मानिसको सृष्टि
मानिसको सृष्टि
जीवनका अति आधारभूत प्रश्नुहरूमध्ये एउटा प्रश्नम हो, “म कहाँबाट आएँ?” यसको सही उत्तर पाइएन भने जीवनका बाँकी दुई आधारभूत प्रश्नरका उत्तर पाउनै सकिन्न। ती दुई प्रश्नर हुन्, “म यहाँ किन छु?” र “म कहाँ जाँदैछु?” बाइबलमा हामी यी तीन ओटै प्रश्नईका उत्तर पाउँछौं।
विकासवादीहरू भन्छन्, मानिस “सरल” एक-कोषीय जीवबाट क्रमिकरूपमा विकास हुँदै माछा, घस्रने जन्तु, स्तनधारी प्राणी जस्ता “जटिल” (विकसित) प्राणीहरू बने जसबाट बाँदर जस्तै देखिने प्राणीहरू विकास भए जसबाट हजारौं, लाखौं वर्ष पछि मानिस आए। यसरी एक-कोषीय जीवबाट करोडौं, करोडौं वर्ष लगाएर मानिस विकास हुन पुग्यो भनिन्छ!
बाइबलले के भन्छ? उत्पत्ति १:२७ पढ्नुहोस्। के मानिस अन्य पशुबाट (बाँदर जस्तै देखिने प्राणीबाट) विकास भएको हो वा मानिस परमेश्वरद्वारा विशेष रूपमा सृष्टि गरिएको हो? ______________________________________________________________ यो एउटै पदमा मात्र मानिस परमेश्वरद्वारा सृष्टि गरिएको हो भनी कतिपटक उल्लेख छ? ________। उत्पत्तिको अर्को कुन पदमा मानिसको सृष्टिको उल्लेख छ? पद ______।
उत्पत्ति २ अध्यायले पनि मानिसको सृष्टिको उल्लेख गर्छ। कसैकसैको विचारमा उत्पत्ति २ ले उत्पत्ति १ को खण्डन गर्छ तर वास्तवमा दुवैले एउटै कुरा बताउँछ! परमेश्वरका वचनहरू _________देखि नै ___________ छन् (भजनसंग्रह ११९:१६०)। उत्पत्ति २ अध्याय र १ अध्याय एक-अर्कासँग पूर्ण रूपमा सहमत छन्। उत्पत्ति २ अध्यायमा परमेश्वरले हामीलाई १ अध्यायमा नबताउनु भएका थुप्रै कुराहरू बताउनुहुन्छ। उत्पत्ति १ मा परमेश्वरले सृष्टिका छ दिनको संक्षिप्त विवरण दिनुहुन्छ। जोडा मिलाउनुहोस्:

उत्पत्ति २ मा परमेश्वरले छैटौं दिन सम्बन्धि थप विवरणहरू दिनुहुन्छ। उत्पत्ति २ बाट थुप्रै कुराहरू सिक्न सक्छौं जुन कुराहरू हामीले उत्पत्ति १ बाट सिक्न सक्दैनथियौं। उदाहरणका लागि:
१. पावलले १ तिमोथी २:१३ मा सृष्टिको क्रम यसरी बताउँछन्, “आदम ________ बनाइए, _________ हव्वा।” पावलले उक्त महत्त्वपूर्ण कुरा उत्पत्ति १ बाट जाने कि उत्पत्ति २ बाट? ________। के उत्पत्ति १ अध्यायले मानिसको सृष्टि-क्रम खुलाउँछ? _______ उत्पत्ति १ अध्यायले यति मात्र बताउँछ, परमेश्वरले मानिसलाई “न____ र ना____ गरेर सृष्टि गर्नुभयो” (उत्पत्ति १:२७)। के पावलले मानिस पशुबाट विकास भएर आएको हो भनी विश्वास गर्थे? ________ के पावलले उत्पत्तिमा परमेश्वरले वर्णन गर्नुभएको कुरालाई विश्वास गर्थे? _________ के आदम र हव्वा वास्तविक मानिस थिए भनी पावल विश्वास गर्दथे? _________ पावल विकासवादी थिए कि सृष्टिवादी? _____________।
२.पावलले १ कोरिन्थी ११:८-९ का तथ्यहरू कहाँबाट सिके, उत्पत्ति १ बाट कि २ बाट? ___________________
३. मत्ती १९:४ मा प्रभु येशूले भन्नुभयो, “के तिमीहरूले __________ छैनौ? शुरुमा जसले तिनीहरूलाई _________ गर्नुभयो, उहाँले तिनीहरूलाई ______ र ______ _______________।” के प्रभु येशूको धारणा मानिसहरूले उत्पत्तिको पुस्तक पढ्नुपर्छ र बुझ्नुपर्छ भन्ने थियो? _________। परमेश्वरले नर र नारी गरी सृष्टि गर्नुभएको कुरा उत्पत्तिको कहाँ उल्लेख छ? उत्पत्ति _______। के उत्पत्ति २ अध्यायले पनि सोहि कुरा सिकाउँछ? _________ आदम र हव्वा वास्तविक मानिसहरू नै थिए भनी के प्रभु येशू विश्वास गर्नुहुन्थ्यो? ___________। प्रभु येशू विकासवादी हुनुहुन्थ्यो कि सृष्टिवादी? _____________। अझ, उहाँ त स्वयं सृष्टिकर्ता हुनुहुन्छ (यूहन्ना १:३; कलस्सी १:१६)!!
मत्ती १९:५ पढ्नुहोस्। उही कुरा उत्पत्ति २ को कुन पदले बताउँछ? उत्पत्ति २:____। के प्रभु येशूको अनुसार हामीले उत्पत्तिका दुवै १ र २ अध्यायहरू पढ्नुपर्छ? _______। उत्पत्तिको पुस्तक चाहिँ मानवीय लेखक मोशाको पहिलो पुस्तक हो। प्रभु येशूको अनुसार के हामीले मोशाको लेखोटलाई विश्वास गर्नुपर्छ (यूहन्ना ५:४६-४७; लूका २४:२७)? ____________। के एउटा व्यक्तिले येशूमा विश्वास गर्नुको साथ-साथै मानिस पशुबाट विकास भएको हो भनी विश्वास गर्न सक्छ? __________।
मानिसको सृष्टि
उत्पत्ति २:७ ले बताउँछ, “अनि परमप्रभु परमेश्वरले मानिसलाई __________को ________बाट ___________ (जसरी कुमालेले माटोलाई ढालेर एउटा रूप दिन्छ), अनि तिनको नाकका प्वालहरूमा जीवनको ______ फुकिदिनुभयो, र मानिस जिउँदो _________ (व्यक्ति) बने।” यो पदले आदमको सृष्टिको बयान गर्छ कि हव्वाको? __________। परमेश्वरले आदमलाई अन्य पशुबाट बनाउनुभयो कि जमिनको माटोबाट? _________। परमेश्व_रले आदमलाई एकै दिनमा, एकै क्षणमा बनाउनुभयो कि उसलाई लाखौं वर्षसम्म क्रमिक रूपमा विकास हुँदै जान दिनुभयो? ___________________________________।
उत्पत्ति ३:१९ ध्यान दिएर पढ्नुहोस्। मानिस मा____बाट निकालिएको हो। मानिस केही पनि होइन तर _______ मात्र हो (भजनसंग्रह १०३:१४) र एक दिन उसको मृत्यु भएपछि मानिसको शरीर ______मै फर्कन्छ (भजनसंग्रह १०४:२९ र उपदेशक १२:७, ३:१९-२०, भजनसंग्रह ३९:४)। यदि कुनै मानिस र उसको घोँडा दुवै मरुभूमीको बिचमा मरे भने, एक वर्ष पछाडि त्यस मानिस र पशुको के बाँकी रहन्छ (उपदेशक ३:१९-२०)? ________________________________________ हो, मानिस माटोको क्षण-भङ्गुर प्राणी हो (भजनसङ्ग्रह ३९:४)!
नारीको सृष्टि
आदमको सृष्टि गर्नु भएपछि परमेश्वरले उत्पत्ति २:१८ मा के भन्नुभयो? आदम __________ रहनु ____________ _________” (उत्पत्ति २:१८)। परमेश्वरले सबै पशुहरको सृष्टि गर्नुभए तापनि, आदम अझै निकै एक्लो थिए, र परमेश्वरले भन्नुभयो, “असल छैन!”। तर हव्वालाई सृष्टि गर्नु भएपछि, परमेश्वरले आफूले सृष्टि गर्नुभएको सबै कुराहरू हेर्नुभयो र त्यो “________ ________ थियो”(उत्पत्ति १:३१)। हव्वाबिना, आदमको अवस्था असल थिएन। हव्वासित, आदमको अवस्था अ_____ अ_______ थियो।
उत्पत्ति २:१९-२० पढ्नुहोस्। किन परमेश्वरले मानिसलाई सबै प्राणीहरूको नाम राख्ने काम दिनुभयो? यो नाम राख्ने अनुभवद्वारा परमेश्वरले मानिसलाई के सिकाउन चाहनुहुन्थ्यो? परमेश्वर आदमलाई सिकाउनुभएको तीनओटा महत्त्वपूर्ण पाठहरू के के थिए, हेरौं:
१. राजा (आदम) आफ्ना प्रजालाई भेट्छन्
परमेश्वरले प्राणीहरूलाई आदमकहाँ लिएर आउनुहुँदा, आदम व्यक्तिगत रूपमा परमेश्वरका सारा प्राणीहरूसित परिचित हुन पाए। परमेश्वरले उनलाई जीव विज्ञान (zoology) मा तालिम दिनुभयो। परमेश्वरले आदमलाई चिडियाघर जानुभन्दा बरू चिडियाघरलाई नै तिनकहाँ आउने तुल्याउनुभयो, र तिनले परमेश्वरले बनाउनुभएका सबै पशुहरू र चराहरूलाई भेट्ने र चिन्ने अवसर पाए!
उत्पत्ति १:२६,२८ अनुसार परमेश्वरले मानिसलाई सम्पूर्ण पशु-जगत माथि अ_________ राख्न दिनभयो, जसको अर्थ यही हो कि मानिसले पशु-जगतलाई तिनीहरूका मालिक र राजाले झैं राज्य गर्नुपर्थ्यो! धेरै मानिसहरूले सिंहलाई “पशुहरूका राजा” को रूपमा चिन्दछन्, तर उत्पत्ति १:२६,२८ अनुसार पशुहरूको राजा वास्तवमा को थियो? _______________ त्यसैले, परमेश्वरले राजा आदमलाई आफ्नो प्रजाहरूको बारेमा जान्ने एउटा राम्रो अवसर दिनुभयो—तिनीहरूको नाम राखेर!
उत्पत्ति २:२० अनुसार आदमले सबै पशु-पंक्षीका ______ ______। यसको अर्थ के हो? के उनले आफ्नो दिमागमा जे आयो त्यहि नाम राखे होलान्? हरेक पशुलाई के भनेर बोलाउने भनी तिनले कसरी जाने?
बाइबलका नामहरू अति अर्थपूर्ण हुन्थे। नामको केही अर्थ हुन्थ्यो! आज हामीले मानिसहरूलाई कुनै नामको अर्थ के हो भनी नजानीकनै नामाकरण गरिदिन्छौं। के तपाईंलाई आफ्नो नामको अर्थ थाह छ? तपाईंको पहिलो नाम के हो? _______________ तपाईंको नामको अर्थ के हो? ___________________________________ बाइबलमा नामहरू एकदम महत्त्वपूर्ण छन्। निम्न नामहरूको अर्थ थाह गर्न तपाईंको बाइबललाई प्रयोग गर्नुहोस्:
- १. येशू (मत्ती १:२१) को अर्थ हो, ____________________________
- २. मसीह (यूहन्ना १:४१) को अर्थ हो, ________________________
- ३. इम्मानुएल (मत्ती १:२३) को अर्थ हो, ________________________
- ४. रब्बी (यूहन्ना १:३८) को अर्थ हो, ________________________
- ५. केफास वा पत्रुस (यूहन्ना १:४२) को अर्थ हो, ___________________
- ६. मल्किसेदेक (हिब्रू ७:१-२) को अर्थ हो, ___________________
- ७. सालेम (हिब्रू ७:२) को अर्थ हो, _________________________
- ८. बोअनर्गेस (मर्कूस ३:१७) को अर्थ हो, _________________________
- ९. बेतेल (उत्पत्ति २८:१७, १९) को अर्थ हो, ___________________
- १०. आदम (उत्पत्ति २:२३) को अर्थ हो, _________________________
यशैया ७:१४ र ९:६ मा ख्रीष्ट (मसीह) लाई दिइएका केही नामहरू उल्लेख छन्। संसारमा रहनुहुँदा के येशूलाई यी नामहरूले बोलाइयो? _________। उहाँ कुन नामले बोलाइनुभयो (मत्ती १:२५)? ____________ तर यशैया ७:१४ र ९:६ का नामहरूले येशूको व्यक्तित्व (उहाँ को हुनुहुन्छ) लाई सिद्धरूपमा बयान गर्छन्!
प्रकाश १२:९ मा हाम्रो भयानक शत्रुलाई बयान गर्ने चारओटा नाम उल्लेख छन् र यी नामहरूले ऊ कस्तो छ भन्ने पनि बताउँछ:
१. ______________ ३. _______________ २. ______________ ४. _______________
त्यसैले आदमले प्राणीहरूको नामाकरण गर्दा, तिनले हरेक प्राणीलाई त्यसलाई राम्ररी बयान गर्ने सुहाउँदो नाम दिएको हुनुपर्छ! तिनले हरेक प्राणीको अध्ययन गरे र होशियारपूर्वक तिनीहरूको वर्गीकरण गरे र हरेक प्राणीलाई सुहाउँदो नाम दिए: “अनि आदमले हरेक जीवित प्राणीलाई जे-जे नाम दिए, त्यसको त्यही _______ रह्यो” (उत्पत्ति २:१९)। आज पनि कतिपय प्राणीका नामहरू तिनलाई बयान गर्ने खालका छन्, जस्तै; लामखुट्टे, नीलकण्ठ, जुरेली, चिप्लिकिरा, बाह्रसिङ्गे आदि। अरू उदाहरणहरू दिनुहोस्, __________________ ___________________________________________ ___________________।
आदमले पशु-पंक्षीलाई सिद्धरूपमा नामहरू दिए। आदम कस्ता थिए होलान्, विचारशील र बुद्धमानी कि केही नजान्ने “आदिवासी”? __________________________।
२. ठूलो भिन्नता!
आदमले सिकेका दोश्रो पाठ यो थियो– तिनी सबै प्राणीहरू भन्दा पूर्ण रूपमा नौलो र भिन्न भिन्न थिए! एक व्यक्ति र पशुमा ठूलो भिन्नता छ भनी तिनले सिके। उत्पत्ति २:२० पढ्नुहोस्। परमेश्वरले तिनको सामु ल्याउनुभएको सबैलाई नाम दिइसकेपछि, के आदमले आफ्नो निम्ति कुनै सुहाउँदो सहयोगी र मित्र भेट्टाए? _________। आफैंमा र पशु-जगतमा ठूलो भिन्नता र खाँद छ भनी आदमले छिट्टै थाह गरे!
तिनले अरू कुनै पनि पशुहरूसँग कुराकानी गर्न सकेनन्। यदी आदमले मित्रभावले भरिएर यसो भनेको भए, “हाल खबर कस्तो छ, बाँदर महोदय?”। जवाफमा बुझ्ना नसकिने क्याँ-क्याँ र कुँकुँ बाहेक कुनै पनि स्पष्ट शब्दहरू आउने थिएन। बाँदर महोदयको प्रतिकृयामा कुनै मुस्कान हुने थिएन। वरीपरी थुप्रै प्राणीले घेरिए तापनि आदम एकलै थिए (उत्पत्ति २:१८,२०)। कुकुर मानिसको असल मित्र हो भनी कहिले-कसो भन्ने गरिन्छ। त्यो त झूट हो! कुकुर मानिसको असल घरपालुवा जन्तु हुन सक्छ, तर संसारमा मानिसको असल मित्र र सहयोगी भनेको स्त्री हो जसलाई परमेश्वरले विशेषगरी उसकै निम्ति सृष्टि गर्नुभयो। आफ्नो पाल्तु पशुसँग खेल्न तपाईंलाई मन पर्ला, तर दाजुभाईहरू र दिदि-बहिनीहरू र साथीहरूसँग समय बिताउन झन् कता हो कता मनोहर हुन्छ। कल्पना मात्र गर्नुहोस्, वरिपरि मानिसहरू नभएर पशुहरू मात्र भइदिएको भए कस्तो अनुभव हुने थियो! तपाईं तुरुन्तै यसो भन्दै कराउनुहुनेथियो, “मानिसको निम्ति एकलो रहनु अ______ छै_____!”
आफूलाई चाहिएकै जस्तो गरी यी कुनै पनि पशुहरू सहयात्री र मित्र हुन योग्यका छैनन् भनी आदमले बुझे। बाँदर, चिम्प्यान्जी समेत मान्छेको असल सहयात्री बन्न सक्दैनन्! चिम्प्यान्जीलाई कसले विवाह गर्न रुचाला र? त्यसैले आदमको उमेर एक दिन पनि नपुग्दै मानिस र पशुहरूको बीचमा विशाल अन्तर छ भन्ने कुरा तिनले जाने। दु:खको कुरा, आदमले सृष्टिको छैटौं दिनमा जानेको त्यो साधारण पाठ आजसम्म पनि कयौं मानिसहरूले (वैज्ञानिकहरूले समेत) जानेका छैनन्।
३. खट्किएको कुरो!
आदमले सिकेको तेश्रो पाठ यो थियो – कुनै एउटा कुरा खट्किएको छ। त्यो खट्किएको कुरा के रहेछ भनी तिनले छिट्टै थाह गरे। श्रीमान खरायो उफ्रिरहेको थियो, ऊसँग श्रीमती खरायो पनि साथमै थिइन्! श्रीमान् र श्रीमती बाँदर सँगै नजिकको रूखमा पिङ्ग खेलिरहेका थिए! अरू सबै पशुहरू दुई-दुईको जोडीमा आउँदा, आदमले निश्चित नर र नारीको प्रणालीलाई छुट्टाउन सके! आदमले यस्तो प्रश्न सम्भवत: छिट्टै सोधेको हुनुपर्छ, “मेरो जोडी खोई त? म जस्तै मेरो सुहाउँदो सहयोगी, मित्र हुनलाई अर्को व्यक्ति कहाँ छिन् जससँग म बोल्न, हाँस्न, सङ्गति गर्न अनि साँचो प्रेम गर्न सक्छु?” हो, परमेश्वरले गर्न लाग्नुभएको अर्को कामको लागि आदम अब पूर्णरूपमा तयार भएका थिए।
हव्वाको सृष्टि
उत्पत्ति २:२१-२५ लाई ध्यान दिएर पढ्नुहोस्। परमप्रभु केवल महान् सृष्टिकर्ता मात्र हुनुहुँदैन, तर उहाँ एक महान् शल्यक्रियाकर्ता पनि हुनुहुन्छ। उहाँले संसारकै प्रथम शल्यक्रिया सम्पन्न गर्नुभयो! परमेश्वरले आदमलाई अलौकिक तवरले बेहोस गराउनुभयो: “अनि परमप्रभु परमेश्वरले आदमलाई _________ __________ पार्नुभयो, र तिनी _______” (उत्पत्ति २:२१)। यस शल्यक्रियामार्फत, परमप्रभुले आदमबाट के निकाल्नुभयो(उत्पत्ति २:२१)? ____________ त्यसबाट उहाँले के बनाउनुभयो (उत्पत्ति २:२२)? _____________।
स्मरण होस्, हव्वा आदमको टाउकोबाट निकालिएन (ऊभन्दा उच्च बन्न)। हव्वा आदमको खुट्टाबाट पनि निकालिएन (ऊभन्दा तुच्छ बन्न)। हव्वा आदमको करङबाट, उसको हृदयको सबभन्दा नजिकबाट—उसको सहायक हुन, सहप्रेमी हुन, सहयात्री हुन निकालिएकी थिइन्।
के परमेश्वरले हव्वालाई बाँदरबाट बनाउनुभएको हो? ________ उत्पत्ति २:२२ अनुसार हव्वा पशु-जगतबाट होइन तर ________बाट आएकी हुन्। सबै मानिस आदमबाटै आएका हुन्। हव्वापनि आदमबाटै सोझै आएकी हुन्! आदमचाहिँ कहाँबाट आएका हुन्? (उत्पत्ति २:७)? ______________ आदमबाट नआएका एउटै मात्र व्यक्ति को हुन् (१ कोरिन्थी १५:४५,४७)? ____________________। उहाँ कहाँबाट आउनुभयो (१ कोरिन्थी १५:४७,४८)? ____________________। उत्पत्ति २:२३ अनुसार स्त्री नरबाट _____________ हो। स्त्री पुरुषबाट निकालिएकी थिइन् (१ कोरिन्थी ११:८,१२ पढ्नुहोस्)! आज चिकित्सकहरूले वा नर्सहरूले वा अरू कसैले पनि पुरुषबाट स्त्री निस्किएकी देख्न सक्दैनन्! उनीहरूले स्त्रीबाट पुरुष निकाल्न सक्छन् तर कहिल्यै पनि पुरुषबाट स्त्री निकाल्न सक्दैनन्! सुरुमा, परमेश्वरले यस्तो काम गर्नुभयो जुन काम पछिल्ला समयहरूमा कहिल्यै भएको छैन! उहाँले पुरुषबाट स्त्री बनाउनुभयो! निश्चय पनि, यो जन्मने प्रकृयाबाट भएको होइन, तर ईश्वरीय चिकित्सकद्वारा, परमेश्वर आफैंले सम्पन्न गर्नुभएको अलौकिक शल्यक्रियाद्वारा भएको थियो।
हव्वालाई आदमकहाँ कसले ल्याउनुभयो (उत्पत्ति २:२२)? ___________ कसले प्रथम विवाह सम्पन्न गराउनुभयो? ___________ कसले उनीहरूलाई पति पत्नी_को रूपमा जोडिदिनुभयो (उत्पत्ति २:२४ र मत्ती १९:६)? ___________ मत्ती १९:३-६ अनुसार, के पति र पत्नीो छुट्टिँदा (पारपाचुके) प्रभुलाई असल लाग्छ? _________। कहिलेसम्म एक पति र पत्नीत सँगै रहनुपर्छ? सहि जवाफमा गोलो चिन्ह लगाउनुहोस्:
- क. श्रीमानले आफूले प्रेम गरेको अर्को स्त्री नभेटेसम्म
- ख. सबै नानीहरू हुर्किएर घर नछोडेसम्म
- ग. श्रीमान र श्रीमती एक अर्काको कारणले थकित नभएसम्म
- घ. परमेश्वरले मृत्युद्वारा विवाहलाई नतोड्नुभएसम्म (विवाह जीवनकालकै सम्बन्ध हो)
परमेश्वरको स्वरूप
मानिस किन सृष्टि गरियो? हामी किन यहाँ छौं? हाम्रो अस्तित्वको उद्देश्य के हो? हामीले गर्नुपर्ने के हो?
यी प्रश्नहरूको जवाफ बुझ्न हामीले उत्पत्ति १:२६-२७ लाई बुझ्न आवश्यक पर्छ। “अनि परमेश्वरले भन्नुभयो: हामी मानिसलाई हाम्रै __________मा, हाम्रै _________मा बनाऔं… अनि परमेश्वरले मानिसलाई आफ्नै __________मा सृष्टि गर्नुभयो। उहाँले तिनलाई परमेश्वरको ___________मा सृष्टि गर्नुभयो” (साथै हेर्नुहोस् उत्पत्ति ९:६; याकूब ३:९)।
आदम परमेश्वरको स्वरूपमा र प्रतिरूपमा सृष्टि गरिए! स्वरूप भनेको के हो?
अधिकांश सिक्काहरूमा स्वरूप देख्न सकिन्छ। मत्ती २२:१८-२१ पढ्नुहोस्। रोमी सिक्कामा कसको स्वरूप थियो? __________ उनीहरूले उक्त सिक्का हेर्दा, कसको अनुहार देख्न सक्थे? ___________
पहिले-पहिले रुपैयाँको नोटमा हाम्रो राजाको स्वरूप देख्नसक्थ्यौं। ऐनामा तपाईंले कसको स्वरूप देख्नुहुन्छ? ___________। के ऐनाले सिद्धरूपमा तपाईंको स्वरूप प्रतिबिम्बित गर्छ? _________। तपाईंको स्वरूप त्यो ऐनामा छ! उत्पत्ति १:२६-२७ अनुसार परमेश्वरको स्वरूप मानिसमा राखियो!
मानिस परमेश्वरलाई प्रतिबिम्बित गर्न बनाइएको थियो। उसले पाप गर्न अघि आदमलाई हेर्दा उसमा कसलाई देखिन्थ्यो?

परमेश्वरको सत्यता, पवित्रता, धार्मिकता, प्रेम, विश्वासयोग्यता, शुद्धता—पूर्णरूपमा असल, पापरहित!
उत्पत्ति ३ मा अति भयङ्कर परिवर्तन आयो। आदमले पाप गरे र परमेश्वरको स्वरूप बिग्रियो, नष्ट भयो। के तपाईंले कहिल्यै थोत्रो नोटमा हेर्नुभएको छ जसमा भएको स्वरूप देख्नै सकिँदैन? अथवा, के तपाईंले कुनै फोहोर ऐना हेर्नुभएको छ जसमा तपाईंले आफ्नै अनुहार पनि देख्नु सक्नुहुँदैन? मानिसमा भएको परमेश्वरको स्वरूपलाई पापले यस्तै गरेको हो! आदमले परमेश्वरलाई झल्काउनु भन्द बरु पापलाई, आफैंलाई र शैतानलाई प्रतिबिम्बित गर्न सुरु गरे!

आफ्नो पतन पछाडि आदमले केही सन्तानहरू जन्माए। आदमका सन्तानहरूले कसलाई प्रतिबिम्बित गरे (उत्पत्ति ५:३)? _______________। यसको जवाफ उत्पत्ति ५:३ मा पाइन्छ: “जब आदम एक सय तीस वर्षका भए, तब तिनले आफनै ___________, आफ्नै ____________ एउटा छोरा जन्माए, र उसको नाम सेत राखे।” सेतले कसलाई प्रतिबिम्बित गरिरहेका थिए? ___________ तपाईंले सेतलाई हेर्ने हो भने, उसमा कसको स्वरूप र समानता देख्नुहुनेछ? ___________________

आदममा पाइने अभिलाषा, अनाज्ञाकारिता, झूट, पाप, लोभ, रिस, घृणा, फोहोर बोली आदिले पूर्ण थियो, उसमा त्यो देखिन्थ्यो।
संसारमा जन्म लिने प्रत्येक बालक नै आदमकै स्वरूपमा र प्रतिरूपमा जन्मिएको छ (भजनसंग्रह ५१:५)! केवल प्रभु येशू ख्रीष्ट मात्र एउटै अपवाद हुनुहुन्छ जो एक कन्याबाट जन्मनुभयो। बाइबलले बताउँदछ कि उहाँ अ______आ_______ हुनुहन्छ (१ कोरिन्थी १५:४५)। निम्न चार्ट पूरा गर्नुहोस्:

कलस्सी १:१५ र २ कोरिन्थी ४:४ अनुसार अन्तिम आदम ख्रीष्टलाई परमेश्वरको ____________ भनिएको छ। ख्रीष्टले सिद्धरूपमा कसलाई प्रतिबिम्बित गर्नुभयो? ___________। ख्रीष्टलाई हेर्दा कसलाई देखिन्थ्यो? ____________। १२ चेलाहरूमध्ये कुनचाहिँ चेलालाई परमेश्वरको स्वरूपको बारेमा पाठ सिक्नु खाँचो थियो (यूहन्ना १४:७-९)? _____________। येशूलाई देख्नु भनेको __________लाई देख्नु थियो (यूहन्ना १४:९)।

प्रत्येक व्यक्ति कि आदममा (पुरानो सृष्टिसित आवद्ध) छ कि ख्रीष्टमा (नयाँ सृष्टिसित आवद्ध) छ। आदममा हुनेले आफ्नो पिता आ_____लाई प्रतिबिम्बित गर्दछ। ख्रीष्टमा हुनेले आफ्नो प्रभु येशूलाई प्रतिबिम्बित गर्न सक्छन् (यद्यपि उनीहरू कहिलेकाहिँ अझै आदमलाई प्रतिबिम्बित गर्दछन्)। विश्वासीको निम्ति यो सत्य हो: “अनि नयाँ मान्छेलाई पहिरेका छौ, जो चाहिँ आफ्नो सृष्टिकर्ताको ____________अनुसार ज्ञानमा नयाँ हुँदै जान्छ” (कलस्सी ३:१० र एफेसी ४:२४ – नयाँ सृष्टि!)। तलको चित्रले सहयोग गर्छ:

एक दिन विश्वासीले प्रभु येशूलाई सिद्धरूपमा प्रतिबिम्बित गर्नेछ (१ यूहन्ना ३:२ र रोमी ८:२९)। आज एउटा विश्वासी क्रमिक रूपमा बढ्दैजाँदा, आदमलाई झन् झन् थोरै प्रतिबिम्बित गर्न र येशूलाई झन् झन् बढी प्रतिबिम्बित गर्न सिक्दछ: “तर नढाकिएको चेहराले प्रभुको महिमा ऐनामा जस्तै हेर्दै-हेर्दै हामी सबैजना, प्रभुद्वारा, जो आत्मा हुनुहुन्छ, एक महिमादेखि अर्को महिमामा सर्दै त्यही __________ __________ जान्छौं” (२ कोरिन्थी ३:१८)।
के तपाईं त्यो स्वरूपमा बदलिँदै हुनुहुन्छ? के तपाईं झन् झन् येशूलाई प्रतिबिम्बित गर्दैहुनुहुन्छ? के परमेश्वरको स्वरूप तपाईँमा बनिँदै छ (गलाती ४:१९)? के मानिसहरूले तपाईँभित्र ख्रीष्ट देख्न सक्छन् (गलाती २:२०)?
आफैंलाई ऐनाको रूपमा बिचार गर्नुहोस्। के ऐनाले आफूले “देख्न” नसक्ने कुरालाई देखाउन सक्छ? __________ ऐनाले आफूले देख्न सक्ने कुरालाई मात्र प्रतिबिम्बित गर्न सक्छ! ऐनाले प्रतिबिम्बित गर्नुपर्ने कुरा त्यसको अगाडि आउनैपर्छ। यदी ऐना अर्को दिशातर्फ फर्किएको छ भने, त्यसले कहिल्यै पनि वस्तुलाई प्रतिबिम्बित गर्न सक्दैन। त्यस्तैगरी, यदि एउटा विश्वासीले ख्रीष्टलाई (एउटा विश्वासयोग्य ऐनाझैं) देखाउने हो भने, उसले ख्रीष्टलाई देख्नैपर्छ! जति तपाईं उहाँलाई हेर्नुहुन्छ र निहार्नुहुन्छ (२ कोरिन्थी ३:१८), त्यति नै धेरै उहाँलाई प्रतिबिम्बित गर्न सक्नुहुन्छ!
१ यूहन्ना ३:२ अनुसार हामी किन ख्रीष्टजस्तै हुनेछौं? _______________________ ________________। हामी ख्रीष्टको आमुने सामुने हुँदा हामीले उहाँलाई उहाँ जस्तो हुनुहुन्छ ठीक त्यस्तै देख्नसक्छौं। आज हामी बढ्दै जाने क्रममा यही कुरा साँचो हो। हामी जति ख्रीष्टलाई उहाँ वास्तवमा जस्तो हुनुहुन्छ, त्यस्तै हेर्छौं उति नै धेरै हामीमा ख्रीष्ट झल्किनुहुनेछ। आज हामी ख्रीष्टलाई कसरी हेर्न सक्छौं (यूहन्ना ५:३९; लूका २४:२७; लूका २४:४४-४५)? __________________________।
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)