जलप्रलय
जलप्रलय
जलप्रलय
उत्पत्तिको पुस्तकले इतिहासमा घटेका तीन उल्लेखनीय घटनाहरूका बारेमा बताउँदछ। प्रत्येक सृष्टिवादीले यी घटनाहरू बाइबलले बयान गरेजस्तो गरी नै इतिहासमा घटेका हुन् भनी विश्वास गर्दछ। तर प्राय: विकासवादीहरूले यी तीन घटनाहरूलाई, मानौं ती कहिल्यै घटेका थिएनन् झैं गरी वेवास्ता गर्छन्। यी तीन महान घटनाहरूमा विश्वास गरेको हुनाले कहिलेकाहीँ बाइबलका विश्वासीहरूको खिल्ली उडाउने गरिन्छ। विकासवादीहरूले जे सिकाए तापनि आज संसारलाई अवलोकन गर्दा यी तीन घटनाहरू भएकै हुन् भन्ने अकाट्य प्रमाणहरू देखिन्छन्। वास्तवमा, यी तीन अलौकिक घटनाहरूलाई मान्यता दिइएन भने विज्ञानका तथ्यहरूलाई सठीक प्रकारले बुझ्न र अर्थ लगाउन असम्भव हुन्छ।
१. अलौकिक सृष्टि
(उत्पत्ति १-२)
हामीले चारौं पाठमा अध्ययन गरिसक्यौं, सृष्टिको कार्य छ-दिने अवधिमा (प्रस्थान ३१:१७ र पाठ ४ हेर्नुहोस्), करिब ७,००० वर्ष अगाडि (पाठ ६ हेर्नुहोस्) पूरा भएको हो जसलाई हामी सृष्टि-साता भन्छौं। त्यसैले, आज कुनै पनि कुराको सृष्टि भइरहेको छैन! सृष्टिका सबै कुराहरूको सृजना सि________। वैज्ञानिकहरू प्राय: यसो भन्ने गर्छन्, “पद्धार्थको नता सृष्टि हुँदैछ नता विनाश।” आज कुनै नयाँ पद्धार्थको उद्भव भइरहेको छैन। आज सृष्टिकर्ताले सृष्टि गरिरहनुभएको देख्न सकिँदैन (पाठ ३)। केवल सृष्टिकर्ताद्वारा पूर्ण (complete) गरिएको सृष्टिलाई देख्न सक्छौं र उहाँले कति उदेक र भययोग्य रितिले सबै कुरा बनाउनुभएको छ भनी हामी धन्यवादी बन्न सक्छौं!
विकासवादीहरूको दावी अनुसार विकासको क्रम आजसम्म जारी छ। पर्याप्त समय भएको खण्डमा विकासवादीहरूको ईश्वरले अझै पनि उच्च, अझै असल, अझै जटिल जीवहरू बनाउँदैछ भनी उनीहरू विश्वास गर्छन्! पदार्थको अस्तित्व पहिल्यै देखि नै थियो भनी धेरै विकासवादीहरूले विश्वास गर्दछन्।

प्रभु येशूले विकासवादमा विश्वास गर्नुहुन्थ्यो कि सृष्टिवादमा (मत्ती १९:४)? _______________________________________ उहाँले केवल सृष्टिमा मात्र विश्वास गर्नुहुँदैन थियो, तर उहाँ स्वयं सृष्टिकर्ता हुनुहुन्थ्यो (यूहन्ना १:३; कलस्सी १:१६)।
२. मानिसको पतन
(उत्पत्ति ३)
आदमको ठूलो पापले यस पृथ्वी र सम्पूर्ण सृष्टिलाई नै गहिरो असर पार्यो। मानिस पापमा पतन भएको कारण “अहिलेसम्म पनि _______ _______ एकसाथ ऐया-आत्था गरिरहेको र प्रसुति-वेदनामा तड्पिरहेको छ” (रोमी ८:२२)। उक्त पतनको फलस्वरुप पृथ्वीमाथि श्राप आइपर्यो (उत्पत्ति ३:१४-१९)। आज संसारलाई अवलोकन गर्दा जताततै रोगी, विरामी, सड्ने, गल्ने, कुहिने र मर्ने क्रम व्यापक रूपमा भएको पापको श्रापमा परेको संसारलाई देख्दछौं।
आदमको श्राप निम्न कुराहरूसित कसरी सम्बन्धित छ भनी व्याख्या गर्नुहोस्:
- क) चिहानहरू _____________________________________________।
- ख) अस्पतालहरू _____________________________________________।
- ग) जीवशेषहरू _____________________________________________।
- घ) पत्र-पत्रिकामा दिइने समवेदनाहरू _____________________________________________।
- ङ) उत्पत्तिको पाचौं अध्याय (“अनि तिनी मरे” भनी चिहानको सम्झना दिलाउने पदहरू) _____________________________________________।
के यो श्राप सदा रहिरहनेछ (प्रकाश २२:३)? ______________।
आदमको पापले तपाईंलाई कसरी असर पार्छ (रोमी ५:१२)? ___________________ आदमले गरेको कुरालाई निष्फल गर्न सक्ने एउटै व्यक्ति को हुनुहुन्छ (रोमी ५:१७-१९)? ____________________
३. विश्वव्यापी जलप्रलय
(उत्पत्ति ६-८)
परमेश्वरले उत्पत्तीको पुस्तकमा हजारौं वर्ष अगाडि नूहको दिनहरूमा घटेको असाधारण जलप्रलयको बारेमा वर्णन गर्ने तीन अध्यायाहरू होसियारीपूर्वक दिनुभएको छ। के साँच्चै त्यस्तो कुनै घटना घटेको थियो? यस पाठमा, हामीले यस पृथ्वीमा यो संसार नै पहिलेको भन्दा बदल्ने गरी भएको उक्त महत्त्वपूर्ण जलप्रलयको बारेमा अध्ययन गर्नेछौं!
१.जलप्रलयको ऐतिहासिकता
उत्पत्तीको पुस्तकमा लिखित जलप्रलय के वास्तविक ऐतिहासिक घटना थियो, कि मानिसहरूलाई आत्मिक पाठ सिकाउन रचिएको कुनै काल्पनिक कथा थियो? यो अति महत्त्वपूर्ण प्रश्न परमेश्वरको वचन बाइबलको सत्यतासँग सम्बन्धित छ। के बाइबल सत्य, विश्वसनीय र भरपर्दो छ? बाइबलमा लेखिएका घटनाहरू वास्तवमै घटेका थिए भनी के हामी विश्वास गर्न सक्छौं? के बाइबलमा भएका इतिहासका लेखहरू सठीक र त्रुटीरहित छन्? सत्यका परमेश्वरले हामीलाई कहिल्यै पनि भ्रममा पार्नुहुन्न। उहाँको वचनले वास्तवमा घटेको घटनालाई बङ्ग्याएर विवरण दिँदैन। जब हामीले सम्पूर्ण पृथ्वीलाई ढाकिदिएको जलप्रलय सम्बन्धी परमेश्वरको विवरण अध्ययन गर्दछौं, हामीले यसको प्रत्येक शब्दलाई नै विश्वास गर्न सक्छौं। परमेश्वरले _________ बोल्न सक्नुहुन्न (तीतस १:२)।
के प्रभु येशूले कुनै एक समय जलप्रलय आएर संसारलाई नष्ट गरेको कुरालाई विश्वास गर्नुभयो (लूका १७:२७)? ____________। हामीहरू ख्रीष्टियन भएकोले, के हामीले पनि यही कुरालाई विश्वास गर्न सक्छौं? _____________ यदी जलप्रलय कहिल्यै पनि साँच्चै घटेको छैन भने, येशू गलत हुनूहनेथियो! के परमेश्वरका पुत्र गलत हुन सम्भव छ? ________ यदी जलप्रलय वास्तविक ऐतिहासिक घटना हो भने, अधिकांश विकासवादीहरू गलत छन्! के विकासवादी वैज्ञानिकहरू गलत हुन सम्भव छ? ___________ के हिब्रूको पुस्तकका लेखकले नूह र तिनको जहाजमा विश्वास राख्दथे (हिब्रू ११:७)? __________। इजकिएल अनुसार के नूह एक ऐतिहासिक मानिस थिए (इजकिएल १४:१४,२०)? ________। के प्रेरित पत्रुसले जलप्रलयमा विश्वास गर्दथे (१ पत्रुस ३:२०; २ पत्रुस ३:५-६)? _____________।
एउटा आइतबारको दिन एकजना पास्टरले प्रचार गर्दैथिए, र तिनको प्रचारको बीचमा तिनले यसो भने, “परमेश्वरले भन्नुभयो; मैले विश्वास गरेँ; र यो सुनिश्चित भयो!” एक्कासी एकजना १० वर्षकी सानी ठिटीले जवाफ दिइन्, “पास्टर, तपाईं गलत हुनुहुन्छ!”
यस्तो अवरोधको बानी नपरेको पास्ट थोरै झस्किए। “सानी नानी, म गलत छु भनी तिमीले किन भन्यौ? मैले त यति मात्र भनेको थिए, ‘परमेश्वरले भन्नुभयो; मैले विश्वास गरेँ; र यो सुनिश्चित भयो।’”
ठिटीले बढि जोड गरेर अनुरोध गरिन्, “पास्टर, तपाईं गलत हुनुहुन्छ। परमेश्वरले भन्नुभयो र तपाईंले विश्वास गर्नुभए पनि वा नगर्नुभए पनि यो सुनिश्चित भयो!”
२.जलप्रलयको व्यापकता
उक्त जलप्रलय विश्वव्यापी (सम्पूर्ण पृथ्वी भरी फैलिएको) थियो कि स्थानीय (एउटा सानो भूभाग मात्र ढाकेको)? के जलप्रलयको पानीले सम्पूर्ण पृथ्वी ढाकेको थियो कि पृथ्वीको एउटा सानो हिस्सा मात्र?
उत्पत्ति ७:१९-२० “अनि _____________ पानी झन्-झन् बेसी बढ्दै गयो; अनि _________ _____________ भएका _______ अग्ला-अग्ला पहाडहरू छोपिए। त्यहाँबाट पानी अझै पन्ध्र हात माथिसम्म बढ्यो, र ___________ ___________”। सारा आकाशमनि भएका सबै अग्ला-अग्ला पहाडहरू छोपिए! के यो विश्वव्यापी जलप्रलय जस्तो देखिन्छ कि स्थानीय जलप्रलय जस्तो? ______________________ यदी अति उच्च भूभागहरू पनि ढाकिएका थिए भने होचो भूभागहरू पनि ढाकिएका थिए।
२ पत्रुस ३:६ ले पनि जलप्रलयको बारेमा बताउँदछ: “जुन _________ त्यस बेलाको ________ ________ नै _______ _________ नष्ट भयो”। पृथ्वी आंशिक रूपमा नष्ट भयो कि पूर्णरूपमा? __________।
उत्पत्ति ९:८-१७ मा परमेश्वरले नूह र तिनका छोराहरूसँग गर्नुभएको प्रतिज्ञाको बारेमा पढ्नुहोस्। परमेश्वरले _________ __________ नाश गर्न (उत्पत्ती ९:११) र _________ __________ नष्ट गर्नका निम्ति (उत्पत्ती ९:१५) जलप्रलय कहिल्यै नपठाउने प्रतिज्ञा गर्नुभयो। के परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गरिरहनुभएको छ? _______ के नूहको विशाल जलप्रलयपश्चात, परमेश्वरले पृथ्वीमा केही मानिसहरू र पशुहरू नाश गर्ने किसिमका साना-ठूला जलप्रलय (बाढी) हरू पठाउनुभएको छ? ______।
के परमेश्वरले हजारौं मानिसहरू र पशुहरू नाश गर्ने यस्ता जलप्रलय (बाढी) हरू पठाउनुभएर नूहसँगको आफ्नो प्रतिज्ञालाई कतै तोड्नुभएको छ? _______। परमेश्वरले त्यहाँ कुनै पनि नाश गर्ने किसिमका जलप्रलय (बाढी) हरू हुनेछैनन् भनी प्रतिज्ञा गर्नुभएको होइन, तर उहाँले नूहको दिनहरूमा भएजस्तो पृथ्वीको सतहमा भएका सबै प्राणीहरू नाश गर्ने किसिमको जलप्रलयचाहिँ कहिल्यै हुनेछैन भनी प्रतिज्ञा गर्नुभएको थियो। के परमेश्वरले आफ्नो वचन पालन गर्नुभएको छ? ________
३. जलप्रलयको अवधि
जलप्रलयको अवधि कति लामो थियो? पानी कति समय परिरह्यो (उत्पत्ति ७:१२)? __________________________। पानी थमिएपछि, के नूह र उनका परिवार जहाजबाट उत्रिहाले (उत्पत्ति ७:२४; ८:३-४)? __________। आरारात पर्वतमा जहाज अडिएपछि के नूह र उनका परिवार जहाजबाट उत्रिहाले (उत्पत्ति ८:४-१२)? ___________। वास्तवमा, नूह र उनका परिवारले जहाजमा एक वर्षभन्दा बढी समय बिताए। के अन्य जलप्रलयहरू त्यतिको लामो अवधिको हुने गर्छन्? ___________। एकदम भयानक स्थानीय बाढीहरू पनि केही दिनहरू मात्रै लामा हुन्छन्!
जलप्रलयको समयतालिका पहिले, पानी ४० दिनसम्म परिरह्यो (यस समयमा पानीको गहिराइ निकै विशाल भयो)। उत्पत्ती ७:४ हेर्नुहोस्।
त्यसपश्चात ११० दिनसम्म पृथ्वीमाथि पानी प्रबल रह्यो (अर्थात्, पानीको विशाल गहिराइ यथावत नै रह्यो) (उत्पत्ती ७:२४)।
अनि, ७४ दिनसम्म पानी “निरन्तर घट्दै गयो” (उत्पत्ति ८:५)।
अर्को ४० दिन बितेपछि नूहले एउटा कागलाई बाहिर उडाइपठाए (उत्पत्ती ८:६-७)। थप ७ दिन बितेपछि नूहले ढुकुरलाई पहिलो पटक उडाइपठाए (उत्पत्ती ८:८ र ८:१० सित तुलना गर्नुहोस्)।
थप ७ दिन बितेपछि तिनले ढुकुरलाई दोस्रो पटक उडाइपठाए (उत्पत्ती ८:१०)। अर्को ७ दिन पछि नूहले ढुकुरलाई तेस्रो पटक उडाइपठाए (उत्पत्ती ८:१२)।
अझै अर्को ८६ दिनहरू पछि उनीहरू जहाजबाट निस्केर अन्य ठाउँहरूमा बसोबासो गर्न सक्ने गरी पृथ्वी सुक्खा भएको थियो (उत्पत्ती ८:१३-१४)।
जहाजमा बसोबास गरेको जम्मा दिन: ३७१ त्यसैले, नूह र तिनका परिवारले जहाजमा एक वर्ष भन्दा बढी समय बिताए!
४.जलप्रलयमा बचेकाहरू
परमेश्वरको यो भयानक इन्साफबाट कतिजना जहाजभित्र रहेर बच्न सफल भए (१ पत्रुस ३:२०)? ____________। ती आठजना को-को थिए (उत्पत्ति ८:१६)? _______ ___________________________________। अरू पनि कोही बचेका थिए? _____________ ___________________ (उत्पत्ति ८:१७,१९)।
एकछिन कल्पना गर्नुहोस्। परमेश्वरले संसारमा एकदम भयावह रोग पठाउनुभयो जसको कारणले संसारमा आठजना बाहेक सबैजना मरे। मानौं ती बाँचेकाहरू मध्ये तपाईं पनि हुनुहुन्छ। तपाईंले के सोच्नुहुन्थ्यो होला? तपाईंले सम्भवत: यी प्रश्नहरू गर्नुहुनेथियो: किन परमेश्वरले संसारका सबै मानसिहरूलाई नाश गर्नुभएको होला? मानिसले यस्तो भयानक इन्साफ पाउने लायकको काम के गरेको थियो? यदी अपराध अनुसारको दण्ड दिइएको हो भने, मानिस जातिले के अपराध गरेको थियो र?
उत्पत्ती ६ अध्याय पढ्नुहोस्। मानिसले विश्वव्यापी जलप्रलय निम्त्याउने किसिमको कुनचाहिँ भयानक दुष्टता गरेको थियो?_________________________________________
जलप्रलयबाट हामीले अरू पाठ नसिके तापनि, हामीले यो चाहिँ सिक्नै पर्छ: मानिसको दुष्टताको परिणाम परमेश्वरको इन्साफ हो। परमेश्वरको पापको इन्साफ गर्नैपर्छ। पाप दण्डरहित हुन सक्दैन। हामीले कलवरीको क्रूसको बारेमा विचार गर्दा यही पाठ सिक्नुपर्छ: पाप दण्डरहित हुन सक्दैन। हामीलाई बचाउने हेतुले, परमेश्वरले हाम्रो सट्टामा कसैलाई दण्ड दिनुभयो।
हामीले नूह र तिनको साथमा जहाजमा भएकाहरूको बारेमा सोच्दाहुँदी, नूहको जहाजसम्बन्धि प्राय: उठ्ने गरेका प्रश्नहरू छन्। ती प्रश्नहरूको उत्तर दिने कोसिस गरौं:
१. कुनै पशु दुई-दुईको जोडीमा जहाजभित्र पसे भने अरूचाहिँ किन सात-सातको जोडीमा?
उत्पत्ति ६:१९-२० अनुसार (उत्पत्ति ७:९,१५ पनि), जहाजभित्र प्रत्येक पशुजाति कति-कतिओटा आउनुपर्थ्यो? _________________। उत्पत्ति ७:२-३ अनुसार जहाजभित्र कति-कतिओटा पशुहरू आउनुपर्थ्यो? _________________। सात-सातओटा लगिएका पशुहरू ______ पशु भनिएका छन् (उत्पत्ति ७:२)। नूहले जलप्रलयपछि यी शुद्ध पशुमध्येबाटकालाई के गरे (उत्पत्ति ८:२०)? ______________________________।
यदि नूहले शुद्ध पशुका दुई-दुईओटा मात्र लगेर जलप्रलय पश्चात ती पशुहरू बलिदान गरेको भए, आज सबै शुद्ध पशुहरू लोप हुन्थे! जलप्रलय पश्चात, यी पशुहरूले प्रजनन गरेर वृद्धि हुनको निम्ति, शुद्ध पशुहरूलाई बलिदान चढाइने प्रयोजनका लागी थप सङ्ख्यामा लगिए।
२. ती सबै पशुहरू जहाजभित्र कसरी अटाउन सके?
उन्नाइसौं शताब्दीको अन्ततिर पनि नूहको जत्तिको ठूलो जहाज विश्वमै बन्न सकेको थिएन। त्यो जहाजको आयामहरू उत्पत्ति ६:१५ मा उल्लेख छन्:
त्यो कति लामो थियो? __________।
त्यो कति चौडा थियो? ___________।
त्यसको उचाइ कति थियो? ___________।
एक हात भनेको करिब १८ इन्च (१.५ फिट) बराबरको हुन्थ्यो। अर्थात्, औसत मानिसको हातको कुहिनोबाट माझी औंलाको टुप्पासम्मको दुरी। के तपाईंले माथिका आयामहरू फिटमा लेख्न सक्नुहुन्छ?
त्यो कति लामो थियो? __________।
त्यो कति चौडा थियो? ___________।
त्यसको उचाइ कति थियो? ___________।
त्यसैले, उक्त जहाज कुनै फुटबल चौरभन्दा १.५ गुणा ठूलो थियो (फुटबल चौर ३०० फिट लामो हुन्छ)। एकजना लेखकले जहाजभित्र उपलब्ध रहेको खाली ठाउँ १३९६००० क्युबीक फिट रहेको हिसाब निकालेका छन्। अर्थात्, ५२ ओटा डिब्बा तान्ने माल बोक्ने १० ओटा रेलगाडीका सम्पूर्ण डिब्बाहरू (अर्थात् ५२० डिब्बाहरू!) नूहको जहाजमा अटाउन सक्थे। त्यसैले नूह, उनका परिवार, पशुहरू र तिनका खानेकुरा समेत सबै अटाउन त्यहाँ प्रशस्त ठाउँ थियो (जन सी. व्हीटकम्ब, जुनियर, दी वर्ल्ड देट पेरिश्ड, पृष्ट २३)।
यो जहाज चेप्टो पीँध भएको एउटा विशाल डुङ्गा थियो। भित्रपट्टी ९५००० स्क्वाएर फिट भुइँको नाप भएका तीन ओटा तल्लाहरू थिए। जहाजमा सम्भवत: हजारौं ओटा “कोठाहरू” भएको हुनसक्छ, जुनचाहिँ संसारका हरेक सास फेर्ने जीवहरूको निम्ति पर्याप्त ठाउँ हो।
उत्पत्ति ७:१३-१६ पढ्नुहोस्। के ढोका बन्द गर्नु अगाडि त्यहाँ हुने सबैका निम्ति पर्याप्त ठाउँ थियो? _________। परमेश्वर नै उक्त जहाज परियोजनाको रचनाकार हुनुभएकोले के उहाँले गल्ती गरेर त्यसलाई चाहिने भन्दा सानो बनाउनुहुनेथ्यो होला? ___________।
३.नूहले ती सबै पशुहरूलाई कसरी जहाजभित्र ल्याउन सके?जहाजभित्र लग्नको निम्ति के नूहले दुई ओटा खरायोहरूलाई लखेट्नुपरेको र दुई भालुहरूसँग कुस्ती लड्नु परेको थियो होला? उत्पत्ति २:१९ अनुसार पशुहरूलाई आदमकहाँ ल्याउने व्यक्ति को हुनुहुन्थ्यो? ____________। के उही व्यक्तिले जहाजभित्र सबै पशुलाई ल्याउन सक्नुहुन्थ्यो होला? ____________। पशुहरूले परमेश्वरको आज्ञाहरू पालन गरेको उदाहरणहरू बाइबलमा धेरै छन्। बाइबलका निम्न खण्डहरूमा, परमेश्वरको आज्ञा पालन गर्ने पशुको नाम लेख्नुहोस्: गन्ती २१:५-६ _________________ प्रस्थान १६:१३ _________________ योना १:१७ _________________ मर्कूस १:१३ (यी पशुहरूले प्रभुको हानी गरेनन्!) _________________ मत्ती १७:२७ _________________के तपाईंले अन्य उदाहरणहरू सोच्न सक्नुहुन्छ?
४. एक वर्षभन्दा लामो समयसम्म नूह र उनका परिवार त्यत्तिका धेरै पशुहरूसित एउटा जहाजमा कसरी रहन सके?
त्यत्तिका धेरै पशुहरूलाई खुवाउने, हेरविचार गर्ने, सरसफाइ गर्ने काम के आठजना व्यक्तिले गर्न सक्ने काम हो र भनेर कतिले प्रश्न गर्ने गर्छन्।
के त्यस जहाजमा नूह र उनका परिवार एकलो थिए कि अर्को व्यक्ति पनि उनीहरूका साथमा हुनुहुन्थ्यो (उत्पत्ति ७:१,१६)? के परमेश्वरले इस्राएलीहरूलाई चालीस वर्षसम्म खुवाउन र उनीहरूको देखरेख गर्न सक्नुभयो (व्यवस्था २:७; ८:२-४; २९:५-६)? _____________। के उही परमेश्वरले जहाजभित्रका नूह र उनका परिवार र पशुहरूलाई एक वर्षसम्म खुवाउन सक्नुहुन्थ्यो? ______________। के यही परमेश्वरले तपाईंका वर्तमान खाँचोहरू पूरा गर्न सक्नुहुन्छ (फिलिप्पी ४:१९)? ____________।
५. नूहले त्यत्रो जहाज कसरी बनाउन सके?
त्यो जहाजका निम्ति सबै निर्देशनहरू कसले दिनुभयो (उत्पत्ति ६:१४-१६)? ______________। के परमेश्वरले असल-असल निर्देशनहरू दिनुहुन्छ? ___________। के नूहले ती निर्देशनअनुसार काम गरे (उत्पत्ति ६:२२)? जब हामी परमेश्वरले भन्नुभएको काम गर्दछौं, त्यसलाई विश्वास भनिन्छ (हिब्रू ११:७ मा हेर्नुहोस्)।
उक्त जहाज बनाउन नूहलाई कति समय लाग्यो (उत्पत्ति ६:३; दाँज्नुहोस् १ पत्रुस ३:२०)? ______________। यरुशलेम शहरको महान् मन्दिर निर्माण गर्न कति समय लाग्यो (यूहन्ना २:२०)? ______________। नूहसँग जहाज बनाउन त्यो भन्दा झण्डै ३ गुणा बढी समय थियो। यो एउटा विशाल निर्माण परियोजना थियो, तर यो कार्य गर्न नूहसँग समय पनि प्रशस्त थियो, र परमेश्वरले उक्त जहाज बनाउन सबै निर्देशनहरू र विस्तृत जानकारीहरू दिनुभएको थियो।
५.जलप्रलयको भूतात्विक तात्पर्य (geological implications)
यदी नूहका दिनहरूमा त्यहाँ साँच्चै पृथ्वीका अल्गा-अल्गा पहाडहरू ढाक्ने एक वर्ष लामो विश्वव्यापी जलप्रलय आएको भए, निश्चय पनि योचाहिँ हाम्रो पृथ्वीले अहिले सम्म अनुभव गरेको भन्दा अति उल्लेखनीय भौगोलिक विपत्ती हुनुपर्छ! यदि चट्याङ्, आँधीवेहरी, हुरीवतासहरूले त्यस्तो विध्वंस ल्याउन सक्छ र पृथ्वीका रूपरेखामा केही परिवर्तन ल्याउन सक्छ भने, विश्वव्यापी जलप्रलयले के गरेको थियो होला? साना बाढीहरूले पनि पृथ्वीको सतहमा भयंकर असर पार्न सक्छ।
सिमित भौगोलिक क्षेत्रमा हिजआज चलेका बाढी र सुनामीहरूले कति ठूला ठूला क्षति पुर्याएका हामीले देखेका वा सुनेका छौं। त्यसोभए नूहको समयमा पृथ्वीकै सबभन्दा उच्च पर्वतहरूलाई चुर्लुम्म डुबाउने त्यो भयानक विश्वव्यापी जलप्रलयको पानी सारा पृथ्वीभरि बाइस हप्ताको अवधिसम्म नघटिकन यताउता हुत्तिरहँदा त्यसले कस्तो विनाशकारी असरहरू ल्यायो होला? निश्चय नै त्यसले कुनै पनि वस्तुलाई आफ्नो ठाउँमा रहन नदिएर त्यसलाई विस्थापित गरिछाड्यो अनि पृथ्वीको सतह फेरी कहिल्यै उस्तै रहेन (जन सी. व्हीटकम्ब, जुनियर, दी वर्ल्ड देट पेरिश्ड, पृष्ट ६९-७०)।
६. जलप्रलय र जीवशेषहरू
पशु वा वनस्पति जीवका कडा-कडा अवशेषहरूलाई जीवशेषहरू (fossils) भनिन्छ। आज खास जीवशेषहरू बन्ने गर्दैनन्। कुनै पशु मरेपछि त्यसको सीनो कुहिन्छ वा अन्य पशुद्वारा खाइन्छ। आज माछा मरेपछि त्यो जीवशेष बन्दैन बरू सामान्यतया: त्यस मृत माछालाई अरू पशुले खाइदिन्छ। “संयुक्त राज्य अमेरिकाको विशाल फाँटहरूमा केही दशक अघि मात्र छरिएका अनगन्ति करौडौं भैंसीका सीनोहरूको आज निशानसमेत भेट्न कठीन छ। तिनका मृत्युपछि केही घण्टा वा दिनहरू भित्रै ब्वाँसाहरू वा गिद्धहरूले मासु खाइदिन्छन् र अहिलेसम्म त अधिकांश हड्डीहरू पनि हराएर गइसके, मौसमका प्रहारद्वारा ती हड्डीहरू गलेर गए वा धुलो भए” (कार्ल ओ. डनबार, हिस्टोरिकल जिअलजी, पृष्ठ ३९)। के एकताका प्यालेस्टाइनमा सिंह डुल्ने गर्थे (अय्यूब ३८:३९; हितोपदेश २२:१३; २ राजा १७:२५)? _________। तरैपनि प्यालेस्टाइनमा हालसम्म सिंहको एउटै जीवशेष भेटिएको छैन (जन सी. व्हीटकम्ब, जुनियर, दी वर्ल्ड देट पेरिश्ड, पृष्ट ७६)।
उसोभए बनस्पति र पशु जीवका अरबौं जीवशेषहरू कसरी बन्न गए त? के धेरैजसो जीवशेषहरू जलप्रलयकै पानीले नष्ट भएका बनस्पति र पशु जीवहरूबाट बनेका त होइनन् जो त्यसबेला माटोमा पुरिएर जीवशेष बन्न पुगे? वैज्ञानिकहरू यसमा एकमत छन्, प्राय:जसो जीवशेषहरू, साथै पर्वतका चुचुराहरूमा समेत पाइने जीवशेषहरू पानीकै कारण बन्न पुगेका हुन्!
७. जलप्रलयको आत्मिक तात्पर्य
यस पृथ्वीमा एक समय विश्वव्यापी जलप्रलय आएको थियो भनेर धेरैजसो वैज्ञानिक वा भूगर्भशास्त्रीहरू स्वीकार गर्न चाहँदैनन्, यसको कारण के होला? उत्तर छ: त्यस्तो जलप्रलय आएकै हो भने त्यो पठाउनुहुने एक परमेश्वर स्वर्गमा हुनैपर्छ! जलप्रलयले पृथ्वीबाट सबै पापी मानिसहरूलाई नष्ट गरेकै हो भने परमेश्वर इन्साफ गर्ने परमेश्वर हुनुहुन्छ भन्ने प्रमाण दिन्छ! यदि नूहको दिनमा परमेश्वरले पापलाई घृणा गर्नुभएकै हो भने, के त्यसको मतलब आज पनि परमेश्वरले पापलाई घृणा गर्नुहुन्छ? _______। यदि नूहको दिनमा परमेश्वरले पापी मानिसलाई जलप्रलयबाट इन्साफ गर्नुभएकै हो भने, के त्यसको मतलब आज पनि परमेश्वरले पापीको इन्साफ गर्नुहुन्छ? _______। आज विश्वास नगर्ने मानिसहरू भन्दैछन्, “_______ गर्नुहुने ____________ कहाँ हुनुहुन्छ” (मलाकी २:१७)। नूहको जलप्रलयले सबैलाई याद गराउँछ कि ________ गर्ने परमेश्वर अवश्य हुनुहुन्छ! २ पत्रुस ३:३-४ मा हामीलाई गिल्ला गर्नेहरूको एक समूहको बारेमा बताइएको छ। येशू ख्रीष्ट एकदिन संसारको इन्साफ गर्न आउनुहुनेछ भनी के यी गिल्ला गर्नेहरू विश्वास गर्छन्? __________। नूहको समयमा जस्तै फेरी परमेश्वर पापीहरूको इन्साफ गर्न मानव इतिहासमा ओर्ली आउनुहुनेछ भनी के मानिसहरू विश्वास गर्छन् (२ पत्रुस ३:४-६)? __________। येशू ख्रीष्ट स्वर्ग फर्किनुभएको झण्डै २००० वर्ष भइसक्यो तरैपनि उहाँको आगमनको प्रतिज्ञा आजसम्म पूरा भएको छैन। यसलाई हामी कसरी बुझ्ने? जोडा मिलाउनुहोस्:

के नूहका दिनहरूमा परमेश्वर खुबै सहनशील हुनुहुन्थ्यो (१ पत्रुस ३:२०)? ___________। जलप्रलयका पानीहरू पठाउनु अघि परमेश्वरले कति समय पर्खी बस्नुभयो (उत्पत्ति ६:३)? ___________। के परमेश्वर आज हामीप्रति सहनशील हुनुहुन्छ (२ पत्रुस ३:९)? ___________। यस अनुग्रहको दिन अन्तर्गत यस पापपूर्ण संसारमाथि इन्साफ खन्याउनु अघि परमेश्वरले हालसम्म पर्खेर बस्नुभएको करिब कति समय भयो? दुष्ट मानिसहरूले ख्रीष्टलाई क्रूसमा टांगिदिएको करिब दुई हजार वर्ष भइसक्यो। यस संसारमा परमेश्वरले इन्साफ गर्न ठीक कति समय लाग्नेछ भनी हामीलाई थाह छैन, तर यो कार्य छिट्टै हुन सक्छ। संकष्टकालको समयमा परमेश्वरले यस संसारमा ल्याउनुहुने इन्साफहरूको बारेमा प्रकाश ६-१९ अध्यायहरूमा वर्णन गरिएको छ। हजार वर्षे राज्य पश्चात परमेश्वरले यस संसारमा ल्याउनुहुने आगोको इन्साफको बारेमा २ पत्रुस ३ अध्यायमा वर्णन गरिएको छ।
जहाजमा कतिओटा ढोका थिए (उत्पत्ति ६:१६)? _________। १२० वर्षको अन्तमा परमेश्वरले के गर्नुभयो (उत्पत्ति ७:१६)? ____________________________। उक्त ढोकाभित्र नपस्ने सबैलाई परमेश्वरले के गर्नुभयो (उत्पत्ति ७:२१-२३)? ________________________। के उक्त ढोकाबाट भित्र पस्नेहरू थुप्रै थिए (१ पत्रुस ३:२०)? _____________।
आज मुक्ति पाउनका लागि कतिओटा ढोकाहरू छन् (यूहन्ना १०:९; यूहन्ना १४:६)? ____________। त्यो ढोका को हुनुहुन्छ (यूहन्ना १०:९)? ____________। यो एकमात्र ढोकाबाट भित्र पस्न इन्कार गर्नेहरूलाई के हुनेछ (लूका १३:३,५)? ___________________। के उक्त ढोकाबाट थुप्रै मानिसहरू भित्र जान्छन् (मत्ती ७:१३-१४)? __________। के मुक्तिको ढोकालाई बन्द भइसक्यो कि हालसम्म त्यसभित्र पस्ने अझै मौका छ (२ कोरिन्थी ६:२; प्रकाश २२:१७)? ___________________।
के तपाईँ भित्र पस्नुभयो? पस्ने समय अहिले नै हो, भोलि ढोका बन्द गरिनेछ!!!
ढोका छ एउटा,
ठाउँ छ दुइटा!
भित्र र बाहिर,
तिमी छौ कता?
के तपाईँ सुरक्षाको जहाजभित्र हुनुहुन्छ? “येशूमा म सदा सुरक्षित छु!!” “यसकारण अब ख्रीष्ट येशूमा हुनेहरूलाई कुनै दण्डको आज्ञा छैन!” (रोमी ८:१)। येशू ख्रीष्ट हाम्रो सुरक्षाको जहाज हुनुहुन्छ। उहाँकहाँ दगुरेर जानुहोस्। ख्रीष्टमा आफ्नो शरणस्थान भेट्टाउनुहोस्। बाहिर हुनेहरू अलिकति पनि सुरक्षित छैनन्। तिनीहरू मुक्त र सुरक्षित छैनन्।
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)