शारीरिक शाऊल

शारीरिक शाऊल

 

शाऊल इस्राएलका पहिलो राजा थिए। तर शाऊलभन्दा पनि अगाडि इस्राएलमा अर्कै राजा हुनुहुन्थ्यो। उहाँ नै सबभन्दा असल राजा हुनुहुन्छ। त्यो राजा को हुनुहुन्थ्यो (१ शमूएल ८:७)? ___________________

इस्राएलका मानिसहरू _________ _______________ जस्तै एउटा राजा चाहन्थे ( १ शमूएल ८:५)। अरू जातिहरूका मानवीय राजाहरू थिए। इस्राएलको चाहिँ राजा नहुनु? तर इस्राएलीहरूले यो बिर्सेका थिए, अरू जातिहरूले उनीहरूलेझैं स्वयम् परमेश्वरलाई राजाको रूपमा पाएका थिएनन्।

परमेश्वरले काहिलेकाहिँ मानिसहरूलाई उनीहरूले इच्छा गरेका कुराहरू नै दिनुहुन्छ यद्यपि ती कुराहरू उनीहरूको हित विपरित हुन्छन्। परमेश्वरले उनीहरूलाई एउटा राजा दिनुभयो। परमेश्वरले उनीहरूलाई मानौं यसो भन्दै हुनुहुन्थ्यो, “ठीक छ, तिमीहरूले जे खोज्यौ त्यही पाउनेछौ।” तिनीहरूले ___________ ____________ परमेश्वरले तिनीहरूलाई दिनुभयो, तर तिनीहरूका बीचमा _____________को _________ पठाइदिनुभयो” (भजनसङ्ग्रह १०६:१५)। त्यसैले, कुनै कुरा आफूले चिताएको अनुसार नै परमेश्वरले पूरा हुन दिनुहुँदैमा त्यो राम्रै हुनुपर्छ भन्ने हुँदैन।

किन शाऊल एक आदर्श अगुवा, इस्राएलीहरूले खोजेको राजा जस्तै देखिन्थे (१ शमूएल ९:१-२)? __________________________________________________________ ________________________________

शाऊल शमूएलद्वारा राजा अभिषेक गरिए (१ शमूएल १०:१)। उनीहरूले चाहेकै कुरा परमेश्वरले इस्राएलीहरूलाई दिनुभयो। इस्राएलका सन्तानहरूले यसरी एउटा राजाको माग गर्नु के ठीक थियो (१ शमूएल ८:७ र १२:१७)? ____________

शाऊल अल्गा थिए, सुन्दर र बलिया थिए। उनलाई एक आदर्श राजाको रूपमा हेरियो। तर यहाँ एउटा समस्या थियो। उनी आत्मिक व्यक्ति थिएनन्। शाऊल राजा शारीरिक थिए। उनी आफ्नो पापी स्वभावको नियन्त्रणमा चल्थे, त्यसकै प्रेरणाद्वारा उनी हिँड्थे। उनी आत्मिक थिएनन्। आफ्ना विचारहरूमा उनले परमेश्वरलाई स्थान दिँदैनथे। उनी परमेश्वरलाई होइन आफैलाई खुसी पार्ने मानिस थिए। बाइबलको यो भनाइ हामी कहिल्यै नबिर्सौं: “यसकारण जो ____________मा छन्, तिनीहरूले परमेश्वरलाई ______ पार्न सक्दैनन्” (रोमी ८:८)।

हामीले १ शामूएल १०:६,७,१० मा पढेर यो बुझ्दछौं, परमेश्वरको आत्मा शाऊलमाथि एक विशेष प्रकारले आउनुभयो। के यसको अर्थ शाऊल एक आत्मिक मानिस थिए भन्ने हो? कदापि होइन। कुनै बेला परमेश्वरको आत्मा त्यस्ता व्यक्तिहरूमाथि आउनुभयो जो आत्मिक छँदै थिएनन्। १ शमूएल १९:१८-२४ मा शाऊल र उनका मानिसहरूले दाऊदलाई मार्न खोजिरहेका थिए। निश्चय नै, शाऊल र उनका मानिसहरू आत्मिक थिएनन्। तर जब शाऊलले आफ्ना दुष्ट योजनाहरू पूरा गर्न आफ्ना दूतहरूलाई पठाए, तब त्यहाँ कस्तो कुरा हुन गयो (१ शमूएल १९:२०-२१)? ___________ ____________________________________________________

आखिरमा शाऊल आफैं त्यहाँ जाँदा, के घटना घट्यो (१ शमूएल ९:२३-२४)? ______________________________________। याद गरौं, परमेश्वरको आत्मा एउटा गधामाथि पनि विशेष प्रकारले आउन सक्नुहुन्छ (गन्ती २२:२८), तर के यसको मतलब त्यो गधा आत्मिक गधा हो त? _________। शाऊलको शासनकालको शुरुतिर परमेश्वर शाऊलसँग विशेष प्रकारले हुनुहुन्थ्यो (१ शमूएल १०:७), तर परमेश्वरले उनको जीवनमा गरिरहनुभएको कामलाई शाऊलले इन्कार गर्‍यो अनि पछि गएर परमेश्वरको आत्माले शाऊललाई ________________ (१ शमूएल १६:१४)।

१ शमूएलको एघारौं अध्याय, शाऊलको जीवनको शायद सबभन्दा उज्ज्वल घडीकै बयान हो। परमेश्वरले शाऊललाई अम्मोनीहरूमाथि ठूलो विजय दिनुभएको थियो (शाऊलको गवाही १ शमूएल ११:१३ मा पढ्नुहोस्)। शाऊलको राज्याधिकारको शुरुआत राम्रो थियो। तर त्यो प्रथम विजय पछि सब कुरा ओह्रालो लाग्न थाल्यो।

हामी शाऊलका दसओटा शरीरका कामहरूहरूलाई हेरौं:

१) पहिलो शारीरिक काम – अधैर्य

शमूएलले शाऊललाई सात दिन पर्खन आदेश दिएका थिए। सात दिनको अन्तमा शमूएल आएर बलिदानहरू चढ़ाउने र शाऊललाई थप निर्देशन दिने योजना थियो (हेर्नुहोस् १ शमूएल १०:८)। १ शमूएल १३:८-१० पढ़नुहोस्। के शाऊल शमूएललाई पर्खे ? ____________। उनी अधीर बने र उनले हडबडमा एउटा काम गरे। पर्खेर परमेश्वरको इच्छाअनुसार काम गर्नुको सट्टा उनी आत्तिए र उनले आफ्नै उपायअनुसार अगाडि बढे। अनि हडबडमा, पुजाहारीले मात्र गर्न मिल्ने काम उनले आफै गरे। उनले के गरे (१ शमूएल १३:९)? । यो उनको मूर्खता थियो, एउटा आज्ञा उल्लङ्घन गर्ने काम थियो (१ शमूएल १३:१३)!

शाऊलको हृदय परमेश्वरतर्फ थिएन। “परमप्रभुले आफैले रूचाउनुभएको एउटा मानिस” उनी थिएनन् (हेर्नुहोस् १ शमूएल १३:१४)। उनी एक शारीरिक मानिस थिए, आत्मिक थिएनन्। परमेश्वरले खोजिरहनुभएको मान्छे दाऊद थिए, शाऊल थिएनन्!

२) दोस्रो शारीरिक काम – मूर्ख बोली

१ शमूएलको चौधौं अध्यायमा परमेश्वरले इस्राएलीहरूलाई पलश्तीहरूमाथि ठूलो विजय दिनका लागि जोनाथनलाई विशेष रूपमा प्रयोग गर्नुभयो। तर शाऊलले एउटा मूर्ख कुरा गरेकाले उनका पुरै सेना निरुत्साहित भए। उनले, कुन काम गर्ने व्यक्ति श्रापित हुनेछन् भनेर घोषणा गरे (१ शमूएल १४:२४)? _________________________________________। उपवासको आह्वान गर्ने समय त्यो थिएन! युद्धको बीचमा लडाकुहरूलाई उचित अन्न-पानीको आवश्यकता पर्दछ।

शाऊलको आदेशलाई कसले उल्लङ्घन गरे (१ शमूएल १४:२७)? ____________। यो थाहा पाएर उसलाई शाऊल के गर्न चाहन्थे ( १ शमूएल १४:४३-४४)? ________________। यस्तो खराब काममा हात हाल्न के ती मानिसहरू सहमत थिए (१ शमूएल १४:४५)? ___________। यसरी शाऊलले एउटा ज्यादै मूर्ख बोली हतारमा बोलेका थिए।

३) तेस्रो शारीरिक काम – विद्रोह

रोमी ८:७ बाट हामी सिक्छौं, “शरीरमा मन लगाउनुचाहिँ परमेश्वरसँग ___________ गर्नु हो; किनकि शारीरिक मन परमेश्वरको व्यवस्थाको अनीनतामा छैन; किनकि यो हुन नै सक्दैन।” शरीर (आदमबाट आएको मान्छेको पापी स्वभाव) परमेश्वरको विरोधमा छ! त्यो परमेश्वरको अधीनमा बस्दैन। बरु त्यसले परमेश्वरको विरूद्धमा लडाइँ गर्दछ। शरीर परमेश्वरको अधीनमा बस्दैन। परमेश्वरको आज्ञाको विरूद्धमा विद्रोह गर्दछ, आज्ञा मान्न इन्कार गर्दछ। विद्रोह, मानिसको पापी स्वभावको अभिन्न अङ्ग नै हो।

शामूएल पन्ध्रौं अध्यायमा शाऊलको भारी विद्रोह र अनाज्ञाकारिताको बारेमा पढ्दछौं। १ शमूएल १५:३ मा परमेश्वरको आज्ञा प्रस्टै छ। के शाऊलले सो आज्ञाको पालना गरे (१ शमूएल १५:८-९)? ___________। के शाऊलले परमेश्वरका आज्ञाहरू पालन गरे (१ शमूएल १५:११)? ____________। तर शारीरिक शाऊलले के भने (१ शमूएल १५:१३)? _____________________________।” नबिर्सौं, आंशिक आज्ञाकारिता वास्तवमा अनाज्ञाकारिता हो।

शमूएलअनुसार, शाऊल कुन दुइटा पापका दोषी थिए (१ शमूएल १५:२३)? १‍‍ ____________ २ ____________। शाऊलले कुन कुरा त्यागे ( १ शमूएल १५:२३)? ________________

४) चौथो शारिरिक काम – डर

१ शमूएल सत्रौं अध्यायमा हामी एउटा अचम्मको घटनाको बारेमा पढ्छौं – दाऊदले बडेमाका गोल्यतलाई मारेका। तर गोल्यतलाई रणभूमिमा सामना गर्न किन शाऊल आफै गएनन्? शाऊल इस्राएलभरिमा सबभन्दा अग्लो र बलवान् पुरुष थिए (१ शमूएल ९:२)। गोल्यातलाई पराजय गर्न किन उनले परमेश्वरमाथि भरोसा गरेनन्? शाऊल डरपोक थिए! दाऊद एक आत्मिक मानिस थिए। सर्वशक्तिमान् परमेश्वरमाथि भरोसा गर्न दाऊदले सिकेका थिए। शाऊल त्यस्ता थिएनन्। शाऊल एक शारीरिक मानिस थिए।

५) पाँचौं शारीरिक काम – डाहा

गलाती ५:२० ले बताउँछ, “डाहा” शरीरको कामहरूमध्ये एउटा हो। त्यस सूचीमा “द्वेष” पनि उल्लेख छ (गलाती ५:२१) जसको अर्थ हुन्छ “डाहा, इर्ष्या”। इर्ष्यालु व्यक्ति अर्काको उन्नति देखेर बेखुशी बन्दछ, र अर्कासँग भएको कुरा आफ्नो निम्ति चाहन्छ।

१ शमूएल १८:६-१८ पढ्नुहोस्। शाऊललाई कुन कुराले इर्ष्यालु बनायो? ‍_______________________________________________। शाऊलले कसको इर्ष्या गरे? ____________। शाऊल कुन कुराको निम्ति डाही बने (उनले दाऊदसँग भएको कुन कुराको चाहना गरे) ? _______________________________। उक्त डाहाको प्रबल भावनाले उनलाई अर्को कुन पापमा डोर्‍यायो (१ शमूएल १८:८)? _______________

६) छैटौं शारीरिक काम – घृणा

के घृणा शरीरका कामहरूमध्ये एउटा हो (गलाती ५:१९-२१)? ____________

दाऊदप्रतिको शाऊलको इर्ष्या र रिस तीतो घृणामा परिणत भयो। शाऊलले आफ्नो घृणालाई कसरी प्रकट गरे (१ शमूएल १८:११)? _____________________________________________।

शाऊलले कति पटक त्यसो गर्ने प्रयास गरे ( १ शमूएल १८:११ लाई १ शमूएल १९:१० सित तुलना गर्नुहोस्)? ____________________। शाऊल राम्ररी ताक्न नसक्ने रहेछन्! बास्तवमा भन्ने हो भने, परमेश्वरले दाऊदलाई विशेष प्रकारले बचाउने काम गर्दै हुनुहुन्थ्यो।

७) सातौं शारीरिक काम – रिस

के रिस (क्रोध) गलाती ५:१९-२१ मा उल्लेखित शरीरका कामहरूमध्ये एउटा हो? ________। शाऊलको दाऊदप्रतिको घृणा यति प्रज्वलनशील थियो कि दाऊदको पक्षमा अलिकति पनि झुकाव देखाउने जोकोही प्रति उनको क्रोध दन्कन्थ्यो। १ शमूएल २०:३० मा शाऊल कोसित रिसाए? _____________। किन? ____________________________________________। उनी मारियोस् भन्ने हेतुले दाऊदलाई ल्याउने आज्ञा शाऊलले जोनाथनलाई दिए। जोनाथनले जवाफ दिए, “तिनी मारिन योग्यका छन्? किन? तिनले के गरेका छन्?” (१ शमूएल २०:३१-३२)? प्रश्न जायज थियो। शाऊलले कसरी जवाफ दिए (१ शमूएल २०:३३)? ______________________________। याद राख्‍नुस्, जोनाथन त उनका आफ्नै छोरा थिए! फेरि पनि उनले निशाना चुकाए! हालसम्मको नतीजा: शून्यको विरूद्ध चार (चार पटकको प्रयासमा चारै पटक शाऊल ‍असफल भए)!

८) आठौं शारीरिक काम – हत्याहरू

शरीरका कामका सूचीमा के “हत्या” पनि उल्लेख छ (गलाती ५: १९-२१)? _______

१ शमूएल अध्याय २१ मा हामी सिक्छौं, अहीमेलेक पुजाहारीले दाऊदलाई रोटी दिएर मदत गरे। त्यसबेला दाऊद शाऊल राजादेखि भाग्दै थिए। याद गर्नुस्, दाऊदलाई मदत गर्ने जोसुकै पनि शाऊलको शत्रु गनिन्थ्यो! १ शमूएल २२:१३ मा दाऊदलाई किन मदत गर्‍यौ भनेर शाऊल राजाले अहीमेलेकलाई प्रश्न गर्दा अहीमेलेकले दिएको जवाफ १ शमूएल २२:१४ मा पाउँछौं। अहीमेलेकको विचारमा दाऊद कस्ता थिए, विश्वासयोग्य कि अविश्वासयोग्य? __________________। उनको विचारमा दाऊद आदरणीय थिए कि अनादरणीय? _______________। उनका जवाफको कारण शाऊलले उनलाई भने, “तिमी ________पर्छ” (१ शमूएल २२:१६)। एकजनालाई मात्र मारेर शाऊललाई पुग्दैन, तिनले पुजाहारीहरूका पूरै घरानालाई मार्छन्।

पहिले शाऊलले आफ्ना सेवकहरूलाई पुजाहरीहरूलाई मार्ने आज्ञा दिए। शाऊलका अनुसार, ती पुजाहारीहरू किन मारिनुपर्थ्यो (१ शमूएल २२:१७)? ________________________________। दाऊदको पक्षमा हुने जति स्वतः शाऊलका विरोधी ठहरिए! के राजाका सेवकहरू त्यस्तो आज्ञाअनुसार गर्न राजी थिए (१ शमूएल २२:१८)? _________________। तिनीहरू बुद्धू थिएनन्!

त्यस्तो निर्मम हत्या गर्नलाई एकजना मान्छे चाहिँ तत्पर थियो। उनको नाम के थियो (१ शमूएल २२:२१)? __________। शाऊल थुप्रै हत्याहरूका दोषी थिए।

९) नवौं शारीरिक काम – देखावटी पश्चात्ताप

१ शमूएल २४:२-१५ पढ्नुहोस्। के दाऊदलाई, शाऊल राजालाई मार्ने सुवर्ण मौका थियो? ____________

दाऊदले मौका पाएर पनि उनको ज्यान नलिएको थाहा पाएपछि शाऊलले भनेका कुरालाई विचार गर्नुहोस् (१ शमूएल २४:१६-२१)। शाऊल रोए। उनले दाऊदलाई “मेरा ________” (पद १६) भने। उनले भने, “तिमी मभन्दा धर्मी मानिस रहेछौ। तिमीले मप्रति असल व्यवहार देखायौ, तर मैले चाहिँ तिमीप्रति खराब व्यवहार देखाएको छु” (पद १७)। उनले दाऊद नै राजा हुनुपर्छ समेत भने (पद २०)। के शाऊल दाऊदप्रति गरेका सबै व्यवहारको कारण साँच्ची नै दुःखी थिए? उनको बोली राम्रो सुनिन्छ तर त्यो साँचो थियो कि थिएन?

१ शमूएल २६:२ मा शाऊल के गर्दैछन् ? _________________________ _______________________________________। उनी फेरि आफ्नो पुरानै व्यवहारअनुसार चल्दैछन्!

१ शमूएल २६:५-१६ पढ्नुहोस्। के दाऊदलाई, शाऊललाई मार्ने सुवर्ण मौका थियो? __________। दाऊदले मौका पाएर पनि उनको ज्यान नलिएको थाहा पाएपछि शाऊलले भनेका कुरालाई विचार गर्नुहोस् (१ शमूएल २६:१७-२१)। विशेष गरी पद २१ लाई हेर्नुहोस्: शाऊलले भने, “मैले ________ गरें। फर्केर आऊ, हे दाऊद मेरा छोरा। आजको दिन तिमीले मेरो प्राणलाई बहुमूल्य ठान्यौं, अब _________ ____________ म तिम्रो हानि गर्नेछैनँ।” उनले आफू मूर्ख भएको कुरासमेत मानिलिए (पद २१)। के उनले साँच्ची नै पश्चात्ताप गर्दैथिए, (अर्थात् पापको, आफ्नो र प्रभुको सम्बन्धमा मन बदल्ने काम गर्दै थिए)? कुरा त राम्रै सुनिन्थ्यो, तर के त्यो साँचो थियो?

अब त दाऊदले शाऊललाई राम्ररी चिनिसकेका थिए। शाऊलले उनलाई कहिल्यै हानि गर्नेछैनन् भनी के दाऊदले विश्वास गरे ( १ शमूएल २७:१)? __________

हामीले के याद राख्नुपर्छ भने शरीर (पापी स्वभाव) ले असल रूप धारण गर्न सक्दछ अनि त्यसको बोली राम्रो सुन्न सकिँदछ, यहाँसम्म कि त्यसले पश्चात्ताप गरेजस्तै देखिन सक्दछ, तर त्यो पूरै देखावटी हुन्छ! २ कोरिन्थी ७:९-१० मा उल्लेखित “इश्वरीय रीतिअनुसारको शोक” शाऊलमा कहिल्यै पाइएन।

१०) दसौं शारीरिक काम – टुनामुना

गलाती ५:१९-२१ मा के “टुनामुना” लाई शरीरका कामहरू मध्येमा सूचीत गरिएको छ? _________

आफ्नो जीवनको अन्ततिर शाऊलले एउटी तन्त्रमन्त्र गर्ने स्त्रीको खोजी गर्ने निर्णय गरे (१ शमूएल २८:७)। त्यस्तो स्त्रीले मरेकाहरूसँग सम्पर्क राख्न सक्छन् भन्ने कतिको धारणा थियो। शाऊल भविष्यको बारेमा जान्न चाहन्थे। उनले परमेश्वरको वचनलाई इन्कार गरेकाले (१ शमूएल १५:२३) परमेश्वरले उनीसँग सम्पर्क गर्न इन्कार गर्नुभएको थियो। अनि शाऊल टुनामुनापट्टि लागे। के एक आत्मिक व्यक्तिले त्यस्तो काम गर्दछ? _________। किन गर्दैन (व्यवस्था १८:९-१४ हेर्नुहोस्)? ______________________________________________________।

तपाईं सोच्नुहोला: “म त शाऊलजस्तो छैनँ। म अर्कालाई भालाले हिर्काउने मान्छे होइन! म कहिल्यै ८५ जना पास्टरहरूलाई मार्ने थिइनँ ! म कहिल्यै तन्त्रमन्त्र गर्नेकहाँ जाने थिइनँ!” तर हामी नबिर्सौं, शाऊलको जस्तै शरीर (पाप गर्ने स्वभाव) हामीभित्र पनि छ! हाम्रो शरीर (पाप स्वभाव) शाऊलको जत्तिकै खराब र दुष्ट छ! अनि त्यस्तै परिस्थितिमा, उनले गरेजस्तै अथवा त्योभन्दा पनि खराब कामहरू गर्न हामीलाई बेर नलाग्न सक्छ! यही शरीर (पाप स्वभाव) नै हो जसबाट हामीलाई बचाउन ख्रीष्ट मर्नुभयो: “परमेश्वरले आफ्नो पुत्रलाई पापमय _________को समानतामा र पापका निम्ति पठाईकन गर्नुभयो र _________मा पापलाई दण्डको आज्ञा दिनुभयो” (रोमी ८:३)।

के ख्रीष्टले तपाईंलाई बचाउनुभयो?
के तपाईं आत्मिक व्यक्ति हुनुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

पराई रूथ

पराई रूथ

 

कतै पनि आबद्ध नभइकन मान्छे एकलै जिउन सक्दैन। कहीँ न कहीँ उसको सम्बन्ध हुनु नै पर्छ र उसले सम्बन्ध राख्‍नै पर्छ। आफैलाई विचार गर्नुहोस्। के तपाई एउटा परिवारसित आबद्ध हुनुहुन्छ? के तपाई एउटा मण्डली परिवारसित आबद्ध हुनुहुन्छ ? के तपाई एउटा राष्ट्रसित आबद्ध हुनुहुन्छ ? तपाई आबद्ध हुनुभएका त्यस्ता केही कुराहरूको एउटा सूची बनाउनुहोस्:

___________________________ _____________________________ ____________________________ _____________________________ ____________________________ _____________________________ ____________________________ _____________________________

तपाई आबद्ध हुनुभएका कुरा ती हुन् जुन कुराले तपाईको जीवनलाई कुनै न कुनै हिसाबले अर्थ दिन्छ, उद्देश्य दिन्छ। रूथको पुस्तकको अध्ययन गर्ने क्रममा हामी कसरी एउटा व्यक्तिलाई कतै न कतै आबद्ध हुनैपर्ने खाँचो को बारेमा विचार गर्नेछौं।

रूथ, अध्याय १

रूथको पुस्तकमा उल्लेखित घटनाहरू कुन समयमा घटेका थिए (रूथ १:१) ? ठीक उत्तरलाई गोलो चिन्ह लगाउनुहोस्:

  1. मोशाको समयमा
  2. यहोशूको समयमा
  3. न्यायकर्ताहरूका समयमा
  4. राजाहरूका समय (दाऊद, सोलोमन जस्ताका समय) मा

एलीमेलेक र उनका परिवार बेथलेहेम गाउँका थिए। पछिल्ला समयहरूमा कुन दुई व्यक्तिहरू बेथलेहेममा जन्मेकाले उक्त गाउँ प्रसिद्ध बन्यो (हेर्नुहोस्, लूका २:४ र २:११)? १. _____________ २. ____________________। एलीमेलेक र उनका परिवारले किन बेथलेहेम छोडेर बसाइ सरे (रूथ १:१)? _________________________________। तिनीहरू कुनचाहिँ देशमा गए (रूथ १:२) ? _____________। यो देशलाई बाइबलको पछाडिपट्टि छापिएको नक्सामा भेट्टाउनुहोस्। यो देश कुनचाहिँ सागरको पूर्वपट्टि पर्दछ? _________________। यो देश बेथलेहेमदेखि ८० किलोमिटरको दुरीमा पर्दछ।

हामी रूथको नाउँ प्रथम पटक अध्याय १ को चौथो पदमा भेट्टाउँछौं। के रूथ एक यहूदी स्त्री थिइन्? ____________। के उनी दलीला जस्तै पलिश्ती स्त्री थिइन्? ____________। उनी कुन जातिका थिइन्? ___________। उनी एक अन्यजाति थिइन्। उनी साँचो परमेश्वरलाई नपूज्ने जातिमध्येका थिइन्, एक मुक्ति नपाएकी स्त्री थिइन्।

मोआब देशमा कसको मृत्यु भयो (रूथ १:३ र १:५)? ________________ _________________________। अनिकाल अन्त्य भयो र त्यसपछि नाओमी आफ्नै देशमा फर्कने निर्णय गरिन् (रूथ १:६-७)। उनले आफ्ना दुईजना बुहारीहरूलाई आ-आफ्नै माइतीमा फर्केर जान कर गर्छिन् (रूथ १:८)। तब ओर्पाले के निर्णय गरिन् (रूथ १:१४-१५)? _________________ _________________________। उनी आफ्नै मानिसहरूकहाँ साथै आफ्ना ती झूटा देव-देवीहरू मान्नलाई नै फर्किन्। उनी मोआबी जातिका व्यर्थका संस्कारहरू र मूर्ति पूजाहरूमा नै फर्किन्। रूथले चाहिँ के निर्णय गरिन् (रूथ १:१६-१७)? __________ ____________________________। उनी आफ्नी सासुसँग मृत्युले अलग नगरेसम्म नै टाँसिएर बस्ने निर्णय गरिन् (रूथ १:१७)। आफ्नो सम्पूर्ण जीवन नै बदलिदिने यस्तो निर्णय लिँदा रूथले आफ्नो जीवनमा के कस्ता कुराहरूलाई परिवर्तन गर्न राजी भएका थिए (रूथ १:१६-१७)?

____________________________________________________
____________________________________________________
____________________________________________________

दाजुभाइको नाउँलाई कायम राख्नुपर्ने व्यवस्था

यो व्यवस्था २५:५-१० मा उल्लेख छ। रूथको पुस्तक बुझ्नलाई यस व्यवस्थालाई बुझ्न आवश्यक छ। व्यवस्था २५:५ पढ्नुहोस्। के रूथका पति मरिसकेका थिए? ___________। तिनीहरूका सन्तान थिए कि थिएनन्? __________। यस व्यवस्थाले भन्दछ, मृत पतिका दाजु वा भाइले आफ्नी भाइ-बुहारी अथवा भाउजुलाई विवाह गर्न सक्दछ। उक्त विवाहबाट जन्मेको जेठो छोरालाई मृत पतिको नाउँ दिइन्थ्यो, जसले नै मृत पतिको पैतृक-सम्पत्ति पनि प्राप्त गर्दथ्यो (व्यवस्था २५:६)। दाजु वा भाइलाई त्यस विधवालाई विवाह गर्नुपर्ने बाध्यता थियो कि थिएन (व्यवस्था २५:७-१०)? _____________

के रूथलाई विवाह गर्न मिल्ने उनका मृत पतिका कुनै जीवित दाजुभाइ थिए? (रूथ १:११-१३)? ___________। कुनै दाजुभाइ जीवित नभए तापनि, नओमीका कुनै नजिकका नातेदारले समेत यो काम गरिदिन सक्दथे जसद्वारा रूथको मृत पतिका नाउँ (महलोन- रूथ ४:१० मा हर्नुहोस्) मेटिएर जाने थिएन।

रूथ, अध्याय २

नाओमीका एकजना नजिकका नातेदार (a kinsman) अर्थात् उनका पतिका नातेदार थिए। उनको नाउँ के थियो (रूथ २:१)? __________। रूथ शिला-बाला खोज्नलाई खेतहरूहुँदो जानलाई निस्केकी थिइन् जब उनी यही मानिसकै खेतमा पुगिन् (रूथ २:२)। शिला-बाला भन्नाले फसल काट्नेहरूले छाडेका बालाहरू भन्ने बुझिन्छ। साधारणतयाः ती शिला-बाला खोज्न गरीबहरू आउँथे र यसरी “उब्रेका” बालाहरू टिपेर लान्थे। इस्राएलीहरूलाई आफ्नो व्यवस्था दिनुहुँदा, परमेश्वरले यस प्रकारको दयापूर्ण प्रबन्ध समेत गर्नुभएको थियो (लेवी १९:९-१०; २३:२२; व्यवस्था २४:१९)।कृषकले आफ्नो खेतको कुना-कुनामा अन्नलाई त्यत्तिकै छाड्नुपर्थ्यो। उसले आफ्नो खेतमा कटनी गर्दा पूरै साफ गर्नुहुँदैनथ्यो। उसले गरीबका लागि प्रशस्तै अन्न छाड्नुपर्थ्यो। यो परमेश्वरको सहयोग प्रणाली थियो। तरैपनि गरीबहरू आफै खेतमा गई ती छोडिएका अन्नलाई जम्मा गर्न बेसरी मेहनत गर्नुपर्थ्यो। कतिपय राष्ट्रहरूमा आज गरीबलाई सहयोग गर्ने प्रणाली भन्दा यो फरक छ किनकि हिजआजको प्रणालीमा कतिपटक त काम गर्न नचाहने अल्छी व्यक्तिहरू हुन्छन् जसलाई सरकारले कामबिना माम दिएर इनाम दिइरहेका हुन्छन्। गैर-जिम्मेवारीपनलाई कहिल्यै इनाम दिइनुहुन्न। २ थेस्सलोनिकी ३:१० मा पढ्नुहोस् — “यदि कसैले काम गर्न चाहँदैन भने त्यसले __________ पनि।”

बोअजले रूथलाई साह्रै दया देखाए (रूथ २:८-९)। यो देखेर रूथ छक्क पर्दछिन् (रूथ २:१०) – “मैले हजुरको नजरमा निगाह किन पाएँ? म त एक विदेशी हुँ । म एक मोआबी स्त्री हुँ, म त पराई हुँ। हजूरले मलाई किन यति कृपा देखाउनुहुन्छ?” रूथ यो देशमा अनुग्रह खोज्दै र अनुग्रहको परमेश्वर खोज्दै आएकी थिइन् अनि तिनले जे खोजेकी थिइन् त्यो भेट्टाइन्।

नाओमीप्रति रूथले गरेकी सबै सुकर्महरूको चर्चा बोअजको कानमा पुगिसकेको थियो (रूथ २:११)। नाओमी वृद्ध भइसकेकी थिइन्। उनको हेरचाह गर्नलाई उनका न पति थिए न ता छोराहरू नै। आफ्नी सासुका निम्ति भ्याएसम्म गर्नलाई रूथ खुसी थिइन्।

यहूदीहरूको देशमा आउनका लागि रूथले कति धेरै मूल्य चुकाउनुपरेको थियो भन्ने कुरा बोअजले राम्ररी बुझेका थिए। रूथले के-कस्ता कुराहरूलाई परित्याग गरेकी थिइन् (हेर्नुहोस्, रूथ २:११) ? ___________________ ____________________________। रूथले सर्वस्व त्यागेकी थिइन्, सर्वस्व पाउनलाई! कुनै एउटा महत्त्वपूर्ण वा असल कुरामा आबद्ध हुने हो भने हामीले अन्य थोकलाई प्रायः परित्याग गर्नैपर्छ।

पत्रुसले येशूलाई एक पटक भने, “हामीले _______ कुरा त्यागेका छौं र तपाईको पछि लागेका छौं” (मर्कूस १०:२८)। पत्रुस के कस्ता कुराहरू त्यागेका थिए (मर्कूस १:१६-२०)? _____________________________ ____________________________। पत्रुसले थुप्रै कुराहरू त्यागे तर उनले थुप्रै कुराहरू प्राप्त गरे। के उनले आफ्नो वर्तमान जीवनमा नै केही कुराहरू प्राप्त गरे (मर्कूस १०:२९-३०)? ________। के उनी आफ्नो भविष्यको जीवनमा समेत केही कुराहरू पाउने भए (मर्कुस १०:३०)? __________

मोशालाई विचार गरौं। मोशाले के कस्ता कुराहरू त्यागे (हिब्रू ११:२४-२७)? _________________________________________________ ____________________। के मोशाले कुनै कुरा प्राप्त गरे? _________

रूथले धेरै त्यागेका थिए, तर उनले ज्यादै अनमोल र असल कुरा प्राप्‍त गरे। बोअज यो बुझ्दथे। परमेश्वरले रूथलाई उनले त्यागेका सबै कुराहरूभन्दा कयौं गुणा असल कुराहरू दिनुहुनेछ भनेर उनी जान्दथे।रूथ २:१२ मा पढ्नुहोस् – “जसको छत्रछायाँमुनि शरण लिनलाई तिमी आएकी छौं, उनै परमप्रभु इस्राएलका परमेश्वरले प्रशस्त उपहार दिऊन्।” रूथले सबैभन्दा उत्तम निर्णय गरेकी थिइन्।उनले इस्राएलका परमेश्वरमाथि भरोसा राख्ने निर्णय गरेकी थिइन्। उनले परमेश्वरका पखेटाहरूमुनि शरण लिने निर्णय गरेकी थिइन् (भजनसंग्रह ९१:४)। जसरी कुखरीले चल्लाहरूलाई जोगाउनलाई आफ्नो पखेटामुनि बटुल्छे, त्यसरी नै परमेश्वरले उहाँको शरण लिनेहरूको रक्षा गर्नुहुन्छ। के मानिसहरू सबै नै परमेश्वरका सुरक्षारूपी पखेटामुनि आउने इच्छा गर्छन् (मत्ती २३:३७)? ____________। तर रूथ आइन्। उनले जीवित परमेश्वरसँग आबद्ध हुने इच्छा गरिन्! जीवित परमेश्वर, उहाँमाथि भरोसा राख्ने जोसुकैलाई पनि ग्रहण गर्नुहुन्छ!

बोअजले रूथलाई निरन्तर दया देखाइरहे (रूथ २:१४-१७)। काममा रूथको प्रगति देखेर नाओमी ज्यादै प्रसन्न बनिन् (रूथ २:१८-२०)। रूथका निम्ति न बोअज पो सही पुरुष हुने हुन् कि?

रूथ, अध्याय ३

नाओमी, रूथको आफ्नै ____________ र राम्रो बन्दोबस्त भएको देख्न चाहन्थिन् (रूथ ३:१) जसको मतलब उनी उनको विवाह कतै मिलाइदिन चाहन्थिन्। बोअजले नातेदार-उद्धारकको कर्तव्य अर्थात् रूथको पहिलो पतिको नातेदार भएको हैसियतले व्यवस्था २५:५-१० को व्यवस्थालाई पूरा गरिदिने कर्तव्य पूरा गरिदेओस् भन्ने आशा नाओमीले राख्न थालेकी थिइन्। नातेदार-उद्धारकको विषयमा हामी पछि अरू कुरा गर्नेछौं।

रूथले बोअजसित एउटा काम गरिन् जुनचाहिँ हामीलाई अनौठो लाग्न सक्छ। उनी सुटुक्क बोअज पल्टिरहेको ठाउँमा गइन्, उनको खुट्टापट्टिको ओढ्नेलाई उठाइन् र त्यहीँ ढल्केर बसिन् (रूथ ३:४,७)। यो हामीलाई अनौठो लाग्नु स्वभाविक हो तर बोअजले यसको अर्थ बुझ्थे। उनले रूथलाई त्यहाँबाट निस्केर जाने आदेश दिन पनि सक्थे तर बरु उनले आफ्नो लामो लुगाको एक छेउले रूथलाई ढाकिदिए जसद्वारा उनले रूथलाई आफूले विवाह गर्ने कुराको सङ्केत दिँदैथिए। रूथले बोअजालाई उनको नातेदार-उद्धारक बन्नका निम्ति निम्त्याउँदै थिइन् (रूथ ३:९) अनि बोअजले उक्त निम्तोलाई स्वीकार गरे (हेर्नुहोस्, रूथ ३:१०-१३)।

बेथलेहेममा आएदेखि नै त्यस ठाउँका सबैका सामु रूथको साक्षी अति राम्रो थियो। उनी कस्ती स्त्री थिइन् (रूथ ३:११)? ____________________। हितोपदेश ३१:१० पनि पढ्नुहोस्। उनी सद्‍गुणी, असल चरित्र भएकी स्त्री थिइन्। के यस स्त्रीको साक्षी देखेर सम्पूर्ण नगरवासीहरू प्रभावित भएका थिए (रूथ ३:११)? ___________

बोअज पनि एक चरित्रवान् पुरुष थिए। बोअज कुनै गलत काम गर्न चाहँदैनथे। वास्तवमा, बोअज सतहमा गलत देखिने कामसमेत गर्न चाहँदैनथे। खलामा रूथको उपस्थितिलाई मान्छेले गलत अर्थ लाउन सक्छ भनेर बोअज जान्दथे। त्यसैले अरूले थाहा पाउनु अगाडि नै रूथ त्यहाँबाट गइहालेको उनले चाहे (रूथ ३:१४)। बोअजले कुनै गलत काम गरेका थिएनन् र साथै न उनले गलत काम गरेका हुन् कि भनेर कसैले शङ्का गरेको समेत उनले चाहँदैनथे। विश्वासीहरू “दुष्टताको हरेक ______ बाट अलग” बस्नुपर्छ (१ थेस्सलोनिकी ५:२२)।

बोअज रूथलाई विवाह गर्न चाहन्थे तर एउटा समस्या थियो। रूथको पहिलो पतिको नातेदारमध्ये अर्को एकजना व्यक्ति बोअजभन्दा नजिकको नातेदार पर्थ्यो। त्यही पुरुषलाई पहिलो मौका दिनु नै न्यायङ्गत कुरा थियो (रूथ ३:१२-१३)। अब यो समस्या कसरी हल भयो, रूथको पुस्तकको अन्तिम अध्यायले देखाउँछ।

रूथ, अध्याय ४

शहरको मूल ढोका भनेको महत्त्वपूर्ण कामकाज गरिने स्थान थियो (रूथ ४:१)। त्यही ठाउँमा बोअजले शहरका १० जना धर्म-गुरुहरूलाई साक्षी राख्नका लागि लगे (रूथ ४:२)।

बोअजभन्दा नजिकको नातेदार पर्ने पुरुषलाई नाओमीको जग्गा किन्ने र रूथलाई विवाह गर्ने मौका दिइयो (रूथ ४:३-६)। उसको जवाफ ज्यादै चाखलाग्दो छ- “म यो काम गर्न (उद्धार गर्न) ______________” (रूथ ४:६)। यस्तो भनाइ सुन्दाखेरि हामीलाई व्यवस्थाको याद आउँछ। व्यवस्थाले कसैलाई पनि छुटकारा दिन सक्दैन! व्यवस्था लचिलो बन्न मिल्दैन, त्यसले सम्झौता गर्न सक्दैन। व्यवस्थाले मानिसलाई केवल श्रापमुनि राख्न मात्र सक्दछ (गलाती ३:१०,१३), तर ख्रीष्टले मात्र मानिसलाई छुटकारा दिन सक्नुहुन्छ (गलाती ३:१३)। व्यवस्थाले पराई रूथलाई केवल परै मात्र राख्न सक्थ्यो (व्यवस्था २३:३ हेर्नुहोस्)। व्यवस्थाले पापीहरूलाई स्वर्गबाट केवल बञ्चित मात्र गर्न सक्दछ। व्यवस्थाले मान्छेलाई केवल ऊ कति पापी छ भनेर देखाउन मात्र सक्दछ (रोमी ३:२०), तर उसलाई पापबाट छुटकारा दिन सक्दैन। व्यवस्था ऐना जस्तै हो। ऐनाले मान्छेको अनुहार कति फोहोर छ भनेर देखाउन सक्दछ, तर ऐनाले उसको अनुहारलाई सफा पार्न सक्दैन! “किनकि जुन कुरा व्यवस्थाले शरीरद्वारा कमजोर भएको हुनाले _______________, त्यही कुरा परमेश्वरले आफ्नो पुत्रलाई…पठाईकन गर्नुभयो” (रोमी ८:३)। जुन कुरा व्यवस्थाले गर्न सकेन, परमेश्वरले सक्नुभयो!

नातेदारले रूथलाई विवाह गर्न अस्वीकार गरेपछि, बोअज आफैले रूथलाई विवाह गर्न स्वतन्त्र भए (रूथ ४:९-१३)। परमेश्वरले बोअजलाई एउटा ज्यादै विशेष तरिकाले उसले रूथ २:१२ मा गरेको प्रार्थनालाई पूरा गर्नका लागि प्रयोग गर्नुभयो। प्रभुले रूथलाई एदकम गहिरो अर्थमा साँच्चीकै आशिष् दिनुभयो र इनाम दिनुभयो।

रूथको पुस्तकको चौथो अध्यायको अन्ततिर हामी देख्छौं, परमेश्वरको कति ठूलो आशिष् रूथमाथि थियो। रूथ ४:१७ मा हामी सिक्छौं, रूथको जेठो छोराको नाम ओबेद राखियो। यो पदअनुसार (रूथ ४:१७), रूथ इस्राएलका राजा दाऊदकी के नाता परिन्? ____________________। रूथको नाउँ मसीहको महान् वंशावलीमा भेटिन्छ। एक अर्थमा उनी मसीहकी आमा हुन् किनकि उनैबाट एक दिन प्रभु येशू ख्रीष्ट आउनेवाला हुनुहुन्थ्यो। मत्ती १ अध्यायमा मसीह राजाको महान् वंशावलीमा के रूथको नाउँ भेट्टाउन सक्नुहुन्छ? पद: _______

पराई रूथले सर्वस्व छाडिन्, सर्वस्व प्राप्त गर्नलाई! अब उनी आबद्ध भएकी छिन्! उनी एक चरित्रवान् पुरूषसित आवद्ध भइन्। उनी एक महान् राष्ट्रसित आवद्ध भइन्। उनी “राजकीय पूख्यौंली” सित आवद्ध भइन्। सबभन्दा ठूलो कुरा त, उनी अब एकमात्र सत्य परमेश्वर, स्वयम् यहोवासित, आवद्ध भइन्!

आवद्ध हुनुपर्ने खाँचो

मुक्ति पाउनुअघि एकजना व्यक्ति को र केसित आवद्ध रहेको हुन्छ? पढ्नुहोस्, यूहन्ना ८:४४; एफेसी २:१-३; १ यूहन्ना ३:८, १२।____________ ______________________________________________________________________________________________________________

मुक्ति पाएपछि एकजना व्यक्ति कोसित आवद्ध बन्दछ? पढ्नुहोस्, यूहन्ना १७:१४,१६; १ यूहन्ना ३:१; कलस्सी १:१३।________________________ _______________________________________________________________________________________________________________

हामी सबै नै बितेको समयमा रूथजस्तै थियौं! हामी परमेश्वरदेखि टाढा थियौं(एफेसी २:११-१२ हेर्नुहोस्)! “तर अब ता ख्रीष्ट येशूमा तिमीहरू, जो बितेको समयमा _________ थियौं, ख्रीष्टको रगतद्वारा _____________ पारिएका छौ (एफेसी २:१३)। हामी जो बितेको समयमा परमेश्वरदेखि टाढा थियौं, “हामीलाई ________________ कहाँ पुप्याउनलाई” ख्रीष्ट मर्नुभयो (१ पत्रुस ३:१८)!

रूथ र रूथको समय
रूथको पुस्तकन्यायकर्ताहरूको समय
आत्मिक ज्योतिआत्मिक अन्धकार
पवित्रताअनैतिकता
एकमात्र सत्य परमेश्वरलाई पछ्याउने निर्णयमूर्तिहरूलाई पछ्याउने अभ्यास
विश्वासयोग्यविश्वासघाती
प्रेमअभिलाषा
शान्तिझगडा
दयाक्रूरता
आज्ञापालनले आशिष ल्याउँछआज्ञा नमान्नाले दुःख ल्याउँछ
धार्मिकताको बासस्थानविद्रोहको मरुभूमि
पराई अन्यजातिको विश्वासयोग्यता“चुनिएका जाति” को विश्वासघात

नातेदार-उद्धारक

(Kinsman-Redeemer)

रूथको पुस्तक पढ्दा, बोअजको व्यक्तित्व हाम्रा महान् उद्धारक प्रभु येशू ख्रीष्टसित मिलेको पाउँछौं। रूथको व्यक्तित्वचाहिँ एक विश्वासीसित मिलेको पाउँछौं। यसरी मिल्ने सत्यताहरूमध्ये निम्न कुराहरूलाई बिचार गरौं:

१) नातेदार-उद्धारक रगतकै नाताको हुनुपर्दछ।

पापी मानिसलाई उद्धार गर्न ख्रीष्ट कुन कुराको भागी हुनुभयो (हिब्रू २:१४)? _________________________________________। ख्रीष्ट एक मानव बन्नुभयो, उहाँ “आफ्ना _______________ समान हुनुपरेको थियो” (हिब्रू २:१७)। उहाँ हाम्रो नजिकको नातेदार बन्नुभयो!

२) नातेदार-उद्धारकसित जग्गा खरिद गर्न पर्याप्त रकम हुनुपदर्छ।

बोअज धनवान् थिए र उक्त रकम तिर्न सक्थे (रूथ २:१)। प्रभु येशू ख्रीष्ट, हाम्रो छटकाराको त्यो ठूलो दाम तिर्न सक्षम हुनुहुन्थ्यो (१ कोरिन्थी :२०); आफ्नै जीवन अर्पण गरेर आफ्नै रगतद्वारा उहाँले उक्त मोल चुक्ता गर्नुभयो (१ पत्रुस १:१८-१९)। हामी परमेश्वरका हुनुमा अर्थात् उहाँसित आवद्ध हुनुमा दुइटा आधारहरू छन्: पहोलो, उहाँले हामीलाई सृष्टि गर्नुभएको आधार अनि, दोस्रो, उहाँले हामीलाई उद्धार गर्नुभएको वा किन्नुभएको आधार!

३) नातेदार–उद्धारक उद्धार गर्नलाई तयार हुनुपर्दछ।

के ख्रीष्ट पापीहरूलाई उद्धार गर्न राजी हुनुभयो (लूका २२:४२; हिब्रू १०:७)?

४) नातेदार-उद्धारकले उसले विवाह गर्नुपर्ने व्यक्तिलाई प्रेम गर्नुपर्दछ।

बोअजले रूथलाई प्रेम गर्थे। अब परमेश्वरको प्रेमलाई विचार गर्नुहोस् (रोमी ५:८)।

५) नातेदार-उद्धारक विवाहा गर्नलाई तयार हुनुपर्दछ।

बोअज रूथलाई विवाह गर्न तयार थिए। के एक विश्वासी ख्रीष्टसित विवाहित भएको हुन्छ (रोमी ७:४)? ____________

परमेश्वरको अनुग्रहले आफूले उद्धार पाएको भनेर देखाउन र साथै आफू परमेश्वरको भएको छु अर्थात् उहाँसँग आवद्ध छु भन्ने कुरा एक विश्वासीले अब देखाउनबताउन सक्दछ (कलस्सी १:१२-१४; एफेसी २:८-१०; भनजसंग्रह १०७:२)।

म तपाईँ हुँ, कति प्यार मलाई प्रभु ख्रीष्ट दर्शाउनुभयो
तर विश्वासद्धारा तपाईँको छेउ आउने तृष्णा गर्दछु
मलाई नजिक, नजिक हे प्रभु ल्याउनुस् आफ्नो क्रूसको छेउ
मलाई नजिक, नजिक, नजिक हे प्रभु – आफ्नो घायल शरीरको छेउ।

– अन्धी कवियत्री फेनी जे क्रस्बी (सन् १८२०-१९१५)

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

निर्बल शिमशोन

निर्बल शिमशोन

 

शिमशोन जत्तिकै बलियो मान्छे अर्को जन्मेको छैन, तरैपनि शिमशोन केही कुरामा निर्बल थिए। यस पाठमा हामी उनको सामर्थ्य र निर्बलता दुवैलाई हेर्नेछौं। शारीरिक बल एउटा कुरा हो, तर नैतिक बल बेग्लै कुरा हो। परमेश्वर, हामीलाई बलियो भएको चाहनुहुन्छ, जसले गर्दा हामी खराबीदेखि अलग रहन र असल कुरामा खडा रहन सक्नेछौं।

शिमशोनको जन्मको घोषणा

शिमशोनको जन्मको घोषणा एउटी बाँझी स्त्रीलाई (न्यायकर्ता १३:२) “परमप्रभुको ______द्वारा” (न्यायकर्ता १३:३) भएको थियो। परमप्रभुको दूत ___________ नै हुनुहुन्छ (न्यायकर्ता १३:२१-२२)। पुरानो नियमका समयहरूमा प्रभु येशू ख्रीष्ट प्रायः परमप्रभुको दूतको रूपमा मानिसहरूका सामु देखा पर्नुहुन्थ्यो।

परमप्रभुको दूतले उक्त बालक, जन्मेको दिनदेखि नै परमेश्वरको निम्ति अलग गरिएको एक __________ हुनेछ भनी बताए (न्यायकर्ता १३:५)। उनी आजीवन एक नाजिरी हुने भए।

नाजिरी कसलाई भनिन्छ ? गन्तीको पुस्तकको छैंटौं अध्यायमा बताइएको छ। गन्ती ६:१-८ पढ्नुहोस्। नाजिरी बन्न चाहने व्यक्तिले आफूलाई परमप्रभुको निम्ति अ________ गर्नपर्थ्यो (गन्ती ६:२)। अलग हुने उक्त व्यक्ति परमप्रभुको निम्ति ___________ हुन्थ्यो (गन्ती ६:८)। नाजिरीले आफूलाई परमेश्वरको निम्ति पूर्णरूपमा अलग गरेको हुन्थ्यो र आफूलाई प्रभुमा पूर्णरूपमा समर्पण गरेको हुन्थ्यो। कतिपय व्यक्तिहरू केही दिनका लागि मात्र नाजिरी हुन्थे (गन्ती ६:४), तर शिमशोन भने बाचुन्जेल नाजिरी हुन परमेश्वरद्वारा अलग गरिए। जन्मेको दिनदेखि नै शिमशोन परमेश्वरको निम्ति एक नाजिरी हुनुपर्ने थियो (न्यायकर्ता १३:५)! त्यसरी नै विश्वासीहरू नयाँ जन्म पाएका दिनदेखि नै सदासर्वदाका लागि परमेश्वरको निम्ति अलग गरिन्छन् !

आज बाँचिरहेका विश्वासीहरूको विचार गरौं। आफ्नै विषयमा विचार गर्नुहोस्। के हामी प्रभुको निम्ति अलग हुनुपर्छ (२ कोरिन्थी ६:१७-७:१)? _________। हाम्रो अलगपनता कस्तो अलगपनता हो? हामी केबाट अलग छौं ? हामी के र कोतर्फ अलग छौं? के आज बाँचिरहेका विश्वासीहरू प्रभुको निम्ति पवित्र हुनु आवश्यक छ (१ थेस्सलोनिकी ४:१-८) ? ________।

नाजिरीले गर्न नहुने कुराहरू तीनओटा थिए। ती तीन निषेधित कुराहरू के-के थिए?

  1. गन्ती ६:३ ______________________________________
  2. गन्ती ६:५ ______________________________________
  3. गन्ती ६:६ ______________________________________

लामो केश

शिमशोन उनको लामो केशले चिनिन्छ जुनचाहिँ एउटा नाजिरीको लागि अनिवार्य थियो। लामो केश निर्बलता र अधीनताको चिन्ह थियो। नाजिरीले आफ्नो केश लामो पाल्नुचाहिँ यसो भन्नु बराबर थियो, “म परमेश्वरको अधीनमा र उहाँको अधिकारमुनि छु। म कमजोर छु तर परमेश्वर सामर्थी हुनुहुन्छ भनी म स्वीकार गर्दछु। परमेश्वर नै मेरो अधिकार र मेरो सामर्थ्य हुनुहुन्छ।”

आज हाम्रो केशको लमाइ सम्बन्धी परमेश्वरको इच्छा के छ ? १ कोरिन्थी ११:१५ अनुसार, स्त्रीको केश ________ हुनुपर्दछ अनि १ कोरिन्थी ११:१४ अनुसार पुरुषको केश ________ हुनु शर्मको कुरा हो। फेरि पनि हामी याद गरौं, लामो केश निर्बलता र अधीनताको चिन्ह हो। ख्रीष्टियन पत्नीको लामो केशले यो सन्देश दिइरहेको हुन्छ — “म आफ्नो पतिको अधीनमा छु अनि ममाथि उहाँको अधिकार छ भनी म स्वीकार गर्दछु। साथै १ पत्रुस ३;७ अनुसार, यस वैवाहिक सम्बन्धमा मचाहिँ कमजोर पात्र हुँ भनी म स्वीकार गर्दछु।”

साथै हामी यो पनि बुझिराखौं, प्रभु येशू ख्रीष्ट एक नासरी (नासरत शहरको बासिन्दा) हुनुन्थ्यो तर उहाँ एक नाजिरी भने हुनुहुन्नथ्यो। चित्रकारका कतिपय तस्वीरहरूमा जस्तोसुकै देखाइए तापनि, उहाँको केश बास्तवमा स्त्रीको जस्तो लामो थिएन।

हामी देख्नेछौ, शिमशोनको सामर्थ्य उनको केशमा निहित थिएन। उनको सामर्थ्यको स्रोत परमेश्वरका आत्मा हुनुहुन्थ्यो। उनको केश केवल एउटा चिन्ह थियो, जसले एकातिर निर्बलतालाई देखाउने काम गर्थ्यो भने अर्कोतिर परमेश्वरको सामर्थ्यलाई। उनको सामर्थ्य आफ्नैपट्टिबाटको सामर्थ्य होइन भनेर उनको केशले दिनहुँ सम्झना गराउँथ्यो। उनलाई परमेश्वरले दिनुभएको सामर्थ्यको कारण शिमशोन परमेश्वरको शक्ति प्रदर्शन गर्ने अलौकिक शक्तिको एक साक्षात् रूप थिए। उक्त सामर्थ्यलाई आफ्नै स्वार्थ पूरा गर्न वा दुरुपयोग गर्न शिमशोनलाई परीक्षा आउन सक्थ्यो, त्यसैले त्यो सामर्थ्यको वास्तविक स्रोत परमेश्वर हुनुहुन्छ भनेर उसको लामो केशले उसलाई निरन्तर सम्झना गराउँथ्यो।

शिमशोनको काम

शिमशोनले आफ्नो जीवनमा गर्नुपर्ने काम के थियो ? जवाफ न्यायकर्ता १३:५ को आखिरी वाक्यमा भेटिन्छ। उसको जीवनमा परमेश्वरको इच्छा यो थियो- “त्यसैले नै _________________________________________ _____________________।” “शुरु गर्नेछ” को तात्पर्य के हो? शिमशोनले शुरु गरेको कामलाई दाऊद र दाऊदपछि आएकाहरूले निरन्तरता दिए। याद गरौं, गोल्यात एक पलिश्ती थिए। शिमशोनको जीवनमा कमजोरीहरू नभएका होइनन् र उनी कति कुरामा विफल नभएका होइनन्, तरैपनि तिनले परमेश्वरबाटको कामलाई पूरा गरे, उनको जीवनमा परमेश्वरको उद्देश्य पूरा भयो। उल्लेखनीय कुरा के छ भने, उनले पलिश्तीहरूको सामना गर्नुपर्दा उनले जहिले पनि एकलै सामना गरे। उनले कहिल्यै कुनै फौज गठन गरेनन्। परमेश्वरले उनलाई एकल-फौजको रूपमा चलाउनुभयो!

शुरुदेखि नै परमेश्वरको आशिष् शिमशोनमाथि थियो (न्यायकर्ता १३:२४) र परमेश्वरको आत्माले नै शिमशोनलाई शिमशोन बनाउनुभएको थियो (न्यायकर्ता १३:२५)। तपाईंसँग जस्तोसुकै क्षमता वा योग्यता भए तापनि, तपाईंले आफैलाई १ कोरिन्थी ४:७ मा उल्लेखित प्रश्न सोध्नुपर्छ- “तिमीसँग के छ र, जो तिमीले पाएका होइनौ?” यस प्रश्नको जवाफ के हो? _______________ ________। आफैमा घमण्ड गर्नेहरू चाहिँ यो महत्त्वपूर्ण सत्यतालाई बिर्सनेहरू हुन्!

शिमशोनको कमजोरी

ठूलो फौजको सामना गर्नुपर्‍यो भने शिमशोनको लागि त्यो मामुलि कुरा थियो, तर एउटी सुन्दरी स्त्री तिनको अगाडि पर्नेबित्तिकै उनी लल्याकलुलुक भइहाल्थे!

न्यायकर्ता १४:१-२ पढ्नुहोस्। शिमशोनको इच्छा किन गलत थियो (व्यवस्था ७:१-४; २ कोरिन्थी ६:१४)? ____________________________________ _________________________। उनको इच्छा गलत छ भनेर के शिमशोनका बाबुआमाले जान्दथे (न्यायकर्ता १४:३)? _______________। शिमशोनले किन उक्त स्त्रीको चाहना गरे (न्यायकर्ता १४:३)? _________ _____________। शारीरिक अभिलाषा नै शिमशोनको कमजोरी थियो। अभिलाषाले भन्छ, “म जे चाहन्छु, त्यो मैले पाउनैपर्छ (परमेश्वरको वचनले जेसुकै भनोस्, परमेश्वरको इच्छा जेसुकै होस्) अनि त्यो कुरा मैले अहिले नै पाउनुपर्छ!” यदि शिमशोन नैतिक रूपमा बलिया भएका भए अनि त्यही पलिश्ती स्त्रीलाई देखेका भए, तिनले कस्तो निर्णय गर्नेथिए होला? किन?

उक्त कुरामा ______________को हात छ भनी शिमशोनका बाबुआमालाई थाहा थिएन (न्यायकर्ता १४:४)। मानिसको पाप र अभिलाषाको बाबजुद पनि त्यहाँ परमेश्वर आफ्नो योजना र उद्देश्यलाई अघि बढाउँदै हुनुहुन्थ्यो। जुन परमेश्वरले याकूबको चालबाजीहरूलाई प्रयोग गरी आफ्नो योजना पूरा गराउनुभयो (अधयाय ३ मा हेर्नुहोस्), उही परमेश्वरले आफ्ना योजनाहरू पूरा गराउन शिमशोनका विफलताहरूलाई प्रयोग गर्न सक्नुहुन्छ। शिमशोनद्वारा पलिश्तीहरू पराजित गरिएको परमेश्वर चाहनुहुन्थ्यो अनि ठीक त्यही काम पूरा हुन गयो।

सिंह र शिमशोनको अड्को

न्यायकर्ता १४:६ अनुसार शिमशोनको सामर्थ्यको रहस्य के थियो ? ________ ___________। सिंहलाई मार्न तिनले कुनचाहिँ हतियार प्रयोग गरे ? ____________________। सिंह र महको कुरालाई लिएर शिमशोनले भोजमा आएका तीसजना पलिश्ती मानिसहरूसित बाजी थाप्ने मौका लिए (न्यायकर्ता १४:१२-१३)। के ती मानिसहरूले उक्त चुनौतीलाई स्वीकार गरे (न्यायकर्ता १४:१३)? _______। अड्को फुकाउन नसकेपछि तिनीहरूले शिमशोनकी पत्नीलाई उसलाई मार्ने धम्की दिँदै त्यो अड्कोको अर्थ पत्ता लगाउन कर लाए (न्यायकर्ता १४:१५ – “नत्रता हामी तिमीलाई र तिम्रा बाको घरलाई __________ लगाइदिनेछौं)। तिनीहरूले हार स्वीकार गरेर तिर्नुपर्ने मूल्य शिमशोनलाई बुझाएको भए हुन्थ्यो। शिमशोनकी पत्नीले चाहिँ षडयन्त्रको सूचना शिमशोनलाई दिएर आफ्नो सुरक्षाको लागि शिमशोनकै भर परेको भए हुन्थ्यो। सामर्थी शिमशोन आफ्ना पति हुँदाहुँदै उसले कसको डर मान्नुपर्थ्यो र ? के उनी आखिरमा जलाइएर नष्ट भइन् (न्यायकर्ता १५:६)? __________

हो, तिनले जिद्दी गरेर शिमशोनलाई अड्कोको माने बताउन लगाएर त्यो उनका शत्रुहरूलाई बताइदिई। कुनै पनि पलिश्तीलाई, विशेष गरी एउटी पलिश्ती स्त्रीलाई विश्वास गर्न सकिन्न भन्ने पाठ शिमशोनले अब त सिक्नुपर्नेथ्यो। तर शिमशोनले पाठ सिकेनन् जसले गर्दा उनी पछि गएर अर्की पलिश्ती स्त्रीद्वारा फन्दामा पर्छन्।

ती मानिसहरूले अड्कोको माने बताउन सफल भएका हुनाले शिमशोन रिसाए (न्यायकर्ता १४:१९) अनि तिनले पलिश्तीहरूकै तीस जनालाई मारेर मूल्य चुक्ता गरे। शिमशोनको सामर्थ्यको रहस्य के थियो (न्यायकर्ता १४:१९) ? _________________________________________

अन्य आश्चर्यपूर्ण सफलताहरू

उनकी पत्नीलाई अर्कैं पुरुषलाई दिइयो भन्ने कुरा जब शिमशोनले सुने, तब उनले बदलामा पलिश्तीहरूमाथि थप समस्या ल्याए। उनले _________ ओटा स्याल समाते (न्यायकर्ता १५:४), तिनीहरूका पुच्छर-पच्छर बाँधे र बीचमा राँको बाँधिदिए। ती राँका बाँधिएका स्यालहरू पलिश्तीहरूका बारीहरूभित्र दौडेर ठूलो नोक्सानी गरे। यी सबै काममा शिमशोनले परमेश्वरको उद्देश्य पूरा गर्दैथिए। तिनले इस्राएलीहरूलाई पलिश्तीहरूका हातबाट जोगाइराख्ने काम गरे (न्यायकर्ता १३:५)। पलिश्तीहरू शिमशोनको सामना गर्दैमा व्यस्त भए।

शिमशोनको कारण उनका आफ्ना यहूदी जातिले समेत दुःख पाए (न्यायकर्ता १५:९-१२)। परमेश्वरले यहूदीहरूलाई पलिश्तीहरूका हातबाट बचाउनका लागि शिमशोनलाई उठाउनुभएको भए तापनि (न्यायकर्ता १३:५), ती यहूदीहरू शिमशोनलाई पलिश्तीहरूकै हातमा सुम्पिदिन चाहे (न्यायकर्ता १५:१२)। तिनीहरूले उनलाई सकेसम्म बलियो गरी बाँधे अनि शत्रुको हातमा सुम्पिदिन तयार भए। याद राख्नुपर्ने कुरा के छ भने शिमशोनले आफ्नो जातिको विरुद्ध कहिल्यै केही गरेनन्। तिनीहरूसित हुँदा उनी एउटा पाठोजस्तै नम्र हुन्थे (न्यायकर्ता १५:१३)। उनलाई बाँधेका डोरीहरूलाई शिमशोनले कसरी चुँडाउन सके (न्यायकर्ता १५:१५)? _________________________________।

पलिश्ती फौजको विरुद्धमा शिमशोनले कुनचाहिँ हतियारको प्रयोग गरे (न्यायकर्ता १५:१५)? ____________________________। उक्त हतियारले उनले कतिजना मान्छे मारे? ______________। शिमशोन अचम्मकै एकल-फौज थिए!

न्यायकर्ता १५:१८ मा शिमशोनको प्रार्थनाले उनको चरित्रको अलिकति भएपनि झलक दिन्छ। पहिलो कुरा, खाँचोमा परमेश्वरलाई पुकार्नुपर्छ भन्ने बुद्धि थियो शिमशोनसित। दोस्रो कुरा, उनले भर्खरै एउटा ठूलो विजय प्राप्त गरेका थिए; के उनले त्यसको श्रेय आफैले लिए ? __________। उक्त महा-विजयको पछाडिको कारण के थियो (शिमशोन को अनुसार)? ____________। तेस्रो कुरा, उनले आफूलाई परमेश्वरका दा____ भनेर स्वीकार्दछन्। तपाईं नि? व्यक्तिगत खाँचोको समयमा के तपाईं परमेश्वरलाई पुकार्नुहुन्छ ? आफ्नो जीवनका सफलताहरूका लागि के तपाईं परमेश्वरलाई श्रेय दिनुहुन्छ? के तपाईंले आफूलाई सर्वोच्च परमेश्वरको दास वा दासीको रूपमा हेर्नुहुन्छ ?

शिमशोन कति वर्षसम्म इस्राएलका न्यायकर्ता र अगुवा भए (न्यायकर्ता १५:२०)? __________।ती वर्षहरूका बारेमा हामीलाई धेरै बताइएको छैन। तर शिमशोनको जीवनको अन्ततिरका घटनाहरूका बारेमा भने हामीलाई बताइएको छ।

अर्की स्त्री

न्यायकर्ता १६:१ पढ्नुहोस्। शिमशोनले १०,००० पलिश्तीहरूको फौज देखेका भए, उनलाई कुनै समस्या हुनेथिएन। तर जब उनले एउटी स्त्रीलाई देखे, तब उनी पापमा फसिहाले! पलिश्तीहरूका सबैभन्दा सामर्थी र साहसी योद्धाले शिमशोनलाई लडाउन सक्दैनथे, तर एउटी सुन्दरी स्त्रीले चाहिँ सक्थिन्, र सकिन् पनि! शिमशोनको जीवनबाट हामीले यो पाठ सिक्नुपर्छ, अभिलाषाले मान्छेलाई कैद गर्न सक्छ र नष्ट गर्न सक्छ। बाइबलले हामीलाई भन्दछ, व्यभिचारदेखि ________ (१ कोरिन्थी ६:१८)। अर्थात्, हामी अनैतिक र खराब चरित्र भएका व्यक्तिहरू (शिमशोनको सन्दर्भमा एक वेश्या) देखि भाग्नुपर्दछ। खेदको कुरा, शिमशोन भाग्नुको सट्टा त्यस्तै व्यक्तितर्फ दगुर्दै गए।

शिमशोनलाई गाजा शहरभित्र फन्दामा पार्‍यौं भनेर पलिश्तीहरूले सोचेका थिए, तर शिमशोनले शहरको सिङ्गो मूल ढोका नै उखेलेर त्यसलाई बोकेरै लगे (न्यायकर्ता १६:२-३)!

फेरि अर्की स्त्री

शिमशोन अर्की पलिश्ती स्त्रीसित प्रेममा फसे जसको नाम थियो _________ (न्यायकर्ता १६:४)। शिमशोन शरीरमा बलवान् थिए जसलाई युद्धमा कसैले जित्न सक्दैनथे तर दलीलाको हातमा उनी कमजोर निरीह बने। सबभन्दा बलियो पुरुषलाई पछार्न सक्ने शिमशोन सबभन्दा दुर्बल स्त्रीद्वारा पछारिए।

शिमशोनले दलीलालाई प्रेम गर्थे तर के दालीलाले उनलाई प्रेम गर्थी? एकपटक त्यसले शिमशोनलाई भनी, “तपाईं मलाई प्रेम गर्नुहुन्छ भनी कसरी भन्नुहुन्छ, जब कि तपाईं मलाई आफ्नो कुरा बताउनुहुन्न (न्यायकर्ता १६:१५)?” यसलाई अर्कोतिरबाट विचार गरौं। के दलीलाले शिमशोनलाई साँच्ची नै प्रेम गर्थी र (न्यायकर्ता १६:५-६)? __________। साँचो प्रेम गर्ने एउटी स्त्रीले आफ्नो पतिलाई उनलाई मार्न चाहनेहरूको हातमा सुम्पिदिन चाहनेछ र ? _________। दालीलाजस्तो मित्र हुनेलाई शत्रुको केको खाँचो?

पलिश्तीहरूका त्यहाँ _____जना मुखियाहरू थिए अनि दलीलाले शिमशोनको सामर्थ्यको रहस्य पत्ता लगाई भने प्रत्येक मुखियाले त्यसलाई चाँदीका ____________ सिक्का दिने समझदारी थियो (न्यायकर्ता १६:५)। दलीला शिमशोनलाई भन्दा पैसालाई प्रेम गर्थी! यदि कुनै विश्वासीले अख्रीष्टियनलाई विवाह गर्ने विचार गर्दैछ भने उसले यो प्रश्न सोध्नुपर्छ: के यस व्यक्तिको हृदय प्रभुतिर साँच्चै छ त? उसको हृदय परमेश्वरतिर छैन भने त्यो मतिर कसरी हुन सक्ला र ? मैले प्रेम गर्ने परमेश्वरलाई उसले प्रेम गर्दैन भने अनि मैले विश्वास गर्ने बाइबलमाथि उसले विश्वास गर्दैन भने, त्यहाँ निःसन्देह भयङ्कर समस्याहरू आउनेछन्! गलत व्यक्तिलाई जीवन साथी बनाउनाले मेरो जीवन बरबाद हुन सक्छ।

न्यायकर्ता १६:६-१४ पढ्नुहोस्। उनको सामर्थ्यको रहस्य बताउन कर गरेर शिमशोनलाई पक्राउन दलीलाले कतिपल्ट प्रयास गरी ? ______। शिमशोनले कतिपल्ट झूट बोलेर टारे ? __________। अब त शिमशोनले त्यस स्त्रीलाई शङ्काको दृष्टिकोणले हेर्नुपर्ने थियो जस्तो लाग्दैन र हामीलाई? दलीला विश्वास गर्न लायककी स्त्री होइन भन्ने निष्कर्षमा शिमशोन पुग्नुपर्ने होइन र ? तर दलीला एकदम जिद्दी गर्ने स्त्री थिई र एउटी स्त्रीले लाउन सक्ने सबै जुक्ति लाएर त्यसले शिमशोनलाई आखिरमा आफ्नो रहस्य बताउन राजी बनाइछाडी (न्यायकर्ता १६:१५-१७)।

शिमशोनको सामर्थ्य उसबाट किन हटेर गयो (न्यायकर्ता १६:१९) ? के उनको केश काटिएर हो ? पद १० को आखिरी भागमा यसको खास कारण पाउँछौं _____________________________________। शिमशोनको केशचाहिँ प्रभु उनको सामर्थ्य हुनुहुन्छ भन्ने कुराले चिन्ह मात्र थियो। आफ्नो अभिलाषाको कारण शिमशोनले नोक्सानी भोग्नुपर्‍यो। एउटी चतुर र खराब स्त्रीसित थोरै समयका लागि पापको मजामा डुब्न शिमशोनले आफैंलाई बेचे र परमेश्वरको आशिषलाई बेचे।

पापको परिणाम तीतो हुन्छ भनेर शिमशोनले सिके। पलिश्तीहरूले आफ्ना कमजोर कैदीलाई के-के गरे (न्यायकर्ता १६:२१)? १) ____________ ____________ २) ___________________________। शिमशोनले पहिले पलिश्तीहरूलाई जे-जति गरेका थिए, त्यसको बदलामा तिनीहरूले उनलाई सकेसम्म कष्ट दिए!

तरैपनि आखिरमा, शिमशोन विजयी बने जुनबेला परमेश्वरले उसलाई सबैभन्दा ठूलो विजय प्रदान गर्नुभयो (न्यायकर्ता १६:२३-३१)! यद्यपि उनी नैतिक हिसाबमा कमजोर थिए, शिमशोनको नाउँ विश्वासका वीरहरूको सूचीमा उल्लेख भएको छ (हिब्रू अध्याय ११ पद _________)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

यूसुफका दोषी दाज्यूहरू

यूसुफका दोषी दाज्यूहरू

 

पछुतोको पीडा हरेक व्यक्तिले भोगेकै हुन्छ। पछुतोकै कारण यूसुफका दाज्यूहरू कायल बनेका थिए भन्ने कुरा हामी यस पाठमा अध्ययन गर्नेछौं। आफ्नै गल्तीले गर्दा तिनीहरूले वर्षौंसम्म आफ्ना मन-मस्तिष्कमा कष्ट भोगे।

तर पछुतोको समस्या परमेश्वरमा समाधान हुन सक्छ भन्ने कुराको पनि हामी अध्ययन गर्नेछौं। मानव दोषको समस्यालाई समाधान गर्न परमेश्वरले एउटा काम गरिसक्नुभएको छ। अब मानिसले गर्नुपर्ने एउटा काम छ।

दोष र पछुतो

दोषपछुतो दुई भिन्न कुराहरू हुन्। दोष एउटा तथ्य हो भने पछुतोचाहिँ एउटा भावना हो। हामी पहिले दोष भन्ने तथ्यलाई परिभाषित गर्नेछौं, त्यसपछि पछुतो भन्ने भावनालाई परिभाषित गर्नेछौं।

१) दोष भन्ने तथ्य

कुनै अपराध हुन गएको खण्डमा त्यहाँ दोष भन्ने तथ्य हुन्छ। अर्थात् कुनै गल्ती काम भएको छ भने उक्त तथ्यलाई दोष भनिन्छ। पाप गरेको हुनाले र परमेश्वरको व्यवस्थालाई भङ्ग गरेको हुनाले एक व्यक्तिको दोष छ (ऊ दोषी छ)। कुनै गलत काम गर्नु दोषी बन्नु हो। उक्त व्यक्तिको दोष भएको हुनाले (उसले गल्ती गरेको हुनाले), ऊ दण्डको योग्य हुन्छ।

जस्तै, कुनै अपराधीको सम्बन्धमा यसरी भनियो, “सत्य-तथ्यले उसको दोष प्रमाणित गर्‍यो”। अर्थात्, सत्य-तथ्यले, उक्त व्यक्तिले साँच्ची नै कानून उल्लङ्घन गरेको र ऊ कुनै अपराधको दोषी भएको प्रमाणित गर्‍यो।

उत्पत्ति २६:६-१० पढ्नुहोस्। इसहाकको ढाँट्ने कामले अबीमेलेकको प्रजामाथि कसो दोष आइपरेन भनेर पद १० मा अबीमेलेकले बताउँछन्। किनकि कसैले रिबेकालाई आफ्नी पत्नी बनाएको भए उसले सो कुरा अनजानमा गरेको भए तापनि ऊ व्यभिचारको दोषी बन्नेथ्यो।

मत्ती २६:६६ अनुसार यहूदीहरूले कसलाई मृत्युदण्डको योग्य ठाने? ________________। उहाँको अपराध के थियो (पद ६५ मा हेर्नुहोस्)? ______________। उहाँले आफू परमेश्वरको पुत्र हुँ भन्ने दाबी गर्नुभयो (मत्ती २६:६३-६४)! के उहाँ साँच्चै नै दोषी हुनुहुन्थ्यो? ____________। यदि यस प्रकारको दाबी तपाईंले गर्नुभयो भने के तपाईं दोषी ठहरिनुहुन्छ?____________

प्रस्थान २०:७ मा हेरौं। परमेश्वरको नाउँ व्यर्थैमा लिने व्यक्ति नि______________ ठहरिनेछैन। त्यसैले उक्त व्यक्ति दो____ ठहरिनेछ। याकूब २:१० अनुसार, कसैले १० आज्ञाहरूमध्ये सबै आज्ञाहरू पालन गरे तापनि एउटै मात्र भङ्ग गर्दछ भने ऊ सबै कुरामा ________ ठहरिन्छ। सिक्रीको एउटै मात्र कडी चुँडिएको छ भने पनि के त्यो सिक्री चुँडिएकै ठहरिन्छ? __________। मानौं तपाईं एउटा डोरीको भरमा कुनै ठाडो भीरबाट झुण्डिरहनुभएको छ। तपाईंको डोरी कति ठाउँमा चुँडियो भने तपाईं तल खस्नुहुन्छ? __________। त्यो डोरी एउटै ठाउँमा चुँडियोस् वा दस ठाउँमा, त्यसले तपाईंलाई कुनै फरक पार्छ? ____________। दुवै परिस्थितिमा के तपाईं मृत्युको मुखमा खस्नुहुनेछैन? ______________। परमेश्वरको व्यवस्थालाई भङ्ग गर्नेहरूको दोष छ। यो एक तथ्य हो! तिनीहरू दोषी छन्!

के तपाईंले परमेश्वरका १० आज्ञाहरूलाई पूर्णरूपमा पालन गर्नुभएको छ?______। हामीले गरेका हरेक अपराध र पापलाई देख्नुहुने पवित्र परमेश्वरका सामु के तपाईं दोषी हुनुहुन्छ? ________

संसारमा भएका कतिजना मानिसहरू दोषी छन् (रोमी ३:१९)? ____________________________________

२) पछुताउ

दोषले गर्दा उत्पन्न हुने पछुताउचाहिँ एउटा भावना हो। कुनै भूल गर्नाले एक व्यक्तिमा उत्पन्न हुने शर्म र अनुतापको भावनालाई बयान गर्ने शब्द हो, पछुताउ। एकातिर दोष भन्ने तथ्य छ: “मैले पाप गरें, मैले गलती गरें।” अर्कोतिर पछुताउको भावना छ: “मैले जे गरें, त्यसको कारण मलाई थकथकी भइरहेको छ। मेरो पापले गर्दा मलाई पछुतो लाग्दैछ!”

पछुताउको भावना ज्यादै कडा हुन सक्दछ। दोषी व्यक्तिले आफूले गलती गरेको कुराको महसुस गर्दा उसलाई आफू भित्रपट्टि असजिलो लाग्दछ। त्यो एउटा भित्री आवाजजस्तै हो जसले भन्दछ, “तिमी दोषी छौ, दोषी! तिमीले पाप गर्‍यौ, गलती गर्‍यौ।” बाहिरबाट हेर्दा उसलाई केही नभएको जस्तै देखिएला, तर अन्तस्करणमा उसलाई आफ्नो दोष महसुसको भावनाले थकथकी लागिरहेको हुन सक्छ किनकि आफूले गलती गरेको कुरा उसले जान्दछ अनि त्यो दोषलाई उसले बिर्सनै सक्दैन।

मानिसलाई पछुतो किन लाग्छ? धेरैजसोलाई त दोषकै कारण पछुतो लाग्छ। दोषको तथ्यबाट पछुताउको भावना उत्पन्न हुन्छ। कहिलेकाहीँ एक व्यक्तिलाई अनावश्यक पछुतो लाग्न सक्छ। उदाहरणको लागि, कुनै व्यक्ति आफू परीक्षामा परेको कारण उसलाई आफू दोषी भएजस्तै लाग्न सक्छ, अनि उसलाई पछुतो लाग्न सक्छ। के परीक्षामा पर्नु नै पाप हो? __________। के प्रभु येशू परीक्षामा पर्नुभयो (मत्ती ४ अध्याय)?______________। के शैतानले, प्रभु येशूलाई पापमा फसाउन उहाँलाई उस्काउने, फुस्ल्याउने, फकाउने, मनाउने प्रयास गर्‍यो (मत्ती ४)? ________। के प्रभु येशूले पाप गर्नुभयो? ________________। परीक्षामा पर्दैमा एउटा व्यक्ति दोषी बन्दैन अनि उसले पछुतोको भावना लिनुहुँदैन। हाम्रो सामु कुनै परीक्षा आइपर्नु एउटा कुरा हो भने, उक्त परीक्षामा आफूलाई सुम्पनु, त्यसलाई आफ्नो मनले स्वागत गर्नु र विचारले पछयाउनु बेग्लै कुरा हो। हाम्रो मस्तिष्कमा परीक्षासित खेलबाड गर्नाले त्यहाँ खराब विचारहरू उत्पन्न हुन्छन्, अनि फलस्वरूप खराब भावनाहरू उत्पन्न हुन्छन्, पछुताउका भावनाहरू उत्पन्न हुन्छन्। यदि परीक्षालाई मेरो मस्तिष्कमा खेलिरहन दिएँ, त्यसलाई स्थान दिइरहेँ भने त्यसले मलाई मेरो परमेश्वरसितको सम्बन्धदेखि अलग गर्नेछ; म पापको दोषी बन्नेछु। परीक्षामा आफूलाई सुम्पने, त्यसलाई पछ्याउने र त्यसमा पछारिने व्यक्ति दोषी ठहरिन्छ (तथ्य) अनि उक्त व्यक्तिलाई पछुतो लाग्नु पनि पर्दछ (भावना)।

दाऊदले आफैलाई परीक्षाको वशमा सुम्पे अनि फलस्वरूप उनी व्यभिचारको पापमा फसे (२ शमूएल अध्याय ११)। दाऊद दोषी थिए (तथ्य) अनि उनी कायल बने (भावना)। भजनसङ्ग्रह ३२:३-४ मा देख्छौं, दाऊद कडा पछुताउको भावनाले ग्रस्त थिए- “दिनरात तपाईंका बाहुलीको __________ ममाथि रहयो” (पद ४) भनजसङ्ग्रह ५१:३ मा दाऊद भन्छन्, “मेरा पाप ______ मेरो सामुन्ने छ।” यूसुफका दाज्यूहरूका विषयमा अध्ययन गर्ने क्रममा हामी देख्नेछौं कि वर्षौँ बितेर पनि तिनीहरूको पाप सदा तिनीहरूकै सामुन्ने थियो। एक व्यक्तिले आफ्नो दोषलाई परमेश्वरको उपायबमोजिम समाधान नगरेसम्म उक्त दोष ऊसँगै रहिरहन्छ।

जघन्य अपराध

यूसुफका दाज्यूहरूको जघन्य अपराध उत्पत्ति ३७ अध्यायमा पाउँछौं। पापले पापलाई जन्माउँछ भन्ने कुरालाई हामीले कयिन (पाठ २) र याकूब (पाठ ३) को अध्ययनमा पनि देख्यौं। एउटा पापले अर्को पापलाई निम्त्याउँछ। यूसुफका दाज्यूहरूले पापमाथि पाप थप्दै-थप्दै तिनीहरू पापमा यस्तो किसिमले डुबे कि तिनीहरू वास्तवमा तिनीहरूले यूसुफलाई खसालेका भन्दा गहिरो खाल्डोमा परे! तिनीहरू पापको भुमरीमा झन् झन् फसेको कुरालाई उत्पत्तिको ३७ अध्यायमा अध्ययन गरौं। तल सूचीत गरिएका तिनीहरूका पापहरू कुन-कुन पदहरूमा उल्लेख छन्, पत्ता लगाउनुहोस्:

उत्पत्ति ३७:__डाहा
उत्पत्ति ३७:__घृणा
उत्पत्ति ३७:__कडा घृणा
उत्पत्ति ३७:__षड्यन्त्र (उत्पत्ति ५०:२० –”तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौं”)
उत्पत्ति ३७:__सुनियोजित हत्या (शिमियोन र लेवी रक्तपात गर्न अभ्यस्त भाइसकेका थिए – उत्पत्ति ३४:२५-२६)
उत्पत्ति ४२:२१गुहारको निम्त यूसुफको चिच्च्याहटलाई सुन्न इन्कार (आफ्नै भाइप्रतिको निर्दयी व्यवहार)
उत्पत्ति ३७:__आफ्नै भाइलाई दासत्वमा बेचेका
उत्पत्ति ३७:__छलकपट (आफ्नो अपराधलाई बाबुको सामु ढाकछोप गरेका)
उत्पत्ति ३७:__झूट

ती दाज्यूहरू दोषी थिए भन्ने कुरा प्रस्ट देखिन्छ। तिनीहरू माथि उल्लेखित एक-एक अपराधका दोषी थिए! तिनीहरूले कुर्कम गरे जसको फलस्वरूप तिनीहरू दण्डको योग्य बने। यूसुफ विरुद्धको तिनीहरूका अपराध र त्यसपछि उक्त अपराधलाई आफ्ना बाबुबाट ढाकछोप गर्ने कार्य, बाइबल इतिहासका पन्नाहरूमा एउटा अँधेरो अध्यायको रूपमा रहेको छ।

ती दाज्यूहरूले के गरे त? के तिनीहरूले आफ्नो पाप र दुष्कर्मलाई आफ्ना बाबुको सामु स्वीकार गरे? के तिनीहरूले आफ्नो पापको पश्चात्ताप गरे? के तिनीहरूले आफ्नो पापलाई ढाकछोप गर्न छोडे? के तिनीहरूले आफ्ना बाबुलाई आफूहरूले गरेको कामलाई स्वीकार गरे? तिनीहरूले आफ्नो पापप्रति गर्नुपर्ने व्यवहार कहिल्यै नगरेका हुनाले परमेश्वर आफैंले तिनीहरूको सामना गर्नुभयो!

करीब २२ वर्षसम्म ती दाज्यूहरूले आफ्नो पापलाई ढाकछोप गर्दै झूटमा जीवन बिताए! तिनीहरूले आफ्ना बाबुलाई सत्य-तथ्य कहिल्यै बताएनन्। साथै आफूहरूले गरेको अपराधको निम्ति उनीहरू पछुतो (भावना) को असह्य पीडामा तड्पिरहे। अझ, याकूबको मृत्यु हुँदासम्म पनि (उत्पत्ति ५०:१५-१७), अर्थात् झण्डै ४० वर्ष बितिसक्दा उनीहरू अझै पनि पछुतोको पीडाले ग्रस्त थिए। यूसुफ केवल थोरै बेरका लागि खाडलमा परे। उनका दाज्यूहरू भने पछुताउरूपी खाडलमा झण्डै ४० वर्ष बिताए।

हृदयभित्र रहेको पछुतोको भावना बाहिर निस्कन्छ

हामी यूसुफको जीवन वृत्तान्तसित परिचित छौं। यूसुफ खाडलबाट पोतिफरकहाँ पुगे, त्यसपछि कैदखाना पुगे अनि अन्तमा फारोकहाँ पुगे। त्यसपछि यूसुफले भविष्यवाणी गरेबमोजिम अनिकाल पर्‍यो अनि अनिकालले यूसुफका दाज्यूहरूलाई मिश्र देश पुर्‍यायो।

ती दस भाइ मिश्रमा आइपुगेका मात्र के थिए तिनीहरूमाथि एकपछि अर्को समस्या आइपर्‍यो! तिनीहरूलाई आरोप लगाइयो (उत्पत्ति ४२:९,१२,१४), परीक्षा गरियो (उत्पत्ति ४२:१५-१६) अनि कैद गरियो (४२:१७,१९)! यी सबै कुराहरू तिनीहरूमाथि किन आइपरे? के तिनीहरू निर्दोष र ईमानदार मानिस थिए? ________। के यस किसिमका कष्टहरू तिनीहरूले भोग्नैपर्ने कुरा थिए? अपराध गरेको करीब २० वर्षपछि मात्र (यूसुफ अब कम्तीमा ३७ वर्ष पुगेका छन्) तिनीहरूले (आपस-आपसमा मात्र भए पनि) आफ्नो दोषलाई स्वीकार गर्दछन्। “साँच्ची नै हाम्रो भाइको विषयमा हामी ______ (तथ्य) छौं!” (उत्पत्ति ४२:२१)।

यसबेलासम्म तिनीहरूले अपराध गरे तापनि दण्डबिना उम्कन सफल भइयो भन्ने सोचेका थिए सायद! तर हाय, वर्षौं अघि तिनीहरूले खाडलमा खसालेका आफ्ना साना भाइ यूसुफका चिच्च्याहटको झझल्कोले तिनीहरूका हृदयहरूलाई अब घोच्न थाल्छ– “त्यसले हामीसित बिन्ती गर्दा हामीले त्यसको मनको व्याकुलता देखेर पनि त्यसको कुरा सुनेनौं, यसकारण यो ________________ हामीमाथि पर्न आएको हो” (४२:२१)! “हामीले उसलाई व्याकुल गरायौं, अब हामी व्याकुल भएका छौं! हामीले यूसुफलाई गरेको जुन दुर्व्यवहार गर्‍यौं त्यसकै फल पाइरहेका छौं!”

आफ्ना बोराभित्र आफैले तिरेका पैसा फेला पार्दा ती दाज्यूभाइहरू झनै व्याकुल बन्छन्। फेरि पनि आफ्नै विवेकहरूद्वारा तिनीहरू दोषी ठहरिन्छन् र परमेश्वरले तिनीहरूलाई त्यो जघन्य अपराधको बदला दिइरहनुभएको छ भन्ने कुराको महसुस गर्छन् — “____________ले हामीलाई यो के गर्न लाग्नुभयो? (४२:२८)। दोषको भारले आफूहरू बेसरी थिचिएको महसुस गर्दछन्।

ती दाज्यूहरू दोस्रोचोटि मिश्र जानुपर्दा उनीहरू फेरि समस्यामा जेलिन्छन्। यूसुफको कचौरा बेन्यामीनको बोरामा पो फेला पर्छ (उत्पत्ति ४४:११-१३)! उत्पत्ति ४४:१६ मा यहूदाको भावुक भनाइलाई विचार गरौं। उनी भन्छन्, “हजूरका दासहरूको _______________ परमेश्वरले प्रकट गर्नुभएको छ।” के त्यतिखेर उनले यूसुफको कचौरा आफूहरूले चोरेको कुरा गर्दै थिए? ______________। पक्कै पनि उनको भनाइको तात्पर्य त्यो थिएन किनकि तिनीहरूले कचौरा चोरेकै थिएनन्। उनले आफूहरूबाट भएको उही पुरानो अपराधकै विषयमा स्वीकार गर्दै थिए। उक्त अपराधको दण्डबाट उम्कन सफल भयौं भन्ने मूर्ख विचार तिनीहरूले वर्षौँसम्म लिएका थिए, तर अब तिनीहरू त्यसैद्वारा पक्राउ पर्छन् र त्यसलाई तिनीहरूले स्वीकार नगरी सक्दैनन्। गन्ती ३२:२३ अनुसार हामी कुन कुरा नश्चित गरी जान्न सक्छौं? ________________________________________

पछुतोको भावनाले वर्षौं ग्रस्त

यूसुफले तिनीहरूलाई हृदयदेखि नै क्षमा दिइसके भनेर उनका दाज्यूहरूले विश्वासै गर्न सकेनन् (उत्पत्ति ४५:१-१५)। केवल आफ्ना बाबु याकूबका खातिर यूसुफले तिनीहरूसित दयालु व्यवहार देखाएको हुनुपर्छ भनेर उनीहरूले सोचेका थिए। तर अब त याकूब मरिसके त्यसैले अब यूसुफले बदला लिनेछन् भनेर उनीहरू निश्चित थिए (उत्पत्ति ५०:१५)! तिनीहरूको हृदयको यस्तो विचार थाह पाएर यूसुफ अति दुःखित बने (उत्पत्ति ५०:१७)। कति दुःखदायी कुरा – ३९ वर्षपछि पनि त्यो पापको भारले उनीहरूको हृदयलाई बोझिलो बनाउन छोडेको थिएन (यूसुफ इ.पू. १८९७ तिर मिश्रममा बेचिएका अनि याकूब इ.पू. १८५८ तिर मरेका हुन्)।

कति दुःखदायी कुरा छ यहाँ – आज पनि परमेश्वरबाटको पाप क्षमाको प्रतिज्ञालाई धेरैजसो मानिसहरूले विश्वासै गर्दैनन्। उहाँको पुत्रमाथि विश्वास गर्ने सबैलाई सबै पापहरूको पूरै क्षमा मिल्ने प्रतिज्ञा परमेश्वरले गर्नुभएको छ — प्रेरित १०:४३; मीका ७:१२; यर्मिया ५०:२०; भजनसङ्ग्रह १०३:१२; यशैया ३८:१७; यशैया १:१८; हिब्रू १०:१७; यूहन्ना १:२९; हिब्रू ९:२५; एफेसी १:७)। यस्तै गरी आफ्ना पापहरू स्वीकार गर्ने विश्वासीलाई पूरै क्षमा दिने र शुद्ध पारिदिने परमेश्वरको प्रतिज्ञा छ — १ यूहन्ना १:९। उनका दाज्यूहरूले यूसुफको क्षमालाई अविश्वास गरेझैं हामीले पनि परमेश्वरको प्रतिज्ञाहरूलाई असत्य ठानी उहाँ झूटो भएको आरोप नलगाऔं!

दोषको समस्याको समाधान परमेश्वरमा छ

मानिसका दोषका निम्ति दुःख भोग्न र मानिसका अपराधहरूका सजाँय (मृत्यु) पूर्णरूपमा तिरिदिन लागि परमेश्वरले आफ्नै प्रिय पुत्रलाई संसारमा पठाउनुभएको हो। येशू ख्रीष्टले क्रूसमा आफ्नो प्राण दिनुभएको कारण परमेश्वरले मानिसलाई उसको दोषको समस्या समाधान गर्ने एउटै मात्र उपाय उपलब्ध गर्नु सम्भव भयो- त्यो हो, क्षमा! दोषको समस्यालाई समाधान गर्ने अन्य कुनै उपाय छैन। परमेश्वरबाटको क्षमा नै एउटै मात्र समाधानको उपाय हो। पापलाई ढाकछोप गरेर समस्या समाधान हुन सक्दैन। दोषको समस्या कसरी समाधान हुँदैन भन्ने कुरा यूसुफका दाज्यूहरूको अध्ययनले प्रस्टै देखाउँछ।

पापलाई स्वीकार गरिनैपर्छ। मुक्ति पाउन चाहने व्यक्तिले आफू एक दोषी, पापी हुँ भनी स्वीकार गर्नैपर्छ- “हे परमेश्वर, म ________माथि दया राख्नुहोस्” (लूका १८:१३)। एउटा व्यक्तिले यस सत्यतालाई महसुस नगरेसम्म र स्वीकार नगरेसम्म उसले मुक्ति पाउन सक्दैन।

दोषको समस्याले एउटा विश्वासीकै जीवनमा समेत गम्भिर रूप लिन सक्छ। विश्वासी जनले आफ्नो पापलाई स्वीकार गर्नुपर्छ। भजनसङ्ग्रह ३२ को कुन पदमा दाऊदले त्यसो गरे? पद:________। परमेश्वरले के गर्ने प्रतिज्ञा गर्नुभयो?______________________________। भजनसङ्ग्रह ५१ को कुनचाहिँ पदमा दाऊदले आफ्नो पाप स्वीकार गरेको देखिन्छ? पद:______। भजनसङ्ग्रह २८:१३ पनि पढ्नुहोस्। तब विश्वासीले भन्न सक्दछ, “हो, म दोषी थिएँ अनि मैले पाप गरेकै हो अनि मेरो अपराध ठूलो छ तर मेरा परमेश्वरले मलाई पूर्णरूपमा क्षमा दिनुभएको छ। मैले क्षमा पाइसकेको हुनाले, म कायल हुनुपर्ने त्यहाँ कुनै कारण छैन!”

साथै, हाम्रो पापले अरूहरूलाई पनि असर पारेको छ भने, हामीले तिनीहरूका सामु गएर पनि पापलाई स्वीकार गर्ने काम गर्नुपर्छ। यूसुफका दाज्यूहरूले तिनीहरूका अपराधलाई यूसुफसामु र तिनीहरूका बाबुको सामु स्वीकार गर्नुपर्थ्यो। हाम्रो पाप सधैं परमेश्वरकै विरुद्धमा हुन्छन्, तर कहिलेकाहीँ हाम्रो पाप अरू मानिसहरूको विरूद्धमा पनि हुन्छ।

‌‌‍‍‍‍

माथिको चित्रका काँडहरूले तपाईंको जीवनमा भएका ती पापहरूलाई सङ्केत गर्छन् जुन पापहरू हालसम्म क्षमा भएका छैनन्। यी पापहरूले गर्दा तपाईंमाथि पापको दोषको र पछुताउको भारी गह्रौं छ। यदि तपाईंले आफ्ना पापहरूलाई स्वीकार गर्न थाल्नुभयो भने तपाईंको भारी पनि हल्का हुँदै जान्छ, अनि तपाईं सीधा खडा हुन सक्नुहुन्छ। तपाईं आफ्ना सम्पूर्ण दोषहरूदेखि मुक्त हुन सक्नुहुन्छ! तपाईं आफ्नो घायल र कायल विवेकदेखि मुक्त हुन सक्नुहुन्छ! प्रभु येशू बोलाउँदै हुनुहुन्छ, “हे सबै परिश्रम गर्नेहरू र ________ले ______________हरूहो, ____कहाँ आ____ अनि म तिमीहरूलाई ____________ दिनेछु” (मत्ती ११:२८)। तपाईंलाई विश्राम दिन परमेश्वर तयार हुनुहुन्छ, इच्छुक हुनुहुन्छ। के तपाईँ येशू ख्रीष्टकहाँ आउन तयार हुनुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

धूर्त याकूब

धूर्त याकूब

 

परिचय

आफ्नो जीवन यात्राको क्रममा षड्यन्त्र गर्ने, चालबाजी गर्ने र छलकपट गर्नेहरू त्यहाँ धेरै हुन्छन्। स्वार्थपूर्ति र व्यक्तिगत फाइदाकै निम्ति तिनीहरू त्यसो गर्ने गर्छन्। प्रभुले जुटाउनुहुने सर्वोत्तमको निम्ति उहाँमै भरोसा गर्नुको सट्टा तिनीहरू आफ्नै तरिकामा कामकुरो मिलाउन खोज्छन्। तिनीहरू प्रायः असल कुराकै चाहा गर्छन् (सुख, स्वतन्त्रता, सुरक्षा, उज्ज्वल भविष्य, सुखी दाम्पत्य जीवन आदि) तरैपनि तिनीहरू ती असल कुराहरूलाई प्राप्‍त गर्न गलत तरिकाहरू अपनाउँदछन्।

के तपाईं धूर्त हुनुहुन्छ? के तपाईं छलछाम र चालबाजी गर्ने व्यक्ति हुनुहुन्छ? याकूब निश्चय त्यस्तै थिए, अनि यस पाठमा हामी उसका केही चालबाजीहरूको बारेमा अध्ययन गर्नेछौं। साथै, जसरी याकूबले अरूलाई आफ्नो धूर्त्याइँले छलेका थिए त्यसरी नै परमेश्वरले याकूब आफैंलाई कसरी अरूहरूको धुर्त्याइँको शिकार बन्न दिनुभयो भन्ने कुरा पनि हेर्नेछौं। धूर्त्याइँले आखिरमा फाइदा गर्दैन भन्ने कुरा याकूबले हण्डर खाएरै सिक्नुपर्‍यो।

“कुर्कुच्चा समात्‍ने” जन्मछन्

इसहाकका पत्‍नी रिबेकाले जुम्ल्याहा दाजुभाइ जन्माइन्। उत्पत्ति २५:२५ अनुसार जेठा छोरा को थिए (को पहिला बाहिर निस्के)? ___________ । कान्छा छोरा को थिए (उत्पत्ति २५:२६)? -___________। आफू जन्मँदा याकूबले हातमा के कुरालाई समातेर जन्मे (उत्पत्ति २५:२६)? ______________________

“याकूब” को अर्थ हो, “कुर्कुच्चा समात्‍ने व्यक्ति, धोका र चालबाजीद्वारा कसैको स्थान कब्जा गर्ने व्यक्ति”। याकूबको नाउँ उसलाई सुहाउने नाउँ हो भन्ने के एसावलाई लागेको थियो (उत्पत्ति २७:३६)? ___________

घरका जम्मै दोषी

ती दुई बालकहरू जन्मनुभन्दा अगाडि परमेश्वरले रिबेकालाई एउटा महत्त्वपूर्ण कुरा बताउनुभएको थियो: “र _______ले ________को सेवा गर्नेछ” (उत्पत्ति २५:२३)। जेठा को थियो? ___________। कान्छा को थियो? ___________। अतः परमेश्वर भन्दैहुनुहुन्थ्यो, “___________ले ___________को सेवा गर्नेछ। परमेश्वरले कुनचाहिँ छोराले आशिष् पाउने कुरा गर्नुभयो, याकूबले कि एसावले? ___________

  1. इसहाक दोषी: आशिष् याकूबलाई दिइनेछ भन्ने कुरा परमेश्वरले अगाडिबाटै जनाउनुभएको भए तापनि उक्त आशिष् आफ्नो मनपर्ने छोरा एसावलाई नै दिलाउन इसहाक तल्लीन थिए (हेर्नुहोस्, उत्पत्ति २५:२८; २७:१,४)। उनी परमेश्वरको इच्छाविपरित लड्दैथिए।
  2. रिबेका दोषी: याकूब (रिबेकाको मनपर्ने छोरा) आशीर्वादी हुनेछ भन्ने परमेश्वरको प्रतिज्ञा जानेर पनि त्यसलाई पूरा गराउन रिबेका चालबाजी गर्नपट्टि लागिन् (उत्पत्ति २५:२८; २७:६-१०)। तिनले राम्रै कुरालाई नराम्रो तरिकाले प्राप्‍त गर्न खोजिन्।
  3. याकूब दोषी: उनले आफ्नी आमाको षड्यन्त्रमा मतियार बन्नलाई स्वीकार गरे र फलस्वरूप उनी एक ठग र ढँटुवा बने (उत्पत्ति २७:१२,१९)।
  4. एसाव दोषी: जुन आशिष् वास्तवमा उनको थिएन एसाव त्यसैलाई पाउन चाहा गरे अनि त्यसलाई गुमाउनुपर्दा उनी आफ्नो रिसमा भाइको हत्या समेत गर्नलाई तम्सिए (उत्पत्ति २७:४१)। हिब्रू १२:१६-१७ हेर्नुहोस्।

उक्त घरका जम्मै दोषी थिए! यसका बाबजुद पनि परमेश्वरले आफ्नो असल योजनालाई आफ्नो धार्मिकतामा अघि बढ़ाउँदै हुनुहुन्थ्यो।

पहिलो चालबाजी: याकूबले ज्येष्ठ अधिकारलाई हात पार्छन्

उत्पत्ति २५:२७ अनुसार खुला मैदानहुँदो डुलिहिँड्न रुचाउने को थिए? ___________। पालभित्रै बसिरहन रुचाउने को थिए? ___________। एक दिन एसाव बेसरी भोकाएर घर आएका थिए। त्यही बखत याकूबको साथमा एक भाँडोभरी सुरूवा अर्थात् अनाजको झोल थियो, ठीक एसाबलाई चाहिएकै कुरा! उसलाई सुरुवा बिनादाम दिनुको सट्टा याकूबले मौकाको फाइदा उठाए (पढ्नुहोस्, उत्पत्ति २५:२९-३४)। उनले आफ्ना दाजुसित मोलतोल गरे – “एसाव, मलाई चाहिएको कुरो तिमीसँग छ अनि तिमीलाई चाहिएको कुरो मसँग छ। म तिमीलाई सुरुवा दिन्छु अनि तिमीले मलाई तिम्रो ज्येष्ठ-अधिकार देऊ।” याकूब एसावको मन्जुरीनामा लिन सफल भए, लेनदेनको काम पूरा भयो! एसाव ठगिए; उनी पछिबाट आफ्नो निर्णयलाई सम्झेर ज्यादै नाराज बने (उत्पत्ति २७:३६)।

शिक्षा: जीवन भनेको पेट भर्नलाई मात्र होइन, महत्त्वपूर्ण कुरा त्यसभन्दा अरू नै छ। एसावको छोटो विचारले उनी जीवनपर्यन्त मूर्ख बने। उसले विचारै नगरी, कमसल कुरा पाउनलाई बहुमूल्य कुरालाई मिल्काइदिए (हिब्रू १२:१६)। के आज पनि एसावले जस्तै निर्णय गर्नेहरू हुन्छन्?

दोस्रो चालबाजी: याकूब आशिषलाई हात पार्छन्

दोस्रो चालबाजीको बयान उत्पत्ति २७ मा पाइन्छ। याकूब र एसाव अब जवान ठीटा छैनन्। तिनीहरू ७७ वर्ष पुगिसकेका छन्। तिनीहरूका बाबु इसहाक ज्यादै वृद्ध छन्। उनी १३७ वर्ष पुगेका छन् अनि आँखा देख्‍न सक्दैनन् (उत्पत्ति २७:१)।

उत्पत्ति २७:८,१२-१३ पढ़ौ। के हामीले बाबु-आमाको आज्ञालाई सधैं नै पालन गर्नु सही हुन्छ? ___________। के यस कुरामा याकूबले रिबेकाको आज्ञा मान्नु उचित थियो? ___________। किन थियो अथवा थिएन? _______________________________________________________। उत्पत्ति २७:१२ को कुनचाहिँ शब्दले याकूबको वास्तविक व्यक्तित्वको बयान गर्छ? ___________। उत्पत्ति २७:१३ लाई विचार गरौं। मानौं, एउटा साथीले तपाईंलाई कुनै खराब काममा सहभागी बन्न कर गर्दछ (कुनै गलत काम गर्न वा गलत ठाउँमा जान)। मानौं, उसले तपाईंलाई रिबेकाले याकूबलाई भनेजस्तै यसरी भन्दछ, “डराउनु पर्दैन। केही गरी काम बिग्र्यो भने सबै दोष मै लिऊँला।” यस्तो विचार किन गलत छ? कसैले खराब काम गर्छ भने के उसले त्यसको प्रतिफल भोग्नेछैन र? मत्ती २७:२४-२५ पढ्नुहोस्। यहूदीहरूले भने, “येशूलाई क्रूसमा मारेको दोष हामीमाथि परोस्। पिलातस ज्यू, धन्दा नमान्नुहोस्। हामीलाई आफ्नो इच्छा गर्न दिनुहोस्। यसको सम्पूर्ण जिम्मा हामी लिन्छौं।” के यस भनाइले पिलातसलाई निर्दोष तुल्याउन सक्यो? ___________। पिलातसले आफ्ना हात धोए तापनि के परमेश्वरले तिनलाई निर्दोष ठान्नुभयो? ___________। के पिलातसले पाप गरेकै ठहरियो (यूहन्ना १९:११ हेर्नुहोस्)? ___________।

रिबेका परमेश्वरको प्रतिज्ञा जान्दथिन् (उत्पत्ति २५:२३) तर तिनले मानवीय जालझेल गरी त्यसलाई पूरा गराउन खोजिन्। अनि याकूब (जो अनजान नाबालक बिलकुलै थिएनन्) रिबेकाको चालबाजीमा सहमत भए र उक्त जालझेलमा पूर्ण रूपमा सहभागी बने।

शिक्षा १– “खराब कुरा गरौं र असल कुरा निस्कोस्” (रोमी ३:८)। हुन त रिबेका र याकूबको लक्ष्य राम्रो नै थियो- परमेश्वरको आशिष पाउनु। तर तिनीहरूले असल कुरा प्राप्‍त गर्नलाई खराब गरे। “लक्ष्य राम्रो छ भने उपाय जस्तोसुकै अपनाए हुन्छ” भन्ने सिद्धान्त सोह्रै आना असत्य छ, गलत छ! असल लक्ष्य (प्रतिज्ञा गरिएको आशिष) ले पापपूर्ण उपाय (इसहाकलाई छल्ने, झूट बोल्ने काम) लाई कहिल्यै औचित्य प्रदान गर्दैन।

शिक्षा २– “तिमीहरूको पापले अवश्य तिमीहरूलाई फेला पार्नेछ” (गन्ती ३२:२३)। रिबेका र याकूबको भण्डाफोर भयो, उनीहरूको छलकपट प्रकट भयो। एकदिन याकूबको पापले उसलाई फेला पार्नेछ! अर्कालाई ठग्नुको सट्टा ऊ आफैं ठगिनेछ!

शिक्षा ३ परमेश्वर सर्वोपिर हुनुहुन्छ! परमेश्वर कति महान् हुनुहुन्छ- उहाँले मानिसका खराब युक्तिहरूलाई समेत आफ्नो ईश्वरीय योजना पूरा गराउनलाई प्रयोग गर्न सक्नुहुन्छ। मानिस त दुष्ट अपराधी नै हो तर परमेश्वरले आफ्नो अद्‍भुत योजनालाई अघि बढ़ाउँदै हुनुहुन्छ। परमेश्वरले यूसुफका दुष्ट दाजुहरूका युक्तिलाई आफ्नो ईश्वरीय इच्छा पूरा गराउन प्रयोग गर्नुभयो (उत्पत्ति ५०:२०)। परमेश्वरले यहूदाजस्तो व्यक्तिको षडयन्त्रलाई समेत आफ्नो उदेश्य पूरा गराउनलाई प्रयोग गर्न सक्नुभयो (लूका २२:२२)। प्रेरित २:२३ पढ्नुहोस्। यस पदले, परमेश्वरले मानव इतिहासकै सबभन्दा ठूलो अपराधलाई कसरी आफ्नो असल योजना पूरा गराउनलाई प्रयोग गर्नुभयो भन्ने कुरा कसरी देखाउँछ?

याकूबका अप्रत्याशित समस्याहरू

हाम्रा खराब योजना तथा चालबाजीहरू हाम्रा आकांक्षा अनुरुप प्रायः पूरा हुँदैनन्। इसहाकको पहिलो प्रश्न के थियो (उत्पत्ति २७:१८)? ____________________________। शायद याकूब मुखले झूट नबोलीकनै आफ्नो लक्ष्य हासिल गर्ने सोचाइमा थिए, तर ठग्ने नीति अपनाएकाले उनलाई झूट नबोली सुख भएन; उनले एकपछि अर्को पाप गरे (अघिल्लो पाठमा चर्चा गरिएको पापको भुमरीलाई याद गर्नुहोस्)।

उत्पत्ति २७:२० मा याकूबलाई तिनका बाबुले अर्को पनि अप्ठ्यारो प्रश्न सोध्छन्। “कसरी तिमीले यति चाँडै शिकार मारेर, त्यसलाई पकाएर समेत ल्याउन भ्यायौ? एसावलाई प्रायः बढ़ी नै समय लाग्थ्यो!” लौ हेर्नुहोस् त, याकूबले कस्तो जवाफ दिन्छन् (पद २०)। उनले झूट मात्र बोल्दैनन् तर झूटसित परमेश्वरको नामलाई गाँस्छन् पनि। त्यसले त उनको पापलाई झनै नराम्रो तुल्यायो।

पद २१ मा इसहाकले भन्छन्, “नजिक आऊ अनि म तिमीलाई छामेर हेर्न सकूँ!” यतिखेर सम्म याकूब उनका बाख्राको रौंमुनि निश्चय चिटचिट पसिना काढ्दै थिए! पद २४ मा हेरौं। एउटा झूटले अर्को झूटलाई जन्माउँछ!

परमेश्वरसित इसहाकको पुनः मिलाप

इसहाक परमेश्वरको स्पष्ट इच्छा (उत्पत्ति २५:२३) को विरुद्ध, आफूले मन पराएको छोरा एसावलाई नै आशिष दिलाउन कस्सिएका थिए। आखिरमा जब इसहाकले आफू छलिएर याकूबलाई आशिष दिन पुगेको कुरा थाह पाए, उनी “भयानक रूपमा कामे” (उनी भयानक कम्पनका साथ कामे) – उत्पत्ति २७:३३ हुर्नुहोस्। उनी अपराध गर्दागर्दै पक्राउ परे! परमेश्वरले इसहाकलाई भेट्टाइछाड्नुभयो, इसहाकले बल्ल आफ्नो भूल महसुस गरे। इसहाक धोकामा परेर मात्र याकूबलाई आशिष दिए, तर उक्त काम आफूले सीधै गर्नुपर्ने काम थियो भन्ने कुरा उनले अब महसुस गरे! अब इसहाक मानौं यसो भन्दै थिए, “प्रभु, तपाईं सही हुनुहुन्छ, मचाहिँ गलत छु। यतिका वर्षसम्म म तपाईंको इच्छा विरुद्ध लडेँ, तर अब म आत्मसमर्पण गर्दछु। तपाईंकै इच्छा पूरा होस् भन्ने म चाहन्छु! मैले याकूबलाई आशिष दिएको छु अनि त्योचाहिँ आर्शीवादी हुनेछ।” (उत्पत्ति २७:३३)

याकूब पत्‍नी खोज्न हिँड्छन्

याकूब पत्‍नी खोज्न हारानतर्फ लाग्छन्। कुनै व्यक्ति ७७ वर्ष पुगेको छ भने उसले विवाहको सोचाइ राख्ने समय पनि त भयो नि! हारान उही ठाउँ हो जहाँबाट रिबेका आएकी थिई। याकूब केवल पत्‍नी खोज्न यात्रा गरिरहेका थिएनन्, उनी एसावदेखि भाग्दै पनि थिए (उत्पत्ति २७:४१-४३)।

त्यो यात्रा जोखिमपूर्ण र कठिन थियो। याकूबले हजारौं किलोमीटर एकलै यात्रा गर्नुपर्‍यो। याद गर्नुहोस्, उनी बाहिरतिर डुल्न रुचाउने व्यक्ति थिएनन्। उनी आमाको साथमा घरै बस्न रुचाउने व्यक्ति थिए (उत्पत्ति २५:२७)। यही यात्रामा परमेश्वरले याकूबसित विशेष भेट गर्नुभयो (उत्पत्ति २८:१०-२२)। परमेश्वरले याकूबको हृदयमा काम गर्न शुरू गर्नुभयो, तरैपनि याकूबलाई परमेश्वरले सिकाउनुपर्ने कुराहरू थुप्रै थिए। आखिरमा याकूब आफ्नो गन्तव्य स्थानमा आइपुगे अनि उसले त्यहाँ लाबानलाई भेटे (उत्पत्ति २९:१३-१४)। अब याकूब उनको बराबरीको व्यक्तिसँग भिड्नु पर्ने भयो! लाबान, “कुर्कुच्चा समात्‍ने” लाई उल्टै समात्‍न र छल्नलाई गजबको षड्यन्त्र रच्न तुरुन्तै थाल्छन्! याकूबको पापले अब उसलाई भेट्टाउने भयो!

धूर्त याकूब धूर्त्याइँकै शिकार!

याकूबलाई जे चाहिएको थियो ठीक त्यही कुरा लाबानको हातमा थियो अर्थात् राहेल (उत्पत्ति २९:१५-२० हेर्नुहोस्)। राहेललाई सित्तैंमा दिनुको सट्टा, लाबान मौकाको फाइदा उठाउनपट्टि लाग्छन्। उनले याकूबसित मोलतोल गर्छन्। याद गर्नुहोस्, एक समय याकूबले भोकाएको एसावसित पनि मोलतोल गरेको थियो (हेर्नुहोस्, याकूबको पहिलो चालबाजी)।

लाबानले मानौं यसो भन्दै थिए, “याकूब, मलाई चाहिएको कुरो तिमीसित छ अनि तिमीलाई चाहिएको कुरो मसित छ। म तिमीलाई राहेल दिन्छु, तिमीचाहिँ ७ वर्ष मेरो सेवा गर।” लाबान याकूबको मन्जुरीनामा लिन सफल भए – लेनदेनको सम्झौता पारित भयो! हामीलाई याद छ, एक समय याकूबले पनि एसावलाई मन्जुरीनामा गराइछाडेका थिए!

याकूबलाई ७ वर्ष केहीजस्तो लागेन (उत्पत्ति २९:२०)! राहेलका लागि उनी सात समुद्र पार गर्न समेत तयार थिए। आफूले प्रेम गरेको केटीको निम्ति उनी खुशीसित सात वर्ष सेवा गर्न तत्पर थिए!

सात वर्षको अन्तमा याकूब ८४ वर्ष पुगेका छन्। अब विहेको दिन आइपुगेको छ (उत्पत्ति २९:२१-२२)। तर याकूबलाई राहेल दिनुको सट्टा लाबानले कसलाई पो दिन्छन् (उत्पत्ति २९:२३)? ______________ । विवाहमा दुलहीले घुम्टो लगाएकी हुन्छे! घुम्टो पछाडि राहेल नै छन् भनी याकूब निर्धक्क थिए तर उनी पूर्णरूपमा ठगिएका थिए। उनले “बिहान हेर्दा त ___________ पो रहिछन्! (उत्पत्ति २९:२५)।” याकूब छलिए! याद गर्नुहोस्, एक समय याकूबले इसहाकलाई कसरी छलेका थिए!

त्यस रातको बातचीत तपाईं कल्पना गर्न सक्नुहुन्छ होला। याकूब प्रश्न गर्छन्, “स्वर त चिनेको जस्तो लागेन। हैन, तिमी को हौ?” लेआ बनावटी स्वरमा जवाफ दिन्छिन्, “म राहेल हुँ।”

तुलना गर्नुहोस् उत्पत्ति २७:१८,१९,२०। साथै हेर्नुहोस्, याकूबको दोस्रो चालबाजी। कुर्कुच्चा समात्‍ने त उल्टै समातियो!

याकूबले के गर्नुपर्नेथ्यो

लाबान याकूबलाई स्पष्टिकरण दिन्छन्, हाम्रो देशमा जेठीको भन्दा कान्छीको विहे अघिबाट गर्नुहुन्न (उत्पत्ति २९:२६)। लौ, अहिले आएर चलनको कुरो निकाल्छ लाबान मामाले! लाबान याकूबलाई भन्छन्, सात दिनपछि उसले राहेललाई पनि प्राप्‍त गर्न सक्नेछ, तर एउटा शर्तमा- “दुबै पत्‍नीहरूको मोल तिर्न तिमीले थप ७ वर्ष मेरो सेवा गर्नुपर्छ!”(उत्पत्ति २९:२६-२७)

राहेलको सट्टा लेआ पो रहिछन् भन्ने थाहा पाएपछि याकूबले के गर्नुपर्नेथ्यो? उसले आफ्नो बाबुले जस्तै गर्नुपर्नेथ्यो जब उनले एसावको सट्टा याकूब रहेछ भनी थाहा पाएका थिए। “ऊ भयानक कम्पनका साथ” काम्नुपर्नेथ्यो। उसले यसरी पुकारा गर्नुपर्नेथ्यो, “प्रभु, मेरो पापले मलाई भेट्टाएको छ! मैले जसरी मेरा बाबुसित व्यवहार गरेको थिएँ, उहाँलाई छल गरेको थिएँ, त्यस्तै खालको व्यवहार मैले अर्काबाट भोग्नुपरेको छ। प्रभु, म तपाईंद्वारा पक्राउ परेको छु, मैले जे भोग्नुपर्थ्‍यो त्यही भोगिरहेको छु। अब लेआसित नै सन्तुष्ट हुन मलाई मद्दत गर्नुहोस्। म तपाईंको इच्छाअनुसार जिउन चाहन्छु!”

के याकूबले त्यसो गरे ? ___________। परमेश्वरले दिनुभएको पत्‍नीलाई स्वीकार गर्नुको सट्टा उनले तिनलाई अ_____________ गरे (उत्पत्ति २९:३१)! परमेश्वरले उनलाई दिनुभएको पत्‍नीलाई याकूबले घृणा गरे! तर लेआलाई प्रभुले भने एकदमै आशिष दिनुभयो। परमेश्वरले तिनलाई ६ जना सन्तान दिनुभयो (याकूबका अन्य पत्‍नीहरूलाई भन्दा ३ गुणा बढ़ी; उनका अन्य ३ जना पत्‍नीहरूका दुई-दुईजना मात्र सन्तान भए), अनि अझ उल्लेखनीय कुरा यो छ- परमेश्वरले लेआलाई मसीहका आमा तुल्याउनुभयो! लेआले यहूदालाई जन्माइन् अनि ख्रीष्ट यहूदाको कूलबाट आउनुभयो (मत्ती १:२-३)।

ठग फेरि ठगिन्छ

उत्पत्ति ३७:३१-३५ पढ्नुहोस्। इसहाक आफ्ना छोरा याकूबद्वारा ठगिए। के याकूब पनि आफ्ना छोराहरूद्वारा ठगिन्छन्? ______________। आफ्ना बाबुलाई ठग्न याकूबले बाख्राको छाला प्रयोग गरे। के याकूब पछिबाट बाख्राकै माध्यमद्वारा ठगिन्छन्? _____________। आफू ठगिएको कुरा एसावले त्यही दिन थाहा पाए तर याकूबले भने आफू ठगिएको कुरा वर्षौंसम्म थाहा पाएनन्। मरेको भनी ठानिएका छोरा यूसुफ त यतिका वर्ष जिउँदै रहेछन्। धूर्त याकूबले आफ्नो जीवनकालमा केही कठिन पाठहरू सिक्नुपर्यो।

छलकपट र ठगठागले राम्रो प्रितफल ल्याउँदैन। तर परमप्रभुमाथि भरोसा राख्दा, उहाँलाई आफ्नो काम गर्न दिँदा राम्रो प्रतिफल मिल्दछ। याकूब जस्ता ठग्ने र ठगिने व्यक्तिहरू त्यहाँ सधैं हुनेछन् (२ तिमोथी ३:१२-१७), तर याद गर्नुहोस्, त्यहाँ एकजना हुनुहुन्छ जसलाई तपाईं कहिल्यै ठग्न सक्नुहुन्न- “_________मा नपर; परमेश्वर _________मा _________________; किनकि मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ” (गलाती ६:७)। याकूबले कपटरूपी बीऊ छरेको थियो अनि पछिबाट ठीक त्यसैको कटनी गर्नुपर्‍यो। हामी उनका पाइला नपछयाऔं।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

कयिनको उदासीनता

कैनको उदासीनता

उदासीनता (DEPRESSION) भनेको के हो? उदासीनता त्यो अवस्थालाई भनिन्छ जब हामी खिन्न हुन्छौं, निरुत्साहित हुन्छौं, जब हाम्रो मुख अँध्यारो हुन्छ, हाम्रो मानसिकता र जोश गिरेको हुन्छ, जब हामी उदास हुन्छौं।

Attachment.png

Attachment.png

“मेरो संसारै कालो बादलले ढाके जस्तै लाग्छ।”

यस अध्यायमा हामी एउटा उदास व्यक्तिको अध्ययन गर्नेछौं जसको नाम कैन थियो। हामी उसको उदासीनताको कारण पत्ता लगाउनेछौं अनि परमेश्वरको समाधानको उपायको बारेमा सिक्नेछौं।

संसारकै प्रथम बालक

आदम र हव्वाले एउटा छोरो जन्माए र उसको नाम ___________ (उत्पत्ति ४:१) राखे। याद राखौं, आदम र हव्वा पछि पापी बनेका हुन् तर कैन पापी भई जन्मेका थिए (भजनसंग्रह ५१:५ सित दाँज्नुहोस्)। तपाईं नि? आफूले पाप गरेर तपाईं पापी बन्नुभएको हो कि तपाईं जन्मले नै पापी हुनुहुन्छ? ________________________________।

मानिसको उपाय र परमेश्वरको उपाय

उनीहरूले पाप गरेपछि आदम र हव्वाले आफ्नो लाज र पापलाई ढ़ाक्न खोजे (उत्पत्ति ३:७)। उनीहरूले आफ्नै हातका परिश्रमले आफ्नै पहिरन बनाए। परमेश्वरले त्यस “अञ्जिर-पाते पहिरन” लाई इन्कार गर्नुभयो। आज पनि मानिसहरू आफ्ना लाज र पापलाई ढ़ाक्न के-कस्ता प्रयास गर्ने गर्छन्?

परमेश्वरले हाम्रा प्रथम बाबु-आमालाई एउटा महत्त्वपूर्ण कुरा सिकाउँदै हुनुहुन्थ्यो:

  1. मानिसले आफैंलाई ढ़ाक्न सक्दैन (उत्पत्ति ३:७)।
  2. मानिसलाई परमेश्वरले नै ढ़ाक्नु र पहिराउनु पर्छ (उत्पत्ति ३:२१)।
  3. एक निर्दोष पशु मारिनुपर्छ र त्यसको रगत बहाइनुपर्छ। एक निर्दोष बलि मारिनुपर्छ।

परमेश्वरलाई कस्तो बलिदान मन पर्छ ?

उत्पत्ति ४:१-५ पढ्नुहोस्। तपाईंको विचारमा आदम र हव्वाले आफ्ना छोराहरूलाई अञ्जिरका पात र छालाका लुगाबारे कहिल्यै बताए होलान्?

कैनको पेशा के थियो (उत्पत्ति ४:२)?_________________________________________________।

हाबिलको पेशा के थियो (उत्पत्ति ४:३)? _______________________________________________।

कैनको बलिदान के थियो (उत्पत्ति ४:४)? ___________________________________________।

हाबिलको बलिदान के थियो (उत्पत्ति ४:४)?_____________________________________________।

परमेश्वरले कुनचाहिँ बलिदान ग्रहण गर्नुभयो (उत्पत्ति ४:४) ? ____________________। परमेश्वरले कुनचाहिँ बलिदान इन्कार गर्नुभयो (उत्पत्ति ४:५) ?  _____________________।

हिब्रू ११:४ हेर्नुहोस् – ” _________________द्वारा हाबिलले परमेश्वरलाई कैनको भन्दा उत्तम बलिदान चढ़ाए”। यसले देखाउँछ, कैनको बलिदान __________________द्वारा चढ़ाइएको थिएन। परमेश्वरले आदम र हव्वा लगायत तिनका छोराहरूलाई आफूलाई कस्तो किसिमको बलिदान मन पर्छ भनेर अघिबाटै सिकाउनुभएको थियो भन्ने देखिन्छ। विश्वासद्वारा हाबिलले ठीक किसिमको बलिदान ल्यायो तर कैनले भने ल्याएन।

मानौं तपाईं कैन हुनुहुन्थ्यो। तपाईं गोठाला नभईकन एक किसान हुनुभए तापनि, ठीक किसिमको बलिदान चढ़ाउनका निम्ति तपाईंले के गर्न सक्नुहुन्थ्यो? हाबिलले केही फलफूल र अन्नको सट्टामा तपाईंलाई एउटा भेडा दिँदैन्थ्यो होला र?

धर्मको काम कि मुक्तिको दान

कैनको बलिदानले मुक्ति प्राप्तिका लागि मानिसको उपाय (धर्मको काम) को कसरी चित्रण गर्छ? हाबिलको बलिदानले परमेश्वरबाटको मुक्तिको उपाय (मुक्तिको दान) को कसरी चित्रण गर्छ? जोडा मिलाउनुहोस्:

    1. ______ कैनको बलिदान
    2. ______ हाबिलको बलिदान
    3. ______ अञ्जिरका पात
    4. ______ छलाका गुगाहरू
    5. ______ असल काम
    6. ______ यशैया ६४:६
    7. ______ एफेसी १:७
    8. ______ फरिसी (लूका १८:१०-१२)
    9. ______ महसूल उठाउने (लूका १८:१३)
    10. ______ तपाईं नि?

(क) मानिसको उपाय — धर्मको काम

(ख) परमेश्वरको उपाय — मुक्तिको दान

कैनको उदासीनता

जब परमेश्वरले कैनको बलिदान इन्कार गर्नुभयो, तब दुइटा कुरा भए (उत्पत्ति ४:५):

    1. कैन ज्यादै ____________ (रिसाए, तात्तिए)
    2. कैनको मुख _______________ भयो। यसको मतलब तिनी खिन्न भए, निरुत्साहित बने। तिनलाई औड़ाहा भयो!

Attachment.png

Attachment.png

“म खिन्न छु! किन मलाई यस्तो आइपरेको?”

यदि कैनले ठीक किसिमको बलिदान ल्याएको भए के ऊ उदास बन्नुपर्नेथ्यो? उसले गलती गर्‍यो, यसैकारण उसलाई खिन्न लाग्यो। गलती गराइले गलत भावना उत्पन्न गराउँछ। साथै हामी सिक्नेछौं, उदास भई बसेर समस्याको समाधान हुने होइन

परमेश्वरको समाधानको उपाय

परमेश्वर तुरुन्तै कैनसित कुरा गर्नुभयो; ऊ रिसाउनु आवश्यक छैन, उदास हुनुपर्दैन भनी उहाँले उसलाई बताउनुभयो (उत्पत्ति ४:६-७)। परमेश्वरले उसलाई भन्नुभयो, “यदि तैंले जे ठीक छ त्यो गरिस् भने तँ ग्रहणयोग्य हुँदैनस् र (उत्पत्ति ४:७)?” यस पदलाई हिब्रूबाट अक्षरशः रूपान्तरण यसरी गर्न सकिन्छ:

“यदि तैले जे ठीक छ त्यो गरिस् भने तेरो मुख उचालिनेछैन र?”

कैनको मुख खसेको थियो (उत्पत्ति ४:५) तर परमेश्वरले कैनलाई त्यसको आवश्यक समाधानको उपाय के हो बताउनुभयो! उसको मुख कसरी उचालिन सकिन्छ भनी परमेश्वरले उसलाई बताउनुभयो! उसको मुख उचालिन (उदासीनताबाट छुटकारा पाउन) कैनले के गर्नुपर्थ्यो? ___________________________________________________ ____________________________________।

परमेश्वरले यसो भन्दै हुनुहुन्थ्यो, “तिमीले ठीक काम गरे तिम्रो मन ठीक हुनेछ!” हाम्रो मनका भावनालाई स्वस्थ राख्ने चाबी सरल छ: जीवन ठीक भए, मन ठीक हुन्छ।

उदासीनता भनेको मान्छेलाई एक्कासी छोप्न आउने कुनै विचित्रको शक्ति होइन नत्र ता यसबारे हामीले केही पनि गर्न सक्दैनथ्यौं। परमेश्वरले कैनलाई यसबारे उसले गर्न सक्ने एउटा काम थियो भनी भन्नुभयो — “जे ठीक छ त्यो गर!”

पापको भुमरीमा कैन

कैनले “ठीक” गरेन। उसले उल्टो गर्‍यो। उसले पापमाथि पाप थप्‍यो। उसको समस्या झन् झन् जटिल बन्दै गयो। पापको भुमरीमा परेको कैनको क्रमिक पतनलाई यहाँ विचार गरौं:

Attachment.png

ऊ पापको दलदले हिलोभित्र झन् झन् फस्न थाल्छ। कैनले “ठीक” गर्न इन्कार गरिरह्यो। दाऊद पनि यस्तै पापको भुमरीमा परेका थिए (२ शमूएल ११ मा हेर्नुहोस्)।

Attachment.png

दाऊदले आफ्नो पाप स्वीकार गर्‍यो र पश्चात्ताप गर्‍यो (भजनसङ्ग्रह ५१ र ३२) र फलस्वरूप आफ्नो गिरावटको क्रमलाई रोक्‍न सक्यो। तर कैनले कहिल्यै पाप स्वीकार गरेन, कहिल्यै पश्चात्ताप गरेन।

१ यूहन्ना ३:१२ बाट कैनको बारेमा हामी के सिक्छौं? _____________________________________________________________________________ ____________________________________________________________

भावना

प्रायः जसो मानिसहरू मनका भावना र आवेगको नियन्त्रणमा चल्ने गर्छन् र फलस्वरूप नराम्रै परिणाम भोगिरहेका हुन्छन्। “किन त्यसो गरेको?” भनेर सोध्दा धेरैले “त्यस्तै गरूँ-गरूँ लाग्यो!” भन्ने जवाफ दिन्छन्।

मानौं तपाईं मस्त निद्रामा हुनुहुन्छ र सपनारूपी संसारको आनन्द लिइरहनुभएको छ। एक्कासी घडीको घण्टी सुनिन्छ। तपाईंलाई उठूँ जस्तो लाग्छ कि घण्टीलाई बन्द गरेर अझ केही बेर सुतूँ जस्तो लाग्छ? उठ्नु नै उत्तम हो भनेर तपाईंलाई थाह छ किनकि गर्नुपर्ने कामहरू त्यहाँ छन्। त्यसैले सुतिरहन मन लागे तापनि तपाईं उठ्नुहुन्छ। उठेर दिनचर्या सुरु गर्नुभएको केही बेरपछि नै तपाईंको भावना अघिको भन्दा फरक हुन थाल्छ र आफ्नो भावनालाई नपछ्याएकोमा नै तपाईंलाई खुशी लाग्छ।

भावनाको पछि लागेर सुतिरहनुभएको भए पछिबाट तपाईंलाई खिन्न लाग्नेथ्यो किनकि तपाईंका कामहरू त्यत्तिकै हुनेथिए (तपाईंको अल्छिपनाको कारण)। घण्टी बज्नासाथ उठ्नुभएको भए तपाईंले ती कामहरू पूरा गर्न सक्नुहुनेथ्यो तर सुतिराखेको हुनाले समय ढीलो भइसकेको हुनेछ र फलस्वरूप तपाईंलाई खिन्न लाग्नेछ।

हरेक दिन निर्णय गर्नुपर्ने कुराहरू थुप्रै हुन्छन् जुन निर्णयहरू आफ्ना भावनाका आधारमा नभई परमेश्वरको वचनको आज्ञा भएको आधारमा गर्नुपर्छ। गर्न मन नलाग्ने कुराहरू त्यहाँ थुप्रै हुन्छन्। अब दुइटा तरिकामा जीवन जिउन सकिन्छ। एउटा तरिकाले भन्छ, “म भावनाअनुसार जिउनेछु, मलाई जे गर्न मन लाग्छ त्यही गर्नेछु।” त्यो हो भावनाअनुसार जिउने तरिका। अर्को तरिकाले भन्छ, “म परमेश्वरले भन्नुभएअनुसार जिउनेछु। जुन कुरा सही छ त्योअनुसार म गर्नेछु, मेरो भावनाअनुसार होइन। मनमा जे लाग्यो त्योअनुसार गर्नुको सट्टा म पहिले विचार गर्नेछु र परमेश्वरको वचनमा भरोसा गर्ने निर्णय गर्नेछु।” यो हो विश्वासअनुसार जिउने तरिका (परमेश्वरले आफ्नो वचनमा भन्नुभएअनुसार गर्ने तरिका)। हामी कुन तरिकाले जिऔं त? भावनाले कि विश्वासले?

रोमी १५:१-३ पढ्नुहोस् जहाँ प्रत्येक पदमा खुशी पार्ने भन्ने कुरा उल्लेख छ। हामी आफ्ना स्वाभाविक भावनामा चल्यौं भने हामी कसलाई खुशी पार्नेछौं होला? ____________________।

भोकाएका नोकर

लूका १७:७-८ मा येशूले एउटा सुहाउँदो दृष्टान्त बताउनुभयो। एउटा नोकर दिनभरिको खेतको परिश्रमले बेसरी भोकाएर आएको छ। मालिकले उसलाई खाना पकाएर पस्कने आदेश दिएका छन् र मालिकले खाना खाइसकेपछि मात्र उसले खानपीन गर्न पाउनेछ। आफूले पकाउँदै गरेको खानाको मीठो बास्ना लिँदा उसको भावनाले उसलाई के गरूँ-गरूँ जस्तो बनाउँछ होला? _____________________________________। यसकारण उसले अब एउटा निर्णय गर्नुपर्ने हुन्छ: “म आफ्नो भावनाले भनेझैं गरूँ र अहिले नै खाना खाइदिऊँ कि म आदेश दिएबमोजिम गरूँ?” उसले कुनचाहिँ निर्णय गर्‍यो (लूका १७:९)? ____________________________________________________। पछि, आफ्नो मालिकले भोजन गरिसकेपछि नोकरले आफूले सही निर्णय गरेको र आफ्नो मालिकको इच्छा पूरा गरेको भन्ने कुरामा भित्री सन्तुष्टि र आनन्द लिँदै आफ्नो खाना खान सक्नेछन्। अनि त्यसबेला सम्म त उसलाई भोक पनि झनै लागिसेको हुनाले आफ्नो भोजन उसलाई झनै मीठो लाग्नेछ!

यो पाठ हामीले राम्ररी सिकौं: हामीलाई मन लागोस् वा नलागोस्, हामीले हाम्रा प्रभु र मालिकको आज्ञापालन गर्नैपर्छ! अहिले आज्ञा मानौं अनि पछिबाट मनमा राम्रा-राम्रा भावनाहरू उब्जनेछन्। उहाँको वचन पालन गर्दै मैले परमेश्वरलाई मन पर्ने कुरा गर्नुपर्छ। अरूप्रतिको मेरो प्रतिक्रिया र प्रेम स्वस्थ्य हुन आवश्यक छ जुनचाहिँ आफ्नोभन्दा उनीहरूको भलाइ खोज्दै गरिएका निस्वार्थ कामद्वारा प्रकट हुन्छ। परमेश्वरलाई खुशी पार्ने कामले र अर्कालाई प्रेम गर्नाले राम्रा-राम्रा भावना उब्जन्छन्। सही काम गर्नाले र परमेश्वरको आज्ञा मान्नाले हामी आफ्नो जीवन सार्थक र सन्तोषजनक भएको अनुभूति गर्नेछौं।

१०३ डिग्री फरनहाइटको ज्वोरो

खराब व्यवहारका कारण अर्थात् परमेश्वरको वचनको अवज्ञा गर्दै जिउनाले मान्छे खराब भावनाले ग्रस्त हुन्छन्। हामीमा उब्जेका नराम्रा-नराम्रा भावनाले हाम्रो व्यवहारमा केही गडबडी छ भन्ने कुराको चेताउनी दिइरहेका हुन्छन्! खराब भावना ज्वरो नाप्ने थर्ममीटरको शीशा ९८.६ डिग्री फरनहाइटको रातो रेखा नाघेर १०३ डिग्री पुगेजस्तै हो जुन कुराले कुनै भित्री गडबडीको सङ्केत दिइरहेको हुन्छ (कि मैले परमेश्वरमाथि भरोसा गरिरहेको छैन, उहाँलाई मानिरहेको छैन)। समाधानको उपाय के हो त? के थर्ममिटरलाई फुटाएर समस्या समाधान हुन्छ? कदापि हुँदैन। ऊ डाक्टरकहाँ जानुपर्छ जसले ज्वरोको कारण पत्ता लगाइदिन सक्छ। थर्ममीटरको कुनै दोष छैन! थर्ममीटरले त आफ्नो काम राम्रै गरेको छ। ऊ थर्ममीटरको लागि धन्यवादी हुनुपर्छ किनकि त्यसले उसलाई समयमै आन्तरिक गडबडीको जानकारी दिलाएकोले उसको समस्याको बारेमा केही गर्नुपर्छ भनेर सचेत गराएको छ।

नराम्रा-नराम्रा भावनाले ग्रस्त भएको व्यक्तिको सवालमा भने खास समस्या यो हो कि उसले आफ्नो जीवनमा कुनै निश्चित विषयमा परमेश्वरले भन्नुभएको कुरालाई मानिरहेको छैन। यही पापपूर्ण अवज्ञाको कारण ऊ खराब भावनाले ग्रस्त छ। त्यसको सट्टा राम्रो भावना हुनलाई उसले जे ठीक छ त्यही गर्नुपर्छ (उत्पत्ति ४:७) अर्थात् उसले परमेश्वरले आफ्नो वचनमा भन्नुभएको कुरालाई शिरोपर गर्नुपर्छ।

ठीक तरिकाले जीवन जिउँदा मनमा असल भावनाहरू उब्जन्छन्। बेठीक तरिकाले जिउँदा खिन्नता, आफू दोषी भएको भावना, फिक्री, शोक, निरुत्साह, रिस आदि जस्ता भावना उब्जन्छन्। म खराब भावनाले ग्रस्त भएको छु भने म परमेश्वरको वचन विपरित हिँडिरहेको छु भन्ने कुराको चेताउनी पाइरहेको छु भन्ने बुझ्नुपर्छ र सचेत हुनुपर्छ (यदि उक्त खराब भावना कुनै रोग बिमार जस्ता शारीरिक समस्याबाट उब्जेको होइन भने)।

कैनले सिक्न नसकेको पाठ हामी सिकौं! “तिमीले जे ठीक छ त्यो गर्‍यौ भने, तिम्रो मुख उचालिने छैन र?”

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)