हव्वाले धोका खाई यस पृष्ठलाई छाप्नुहोस्

हव्वाले धोका खाई

 

“धोका दिनु” को अर्थ हो छल्नु, बहकाउनु, झुक्याउनु, झूटो कुरा सत्य भएको भान पार्नु। जादुगरले मान्छेको आँखा छलेर आफूले देखाएको चटक साँच्चीकै हो भन्ने भान पार्छ र दर्शकलाई झुक्याउँछ।

  • के तपाईं धोकामा परिरहनुभएको छैन?
  • के तपाईं आफ्नो बारेमा धोकामा परिरहनुभएको त छैन?
  • के तपाईं मुक्तिदाता येशू ख्रीष्टको बारेमा धोकामा परिरहनुभएको त छैन?
  • के तपाईं पापको बारेमा धोकामा परिरहनुभएको त छैन?
  • के तपाईं समाजको बारेमा धोकामा परिरहनुभएको त छैन?

“म त धोकामा परेको छैन” भनी नठान्नुहोस्। तपाईं धोकामै परिरहनुभएको हुन सक्छ। धोकामा पर्नु ज्यादै सजिलो छ!

विश्वभरिका मानिसहरूलाई विचार गर्नुहोस् त। अधिकांश मानिसहरू धोकामा परिरहेका छन् कि छैनन् (मत्ती ७:१३-१४)?__________________। तर अधिकांश मानिसहरू आफूहरू ठीक बाटोमा छौं भन्ने ठान्दछन् कि ठान्दैनन् (हितोपदेश १४:१२)? __________________। तिनीहरू ठीक बाटोमै छन् त? ____________। तपाईं नि?

तिनीहरूले धोका खालान् भनी के प्रभु येशूले मानिसहरूलाई चेतावनी दिनुभयो (मत्ती २४:४)? ____________। के थोरै मानिसहरूले मात्र धोका खानेछन् (मत्ती २४:५,११)? __________।

अन्तिम दिनहरूमा (प्रभुको आगमन नजिकिँदै जाने क्रममा) धोकापूर्ण कुराहरूको क्रमिक वृद्धि हुनेछ भन्ने कुरा हामीलाई बताइएको छ।

२ तिमोथी ३:१३ अनुसार,

  • त्यहाँ धोका _______________ हुनेछन्।
  • त्यहाँ धोका ______________ हुनेछन्।

धोकेबाजहरू थोरै हुनेछन् भनेर हामीले अपेक्षा गर्नुपर्ने हो कि धेरै हुनेछन् भनेर (२ यूहन्ना ७)? ________।

त्यहाँ तिमोथीजस्ता कोही-कोही छन् जो धोकामा परिरहेका छैनन् किनकि तिनीहरूले सत्यलाई जानेका छन्। सत्यता पाइने ठाउँ कुन हो (२ तिमोथी ३:१५)? ________________________।

हव्वा

अब हामी धोका खाने सबैभन्दा पहिलो व्यक्तिको बारेमा अध्ययन गर्नेछौं (यद्यपि मानिसको सृष्टिभन्दा पनि पहिले शैतानद्वारा धोका खानेचाहिँ स्वर्गदूतहरू थिए)।

२ कोरिन्थी ११:३ पढ्नुहोस्। धोका दिनेचाहिँ को थियो? _____________। धोका खानेचाहिँ को थियो?_______________। तिनले धोका खाई भने के हामीले पनि धोका खानु सम्भव छैन र? _______।

यस घटनाको बारेमा जान्न हामी उत्पत्तिको पुस्तकलाई पल्टाऔ। उत्पत्ति अध्याय १ मा “परमेश्वरले भन्नुभयो…तब त्यस्तै भइहाल्यो” भन्ने वाक्यांश कतिपल्ट भेटिन्छ? (उत्पत्ति १ मा उक्त वाक्यांश पाइने पदहरू कुन-कुन हुन्? _____________________________) परमेश्वरले जे-जे भन्नुभयो, ती एक-एक पूरा भए।

उत्पत्ति अध्याय २ मा आएर हामी सिक्छौं, परमेश्वरले एउटा ज्यादै महत्वपूर्ण कुरा भन्नुभयो। उत्पत्ति २:१७ मा हेर्नुहोस्। परमेश्वर भन्दै हुनुहुन्थ्यो, “यदि तिमीले खायौ भने…यस्तो हुनेछ (के हुनेछ)?” __________________________________________।

परमेश्वरले भन्नुभएको थियो,

  •  

    पापले मृत्यु निश्चय ल्याउनेछ

शङ्का

धोकेबाजले शुरूमा के भन्यो? “_____ _______________ले तिमीहरूलाई बगैंचाको कुनै पनि रूखको फल नखानू भनी _____________________ ____ (उत्पत्ति ३:१)? हव्वाले परमेश्वरको वचनलाई शङ्का गरोस् भन्ने शैतान चाहन्थ्यो। “परमेश्वरले साँच्चै त्यस्तै भन्नुभएको हो र? पक्का हो र?”

इन्कार

हव्वाले परमेश्वरको वचनलाई शङ्का मात्र होइन, त्यसलाई इन्कार समेत गरोस् भन्ने चाहन्थ्यो।

परमेश्वरले भन्नुभएको थियो (उत्पत्ति २:१७)

“तँ _____________ नै _____________”

शैतानले भन्यो (उत्पत्ति ३:४)

“तिमीहरू ___________________”

हव्वाले कसलाई विश्वास गरी? ________________। यसरी तिनले धोका खाई!

जुन बेला हामी परमेश्वरको वचनसित खेलबाड गर्न थाल्छौं त्यस बेला हामीलाई “खतरा! खतरा!” भनिरहेका सङ्केतहरूले घेर्न थाल्छ हामी पहिले शङ्का गर्न थाल्छौं अनि पछि ठाड़ै इन्कार गर्न पुग्छौं। त्यसपछि अरूलाई हाम्रो पक्षमा ल्याउन खोज्छौं। याद राख्‍नुहोस्, अरूलाई समेत आफ्नो पक्षमा ल्याउन सकियो भने खतरनाक स्थिति पनि उति खतरनाक नभएझैं लाग्ने हुन्छ!

उत्पत्ति ३:६ – “आदम, मलाई साथ देऊ न!” हव्वाले अर्को व्यक्तिलाई अपराधमा मुछ्ने काम गरी। उसले अर्कोलाई समेत खिँची।

१ तिमोथी २:१४ अनुसार के हव्वा बहकाउमा परेकी थिई? _________। के आदम बहकाउमा परको थियो?_______। किन थिएन?

हव्वा बहकाउमा परेर एउटा काम गर्न पुगेकी हो तर आदम बहकाउमा परेको होइन। आफू के गर्दै छु भन्ने कुरामा आदम अनभिज्ञ थिएन (ऊ अन्धाधुन्दा पापमा फसेको होइन), तर उसले जानाजानी पाप गरेको हो। हव्वाले त कसैले पाप गरेको देखेकी थिईन, तर आदमले भने देखेको थियो। उसले हव्वाले पाप गरेको देखेको थियो। उसले हव्वाले पाप गरेको देख्नुको साथ-साथै हव्वालाई उसको पापमा पछ्यायो पनि।

हाव्वाले अर्को व्यक्तिलाई फसाई। सत्यताबाट र परमेश्वरबाट अन्यत्र खिँचिनेहरू आज धेरै छन्। १ कोरिन्थी १५:१२ आनुसार त्यहाँ यस्ता मानिसहरू थिए जसले मरेकाहरूको __________________ हुँदैन भन्ने कुरा सिकाउँदै थिए (मत्ती २२:२३ पनि हेर्नुहोस्)। कोहीचाहिँ पापले यति भ्रमित र अन्धा भएका थिए कि तिनीहरूले येशूलाई “त्यस ______” (मत्ती २७:६३) भन्न समेत पछि परेनन्। खास धोकेबाजहरू (ठगहरू) को थिए (मत्ती २८:११-१५)?_____________________________________।

“कल्ट” (झूटा शिक्षाको समूह) हरूले मानिसहरूलाई कसरी ठग्छन् र धोका दिन्छन्? केही उदाहरणहरू दिन सक्नुहुन्छ?

“तिमीहरू परमेश्वरजस्तै हुनेछौ”

हव्वालाई धोका दिन शैतानले “तिमीहरू परमेश्वरजस्तै हुनेछौ” भन्दै झूटो प्रलोभन देखाए। हव्वाले त्यस झूटलाई पत्याएकीले धोका खाई। त्यस बेलादेखि नै मानिसहरू शैतानको त्यस झूटद्वारा परीक्षामा पर्दै आएका छन्। मान्छे किन यस प्रकारले धोका खान्छ?  के मानिसहरू परमेश्वरै बन्न चाहन्छन् त? अहँ, सामान्य मान्छेको यत्रो लक्ष्य हुँदैन! वास्तवमा कुरा यस्तो हो: मान्छे परमेश्वरलाई परमेश्वरको रूपमा स्वीकार्न चाहन्न। मान्छे परमेश्वरलाई सार्वभौम अधिकार सम्पन्न तथा अन्तिम फैसला गर्ने अख्तियारको रूपमा स्वीकार्न चाहन्न। मान्छे परमेश्वरका कुरा मान्न चाहन्न। “यदि अन्य कोही व्यक्ति ईश्वर बन्न सके भने हामीले परमेश्वरलाई परमेश्वरको रूपमा मान्नु पर्दैन भनेर आफूलाई मनाउन सकिन्छ।”

यसको उदाहरण १ शमूएलको आठौं अध्यायमा पाउँछौं जहाँ इस्राएलीहरूले अन्य राष्ट्रका जस्तै राजा चाहे (पद ५)। ती मानिसहरू राजा बन्न चाहेका त थिएनन्, तर तिनीहरूले परमप्रभुलाई आ______ रा _______ ब_________ इन्कार गरेका थिए (१ शमूएल ८:७ मा हेर्नुहोस्)। “हामी तपाईंलाई राजा बनाउन चाहन्छौं। परमेश्वरसट्टा तपाईं नै राजा हुनुभएको हामी चाहन्छौं।”

महा-सङ्कष्टकाल (the Great Tribulation) मा संसारले एकजना मान्छेलाई परमेश्वरकै रूपमा मान्नेछ (२ थेस्सलोनिकी २:३-४)। त्यो शैतानबाटकै मान्छे हुनेछ। उसले आफूलाई परमेश्वरकै रूपमा स्थापित गर्नेछ र सबैद्वारा आराधना गरिन आज्ञा गर्नेछ (प्रकाश १३ अध्याय)। भ्रमित मानिसहरू सत्यलाई विश्वास गर्नुको सट्टा झूटलाई विश्वास गर्नेछन्।

मानिसहरूले कुन कुरालाई ग्रहण गर्नेछैनन् (२ थेस्सलोनिकी २:२०)? __________________।

मानिसहरूले कुन कुरालाई विश्वास गर्नेछैनन् (२ थेस्सलोनिकी २:१२)? ________________।

मानिसहरूले कुन कुरालाई विश्वास गर्नेछन् (२ थेस्सलोनिकी २:११)? _______________। के तिनीहरू धोकामा पर्नेछन् (२ थेस्सलोनिकी २:१०)________________।

झूटch1-4.gif (931 bytes) 

सृष्टि गरिएको प्राणीले परमेश्वरको स्थान लिन सक्छ। (२ थेस्सलोनिकी २:४,११; रोमी १:२५)।

 सत्यch1-4.gif (931 bytes) 

कसैले पनि परमेश्वरको स्थान लिन सक्दैन। उहाँमात्रै सृष्टिकर्ता हुनुहुन्छ (रोमी १:२५)।

परमेश्वर धोका दिनुहुन्न, उहाँ सधैं सत्य बोल्नुहुन्छ। हामीले उहाँको वचनलाई अविश्वास वा शङ्का गर्नुहुँदैन, इन्कार गर्नुहुँदैन; हामीले उहाँको वचनलाई विश्वास गर्नुपर्दछ। हामी परमेश्वरको वचनमा स्थिर रहनुपर्छ, त्यसैमा हिँड्नुपर्छ नत्र ता हामीले पनि धोका खानेछौं।

मरियम एक स्त्री थिइन् जसले धोका खाइनन्। परमेश्वर उनीसँग बोल्नुहुँदा मरियमले उहाँको वचनलाई विश्वास गरिन् (लूका १:३०-३८)। परमेश्वरले भन्नुभएको कुरालाई नबुझे तापनि उनले विश्वास गरिन् र यसरी भनिन्, “_____________को_____________अनुसार नै मलाई होस् (लूका १:३८)।”

 

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)