन्डियाना राज्यको एउटा विषम क्यारिज्म्याटिक समूह (“द ग्लोरी बार्न”) ले विश्वासीहरू कहिल्यै डाक्टरकहाँ जान हुन्न बरु चङ्गाइ पाउन परमेश्वरमा भरोसा राख्नु पर्छ भनेर सिकाए। बच्चा जन्माउने समयमा डाक्टर वा नर्सको मदत नपाएको हुनाले कोही गर्भवति महिलाहरूलाई साह्रो पर्योन र उनीहरूका बच्चाहरू मरे। समस्या अझ जटिल बन्यो जब यस समूहका सदस्यहरूले परमेश्वरसित यी मरेका बच्चाहरूका निम्ति प्रार्थना गर्न थाले। स्थानीय समाचार माध्यमले यी घटनाहरूलाई सार्वजनिक बनाइदिए। फलस्वरूप ख्रीष्टको नामलाई ठूलो शर्ममा पार्ने काम भयो। गलत शिक्षाको कारण गलत अभ्यास भएको थियो।

“तर येशूले त्यो सुनेर तिनीहरूलाई भन्नुभयो: “निरोगीहरूलाई होइन, तर ____________लाई ________________ खाँचो पर्दछ” (मत्ती ९:१२)।

निरोगी र स्वस्थ व्यक्तिहरूलाई डाक्टर वा वैद्यको खाँचो पर्दैन। यसको तात्पर्य रोगीलाई डाक्टर चाहिन्छ नै भन्ने हो। भन्ने हो भने, सुसमाचारको एउटा पुस्तक समेत लेख्नेन पावलका एक सहकर्मी एक डाक्टर थिए, “प्रिय वैद्य _________ र डेमासले तिमीहरूलाई सलाम पठाउँदै छन्” (कलस्सी ४:१४)।

४) के ख्रीष्ट र प्रेरितहरूले चङ्गाइ गर्न सक्थे?

प्रभु येशू ख्रीष्टले मानिसहरूका हरेक किसिमको बिमार र हरेक किसिमको रोगलाई निको पार्नुभयो:

“अनि येशू तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै, राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूमा भएका सबै प्रकारको रोग र सबै किसिमको शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्नुभयो। अनि उहाँको कीर्ति सिरियाभरि फैलियो; र किसिम-किसिमका रोग र पीडाहरूले सताइएका _______ बिरामी मानिसहरूलाई, दुष्ट आत्मा लागेकाहरू, छारे रोग लागेकाहरू र पक्षघात भएकाहरूलाई तिनीहरूले उहाँकहाँ ल्याए; अनि उहाँले तिनीहरूलाई _________ पार्नुभयो” (मत्ती ३:२३-२४)।

प्रभुले आफ्ना चेलाहरू (प्रेरितहरू) लाई “_________ रोग र हरेक शारीरिक _____________ निको पार्ने अधिकार दिनुभयो” (मत्ती १०:१)।

प्रेरित पावलले गजब प्रकारले निको पार्ने काम गर्न सके:

“अनि परमेश्वरले पावलका हातद्वारा विशेष प्रकारका सामर्थ्यका कामहरू गर्नुभयो; यहाँसम्म कि उनको शरीरबाट रुमालहरू वा गम्छाहरू बिरामीहरूकहाँ लगिन्थे, र ________________ तिनीहरूलाई छोड्थे, र दुष्ट आत्माहरू तिनीहरूबाट निस्कन्थे” (प्रेरित १९:११-१२)।

५) के आधुनिक “चङ्गाइकर्ताहरू” (Faith Healers) ले चङ्गाइ गर्न सक्छन्?

विलियम ए नोलेन (William A. Nolen) नाम गरेको एकजना नामुद डाक्टरले क्याथरिन कूलम्यान (Kathryn Kuhlman) नाम गरेकी एक चर्चित चङ्गाइकर्ताको अवलोकन गरे। शुरूमा उनलाई शंकै थियो तरैपनि प्रमाण भेटिएको खण्डमा विश्वास गर्न तयार पनि थिए। उनका केही टिप्पणीहरूलाई यहाँ उतारिएको छ:

सुश्री कूलम्यान कहिलेकाहीँ श्रोतागणतर्फ फर्केर हेर्थिन् र भन्थिन्, “यहाँ एकजना ब्रेस (brace, अड्याउने चीज) लगाउने व्यक्ति छ—खुट्टाको ब्रेस—तपाईंलाई अबदेखि उसो त्यो ब्रेस चाहिँदैन। त्यसलाई फुकालिदिनुस्। आउनुस् र आफ्नो चङ्गाइलाई दाबी गर्नुस्।” ब्रेसको नाम लिएर बोलाएको पहिलो पटकमा कोही अगाडि आएन। अन्तमा एउटी भर्खरकै राम्री युवती मञ्चमाथि आइन्। उनले आफ्नो खुट्टाको ब्रेसलाई हातले हल्लाउँदै देखाउँदैथिइन् र उभिरहेकीथिइन्। उनी यौटाचाहिँ सद्दे र अर्कोचाहिँ सुकेको खुट्टामा उभिरहँदा उनको पुट्ठाको हाड (pelvis) एकातिर नराम्ररी ढल्केको देखिन्थ्यो।

क्याथरिन कूलम्यानले उनलाई सोधिन्, “कति भयो यो ब्रेस लगाएकी?” “तेह्र वर्ष। सात वर्षमा पोलियो लागेदेखि।” “अब तिमी निको भयौ। अबदेखि उसो त्यो तिमीलाई चाहिँदैन। तिमीले त्यसलाई फुकालिसकेकी छौ।” “हो”, तिनले भनिन्। “मैले प्रभुमा विश्वास राखेकी छु। मैले प्रार्थना गरेकी छु, र उहाँले मलाई निको पार्दैहुनुहुन्छ।” सबैले ताली बजाए। युवती रोइन्।

उक्त दृश्य मेरो आँखामा पूर्णतया बीभत्स थियो। युवतीको खुट्टा दस मीनेट अगाडि जत्तिकै सुकेकै थियो। अहिले उनी दस हजार जनसमुदायसामु उभिएर प्रभुलाई—र अप्रत्यक्ष रूपमा क्याथरिन कूलम्यानलाई—प्रशंसा दिँदैथिइन्, एउटा चङगाइको निम्ति जुन चङ्गाइ भएकै थिएन न ता हुनेवाला नै थियो। उक्त घडीको भावोन्माद (hysteria, विकृत उत्तेजना) हराइसकेपछि, तेह्र वर्षदेखिको ब्रेसलाई फेरि—बाँकी जीवनभरिकै लागि भनेर—लगाउनै परेपछि त्यस युवतीको मनमा कस्तो लाग्ला, मैले अनुमान गर्न सक्थें।

अन्तमा एउटा भजन र अन्तिम आशीर्वादपछि प्रदर्शनी सकियो। पाङ्ग्रे मेचमा रहेका साह्रै निर्बल रोगीहरू पांङ्ग्रे मेचमै थिए। उनीहरू त्यहाँबाट निस्कँदै गर्दा आफ्ना अपाङ्ग बाल-बालिकाहरूलाई पाङ्ग्रे मेचमा गुडाउँदै एलभेटरतिर लग्दैगरेका बाबुआमाहरूको आँखामा मैले आँसु देख्दा मेरो मनमा यो देख्ने त क्याथरिन कूलम्यान पनि मसँगै त्यहाँ हुनुपर्ने भन्ने लाग्यो। आशा भङ्ग भएका ती रोगीहरू र बाबुआमाहरूले कति पीडा भोग्दै छन् भन्ने कुरा क्याथरिन कूलम्यानलाई वास्तवमा थाहै छैन भन्ने मलाई लाग्यो। उनलाई थाह होला भनेर मैले विश्वास गर्न सकिनँ।

मञ्चबाट ओर्लँदै गरेका “चङ्गाइको दाबी” गर्नेहरूमध्येबाट अनुपरीक्षण (follow-up study) मा सहभागी हुन चाहने प्रत्येकको नाम, ठेगाना, फोन नम्बर र रोगको विवरण टिपोट गर्न मैले दुईजना कानूनी सहायकहरूलाई खटाएको थिएँ। ८२ जनाको नाम मिल्यो। कार्यक्रमको केही हप्तारपछि, आइतवार जुलाई १४ का दिन मिनियापोलिस शहरमा आउन र आफ्नो अनुभव बताउन सूचीमा नाम भएको हरेकलाई पत्र पठाएर निमन्त्रणा दिइयो। २३ जना उपस्थित भए। मैले उनीहरू प्रत्येकसित त्यसपछिका महिनाहरूमा व्यक्तिगत अन्तर्वार्ता लिनका निमित्त बन्दोबस्त गरें।

निजहरूसित कुराकानी गर्दा, म यथासम्भव इमानदार, समझदार र निष्पक्ष रहने प्रयास गरें, तर मैले आफ्नो चिकित्सकीय ज्ञान र व्यावहारिक बुद्धि (common sense) लाई पन्छाउन सकिनँ। निजहरूले बताएका सबै कुरालाई मैले ध्यानपूर्वक सुनें, र त्यहाँ कुनै आश्चर्यकर्म भएको थियो कि भन्ने कुराको समर्थन गर्न सक्ने प्रत्येक सम्भावनालाई अनुसन्धान गरें। अध्ययनले मलाई एउटै निष्कर्षमा पुग्न बाध्य गरायो: चङ्गाइ कार्यक्रममा आफूहरूले चङ्गाइको दाबी गरी पछि मिनियापोलिसमा आई सो कुराको पुनः समर्थन जनाउने बिरामीहरूमध्ये एउटैले पनि वास्तवमै अलौकिक ढङ्गबाट (miraculously) कुनै कुराबाट चङ्गाइ पाएका थिएनन्। [William A. Nolen, M.D., “In Search of a Miracle,” McCall’s Magazine, September 1974. डाक्टर नोलेनले आफ्नो खोजीका परिणामहरूलाई इन सर्च अफ अ मिराकल (“आश्चर्यकर्मको खोजीमा”) भन्ने पुस्तकमा पनि प्रकाशित गर्नुभएको छ।]

वर्षौंदेखि संसारकै सर्वोत्तम चङ्गाइकर्ता (faith healer) मानिएका क्याथरिन कूलम्यानसम्बन्धी क्यारिज्म्याटिक लहरका मित्र रिचार्ड कबीडोले यसरी लेख्छिन्:

उनी रोगको नाम लिन्छिन्—निको हुन नसक्ने क्यान्सरदेखि लिएर एलर्जीहरू सम्म समेट्ने जुनसुकै रोग हुन सक्छ (यद्यपि अङ्गच्छेदित (amputated) हातखुट्टा कहिल्यै पुनः देखा पर्दैनन्; दाँतहरू अलौकिक ढङ्गमा सुनले भरिन्नन्)—अनि आफू चङ्गाइ भएको लाग्नेलाई मञ्चमा उभिएर गवाही दिन अगाडि बोलाउँछिन्। (तालिमप्राप्ति कार्यकर्ताहरूले चङ्गाइको प्रमाणीकरण गर्न अघिबाटै यथासम्भव छानबिन गर्दछन्।) पुष्टिकरणका निमित्त अनुरोध गर्न सकियोस् भनेर मञ्चमा अक्सर डाक्टरहरू हुने गर्छन्; र चङ्गाइको पुष्टिकरणका निमित्त सबैलाई आ-आफ्नै डाक्टरकहाँ जान जोडसँग आग्रह गरिन्छ। कतिपय व्यक्तिहरूले गवाही ता दिन्छन् तर निको भएका भने हुँदैनन्; अरूहरूलाई चाहिँ केही सुधार भएको बुझिन्छ तर फेरि पछि त्यो बल्झिन्छ; सम्भवतः उपस्थितमध्ये धरैजसोले चङ्गाइ पाएकै हुँदैनन्। [Richard Quebedeax, The New Charismatics, page 86.]

६) आधुनिक “चङ्गाइकर्ताहरू” ले आफ्ना असफल प्रायसहरूको स्पष्टिकरण कसरी दिन्छन्?

“चङ्गाइ गर्न हामीसित शक्ति नभएको होइन; बिरामी व्यक्तिको विश्वासको कमीले हो!” कुनै सिप नलागेपछि, बिरामीकै दोष!

७) के ख्रीष्ट र प्रेरितहरूले पर्याप्तह विश्वास गर्नेहरूलाई मात्र चङ्गाइ गरे?

मत्ती १२:१५ मा ठूला-ठूला भीड प्रभु येशूका पछि लागे र, उनीहरूसँग विश्वास होस् या नहोस्, “उहाँले ती ___________ निको पार्नुभयो”। प्रेरित ५:१६ मा रोगीहरूको एउटा ठूलो जमातलाई प्रेरितहरूकहाँ ल्याइएको थियो, “अनि तिनीहरू ________ निको पारिए”। विश्वासको शर्तबिना नै यी चङ्गाइहरू सबैलाई प्राप्य_ थियो। एउटै बिरामी निराश भई फर्कनुपरेन।

प्रेरित ३:१-८ मा जन्मैदेखिको लङ्गडोको चङ्गाइको उल्लेख गरिएको पाउँछौं। त्यस माग्नेले पत्रुसको हातबाट केही पैसा पाउने आशा गरेको थियो। चङ्गाइ हुन्छु भन्ने कुरा त उसको कल्पनाभन्दा बाहिरको कुरा थियो। आफू निको पारिन्छु भन्ने विश्वास त उसँग पक्कै पनि थिएन। पत्रुसले केही पैसा देलान् भन्ने सम्म उनले विश्वास गरे होलान् (पद ५) तर पत्रुसले उनलाई निको पार्लान् भनेर उनले विश्वास गरेका थिएनन्। परमेश्वरबाटको उक्त अलौकिक चङ्गाइ कार्यको, त्यस व्यक्तिको विश्वास वा अविश्वाससित कुनै सरोकार थिएन। [यस आश्चर्यकर्मको सन्दर्भमा प्रेरित ३:१६ मा उल्लेख गरिएको विश्वासले पत्रुसको ख्रीष्टमाथिको विश्वासलाई जनाएको हुनुपर्छ, लङ्गडोको विश्वासलाई होइन।]

प्रेरित २०:९-१२ मा पावलले एउटा व्यक्तिलाई सबैभन्दा गम्भीर रोगबाट चङ्गाइ गरेको पाउँछौं, अर्थात् मृत्युबाटै। यहाँ एक युवा वास्तवमै मरिसकेका थिए। निश्चय नै मरिसकेको व्यक्तिले विश्वास गर्न सक्दैन! “उसको विश्वासको कमीले गर्दा मैले उसलाई मृत्युबाट बिउँताउन सकिनँ” भनी कुनै आधुनिक चङ्गाइकर्ताले भन्नु त हास्यास्पद हुन्छ। यसले एउटा रोचक प्रश्नु उब्जाउँछ: यदि आधुनिक चङ्गाइकर्ताहरूसित ख्रीष्ट र प्रेरितहरूसितको जस्तै चङगाइ-शक्ति छ भने, किन उनीहरू मरेकालाई बिउँताउँदैनन्?

८) ख्रीष्ट र प्रेरितहरूका चङ्गाइका आश्चर्यकर्महरू कस्ता खाले थिए?

१) तुरुन्तै चङ्गाइ

प्रभु येशूले एउटा कोरीलाई छुनुभयो, अनि तु__________ उनी आफ्नो कोर रोगदेखि शुद्ध भए (मत्ती ८:३)। येशूले दुई अन्धाका आँखाहरू छुनुभयो, अनि तु___________ ती आँखाहरू देख्नेु भए (मत्ती २०:३४)। पत्रुसले एउटा लङ्गडोलाई उनको दाहिने हातलाई समातेर जुसुक्क उठाए, अनि तु____________ उनका खुट्टा र गोलीगाँठाहरूले शक्ति पाए र उनी उफ्रँदै कुद्नेए भए। पुनःस्वास्थ्य लाभ प्राप्ति_को लागि लामो समयको वा अन्य उपचारको त्यहाँ कुनै आवश्यकता थिएन।

२) सिद्ध र पूर्ण चङ्गाइ

“अनि जब त्यस ठाउँका मानिसहरूले उहाँलाई चिने, तब तिनीहरूले वरिपरिका सबै इलाकाहरूमा पठाए, र सबै बिरामीहरूलाई उहाँकहाँ ल्याए; अनि उहाँको वस्त्रको किनार मात्र भए पनि छुन पाऔं भनी तिनीहरूले उहाँलाई विन्ती गरे; अनि जतिले छोए, ती एकदम ___________ भए” (मत्ती १४:३५-३६)।

“अनि उहाँकै नामले, उहाँको नाममाथि राखिएको विश्वासद्वारा तपाईंहरूले देख्नु भएको र चिन्नुभएको यी मानिसलाई बलियो बनायो; अनि उहाँद्वाराकै विश्वासले यिनलाई तपाईंहरू सबैजनाका सामु यो __________ स्वास्थ्य दिएको छ” (प्रेरित ३:१६)।

यसको तुलनामा क्याथरिन कूलम्यानको कार्यक्रममा चङ्गाइको दाबी गर्ने युवतीको सम्बन्धमा डाक्टर नोलेनको अवलोकनलाई विचार गर्नुहोस् त—एउटा सद्दे खुट्टामा र अर्को छोटो, सुकेको खुट्टामा उभिँदा पुठ्ठाको हाड नराम्री ढल्केको बयान छ। यसैलाई सिद्ध र पूर्ण चङ्गाइ त भनिँदैन होला!

३) सबका सब चङ्गाइ

“तर यो कुरा थाह पाएर येशू त्यहाँबाट निस्कनुभयो; अनि ठूला-ठूला भीड उहाँका पछि लागे; अनि उहाँले ती __________ _________ पार्नुभयो” (मत्ती १२:१५)।

“अनि चारैतिरका शहरहरूबाट बिरामी मानिसहरूलाई र अशुद्ध आत्माहरूद्वारा सताइएकाहरूलाई लिएर एउटा भीड पनि यरूशलेममा भेला भयो; अनि तिनीहरू ________ निको पारिए” (प्रेरित ५:१६)।

४) नकार्न नसकिने चङ्गाइ

“तब एकजना दुष्ट आत्मा लागेको, अन्धा र गुँगा मानिस उहाँकहाँ ल्याइयो; अनि उहाँले त्यसलाई निको पार्नुभयो, यहाँसम्म कि त्यस अन्धा र गुँगा मानिस बोल्यो र देख्यो पनि। अनि सबै मानिसहरू __________ परे, र भने: “के यहाँ नै दाऊदका पुत्र हुनुहुन्न र?” तर फरिसीहरूले यो सुनेर भने: “यस मानिसले दुष्ट आत्माहरूको शासक बेल्जेबुलद्वारा बिना दुष्ट आत्माहरू निकाल्दैन” (मत्ती १२:२२-२४)।

प्रभुका शत्रुहरूले उक्त आश्चर्यकर्मलाई नकार्न सकेनन्। त्यसैले उनीहरूले उक्त महान् आश्चर्यकर्म परमेश्वरको शक्तिले नभएर शैतानको शक्तिले गरिएको हो भनेर उहाँलाई आरोप लगाए।

“अनि निको पारिएको मानिसलाई उनीहरूसँगै उभिरहेको देखेर तिनीहरूले यस कुराको विरोधमा ___________ भन्न सकेनन्… “यी मानिसहरूलाई हामी के गरौं? किनकि उनीहरूद्वारा साँच्ची नै एउटा प्रसिद्ध चिन्ह गरिएको छ, यो यरूशलेमका सारा बासिन्दाकहाँ प्रकट भएको छ; र यो हामी ___________ गर्न ‌____________” (प्रेरित ४:१४,१६)।

यी मानिसहरू प्रेरितहरू र उनीहरूका सन्देशलाई घृणा गर्थे तर उनीहरूद्वारा गरिएको यस उल्लेखनीय आश्चर्यकर्मलाई उनीहरूले इन्कार गर्नै सकेनन्।

५) अतिदर्शनीय चङ्गाइ

लङ्गडा उफ्रँदै छन्, अन्धा देख्ने/ भएका छन्, कोरीहरू शुद्ध भएका छन्, दुष्टात्मा लागेकाहरू मुक्त भएका छन्, काटिएको कान तुरुन्तै जोडिएको छ र मरेका समेत बिउँताइएका छन्! मत्ती ११:५ अनुसार यस्ता अतिदर्शनीय चिन्हहरूले येशू साँच्ची नै मसीह हुनुहुन्छ भन्ने प्रमाण दिए:

“अन्धाहरूले दृष्टि पाउँछन्, लङ्गडाहरू हिँड्छन्, कोरीहरू शुद्ध पारिन्छन्, बहिराहरूले सुन्छन्, मुर्दाहरू बिउँताइन्छन्, र गरिबहरूलाई सुसमाचार सुनाइन्छ” (मत्ती ११:५, सन्दर्भलाई हेर्नुहोस् र यशैया ३५:५-६ सित तुलना गर्नुहोस्)।

९) आधुनिक “चङ्गाइकर्ताहरू” का “आश्चर्यजनक” उपचारहरू कस्ता छन्?

१) शङ्कास्पद “चङ्गाइ”

एक प्रतिष्ठित र परचित चङ्गाइकर्ताको चङ्गाइ कार्यक्रमको छानबिन गरी प्रस्तुत गरिएको डाक्टर नोलेनको लेखलाई हामीले माथि नै उल्लेख गरिसक्यौं (#२७ मा हेर्नुहोस्)। मानौं कुनै एउटा चिकित्सकले ख्रीष्ट र प्रेरितहरूद्वारा चङ्गाइ गरिएकाहरूको जाँचपड्ताल गरे। मानौं कुनै एउटा चिकित्सकले लाजरसलाई उसको मृत्युको चार दिन पछाडि जाँच गरे! मानौं कुनै एक नेत्र विशेषज्ञले बर्तिमैलाई उसको आँखाले देख्ने् भएपछि जाँच गरे! मानौं एउटा हाडजोर्नी विशेषज्ञले जन्मैदेखिको लङ्गडो उफ्रँदै गरेको हेर्न पाए (प्रेरित ३)! मानौं एउटा कानको विशेषज्ञले मालखसलाई उसको च्वाट्टै काटिएको कानलाई निको पारिएपछि जाँच गरे (लूका २२:५०-५१)! के यी आश्चर्यकर्महरूलाई शङ्का गर्ने कुनै ठाउँ हुन्थ्यो होला?

२) नियन्त्रित वातावरणमा गरिएका “चङ्गाइ”

“तर अनौठो कुरो के छ भने, चङ्गाइको वरदान भएको दाबी गर्नेहरू आफ्नो पाल, तम्बु वा टीभी कक्षभन्दा बाहिर कहिल्यै निस्केका देखिन्नन्। आफ्ना वरदानलाई उनीहरूले सदैव नियन्त्रित वातावरणभित्र अर्थात् उनीहरूकै इच्छाअनुसारको व्यवस्थापित मञ्चमा, उनीहरूकै समयतालिकामा, अभ्यास गरेको देखिन्छ। हैन, अस्पतालकै ठूला-ठूला भीडहरूका बीचमा उक्त चङ्गाइको वरदान प्रयोग गरिएको किन सुनिँदैन? यी चङ्गाइकर्ताहरूले आफ्ना वरदानलाई भारत र बङ्गलादेश जस्ता देशहरूमा किन प्रयोग गरिरहेका छैनन्? बाहिर बाटो-बाटोमै रोग-बिमारले ग्रस्त भएका मानिसहरू भेटिने स्थानहरूमा किन उनीहरू देखा पर्दैनन्? [John MacArthur, Jr., The Charismatics, p.134.]

३) निराशाजनक “चङ्गाइ”

चङगाइका निमित्त ख्रीष्ट वा प्रेरितहरूकहाँ आउने कोही पनि निराश भई फर्केनन्। तर हामीसँग डाक्टर नोलेनको यो टिप्पणी छ:

पाङ्ग्रे मेचमा रहेका साह्रै निर्बल रोगीहरू पांङ्ग्रे मेचमै थिए। उनीहरू त्यहाँबाट निस्कँदै गर्दा आफ्ना अपाङ्ग बाल-बालिकाहरूलाई पाङ्ग्रे मेचमा गुडाउँदै एलभेटरतिर लग्दैगरेका बाबुआमाहरूको आँखामा मैले आँसु देख्दा मेरो मनमा यो देख्नर त क्याथरिन कूलम्यान पनि मसँगै त्यहाँ हुनुपर्ने भन्ने लाग्यो। आशा भङ्ग भएका ती रोगीहरू र बाबुआमाहरूले कति पीडा भोग्दै छन् भन्ने कुरा क्याथरिन कूलम्यानलाई वास्तवमा थाहै छैन भन्ने मलाई लाग्यो। उनलाई थाह होला भनेर मैले विश्वास गर्न सकिनँ। [William A. Nolen, M.D., “In Search of a Miracle,” McCall’s Magazine, September 1974.]

एउटा प्रतिष्ठित चङ्गाइकर्ताको सेवाकार्यको मूल्याङ्कन गर्ने क्रममा क्यारिज्म्याटिक लहरका मित्र रिचार्ड कबीडोले निष्कर्षमा भन्छन्,

“सम्भवतः उपस्थितमध्ये धरैजसोले चङ्गाइ पाएकै हुँदैनन्।” [Richard Quebedeax, The New Charismatics, page 86.]

अलौकिक चङ्गाइको आशा गरिरहेकाहरूलाई यो त निश्चय पनि त्यति उत्साहपूर्ण मूल्याङ्कन होइन।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

भाषाहरूको वरदान (ख)

भाषाहरूको वरदान (ख)

 

अन्य भाषाहरू वास्तवमा कहिले बन्द भए त भनी निर्धारण गर्नलाई तीनओटा आधारहरू छन्। हामी अब प्रत्येकलाई विचार गर्नेछौं।

१) इतिहासलाई हेर्दा (Historical Approach)

अन्य भाषाहरूको वरदान मण्डली इतिहासको शुरूतिरै बन्द भए भन्ने कुराको अत्यधिक ऐतिहासिक प्रमाण पाइन्छ। क्यारिज्म्याटिक अभियानकै मित्र रिचार्ड कबीडोले यस तथ्यलाई स्वीकार गरेका छन्:

दोस्रो शताब्दीको आखिरीदेखि अठाह्रौं वा उन्नाइसौं शताब्दीसम्म नै अन्य भाषाहरू देखा परेको गवाही दुर्लभ र अस्पष्ट छ … तेस्रो शताब्दीका ओरिगेन, र चौथो शताब्दीका क्रिसोस्टोम, दुवैले अन्य भाषाका उल्लेखहरूलाई तिरस्कार गरेका छन्, र त्यसको निरन्तरताको समर्थनलाई इन्कार गरेका छन्। पाँचौं शताब्दीको शुरूतिरका अगस्टिनले अन्य भाषा केवल बाइबलीय समयहरूमा प्रकट भएको युगानुकूल चिन्ह थियो भनेर ठोकुवा दिएका छन्। [Richard Quebedeax, The New Charismatics, pp. 20-21]

महान् प्रचारक क्रिसोस्टोमको टिप्पणी उल्लेखनीय छ:

“यो पूरै खण्ड ज्यादै अस्पष्ट छ [१ कोरिन्थीमा उल्लेखित अन्य भाषाहरूको पदहरूको बारेमा टिप्पणी गर्दै] तर यो अस्पष्टताको कारण हाम्रो अज्ञानता हो। उल्लेखित तथ्यहरूका बारेमा हामी अनजान भएका हुनाले र ती कुराहरू अब बन्द भइसकेका हुनाले ती कुराहरू हामीलाई अस्पष्ट लागेका हुन् किनकि ती कुराहरू उहिलेको समयमा हुने गर्थे तर ती अब बन्द भइसकेका छन्।” [Homilies, XXIX, 1.]

अर्को शब्दमा भन्नुपर्दा, चौथो शताब्दीका लेखक क्रिसोस्टोमले पावलद्वारा वर्णित अन्य भाषाहरूको वरदानचाहिँ पावलको समयमा सक्रिय रहेको तर क्रिसोस्टोमको समयमा आएर निष्क्रिय भइसकेको भनी बयान गरेका छन्। उनले उक्त वरदान “बन्द” भइसकेको भनी टिप्पणी गर्दछन्।

क्लीओन रजर्सले यसरी लेखेका छन्:

“उल्लेखनीय कुरा के छ भने अन्य भाषाहरूको वरदानलाई प्रेरित-पश्चातका अग्रजहरू (Post Apostolic Fathers) का कुनै पनि लेखमा उल्लेख गरिएको छैन, कतै त्यसको अलिकति छनक समेत पाइँदैन।” [John MacArthur, Jr., The Charismatics, p. 169.]

अन्य भाषाहरूको वरदान, पावलका अघिल्ला पत्रहरूमध्येमा गनिने १ कोरिन्थीमा मात्र उल्लेख हुनु तर पावलका पछिल्ला पत्रहरूमा त्यसको कतै उल्लेख नहुनु एउटा उल्लेखनीय कुरा हो। यसले अन्य भाषाहरूको वरदान, बाइबलका लेखोटहरू पूर्ण हुनु अगावै बन्द भइसकेको हुन सक्छ भन्ने कुराको सङ्केत दिन्छ।

२)सन्दर्भलाई हेर्दा (Contextual Approach)

अन्य भाषाहरू कहिले बन्द भए भनेर निर्धारण गर्न यस प्रमाणिकरणमा १ कोरिन्थी १३:८ (“भाषाहरू…बन्द हुनेछन्”) को सन्दर्भलाई अध्ययन गरिनेछ। उक्त अध्यायको मूल सन्देशलाई सारांशमा निम्न बुँदाहरू मार्फत प्रस्तुत गर्न सकिन्छ:

    • क) टलेर जाने कुरा तीनओटा छन् (पद ८)
    • ख) रहिरहने कुरा तीनओटा छन् (१३)
    • ग) कहिल्यै नटल्ने कुरा एउटा छ (८); यो सदासर्वदा रहिरनेछ (पद १३)

यहाँ तीनओटा काल-खण्डहरूलाई सङ्केत गरिएको छ:

  1. अगमवाणीको, अन्य भाषाहरूको र ज्ञानको वरदान सक्रिय रहने काल-खण्ड – यी दानहरू मण्डलीको प्रारम्भिक चरणमा परमेश्वरबाट दिइएका विशिष्ट प्रकाशकीय दानहरू (revelatory gifts) हुन्।
  2. अगमवाणीको, अन्य भाषाहरूको र ज्ञानको वरदान अन्त भइसकेको, बन्द भइसकेको, बितेर गइसकेको (पद ८) समय, तर विश्वास, आशा र प्रेम भनिने सद्गु णहरू रहिरहने काल-खण्ड — यो काल-खण्ड चाहिँ वर्तमान युगको काल-खण्ड हो।
  3. प्रेम मात्र रहिरहने तर विश्वास र आशा रहिनरहने काल-खण्ड — यो अनन्तताको अवस्थिति (eternal state) हो, जब त्यहाँ विश्वासको सट्टामा दृष्टि हुनेछ (२ कोरिन्थी ५:७; हिब्रू ११:१) र आशाको सट्टामा अनुभूति हुनेछ (रोमी ८:२४-२५)।

तसर्थ, अनन्ताको अवस्थिति शुरु हुनु अगाडि एउटा काल-खण्ड त्यहाँ हुनैपर्छ जुन बेला अन्य भाषाहरूको र अगमवाणीको दानहरू निष्क्रिय बनेका हुन्छन् तर विश्वास र आशा सक्रिय रहिरहन्छन् भन्ने कुरा १ कोरिन्थी १३ अध्यायले स्पष्टै सिकाएको छ। अन्य भाषाहरूको वरदानलाई यस वर्तमान युगभरि दिइँदै आएको छ भन्ने शिक्षालाई यसले खण्डन गर्दछ।

३) उद्देश्यलाई हेर्दा (The Purposive approach)

अन्य भाषाहरूको वरदानको उद्देश्य के थियो? अन्य भाषाहरूको उद्देश्य जान्न सकियो भने अन्य भाषाहरू कहिले बन्द भए भनेर निर्धारण गर्न सम्भव हुन्छ। यस उद्देश्यसम्बद्ध तर्कलाई यसरी व्यक्त गर्न सकिन्छ: जुन उद्देश्यका लागि भनेर यस वरदान दिइयो उक्त उद्देश्यको निम्ति यसको कुनै काम नरहेपछि अन्य भाषाहरूको वरदान बन्द हुन गयो।

नयाँ नियममा एउटै मात्र खण्ड पाइन्छ जसमा अन्य भाषाहरूको उद्देश्य बताइएको छ। त्यहाँ पावल यसरी भन्छन्:

“यसकारण भाषाहरूचाहिँ चिन्हका निम्ति हुन्…” (१ कोरिन्थी १४:२२)।

“निम्ति” भनेर रूपान्तर गरिएको निपात शब्द (ग्रीकमा ऐस्, εις) ले उद्देश्यलाई जनाउँदछ। यस पद (२२) मा अन्य भाषाहरूको उद्देश्य बताउँदा पावलले वास्तवमा अघिल्लो पद (२१) को कुरालाई आधार बनाएर निर्क्योल गरेको कुरा त प्रस्टै देखिन्छ। पद २१ चाहिँ निम्न महत्त्वपूर्ण शब्दहरूबाट शुरु हुन्छ,

“व्यवस्थामा लेखिएको छ…” (१ कोरिन्थी १४:२१)

यस पदमा पावलले पुरानो नियमको एउटा खण्ड, यशैया २८:११-१२ लाई उद्दरण गर्दछन्। अन्य भाषाको बाइबलीय उद्देश्य खुलाउने चाबीचाहिँ “व्यवस्थामा” अर्थात् पुरानो नियममा छ भनी पावल जान्दथे। पुरानो नियमले अन्य भाषाको बारेमा के सिकाउँदछ त? पुरानो नियमका समयमा अन्य भाषाहरूको सार्थता (significance) र उद्देश्य के थियो? जब-जब विदेशी भाषाहरू सुनिन्थे, तब-तब तिनका मतलब के हुन्थे?

विदेशी भाषाहरूको सार्थता देखाउने पुरानो नियमको खण्ड यशैया २८ मात्र होइन। यस्ता अन्य खण्डहरू पनि छन्। ती खण्डहरूले समग्रमा एउटा एकदम गम्भीर बाइबलीय सिद्धान्तलाई प्रस्तुत गरिरहेको पाइन्छ — जुन सिद्धान्त इतिहासमा पटक-पटक प्रकट भएको छ। पुरानो नियममा विदेशी भाषाहरूको उल्लेखहरूलाई विचार गर्दा, एउटा ज्यादै गम्भीर र दुःखदपूर्ण श्रृङ्खला सहजै प्रकट हुन्छ:

उत्पत्ति ११
    • • निसलाई परमेश्वरको एउटा सन्देश थियो (उत्पत्ति ९:१,७)
    • • ती मानिसहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (उत्पत्ति ११:४)
    • • परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (उत्पत्ति ११:७)
    • • ती मानिसहरू तितरबितर पारिन्छन् (उत्पत्ति ११:८)
व्यवस्था २८
    • आफ्नो जातिलाई परमेश्वरको एउटा सन्देश थियो (व्यवस्था २८:१)
    • उनीहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (व्यवस्था २८:१५)
    • परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (व्यवस्था २८:४९)
    • ती मानिसहरू तितरबितर पारिन्छन् (व्यवस्था २८:६४-६५)
यर्मिया ५
    • आफ्नो जातिलाई परमेश्वरको एउटा सन्देश थियो (यर्मिया ४:१)
    • उनीहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (यर्मिया ५:३)
    • परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (यर्मिया ५:१५)
    • ती मानिसहरू तितरबितर पारिन्छन् (यर्मिया ५:१९)
यशैया २८
    • आफ्नो जातिलाई परमेश्वरको एउटा सन्देश थियो (यशैया २८:१२क)
    • उनीहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (यशैया २८:१२ख)
    • परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (यशैया २८:११)
    • ती मानिसहरू तितरबितर पारिन्छन् (यशैया २८:१३)

तुलना गर्नुहोस्—यशैया ३३ को ठीक विपरित परिस्थिति

सन्दर्भचाहिँ हजार वर्षको राज्य (मलेनियम) को हो। इस्राएलले परमेश्वरको आशिषको अनुभूति गर्नेछ भन्ने कुराको सङ्केतस्वरूप परमेश्वरले त्यहाँ भाषाहरू सुनिन दिनुहुन्न (पद १९)। उनीहरू अबदेखि उसो कहिल्यै तितरबितर पारिनेछैनन्!

नयाँ नियममा उक्त श्रृङ्खला फेरि दोहोरियएको

    • • मानिसहरूलाई परमेश्वरको एउटा सन्देश थियो (मत्ती ११:२८; यर्मिया ४:१ र यशैया २८:१२ सित तुलना गर्नुहोस्)
    • • उनीहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (मत्ती २३:३७)
    • • परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (प्रेरित २,१०,१९ आदि)
    • • ती मानिसहरू तितरबितर पारिन्छन् (मत्ती २३:३८; २४:२)

अन्य भाषाहरूको वरदानले अविश्वासी इस्राएलको विरूद्धमा उनीहरूमाथि आउन लागेको इन्साफको चिन्हस्वरूप काम गरेको थियो। इन्साफ पूरा भइसकेपछि इन्साफको चिन्हको कुनै आवश्यकता पर्दैन। ७० ए.डी.मा जनरल तीतसको मातहतमा आएको रोमी सेनाको तरवारले मसीहलाई अस्वीकार गर्ने इस्राएल राष्ट्रको पतन गरिदियो। ७० ए.डी.देखि यता राष्ट्रको हकमा इस्राएल परमेश्वरको इन्साफमुनि परेको छ भन्ने कुराको कुनै शंका छैन। तसर्थ, चिन्हरूपी वरदानको रूपमा ७० ए.डी.देखि यता अन्य भाषाहरूको कुनै आवश्यकता रहेन भन्ने निष्कर्षमा हामी आइपुग्दछौं। इतिहासमा अन्तिम पटक अन्य भाषाहरूको वरदानको उल्लेख १ कोरिन्थीमा पाइन्छ जुनचाहिँ लगभग ५५ ए.डी. मा लेखियो। ७० ए.डी. पछि अन्य भाषाहरूको सकली वरदान फेरि प्रकट भएको ऐतिहासिक प्रमाण कतै पाइँदैन। अन्य भाषाले आफ्नो उद्देश्य पूरा गर्यो७, र अन्य भाषा बन्द भयो, ठीक जसरी परमेश्वरले प्रेरित पावलद्वारा पूर्वउल्लेख गर्नुभएको थियो (१ कोरिन्थी १३:८)।

उपर्युक्त बुँदाहरूको अझ विस्तृत प्रस्तुतिको खोजी गर्नुहुनेहरूले जर्ज जेलरद्वारा अङ्ग्रेजिमा रचित गड्स गिफ्ट अफ टङ्गस् नामक पुस्तकलाई यस लिङ्कमार्फत प्राप्तू गर्न सक्नुहुनेछ:

God’s Gift of Tongues

११) के मुक्ति नपाएकाहरूले अन्य भाषाहरूमा बोल्न सक्दछन्?

अन्य भाषाहरूको बाइबलीय वरदान भनेको एउटा यस्तो अलौकिक क्षमता थियो जसमा एउटा व्यक्तिले आफूले कहिल्यै नसिकेको विदेशी भाषामा बोल्न सक्थ्यो। मुक्ति नपाएको व्यक्तिसँग यस किसिमको ईश्वर-प्रदत्त क्षमता हुने कुरै भएन। आत्मिक वरदानहरू त विश्वासीहरूलाई उनीहरूले मुक्ति पाएकै घडीमा दिइन्छन्, अविश्वासीहरूलाई होइन।

उत्तेजनात्मक उच्चारणहरू बोलिने (“ग्लोसोलेलिय”, glossolalia) हिजोआजको घटना भनेको एउटा बेग्लै कुरो हो। मुक्ति नपाएकाहरूले यस्ता अन्य भाषाहरूमा बोलेका असङ्ख्य उदाहरणहरू छन्। यसमध्ये केहीलाई यहाँ प्रस्तुत गरिन्छ:

१) दोस्रो शताब्दीमा मन्टानिस्टहरू (Montanists) ले अन्य भाषाहरूमा बोले। यो एउटा झूटा-शिक्षा (heretical) समूह थियो। उक्त समूह विशेष गरी पवित्र आत्मा सम्बन्धीका त्यसका झूटा शिक्षाहरूका खातिर परिचित थियो। मन्टानस (Montanus) र उनका अनुयायीहरूको निम्न बयान युसीबियसको मण्डली इतिहास (Eusebius’ History of the Church) मा उल्लेख भएको छ:

मन्टानसले, आफू शिखरमा पुग्ने अनियन्त्रित महत्त्वाकाङ्क्षामा, आफैमाथि शत्रुलाई खुल्ला मौका दिए, र आत्मिक उत्तेजनाले भरिएर एक्कासी उसलाई एक किसिमको झुम्म तान्द्रा र अप्राकृतिक हर्षोन्मादले छोप्यो। उनी बर्बराए, र बित्थामा कराउन र अर्थहीन कुरा बोल्न थाले, र शुरूदेखि पुस्ता-पुस्तामा हस्तान्तरण हुँदै आएको मण्डलीको अभ्याससित बाझ्ने तरिकाले अगमवाणी गर्न थाले। उसका स्वाङपूर्ण उच्चारणहरूलाई त्यस बखत सुन्नेहरूमध्येमा कतिजना चिढिए, र तिनीहरूले उनी दुष्टात्मा लागेको, भ्रमको आत्माको पकडमा परेको, र शान्ति भङ्ग गर्ने व्यक्ति रहेछन् भनी बुझे। प्रभुले कायम गर्नुभएको स्पष्ट भिन्नतालाई र झूटा अगमवक्ताहरूको बारेमा उहाँको चेताउनीहरूलाई सम्झना गर्दै तिनीहरूले उनलाई हप्काए र उसको बकबकलाई रोक्ने प्रयास गरे…। तब उनले गोप्य तवरले साँचो विश्वासप्रति अन्धा भएकाहरूको मनहरूलाई उत्तेजित गराई तातो बनाए, र यस मार्गमा दुईजना अरूलाई खडा गराए — अर्थात् स्त्रीहरूलाई जसलाई उनले त्यस स्वाङ पार्ने आत्माले भरिदिए, र फलस्वरूप उनीहरू मन्टानस जस्तै उन्मत्त भएर बित्थामा, अनुचित र अशिष्ट प्रकारले कराए।

युसीबियसका अनुसार अन्य भाषा बोल्ने यस अभ्यास मण्डलीको अभ्यास भन्दा बिलकुलै विपरित थियो। हुन पनि हो — मन्टानस र उनका अनुयायीहरूलाई मण्डलीबाट बहिष्कृत (excommunicated) गरियो।

२) दोस्रो शताब्दीका झूटा शिक्षक मार्कसका बारेमा इरेनेअस (Irenaeus) ले यसरी टिप्पणी गरेका छन्:

मार्कसले एउटी स्त्रीलाई [भन्छन्], “मबाट र मद्वारा कारिस (Charis) को दान प्राप्ते गर…”

स्त्री: “मैले कहिल्यै अगमवाणी कहेको छैन, न ता म अगमवाणी कहन नै जान्दछु।”

मार्कस: “आफ्नो मुख खोल्नू, तिमीलाई जे आउँछ त्यही बोल्नू।”

यस वचनको कारण घमण्डले फुलेर, आफूले नै अगमवाणी बोल्ने भएँ भन्ने प्रतिक्षाले प्राणमा अति उत्तेजित भएर, भावनाले उत्प्रेरित हुन गएको मुटुको जोडदार धड्कनका साथ-साथै दुःसाहसको शिखरमा पुग्न सकेपछि उनले आफूलाई आएको कुनै एउटा अर्थहीन कुरा बिनालाज त्यस्तो बोलीमा बोल्दछिन् जुनचाहिँ एउटा रित्तो आत्माद्वारा चङ्गाइ पाएको व्यक्तिबाट अपेक्षा गर्न सकिन्छ। [Irenaeus Against Heresies]

शुरूका मण्डलीका बाइबलीय (orthodox, शास्त्रसम्मत) अगुवाहरूले अन्य भाषामा बोलिएका यस्ता भावनामय विस्फोटहरू परमेश्वरबाटका होइनन् भनी जानेका थिए। यसलाई प्रोत्साहन दिनेहरू त झूटा शिक्षकहरू थिए।

३) फ्रान्समा सत्रौं शताब्दीका सेभेनोल पादरीहरू (Cevenol priests) ले पनि अन्य भाषाहरूमा बोल्थे। तिनीहरू झूटा शिक्षकहरू (heretics) हुन् भनी चिनिएका थिए किनभने तिनीहरूका भविष्यवाणी पूरा भएनन्। [John MacArthur Jr., The Charismatics, p. 169.]

४) “शेकरहरू” (Shakers) भनिने समूह ई सं १७४७ मा एउटा स्त्रीद्वारा शुरू भएको हो। शिक्षामा उनी गञ्जागोल थिइन्, र उनले विशेष गरी ख्रीष्टको बारेमा झूटा धारणाहरू अपनाएकी थिइन्। “भनिन्छ, शरीरलाई वशमा ल्याउनलाई, उनले अन्य भाषाहरूमा बोल्दै गरेका पुरूष र स्त्रीहरू नाङ्गै नचाउने अभ्यासको शुरूआत गरिन्।” [Charles Smith, Tongues in Biblical Perspective, pages 17-18.]

५) मर्मन (Mormon) चर्च नामक एउटा झूटा मण्डली (cult) भित्र अन्य भाषाहरूमा बोलिएका उदाहरणहरू भेटिन्छन्:

“जोसेफ स्मिथ (Joseph Smith) देखि लिएर, अर्थात् उनीहरूको शुरूआतदेखि नै मर्मनहरूले अन्य भाषा वर्तमान समयमा पनि दिइने वरदान हो भन्ने मान्दै आएका छन्। साल्ट लेक सीटी (Salt Lake City) मा उनीहरूको भवन (टेम्पल) समर्पण गरिँदा, सयौं एल्डरहरूले अन्य भाषाहरूमा बोले।” [Charles Smith, Tongues in Biblical Perspective, page 18.]

६) उन्नाइसौं शताब्दीमा एडवर्ड इर्भिङग (Edward Irving) का अनुयायीहरूले अन्य भाषामा बोले। यिनीहरूले पवित्र शास्त्रलाई खण्डन गर्ने प्रकाशहरूलाई, विफल भएका भविष्यवाणीहरूलाई र विविध गलत शिक्षाहरूलाई अँगालेका थिए। [See John MacArthur Jr., The Charismatics, p. 170 and see also Arnold Dallimore’s excellent biography, Forerunner of the Charismatic Movement–The Life of Edward Irving (Moody Press, 1983).]

७) आज, आफू ख्रीष्टियन हुँ भनी स्वीकार समेत नगर्नेहरूले अन्य भाषाहरूमा बोल्छन् भन्ने कुरा सर्वविदितै छ:

आज हैटी, ग्रीनल्याण्ड, माइक्रोनेसिया, एशिया, र उत्तर तथा दक्षिण अमेरिकाका झाँक्रीहरू अन्य भाषामा बोल्छन्। कतिपय समूहहरूले आफूहरूमा उन्मत्त अवस्था र उच्चारणहरू उत्पन्न गराउन लागू पद्धार्थको मदत लिन्छन्। भूडू अभ्यास गर्नेहरूले अन्य भाषामा बोल्छन्। बौद्धमार्गी र शिन्तो पूजाहारीहरूले अन्य भाषामा बोलेका सुनिएको छ। मुसलमानहरूले अन्य भाषामा बोलेका छन्, र एउटा प्राचीन हस्तान्तरित भनाइअनुसार महम्मद समेतले अन्य भाषामा बोले। [Charles Smith, Tongues in Biblical Perspective, pages 20-21. For further documentation of unsaved people speaking in tongues, look up the article on “glossolalia” in The Encyclopedia Britannica.]

८) खेदको कुरा, आज क्यारिज्म्याटिक लहरको लैलैमा लागेका थुप्रै व्यक्तिहरूले अन्य भाषाहरूमा बोलेका छन् यद्यपि उनीहरूसित मुक्ति वा अनुग्रहको सुसमाचार वा नया जन्मको बारेमा कुनै सुस्पष्ट ज्ञान छैन। उनीहरूले कुनै एउटा अनुभव त पाए तर अनन्त जीवन भने पाएका छैनन् (१ यूहन्ना ५:११-१२)। [क्यारिज्म्याटिक अभियानमा हुनेहरूमा आफ्नो मुक्तिका लागि केवल ख्रीष्टलाई मात्र उहाँमाथि भरोसा राखेका हुनाले साँच्ची नै ख्रीष्टलाई मुक्तिदाता भनेर चिनेका व्यक्तिहरू हुन्छन् भन्ने कुरा हामी स्वीकार गर्दछौं। साँच्चै मुक्ति पाएको भएर पनि शिक्षामा अलमल हुनु सम्भव छ।]

१२) आजको अन्य भाषाको अभ्यासमा गलती के छ (एक सारांश)?

१) क्यारिज्म्याटिक समूहहरूमा अन्य भाषा भनेको सबैले चाह गर्नुपर्ने कुरा हो भन्ने मान्यता रहेको पाइन्छ, तर नयाँ नियममा भने अन्य भाषा प्रत्येक विश्वासीलाई दिइने आत्मिक वरदान थिएन (१ कोरिन्थी १२:८-११,३०)। १ कोरिन्थी १२:२८ मा वरदानहरूको सूचीको पुछारमा उल्लेख गरिएको अन्य भाषा तुलनात्मक हिसाबले कम महत्त्वको वरदान थियो, यद्यपि यसको सही प्रयोग र सही अनुवादले उन्नती गराउँथ्यो।

२) अन्य भाषाहरूको बाइबलीय वरदान भनेको एउटा यस्तो अलौकिक क्षमता थियो जसमा एउटा व्यक्तिले आफूले कहिल्यै नसिकेको विदेशी भाषामा बोल्न सक्थ्यो। आजको अन्य भाषाको कथित वरदानको अभ्यासलाई भने अनुवाद गर्न सकिन्न, त्यसमा कुनै वास्तविक भाषा-तत्त्व नै छैन, त्यो एउटा अर्थहीन बकबक बोलिने उन्मत्त, भावनात्मक अनुभव मात्र हो।

३) सम्पूर्ण बाइबलभरि हेर्दा विश्वासीलाई अन्य भाषामा बोल्न आज्ञा दिइएको कतै पाइन्न, र नयाँ नियमको २७ ओटामा २४ ओटा पुस्तकहरूमा अन्य भाषाको वरदान सम्बन्धी एउटै पनि उल्लेख छैन।

४) इतिहासका सत्य-तथ्यले अन्य भाषाको सकली वरदान मण्डली इतिहासको प्रारम्भतिर नै बन्द भएको देखाउँछ। साथै यो वरदान आखिरी दिनहरूमा फेरी प्रकट हुनेछ भन्ने सङ्केत दिने कुनै त्यस्तो पद बाइबलमा छैन।

५) अन्य भाषाको वरदान एउटा अस्थायी, चिन्हरूपी वरदान (sign gift) थियो जसले आफ्नो उद्देश्य पूरा गर्योय र त्यसपश्चात् त्यसको आवश्यकता नै रहेन, र त्यसैले त्यो दिइन बन्द भयो। अविश्वासी इस्राएललाई त्यो इन्साफको चिन्ह थियो, परमेश्वरले इस्राएल राष्ट्रलाई पन्छाएर उहाँको मण्डली भनिने नयाँ योजनाको शुरुआत गर्दै हुनुहुन्छ भन्ने कुराको सङ्केत थियो त्यो। ए डी ७० पछि, अर्थात् रोमीहरूले यरूशलेमलाई ध्वस्त गरेदेखि यता, सकली अन्य भाषाको कतै उल्लेख पाइन्न, न ता बाइबलमा न ता बाह्य इतिहासको पन्नाहरूमा।

६) आज बोलिने कथित अन्य भाषा भने संसारलाई थाह भएकै विषय हो — यो एउटा यस्तो मानसिक अनुभव (psychological phenomenon) हो जसलाई शताब्दियौंदेखि झूटा-शिक्षाका समूहहरूले, मूर्तिपूजकहरूले, कल्टहरूले र अख्रीष्टियन समूहहरूले अभ्यास गर्दै आएका छन्।

७) अन्य भाषाहरू बोलिने आजको अधिकांश अभ्यास १ कोरिन्थी १४ अध्यायमा प्रतिपादित नियमहरूको विपरित भइरहेको पाइन्छ। तसर्थ आजको अन्य भाषा परमेश्वरबाटको हुन सक्दैन भन्ने यो अर्को लक्ष्यण हो। प्रेरित पावलले दिएका केही नियमहरू यस प्रकार छन्:

कुनै एउटा सभामा तीन भन्दा बढी व्यक्तिहरूले अन्य भाषाहरूमा बोल्न नहुने (१ कोरिन्थी १४:२७)।
अन्य भाषामा बोल्नेहरूले एक्कैचोटि नभएर पालो-पालो गरी बोल्नुपर्ने (१ कोरिन्थी १४:२७)।
जब-जब अन्य भाषा बोलिन्थ्यो, तब-तब त्यसको अनुवाद पनि गरिनुपर्ने (१ कोरिन्थी १४:२८)।
स्त्रीहरूले सभामा अन्य भाषामा बोल्न नहुने (१ कोरिन्थी १४:३४-३५)।

तपाईं प्रायः जुनसुकै क्यारिज्म्याटिक सभामा जानुहोस्, त्यहाँ तपाईंले यी नियमहरूलाई उल्लङ्घन भइरहेको पाउनुहुनेछ। परमेश्वरको इच्छा हो, “सबै कुराहरू शि_______________ र क्र_____________ गरिऊन्” (१ कोरिन्थी १४:४०)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

भाषाहरूको वरदान

पाठ १४—भाषाहरूको वरदान

 

यस विवादास्पद वरदानको बारेमा बाइबलले के सिकाउँछ?

१) के तपाईंले पवित्र आत्मा पाउनुभयो?

क्यारिज्म्याटिक व्यक्तिहरूले प्रायः यो प्रश्न् सोध्ने गर्छन्। उनीहरूको यस प्रश्नएको तात्पर्य वास्तवमा यो हो — “के तपाईंले आत्माको बप्तियस्मा पाउनुभयो, अन्य भाषा बोल्ने जस्ता क्यारिज्म्याटिक अनुभव पाउनुभयो?”

हामी त्यस आधारभूत प्रश्न मा नै फर्कौं, “के तपाईंले पवित्र आत्मा पाउनुभयो?” बाइबलले दिने जवाफ के हो त? १ कोरिन्थी ६:१९-२० अनुसार कोरिन्थका सबै विश्वासीहरूभित्र, अँ, शरीरअनुसार हिँड्ने विश्वासीहरू (१ कोरिन्थी ४:१-३) भित्र समेत, पवित्र आत्मा हुनुहुन्थ्यो — “के यो तिमीहरूलाई थाह छैन? तिमीहरूको शरीर _________________________________________ हो, जो __________ भित्र हुनुहुन्छ, जसलाई तिमीहरूले परमेश्वरबाट पायौ, र तिमीहरू आफैका होइनौ।” यो प्रस्ट छ, तिनीहरूले जुन घडी मुक्ति पाए त्यही घडी नै उनीहरूले पवित्र पाएका थिए। ख्रीष्टमा हरेक विश्वासको सवालमा यही सत्य हो।

यूहन्ना ७:३८-३९ महत्त्वपूर्ण छ। पवित्र आत्मा पाउने विषयमा त्यहाँ जे भनिएको छ त्यसमा राम्ररी ध्यान दिनुहोस्। विश्वास गर्नेहरू नै पाउनेहरू हुन्। यदि तपाईंले ख्रीष्टमा विश्वास गर्नुभएको छ भने तपाईंले पवित्र आत्मा पाइसक्नुभएको छ। तसर्थ, चाबी प्रश्न “के तपाईंले पवित्र आत्मा पाउनुभयो?” भन्ने नभएर “के तपाईंले प्रभु येशू ख्रीष्टलाई ग्रहण गर्नुभयो?” भन्ने हो (हेर्नुहोस् यूहन्ना १:१२)। तपाईंसँग ख्रीष्ट हुनुहुन्छ भने तपाईंसँग पवित्र आत्मा पनि हुनुहुन्छ!

२) पवित्र आत्मा तपाईंभित्र वास गर्नुहुन्छ भनेर तपाईं कसरी जान्नुहुन्छ?

क्यारिज्म्याटिक जवाफ:

“पवित्र आत्मा मभित्र वास गर्नुहुन्छ भनेर म कसरी जान्दछु?” क्यारिज्म्याटिक नवीकरण (Charismatic Renewal) को जवाफ छ — “पवित्र आत्माको बप्तिुस्माले अर्थात् एउटा यस्तो शक्तिशाली अनुभवले जसले यसको प्रापकलाई परमेश्वर वास्तविक हुनुहुन्छ भनेर विश्वस्त तुल्याउँदछ” (रिचार्ड कबीडो, दि न्यू क्यारिज्म्याटिक्स् प्रथम संस्करण, पृष्ठ २)।

अर्को शब्दमा, “यो साँचो हुनुपर्छ किनकि मैले त्यो अनुभव गरेको छु। ममा त्यो भावना आएकै हो। यो त म आफैले अनुभव गरेको कुरा हो।”

बाइबलीय जवाफ रोमी ८:९ मा पाइन्छ, “तर साँच्चै परमेश्वरका __________ ___________भित्र ___________ गर्नुहुन्छ भने तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ। तर कुनै मानिससँग ख्रीष्टका __________ हुनुहुन्न भने त्यो उहाँको होइन।”

यदि कुनै व्यक्तिसँग पवित्र आत्मा हुनुहुन्न भने त्यो व्यक्ति उहाँको होइन। ऊ ख्रीष्टको होइन। ऊ एक ख्रीष्टियन होइन। यदि म मुक्ति पाएको व्यक्ति हुँ भने मसँग पवित्र आत्मा हुनुहुन्छ। म यो कसरी जान्दछु? म यो जान्दछु, किनभने परमेश्वले सो भन्नुभएको छ। ख्रीष्टमा विश्वास गर्ने प्रत्येकले पवित्र आत्मा पाइसकेका हुन्छन् (यूहन्ना ७:३९)। पावल भन्छन्, “हामी_______ पवित्र आत्मा वास गर्नुहुन्छ” (२ तिमोथी १:१४) अनि यो कुरा परमेश्वरको रगतले किनिएको हरेक जनको सम्बन्धमा साँचो हुन्छ। परमेश्वरको परिभाषा (१ कोरिन्थी ६:१९, रोमी ८:९, यूहन्ना ७:३९ आदि) अनुसार ख्रीष्टियन भनेको त्यो व्यक्ति हो जसभित्र पवित्र आत्माले वास गर्नुहुन्छ अर्थात् जसले पवित्र आत्मा पाइसकेको हुन्छ। विश्वासद्वारा धर्मी ठहरिएको हुनु तर पवित्र आत्मा नपाएको हुनु असम्भव कुरा हो। पवित्र आत्माको प्राप्तिि र उहाँको हामीभित्रको उपस्थिति कुनै आत्मगत (subjective) र शंकास्पद अनुभवमा आधारित छैन। यो त परमेश्वरको वचनको स्पष्ट अभिव्यक्तिहरूमा आधारित छ।

३) मुक्ति पाउनुहुँदा के तपाईंले पवित्र आत्मा पनि पाउनुभयो?

के तपाईंले मुक्ति पूर्ण रूपमा पाउनुभएको छ कि तपाईंले केही कुरा पाउन अझ बाँकी नै छ? परमेश्वरको वचनअनुसार हाम्रो मुक्ति एक पूर्ण मुक्ति हो। जुनबेला तपाईंले विश्वासद्वारा ख्रीष्टलाई ग्रहण गर्नुभयो त्यसबेला तपाईंले ख्रीष्टसँगै पाइने सबै कुराहरू प्राप्त गरिसक्नुभयो, जस्तै —

    • • तपाईंले पापहरूका पूर्ण क्षमा पाउनुभयो (एफेसी १:७)
    • • तपाईं ख्रीष्टको शरीरको एउटा अङ्ग बन्नुभयो (१ कोरिन्थी १२:१३)
    • • तपाईं परमेश्वरको परिवारको एउटा सदस्य बन्नुभयो (यूहन्ना १:१२)
    • • तपाईंले अनन्त जीवनको वरदान पाउनुभयो (१ यूहन्ना ५:११-१२)
    • • अनि अरू थुप्रै कुराहरू पाउनुभयो!!

[निम्न सामग्रीलाई अध्ययन गर्नुहोस्: मैले मुक्ति पाएको दिनदेखि म के कस्ता कुराहरूका भागीदार बनेको छु — २१५ ओटा सत्यताहरू]

हामीले पवित्र आत्मालाई मुक्ति पाएकै घडीमा पाउँछौं कि मुक्ति पाएको केही समय पछि पाउँछौं? रोमी ५:५ मा यसको जवाफ पाइन्छ — “अनि आशाले चाहिँ शर्ममा पर्न दिँदैन किनभने हामीलाई दिइनुभएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयहरूमा खन्याइएको छ।” यस पद अनुसार, पवित्र आत्मा हामीलाई कुन घडीमा दिइनुभएको थियो?
___________________________________________ ______________________

हाम्रा क्यारिज्म्याटिक मित्रहरू “फुल गस्पेल” (पूर्ण सुसमाचार) को प्रायः कुरा गर्छन्। उहाँहरूको विचारमा अरूहरूको सुसमाचार अपूर्ण छ — “केवल ख्रीष्ट र क्रूसको प्रचार पर्याप्त) छैन। ख्रीष्टमा सरल रूपमा मुक्ति पाउनु पर्याप्ता होइन। तपाईंहरूलाई अझ अरू कुराको आवश्यकता छ। तपाईंहरूले अन्य भाषा बोल्ने आदि जस्ता पेन्टेकोस्टको अनुभव पाउन खाँचो छ।” तर यस्तो भनाइलाई १ कोरिन्थी २:२ सित तुलना गर्नुहोस्।

जवाफमा हामी भन्छौं, उल्टो क्यारिज्म्याटिकहरूसँग नै पूर्ण मुक्ति नभएको जस्तै देखिन्छ। त्यसमा घटी छ, अभाव छ। त्यसमा केही अति महत्त्वपूर्ण कुराहरू छुटेका देखिन्छन्। तिनीहरू भन्छन्, पवित्र आत्मा नपाइकनै एक व्यक्तिले मुक्ति पाउन सक्छ। मुक्ति पाएर पनि एक व्यक्तिले केही आवश्यक दानहरू नपाएको हुन्छ, अरे।

येशू ख्रीष्टमा पाइने मुक्ति एक पूर्ण र सिद्ध मुक्ति हो। ख्रीष्टलाई ग्रहण गर्दा एउटा व्यक्तिले ख्रीष्टको साथ-साथ पाइने सबै कुराहरू प्राप्त गर्दछ। “उहाँले आफ्नै पुत्रलाई पनि बाँकी राख्नु्भएन, तर हामी सबका निम्ति उहाँलाई अर्पिदिनुभयो त कसरी उहाँले उहाँको साथमा ________ _____________ पनि हामीलाई सित्तैमा दिनुहुनेछैन र (रोमी ८:३२)?” ख्रीष्टियन जीवन जिउने चाबी थप वरदान र आशिषहरू पाउन खोज्नु होइन। ख्रीष्टियन जीवनको चाबी त ख्रीष्टमा बढ्दै जानु र उहाँमा हामीलाई सित्तैंमा दिइएका कुराहरू पत्ता लगाउँदै जानु हो। ख्रीष्टियन जीवनको चाबी त हामी ख्रीष्टमा कति धनाढ्य छौं भनेर सिक्नु हो। आत्मिक करोडपतिहरू भएर पनि प्रायः जसो ख्रीष्टियनहरूले सो कुरा जानेका छैनन्।

हाम्रा क्यारिज्म्याटिक मित्रहरूलाई म एउटा चुनौति दिन चाहन्छु — “म एक विश्वासीलाई आवश्यक परेको कुनचाहिँ कुरा छ होला जुन कुरा मैले येशू ख्रीष्टमा पाइसकेको छैन र पाउन बाँकी नै छ? मलाई साँच्चै कुन कुरा आवश्यक छ जुन कुरा मैले ख्रीष्टमा पाइसकेको छैन?”

४) के विश्वासीहरूले “दोस्रो आशिष” को खोजी गर्नुपर्छ?

“हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता धन्य होऊन्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा __________ आत्मिक आशिषहरूले ख्रीष्टमा आशिषित पार्नुभएको छ” (एफेसी १:३)।

सबै आत्मिक आशिषहरू हाम्रा भइसकेका छन् र ती सब ख्रीष्टमा पाइन्छन्। [यीमध्ये केही आशिषहरूको झलक पाउनलाई पाठकले निम्न सामग्रीलाई अध्ययन गर्न सक्नुहुन्छ: मैले मुक्ति पाएको दिनदेखि म के कस्ता कुराहरूका भागीदार बनेको छु — २१५ ओटा सत्यताहरू] एउटा विश्वासीले यसरी जवाफ दिए, “हजुरचाहिँ केवल दोस्रो आशिषमा पुग्नुभयो? कठै!”

विश्वासीहरू कत्तिको आशिषवान् पारिएका छन्? ख्रीष्ट गरिब बन्नुभयो, उहाँमा हामी धनवान् बन्न सकौं भनेर (२ कोरिन्थी ८:९)। पवलले आत्मिक समस्याहरूले जेलिएका कोरिन्थीहरूलाई यसरी लेख्ना सके, “हरेक कुरामा तिमीहरू उहाँद्वारा धनवान् बनाइएका छौ यसैकारण कुनै पनि अनुग्रहको वरदानमा तिमीहरू कम छैनौ” (१ कोरिन्थी १:५,७)।

विश्वासीहरूलाई भनिएको छ,

“उहाँमा नै तिमीहरू पूर्ण छौ” (कलस्सी २:१०)। [पाठकले अङ्ग्रेजीमा उपलब्ध Ye are Complete in Him भन्ने अध्ययन पढ्न सक्नुहुन्छ]

यदि हामी ख्रीष्टमा पूर्ण छौं भने हामीमा दोस्रो आशिषको अभाव हुन सक्छ र? बाइबलले रोमी ८:३२ मा परमेश्वरले हामीलाई ख्रीष्टको साथमा सबै कुराहरू सित्तैंमा दिइसक्नुभयो भनेर सिकाउँछ। हाम्रो अभाव दोस्रो आशिषको अनुभवको अभाव होइन तर हामीलाई दिइसकेका परमेश्वरको अनुग्रहको धनलाई अपनाउन सक्ने विश्वासको अभाव हो। हामी आफ्ना सम्पत्तिहरूलाई व्यवहारमा आफ्नो बनाउन चुकिरहेका हुन्छौं।

५) पवित्र आत्मा पाइएको प्रमाण के हो?

आफूले पवित्र आत्मा पाउनुभएको प्रमाण तपाईं कसरी दिनुहुन्छ? हाम्रा क्यारिज्म्याटिक मित्रहरूले आफूहरूले अन्य भाषामा बोलेका (“आत्माको बप्ति्स्मा”) कुरालाई पवित्र आत्मा पाएको प्रमाणस्वरूप औंल्याउँछन्।

तर पवित्र शास्त्रले के भन्दछ?

“तर _____________ ________ हो: प्रेम, आनन्द, शान्ति, सहनशीलता, कृपा, भलाइ, विश्वास, नम्रता, संयम” (गलाती ५:२२)।

यदि तपाईंले पवित्र आत्मा साँच्चै पाउनुभएको छ भने के हामीले तपाईंको जीवनमा आत्माको फल देख्नेल अपेक्षा राख्नश सक्दैनौं? यदि तपाईं आफूलाई स्याउको बोट भएको दाबी गर्नुहुन्छ भने, स्याउ देखाउनुहोस् न त। यदि तपाईंसँग परमेश्वरको पवित्र आत्मा हुनुभएको दाबी गर्नुहुन्छ भने आत्माको फल देखाउनुहोस् न त।

“किनकि परमेश्वरको इच्छा यही हो — तिमीहरूको पवित्रता। तिमीहरू व्यभिचारबाट अलग बस…किनकि परमेश्वरले हामीलाई अशुद्धताका निम्ति होइन, तर __________का निम्ति बोलाउनुभएको छ। यसकारण जसले यस कुरालाई तुच्छ ठान्छ, त्यसले मानिसलाई होइन, तर परेमेश्वरलाई तुच्छ ठान्छ, जसले हामीलाई आफ्ना पवित्र ___________ पनि दिनुभएको छ” (१ थेस्सलोनिकी ४:३,७,८)।

एक व्यक्तिले पवित्र आत्मा पाएको प्रमाण उसको पवित्र जीवनले नै दिन्छ। यदि मैले पवित्र आत्मा साँच्चै पाएको छु भने के मैले पवित्र जीवन बिताउनुपर्ने होइन र? (तुलना गर्नुहोस् २ तिमोथी २:१९ — “ख्रीष्टको नाम लिने हरेक जन अधर्मबाट अलग रहोस्।”

“अनि परमेश्वरका ___________ आत्मालाई शोकित नपार, जसद्वारा तिमीहरू छुटकाराको दिनका निम्ति छाप मारिएका छौ” (एफेसी ४:३०)। यदि तपाईंले पवित्र आत्मालाई पाउनुभएको छ र परमेश्वरको सन्तान बन्नुभएको छ भने, आफू प्रभुको अनाज्ञाकारी बन्न पुग्दा र उहाँलाई मन नपर्ने काम गर्न पुग्दा तपाईंलाई कस्तो अनुभव हुन्छ? के तपाईंलाई अप्ठेरो महसुस हुँदैन, दोष महसुस हुँदैन, अशान्ति हुँदैन? २ पत्रुस २:७-८ मा बयान गरिएको धर्मी लूतको अवस्थासित तुलना गर्नुहोस्। विश्वासीभित्र वास गर्नुहुने पवित्र आत्माले विश्वासीलाई आफ्नो शोकित उपस्थितिको महसुस दिलाउने काम गर्नुहुन्छ। पापमय जीवन बिताउने व्यक्ति, जसले आफू पापमय जीवन बिताइरहेछु भनेर जान्दछ र त्यसरी नै जिउन रमाउँदछ र त्यहीअनुसारको पापमय जीवन बिताइरहने अभिप्राय राख्दछ, उसभित्र पवित्र आत्मा हुनुहुन्न। पापमा जिउन उसलाई कुनै अप्ठेरो नलाग्नु नै पवित्र आत्मा उसभित्र उपस्थित हुनुहुन्न भन्ने कुराको प्रमाण हो। [R.Gene Reynolds, Assurance of Salvation, page 73]

६) अन्य भाषाहरूको वरदान के हो? वास्तविक भाषाहरू कि बुझ्न नसकिने उच्चारणहरू?

हामी सर्वप्रथम आजकल हुने गरेको अन्य भाषाहरूको अभ्यासलाई विचार गरौं। त्यहाँ वास्तवमा के बोलिन्छन्? साँच्चीकै भाषा कि अर्थहीन बकबक?

“क्यारिज्म्याटिक व्यक्तिहरूले आफ्नो अन्य भाषालाई प्रार्थना गर्नका लागि परमेश्वरद्वारा दिइएको, सम्भवत: स्वर्गदूतको भाषाको रूपमा लिन्छन्। तर केवल बुझ्ने भाषामा परमेश्वरलाई सम्बोधन गर्नेहरूका निम्ति र भाषाविदहरू (जोहरू यस विषयमा एकमत छन्) को जानकारी अनुसार अन्य भाषामा भाषाको कत्ति पनि चरित्र नरहेको पाइन्छ” (“क्यारिज्म्याटिक रिनुवल”, मार्च ७, १९८० को क्रिश्चियानिटी टुडेको पृष्ठ १६-१७ मा जे आइ प्याकरको लेखबाट)।

“विलियम समारिन, टोरोन्टो युनिभर्सिटीका भाषाविज्ञानका प्राध्यापक लेख्नुरहुन्छ:

‘पाँच वर्षको अवधि लगाएर मैले इटाली, हल्याण्ड, जमाइका, क्यानडा र संयुक्त राज्य अमेरिकाका सभाहरूमा भाग लिएको छु। मैले पुरानो खाले पेन्टेकोस्टलहरू र नयाँ खाले पेन्टेकोस्टलहरूको अवलोकन गरेको छु। म निजी घरहरूमा हुने साना जमघटहरूमा पुगेको छु साथै बडेमाका सार्वजनिक सभाहरूमा पुगेको छु। मैले [न्यूयोर्कस्थित] ब्रङ्क्सका प्वेर्टो-रिकनहरू, आपलेचियनहरूका सर्प खेलाउनेहरू र लस-एन्जलसका रूसी मलाकन्सहरू जस्ता फरक-फरक संस्कृतिहरूका बीचमा पुगेको छु…मैले अन्य भाषा बोल्नेहरूसित अन्तर्वार्ता लिएको छु र अन्य भाषाको असंख्य नमुनाहरू रेकर्ड गरेको छु र तिनका विश्लेषण गरेको छु। हरेकमै ग्लोसोलेलिया [अन्य भाषा] भाषा विज्ञानको दृष्टिकोणमा अर्थहीन भेटियो। सतहमा मिल्दोजुल्दो रूप भए तापनि ग्लोसोलेलिया वास्तवमा भाषा होइन।'” (द क्यारिज्म्याटिक्स्, पृष्ठ १६२ मा जन म्याकआर्थरद्वारा उद्धृत)।

अर्को शब्दमा भन्ने हो भने, तपाईं क्यारिज्म्याटिक सभामा जानुहोस् जहाँ मानिसहरू अन्य भाषाहरूमा बोलिरहेका छन्, टेप रिकर्डरमा अन्य भाषाका बोलिहरूलाई रिकर्ड गर्नुहोस् र टेप रिकर्डरलाई सर्वोत्कृष्ट भाषाविदहरूकहाँ लगेर उनीहरूलाई अन्य भाषाका ती उच्चारणहरू अध्ययन गर्न दिनुहोस्। तब उनीहरूको निष्कर्ष के हुनेछ? उनीहरूको निष्कर्ष यो हुनेछ, यी उच्चारणहरू अर्थहीन छन्, यी कुनै भाषा होइनन्।

यी कथित “अन्य भाषाहरू” त बाइबलका पन्नाहरूमा वर्णित अन्य भाषाहरू भन्दा ज्यादै फरक छन्। यस बारेमा चाबी खण्डचाहिँ प्रेरित अध्याय २ मा पाइन्छ जहाँ अन्य भाषाहरूको वरदानको पहिलो ऐतिहासिक प्रयोगको बयान छ। पेन्टेकोस्टको त्यस दिनमा के बोलिएका थिए त? यो निर्विवाद छ, त्यस दिन वास्तविक भाषाहरू नै बोलिएका थिए:

“तर जब त्यो आवाज भयो, तब एउटा भीड भेला भयो, र ती छक्कै परे; किनकि हरेक मानिसले उसको आफ्नै भा_________ तिनीहरूलाई बोलिरहेका सुन्यो…अनि कसरी हामीमध्ये हरेकले जुन भाषामा हामी जन्म्यौं, त्यसैमा बोलेको सुन्दैछौं ता?” (प्रेरित २:६,८)।

यस खण्डबाट हामी बाइबलीय अन्य भाषाको वरदानको परिभाषा नियमपूर्वक स्थापित गर्न सक्दछौं। अन्य भाषाको वरदान भनेको आफूले कहिल्यै नसिकेको भाषालाई बोल्न सक्ने अलौकिक क्षमता हो। यो अलौकिक थियो किनभने “आत्माले तिनीहरूलाई बोली दिनुभएअनुसार” (पद ४) थियो यो र उहाँबेगर यो हुन नै सक्दैनथ्यो। यो वास्तविक भाषा थियो “किनकि हरेक मानिसले उसको आफ्नै भाषामा तिनीहरूलाई बोलिरहेका सुन्यो” (पद ६)। ती वक्ताहरू आफूले कहिल्यै नसिकेका भाषाहरूमा बोल्दैथिए:

“अनि तिनीहरू सबै छक्कै परेर आपसमा यसो भन्दै अचम्म माने: “हेर, के यी बोल्नेहरू सबै गालीली होइनन् र?” (पद ७)।

अर्को चाबी खण्ड हो १ कोरिन्थी १४। अन्य भाषाहरू वास्तविक भाषाहरू थिए भन्ने तथ्यलाई समर्थन गर्ने दुइटा मजबुत तर्कहरू यस अध्यायमा भेटिन्छन्:

तर्क #१ – अन्य भाषाहरूलाई अनुवाद गर्न सकिन्थ्यो भन्ने तथ्य

१ कोरिन्थी १४:५,१३,२७,२८ मा हेर्नुहोस्। कुनै पनि विदेशी बोलीको अर्थ यदि बुझिने हो भने त्यसलाई अनुवाद गरिनुपर्दछ। त्यसैले त संयुक्त राष्ट्र संघका अधिवेशनहरूमा दोभाषेहरू (interpreters) प्रयोग गरिन्छन्। यी निपुण अनुवादकहरूले भाषाको रूपान्तर गरिदिएर विभिन्न राष्ट्रका प्रतिनिधिहरूलाई निजहरूले नबुझ्ने भाषामा बोलिएका कुरा बुझ्नलाई सेवा पुर्याभउँछन्। मत्ती १:२३ मा “अर्थ” (interpretation) को माने “अनुवाद” हो भनेर देख्नत सकिन्छ (हिब्रूमा “इम्मानुएल” लाई नेपालीमा “परमेश्वर हामीसित” भनेर अनुवाद गरिन्छ)।

हाम्रो तर्क यत्ति हो: वास्तविक भाषाको मात्र अर्थ हुन्छ अर्थात् त्यसलाई अनुवाद गर्न सकिन्छ। उत्तेजित उच्चारणहरू वा अर्थहीन ध्वनीहरू वा अर्थ नभएका बकबकलाई अनुवाद गर्न सकिन्न। उदाहरणको लागि “अमेजिङ्ग ग्रेस” शीर्षक भएको आत्मिक गीत नेपालीमा अनुवाद गरिन सकियो किनकि उक्त गीत एउटा वास्तविक भाषा (अङ्ग्रेजि) मा रचना गरिएको थियो। तर “फा ला ला ला ला ला ला ला ला” भनेर गाइने एउटा ख्रीष्टमस गीत भने अनुवाद गर्न सकिन्न किनकि यी स्वरहरू अर्थहीन छन्, सायद यीचाहिँ एक रमाइलो मानिरहेको व्यक्तिको भावुक अभिव्यक्ति भने होलान्।

निष्कर्ष: वास्तविक भाषाहरूको मात्र अर्थ बताउन सकिन्छ वा अनुवाद गर्न सकिन्छ। १ कोरिन्थी १४ अध्यायका अन्य भाषाहरू अनुवाद गर्न सकिन्थे। तसर्थ १ कोरिन्थी १४ अध्यायका अन्य भाषाहरू वास्तविक भाषाहरू थिए।

तर्क #२ – अन्य भाषाहरूमा शब्दहरू थिए भन्ने तथ्य

१ कोरिन्थी १४:१९ मा पढ्नुहोस् — “तरै पनि मण्डलीमा अन्य भाषामा दस हजार शब्दबोल्नुभन्दा ता बरु अरूलाई पनि सिकाउन सकूँ भनेर आफ्नो समझले _____________ ___________ बोल्नु नै म चाहन्छु।” यस पदले ज्यादै स्पष्ट देखाउँछ कि अन्य भाषाहरूको वरदानमा “शब्द” हुन्थे। शब्द के हुन् त? अर्थ बोकेका स्वर हुन् ती। ती अर्थ बोक्ने माध्यम हुन् जसद्वारा हामी एक-अर्कासँग संवाद गर्दछौं। बाइबलमा अन्य भाषाहरू कुनै उत्तेजित उच्चारणहरू थिएनन्, ती त शब्दहरू थिए। अर्थहीन आवाज थिएनन् ती, ती त शब्दहरू थिए। अर्थ नभएक बकबक थिएनन् ती, ती त शब्दहरू थिए। उत्तेजित उच्चारणहरू थिएनन् ती, ती त अर्थपूर्ण उच्चारणहरू थिए।

अन्य भाषाहरूको वरदान विश्वमा बोलिने वास्तविक भाषाहरू थिए भन्ने कुरालाई समर्थन गर्ने थप तर्कहरूका लागि अङ्ग्रेजी पाठकले बाइबलीय अन्य भाषाहरू वास्तविक भाषाहरू थिए – १२ ओटा कारणहरू (Twelve Reasons Why Biblical Tongues Were Real Languages) भन्ने लेखलाई अध्ययन गर्न सक्नुहुन्छ।

७) के नयाँ नियमका समयमा हरेक विश्वासीले अन्य भाषाहरूमा बोल्नैपर्छ भन्ने धारणा थियो?

के अन्य भाषाहरूको वरदान हरेक विश्वासीलाई दिइन्थ्यो? के अन्य भाषाहरू हरेक विश्वासीले बोल्नुपर्छ भनेर अपेक्षा गरिन्थ्यो?

१ कोरिन्थी १२:४-११ बाट हामी यो सिक्छौं हरेक विश्वासी जनसित एक न एक आत्मिक वरदान हुन्छ तर हरेक विश्वासीको वरदान एउटै हुँदैन। केही विश्वासीहरूसित अन्य भाषाहरूको दान थियो (पद १०) तर सबैसित होइन। १ कोरिन्थी १२:३० मा प्रश्नर गरिएको छ, “के सबैले विभिन्न भाषाहरू बोल्छन्?” यो यस्तो खाले प्रश्न। हो जसले नकारात्मक जवाफको माग गर्दछ। यसलाई नेपालीमा यसरी अनुवाद गर्न सकिन्छ, “के सबैले विभिन्न भाषाहरू बोल्छन् र?” यसको जवाफ हुन्छ, “बोल्दैनन्!” सबैले नै अन्य भाषाहरूमा बोल्दैनन्। यो दान कतिसित थियो तर सबैसित थिएन। यसर्थ के नयाँ नियमको समयमा अन्य भाषाहरूको वरदान हरेक विश्वासीलाई दिइन्थ्यो? _______

त्यसो भए क्यारिज्म्याटिक समूहहरूमा किन सबैलाई नै अन्य भाषाहरूमा बोल्न अर्ती दिइन्छ र कर लगाइन्छ? यो सबैलाई दिइने वरदान होइन भने किन सबैलाई यसै गर्नुपर्छ भन्ने सल्लाह दिइन्छ?

८) अन्य भाषाहरूमा बोल्नुपर्छ भनेर विश्वासीलाई आज्ञा दिइएको भए सो कहाँ उल्लेख छ त?

त्यस्तो आज्ञा कतै छ त? “पवित्र आत्माले ____________ होओ” (एफेसी ५:१८) भन्ने आज्ञा त छ। “आत्मामा _______” (गलाती ५:१६) भन्ने आज्ञा त छ। तर अन्य भाषाहरूमा बोल्नका लागि भने कतै आज्ञा दिइएको पाइँदैन। त्यस्तो आज्ञा कतै भेटिएला भन्ने आशा गर्न पनि मिल्दैन। किनभने जुन काम गर्न सकोस् भनेर परमेश्वरले कसै-कसैलाई मात्र क्षमता दिनुभयो, त्यही काम गरोस् भनेर उहाँले सबै विश्वासीहरूलाई कसरी आज्ञा गर्नुहुन्थ्यो र?

हाम्रा क्यारिज्म्याटिक मित्रहरूलाई एउटा चुनौती दिन चाहन्छौं: “यदि तपाईंहरूले मैले अन्य भाषामा बोल्नुपर्छ भन्ने एउटै मात्र आज्ञा परमेश्वरको वचनबाट प्रस्तुत गर्न सक्नुहुन्छ भने म खुसीसित अन्य भाषामा बोल्नलाई इच्छुक बन्नेछु।”

अन्य भाषाहरूमा बोल्न सिक्न मदत गर्ने प्रयासमा क्यारिज्म्याटिक अगुवाहरूले मानिसहरूलाई के-कस्ता निर्देशन दिने गर्छन्? एउटा उदाहरण यस प्रकार छ:

“[आफ्नो मातृभाषा] को एक शब्द पनि नबोल्ने अठोट गर्नुहोस् (किनभने एकैचोटि दुइटा भाषामा बोल्न सकिन्न)। आफ्नो स्वरको आवाज उठाउनुहोस् अनि पवित्र आत्माले तपाईंलाई नयाँ भाषाको उच्चारण अलौकिक तवरले दिनुहुनेछ। ‘के भन्ने होला’ भनेर फिक्री नगर्नुहोस् किनकि यो भाषा अलौकिक तवरले बोलिन्छ र यो भाषा मन वा मस्तिष्कबाट आउने कुरो होइन तर पवित्र आत्माद्वारा चलाइएर तपाईंको आत्माबाट आउने कुरो हो। विश्वासमा बोली-संयन्त्र (स्वर यन्त्र, जिभ्रो, ओठहरू) लाई क्रियाशील बनाउनुहोस् जसरी कुनै भाषामा बोल्दा ती क्रियाशील गरिन्छन् अनि पवित्र आत्माले, तपाईंभित्र अब रहनुभई, तपाईंलाई बोली दिनुहुनेछ।” [From a tract published by Dr. Hobart Freeman, Faith Ministries and Publications (Warsaw, Indiana)]

प्राचीन मण्डली इतिहासको पन्नामा पाइने अर्को उदाहरण यस प्रकार छ:

मार्कस: “‘आफ्नो मुख खोल्नू, तिमीलाई जे आउँछ त्यही बोल्नू।’ यस वचनको कारण घमण्डले फुलेर, आफूले नै अगमवाणी बोल्ने भएँ भन्ने प्रतिक्षाले प्राणमा अति उत्तेजित भएर, भावनाले उत्प्रेरित हुन गएको मुटुको जोडदार धड्कनका साथ-साथै दु:साहसको शिखरमा पुग्न सकेपछि उनले आफूलाई आएको कुनै एउटा अर्थहीन कुरा बिनालाज त्यस्तो बोलीमा बोल्दछिन् जुनचाहिँ एउटा रित्तो आत्माद्वारा चङ्गाइ पाएको व्यक्तिबाट अपेक्षा गर्न सकिन्छ।” [Irenaeus Against Heresies]

आफूले बोल्नुपर्ने के हो, त्यसको विचारै नगर्नू अरे? आफ्नो मन-मस्तिष्क प्रयोग नगर्नु अरे? के यस्तो सल्लाह पनि बुद्धिमानी हुन सक्छ? ___________

९) नयाँ नियमको समयमा अन्य भाषाहरूको वरदान कत्तिको महत्त्वपूर्ण थियो?

“म मेरा परमेश्व्रलाई धन्यवाद चढाउँछु — तिमीहरू सबैभन्दा बढी म भाषाहरू बोल्दछु; तरै पनि मण्डलीमा अन्य भाषामा ______ ___________ शब्द बोल्नुभन्दा ता बरु अरूलाई पनि सिकाउन सकूँ भनेर आफ्नो समझले ______________ शब्द बोल्न नै म चाहन्छु” (१ कोरिन्थी १४:१८-१९)।

गजबको तुलना गरिएको छ यहाँ! बुझ्न सकिने पाँचओटा शब्द नै अन्य भाषामा बोलिने दस हजार शब्द भन्दा उत्तम हुन्छन्! प्रवचनलाई पाँच शब्दमा सीमित गर्न भनी कुनै प्रचारकलाई अनुरोध गर्नु कस्तो होला! (१) एकदम (२) थोरै (३) मात्र (४) भन्न (५) सकिन्छ! तर ती पाँच शब्द नै अन्य भाषामा बोलिने दस हजार शब्द भन्दा बढी लाभदायक हुन्छन्। बाइबल अध्ययनमा पनि यही सिद्धान्त लागु हुन्छ। छिट्टो-छिट्टो १० अध्यायहरू पढेर त्यसबाट केही पनि लाभ नहुनु भन्दा त बुझेर आफ्नो जीवनमा लागु गर्दै बरू दुई वा तीन पदहरू पढ्नु नै उत्तम हो।

दस हजार शब्द बोल्न करिब डेढ घण्टा समय लाग्छ। पाँच शब्द बोल्न दुई सेकेन्ड मात्र लाग्छ। दुई घण्टा लगाएर नबुझिने शब्दमा बोल्नु भन्दा दुई सेकेन्डमा “ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो” (१ कोरिन्थी १५:३) भनेर बताउन नै पावल रोज्दछन्। जब त्यो बुझ्न सकिँदैनथ्यो त्यस बेला अन्य भाषाको कुनै महत्त्व रहँदैनथ्यो। यसैकारण अन्य भाषाको अनुवाद अनिवार्य गरिनुपर्थ्यो।

१ कोरिन्थी १४ मा पावलले अन्य भाषाको वरदान भन्दा भविष्यवाणीको वरदान बढी मूल्यवान रहेको बताउँछन् (१-५ पदहरू पढ्नुहोस्)। पावलले १ कोरिन्थी १२:२८ मा केही वरदानहरूलाई तिनका तुलनात्मक महत्त्वको आधारमा सूचीत गरेको देखिन्छ: “अनि परमरेश्वरले मण्डलीमा कतिलाई नियुक्त गर्नुभएको छ: पहिलो प्रेरितहरू, दोस्रो भविष्यवक्ताहरू, तेश्रो शिक्षकहरू; त्यसपछि सामर्थ्यका कामहरू, तब निको पार्ने वरदानहरू, सहायताहरू, अगुवाइ गर्ने कामहरू र किसिम-किसिमका भाषाहरू।” यस सूचीको अन्त्यमा कुनचाहिँ वरदानको उल्लेख गरिएको छ?_____________________

१०) अन्य भाषाहरूको वरदान कहिले बन्द भयो?

क्यारिज्म्याटिक जवाफ:

१) “अन्य भाषाहरूको वरदान बन्द भएकै छैन। परमेश्वरले नयाँ नियमको समयमा जस्तै गरी आज पनि अन्य भाषाको वरदान दिँदैहुनुहुन्छ।”

वा,
२) “अन्य भाषाको वरदान मण्डली इतिहासको शुरूतिर अन्त भयो, सम्भवत: पहिलो शताब्दीको अन्ततिर। तरैपनि आजका आखिरी दिनहरूमा अन्य भाषाहरूको वरदान फेरि प्रकट भएको छ र परमेश्वरले फेरि पनि यस वरदानलाई दिँदैहुनुहुन्छ।” बाइबलीय जवाफ:

“प्रेम कहिल्यै टल्दैन। तर चाहे भविष्यवाणीहरू होऊन्, ती बितेर जानेछन्; चाहे भाषाहरू होऊन्, ती ______________ हुनेछन्; चाहे ज्ञान होस्, त्यो बितेर जानेछ” (१ कोरिन्थी १३:८)।

अन्य भाषाहरूको वरदान बन्द हुनेछन् भनी पावलले भविष्यवाणी गरे। यसको मतलव परमेश्वरले अन्य भाषाहरूको वरदान दिने कामलाई रोक्नुहुनेछ। समस्या के छ भने पावलले यस पदमा अन्य भाषाहरू कहिले बन्द हुनेछन् भनेर बताएनन्। उनले “अन्य भाषाहरू ७० एडीमा बन्द हुनेछन्” भनेनन्। उनले “अन्य भाषाहरू १००० वर्ष पछाडि बन्द हुनेछन्” भनेनन् वा उनले “अन्य भाषाहरू प्रभुको दोस्रो आगमनमा बन्द हुनेछन्” भनेनन्।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

ख्रीष्टको शरीरमा अस्थायी आत्मिक वरदानहरू

पाठ १३—ख्रीष्टको शरीरमा अस्थायी आत्मिक वरदानहरू

के केही वरदानहरू अस्थायी छन्?

के वर्तमान समयमा परमेश्वरले दिन छाड्नुभएका दानहरू छन्? अस्थायी दानहरूको दुई उदाहरणहरू हेरौं:

प्रेरित हुने दान:

आज मण्डलीमा प्रेरितहरू छैनन्, यो कुरा धेरैजना, पेन्टेकोष्टलवादका विद्वानहरूले पनि मानिलिएका छन्। मर्मनहरूले साथै अन्य सतही समूहहरूले आज पनि प्रेरितहरू छन् भनी विश्वास गर्छन्, तर यी समूहहरूमध्ये अधिकांशले प्रेरितहरू पहिलो सताब्दीका एकदम विशिष्ट, चुनिएका र दान पाएकाहरूको विशेष समूह थियो भनी मान्दछन्। १ कोरिन्थी ९:१ मा बौरिउठ्नुभएको ख्रीष्टलाई देख्ने मानिस नै साँचो प्रेरित हो भन्ने कुराको सङ्केत छ। वर्तमान समयका विश्वासीहरूको बारेमा यो साँचो हुन सक्दैन, किनभने येशूले भन्नुभयो, “म _______________ जान्छु, अनि तिमीहरूले मलाई ______ ____________” (यूहन्ना १६:१०)। साथै १ पत्रुस १:८ ले भन्दछ, “उहाँलाई _______________ तिमीहरू प्रेम गर्दछौ…”

भविष्यवाणीको दान:

आज मण्डलीमा परमेश्वरद्वारा दान प्राप्त भविष्यवक्ताहरू छैनन्, यद्यपि त्यहाँ धेरै झूटा भविष्यवक्ताहरू भने छन्। धेरै क्यारिज्म्याटिक मानिसहरूले भविष्यवाणीको दान आजको निम्ति पनि हो भनी विश्वास गर्दछन्। यसको बारेमा यही पाठमा चर्चा गर्नेछौं।

भविष्यवक्ताको वरदानका गलत परिभाषाहरू:

१) “परमेश्वरको वचनलाई बुझ्ने र व्याख्या गर्ने क्षमता” (बिल्ली ग्राहाम)

२) “भविष्यवक्ताको वरदान वास्तवमा परमेश्वरको वचनलाई घोषणा गर्ने क्षमता थियो…त्यसैले यो वरदानचाहिँ मानिसहरूका सामु बोल्ने, परमेश्वरको वचन घोषणा गर्ने क्षमता थियो जसमा कहिलेकाहीँ भविष्यको कुरा बताउन सक्ने तत्त्व समेत समावेश हुन्थ्यो।” [जन म्याकार्थर जुनियर, द क्यारिज्म्याटिक्स, पृष्ठ १६४। जन म्याकार्थरको शिक्षाअनुसार परमेश्वरले आज अगमवाणीको वरदान दिनुहुन्छ तर अगमवक्ताहरू भने आज छैनन्। उनको शिक्षाअनुसार अगमवक्ताको वरदान (एफेसी ४:११) आज मण्डलीमा पाइँदैन तरैपनि अगमवाणीको वरदान भने पाइन्छ। १ कोरिन्थीको उनको टिप्पणी, पृष्ठ ३२२-३२४ मा हेर्नुहोस् र एफेसीको टिप्पणी पृष्ठ १४१-१४२ मा। यसअनुसार एउटा व्यक्तिसित अगवाणीको वरदान हुन सक्छ र उसले अगमवाणी कहन सक्छ तर ऊ अगमवक्ता होइन। यसको तात्पर्य चाहिँ एउटा व्यक्तिसित शिक्षाको वरदान भएर पनि ऊ शिक्षक नहुन सक्छ वा पास्टरको काम गर्ने वरदान भएर पनि पास्टर नहुन सक्छ।]

यी परिभाषाहरू त्रुटिपूर्ण छन्। यी परिभाषाहरू अनुसार कुनै पनि दानयुक्त बाइबल शिक्षक र कुनै पनि दानयुक्त पास्टरसित भविष्यवाणीको वरदान हुने देखिन्छ। हरेक पास्टरसित परमेश्वरको वचनलाई घोषणा गर्ने र त्यसको व्याख्या गर्ने क्षमता हुनुपर्छ तर त्यसो हुँदैमा पास्टर भविष्यवक्ता बन्दैन।

यी परिभाषाहरूले भविष्यवाणीको वरदान र शिक्षकको वरदानका बीच सठीक भिन्नता राख्दैन। १ कोरिन्थी १२:२८-२९ मा हेर्नुहोस् जहाँ शिक्षकको वरदान भएकाहरू र भविष्यवक्ताको वरदान भएकाहरूका बीच प्रस्ट भिन्नता राखिएको पाइन्छ।

भविष्यवाणीको वरदानको बाइबलीय परिभाषा:

अनि तिमी उसैसँग बोल्नु, र वचनहरू उसको ___________ हालिदेऊ! अनि म तिम्रो मुखको साथमा र उसको मुखको साथमा हुनेछु; र तिमीहरूले जे गर्नुपर्छ, सो म तिमीहरूलाई सिकाउनेछु। अनि ऊचाहिँ तिम्रा निम्ति मानिसहरूसँग बोलिदिने ________ हुनेछ; अनि यस्तो हुनेछ – ऊ, अँ, ऊ नै तिम्रा निम्ति _________ हुनेछ; अनि तिमीचाहिँ उसका निम्ति ईश्वरको स्थानमा हुनेछौ (प्रस्थान ४:१५-१६)।

तब परमप्रभुले मोशालाई भन्नुभयो: “हेर, मैले तिमीलाई फराओका निम्ति ईश्वर बनाएको छु; अनि तिम्रा दाजु हारूनचाहिँ तिम्रा ________________ हुनेछन्। म तिमीलाई जे-जे आज्ञा गर्दछु, ती सबै कुराहरू तिमीले भन्नू! अनि तिम्रा दाजु हारूनले फाराओलाई भनून्, कि त्यसले इस्राएलीहरूलाई आफ्नो देशबाट पठाइदेओस्! (प्रस्थान ७:१-२)।

हारून मोशाका निम्ति प्रवक्ता तुल्याइए। अगमवक्ता र परमेश्वरको जस्तो सम्बन्ध हुन्छ त्यस्तै हारूनमोशाको सम्बन्ध तुल्याइयो। यसको मतलब? हारूनले मोशाका वचनहरू बोल्थे जसरी अगमवक्ताले परमेश्वरका वचनहरू बोल्थे। हारून मोशाको मुख तुल्याइए जसरी अगमवक्ता परमेश्वरको मुख तुल्याइएका हुन्थे्। हारून मोशका प्रवक्ता थिए जसरी अगमवक्ता परमेश्वरका प्रवक्ता हुन्थे, परमेश्वरको मुखको रूपमा काम गर्थे, परमेश्वरकै सन्देश घोषणा गर्ने काम गर्थे (“परमप्रभु यसो भन्नुहुन्छ!”)। अगमवक्ताको ईश्वरीय परिभाषा यही हो। तसर्थ अगमवाणीचाहिँ परमेश्वरबाटको दान हो जसद्वारा एक व्यक्तिले परमेश्वरको सन्देश घोषणा गर्न सक्दछ र परमेश्वरकै वचन बोल्न सक्दछ। प्रत्येक अगमवाणीले यो छाप बोकेको हुन्छ — ” किनकि परमप्रभुको मुखले यसो भनेको छ!”

नयाँ नियमका निम्न खण्डहरूबाट अगमवाणीको दान बुझ्न हामीलाई मदत मिल्छ: “किनकि कुनै पनि समयमा ___________ मानिसको इच्छाद्वारा आएन, तर परमेश्वरका पवित्र जनहरू पवित्र आत्माद्वारा __________ पाएर बोले” (२ पत्रुस १:२१)। पवित्र आत्माद्वारा चलाइएर नै अगमवक्ता (भविष्यवक्ता) हरूले ठीक त्यही कुरा बोले (र लेखे) फलस्वरूप उनीहरूले जुन परमेश्वरले चाहनुभएको थियो। त्यो परमेश्वरकै सन्देश थियो, परमेश्वरकै वचन थियो। “अब प्रभुले भविष्यवक्ताद्वारा भन्नुभएको कुरा पूरा होओस् भनेर यो सब भएको थियो” (मत्ती १:२२)। बोल्नेचाहिँ परमेश्वर हुनुहुन्थ्यो, तर उहाँले कसरी बोल्नुभयो? उहाँले अगमवक्ताको मुख प्रयोग गर्नुभयो (यस उदाहरणमा यशैयाको मुखलाई)। त्यो परमेश्वरकै सन्देश र वचन थियो तर एउटा मान्छेको मुखद्वारा घोषणा गरियो।

अगमवक्ता सयमा सय प्रतिशत अचूक हुनुपर्थ्यो। भविष्यवक्ताको पूर्वसूचना साँचो नभएको खण्डमा, त्यसको अर्थ के हुनेथियो? (व्यवस्था १८:२१-२२ हेर्नुहोस्)? ____________________________________________ __________________ यदि परमेश्वरको सन्देश अगमवक्ताको मुखद्वारा घोषणा गरिन्छ भने त्यो सयमा सय प्रतिशत अचूक हुन्छ। अगमवक्ताले अगमवक्ताको हैसियतमा बोल्दाखेरि उसले परमेश्वरको वचन बोल्दछ (“परमप्रभु यसो भन्नुहुन्छ!”) , र त्यो सन्देश त्रुटिरहित हुन्छ र सयमा सय प्रतिशत अचूक हुन्छ। एउटा शिक्षक (वा पास्टर-शिक्षक) ले परमेश्वरबाट दिइसकिएको परमेश्वरको वचनको व्याख्या गर्दछ। सबैभन्दा अस बाइबल शिक्षक पनि त्रुटिरहित हुँदैन, ऊ चुक्न सक्दछ।

अगमवाणी (भविष्यवाणी) के हो? अगमवाणी भनेको प्रेरणायुक्त बोली हो। यो बोली वा लिखतमा परमेश्वरकै वचन हो। मीकायाको परिभाषाअनुसार अगमवाणी के हो, २ इतिहास १८:१३ मा हेर्नुहोस्, “मेरा ________________ मलाई जे भन्नुहुन्छ, त्यही मात्र _____________।”

अगमवक्ता (भविष्यवक्ता) के हो? अगमवक्ता भनेको परमेश्वरको मुख हो जसद्वारा परमेश्वर बोल्नुभयो र उहाँले आफ्नो सिद्ध र अचूक प्रकाश दिनुभयो।

के वर्तमान समयमा पनि साँचो अगमवक्ताहरू छन्?

अगमवाणीको दान आज पनि दिइँदै छ भन्ने धेरैजनाको दाबी छ। यदि यो साँचो हो भने यसको तात्पर्य के हुनेथ्यो विचार गरौं त। यसको मतलब परमेश्वरले आज पनि आफ्नो वचन दिँदैहुनुहुन्छ र त्यसैले पवित्रशास्त्र अपूरो छ भन्ने हुन्थ्यो। यदि आज पनि वर्तमान अगमवक्ताहरूद्वारा परमेश्वरले थप प्रकाश दिँदै हुनुहुन्थ्यो भने बाइबलका ६६ पुस्तकहरू पर्याप्ति छैनन् भन्ने बुझिन्थ्यो। यी आधुनिक अगमवक्ताहरूले आपूर्ति गरिदिने अत्यावशक सत्यताहरू र तथ्यहरूबिना बाइबल अपूरो छ भन्ने बुझिन्थ्यो। बाइबल पर्याप्तस छैन भन्ने बुझिन्थ्यो! हामीलाई बाइबलबाहेक यी नयाँ अगमवाणीहरू चाहिन्थ्यो!

यस प्रकारको शिक्षा, हाम्रो विश्वास र अभ्यासको लागि बाइबल नै यथेष्ट छ भन्ने सत्यतामाथि एउटा गम्भीर प्रहार हो। हामी परमेश्वरको मुखबाट निस्कने प्रत्येक वचनले बाँच्नुपर्छ (मत्ती ४:४), र यी वचनहरू बाइबलका ६६ पुस्तकहरूमा पाइन्छन्।

“होइन, मण्डलीलाई आज स्वर्गबाट नयाँ प्रकाश चाहिएको होइन! हामीसँग पूरो बाइबल छँदै छ, र यसको अर्थ खुलाउन र यसलाई व्यावहारिक बनाउन हामीसँग पवित्र आत्मा हुनुहुन्छ। मण्डलीलाई चाहिएको को हो? मण्डलीलाई चहिएको यो हो — आफ्नो परमेश्वरलाई साँच्ची नै चिन्ने र उहाँको एकमात्र लिखित प्रकाशलाई आदर गर्ने व्यक्तिहरूद्वारा अधिकार र प्रेमले पवित्र आत्माको सामर्थ्यमा घोषणा गरिएको परमेश्वरको सारा मनसायको एउटा नयाँ चुनौती। तब मात्र हाम्रा सबैभन्दा गहिरा खाँचोहरू पूरा हुने र यस पुस्तामा उहाँको मण्डलीको लागि परमेश्वरको उद्देश्य पूरा हुने आशा गर्न सक्छौं।” [डाक्टर जन सी. ह्विटकम्ब, डज गड वान्ट क्रिश्चियनस् टु परफोर्म मिराकल्स टुडे? (BMH Books, 1973), pages 12-13]

अगमवाणीको वरदान शुरूको मण्डलीलाई आवश्यक रहेको तर बाइबल पूरा भएपछि आवश्यक नरहेको एउटा अस्थायी वरदान थियो भन्ने स्पष्ट सङ्केतहरू नयाँ नियममा पाइन्छन्।

भविष्यवाणीहरू बितेर जानेछन् तर विश्वास, आशा र प्रेम रहिरहनेछन् भनेर १ कोरिन्थी १३:८ र १३ ले बताएको छ। यो भविष्यवाणी पहिलो शताब्दीको अन्ततिर पूरा भयो।

प्रेरितहरू र नयाँ नियमका अगमवक्ताहरू जगका मानिसहरू थिए भन्ने कुरा एफेसी २:२० ले सिकाएको छ: “अनि तिमीहरू प्रेरितहरू र भविष्यवक्ताहरूको जगमाथि बनाइएका छौ, जसको कुनाढुङ्गाचाहिँ येशू ख्रीष्ट आफै हुनुहुन्छ।” जग भनेको निर्माणको पहिलो चरणमा एकैपटक मात्र बसालिने कुरा हो। जगलाई फेरि-फेरि बसालिने काम गरिँदैन। यी मानिसहरू जगमा मानिस थिए किनकि उनीहरूद्वारा नै हामीले नयाँ नियमका लेखोटहरू प्राप्त। गरेका हौं। जगलाई फेरि बसाल्न आवश्यक छैन तर जगमाथि चाहिँ बसाल्न खाँचो छ। सम्भवत: आज परमेश्वरको निर्माण कार्य मानौं “धुरी-चरण” मा पुगिसकेको हुन सक्छ, र चाँडै नै आखिरी “जिउँदो पत्थर” (१ पत्रुस २:५) लाई त्यसको ठाउँमा राखिन सक्छ अनि तब ख्रीष्ट आफ्नो मण्डलीलाई आफूकहाँ लिनलाई आउनुहुनेछ (यूहन्ना १४:१-३; १ थेस्सलोनिकी ४:१३-१८)।

अगमवाणीको वास्तविक वरदान बितेर जानेछ भन्ने सङ्केत २ पत्रुस २:१ ले दिएको देखिन्छ। “तर जसरी मानिसहरूका बीचमा झूटा भविष्यवक्ताहरू हुन्थे, उसरी नै तिमीहरूका बीचमा पनि झूटा शिक्षकहरू हुनेछन्, जसले तिनीहरूलाई किन्नुहुने प्रभुलाई समेत इन्कार गर्दै गुप्त तवरले नाश पार्ने झूटा शिक्षाहरू भित्र हुल्नेछन्, र आफूमाथि चाँडै आउने विनाश ल्याउँछन्।”

यहाँ ध्यानपूर्वक पढ्नुहोस्: “झूटा भविष्यवक्ताहरू हुन्थे” “झूटा शिक्षकहरू हुनेछन्”

शैतानले साँचो कुराको नक्कल गर्ने गर्छ। पत्रुसले यी वचन लेख्दाहुँदी त्यहाँ साँचो अगमवक्ताहरू थिए र शैतानले झूटा अगमवक्ताहरू खडा गरी तिनीहरूको सामना गरे। अगमवक्ताको वरदान बितेर गएपछि नक्कलद्वारा सामना गर्नलाई त्यहाँ साँचो अगमवक्ताहरू थिएनन्। तर त्यहाँ साँचो शिक्षकहरू थिए त्यसैले शैतानले अब झूटा शिक्षकहरू खडा गरी तिनीहरूको सामना गरे।

के हामीलाई थप प्रकाश (सपनाहरू, दर्शनहरू आदि) को जरुरत छ?

क्यारिज्म्याटिक जवाफ:

“नव-पेन्टेकोस्टलहरू (Neo-Pentecostals) को मान्यतामा बाइबल (लिखित वचन) को अधिकार जहिले पनि आत्माको वर्तमान सक्रियताबाट प्रकट गरिएको परमेश्वरको जीवित, “गतिशील” वचनको अधिकारभन्दा निम्नस्थानमा हुन्छ भन्ने छ। क्यारिज्म्याटिक जागृति अन्तर्गत, माण्डलिक अभ्यासमा अगमवाणीको वरदानको आज पनि स्थान छ भन्ने मान्यतालाई पनि पवित्र शास्त्र अर्थात् लिखित वचनलाई पवित्र आत्माको अधिकारभन्दा निम्नस्थानमा राखिएको उदाहरणस्वरूप लिन सकिन्छ। नव-पेन्टकोस्टलवाद (साथै पुरानो पेन्टेकोस्टलवाद) को दृष्टिकोणमा, परमेश्वर बाइबलका लेखकहरूसित जुन प्रकारले आधिकारिक रूपमा बात गर्नुभयो ठीक त्यसरी नै आज पनि बात गर्नुहुन्छ। बाइबल लेखिने काम पूरा भए तापनि परमेश्वरबाटको प्रकाश भने अन्त भएको छैन (revelation did not cease with the closing of the canon) भन्ने हिसाबमा परमेश्वरको वचनलाई हेरिएको छ (existential understanding of the Word of God)। क्याथरिन मार्शल (Catherine Marshall) ले यसलाई अर्को शब्दमा यसरी व्यक्त गरेकी छिन्: “येशूले ‘थप सत्यता’ (further truth) को प्रतिज्ञा गर्नुभएकोबाट ख्रीष्टले हामीलाई दिन चाहनुभएको सबै सत्यता तथा निर्देशन पुरानो र नयाँ नियमभित्र सीमित छैन भन्ने कुरा विश्वास गर्न हामीलाई स्पष्ट आधार मिल्दछ।” त्यसैले नव-पेन्टेकोस्टलवादअनुसार आत्मिक अधिकार आखिरमा बाइबलमा निहित नभएर पवित्र आत्माको वर्तमान क्रियाकलाप र शिक्षणमा रहेको मानिन्छ… परमेश्वरले आफ्नो प्रकाशलाई केवल बाइबलमा सीमित गर्नुहुन्न (अर्थात् प्रकाश पूरा भएको छैन)। [रिचार्ड कबीडो, द न्यू क्यारिज्म्याटिक्स, पृष्ठ ११०-११२]

उपर्युक्त भनाइअनुसार क्यारिज्म्याटिकहरू बाइबलीय प्रकाश पर्याप्तप छैन भन्ने विश्वास राख्छ न्; त्यसैले उनीहरूको दृष्टिकोणमा परमेश्वरको वचन नै अन्तिम अधिकार होइन। परमेश्वरले आज मण्डलीलाई अझै पनि थप प्रकाश दिने गर्नुहुन्छ जुन प्रकाश बाइबल जत्तिकै वा अझ बाइबलभन्दा पनि बढी आधिकारिक हुन्छ भनेर उनीहरू विश्वास गर्दछन्।

यसकारण परमेश्वरको वचनको पर्याप्तवता (SUFFICIENCY of the Word of God) नै हाम्रो मुख्य मुद्दा हो भन्ने देखिन्छ। के बाइबल साँच्चै पर्याप्त( छ त? हामीलाई जे जति आवश्यक छ के सबै बाइबलमै पाइन्छ कि हामीलाई अन्य थप कुरा पनि चाहिन्छ? मानिसलाई परमेश्वरले भन्नुभएको सम्पूर्ण कुरा केवल बाइबलमै पाइन्छ, कि हामी अन्यत्र पनि हेर्नुपर्छ? बाइबल पूर्ण छ, कि बाइबल विश्वासीहरूका निमित्त अत्यावश्यक सूचनामा घटी छ?

१) सत्यको आत्माले प्रेरितहरूलाई सबै सत्यताभित्र डोर्याउनुहुनेछ भनी ख्रीष्टले आफ्ना प्रेरितहहरूलाई प्रतिज्ञा गर्नुभयो (यूहन्ना १६:१३)। आत्माले उनीहरूलाई सबै सत्यताभित्र डोर्याउनुभएकै हो, र यो सत्यताको सँगालो नयाँ नियम पवित्र शास्त्रहरूमा समाहित छ। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र?

२) परमेश्वरद्वारा निश्वासित यी लेखोटहरू शिक्षाका निम्ति, भूलदोष देखाउनका निम्ति, सुधारका निम्ति र धार्मिकता सम्बन्धी तालिमका निम्ति लाभदायक छ जसद्वारा एउटा परमेश्वरको जन हरेक असल कामका लागि पूर्ण रूपमा सुसज्जित होऊन् भनेर पावलले हामीलाई बताएका छन् (२ तिमोथी ३:१६-१७)। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र?

३) एउटा प्रेरितकै प्रत्यक्ष साक्षीभन्दा पनि अझ पक्का वचन, अर्थात् आत्माद्वारा प्रेरणा गरी दिइएको अचूक परमेश्वरको वचन, हामीसँग छ भनेर पत्रुसले बताएका छन् (२ पत्रुस १:१५-२१)। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र?

४) हामीलाई एकैचोटी सदाका निम्ति सुम्पिएको “विश्वास” (सत्यताको सँगालो) का लागि हामीले यत्नापूर्वक सङ्घर्ष गर्नुपर्छ भन्दै यहूदाले हामीलाई अर्ती दिएका छन् (यहूदा ३)। उक्त सत्यताको सँगालो एकैचोटी सदाका निम्ति पहिलो शताब्दीका पवित्र जनहरूलाई सुम्पिएको थियो जुनचाहिँ लिखित रूपमा आज हाम्रो बाइबलमा पाइन्छ। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र?

५) पूर्णतामा आइपुगेको परमेश्वरको प्रकाशको पुछारमा अन्तिम “पूर्णविराम चिन्ह” ठड्याउँदै यूहन्नाले यस पुस्तकमा केही नथप्न, केही नघटाउन हामीलाई चेताउनी दिएका छन् (प्रकाश २२:१८-१९)। जुन घडी यूहन्नाले प्रकाशको पुस्तकको अन्तिम वाक्यलाई लेखी भ्याए, त्यही घडी बाइबल (६६ आधिकारिक पुस्तकहरू) पूरा भयो। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र? पवित्र शास्त्रको आधिकारिक सँगालो (canon of Scripture) बन्द भएको छ, र जुन कुरालाई परमेश्वरले बन्द गर्नुभयो, कुनै मानिसले नखोलोस्। “बाइबल नै पर्याप्तद छ!” भनेर परमेश्वरले भन्नुभइसकेपछि, मानिसले “हामीलाई अझ अरू चाहियो!” भनी नभनोस्।

१ यूहन्ना ४:१-३, १ तिमोथी ४:१, २ तिमोथी ३:१३, ४:२-४, मत्ती ७:१५-२४ र २४:४-५ को चेताउनीहरूलाई विचार गर्दा, प्रभुबाट दर्शनहरू र प्रकाशहरू पाएको दाबी गर्ने त्यहाँ थुप्रैजना पाइनु अचम्मको कुरा होइन। प्रभु येशू आफ्नो मण्डलीलाई लिन (१ थेस्सलोनिकी ४:१३-१८) आउनुहुनुभन्दा ठीक अगाडिका यी अन्तिम दिनहरूमा आत्मगत, अनुभव-केन्द्रित धर्म प्रणालीको बिगबिगी हुने हामी प्रतीक्षा गर्न सक्छौं: “मैले यस्तो-यस्तो अनुभव गरें त्यसैले यो कुरा साँचो हुनुपर्छ!” तर हामीलाई वस्तुगत र असन्दिग्ध सत्यतामा आधारित प्रकाशपूर्ण धर्मको खाँचो छ: “यो साँचो हुनुपर्छ किनकि परमेश्वरले आफ्नो वचनमा सो कुरा भन्नुभएको छ।”

आज हामीलाई परमेश्वरको वचन सुनेर काँप्ने नम्र व्यक्तिहरूको खाँचो छ (यशैया ६६:१-२)। आजको हाम्रो खाँचो नयाँ प्रकाशको होइन। आजको हाम्रो खाँचो त हामीसित भएकै प्रकाशको आज्ञापालन गर्नु र त्यसलाई सुहाउँदो जीवन जिउनु हो। आज हामीलाई थप प्रकाश चाहिएको छैन। हामी एक दिन ख्रीष्टको सामु उभिएर हामीसित भएकै प्रकाशप्रति कस्तो कसिमको प्रतिक्रिया देखायौं भन्ने कुराको लेखा दिनेछौं।

एक अर्थमा मण्डलीलाई आज दर्शनको अनिवार्य जरुरत छ। हामीलाई परमेश्वरको ताजा दर्शनको खाँचो छ। हामीले प्रभुलाई सर्वोपरि उचाइमा देख्नज खाँचो छ (यशैया ६:१-९)। परमेश्वर आफ्नो पूर्णतामा को हुनुहुन्छ भन्ने कुराको अर्थात् उहाँको सर्वश्रेष्ठताको झलकको हामीलाई खाँचो छ (यशैया ४३:१०-११)। ख्रीष्टलाई उहाँको वास्तविकतामा हामीले जति देख्नल सक्छौं त्यति नै हामी उहाँजस्तै बनिनेछौं (१ यूहन्ना ३:२)। लिखित वचनमा दर्शाइनुभएको ख्रीष्टमाथि हाम्रा आँखाहरूलाई लगाइरहने क्रममा, र येशूलाई निश्चल हेराइले नियालिरहने क्रममा (हिब्रू १२:१-२), हाम्रो जीवन उहाँको रूपमा एउटा महिमादेखि अर्को महिमामा बदली हुँदै जानेछ र यसरी हाम्रो जीवनमा हामीले प्रभुको महिमालाई प्रतिबिम्बित गर्नेछौं (२ कोरिन्थी ३:१८)।

क्यारिज्म्याटिक दर्शनका केही उदाहरण

उदाहरण #१–ओरल रबर्टस् (Oral Roberts)

एक समय ओरल रबर्टस्‌ले आफूले ९००-फुट येशूसित बातचित गरेको दाबी गरे जुन “दर्शन” को कथाले गर्दा उनका अनुयायीहरूबाट लाखौं डलरको अनुदान सङ्कलन भयो जसबाट उनले आफ्नो ६०-तले रोग-अनुसन्धान क्लिनिक र ३०-तले अस्पताल निर्माण गरे। पछि गएर रबर्ट्‌सले आफूले परमेश्वरबाट अर्को सूचना प्राप्ता गरेको दाबी गरे। यस पटक चाहिँ मानिसहरूले ओरल रबर्ट्‌सलाई उनको ८० लाख डलर अनुदान उठाउने दौडानलाई पूरा गर्न ४५ लाख डलर “शीघ्र रकम” उपलब्ध गरियोस् भन्ने परमेश्वरले चाहनुभएको छ भन्ने कुरा आयो। यति रकम उनले नउठाएको खण्डमा परमेश्वरले उनलाई स्वर्गे घरमा झिकाउनुहुने अरे। फ्लोरिडाको घोडे-दौड रङ्घशाला (एक किसिमको जुवाको खेल) का मालिक जेरी कलिन्स्‌ले बल्लतल्ल अन्तिम १३ लाख डलर बुझाएपछि, उनको छुटकाराको दामको मूल्य पूरा भयो, र भविष्यमा यस्तै नयाँ-नयाँ आकर्षक चालबाजीहरू आविष्कार गर्नलाई ओरलको जीवनमा म्याद थपियो।

सेन्ट पिटर्सबर्ग टाइम्स् अनुसार ओरल रबर्टस्‌सित व्यक्तिगत सम्पत्ति नभएको होइन। पाम स्प्रिङ्ग्स्‌मा २८५,००० डलरको घर, बेभर्ली हिल्स्‌मा २४ लाख डलरको घर, टुल्सामा आफ्नो विशिष्ट घर, र प्राय: धनाढ्यहरूसित मात्र हुने ३५,००० डलरको “कन्ट्री क्ल्ब सदस्यता” रबर्टस्‌सित भएको कुरा उक्त पत्रिकाले बताएका छन्।

उदाहरण #२–डा. पर्सी कोलेट (Dr. Percy Collet)

डाक्टर कोलेट, एक चिकित्सक, झण्डै ५० वर्षसम्म दक्षिण अमेरिकाको आमाजोन खाडी (Amazon River Basin) का बासिन्दाहरूका बीच काम गर्नुभयो। १९८२ मा आफू साँढे पाँच दिनसम्म स्वर्गमा लगिएको भन्ने उनको दाबी छ। उनले परमेश्वर पिता, पुत्र पवित्र आत्मा, एलिया, एलिशा, अब्राहाम, मोशा, पावल र अरूसित कुराकानी गरे अरे। उनले पवित्र जनहरूका दरवारहरू र हाल निर्माणाधीन भवनहरूको अवलोकन गरे अरे। उनी शहरको जगभन्दा ७०० माइल माथि रहेको “आफ्नो” दरवारमा लगिए अरे। उनले स्वर्गको प्रत्येक तहको सफर गरे र तिनका विभिन्न विभागहरू र क्रियाकलापहरूको अवलोकन गरे अरे। येशूले उनीसित पृथ्वीमा चाँडै हुन लागेको घटनाहरूको बारेमा कुरा गर्नुभयो अरे—अर्थात् इजकिएल ३८ को युद्ध, र्याप्चसर र हार्मागेडोन (Armageddon) को बारेमा। आफ्नो सेवारत क्षेत्रबाट विदा लिई आफूले देखेका र सुनेका कुराहरूको घोषणा गर्नू भन्ने निर्देशनसहित आफू पृथ्वीमा फिर्ता पठाइए अरे।

एक सय डलरको अनुदान दिएबापत उक्त स्वर्ग-यात्राको भिडियो प्रस्तुति प्राप्त> गर्न सकिन्छ। यस भिडियोको विज्ञापनमा यसरी लेखिएको पाइयो, “डाक्टर कोलेट पावलजस्तै तेश्रो स्वर्गमा उठाइनुभएको थियो। फरक यतिमा छ, पावललाई आफूले देखेका र सुनेका कुराहरू बताउन अनुमति दिइएन तर त्यसको झण्डै २००० वर्ष पछाडि डाक्टर कोलेटलाई भने सो गर्न आदेश दिइयो।” यसलाई २ कोरिन्थी १२:१-१० सित तुलना गर्नुहोस्। स्वर्गको यात्रा गरेको वा स्वर्गको दर्शनहरू देखेको दाबी अरू थुप्रैले गर्दै छन्। सिओल, कोरियाका “संसारको सबभन्दा ठूलो मण्डलीका पास्टर” डाक्टर पावल योङ्गि चो (Dr. Paul Yonggi Cho) ले समेत आफू तेस्रो स्वर्गमा ३ घण्टा बिताएको दाबी गरेका छन्।

१ कोरिन्थी १३:८ र अस्थायी वरदानहरू

१ कोरिन्थी १२:८-११ मा पावलले सूचीकृत गरेका आत्मिक वरदानहरूलाई तीन समूहमा विभाजन गरिएको छ:

अबको पाठमा, पावलले प्रेमको स्थायीत्वको बारेमा चर्चा गर्दा यी मध्ये तीन वरदानहरूलाई पुन: उल्लेख गरेका छन्:

प्रेम कहिल्यै टल्दैन। तर चाहे भविष्यवाणीहरू होऊन्, ती बितेर जानेछन्; चाहे भाषाहरू होऊन्, ती बन्द हुनेछन्; चाहे ज्ञान होस्, त्यो बितेर जानेछ (१ कोरिन्थी १३:८)।

हरेक समूहबाट पावलले एउटा वरदानलाई चुनेका छन्। के एउटा वरदानले पूरै समूहलाई प्रतिनिधित्व गरोस् भनी पावलले चाहेका हुन् त? पवित्रशास्त्रमा प्राय: पूरै भागलाई निम्ति एउटा हिस्साले समेटेको हुन्छ जसलाई “अलङ्कार” भनिन्छ। अघिल्लो अध्याय (१ कोरिन्थी १२ ) मा गरेको जस्तै, सबै वरदानहरूलाई सुचीकृत गर्न समय लगाउनुभन्दा पावलले प्रत्येक समूहको प्रतिनिधित्व गर्ने एउटा वरदानलाई सजिलै उल्लेख गर्ने सक्थे।

यदि यो व्याख्या सहि हुन्छ भने, पावलले कुनै एउटा वरदानको बारेमा भनेको कुरा उक्त समूहका सबै वरदानहरूका निम्ति सत्य ठहरिन्छ। उदाहरणको निम्ति, यदि भाषाहरू बन्द हुने हो भने, निश्चय पनि भाषाहरूका अनुवाद पनि बन्द हुने नै छ। भाषाहरू बन्द भए पछि, अनुवादको पनि कुनै औचित्य रहँदैन। त्यसैले, १ कोरिन्थी १३:८ अनुसार समूह १ र २ का वरदानहरू बितेर (खारेज भएर) जानेछन्, र तेस्रो समूहको वरदानहरू बन्द हुनेछन्। त्यसैले १ कोरिन्थी १२:८-११ का सबै वरदानहरू अस्थायी वरदानहरू भनी मानिलिनुपर्छ।

ज्ञानको र बुद्धिको वरदानहरू नयाँ नियम पूरा हुनुभन्दा अगाडि मण्डलीमा आवश्यक प्रकाश दिनका निमित्त विशेष वरदानहरू थिए (१ कोरिन्थी १३:२ सित तुलना गर्नुहोस्)। कुनै स्थानीय मण्डलीको कल्पना गर्नुहोस् जोचाहिँ आफूलाई अगुवाइ गर्न र नमूना देखाउनको निम्ति नयाँ नियमको शास्त्र बिना नै बाँच्न खोजिरहेको छ! सुरुको मण्डलीको शिशु अवस्थामा ईश्वरीय ज्ञान र बुद्धि अति आवश्यक थियो। आज विश्वासीहरू ईश्वरीय पाइलामा हिँड्नलाई “सबै सत्यता” हरू पूर्ण रूपमा दिइएको बाइबलमा लिखित गरिएका छन् (तुलना गर्नुहोस् यूहन्ना १६:१३)।

दोस्रो समूहमा विभिन्न व्यक्तिगत वरदानहरू थिए—विश्वास, निको पार्ने वरदानहरू, सामर्थ्यको काम गर्ने क्षमता, भविष्यवाणी र आत्माहरू खुट्ट्याउने क्षमता। निश्चय पनि भविष्यवाणीको वरदान बितेर गयो (१ कोरिन्थी १३:८), आत्माहरू खुट्ट्याउने क्षमताको पनि तब उसो कुनै आवश्यकता रहेन। यदि त्यहाँ साँचो भविष्यवक्ताहरू छैनन् भने, झूटोलाई खुट्ट्याउन कुनै पनि क्षमताको खाँचो पर्दैन! साँचो भविष्यवक्ताहरू छैनन् भने, आफूलाई भविष्यवक्ता भनी दाबी गर्ने सबै झूटा भविष्यवक्ता हुनेछन्।

आश्चर्यकर्मका वरदानहरू (निको पार्ने वरदान र आश्चर्य कर्महरू) को अस्थायी गुणलाई हिब्रू २:३-४ मा व्याख्या गरिएको छ:

यदि हामीले यति ठूलो मुक्तिको वास्ता गरेनौं भने हामी कसरी उम्कन्छौं ता? जुन मुक्तिको प्रचार पहिले प्रभुबाट शुरु भयो, र उहाँलाई सुन्नेहरूद्वारा हाम्रा निम्ति यो कुरा पुष्टि गरियो; साथै परमेश्वरले पनि आफ्नै इच्छामुताबिक दुवै चिन्ह र अचम्मका कामहरूद्वारा, अनि अनेकौं सामर्थ्यका काम र पवित्र आत्माका दानहरूद्वारा उनीहरूका साथमा गवाही दिनुभयो।

यी चिन्ह र आश्चर्यकर्मका वरदानहरू प्रेरितहरूका वचनहरूलाई आधिकारिता दिन र सुनिश्चिय गर्न दिइएको थियो (तुलना गर्नुहोस मर्कूस १६:१७,२०)।

विश्वासको दानचाहिँ विशेष किसिमको “आश्चर्यकर्म गर्ने सक्ने” विश्वास थियो भन्ने कुरामा अधिकांश बाइबल टिप्पणीकारहरू सहमत छन् (तुलना गर्नुहोस् १ कोरिन्थी १३:२; मत्ती १७:१९-२०; २१:२१)। विश्वासको दान केही विश्वासीहरूमा मात्र हुन्थ्यो, र यो हरेक विश्वासीमा हुने ख्रीष्टिय गुण नै हो भनेर हामी अल्मलिनुहुँदैन (१ कोरिन्थी १३:१३)। “आश्चर्यकर्म गर्ने सक्ने” विश्वासलाई प्रेरित ३ अध्यायमा जन्मकै लङ्गडो मानिसलाई निको पारिएको घटनामा प्रष्ट्याइएको छ:

अनि उहाँकै नामले, उहाँको नाममाथि राखिएको विश्वासद्वारा तपाईंहरूले देख्नुभएको र चिन्नुभएको यी मानिसलाई बलियो बनायो; अनि उहाँद्वाराकै विश्वासले यिनलाई तपाईंहरू सबैजनाका सामु यो सिद्ध स्वास्थ्य दिएको छ (प्रेरित ३:१६; तुलना गर्नुहोस् प्रेरित ६:८)।

पत्रुसलाई यस उल्लेखनीय आश्चर्यकर्मको निम्ति ख्रीष्टमाथि भरोसा पर्न यो विशेष किसिमको विश्वासको दान दिइएको थियो!

जब निको पार्ने र आश्चर्यकर्म गर्ने वरदानहरू बन्द भए, “आश्चर्य कर्म गर्ने” विश्वासको विशेष दानको पनि आवश्यकता रहेन। त्यसैले, समूह २ का सबै दानहरू पहिलो शताब्दीको अन्त्यतिर बितेर गएको हुनुपर्छ।

हाम्रो यो पाठको अनुसार, ज्ञान, भाषा र भविष्यवाणीका वरदानहरू (१ कोरिन्थी १३:८) वरदानहरूका तिन ओटै समूहरूका प्रतिनिधिहरू हुन्। यदि यो सत्य हो भने, १ कोरिन्थी १२:८-११ मा सूचीकृत गरिएका नौ ओटै वरदानहरू अस्थायी वरदानहरू थिए र प्रेरितका समयहरूमा ती बन्द भए वा बितेर गए।

१ कोरिन्थी १३ र अस्थायी वरदानहरू

१ कोरिन्थी १३:८-१३ मा पावलका आधारभूत तर्कहरू यस प्रकार छन्:
तीन कुराहरू छन् जो टल्नेछन् (८ पद)। यी कम महत्त्वका कुराहरू हुन्।
तीन कुराहरू छन् जो रहन्छन् (१३ पद)। यी बढी महत्त्वका कुराहरू हुन्।
एउटा कुरा छ जो कहिल्यै टल्दैन (८ पद)। यो सदासर्वदा रहनेछ (१३ पद)। यो सबै भन्दा महत्त्वपूर्ण कुरा हो (१३ पद) र त्यसैले हामी यसको पछि लाग्नुपर्छ (१ कोरिन्थी १४:१)।

टिप्पणी: “ज्ञान” (८ पद) र सामान्य ज्ञानसँग झुक्किनुहुँदैन। यस पदले ज्ञानको विशेष वरदानलाई जनाउँछ (१ कोरिन्थी १२:८ र १३:२ हेर्नुहोस्)। ज्ञानको र बुद्धिको वरदानहरू नयाँ नियम पूरा हुनुभन्दा अगाडि मण्डलीमा आवश्यक प्रकाश दिनका निमित्त विशेष वरदानहरू थिए (१ कोरिन्थी १३:२ सित तुलना गर्नुहोस्)। कुनै स्थानीय मण्डलीको कल्पना गर्नुहोस् जोचाहिँ आफूलाई अगुवाइ गर्न र नमूना देखाउनको निम्ति नयाँ नियमको शास्त्र बिना नै बाँच्न खोजिरहेको छ! सुरुको मण्डलीको शिशु अवस्थामा ईश्वरीय ज्ञान र बुद्धि अति आवश्यक थियो। आज विश्वासीहरू ईश्वरीय पाइलामा हिँड्नलाई “सबै सत्यता” हरू पूर्ण रूपमा दिइएको बाइबलमा लिखित गरिएका छन् (तुलना गर्नुहोस् यूहन्ना १६:१३)।

टिप्पणी: १ कोरिन्थी १३:१० मा “सिद्ध” भनिने शब्दावली छ। यस शब्दलाई बुझ्न नयाँ नियममा यो कसरी प्रयोग गरिएको छ भनी हेर्नुपर्छ।

यसलाई निम्न खण्डहरूमा प्रयोग गरिएको छ: मत्ती ५:४८ (दुईपटक); १९:२१; रोमी १२:२; १ कोरिन्थी २:६; १३:१०; १४:२० (“मानिस”); एफेसी ४:१३; फिलिप्पी ३:१५; कलस्सी १:२८; ४:१२; हिब्रू ५:१४ (“पूरा बढेका”); ९:११; याकूब १:४ (दुईपटक); १:१७,२५; ३:२; १ यूहन्ना ४:८।

यी प्रयोगहरूको आधारमा, यो शब्दले दुई मूल अर्थहरू बोकेको देखिन्छ:

) परिपक्वताको अर्थमा (हेर्नुहोस् विशेषत: १ कोरिन्थी २:६; १४:२०; एफेसी ४:१३; कलस्सी १:२८; ४:१२; हिब्रू ५:१४; याकूब ३:२)। प्राय: यस अर्थलाई बालकको अपरिपक्वतासित तुलना गरिएको छ (हेर्नुहोस् १ कोरिन्थी १३:११; १४:२०; एफेसी ४:१३-१४; हिब्रू ५:१३-१४)।

२) पूर्णताको अर्थमा (हेर्नुहोस् कलस्सी ४:१२; याकूब १:४)।
यो शब्दलाई याकूब १:२५ मा बाइबलको व्याख्या गर्न पनि प्रयोग गरिएको छ भनी हामीले ध्यान दिनुपर्छ—“स्वतन्त्रताको सिद्ध व्यवस्था।”

यस अध्ययन सामाग्रीको अर्को चित्ररेखाले १ कोरिन्थी १३:८-१३ मा पावलको तर्कलाई बुझ्न सहायता गर्नेछ।

यी दुई ढाँचाहरूलाई तुलना गर्नुहोस्।

कुन ढाँचाले बाइबलीय र ऐतिहासिक तथ्यहरूलाई सर्वोत्तम व्याख्या गर्छ?

आधारभूतवादीको दृष्टिकोण
(तीन वरदानहरू अस्थायी हुन्)

    • क:- भविष्यवाणी, भाषाहरू र ज्ञानका वरदानहरूको अन्त्य
    • ख:- विश्वास र आशाको अन्त्य (जब विश्वासी प्रभुसँग हुनेछ)
    • ग:- समयको यस्तो अन्तराल जहाँ भविष्यवाणी, भाषाहरू, ज्ञान हुनेछैनन् तर त्यहाँ विश्वास, आशा र प्रेमचाहिँ हुनेछन्।
समय अन्तरहरूको पहिचान:
  1. प्रेरितहरूको समय (पहिलो शताब्दी) – यस्तो समय जब त्यहाँ भविष्यवाणी, भाषाहरू र ज्ञान हुनेछन्।
  2. वर्तमान समय (पहिलो शताब्दीको अन्त्यदेखि मण्डली उठाइलैजाने समयसम्म), चित्रमा “ग” लाई हेर्नुहोस्।
  3. भविष्यको समय जब विश्वासीहरू प्रभुसँग हुनेछन् (र त्यहाँ विश्वास र आशाको आवश्यकता हुनेछैन)।

क्यारिज्म्याटिकको दृष्टिकोण
(तीन वरदानहरू स्थायी हुन्)

दुई स्पष्ट समयहरूको पहिचान:

१) वर्तमान समय (पेन्टेकोष्ट देखि प्रभुको आगमनसम्म) यस वर्तमान समयमा हामीहरूले भविष्यवाणी, भाषाहरू, ज्ञानको वरदानहरू र साथसाथै विश्वास, आशा, प्रेमका गुणहरूको आपेक्षा गर्न सक्छौं।

२) भविष्यको समय जब विश्वासीहरू प्रभुसँग हुनेछन्। त्यस पश्चात त्यहाँ भविष्यवाणी, भाषाहरू, ज्ञान, विश्वासर र आशाको खाँचो हुनेछैन।

यी दुई दृष्टिकोणहरू (आधारभूतवादी दृष्टिकोण अथवा क्यारिज्म्याटिक दृष्टिकोण) मध्ये कुनचाहिँले १ कोरिन्थी १३:८-१३ का पदहरूलाई उचित व्याख्या गर्दछ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

ख्रीष्टको शरीरमा आत्मिक वरदानहरू

१२—ख्रीष्टको शरीरमा आत्मिक वरदानहरू

मानव शरीरलाई महान् सृष्टिकर्ता परमेश्वरले आश्चर्यपूर्ण रीतिले रचना गर्नुभएको छ। आफ्नो शरीरको बारेमा सोचेर दाऊदले यसो भने, “म तपाईंको ___________ गर्नेछु; किनभने म भययोग्य र आश्चर्यपूर्ण रीतिले _________________ छु; तपाईंका कामहरू अद्भुत छन्” (भजनसङ्ग्रह १३९:१४)। तपाईंको शरीर अरबौं र खरबौं स-साना कोषहरू मिलेर बनेको अति सुन्दर जीवित संरचना हो। यस संसारमै भएका मानिसहरूभन्दा पनि तपाईंको शरीरमा भएका कोषहरू नै झन् धेरै छन्! [मानव शरीरमा ठ्याक्कै कतिओटा कोषहरू छन् भनी कसैले पनि जान्दैन, तर वैज्ञानिकहरूले यसको सङ्ख्या करिब-करिब १० देखि १०० करोड खरब (अथवा १० देखि १०० ट्रिलियन) कोषहरू रहेको अनुमान गरेका छन्।] शरीरका विषयमा केही रोचक तथ्यहरू यी हुन्:

१) परमेश्वरले एकै ठाउँमा जोड्नुभएको अर्को शरीर पनि छ।

मानव शरीर आश्चर्यपूर्ण छ, तर परमेश्वरले सुन्दर प्रकारले जोड्नुभएको अर्को शरीर पनि छ। यसलाई ख्रीष्टको शरीर भनिन्छ!

एफेसी १:२२-२३—“र सबै कुराहरू उहाँका (ख्रीष्टका) पाउहरूमनि पारिदिनुभयो, र उहाँ (ख्रीष्ट) लाई सबै कुराहरूमाथि _________ हुनाका निम्ति _____________ (विश्वासीहरू) लाई दिनुभयो, जोचाहिँ ________ ___________ हो।” मण्डली (विश्वासीहरू मिलेर बनेको) उहाँको शरीर हो भनी यस पदले सिकाउँछ! मण्डली ख्रीष्टको शरीर हो! यस शरीरको शिर को हुनुहुन्छ (एफेसी १:२२)? ______________________
यही सत्यता हामी कलस्सी १:१८ मा पनि सिक्दछौं—“अनि उहाँ (ख्रीष्ट) शरीर अर्थात् _____________ ________ हुनुहुन्छ।” मण्डलीलाई ख्रीष्टको शरीर भनिएको छ। शिर को हुनुहुन्छ (कलस्सी १:१८)? _______________________________

जसरी मानव शरीरमा अङ्गहरू (खुट्टा, हातहरू, मुटु, फोक्सो, कलेजो इत्यादि) हुन्छन्, त्यसैगरी ख्रीष्टको शरीरको पनि अङ्गहरू छन्। यी अङ्गहरू को हुन् भनी हेरौं। १ कोरिन्थी १२:२७ लाई बिचार गर्नुहोस्—“अब ___________ (विश्वासीहरू) ___________को ____________ हौ, र एक-एक गरी चाहिँ अङ्गहरू हौ।” हरेक विश्वासी (मुक्ति पाएको हरेक मानिस) ख्रीष्टको शरीरको अङ्ग हो। येशू ख्रीष्ट शिर हुनुहुन्छ र हामीहरू अङ्गहरू हौं!

२) शिर एउटै छ तर अङ्गहरू धेरै छन्

१ कोरिन्थी १२:१२ पढ्नुहोस्। तपाईंले “एउटा” वा “एउटै” शब्द कति पटक पढ्नुभयो? ___________। तपाईंले “धेरै” शब्द कति पटक पढ्नुभयो? ___________। शरीर भन्दा अगाडि कुन शब्द आउँछ (एउटा कि धेरै)? ___________ अङ्गहरू भन्दा अगाडि कुन शब्द आउँछ (एउटा कि धेरै)?___________

मानव शरीरका धेरै अङ्गहरू हुन्छन्: आँखाहरू, नाक, पेट, जिब्रो र कानहरू इत्यादि। अन्य अङ्गहरू के-के हुन्? हरेक मानिसमा शारीरिक अङ्गहरू धेरै हुन्छन् तर शरीरचाहिँ एउटै हुन्छ। तपाईंको शरीर कतिओटा छ? _____________

“किनकि शरीर पनि ________ __________ होइन, तर _________ अङ्गहरू हुन्” (१ कोरिन्थी १२:१४)। सम्पूर्ण शरीर अरू केही नभएर एउटा सिङ्गो आँखा भएको भए के हुनेथियो (१ कोरिन्थी १२:१७)? यो शरीरले एकदम राम्रोसँग देख्न सक्ला, तर के यसले राम्रोसँग सुन्न सक्छ? ___________ के यो राम्रोसँग हिँड्न वा दगुर्न सक्छ? ____________ के यसले खान वा चाख्न सक्छ? ____________ के यसले अरूसँग हात मिलाउन सक्छ? ____________ यसले अन्य के-के कुराहरू गर्न सक्दैन?

यदि शरीर केवल एउटै मात्र अङ्गले बनेको भए, हामी समस्यामा पर्नेथियौं!

शरीर ठीक तरिकामा सञ्चालित हुन र कार्य गर्न, यसमा धेरै अङ्गहरू हुनु आवश्यक छ। ख्रीष्टको शरीरको सम्बन्धमा पनि यही कुरा साँचो हो। मण्डली हुनको निम्ति एकजना मात्र भन्दा धेरै विश्वासीहरूको आवश्यकता पर्छ। जसरी शरीर धेरै अङ्गहरू मिलेर बनेको हुन्छ, उसरी नै मण्डली धेरै विश्वासीहरू मिलेर बनेको हुन्छ। तपाईंले मुक्ति पाउनुभएको छ भने तपाईं यी अङ्गहरू मध्ये एउटा हुनुहुन्छ। तर तपाईं एउटै मात्र अङ्ग चाहिँ हुनुहुन्न। ख्रीष्टको शरीरमा त्यहाँ धेरै अरू विश्वासीहरू छन्।

३) कसरी एउटा मानिस ख्रीष्टको शरीरको अङ्ग बन्दछ?

म कसरी ख्रीष्टको शरीरको अङ्ग भएँ? मैले येशू ख्रीष्टलाई मेरो व्यक्तिगत मुक्तिदाराको रूपमा ग्रहण गरेर उहँमाथि विश्वास गरेकै घडी यो घटना घटेको थियो। तर यो कसरी घट्यो? यसको जवाफ १ कोरिन्थी १२:१३ मा पाइन्छ—“हामी सबै एउटै ___________ _________ शरीरभित्र ___________ भयौं।”

“बप्तिस्मा” शब्दको अर्थ हो, “चोपल्नु, कुनै वस्तुलाई कुनै वस्तुभित्र राख्नु।” जब एउटा मानिसलाई पानीमा बप्तिस्मा दिइन्छ, उसलाई पानीभित्र चोपलिन्छ। उसलाई पानीभित्र राखिन्छ। यदि तपाईंले कागजको एउटा टुक्रालाई तपाईंको बाइबलभित्र राख्नुभयो र बाइबललाई बन्द गर्नुभयो भने, उक्त कागजलाई तपाईंको बाइबलभित्र “बप्तिस्मा” दिनुभयो भनी तपाईंले भन्न सक्नुहुन्छ। १ कोरिन्थी १२:१३ मा परमेश्वरले विश्वासीहरूलाई ख्रीष्टको शरीरभित्र बप्तिस्मा गराउनुभएको छ वा राख्नुभएको छ भनी हामी सिक्छौं। उक्त कार्य एउटा मानिसले मुक्ति पाएको घडीमा गरिन्छ। यसलाई निम्न चित्रमा चित्राङ्कन गरिएको छ:

तपाईंले मुक्ति पाउनुभएको क्षणमा तपाईं यस उदेकको शरीरको अङ्ग बनाइनुभयो! तपाईं मण्डलीको अङ्ग हुनुभयो। तर तपाईं एउटै मात्र अङ्ग हुनुहुन्न। तपाईं धेरैमध्ये एउटा अङ्ग हुनुहुन्छ!

४) शरीरको हरेक अङ्ग जीवित हुन्छ।

मानव शरीर जिउँदो संरचना हो। शरीरको हरेक कोष जिउँदो हुन्छ। तपाईंमा र पसलमा कपडा लगाएर राखिएको मानवीय आकृतिमा ठूलो भिन्नता छ। त्यो आकृति मान्छेजस्तो देखिन्छ तर उसमा जीवन छैन। तपाईंचाहिँ जिउँदो मानिस—एउटा जिउँदो संरचना हुनुहुन्छ।

ख्रीष्टको शरीर (मण्डली) को सम्बन्धमा पनि यही नै सत्य हो। मण्डली भनेको केवल एउटा संस्था होइन, यो एउटा जीवित संरचना हो। शरीरको हरेक अङ्गमा जीवन हुन्छ, “जससँग _______ हुनुहुन्छ, ऊसित __________ छ” (१ यूहन्ना ५:१२)। शरीरको हरेक अङ्गभित्र पवित्र आत्मा जिइरहनुभएको हुन्छ (रोमी ८:९ र १ कोरिन्थी ६:१९)। आत्मिक तरिकाले भन्नुपर्दा, के तपाईं मरेको हुनुहुन्छ (एफेसी २:१) कि जिउँदो हुनुहुन्छ (१ यूहन्ना ५:१२)? ________________। तपाईंसँग पवित्र आत्मा हुनुहुन्छ कि हुनुहुन्न? के एउटा विश्वासी जीवित संरचनाको जीवित हिस्सा हो? किन?

५)आदेशहरू दिने शरीरको शिरले गर्दछ

मानव शरीरमा, शरीरका अङ्गहरूलाई निर्देशन दिनेवाला शिर हो। तपाईंको हातले गर्नुपर्ने कार्यको निर्देशन (वा तरङ्ग) दिमागबाट नै नपाएसम्म केही पनि गर्न सक्दैन। तपाईंको खुट्टाहरूलाई आफैं कुद्न मन लागेर कुनैपनि बेला दगुर्दैन; बरू, के गर्नु पर्ने हो भनी दिमागले उनीहरूलाई निर्देशन नदिएसम्म उनीहरूले पर्खनै पर्छ। शिर (र यसभित्र भएको दिमाग) शरीरका सबै कृयाकलापहरूको केन्द्र हो।

यसको विषयमा अर्को उदाहरण: मानौं तपाईंको हातले लिन नहुने कुरा लियो (चोरी गर्यो) । यस पापको निम्ति तपाईंले आफ्नो हातलाई दोष्याउन सक्नुहुन्न। तपाईंले जे गर्न लगाउनुभयो, तपाईंको हातले त्यही गरेको हो। अथवा मानौं तपाईंको मुखले झूट बोल्यो। यस पापको निम्ति तपाईंले आफ्नो मुख वा ओंठलाई दोष्याउन सक्नुहुन्न। यो तपाईंको ओंठको गल्ती होइन, यो तपाईंको गल्ती हो! ओंठले त आफूलाई जे बोल्न लगाइयो त्यही मात्र बोल्दछ। तपाईंले कसैको नाकमा हिर्काउनुभयो भने, तपाईंले आफ्नो पाखुरालाई दोष्याउन सक्नुहुन्न। तपाईंको पाखुराले तपाईंका आदेशहरू पालन गरेका मात्र हुन्! तपाईंले आफ्नो पाखुरालाई जे गर्न लगाउनुभयो, उसले त्यही गरेको हो। कुनै अपराधीले यसो भनेको कल्पना गर्न सक्नुहुन्छ, “न्यायाधिष ज्यू, म दोषी छैन। मैले त्यसलाई गोली हानेको होइन। गोली दबाएको मेरो औंलाले हो। मैले त्यसो गरेको होइन। मेरो औंलालाई झ्यालखाना पठाउनुहुन्छ भने, त्यो तपाईंको निर्णय हो, तर मचाहिँ निर्दोष छु!” त्यो त मूर्खतापूर्ण हुनेछ! शिरले औँलाले जे गर्न अह्राउँदछ, उसले त्यही मात्र गर्दछ ।

ख्रीष्टको शरीरको शिर को हो? मण्डलीको शिर को हो (एफेसी १:२२-२३; कलस्सी १:१८)? _______________________ त्यसैकारण, शरीरका अङ्गहरूले के-के गर्नुपर्ने हो भनी कसले बताउनुपर्छ? __________________________ हामीले हाम्रा आदेशहरू कहाँबाट लिनुपर्ने हो? हाम्रो मालिक को हुनुहुन्छ? कसरी कृयाकलाप गर्ने र कसरी जिउने भनी हामीले बताउने को हुनुहुन्छ? मानव शरीरका अङ्गहरूले जहिले पनि शिरको आदेश पालन गर्दछ। दु:खको कुरा त यो छ, कि ख्रीष्टको शरीरका अङ्गहरूले जहिल्यै पनि प्रभु येशू ख्रीष्टको आदेशहरू पालन गर्दैनन्। हामीले पालन गर्नुपर्छ र गर्नैपर्छ, तर कहिलेकाहीँ उहाँका आदेशहरू पछ्याउन हामी विफल हुन्छौं। तपाईंलाई उहाँका आदेशहरू कहाँ पाइन्छ जस्तो लाग्छ?

    • क. शब्दकोषमा
    • ख. बाइबलमा
    • ग. कहीँ पनि पाइँदैन
    • घ. दैनिक समाचारपत्रमा

६) सबै अङ्गका वरदानहरू वा गतिविधिहरू एउटै हुँदैनन्।

१ कोरिन्थी १२:१५ लाई बिचार गर्नुहोस्। के खुट्टा शरीरको अङ्ग हो? _______ के हात शरीरको अङ्ग हो? _______ के त्यहाँ हातले गर्न सक्ने तर खुट्टाले गर्न नसक्ने केही कुराहरू छन्? के त्यहाँ खुट्टाले गर्न सक्ने तर हातले गर्न नसक्ने केही कुराहरू छन्? तपाईं आफ्ना खुट्टाहरूले छिटो कुद्न सक्नुहुन्छ कि हातहरूले? के तपाईंले आफ्ना दुई खुट्टाहरूले क्रिकेट ब्याट समातेर बललाई हिर्काउन सक्नुहुन्छ? के शरीरलाई ठीक तरिकाले काम गर्न र गतिविधिहरू गर्न खुट्टाहरू र हातहरू दुवैको खाँचो पर्छ?

१ कोरिन्थी १२:१६ लाई बिचार गर्नुहोस्। के कान शरीरको अङ्ग हो? ________ के आँखा शरीरको अङ्ग हो? _________ आँखाले गर्न नसक्ने कुनचाहिँ काम कानले गर्न सक्छ? ____________ कानले गर्ने नसक्ने कुनचाहिँ काम आँखाले गर्न सक्छ? _______________ शरीरलाई आँखाहरू र कानहरू दुवैको खाँचो पर्दछ!

ख्रीष्टको शरीर (मण्डली) को विषयमा पनि यही नै सत्य हो। परमेश्वरले विश्वासीहरूलाई विभिन्न प्रकारका वरदानहरू र योग्यताहरू दिनुभएको छ। विजयले गर्ने नसक्ने केही कामहरूका निम्ति हर्क योग्य होला र हर्कले गर्न नक्ने केही कामहरूका निम्ति विजय योग्य होला। एउटा विश्वासीले प्रचार गर्न सक्छ होला तर उसले गाउन नसक्ला। अर्को विश्वास गाउन निपुण होला, तर ऊ एउटा वरदान प्राप्त प्रचारक होइन। कानले सुन्न सक्छ तर देख्न सक्दैन र आंखाले देख्न सक्छ तर सुन्न सक्दैन। तपाईंलाई दुवै चाहिन्छ!

रोबर्ट म्याक्खेनले खेतमा केराउ रोप्दै गरेका दुईजना कुष्टरोगीहरूको बारेमा लेखेका थिए। एकजनाको हात थिएन, र अर्कोको खुट्टा थिएन—यी अङ्गहरू रोगले गर्दा नाश भएका थिए। जसको हातहरू थिएन उसले अर्को खुट्टाहरू नभएकोलाई आफ्नोन ढाडमा बोकिरहेको थियो, र आफ्नो साथीको ढाडमा चढेको मानिसले फेरि आफ्नोई हातमा बीजको झोला बोकेको थियो, र केराउको बीज खसालिरहेको थियो, जसलाई अर्कोले आफ्नो खुट्टाले जमिनभित्र गाड्थ्यो; र यसरी तिनीहरूले एकजना व्यक्तिद्वारा हुने कामलाई दुईजना मिलेर गर्ने व्यवस्था मिलाएका थिए। यी मानिसहरू मध्ये प्रत्येकले केही निश्चित कामहरू गर्न सक्दैनथिए, तर दुवैजना मिलेर उनीहरूले उक्त काम गर्न सकिरहेका थिए। ख्रीष्टको शरीर पनि त्यस्तै हो। एक्लै हुँदा हामीले गर्न नकस्ने कामहरू त्यहाँ असङ्ख्य छन्, तर हामी मिल्यौं भने हामीले उक्त काम गर्न सक्ने हुनेछौं!

मानव शरीरमा कार्य सम्पादन गर्न र स्वस्थ हुनको निम्ति सबै कुराहरू दिनुहुने परमेश्वर उही परमेश्वर हुनुहुन्छ जसले ख्रीष्टको शरीरमा कार्य सम्पादन गर्न र स्वस्थ हुन सबै कुराहरू दिनुभएको छ (१ कोरिन्थी १२:६-७,११,१८ हेर्नुहोस्)।

७) शरीरका हरेक अङ्गहरू आवश्यक र महत्त्वपूर्ण हुन्छन्।

१ कोरिन्थी १२:२१ पढ्नुहोस्। के आँखालाई हातको आवश्यकता पर्छ? मानौं आँखाले अति स्वादिष्ट चकलेट देख्यो। के उसलाई हातको खाँचो पर्दछ? आँखा आफैं नै शरीरको एउटा सुन्दर अङ्ग हो, तर आखाँले समात्न, सम्हाल्न, बोक्न वा समातिराख्न सक्दैन। यी कार्यहरू गर्न आँखालाई हातको खाँचो पर्छ। त्यस्तै गरी हातलाई आँखाको खाँचो पर्छ। आँखा महत्त्वपूर्ण छ र हात पनि महत्त्वपूर्ण छ। के तपाईं डुँडो हुन रुचाउनुहुन्छ? के तपाईं दृष्टिविहिन हुन रुचाउनुहुन्छ?

के शिरले हातलाई यसो भन्न सक्छ, “मलाई तिम्रो खाँचो छैन”? (२ कोरिन्थी १२:२१ हेर्नुहोस्) ________ शिरले यसो सोच्ला, “मलाई त्यस गाडीभित्र गएर शहरहरू हुँदो घुम्न मन लागेको छ।” तर खुट्टाबिना शिर कसरी गाडीभित्र जान सक्ला त? सोच्ने सवालमा खुट्टाको काम हुँदैन र हिँड्ने सवालमा शिरको काम हुँदैन। सोच्नलाई शिरको खाँचो पर्छ र हिँड्नलाई खुट्टाको खाँचो पर्छ! के शिर महत्त्वपूर्ण छ? के खुट्टाहरू महत्त्वपूर्ण छन्?

शरीरका प्रत्येक अङ्गहरू महत्त्वपूर्ण छन् र सबैले मिलेर काम गर्नुपर्छ। फुटबलको गोलकिपरले बल समातेको कल्पना गर्नुहोस्। बललाई आफूतिर हिर्काएको कानले सुन्छ; आँखले उक्त बल देख्दछ। दिमागले खुट्टाहरूलाई बलतर्फ दगुर्ने आदेश दिन्छ; हातहरू, खुट्टाहरू र शरीर सबै मिलेर बल आइरहेको दिशातर्फ जाँदछन् र अन्त्यमा—गोलकिपर उफ्रन्छ र आफ्ना पन्जाहरूले बललाई समात्दछ! उक्त बल समात्न शरीरका सबै अङ्गहरू महत्त्वपूर्ण र आवश्यक अङ्गहरू थिए। आँखाले हेर्न नमानेको भए, एउटा खुट्टाले कुद्न इन्कार गरेको भए, अथवा हातले आफैंलाई फैलाउन नमानेको भए, उक्त बल समातिने थिएन।

मानव शरीरका अङ्गहरू एक-अर्कासँग अति नै मिलेर काम गर्छन्, एकअर्कालाई सहयोग गर्छन् र उनीहरूलाई एक अर्काको खाँचो पर्छ। मेरो फोक्सोले शरीरभित्र हावा ल्याउँछ। मेरो दिमाग, मांसपेशीहरू र हड्डीहरूले मेरो फोक्सोलाई सहायता गर्छ। मेरो हड्डीहरूलाई चलहल गराउन मलाई सहायता चाहिन्छ। मेरा मांसपेशीहरूले मेरा हड्डीहरूलाई चलहल गर्न सहायता गर्दछन्। मेरो दिमागले विचाहरू गर्छ र मेरा हरेक अङ्गहरूमा सन्देश प्रवाह गर्दछ। मेरो दिमागलाई अक्सिजन चाहिन्छ र यसले अक्सिजन मेरो रगतबाट पाउँछ मेरा हड्डीहरू, मांसपेशीहरू, दिमाग, फोक्सो, मुटु, नशाहरू र पेट सबैले एकअर्कालाई सहायता गर्दछन्। ख्रीष्टको शरीरमा पनि यस्तै हुन खाँचो हुन्छ। विश्वासीहरूलाई एकअर्काको खाँचो पर्छ र विश्वासीहरूलाई एकअर्काको सहायता चाहिन्छ।

कम्प्युटरहरू चलनचल्तीमा आउनुअगाडि, मानिसहरूले टाइपराइटरको प्रयोग गर्दथे। राम्रो टाइएराइटरका सबै अक्षरहरू ठीकसँग काम गर्ने हुनुपर्छ। एकजनाले एकपटक निम्न कुरा लेखे (तिनको टाइपराइटरमा “इ” अक्षरले काम गर्दैन रहेछ):

मेरो टाXपराXटरले एउटा अक्षर बिगार्ने बाहेक सबै कामहरू राम्ररी गर्छ। हाम्रो मण्डली पनि त्यस्तै-त्यस्तै छ! सबै मानिसहरूले राम्ररी काम गरिरहेका छैनन्। तपाXले भन्नु होला, “ठीक छ, म मात्रै एउटै व्यक्ति हुँ। मैले मण्डली बनाउने वा बिगार्ने त होXन नि।” तर, यसले फरक पार्छ, किनभने प्रभावशाली मण्डली हुन प्रत्येक मानिसको सक्रिय सहभागिता चाहिन्छ! के तपाXले मूल सन्देश बुझ्नुभयो?

एकजना सिकर्मीको औजारहरूले एकअर्कासँग वार्ता गरिरहेका रहेछन्। हतौडा दाजुले सभापतित्व गरिरहेको रहेछ, तर अरूले चाहिँ ऊ निकै हल्ला गर्ने खालको भएकोले त्यहाँबाट जान सुझाव दिए। “ठीकै छ,” उसले भन्यो, “म जान्छु, तर भाइ रन्डा पनि यहाँबाट बाहिरिनुपर्छ। उसको काममा कुनै गहिराइ छैन। उसले जहिल्यै पनि सतहमा मात्र काम गर्छ।” भाइ रन्डाले जवाफ दियो, “त्यसो भए, लाइन तान्ने यो रुलर भाइ पनि बाहिरिनुपर्छ। उसले आफू मात्र सहि छु जस्तै गरेर यता-उता नापिरहन्छ।” त्यसपछि रूलर भाइले खाक्सीको बारेमा गनगन गर्दै भन्यो, “ऊ हुनुपर्ने भन्दा पनि बढी खस्रो छ। ऊ निकै घर्षण गर्ने खालको छ र ऊ जहिल्यै पनि गलत ढङ्गले सामानहरूमा घस्रिरहेको हुन्छ।” भाइ खाक्सीचाहिँ करौंती भाइको निकै तिखो र काटिहाल्ने किसिमको गुणबाट निकै हैरान भएको रहेछ। करौंती भाइले लेवल (सतह बराबर र समतल छ कि छैन भनी जाँच्ने यन्त्र) तर्फ आफ्नो आलोचना लगायो र ऊ जहिल्यै पनि अरूहरूचाहिँ समतल नभएको र नमिलेकोले आरोप लगाउँछ भनी दोष्यायो। ड्रील भाइसँग लेवल भाइको समस्या विशाल थियो, ड्रीलले जहिल्यै पनि अरूहरूको काममा आफ्नो चुच्चो नाक घुसाउँछ भनी उसले आरोप लगायो। अनि तपाईंलाई थाह नहोला, ड्रील भाइचाहिँ क्ल्याम्प भाइ (फलामे अङ्कुश) सँग निकै रुष्ठ रहेछ किनभने क्ल्याम्प भाइ जहिले पनि कडा देखिन्थ्यो र कहिल्यै पनि खुकुलो देखिँदैनथियो।

उनीहरूको तीतो वादविवादको बीचमा, नासरतको सिकर्मी आउनुभयो। उहाँले सबै औजारहरूसँग अनुशासनप्रियतापूर्वक कुरा गर्नुभयो, उनीहरूलाई हप्काउनुभयो, र उनीहरूलाई शान्त रहन आदेश दिनुभयो। उहाँले उनीहरू प्रत्येकको उद्देश्य रहेको र त्यो उद्देश्य पूरा गर्ने हेतुले उनीहरूको भिन्न बनावट रहेको कुरा बताउनुभयो। उहाँले उनीहरूमध्ये सबैजना महत्त्वपूर्ण छन् र उनीहरूका आफ्नै विशेष जिम्मेवारी छ भनी बताउनुभयो। सिकर्मीले आफ्नो काम गर्न उनीहरू सबैको खाँचो रहेको कुरा उनीहरूलाई बताउनुभयो। त्यसपछि उहाँ सुसमाचार प्रचार गर्ने पुलपिट बनाउन आफ्नो टेबलमा जानुभयो। उहाँले हतौडा, रन्डा, रुलर, खाक्सी, करौंती, लेवल, ड्रील र क्ल्याम्पको प्रयोग गर्नुभयो। प्रयोगमा नआएको र नचलाइएको औजार एउटै पनि थिएन। पुलपिटको काम सिद्धिएपछि रुलर भाइ उठेर भन्यो, “अब मैले देखेँ, हामी सबैजना परमेश्वरसित उहाँका कामदारहरू रहेछौं।”

मण्डलीका सदस्यहरू, अर्थात् ख्रीष्टको शरीरमा भएका विश्वासीहरूको सवालमा पनि यही नै साँचो हो। परमेश्वरले हामीमध्ये प्रत्येकलाई प्रयोग गर्न चाहनुहुन्छ। मण्डलीको हरेक सदस्यको खाँचो पर्छ र मण्डलीको हरेक सदस्य नै महत्त्वपूर्ण छन्। हामीहरू मध्ये हरेकमा कमजोरीहरू छन्, हाम्रो चरित्रहरू त्रुटिपूर्ण छन् र हाम्रा पापहरू छन्। कहिलेकाहीँ पवित्र जनहरूका व्यवहारहरू गलत हुन सक्लान्, तर हामीले प्रेममा एकअर्कालाई सहनुपर्छ भनी एफेसी ४:२ ले हामीलाई बताउँछ। एफेसी ४:३२ हेर्नुहोस्। यदि हामीहरू आत्माले भरियौं र आफैंलाई परमेश्वरको अधिनतामा सुम्पियौं भने, हामीले एकअर्कालाई बढाउन र बाहिरकाहरूको सामु एउटा चम्किलो गवाही हुन सकौं भनेर हामीहरू मध्ये हरेकलाई आफ्नो इच्छा अनुसार प्रयोग गर्न प्रभु येशू योग्य हुनुहुन्छ भन्ने कुरा सिकर्मीका औजारहरूले हामीलाई सम्झना गराएका होऊन्।

यदि तपाईंले मुक्ति पाउनुभएको छ भने, ख्रीष्टको शरीरमा तपाईंको अति महत्त्वपूर्ण स्थान छ र मण्डलीलाई तपाईंको खाँचो छ! हतौडा बिना सिकर्मीले आफ्नो काम गर्न सक्दैन। तपाईं बिना मण्डलीले आफ्नो महत्त्वपूर्ण र आवश्यक सदस्यहरूमध्ये एउटालाई गुमाइरहेको हुनेछ।

हामीले यो पनि सम्झनामा राख्नुपर्छ, शरीरका केही अङ्गहरू त्यस्तो विशिष्ट, दृश्यमान र त्यति “सुन्दर” नभए तापनि अति नै महत्त्वपूर्ण हुन्छन्। शरीरमा सजिलै देखिने अङ्ग भनेको आँखा हो। आँखातर्फ सजिलै ध्यानाकर्षण हुन्छ। आँखाहरू प्राय: सुन्दर नै हुन्छन् (निला आँखाहरू, खैरा आँखाहरू इत्यादि)। शरीरका अन्य केही अङ्गहरू त्यति दृश्यमान हुँदैनन् र खासै “सुन्दर” हुँदैनन्। उदाहरणको निम्ति कलेजोले सुन्दर प्रतियोगिता जित्न सक्दैन। फोक्सोहरूलाई अपरेशन नै नगरेसम्म देखिँदैन, र फोक्सोहरू शरीरका अति सुन्दर अङ्गहरू होइनन्। मुटु, फोक्सोहरू, कलेजो, किड्नीहरू इत्यादि—यी सबै अङ्गहरू दृश्यमान र सुन्दर नभए तापनि ती अति नै महत्त्वपूर्ण अङ्गहरू हुन्।

मण्डलीमा केही सदस्यहरू निकै दृश्यमान र निकै विशिष्ट हुन्छन्। पास्टरलाई सबैले देख्छन् किनभने उनी जहिल्यै पनि पुलपीट पछाडि उभिएका हुन्छन्। भजन गाउने समूह (कोयर) वा बाजा बजाउनेहरू पनि निकै दृश्यमान हुन्छन्। त्यहाँ केही सदस्यहरू हुन्छन् जोहरू कमै मात्र दृश्यमान भए तापनि अति नै महत्त्वपूर्ण हुन्छन्। त्यहाँ एउटी बुढी स्त्री हुन सक्छिन् जसलाई धेरै मानिसहरूले देखेका हुँदैनन्, तर तिनले दिनहुँ विश्वासयोग्यतापूर्वक प्रार्थना गर्छिन्। पास्टरले प्रचार गर्न सक्नुको एउटा कारणचाहिँ यस्तै विश्वासयोग्य स्त्रीहरूले आफ्ना घुँडाहरू टेकेर उनको निम्ति प्रार्थना गर्दै, सहयोग गर्दै उनलाई सहायता गर्नाले हो। मानिसहरूले अरूहरूलाई देखेको जस्तै तपाईंलाई नदेख्लान्, तर यसको मतलब तपाईं महत्त्वपूर्ण हुनुहुन्न भन्ने चाहिँ होइन। १ कोरिन्थी १२:२२-२४ हेर्नुहोस्।

८) सम्पूर्ण शरीरलाई एउटा अङ्ग (चाहे स्वस्थ चाहे बिमार) ले असर पार्दछ।

यदि एउटा अङ्गले दु:ख भोग्यो भने, ऊसँग अरू कसले दु:ख भोग्छ (१ कोरिन्थी १२:२६)? __________________________________________________ तपाईंको बुढी औंलामा हतौडाले लाग्यो भने, के तपाईंको सम्पूर्श शरीरलाई असल पर्छ? तपाईंको शरीरको अन्य अङ्गहरूले कस्तो प्रतिकृया देला (उदाहरणको निम्ति, मुखले यसो भन्ला, “ऐया!” )? तपाईंको नाकमा रूघा लाग्यो भने वा तपाईंको घाटी दुख्यो भने, के तपाईंको सारा शरीरले दु:ख महसुस गर्दैन र?

ख्रीष्टको शरीरको बारेमा पनि यही नै सत्य हो। यदि एउटा अङ्ग आत्मिक रूपमा रोगी छ भने, सम्पूर्ण शरीरलाई नै असर पर्छ! यदि विद्यालयमा वा काममा एउटा अङ्ग राम्रो गवाही भइरहेको छैन भने, यसले सम्पूर्ण मण्डलीको साक्षीलाई नै असर गर्नेछ। यसको ठीक उल्टो पनि सत्य छ। यदि ख्रीष्टको शरीरको एउटा अङ्ग आत्मिक रूपमा स्वस्थ छ र राम्रो गर्दैछ भने, यसले सम्पूर्ण शरीरलाई नै सहायता गर्नेछ।

फुटबल टिमको बारेमा बिचार गर्नुहोस्। यदि टिमको एउटा सदस्यले खराब बोलीहरू बोल्छ, रेफ्रीसँग विवाद गर्छ र नराम्रो खेल प्रदर्शन गर्छ भने, यसले सम्पूर्ण टिमलाई नै खराब देखिने तुल्याउँछ। अर्को तर्फ, यदि एउटा खेलाडीले राम्रो खेल प्रदर्शन गर्छ र रेफ्रीसँग (रेफ्रीकै गल्ती भए तापनि) विवाद गर्न इन्कार गर्छ भने, यो नमूनाले सम्पूर्ण टिमलाई नै सहायता गर्नेछ। ख्रीष्टको शरीरको अङ्गहरू भएकोले हामीहरू सबैजना एउटै टिम हौं। हामीले के गर्छौं भन्ने कुरा महत्त्वपूर्ण हुन्छ किनभने यसले सम्पूर्ण शरीरलाई नै असर गर्दछ!

९) शरीरलाई पुगेको चोट शिरले अनुभव गर्छ।

कसैले तपाईंको खुट्टा कुल्चियो भने शिरले तुरुन्तै थाह पाउँछ! तपाईंको खुट्टाबाट तपाईंको शिरमा सन्देश पुर्याइन्छ। शरीरको कुनै पनि अङ्गमा चोट पुग्दा, त्यो सन्देश जहिले पनि दिमागमा पुर्याइन्छ र हरेक पटक शिरले त्यो थाह पाउँछ!

जब विश्वासीलाई चोट पुग्छ, प्रभु येशूलाई जहिले पनि त्यसको ज्ञान हुन्छ। उहाँ मण्डलीको शिर हुनुहुन्छ। जब तपाईंले शरीरलाई छुनुहुन्छ, शिरले महसुस गर्दछ!

प्रेरित ८:१ र ९:१ मा शाउलले ख्रीष्टियनहरूलाई सताइरहेको र दु:ख दिरहेको पढ्दछौं। प्रेरित ९:४ मा येशूले शाउललाई भेट्नुभयो र तिनलाई भन्नुभयो, “शाउल, शाउल, तिमी ___________ किन सताउँछौ?” शाउलले ख्रीष्टियनहरूलाई सताइरहेका थिए तर येशूले भन्नुभयो, “तिमी मलाई किन सताउँछौ?” (प्रेरित ९:५ पनि हेर्नुहोस्)। शरीर (ख्रीष्टियनहरू) लाई चोट पुर्याउँदा शिर (ख्रीष्ट) लाई चोट पुर्याइरहेको हुन्छ भनी येशूले शाउललाई सिकाउँदै हुनुहुन्थ्यो।

हामी जस्तोसुकै समस्याहरू वा कठिनाइहरूबाट भएर गए तापनि येशूलाई ती सबको बारेमा ज्ञान हुन्छ। मानिसहरूले हाम्रो ठट्टा गर्दा वा हाम्रो विरोधमा बोल्दा वा अन्य तरिकाले हामीलाई चोट पुर्याउँदा प्रभु येशूले त्यस कुराको महसुस गर्नुहुन्छ! स्वर्गीय शिरसँग शरीरका अङ्गहरूको सुन्दर सम्बन्ध हुन्छ। हामी विशेष किसिमले उहाँसँग जोरिएका छौं!

१०) शरीर स्वस्थ रहनैपर्छ

मानव शरीर स्वस्थ रहनैपर्छ। यही कारणले हामीले हाम्रो शरीरको वास्ता गर्छौं, पर्याप्त विश्राम लिन्छौं, ठीक प्रकारका खानाहरू खान्छौं। ख्रीष्टको शरीर स्वस्थ रहनैपर्छ। एक-एक अङ्गहरू जति स्वस्थ रहन्छन् ख्रीष्टको शरीर पनि उति नै स्वस्थ रहन्छ।

शरीरको अङ्ग भएकोले, अरू अङ्ग बिमार हुँदैमा म आफैंचाहिँ बिमार हुनुपर्दैन। अरू विश्वासीहरू आत्मिक रूपमा रोगी भए तापनि, परमेश्वरले मलाई स्वस्थ रहन सहायता गर्न सक्नुहुन्छ। आत्मिक रूपमा स्वस्थ रहनबाट रोक्न सक्ने एउटै मात्र व्यक्ति भनेको म आफैं नै हुँ। म आत्मिक रूपमा स्वस्थ छैन भन्दैमा मैले ख्रीष्टको शरीरका अन्य अङ्गहरूलाई दोष लगाउन मिल्दैन। मैले केवल आफैंलाई मात्र दोष लगाउन मिल्छ।

यदि थुप्रै अङ्गहरू रोगी छन् भने शरीरले खासै राम्रो गर्न सक्दैन। कसरी एउटा मानिस स्वस्थ विश्वासी हुन सक्छ? स्वस्थ विश्वासी हुन मानिसले के गर्नुपर्छ? स्वस्थ विश्वासीलाई तपाईं कसरी वर्णन गर्नुहुन्छ? स्वस्थ विश्वासी स्कूलमा कस्तो हुन्छ? मण्डलीमा कस्तो हुन्छ? तपाईं कत्तिको स्वस्थ हुनुहुन्छ? यदि अन्य विश्वासीहरू तपाईं जत्तिकै स्वस्थ भएको भए, के ख्रीष्टको शरीरले राम्रो प्रगति गर्नेथियो होला?

परमेश्वरले मलाई सुन्दर भौतिक शरीर दिनुभएको छ। परमेश्वरले मलाई ख्रीष्टको शरीरको एउटा हिस्सा हुने विशेषाधिकार पनि दिनुभएको छ (यदि मैले मुक्ति पाएको छु भने)। के म मेरो भौतिक शरीरको निम्ति धन्यवादी छु? के म विश्वासीहरूको शरीरको निम्ति धन्यवादी छु? के म मण्डलीको शिरको निम्ति धन्यवादी छु? के म उहाँका आज्ञाहरूलाई पछ्याइरहेको छु?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

११ आत्माले भरिनुका परिणामहरू के के हुन्?

पाठ ११ — आत्माले भरिनुका परिणामहरू के के हुन्?

हरेक विश्वासी या त आत्माले भरिएको हुन्छ या शरीरद्वारा चलाइएको हुन्छ। मानिसको जीवन या त परमेश्वरद्वारा चलाइएको हुन्छ या आफैंद्वारा नियन्त्रित हुन्छ। या त परमेश्वर नै मानिसको जीवनको चालक र कप्तान बनिरहनुभएको हुन्छ, या विश्वासीले परमेश्वरबिना र उहाँको अगुवाइबिना नै आफ्नो जीवनको गाडी आफैंले चलाइरहेको हुन्छ।

गलाती ५:१६ मा यस्तो लेखिएको पढ्छौं, “तर म यो भन्दछु: _____________ हिँड, र तिमीहरूले _______________ _____________ (उत्कट इच्छा) कुनै रीतिले पूरा गर्नेछैनौ।” यदि तपाईं आत्मामा हिँडिरहनुभएको छ भने तपाईंले शरीरको अभिलाषा पूरा गरिरहनु भएको हुँदैन, र यदि तपाईं शरीरको आभीलाषा पूरा गरिरहनुभएको छ भने तपाईं आत्मा हिँडिरहनुभएको हुँदैन। एकै समयमा दुई जनाले गाडीको स्टेरिङ्ग चलाउनु सम्भव छैन। या त आत्मा नै नियन्त्रक हुनुहुन्छ या शरीर आफैं नियन्त्रक हुन्छ। या परमेश्वरले अगुवाइ र डोर्याउने कार्य गरिरहनुभएको हुन्छ, या त मानिस आफैंले नै उसको पुरानो स्वभावको उत्कट इच्छाहरू अनुसारले जीवनको गाडी चलाइरहेको हुन्छ।

तिमोथी म्याकभेय (Timothy McVeigh) (अप्रिल २३, १९६८ – जुन ११, २००१) एक अमेरिकी थिए जसले सन् अप्रिल १९, १९९५ मा ओक्लाहोमा शहरको सङ्घीय भवनको सामु ट्रक बम्ब विस्फोट गराएका थिए। ओक्लाहोमा शहर बम्ब काण्ड नामले परिचित उक्त आक्रमणले १६८ मानिसहरूको ज्यान लियो र ६०० भन्दा बेसी घाइते भए। योचाहिँ सेप्टेम्बर ११ पूर्व अमेरिकाको सबैभन्दा खतरापूर्ण आतङ्ककारी घटना थियो, र अहिलेसम्म पनि यो घटना अमेरिकाको इतिहासमै सबैभन्दा गम्भिर प्रकारको घरेलु आतङ्कको घटना हो। म्याकभेयलाई प्राणनाशक सुई (इन्जेक्शन) द्वारा मृत्युदण्ड दिइएको थियो। आफ्नो मृत्युभन्दा अघि, तिमोथी म्याकभेयले आफ्नो अन्तिम शब्दहरूको रूपमा विलियम हेन्लेद्वारा लिखित इन्भिक्टस (अजेय) कवितालाई अवज्ञापूर्वक रोजे। यी शब्दहरू परमेश्वरको अधिनमा रहन इन्कार गर्ने मानिसका शब्दहरू हुन्:

अजेय

मलाई छोप्ने रातदेखि बाहिर,
कालो झैं छ एक छेऊ देखी अर्को छेऊसम्म खाडल यो।
ईश्वरहरू जो भए पनि धन्यवादी छु म,
मेरो अजेय प्राणको निम्ति यो।
खराब परिस्थितीहरूमा परे तापनि,
म हच्किएको छैन र म चिच्याएको छैन।
संजोगको मोटो छडीको हिर्काइ मुनि,
मेरो शिर रक्ताम्मे छ तर यो झुकेको छैन।
क्रोध र आँशुहरूको यस स्थान पारि।
ओझेलका त्रासहरूको भयङ्कर छायाँ देखिन्छ।
र नयाँ सुरुको त्यस भयानक दर्शनले,
मलाई त्रासरहित भेट्टाउनेछ।
ढोका जति साँघुरो भएपनि फरक पर्नेछैन,
पत्र ढण्डाज्ञाहरूले भरिएपनि फरक पर्नेछैन।
मेरो भाग्यको म नै मालिक हुँ;
मेरो प्राणको म आफैं कप्तान हुँ।

ख्रीष्टमा विश्वास गर्ने डोरोथी डे (Dorothea Day) ले यही कविताको प्रत्युत्तर स्वरूप अर्को समानान्तर कविता लेखेकी छिन्। तिनको कविताको निश्कर्ष निकै भिन्न छ:

मलाई तिरमिर्याउने रातदेखि बाहिर,
सूर्य झैं एक छेऊ देखी अर्को छेऊसम्मको ज्योति यो।
मैले चिनेको परमेश्वरप्रति धन्यवादी छु म,
ख्रीष्ट मेरो प्राणमाथि विजयी हुनुभो।
मेरा परिस्थितीहरू छन् उहाँको नियन्त्रणमुनि,
म हच्किने छैन न ता मेरो प्राण चिच्याउने छ।
मानिसहरूले संजोग भनी भनेका ती प्रथामुनि,
मेरो शिर आनन्दित छ र नम्रतामा झुकेको छ।
पाप र आँशुहरूको यस स्थान पारि,
उहाँसँगको त्यो जीवन! भरोसा उहाँकै छ।
र त्यो दृश्य भयानक भएतापनि,
मलाई त्रासरहित राख्नेछ, र राखिरहनेछ।
ढोका जति साँघुरो भएपनि मलाई कुनै डर छैन,
पत्र ढण्डाज्ञाहरूले भरिए तापनि ती मेटिएकाछन्।
मेरो भाग्यको मालिक ख्रीष्ट हुन्;
मेरो प्राणको कप्तान ख्रीष्ट हुन्।

ख्रीष्ट हाम्रा प्राणहरूको कप्तान हुनुभएकोले हामी विश्वासीहरूले परमेश्वरलाई धन्यवाद दिन्छौं, तर समस्या यो छ, कि हामीले जहिल्यै पनि परमेश्वरलाई हाम्रो चालक हुन दिँदैनौं। हामी आफैं चालक हुन चाहन्छौं। र उहाँको अधिनमा रहन हामी अकसर इन्कार गर्छौं, र त्यसैले उहाँको अगुवाइलाई हामी इन्कार गर्छौं र उहाँको कामलाई हामी निभाउँछौं।

हामी यस प्रश्नको जवाफ दिन चाहन्छौं: म आत्माले भरिएको छु कि छैन भनी मैले कसरी थाह गर्न सक्छु? आत्माले भरिनुका प्रमाणहरू के के हुन्? अर्को शब्दमा, म आत्माले भरिएको छु भनी कसरी प्रमाणित हुन्छ? यसको पहिचान कसरी हुन्छ?

एउटा व्यक्ति आत्माले भरिएको छ कि छैन भनी हामी थाह गर्न सक्ने हुनुपर्छ भनी बाइबलले स्पष्ट बनाएको छ। प्रेरित ६ अध्यायमा टेबलको सेवा गर्नका निम्ति विश्वासीहरूलाई सातजना मानिसहरू छान्ने आज्ञा दिइयो: “यसकारण भाइहरूहो, आफ्नो बीचबाट नाम चलेका, ____________ _____________ र बुद्धिले ______________ सातजना मानिसहरूलाई खोज, जसलाई हामी यस काममा नियुक्त गर्न सकौं” (प्रेरित ६:३)। यी सातजनालाई छान्दा, ती मानिसहरूमा केही निश्चित गुणहरू भएको हुनुपर्थ्यो, र तीमध्येको एउटा गुणचाहिँ, उक्त मानिस आत्मा भरिएको हुनुपर्थ्यो, अर्थात् ऊ आत्मिक मानिस हुनुपर्थ्यो। कुनै मानिस पवित्र आत्माले भरिएको छ कि छैन भनी पहिचान गर्नु सम्भव छ भनी यस खण्डबाट स्पष्ट हुन्छ। आफ्नो जीवनलाई पवित्र आत्माले नियन्त्रण गरिरहनुभएको छ भनी प्रमाण दिन सक्ने व्यक्तिलाई उनीहरूले छान्नुपर्थ्यो।

हामीले मानिस कुन बेला शरिरद्वारा चलाइएको छ भनेर पनि पहिचान गर्न सक्नुपर्छ भनी बाइबलले स्पष्ट गर्दछ। गलाती ५:१९ ले भन्छ, “अब _____________ ______________ प्रकट छन्…।” “प्रकट” शब्दको अर्थ हो “देख्न मिल्ने गरी खोलिएको, दृश्यमान, प्रत्यक्ष।” यदि कोही मानिस शरीरमा हिँडिरहेको छ भने, तपाईंले त्यो सजिलै ठम्याउन सक्नुपर्छ। यो स्पष्ट देख्न सकिने कुरा हो। यो त फोहोर कपडालाई सबैले देख्ने गरी झुण्ड्याइएको जस्तै हो।

(टिप्पणी: शरीरका कामहरू अकसर दृश्यमान र प्रत्यक्ष भए तापनि, ती धोकापूर्ण पनि हुनसक्छन्। मानिसको हृदय र दिमागमा के चलिरहेको छ भनी हामीले देख्न सक्दैनौं। मानिस आत्मिक झैं देखा पर्न सक्छ, तर उसको हृदय र दिमाग ठीक नहुन सक्छ र उसको सोचाइ भ्रष्ट हुन सक्छ।)

शरीरका कामहरू अकसर प्रकट र दृश्यमान हुन्छन्। गलाती ५:१९-२१ को सूची हेर्नुहोस्। यदि तपाईं व्यभिचारको दोषी हुनुहुन्छ र आफ्नो श्रीमान वा श्रीमती प्रति विश्वासयोग्य हुनुहुन्न भने, तपाईं आत्माले भरिनु भएको छैन भनी तपाईंले निर्धक्कतासाथ भन्न सक्नुहुन्छ। यदि तपाईं कतै गएर मत्त हुनुभएको छ भने (२१ पद), तपाईं आत्माले भरिएको हुनुहुन्न (एफेसी ५:१८ सित पनि तुलना गर्नुहोस्)। यदि तपाईं शरीरमा हिँडिरहनुभएको छ भने, तपाईं आत्माले भरिएको हुनुहुन्न। यी दुई एक अर्काको विरोधमा छन्। शरीरले केही कुराहरू फलाउँछ; आत्माले केही कुराहरू फलाउँछ, र जब तपाईंले परिणामहरू देख्नुहुन्छ, तब स्रोत पनि स्पष्ट हुनेछ।

यदि विश्वासी आत्मामा हिँडिरहेको छ भने र यदि परमेश्वरका आत्माले उसलाई चलाइरहनुभएको छ भने, परिणाम के हुन्छ? “तर ____________को ___________ हो, प्रेम, आनन्द, मिलाप इत्यादि” (गलाती ५:२२-२३)। परमेश्वरका आत्माले फलाउनुहुने फल यही हो र हामीले यस फलको पहिचान गर्न सक्नुपर्छ, पहिले हाम्रो आफ्नै जीवनमा, र अरूहरूको जीवनमा पनि। आत्माको पूर्णताचाहिँ आत्माको फलबाट प्रमाणित हुन्छ। फल छैन भने, भरिने कार्य पनि हुँदैन। भरिने कार्यको परिणामचाहिँ फल हो, अर्थात् त्यो फल जुन परमेश्वरले मात्र फलाउन सक्नुहुन्छ।

फल सजिलै देखिने र दृश्यमान कुरा हो। अङ्गुर, स्याउ र नासपातीहरू सजिलै देखिन्छन्। फल भनेको गोप्य कुरा होइन, यो खुल्ला कुरा हो। आखाहरूले ती देख्छन् र ती सबैको सामु प्रकट छन्। “त्यसरी नै तिमीहरूको ____________ मानिसहरूको सामु चम्कोस्, र तिनीहरूले तिमीहरूका असल कामहरू ___________, अनि स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्” (मत्ती ५:१६)।

चेलाहरूले आत्माले भरिएका डिकनहरू वा सेवकहरू छान्नुपर्थ्यो, र आत्मिक रूपमा छुट्याउन सक्ने क्षमता भएकाहरूका लागि यो गुण अति स्पष्ट भएको हुनुपर्छ।

एफेसी ५:१८ को सन्दर्भ

एफेसी ५:१८ मा आत्माले ____________ होओ भन्ने महत्त्वपूर्ण आज्ञा पाउँछौं। हाम्रो अघिल्लो पाठमा यसको बारेमा विस्तृत अध्ययन गरिसक्यौं। आत्माले भरिनुका परिणामहरू निम्न पदहरूमा देखिन्छन्। यदि विश्वासीजन साँच्चै आत्माले भरिएको छ भने, उसको जीवनमा के-के कुराहरू वास्तविक हुनुपर्छ? आत्माको भरिपूर्णता कसरी स्पष्ट हुन्छ?

एफेसी ५:१९

ध्यान दिनुहोस्, यहाँ यसो भनिएको छैन, “आत्माले भरपूर होओ, आफैंसँग अन्यभाषाहरूमा वा अनौठा परमानन्ददायक उच्चारणहरूमा बात गर।” अन्यभाषाहरूमा बोल्नु भनेको आत्माले भरिएको कुराको प्रमाण हो र अन्यभाषामा नबोल्ने मानिस आत्माले भरिएको छैन भनी क्यारिज्म्याटिक विचारधारा भएकाहरूले सिकाउँछन्। बाइबलले यस्तो सिकाउँदैन।

एफेसी ५:१९ ले के सिकाउँछ? जब परमेश्वरले नियन्त्रण गर्नुहुन्छ, उहाँले हृदयमा गीत दिनुहुन्छ। आत्माले भरिएको विश्वासी आनन्दित विश्वासी हो। भरोसा गर्ने विश्वासीको हृदयभित्र सुन्दर सङ्गित उत्पन्न गर्नुहुने गुरु-सङ्गितकार पवित्र आत्मा नै हुनुहुन्छ। तपाईंले स्वरलिपिमा गाउन नसक्नुहोला, त्यसले केही फरक पार्दैन। तपाईंले गायन समूहमा गाउन नसक्नुहोला। स्वरलिपिमा मिलाएर गाउन नसक्ने विश्वासीहरू पनि हुन्छन् तर प्रभुको निम्ति उनीहरूले आ-आफ्ना हृदयहरूमा गाउन सक्छन्। आत्माको फल हो आनन्द, र आत्माले भरिएको विश्वासी घोर परिक्षाहरू भएर जानु परे तापनि भजन गाउन र प्रभुमा सधै आनन्द गर्न सक्छ। प्रभुले रातमा गीतहरू दिनुहुन्छ!

एफेसी ५:२०

आत्माले भरिएको विश्वासी एक धन्यवादी विश्वासी हो। यदि तपाईं धन्यवादी हुनुहुन्न भने, तपाईं आत्माले भरिएको हुनुहुन्न। परमेश्वर नै नियन्त्रक हुनुभएको र उहाँले नै हाम्रो जीवनको गाडीलाई डोर्याउँदै गर्नुभएकोले हामी कति धन्यवादी हुन सक्छौं। हाम्रो जीवनमा आइपर्ने हरेक कुराहरूमाथि उहाँ नै हुनुहुन्छ र सबै कुराहरूलाई मिलाएर हाम्रा निम्ति भलाइ उत्पन्न गराउन सक्नुहुन्छ भन्ने कुरामा हामी कति धन्यवादी हुन सक्छौं।

एफेसी ५:२१ र त्यसपछिका पदहरू

परमेश्वरले अधीनतामा सुम्पने हृदय खोजिरहनुभएको छ। हरेक विश्वासीले आफूलाई उहाँको अधीनतामा सुम्पिनुपर्छ। श्रीमतीहरूले आफूलाई आफ्ना श्रीमानको अधीनतामा सम्पिनुपर्छ। नानीहरूले आफूलाई आफ्ना बाबुआमाहरूको अधीनतामा सुम्पनुपर्छ। दासहरूले आफूलाई आफ्ना मालिकको अधीनतामा सुम्पनुपर्छ। आत्माले भरिएको र अधीनतामा सुम्पने विश्वासीलाई भेट्न मैले कहाँ हेर्नुपर्छ? शनिबारको मण्डली सभामा होइन जब सबैजनाले आफ्नो सर्वोत्कृष्ट व्यवहार देखाउन खोजिरहेका हुन्छन्। क्यारिज्म्याटिक स्तुति प्रशंसाको भागमा होइन जब सबैजना आत्मिक रूपले उच्च भएको जस्तो देखिन्छ। मूल्याङ्कन गर्ने सर्वोत्तम तरिका भनेको हप्ताभरि एउटा विश्वासी जहाँ-जहाँ हुन्छ, त्यहीँ हर्नु हो। उदाहरणको निम्ति: मालिकको दिन खराब चलिरहेको बेलामा विश्वासी कामदारले कस्तो प्रतिकृया देखाउँछ? जब दिनभरीको लामो र गाह्रो काम सिद्धाएर श्रीमान घरमा आइपुग्छन्, तब आफ्नो श्रीमती र नानीहरूसँग व्यवहार गर्दा के उनी पवित्र आत्माको प्रभाव र अधिकार मुनि रहेको देख्न सकिन्छ? श्रीमती पनि, नानीहरूसँग चुनौतीपूर्ण दिन बिताएपछि, जब तिनी पूरै थकित हुन्छिन्, र तिनको श्रीमान ठूस्स मुद्रामा घर आउँछन् र खानाको बारेमा गनगन गर्छन्, तब श्रीमतीले कस्तो व्यवहार गर्छिन्? के उनी सहनशील हुन्छिन् (“आत्माको फल हो…सहनशीलता) वा उनी कुनै पहाड पड्के जस्तो पड्किन्छिन्? त्यसैले आत्माले भरिएको कुरा देखिने ठाउँचाहिँ घर, कार्यालय हो।

वचन बोल्न साहस

पछि के होला भन्ने कुनै डर नराखी परमेश्वरको वचन बोल्न साहस राख्नुचाहिँ आत्माले भरिने कार्यको अर्को प्रमाण हो। हामी यो कुरा प्रेरितको पुस्तकमा घरी-घरी पाउँछौं।

प्रेरित १:८ गवाही भनेको कुनै वाणआकार (कुनै चित्रमा बनाइएको वाण) जस्तै हो। वाणआकार आफैंचाहिँ देखिन रुचाउँदैन तर उसले अन्य कुनै वस्तुलाई नै देखाउन चाहन्छ। वाणआकारले यसो भन्दछ, “मलाई नहेर; मैले देखाएको कुरालाई हेर।” पवित्र आत्माले विश्वासीलाई उहाँको गवाही हुने, जीवनले र बोलीले ख्रीष्टलाई देखाउने सामर्थ्य दिनुहुन्छ।

प्रेरित ४:३१ तिनीहरू सबै पवित्र आत्माले _____________, फलस्वरूप के भयो? तिनीहरूले _______________को _________ ___________सित बोले। तिनीहरू ख्रीष्टका साहसिलो गवाही बने। उहाँको बारेमा बोल्न र मानिसहरूको माझ असल खबर बाँड्न उनीहरू डराएका थिएनन्। अनि उनीहरूको साहसिक कार्य निकै मूल्यवान थियो। साहससाथ सुसमाचार प्रचार गरेकोमा उनीहरू सजिलै झ्यालखानामा पनि पुग्न सक्थे। वास्तवमा, यी विश्वासीहरूले गरेका निडर प्रचारको कारणले भर्खरै मात्र झ्यालखाना पुगेका थिए, र पाँच अध्यायमा उनीहरू पुन: झ्यालखानामा पुग्नेछन्।

प्रेरित ४:८-१२ पत्रुसको साहसिक सन्देशलाई यसरी बताउन सकिन्छ, “तिमीहरूले उहाँलाई क्रूसमा टाङ्ग्यायौ! तिमीहरूले परमेश्वरका चट्टानलाई इन्कार गर्यौ! तिमीहरूले एकमात्र मुक्तिदाताको हत्या गर्यौ!” आत्माले भरिएको फलस्वरूप त्यहाँ निकै साहसिलो र निडर प्रचार कार्य भयो।

प्रेरित १३:९-१० पावलमा सुसचामारका शत्रुहरूको सामना गर्ने साहस थियो।

प्रेरित ७:५५ स्टिफनसमा सतावटको बीचमा पनि साहस थियो, र तिनी ढुङ्गाले हानिएर मारिनलाग्दा समेत तिनमा दृढता थियो।

मण्डली इतिहासबाट एउटा उदाहरण

१६औं सताब्दीको मध्यतिर बेलायतमा भएको प्रोटेस्टेन्ट रिफर्मेशनमा थोमस क्र्यान्मर (Thomas Cranmer) नामका एकजना प्रमुख व्यक्ति थिए। १५५५ मा तिनी रोममा भएको रोमन क्याथोलिक चर्चद्वारा बहिष्कृत गरिए। बिस्तारै दवाव बढ्दै गएपछि क्र्यान्मर कमजोर भए र उनले ख्रीष्टिय विश्वासलाई इन्कार गर्ने एउटा कागजातमा हस्ताक्षर समेत गरे। जीवनको यस घडीमा उनले आफ्ना आँखाहरू प्रभुबाट अन्तै लगाए, र उनी आत्माले भरिएका थिएनन् भनी भन्नु गलत हुँदैन। तरैपनि केहि समय पछि, उनले आफ्नो उक्त इन्कारलाई त्यागे र उनले सो कार्य उनलाई प्राणदण्ड दिनेहरूले समेत बिर्सन नसक्ने तरिकाले गरे। रानी मेरीद्वारा (Queen Mary, जो अति कठोर क्याथोलिक थिइन् र जसले झण्डै ३०० मानिसहरूलाई जलाइन दिए, त्यसैले उनले “रक्ताम्मे मेरी” वा “Bloody Mary” को उपाधि नै पाइन्) उनलाई जलाइने आज्ञा दिइएयो । क्रयान्मरले आफ्नो अघिल्लो इन्कारलाई त्यागे र पुन: एकपटक अति सामर्थी शब्दहरूमा ख्रीष्टमा रहेको आफ्नो विश्वासको घोषणा गरे। रिफर्मेशनका सिद्धान्तहरूलाई इन्कार गरेको कुराप्रतिको आफ्नो भावनालाई तिनले प्रभावशाली ढङ्गले देखाए। इन्कारपत्रमा हस्ताक्षर गरेको हातलाई तिनले आगोमा त्यो पूरै जलेर खरानी होउन्जेल दृढतापूर्वक राखिरहे। त्यसपछि आगोले तिनको शरीरलाई जलाइदियो र तिनी एक शहीदको मृत्यु मरे। आत्माले नभरिएको भए तिनले यस्तो प्रकारको मृत्युलाई सहन सक्ने थिएनन्। क्र्यान्मरले पत्रुसले झैं पनि प्रभुलाई इन्कार गरे तर पछि उनी सुन्दर ढङ्गले पुनर्स्थापित भए।

विश्वास

प्रेरित ११:२४ बर्नबास “प___________ आ__________ र वि___________ भरपूर थिए।” आत्माको भरपूरी र विश्वास दुवै सँग-सँगै हुन्छन्। जब परमेश्वर नियन्त्रक भइ रहनुहुन्छ, विश्वासीको हृदयले महान् परमेश्वरमाथी भरोसा र विश्राम गरिरहेको हुन्छ। “भर पर्छु ख्रीष्टको वचनमा, त्यो लिखित वचनमा।” आत्माले भरिएको विश्वासी आफ्नो विश्वासको कारणले चिनिएको हुन्छ, शारीरिक विश्वासी उसको अविश्वास, परमेश्वरलाई विश्वास गर्न ऊ चुकेको कारणले चिनिएको हुन्छ। आत्माले भरिएको विश्वासी विश्वासको ढाल र आत्माको तरवार, अर्थात् परमेश्वरको वचनद्वारा सुरक्षित हुन्छ।

पवित्र आत्माको सेवकाइ

“उहाँले मेरो महिमा गर्नुहुनेछ; किनभने जे मेरो छ, त्यहीबाट उहाँले प्राप्त गर्नुहुनेछ र तिमीहरूलाई बताइदिनुहुनेछ” (यूहन्ना १६:१४)। पवित्र आत्मा परमेश्वरको मूल सेवकाइ नै पुत्रलाई महिमा गर्नु र परमेश्वरका पुत्रलाई उचाल्नु हो। परमेश्वरको आत्माले मेरो जीवनमा काम गर्नुहुँदा, त्यहाँ के-कस्ता परिणामहरू हुनेछन्? प्रभु येशू ख्रीष्ट र उहाँको वचन बाइबल मेरो निम्ति झन् मूल्यवान हुनेछ। आत्माले भरिएको मानिस उही हो जो ख्रीष्टले भरिएको हुन्छ—उहाँद्वारा वास गरिएको, उहाँमा आनन्दित भइरहेको, उहाँमा विश्राम गरिरहेको, उहाँमा भर परिरहेको। ख्रीष्ट केन्द्रित मानिस आत्माले भरिएको मानिस हो; स्व-केन्द्रित मानिस शरीरमा हिँडिरहेको मानिस हो। शरीरले आफ्नै महिमा खोज्छ; आत्माले ख्रीष्टको महिमा खोज्नुहुन्छ।

रोमी १४:१७

कुन कुरा महत्त्वपूर्ण छ र कुन कुरा त्यती महत्त्वको छैन भन्ने कुरालाई देख्न हामी कहिल्यै पनि चुक्नुहुँदैन। यदि विश्वासीले आफ्नो सङ्गी विश्वासीलाई प्रेम गरेकोले बुङ्गुरको मासु खाँदैन भने, उसले कुनै महत्त्वपूर्ण कुरा गुमाइरहेको वा बलिदान दिइरहेको हुँदैन। तपाईंले म: म: खानुहुन्छ वा खानुहुन्न भन्ने कुरा महत्त्वपूर्ण होइन। तरैपनि, यदि तपाईंले परमेश्वरको आनन्द वा परमेश्वरको शान्ति गुमाइरहनुभएको छ भने, यो अति ठूलो चासोको कुरा हो किनभने तपाईंलाई निरन्तर आत्माले भरिने आज्ञा दिइएको छ (एफेसी ५:१८ र गलाती ५:२२-२३ तुलना गर्नुहोस्)। पेटभित्र जाने खाना होइन तर परमेश्वरद्वारा फल्ने फल वास्तवमै महत्त्वपूर्ण कुरा हो।

सामान्य अर्थमा “परमेश्वरको राज्य” भनेको परमेश्वरले शासन गर्नुहुने हरेक ठाउँ हो। भविष्यमा परमेश्वरले वास्तवमै यस पृथ्वीमा शासन गर्नुहुनेछ। त्यस समयमा:

संसारमा धार्मिकता वास्तविक हुनेछ (यर्मिया ३३:१५)।
संसारमा शान्ति वास्तविक हुनेछ (यशैया ९:६-७)।

संसारमा आनन्द वास्तविक हुनेछ (यशैया ६५:१८-१९; “संसार रमाओ” भन्ने भजनलाई तुलना गर्नुहोस्, जुनचाहिँ उहाँको दस्रो आगमनको बारेमा लेखिएको भजन हो, यसले ख्रीष्टको पहिलो आगमन भन्दा दोस्रो आगमनलाई वर्णन गर्दछ)। मत्ती २५:२१,२३ ले पनि राज्यमा पस्न लागेकाहरूलाई यी शब्दहरूले सम्बोधन गर्दछ, “आफ्ना प्रभुको आनन्दभित्र प्रवेश गर।”

परमेश्वरले आज कहाँ शासन गर्नुहुन्छ? उहाँले विश्वासीहरूका हृदयहरूभित्र शासन गर्नुहुन्छ। पहिलो पटक ख्रीष्ट मानिसहरूका हृदयमा काम-कुराहरू ठीकठाक पार्न आउनुभयो। दोस्रो पटक ख्रीष्ट संसारका काम-कुराहरू ठीकठाक पार्न आउनुहुनेछ। आज धार्मिकता, शान्ति र आनन्द हाम्रो संसारमा वास्तविक भएका छैनन्, तर ती कुराहरू आत्माको फलको माध्यमद्वारा हाम्रा जीवनहरूमा वास्तविक बन्न सक्छन् (गलाती ५:२२-२३, “प्रेम, आनन्द, मेलमिलाप (वा शान्ति)”। के धार्मिकता आत्माको फल हो? एफेसी ५:९ र फिलिप्पी १:११ पढ्नुहोस्। “ओहो, ती दिनहरू जब यस पृथ्वीमा धार्मिकता र प्रेमले राज्य गर्नेछन्! तर अधर्मको इन्साफ गर्न र न्यायलाई स्थापित गर्न धर्मी जन फर्की नआउन्जेल यस्तो हुनेछैन। आधारहीन विश्वास नगर्नुहोस्, तर यसको बारेमा शास्त्रहरू पढ्नुहोस्। यति मात्र सम्झनुहोस्, कि पवित्र आत्मा तपाईं विश्वासीभित्र हुनुहुन्छ, र उहाँले अहिले नै, तपाईंभित्र राज्यका कुराहरू पूरा गर्नुहुनेछ।” (विलियम नेवेल, ओल्ड टेस्टमेन्ट स्टडिज, भोल्यूम १, पृ २१९)।

आत्माले भरिनुका परिणामहरू मेरा जीवनमा पाइँदैनन् भने आफैंलाई सोध्नुपर्ने प्रश्नहरू

के मेरो जीवनमा स्वीकार नगरिएका पापहरू छन्? अरूहरूलाई स्वीकार गर्नुपर्ने कुनै पाप छ कि?

के म कुनै निश्चित पापहरूमा लागिरहेर आत्मालाई शोकित पार्दैछु? कुनै पापपूर्ण अभिलाषाहरूलाई राखिरहेको छु?

मेरा कुनै बानीहरूले प्रभुलाई खुशी पर्दैनन् भनी थाह हुँदा हुँदै पनि, के म त्यसैमा टाँसिरहेको छु?

के म हरेक दिन शास्त्रहरूमा खोजी गर्दै र प्रर्थना गर्दै प्रभुसित समय बिताइरहेको छु?

के मैले मेरो फुर्सतका समयहरूलाई प्रभुसितको हिँडाइलाई उन्नति गराउने किसिमले प्रयोग गरिरहेको छु कि मैले अधिकांश समय मेरो शरीरका इच्छाहरू पूरा गर्ने किसिमले टेलिभिजनमा वा कम्प्यूटरमा बिताइरहेको छु?

के म आत्मामा हिँडिरहेको छु? के म उहाँको सहायता र योग्यताको लागि प्रभुमा भर परिरहेको छु कि म आफैंले सबै असल गर्ने विचारले दिन बिताइरहेको छु? के मेरो खाँचोको निम्ति म उहाँमा भर परिरहेको छु कि म आफ्नै कुराहरूमा भर परिरहेको छु? उहाँबिना मैले केही पनि गर्न सक्दिनँ भनी के मैले महसुस गरेको छु? परमप्रभुले नै घर निर्माण गर्नुभएन भने ता यसको निर्माण गर्नेहरूले व्यर्थमा यसमा परिश्रम गर्दछन् भनी के मैले महसुस गरेको छु? न मेरो बलद्वारा, न मेरो शक्तिद्वारा, तर केवल आत्माद्वारा र उहाँद्वारा भन्ने के मैले महसुस गरेको छु?

के म आत्मालाई निभाउँदैछु? के मैले मेरो जीवनमा परमेश्वरको कामलाई वाधा दिँदैछु? के मैले परमेश्वरको इच्छालाई “हस्” भन्न नकारिरहेको छु? परमेश्वरको इच्छा जे सुकै भए तापनि त्यो पूरा गर्न के म इच्छुक छु? के मेरो जीवनमा मैले परमेश्वरलाई समर्पण नगरेका कुनै क्षेत्रहरू छन्? के उहाँले मेरा सम्पूर्ण कुराहरूमाथि अधिकार गर्नुभएको छ कि मैले केही कुराहरू उहाँदेखि रोकिराखेको छु? के म हरेक दिन उहाँमा समर्पित हुँदै यसो भन्छु, “प्रभु, म यहाँ छु, मलाई बनाउनुहोस्, भर्नुहोस्, चलाउनुहोस्”?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)