यूहन्ना र रोमीबाट मुक्तिको सुसमाचार

यूहन्ना र रोमीबाट मुक्तिको सुसमाचार

 

उल्लेखित बाइबल पदहरूलाई पढ्नुभई निम्न प्रश्नका उत्तरहरू लेख्‍नुहोस्। सबै पदहरू बाइबलको यूहन्ना र रोमी नामक पुस्तकहरूमा छन्। तपाईंले कार्यपत्रलाई पूरा गर्नुभई हाम्रो ठेगानामा पठाउनुभयो भने यसलाई जाँचेर तपाईंलाई फिर्ता पठाइनेछ र साथै तपाईंलाई अरू बाइबल अध्ययन सामग्रीहरू पनि पठाइनेछ।

तपाईंको नाम र ठेगाना:
__________________________________________
__________________________________________
__________________________________________
__________________________________________

मानिसको समस्या

संसारमा धर्मी मानिसहरू कतिजना छन् (रोमी ३:१०)? ____________________। कतिजनाले असल गर्दछन् (परमेश्वरको मूल्याङ्कनमा असल)? (रोमी ३:१२ पढ्नुहोस्) ____________________। कतिजना मानिसहरू पापी छन् (रोमी ३:२३)? _________। एउटै मात्र पापरहित व्यक्ति को हुनुहुन्छ जसले सबै कुरामा सधैं परमेश्वरलाई खुशी पार्नुभयो (यूहन्ना ८:२९)? _______________। परमेश्वरको सामु को-को दोषी छन् (रोमी ३:१९)? __________ ____________________।

मानिसहरूले _____________लाई भन्दा __________________लाई प्रेम गर्दछन् (यूहन्ना ३:१९-२०)। परमेश्वरले यी मानिसका “कामहरू” लाई कुन शब्दले बयान गर्नुहुन्छ (यूहन्ना ३:१९)? ____________। प्रभु येशूको अनुसार, कतिजनाले परमेश्वरको पवित्र व्यवस्थालाई (जस्तै, दस आज्ञालाई) सिद्धरूपमा बास्तवमै पालना गर्दछन् (यूहन्ना ७:१९)? _____________________।

पापरहित मानिसहरू कतिजना छन् (पढ्नुहोस्, यूहन्ना ८:७-१०)? ____________ ____________। कुन मानिस पापको दास हो (यूहन्ना ८:३४)? ____________________ _____________।

रोमी १:२९-३१ मा उल्लेखित पापको सूचीलाई पढ्नुहुँदा आफूले तीमध्ये कम्तीमा एक वा बढी पाप आफ्नो जीवनमा गरेकै छु भन्ने कुरामा के तपाईं सहमत हुनुहुन्छ? __________। पद ३२ ले बताउँछ, “यस्ता-यस्ता काम गर्नेहरू _________________ पाउन __________ हुन्छन्।” के तपाईं मृत्युदण्ड पाउन लायक हुनुहुन्छ? _______________।

“पापको ज्याला” के हो (रोमी ६:२३)? _______________। “ज्याला” भनेको गरिएको काम बापत कामाइएको प्रतिफल हो। रोमी ६:२३ अनुसार, प्रत्येक पापीले आफ्नो निम्ति कुन दण्ड कमाएको छ? ______________।

टिप्पणी: मृत्यु हुनु भनेको अलग हुनु हो। शारीरिक मृत्युमा शरीरबाट प्राण अलग हुन्छ। रोमी ६:२३ ले आत्मिक मृत्युको कुरा गर्दछ जसमा मानिस परमेश्वरदेखि अलग हुनेछ र उहाँबाट दण्ड पाउनेछ।

परमेश्वरको उपाय

मानिसलाई पापबाट स्वतन्त्र पार्न सक्ने एउटै व्यक्ति को हुनुहुन्छ (यूहन्ना ८:३६)? ____________________।

यी व्यक्ति को हुन्?

उहाँ परमेश्वरसित हुनुहुन्थ्यो र त्यति मात्र नभएर उहाँ ________________ हुनुहुन्थ्यो (यूहन्ना १:१)।

उहाँ “सर्वोच्च, सदासर्वदा धन्य ________________ हुनुहुन्छ” (रोमी ९:५)। उहाँले एक पटक भन्नुभयो, “म र मेरा पिता _________ हौं” (यूहन्ना १०:३०)। सबै कुराहरू उहाँद्वारा ____________ (यूहन्ना १:३)। उहाँ संसारका ______________ ____________ हुनुहुन्छ (यूहन्ना ४:४२)। उहाँ “________________का _________ ख्री_____ हुनुहुन्छ” (यूहन्ना ११:२७)। साथै उहाँलाई “यहूदीहरूका _________” (यूहन्ना १९:१९) पनि भनिएको छ। थोमाले उहाँसित एक पटक बोल्दा उहाँलाई “मेरा __________ र मेरा _________” (यूहन्ना २०:२८) भनी सम्बोधन गरे। यूहन्नाको सुसमाचार किन लेखिएको थियो (यूहन्ना २०:३१)? ___________________________________________________ __________________________________________________ __________________________________________।

येशूले आफू को हुँ भनेर भन्नुभयो?

  • यूहन्ना ६:३५ ” _____________________________________ म नै हुँ”
  • यूहन्ना ८:१२ ” ______________________________________ म नै हुँ”
  • यूहन्ना १०:९ ” ______________________________________ म नै हुँ”
  • यूहन्ना १०:११ ” _____________________________________ म नै हुँ”
  • यूहन्ना ११:२५ ” _____________________________________ म नै हुँ”
  • यूहन्ना ८:५८ ” अब्राहाम हुनुभन्दा पहिले _______ _______”

देहधारण

पापी मानिसका लागि परमेश्वरले एउटा अचम्मको प्रबन्ध गर्नुभएको छ: “वचन (येशू ख्रीष्ट) श________ हुनुभयो र हाम्रा माझमा…वास गर्नुभयो” (यूहन्ना १:१४)। परमेश्वरको अनन्त पुत्र शरीरअनुसार ____________को _______बाट जन्मनुभयो” (रोमी १:३)। परमेश्वर मानिस बन्नुभयो अनि उहाँ संसारका मु___________ (यूहन्ना ४:४२) हुनका निम्ति पठाइनुभयो। परमेश्वरले आफ्नो पुत्रलाई संसारलाई _________ ठहर्याउनका लागि नभएर संसारले उहाँद्वारा __________ पाओस् भनेर संसारमा पठाउनुभयो (यूहन्ना ३:१७)। प्रभु येशू संसारमा किन आउनुभयो (यूहन्ना १२:४७)? _______________________________________।

पापीको सट्टामा उहाँको बलिरूपी मृत्यु

हामीहरू मृत्युदण्ड पाउन लायक दोषी पापीहरू भए तापनि ख्रीष्टले हाम्रा निम्ति के गरिदिनुभयो (रोमी ५:८)? _____________________________________। ख्रीष्ट कस्ता खालका मानिसहरूका निम्ति मर्नुभयो (रोमी ५:६)? ____________________। उक्त बयानले के तपाईंलाई पनि समेट्छ? ____________________। संसारलाई परमेश्वरको प्रेमको वरदान के हो (यूहन्ना ३:१६)? ___________________________। के येशू क्रूसमा साँच्ची नै मर्नुभएको हो (यूहन्ना १९:३०-३५)? _____________।

म एउटा दोषपूर्ण पापी हुँ (रोमी ३:२३) र म परमेश्वरबाटको मृत्युदण्ड पाउन लायक छु (रोमी ६:२३)। प्रभु येशू राजीखुशीसाथ र प्रेमका साथ मेरो सट्टामा मर्नुभयो। उहाँले मेरो स्थान लिनुभयो र मेरो निम्ति मृत्युदण्ड सहनुभयो! मलाई बचाउन उहाँ मर्नुभयो!

रित्तो चिहान

मुक्ति पाउन एउटा व्यक्तिले विश्वास गर्नुपर्ने कुरा के हो (रोमी १०:९)? _________________ ________________________________ ____________________________________। के येशू मरेकाहरूबाट साँच्ची नै बौरिउठ्नुभयो (यूहन्ना २० र २१ अध्यायहरू)? _____________। के “शंकालु थोमा” पछि “विश्वस्त थोमा” बने (यूहन्ना २०:२४-२९)? ___________। येशू जीवित हुनुहुन्छ भनी थोमा कसरी पक्का भए (यूहन्ना २०:२९)? ________________________________ ______________________________।

जुन कुराको विषयमा थोमाले निश्चयता पाए, त्यसैलाई विश्वास गर्न के परमेश्वरले तपाईंलाई आवश्यक तथ्यहरूको ज्ञान दिनुभएको छ (यूहन्ना २०:२९-३१)? ___________________।

खुशीको खबर यो हो, “प्रभु येशू हाम्रा अपराधहरूका निम्ति ___________________, र हाम्रा धार्मिकताका निम्ति ____________________ (रोमी ४:२५)।

हाम्रो जिम्मेवारी

अनन्त जीवन के हो (यूहन्ना १७:३)? _________________________________________ ___________________________________________________। येशू ख्रीष्टसित एक अति वास्तविक र अति व्यक्तिगत सम्बन्ध हुनु नै अनन्त जीवन हो। मुक्ति भनेको धर्म होइन तर यो त एउटा सम्बन्ध हो। अनन्त जीवन प्राप्‍त गर्न एक व्यक्तिले के गर्नुपर्छ (यूहन्ना ३:१६; ६:४७)? _________________________________________________।

धेरैसित अनन्त जीवन हुँदैन किनभने उनीहरू उहाँकहाँ आ________ अस्वीकार गर्छन् (यूहन्ना ५:४०।

यूहन्ना ३:१८ पढ्नुहोस्। यस पदले विश्वास गर्ने व्यक्तिको बारेमा के बताउँछ? _________________________________________________________। यस पदले विश्वास नगर्ने व्यक्तिको बारेमा के बताउँछ? _______________________________________________________ _________________________________।

यूहन्ना ३:३६ पढ्नुहोस्। यस पदले विश्वास गर्ने व्यक्तिको बारेमा के बताउँछ? _________________________________________________________। यस पदले विश्वास नगर्ने व्यक्तिको बारेमा के बताउँछ? _______________________________________________________ __________________________________।

स्वर्ग भन्ने ठाउँ के वास्तवमै छ (यूहन्ना १४:१-३)? __________। त्यहाँ पुग्नलाई एउटै मात्र उपाय कुन हो (यूहन्ना १४:६)? __________________________।

ख्रीष्टमा विश्वास नगर्नेहरूलाई र आफ्नो पूरा भरोसा उहाँमा राख्‍न अस्वीकार गर्नेहरूलाई के हुनेछ (यूहन्ना ८:२४; यूहन्ना ३:१६ सित तुलना गर्नुहोस्)? _________ _____________________________________________________।

परमेश्वरको सन्तान बन्न एक व्यक्तिले के गर्नुपर्छ (यूहन्ना १:१२)? _________ ______________________________________________________।

परमेश्वरको प्रतिज्ञा

परमेश्वरले आफ्नो वचन पवित्र बाइबलमा दिनुभएका मुक्ति सम्बन्धी निम्न प्रतिज्ञाहरूलाई विचार गर्नुहोस्:

  • यूहन्ना ३:१६ – पापीले ख्रीष्टमा विश्वास गर्नुपर्छ। पापीलाई परमेश्वरको प्रतिज्ञा छ, ऊ नष्ट हुनेछैन तर अनन्त जीवन पाउनेछ।
  • यूहन्ना ५:२४ – पापीले _______________________________________________ ________________________ गर्नुपर्छ। विश्वास गर्ने पापीलाई परमेश्वरले तीनओटा प्रतिज्ञा दिनुहुन्छ:

    ऊसँग _______________________ हुन्छ
    ऊ ____________ मा पर्नेछैन
    ऊ _______ बाट _________मा सर्नेछ
  • यूहन्ना ६:३५ – पापीले के गर्नुपर्छ? _________________________________________ _______________________।
  • यूहन्ना ६:३७ – विश्वाससाथ ख्रीष्टकहाँ आउने पापीलाई परमेश्वरको प्रतिज्ञा के छ? __________________________________________।
  • रोमी १०:९ – पापीले के गर्नुपर्छ? _________________________________________ __________________________________________। परमेश्वरको प्रतिज्ञा के छ? ____________________________________।
  • रोमी १०:१४ – मुक्तिका निम्ति उहाँको नामलाई पुकार्ने व्यक्तिलाई परमेश्वरको प्रतिज्ञा के छ? ________________________________________________।

के प्रभु येशू ख्रीष्ट तपाईंको व्यक्तिगत मुक्तिदाता र प्रभु हुनुहुन्छ? _____________। के तपाईंले व्यक्तिगत रूपमा उहाँलाई ग्रहण गर्नुभयो (लिनुभयो) (यूहन्ना १:१२)? _____________।

बाइबल एक अद्‍भुत पुस्तक

बाइबल एक अद्‍भुत पुस्तक

बाइबलको ईश्वरीय उद्‍भवको प्रमाण

डेविड डनलाप

“बाइबल अरू पुस्तक जस्तो होइन” — यो भनाइ खास अपुग छ, तरैपनि सत्य! बाइबल, संसारको इतिहासमा सबभन्दा प्रिय पुस्तक हो भने सबभन्दा घृणित पनि। छापाखानाको आविष्कारपछि सर्वप्रथम मुद्रित पुस्तक बाइबल नै हो र पनि आजसम्म संसारमा अधिकतम संख्यामा विक्री हुने पुस्तक यही हो, त्यो पनि संसारको झण्डै सबै भाषाहरूमा। यसका दाबीहरू, सत्यताहरू र भविष्यवाणीहरू अद्वित्तीय र प्रभावशाली छन् र तिनमा जीवनलाई बदल्ने सामर्थ्य लुकेको छ। यसैकारण परमेश्वरले आफ्नो वचनलाई जिउँदो (हिब्रू ४:१२) को संज्ञा दिनुभएको छ! साथै परमेश्वरले आफ्नो वचनको संरचनामा जीवन-तत्त्व समावेश गर्नुभएको छ। शताब्दियौंदेखि परमेश्वरले यी पवित्र शास्त्रहरूद्वारा हरेक युग र संस्कृतिका मानिसहरूका हृदयहरूलाई खिँच्दै आउनुभएको छ — गरिब र धनी, घमण्डी र नम्र, शिक्षित र अनपढ। बाइबलले सिकाएका र समर्थन गरेका कुराहरू अद्‍भुतरूपमा अचूक छन्। बाइबलको मूल सन्देश मुक्तिको सन्देश हो। तरैपनि इतिहास, प्रकृति, विज्ञान वा पुरातत्त्वको विषयलाई छुँदा बाइबलको ज्ञान अग्रणी स्थानमा रहेको पाइन्छ जुन ज्ञान साँचो र सत्यापनीय भएको पाइन्छ। जीवनका सबभन्दा गहन प्रश्‍नहरूको जवाफ खोज्नेले बाइबलको बुद्धि, ज्ञान र नैतिक सिद्धान्तहरू देखेर यिनैलाई बाइबलको ईश्वरीय उद्‍भवको प्रमाणस्वरूप पाउँदछ। बाइबल भनिने यस अद्‍भुत वास्तविकताको सन्तोषजनक व्याख्या एउटै मात्र छ — यो परमेश्वरकै प्रेरणाबाट दिइएको पुस्तक हो।

बाइबल परमेश्वरको प्रेरणाबाट दिइएको

“सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो र शिक्षाका लागि, भूलदोष देखाउनका लागि, सुधारका लागि र धार्मिकताको तालिमका लागि लाभदायक छ” (२ तिमोथी ३:१६)। बाइबल ईश्वरीय प्रेरणाबाट आएको हो भन्नुको तात्पर्य के हो? उक्त प्रेरणाको लम्बाइ र चौडाइ व्यक्त गर्न “पूर्ण” र “शाब्दिक” जस्ता व्याख्यात्मक शब्दहरू प्रयोग गरिन्छन्। “पूर्ण” शब्दले बाइबलको प्रत्येक पुस्तक, अध्याय र पदलाई सङ्केत गर्दछ। “शाब्दिक” ले चाहिँ बाइबलको प्रत्येक शब्द नै ईश्वर-प्रेरित हो भन्ने तथ्यलाई जनाउँछ। तसर्थ, प्रेरणाको माने बाइबलका मानवीय लेखकहरूमाथिको पवित्र आत्माको अलौकिक प्रभाव हो जुन प्रभावले गर्दा उनीहरूका सम्पूर्ण लेखोटहरू सत्य, अचूक र त्रुटिरहित रहन्छन्। तरैपनि, यो उल्लेखनीय छ कि बाइबलले आफ्नो प्रेरणाको तथ्यलाई प्रस्टै उल्लेख गरे तापनि यसले आफ्नो प्रेरणाको पक्षमा कहिल्यै बहस गर्न खोज्दैन। कसै-कसैले यस असङ्गति [paradox] लाई देखेर ताजुब मानेका छन्। एकपटक लोकप्रिय बाइबल शिक्षक सी एच म्याकिन्टोश (१८२०-१८९६) लाई सोधियो, किन बाइबलले आफ्नो प्रेरणाको पक्षमा बहस गर्दैन? उनले जवाफ दिए, “त्यो त सूर्य चम्किरहेको छ कि छैन भनेर प्रमाणित गर्न एउटा टर्च-लाइटलाई आकाशतिर देखाए बराबर हुन्छ!” भनाइको तात्पर्य यो थियो कि बाइबल आफै नै सर्वोत्तम प्रमाण हो। त्यसो भए तापनि बाइबलको शुरूदेखि अन्तसम्म नै अद्वित्तीय र अनन्त परमेश्वरकै लक्ष्यण भेटिन्छ।

अविनाशी पुस्तक बाइबल

कुनै पुस्तक विशेष छ भने त्यो पच्चीस वर्षसम्म पनि छापिन सक्छ। जुनचाहिँ एक शताब्दिभरि पढिन्छ त्यसलाई असाधारणमा गन्नु पर्छ, तर एक हजार वर्षसम्म रहिरहने पुस्तकहरू त एकदम थोरै हुन्छन्। तरैपनि बाइबल हजारौं वर्षदेखि संसारमै सबभन्दा लोकप्रिय पुस्तक बन्न सफल भएको छ यद्यपि पटक-पटक यसलाई आक्रमण गर्न र निमिट्यान्न पार्न भएभरको जमर्को गरिएको कुरा इतिहासले बताउँदछ।

रोमी सम्राट डायोक्लेटियन (ई सं ३०३) को समयदेखि लिएर शताब्दियौंभरि हाम्रै समयसम्म, थुप्रैले बाइबललाई संसारबाटै निमिट्यान्न पार्न प्रयास गरेका छन्। सैनिक शक्ति र दमनद्वारा रोमी साम्राज्य, क्याथोलिक चर्च, कम्युनिष्ट सरकारहरू लगायत मुस्लिम सरकारहरूले बाइबललाई आक्रमण गर्न र नष्ट गर्न खोजेका छन्। तर उनीहरूले हासिल गरेको सफलता न्यून छ। अठारौं शताब्दिमा बाइबलले भोल्टेयर, थोमस पेन आदि जस्ता “इनलाइटनमेन्ट” स्केप्टिक र नास्तिक दार्शनिकहरूको आक्रमण खप्यो। तर उनीहरूको प्रयास झनै कम प्रभावशाली भेटियो। फ्रान्सेली मानववादी [humanist] भोल्टेयरले एकपटक घोषणा गरे, “अबको पचास वर्षभित्रमा संसारबाट बाइबलको नाम निशाना मेटिनेछ।” तर भोल्टेयरको मृत्यु भएको पचास वर्षपछि, भोल्टेयर बसेकै घरबाट त्यहाँ भएको उनकै छापाखाना प्रयोग गरी जेनेभा बाइबल सोसाइटीले धमाधम बाइबलहरू छाप्न थाले। त्यस्ता आक्रमणले बाइबलमाथिको विश्वासलाई कमजोर तुल्याएन बरु झन् मजबुत तुल्यायो। विश्वासको खातिर कठोर सतावट भोग्ने फ्रान्सेली ह्युगनटहरूले बाइबल र इसाईमतलाई तीन कामदारहरूको घनको प्रहारमुनि रहेको फलामको अचानोसित तुलना गरेर चित्र कोरेका छन् जसमुनि निम्न शब्दहरू कुँदिएका छन्:

“घन जति बजार्छन्
र स्वर जति उचाल्छन्,
त्यति नै तिनीहरूले,
आफ्ना घन खियाउँछन्!”

परमेश्वरको वचन अविनाशी छ भन्ने तथ्य आजको दिनसम्मै पुष्टि भएको छ। बाइबलले हामीलाई याद गराउँदछ, “घास ओइलिहाल्छ, र फूल झरिहाल्छ, तर परमेश्वरको वचन सदासर्वदा रहिरहन्छ” (१ पत्रुस १:२४-२५)।

पुरातात्त्विक प्रमाण

पुरातत्त्व विज्ञानको विस्तृत अन्वेषण र कैयौं आविष्कारहरूले बाइबलीय घटनाहरूको वास्तविकतालाई समर्थन गरेको पाइन्छ। पुस्तौंदेखि आलोचकहरूले बाइबलीय घटनाहरूको ऐतिहासिकता र सत्यताको खिल्ली उडाउँदै आए। तर, गत पच्चीस वर्ष यताका पुरातत्त्वका आविष्कारहरूले बाइबल ठीक तर उदारवादी विद्वानहरू बेठीक प्रमाणित गरेको छ। बीसौं शताब्दीका सर्वोत्कृष्ट यहूदी उत्खनक डा नेल्सन ग्लुएकले यसरी लेखेका छन्:

निर्विवादरूपमा यो भन्न सकिन्छ कि पुरातत्त्वको कुनै पनि आविष्कारले बाइबलको एउटै बुँदालाई समेत खण्डन गरेको छैन। बरु थुप्रै पुरातात्त्विक आविष्कारहरू प्रकाशमा आएका छन् जसले बाइबलका ऐतिहासिक कथनहरूलाई प्रस्ट रूपरेखामा वा पक्का प्रतिरूपमा समर्थन गरेको पाइएको छ।(१)

बाइबलीय अभिलेखको पुरातात्त्विक समर्थनको उत्तम उदाहरणस्वरूप हेरोदको शासनकालीन जनगणनालाई लिन सकिन्छ जुनचाहिँ कुरेनियस सिरियाका राज्यपाल हुँदा सम्पन्न भएको थियो। पुस्तौंसम्म उदारवादी विद्वानहरूले त्यस्ता जनगणनाहरू अवास्तविक हुन् भनी खिल्ली उडाए। उनीहरूको तर्क यो थियो: कुनै पनि सरकारले आफ्ना सम्पूर्ण नागरिकहरूलाई आ-आफ्ना जन्मस्थानमा जबरदस्ती कसरी पठाउन सक्लान् र? उनीहरूले बाइबल विश्वास गर्ने इसाईहरूलाई त्यस्तो जनगणना प्राचीन मध्यपूर्वमा भएको थियो भन्ने प्रमाण निकाल्न चुनौती समेत दिए। तर, गत केही वर्षहरूमा लेखोटहरू भेटिएका छन् जसले त्यस्ता जनगणनाहरूलाई समर्थन गर्दछन्। ख्रीष्टियन विद्वान डा जोन म्याकरेले, आफ्नो पुस्तक आर्किअलजी एण्ड द न्यू टेस्टामेन्ट (पुरातत्त्व र नयाँ नियम) मा पहिलो शताब्दीबाटको एउटा लेखोट प्रस्तुत गर्नुहुन्छ जसमा यसरी लेखिएको छ:

मिश्रका अधिपति गायस भिबियस म्याक्सिमस [बाट]: घर-घरको जनगणना लिने समय अब आइपुगेको हुनाले कारणवश आ-आफ्नो इलाकाबाहिर बसोबास गरिरहेका सबैलाई आ-आफ्नै घरमा फर्कनलाई बाध्य गराउन आवश्यक परेको छ ताकि उनीहरूले गणनाको नियमित काम पूरा गरून् र साथै आ-आफ्नो भूमिको खेतीपातीमा यत्‍नपूर्वक ध्यान दिऊन्।(२)

यो लगायत अन्य थुप्रै आविष्कारहरूले पवित्र शास्त्रको साँचोपनलाई समर्थन गर्दछ। बाइबलको अभिलेखलाई थप समर्थन गर्ने केही पुरातात्त्विक नव-आविष्कारहरू यस प्रकार छन्: एल्बा शीलालेखहरू, हित्ती साम्राज्य, येरीहोका पर्खालहरू, “चौतारा” (येशूलाई न्याय गरिएको स्थान) र बेथसैदाको पोखरीको अस्तित्व।

सप्रमाणताको जाँच

इसाई बाइबल विद्वानहरूले बाइबलको विश्वस्तता देखाउनलाई बाइबलका पाण्डुलिपिहरूको “सप्रमाणताको जाँच” लाई प्रमुख आधारशिलाको रूपमा औंल्याउने गरेका छन्। सप्रमाणताको जाँच (Authenticity Test) अनुसार कुनै लेखोटको सकलीपन, मूल हस्तलिखित गुरुकापीबाट उतारिएका प्रतिलिपिहरूको संख्या, मूल गुरुकापी तथा प्रतिलिपिहरूका बीचको समयावधि र प्रतिलिपिहरूका बीचको असङ्गतिको परिमाणको आधारमा निर्धारण गरिन्छ। यस जाँचअनुसार दौंतरी लेखोटहरूको तुलनामा बाइबलको नयाँ नियम सबभन्दा सकली लेखोट ठहर्दछ। हालसम्म नयाँ नियमका २०,००० हस्तलिखित प्रतिलिपिहरू अस्तित्वमा रहेका छन् भने पाण्डुलिपि संख्यामा नयाँ नियमपछि दोस्रो स्थान ओगट्ने होमरको इलियदको मात्र ६४३ प्रतिलिपिहरू छन्। अझ, नयाँ नियम पाण्डुलिपिहरूमध्ये सबभन्दा पुराना प्रतिलिपिहरू मौलिक रचना गरिएको समयको अत्यन्तै नजिकका छन्। साथै पाण्डुलिपिहरूबीच मात्र २% भिन्नता रहेको पाइन्छ जुनचाहिँ अधिकांशरूपमा हिज्जे र बिराम चिन्ह (punctuation) जस्ता सामान्य कुरामा सीमित छन्! पाण्डुलिपिहरूबीचको कुनै पनि अन्तरले इसाई विश्वासको एउटै पनि आधारभूत बुँदालाई फेरफार गर्दैन। यसैकारण ब्रिटिश म्युजियम (सङ्ग्रहालय) का भूतपूर्व निर्देशक तथा नयाँ नियम लेखोटका विद्वान, सर फ्रेडरिक जी केन्यनले यसरी भनेका छन्:

मौलिक रचना र त्यसको सबभन्दा पुरानो प्रमाणका मितिहरूबीचको समयावधि यति सानो छ कि त्यो वास्तवमै नगण्य छ जसको कारण पवित्र शास्त्र हामीकहाँ दुरुस्तै आइपुगेको छ भन्ने तथ्यमाथि उठ्न सक्ने शंकाको रहलपहल अंश समेत अब हटिसकेको छ। नयाँ नियमका पुस्तकहरूको सप्रमाणता र साँचोपना (integrity) दुवै अपरिवर्तनीयरूपमा स्थापित भएको मान्न सकिन्छ।(३)

तसर्थ, सप्रमाणताको जाँचले बाइबलको नयाँ नियमलाई प्राचीन उत्कृष्ट साहित्यमा सबभन्दा विश्वसनीय लेखोटको रूपमा रहेको प्रमाण दिन्छ! तर अन्य प्रतिष्ठित साहित्यको पाण्डुलिपिहरूलाई हेर्दा उल्लेखनीय अन्तर पाउँदछौं। उदाहरणको लागि, ट्यासीटसको एनल्स (Tacitus’s Annals) को सबभन्दा पुरानो प्रतिलिप त्यसको मौलिक रचनाभन्दा १,००० वर्ष पछिको छ अनि जम्मा प्रतिलिपिहरू संख्यामा आज २० ओटा मात्र छन्। त्यस्तै गरी सुटोनीयसको द ट्वेल्भ सिजर्स (Suetonius’s The Twelve Ceasars) को सबभन्दा पुरानो प्रतिलिपि त्यसको मौलिक रचनाभन्दा ८०० वर्ष पछिको छ अनि प्रतिलिपिहरू संख्यामा जम्मा ८ ओटा मात्र छन्। तुलनामा नयाँ नियमका सबभन्दा पुराना प्रतिलिपिहरू मौलिक रचनाको ५० वर्षभित्रै लेखिए अनि पाण्डुलिपिहरूको जम्मा संख्या आज झण्डै २४,००० पुगिसकेको छ।

मृत-सागरका चर्मपत्रहरू

१९४७ मा आफ्नो हराएको बाख्रा खोज्दै गरेको एउटा गोठाला ठिटोले पाण्डुलिपि इतिहासमै एक उच्चतम महत्त्वको आविष्कार गरे। मृत-सागरको उत्तर-पश्चिमी तटतिर फर्केको चुनढुङ्गाको गुफाहरूमा उनले ९०० भन्दा बढी हस्तलेखहरू भेट्टाए जसमा बाइबलीय र गैर-बाइबलीय गरी ३५० ओटा बेग्लाबेग्लै कृतिहरू पाइए। एउटै गुफामा मात्र ५२० ओटा गुरुकापीहरू भेटिए जो ई पू तेस्रो शताब्दीसम्म पुराना थिए। ती चर्मपत्रका मुठाहरूमा पुरानो नियमका पुस्तकहरूमध्ये एस्तरको बाहेक सबै पुस्तकहरूका प्रतिलिपिहरू भेटिए। १९४७ मा यी चर्मपत्रहरू प्रकाशमा नआएसम्म पूर्ण पुरानो नियमको सबभन्दा पुरानो पाण्डुलिपि ई सं ९०० वरिपरिको मात्र थियो। कुमरानको गुफा #१ मा भेटिएको ई पू १२५ मितिको भनी ठहरिएको एउटा मृत-सागर चर्मपत्रको मुठामा यशैयाको पूरै अगमवाणी रहेको पाइयो। उक्त मुठा त्यसबेलासम्म उपलब्ध कुनै पनि पाण्डुलिपि (म्यासोरेटिक टेक्स्ट) भन्दा १,००० वर्ष अघि लेखिएको थियो। गजबको कुरा के भने, अघिल्लो र पछिल्लो लेखोटहरूलाई परस्पर तुलना गर्दा ९५% दुरुस्तै भेटिए। बाँकी ५% अन्तर केवल हिज्जे, व्याकरण र चिन्ह [punctuation] को तलमाथिमा सीमित रहेको पाइयो। मृत-सागर चर्मपत्रहरूको आविष्कारले प्रतिलिपिहरूको शुद्धताको निम्ति पुरानो नियम पवित्र शास्त्रका यहूदी लेखनदासहरूको असाधारण समर्पणता प्रकट गर्दछ। यी प्राचीन लेखोटहरू हाम्रा वर्तमान बाइबलसित यति विधि मिलेको देख्दा आलोचक तथा अविश्वासीहरू स्तब्ध भए। यसरी नयाँ नियम पाण्डुलिपिहरूको नयाँ अनुसन्धान (textual research) लगायत मृत-सागर चर्मपत्रहरूले सबै मुनासीब शंकालाई पन्छाएको छ र बाइबलको अपूर्व शुद्धतालाई प्रमाणित गरेको छ।

भविष्यवाणीको प्रमाण

बाइबलका भविष्यवाणीहरू यस पुस्तकको ईश्वरीय-उद्‍भवको सर्वोत्कृष्ट हृदयग्राही प्रमाणहरूमध्ये एउटा हो। बाइबलका करिब ३,८५६ पदहरू प्रत्यक्ष वा अप्रत्यक्षरूपमा भविष्यवाणीसित सम्बन्धित छन् — प्रत्येक ६ ओटामा एउटा पदले भावी घटनाहरू बताउँदछ। दुवै पुरानो र नयाँ नियमले भावी विश्व घटनाहरूको ईश्वरीय प्रकाश प्रस्तुत गर्दछन्। टायरको विनाश, यरुशलेमको आक्रमण, बेबिलोन र रोमको पतन — प्रत्येक नै बाइबलमा किटानसाथ भविष्यवाणी गरिएका थिए र तिनमा उल्लेखित सानो भन्दा सानो बुँदा समेत हुबहु पूरा भए। यस तथ्यलाई लिएर तुलनात्मक अध्ययन गर्दा विश्वका अन्य धर्महरूको दाँजोमा बाइबलको अलग्गै स्थान देखिन्छ। बुद्ध धर्म, हिन्दु धर्म, इस्लाम धर्म र कन्फ्युसियस धर्म प्रत्येकको आफ्नै धर्मग्रन्थ छ, तर उल्लेखनीय कुरा के भने ती शास्त्रहरूमा भविष्यवाणी पाइँदैन। मानौं परमेश्वरले यही सत्यतालाई आधार बनाएर आफूलाई संसारका “ईश्वर” भनाउँदाहरूदेखि पृथक राख्‍नुहुन्छ। संसारलाई परमेश्वरको चुनौती यस प्रकार छ — “मजस्तै को छ र? त्यसले घोषणा गरोस्। त्यसले बताओस् र मेरो अगि राखोस्… जे हुन आउँछ त्यसले हामीलाई अघिबाटै बताओस्… तर मैले भन्ने कुरा म, परमप्रभु आफैले नै भन्नेछु, र त्यो ढीलो नभई पूरा हुनेछ। मैले भनेको कुरा म पूरा गर्नेछु” (यशैया ४४:७, इजकिएल १२:२५, २४:१४; यर्मिया २८:९)। तुलनामा जुनसुकै भाषाको एउटै पनि मानवीय कृति बाइबलको बनोट र संरचनाको अलिकति पनि नजिक आउन सक्दैन। यथार्थ यही हो — केवल एक सर्वज्ञानी विचारकर्ताले मात्र यस पुस्तकहरूको पनि पुस्तकको रचना गर्न सम्भव थियो।

निष्कर्ष

बाइबल परमेश्वरबाटै दिइएको हो भन्ने कुराको समर्थन गर्ने प्रमाणहरूको सँगालो वृहत् र विश्वसनीय छ। पवित्र शास्त्रको ऐतिहासिक, वैज्ञानिक र नैतिक प्रमाण एक अल्गो र अटल गढी जस्तै खडा छ। तथापि उदारवादी आलोचक र अविश्वासीहरूले यसमाथि हमला नगरेका होइनन्, यसलाई चुनौतीहरू नदिएका होइनन् तरैपनि पवित्र शास्त्रको सत्यतालाई कमजोर तुल्याउन तीमध्ये एउटै प्रयास पनि सफल भएको छैन। बाइबल एक विश्वव्यापी सन्देश बोकेको पुस्तक हो जुन सन्देश सबै मानिसका लागि हो। यो एउटै मात्र पुस्तक हो जसमा दुवै बालक र विद्वानले उत्तिकै आनन्द लिन सक्दछ। यसको सरल, जीवन परिवर्तन गर्ने शक्तिले राष्ट्रिय सीमानाहरू, सांस्कृतिक पर्खालहरू र भाषीय भिन्नताहरूलाई पार गरेर करोडौंलाई शान्ति, आनन्द र क्षमा ल्याउँदछ। बाइबलले मात्र खराब मान्छेलाई सज्जन बनाउँदछ र विद्रोहीलाई पवित्र जन बनाउँदछ। बाइबलको सबभन्दा ठूलो प्रमाणचाहिँ यसले तपाईंमा ल्याउन सक्ने जीवनको परिवर्तन हो।

उद्धृत रचनाहरू

(१) डा नेल्सलन ग्लुएक, रिभर्स इन द डेजर्ट, (न्यू योर्क, न्यू योर्क: ग्रोभ, १९६०), पृष्ठ ३१

(२) डा जन म्याकरे, आर्किअलजि एण्ड द न्यू टेस्टामेन्ट, (ग्र्याण्ड र्‍यापिड्स्, मिशिगन: बेकर, १९९१), पृष्ठ १५५

(३) फ्रेडरिक जे केन्यन, द स्टोरि अफ द बाइबल, (ग्र्याण्ड र्‍यापिड्स्, मिशिगन: अर्डम्यान्स्, १९६७), पृष्ठ १३३

के म एउटा साँचो विश्वासी हुँ ?

के म एउटा साँचो विश्वासी हुँ ?

 

यस संक्षिप्‍त अध्ययनमा हाम्रो हृदयलाई तलाश गर्ने एउटा अति महत्त्वपूर्ण प्रश्‍नलाई विचार गर्न चाहन्छौं: के म एउटा साँचो विश्वासी हुँ? यस प्रश्‍नको उत्तर दिनलाई निम्नलिखित प्रश्‍नहरूलाई विचार गर्नुहोस्। प्रत्येक प्रश्‍नलाई इमानदारपूर्वक, व्यक्तिगतरूपमा विचार गर्नुहोस्। प्रत्येक प्रश्‍नसित दिइएको बाइबल पदलाई बाइबल पल्टाएर हेर्नलाई समय लिनुहोस्। आफूलाई सोध्‍नुहोस्: अनन्त मुक्तिको निम्ति म वास्तवमा कसमाथि भरोसा गर्दैछु?

के मैले आफूलाई पवित्र र धर्मी परमेश्वरका सामु एक दोषी, हराएको पापीको रूपमा देख्दछु (रोमी ३:१०-१९,२३)? मेरो हृदय छली र दुष्ट छ र यसलाई निको नहुने रोग लागेको छ भनी के मैले महसुस गरेको छु (यर्मिया १७:९; मर्कूस ७:२१-२३)? के मैले आफूलाई मृत्यु र नरकको योग्य देखेको छु (रोमी ६:२३)? परमेश्वरले मलाई मेरै योग्यताअनुसार व्यवहार गर्नुभएको खण्डमा र मैले जिएको जीवनअनुसार मलाई प्रतिफल दिनुभएको खण्डमा म पूरै नष्ट हुनुपर्छ भनेर के मैले जानेको छु (भजनसंग्रह १३०:३; तुलना गर्नुहोस् भजनसंग्रह १०३:१०)?

आफूलाई बचाउन मैले गर्न सक्ने एउटै कुरा छैन भनेर के मैले महसुस गरेको छु (तीतस ३:५)? असल-असल कामहरू गर्ने मैले जस्तोसुकै प्रयास गरे तापनि त्यसले मलाई स्वर्ग पस्ने अधिकार दिन सक्दैन भनेर के मैले बुझेको छु (एफेसी २:८-९)? मेरो चर्च वा धर्मले मेरो प्राणको उद्धार गर्न सक्दैन भनेर के मैले महसुस गरेको छु (यर्मिया १७:५)? मेरो आफ्नै धार्मिकता र मेरो आफ्नै असल चरित्र परमेश्वरले माग गर्नुभएको धार्मिकताको तुलनामा नगण्य छ भनेर के म पक्का भएको छु (रोमी ३:१०-१२; १ कोरिन्थी ६:९-१०)? के मसित परमेश्वरका सामु ग्रहणयोग्य ठहरिने मेरो आफ्नै व्यक्तिगत योग्यता छ (यशैया ६४:६)?

मेरो पाप-समस्याको एउटै मात्र ईश्वरीय उपाय येशू ख्रीष्ट नै हुनुहुन्छ भनेर के म विश्वास गर्दछु (प्रेरित ४:१२)? उहाँ नै परमेश्वरकहाँ जाने एउटै मात्र बाटो (यूहन्ना १४:६), मुक्तिको एउटै मात्र ढोका (यूहन्ना १०:९), पापीहरूको एउटै मात्र मुक्तिदाता (मत्ती १:२१) र मलाई अनन्त जीवन दिन सक्ने एउटै मात्र व्यक्ति (यूहन्ना १०:२८; १७:३) हुनुहुन्छ भनेर के मैल महसुस गरेको छु? येशू ख्रीष्ट अनन्त परमेश्वर हुनु भएर पनि (यूहन्ना १:१-३) मलाई बचाउनलाई यस संसारमा मानिस बनेर आउनुभएको हो भनेर के मैले बुझेको छु (यूहन्ना १:१४; १ तिमोथी १:१५; यूहन्ना ३:१७)? म एक ठूलो पापी हुँदा-हुँदै उहाँले मलाई प्रेम गर्नुभयो (रोमी ५:८; यूहन्ना ३:१६) र मेरो प्राण बचाउन उहाँ मर्नुभयो र बौरेर उठ्नुभयो (रोमी ४:२५) भनेर के म विश्वस्त छु? प्रभु येशू मेरा पापहरूका निम्ति मर्नुभयो, उहाँ मेरो सट्टामा सिद्ध बलिदानस्वरूप मेरै पापहरूको पूरा दण्ड तिर्दै क्रूसमा मर्नुभयो भनेर के म पक्का भएको छु (यशैया ५३:६; १ पत्रुस ३:१८; २ कोरिन्थी ५:२१)?

बचाइनका लागि के म उहाँमा, केवल उहाँमा, भर परेको छु (प्रेरित १६:३१)? के म एउटा सानो नानीको जस्तो विश्वास लिएर उहाँकहाँ आएको छु (यूहन्ना ६:३५,३७; मत्ती ११:२८)? के मैले विश्वासद्वारा प्रभु येशू ख्रीष्टलाई व्यक्तिगतरूपमा आफ्नो मुक्तिदाताको रूपमा लिएको वा ग्रहण गरेको छु (यूहन्ना १:१२)? उहाँ जो हुनुहुन्छ (यूहन्ना ८:२४), उहाँले जे गरिदिनुभयो (१ कोरिन्थी १५:३-४) र उहाँले जे भन्नुभएको छ (यूहन्ना ६:४७) — के म आफ्नो पूर्ण व्यक्तित्वको सम्पूर्ण वजनले उहाँमै भर परिरहेको छु?

उहाँद्वारा परमेश्वरकहाँ आउने सबै लगायत मलाई समेत उहाँले पूर्ण रूपमा बचाउन सक्नुहुन्छ (हिब्रू ७:२५) भनेर के म विश्वास गर्दछु? ख्रीष्टले यूहन्ना ५:२४ मा भन्नुभएको कुरालाई म विश्वास गर्दछु? के यूहन्ना ३:१६ मेरो लागि साँचो छ भनी मान्दछु? येशू ख्रीष्ट मेरो मुक्तिदाता हुनुहुन्छ भनी के मैले अरू कसैलाई बताएको छु (रोमी १०:९-१०; मत्ती १०:३२)? के म हृदयदेखि भन्न सक्छु:

आशा राख्छु म येशूमा
उनको रगत र धार्मिकतामा
भर छैन मीठो भावनामा
पूरै भर पर्छु ख्रीष्टको नाममा।
ख्रीष्ट मेरो चट्टानमा खडा छु —
दलदले हिलो हुन् सब अरू
दलदले हिलो हुन् सब अरू!
[एडवर्ड मोट]

आफूलाई सोध्न सकिने अर्को अर्थपूर्ण प्रश्‍न यो हो: यदि म आजै मरेर परमेश्वरको सामु उभिँदा उहाँले मलाई “मेरो पवित्र स्वर्गमा तिमीलाई किन पस्न दिऊँ” भनेर सोध्नुभयो भने, म कस्तो जवाफ दिऊँला त?” यदि मेरो जवाफले कुनै पनि हिसाबमा म आफैलाई (मेरो योग्यता, मेरा आफ्नै कामहरू, मेरो धार्मिक कामहरू आदिलाई) इङ्गित गर्दछ भने त्यसले म सनातनको चट्टानमा उभिरहेको छैन भन्ने देखाउँछ। मानिसहरूले आफैमा भरोसा कसरी गरिरहेका हुन्छन्, केही उदाहरणहरू प्रस्तुत गरौं:

  • “परमेश्वरले मलाई उहाँको पवित्र स्वर्गमा पस्न दिनुपर्छ किनभने मेरो जीवनकालमा मैले खराबभन्दा असल नै बढी गरेको छु।”

  • “परमेश्वरले मलाई उहाँको पवित्र स्वर्गमा पस्न दिनुपर्छ किनभने म दस आज्ञा पालन गर्ने प्रयास गर्दछु।”

  • “परमेश्वरले मलाई उहाँको पवित्र स्वर्गमा पस्न दिनुपर्छ किनभने म फलानो चर्चको सदस्य हुँ” आदि।

यस्ता सबै जवाफले आफूलाई इङ्गित गर्छन्, तर मुक्ति त आफूबाटको होइन; मुक्ति परमप्रभुबाटको हो!

म परमेश्वरको पवित्र स्वर्गमा पस्न सक्ने एउटै मात्र कारण छ। सही जवाफ यो हो: “म परमेश्वरको पवित्र स्वर्गमा पस्ने सक्ने एउटा कारण मात्र छ, केवल एउटा। त्यो यो हो, मेरो मुक्तिदाता येशू ख्रीष्टको कारण। उहाँले क्रूसमा सम्पन्न गर्नुभएको कार्य बिना मैले मुक्ति पाउन असम्भव थियो। उहाँले मलाई सित्तैंको वरदानस्वरूप दिनुभएको उहाँको जीवन बिना म उहाँको पवित्र स्वर्गमा पस्न असम्भव हुनेथ्यो। उहाँ नै मेरो एउटै आशा हुनुहुन्छ। मसित भएको धार्मिकता उहाँ नै हो अनि मलाई आवश्यक पूर्ण धार्मिकता उहाँ नै हुनुहुन्छ। धन्यवाद मेरा प्रभु, तपाईंले मेरो प्राण बचाउनुभयो।” हेर्नुहोस्, यस जवाफले आफूबाट परै इङ्गित गर्दछ, अर्थात् मुक्तिदातालाई, केवल उहाँलाई इङ्गित गर्दछ!

प्रभु येशूलाई चिन्न हामी तपाईंलाई मदत गर्न चाहन्छौं। यसको लागि हामीलाई सम्पर्क गर्न तपाईंलाई हार्दिक स्वागत छ!

मुक्ति पाउन मैले के गर्नुपर्छ?

मुक्ति पाउन मैले के गर्नुपर्छ?

बाइबलले बताएको मुक्ति

प्रिय मित्र, तपाईं र मेरो निम्ति अनन्त मुक्तिको प्रबन्ध गरिएको छ। सृष्टिकर्ता परमेश्वरले, प्रेम र अनुग्रहले अभिप्रेरित हुनुभएर, यो महान् मुक्तिको प्रबन्ध गर्नुभएको कुरा पवित्र शास्त्र बाइबलले बताएको छ। यो नै मुक्तिको एउटै मात्र उपाय भएको हुनाले यसलाई बेवास्ता गर्नु भनेको आफ्नो अनन्त नोक्सानी हुनु हो। मुक्ति पाउन तपाईंले पहिले सत्यको ज्ञानलाई ग्रहण गर्न आवश्यक छ।

पहिलो, हामीलाई यो जान्न खाँचो छ — परमेश्‍वर को हुनुहुन्छ? परमेश्‍वको वचन बाइबलमा यसरी लेखिएको छ,

सेनाहरूका परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ (यशैया ६:३)

जिउँदो परमेश्‍वर पवित्र हुनुहुन्छ। उहाँ सृष्टिकर्ता हुनुभएको हुनाले सृष्टि गरिएका सबै थोकदेखि उहाँ अलग हुनुहुन्छ। साथै उहाँ सबै पापदेखि पूर्ण रूपमा अलग हुनुहुन्छ। यसैकारण एकजना प्राचीन अगमवक्ताले यसरी घोषणा गरे,

तर तिमीहरूका अधर्महरुले तिमीहरूलाई तिमीहरुका परमेश्वेरबाट अलग पारेका छन्, अनि तिमीहरूका पापहरुले उहाँको मुख तिमीहरूदेखि लुकाइदिएका छन्, र उहाँले सुन्नुहुन्न। (यशैया ५९:२)

साथै बाइबलले यो सिकाउँछ, मैले मुक्ति पाउन सकूँ र म सत्यको ज्ञानमा आउन सकूँ भनेर आफ्नो सिद्ध पवित्रतामा र अचूक कृपामा परमेश्‍वरले मेरो निम्ति सारा प्रबन्ध गर्नुभएको छ! परमेश्‍वरको पुत्र येशूले भन्नुभएको छ,

बाटो सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउँदैन (यूहन्ना १४:६)

बाइबलको अर्को ठाउँमा लेखिएको छ,

सबै मानिसहरूले मुक्ति पाऊन्, र सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ। किनभने परमेश्‍वर एउटै हुनुहुन्छ; अनि परमेश्‍वर र मानिसहरूका बीचमा एउटै मध्यस्त हुनुहुन्छ अर्थात् ख्रीष्ट येशू, ती मानिस – जसले सबैका लागि छुटकाराको दामको रूपमा आफैलाई दिहाल्नुभयो (१ तिमोथी २:४-६)

दोस्रो, हामीलाई यो जान्न खाँचो छ – म को हुँ? बाइबलमा मानिसको बयान यस्तो पाउँदछौं,

मूर्खले मन-मनमा भनेको छ: “परमेश्वर छैन।” तिनीहरु भ्रष्ट भएका छन्, तिनीहरुले घिनलाग्दा कामहरु गरेका छन्; असल गर्न कोही छैन। बुझ्ने कोही छ कि? परमेश्वरलाई खोज्ने कोही छ कि? सो हेर्न परमप्रभुले स्वर्गबाट मानिसका सन्तानहरुलाई हेर्नुभयो। तिनीहरु सबै एकातिर लागेका छन्; तिनीहरु सबै एकसाथ फोहोरी भएका छन्; असल गर्ने कोही छैन; अहँ, एउटै पनि छैन। (भजनसंग्रग १४:१-३)। सबैले पाप गरेका छन् र परमेश्‍वरको महिमारहित हुनगएका छन्। धर्मी कोही छैन, एउटै पनि छैन (रोमी ३:२३,१०)

तसर्थ म एक बाटो बिराएको, हराएको पापी हुँ। त, म कसरी पापी बनें? बाइबलमा लेखिएको छ,

हेर्नुहोस्, म अधर्ममा उत्पन्न भएँ, र पापमा मेरो आमाले मलाई गर्भधारण गरिन् (भजनसंग्रह ५१:५)

बाइबलले बताउँछ, मेरो हृदय दुष्ट छ…

हृदय ता सबै कुराहरुभन्दा बढी छली हुन्छ, र त्यो असाध्य दुष्ट हुन्छ; कसले त्यो जान्न सक्छ र? हरेक मानिसलाई त्यसका चालअनुसार र त्यसका कामहरुको फलअनुसार प्रतिफल दिनलाई नै म परमप्रभु हृदयको खोजतलास गर्दछु, म अन्तस्करणलाई जाँच्दछु (यर्मिया १७:९-१०)

प्रभु येशू भन्नुहुन्छ, मेरो हृदय खराब छ…

मानिसबाट जे बाहिर निस्कँदछ, त्यसैले मानिसलाई अशुद्ध पार्दछ। किनभने भित्रबाट नै अर्थात् मानिसहरूको हृदयबाट नै खराब विचार, परस्त्रीगमन, व्यभिचार, हत्या, चोरी, लोभ, दुष्टता, छल, कामुकता, कुदृष्टि, निन्दा, घमण्ड, मूर्खता निस्कँदछन्; यी सबै खराब कुराहरू भित्रबाट नै निस्कँदछन्, र मानिसलाई अशुद्ध पार्दछन् (मर्कूस ७:२०-२३)

तसर्थ, म सारा संसारको न्यायकर्ता परमेश्‍वरका सामु दोषी छु र पवित्र परमेश्वरको क्रोध र दण्डको आज्ञामुनि छु…

हरेक मुख चुप रहोस् र सारा संसार परमेश्‍वरको सामु दोषी ठहरियोस् (रोमी ३:१९)। किनकि सत्यलाई अधर्ममा दबाइराख्‍ने मानिसहरूका सबै अभक्ति र अधर्मको विरोधमा स्वर्गबाट परमेश्वरको क्रोध प्रकट भएको छ… किनभने परमेश्वरलाई जानेर पनि तिनीहरूले उहाँलाई परमेश्वरलाई झैं महिमा दिएनन्, न धन्यवादी भए; तर तिनीहरू आफ्ना विचारहरूमा बेकम्मा भए, तिनीहरूको मूर्ख हृदय अँध्यारो भयो। बुद्धिमान् छौं भन्ने दाबी गर्दै तिनीहरू मूर्ख बने, र अविनाशी परमेश्वरको महिमालाई विनाश हुने मानिस, चराचुरुङ्गीहरू, चारखुट्टे जनावरहरू र घस्रिने जन्तुहरूको मूर्तिको रूपमा परिवर्तन गरे। तिनीहरूले परमेश्वरको सत्यतालाई झूटसँग साटे, र सृष्टिकर्ताको सट्टामा, जो साँच्चै सदासर्वदा धन्य हुनुहुन्छ, तिनीहरूले सृष्टिको पूजा र सेवा गरे (रोमी १:१८, २१,२२,२३,२५)। यसकारण हे न्याय गर्ने मानिस, तिमी जोसुकै भए तापनि तिम्रो कुनै बहाना छैन; किनभने जुन कुरामा तिमी अरूको न्याय गर्दछौ, त्यही कुरामा तिमीले आफैलाई दोषी ठहराउँदछौ; किनकि तिमी न्याय गर्ने आफैले ती कुराहरू गर्दछौ (रोमी २:१)। जसले उहाँमाथि विश्वास गर्दछ, ऊ दोषी ठहरिँदैन; तर जसले विश्वास गर्दैन, त्यो पहिल्यै दोषी ठहरिसकेको हुन्छ; किनकि त्यसले परमेश्वरका एक मात्र जन्माइएको पुत्रको नाममा विश्वास गरेको छैन। जसले पुत्रमाथि विश्वास गर्दछ, ऊसँग अनन्त जीवन हुन्छ; अनि जसले पुत्रलाई विश्वास गर्दैन, त्यसले जीवन देख्‍नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ (यूहन्ना ३:१८,३६)

तेस्रो, हामीलाई यो जान्न खाँचो छ – मैले पाउनुपर्ने दण्ड के हो?

मेरो पापी र दुष्ट अवस्थाले मैले पाउनुपर्ने दण्ड मृत्यु-दण्ड हो।

जुन मानिसले पाप गर्छ, त्यही मर्नेछ (इजिकिएल १८:४)। यस्ता-यस्ता काम [पाप] गर्नेहरू मृत्युदण्ड पाउन लायकका हुन्छन् भन्ने परमेश्वरको न्याय जानी-जानीकन पनि तिनीहरू ती काम नै गर्छन्। किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो (रोमी १:३२,६:२३)

यस मृत्यु-दण्डको तात्पर्य यो हो – परमेश्वरको उपस्थितिदेखि सदाकालका लागि बञ्चित हुनु र शैतान र त्यसका दूतहरूका लागि तयार गरिएको अग्निकुण्डमा परमेश्वरबाटको अनन्त दण्ड भोग्नु।

परमेश्वरलाई नचिन्नेहरू र हाम्रा प्रभु येशू ख्रीष्टको सुसमाचार पालन नगर्नेहरूलाई बदला दिनुहुनेछ; तिनीहरूले प्रभुको उपस्थितिबाट र उहाँको सामर्थ्यको महिमाबाट अनन्त विनाशको दण्ड पाउनेछन् (१ थेस्सलोनिकी १:८,९)। त्यसपछि उनले ती देब्रे हातपट्टि हुनेहरूलाई पनि भन्नेछन्: ‘हे श्रापिहरूहो, मदेखि त्यस अनन्त आगोभित्र जाइहाल, जोचाहिँ शैतान र त्यसका दूतहरूका निम्ति तयार पारिएको छ। अनि तिनीहरू अनन्त दण्डमा जानेछन् (मत्ती २५:४१, ४६)। तर डराउनेहरू, विश्वास नगर्नेहरू, घिनलाग्दाहरू, हत्याराहरू, व्यभिचारीहरू, टुनामुना गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र सबै झूट बोल्नेहरूको भागचाहिँ आगो र गन्धकले जलिरहेको झीलभित्र हुनेछ; यो दोस्रो मृत्यु हो (प्रकाश २१:८)

चौथो, हामीलाई यो जान्न खाँचो छ – सुसमाचार के हो?

उहाँको अचम्मको प्रेम र कृपाले परमेश्वरले आफ्नो प्रिय पुत्रलाई यस संसारमा पठाउनुभयो:

किनभने संसारलाई दोषी ठहराउनका निम्ति होइन, तर उहाँद्वारा संसारले मुक्ति पाओस् भनेर परमेश्वरले आफ्ना पुत्रलाई संसारमा पठाउनुभयो (यूहन्ना ३:१७)

येशू ख्रीष्ट अद्‍भुत रूपमा एक कन्या स्त्रीद्वारा जन्मनुभई यस संसारमा आउनुहुने भविष्यवाणी यसरी दिइएको थियो,

“अनि उनले पुत्र जन्माउनेछन्, र तिमीले उहाँको नाम ‘येशू’ राख्‍नू, किनभने उहाँले आफ्ना जनहरूलाई तिनीहरूका पापहरूबाट मुक्त गर्नुहुनेछ।” अब भविष्यवक्ताद्वारा प्रभुले भन्नुभएको कुरा पूरा होओस् भनेर यो सब भएको थियो: ‘हेर, कन्या गर्भवती हुनेछन् र एउटा पुत्र जन्माउनेछन्, अनि तिनीहरूले उहाँको नाम “इम्मानुएल” राख्‍नेछन्’ जसको अर्थ हो, ‘परमेश्वर हामीसित’ (मत्ती १:२१-२३)। किनभने मानिसका पुत्र हराएकोलाई खोज्न र मुक्त गर्न आएका हुन् (लूका १९:१०)। यो विश्वासयोग्य र हर प्रकारले ग्रहणयोग्य वचन हो — ख्रीष्ट येशू पापीहरूलाई मुक्ति दिनालाई संसारमा आउनुभयो (१ तिमोथी १:१५)

प्रभु येशू ख्रीष्ट, जो अनादिदेखिका परमेश्वर र सारा थोकका सृष्टिकर्ता हुनुहुन्छ, मेरोसट्टामा मेरो निम्ति क्रूसमा मर्नुभयो जुन मृत्युद्वारा उहाँले मैले भोग्नुपर्ने मृत्यु-दण्ड पूरै तिरिदिनुभयो।

किनकि हामी कमजोर हुँदाखेरि नै, ठीक समयमा ख्रीष्ट भक्तिहीनहरूका निम्ति मर्नुभयो। किनकि धर्मी मानिसका निम्ति मुस्किलले कोही मर्ला; असल मानिसका निम्ति सायद कसैले मर्ने आँट गर्ला कि! तर परमेश्वरले हामीतर्फ आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ – हामी पापी हुँदा-हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो (रोमी ५:६-८)। पवित्र-शास्त्रहरूमुताबिक ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो (१ कोरिन्थी १५:३)। हामी पापहरूका निम्ति मरेर धार्मिकताका निम्ति बाँचौ भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रूसमाथि बोक्नुभयो; उहाँकै चोटहरूद्वारा तिमीहरू निको पारियौ (१ पत्रुस २:२४)। किनकि हामीलाई परमेश्वरकहाँ पुर्‍याउनलाई ख्रीष्टले पनि – धर्मीले अधर्मीहरूका निम्ति पापहरूका लागि एकपल्ट दुःख भोग्नुभयो र शरीरमा मारिनुभयो (१ पत्रुस ३:१८)। अनि उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्चित हुनुहुन्छ; र हाम्रा निम्ति मात्र होइन, तर सारा संसारका पापहरूका निम्ति पनि (१ यूहन्ना २:२)। उहाँले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभएको छ; यसैबाट हामी परमेश्वरको प्रेम थाह पाउँछौं (१ यूहन्ना ३:१६)। प्रेम यसैमा छ – हामीले परमेश्वरलाई प्रेम गर्‍यौं भनेर होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र आफ्ना पुत्रलाई हाम्रा पापहरूका निम्ति प्रायश्चित हुनालाई पठाउनुभयो (१ यूहन्ना ४:१०)

तर, खुशीको कुरा, येशू मरेको मरै रहनु भएन! उहाँ मरेकाहरूबाट बौरेर उठ्नुभयो। यसबाट यो प्रमाणित हुन्छ, पुत्र-परमेश्वरको क्रूसको बलिदान पापीहरूको पापको मूल्य चुक्ता गर्न पर्‍याप्‍त छ भनी पिता-परमेश्वर सन्तुष्ट हुनुभयो।

ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो र गाडिनुभयो, अनि पवित्र-शास्त्रहरूमुताबिक उहाँ तेस्रो दिनमा बौराइनुभयो अनि उहाँ केफासकहाँ, त्यसपछि बाह्रजनाकहाँ देखा पर्नुभयो; त्यसपछि उहाँ एकैचोटि पाँच सयभन्दा बेसी भाइहरूकहाँ देखा पर्नुभयो जसमध्ये धेरैजसो अहिलेसम्म छँदै छन्, तर कतिचाहिँ सुतिसके। त्यसपछि उहाँ याकूबकहाँ देखा पर्नुभयो; त्यसपछि सबै प्रेरितहरूकहाँ अनि सबैभन्दा पछि मकहाँ (१ कोरिन्थी १५:३-८)। जुन प्रभु येशू हाम्रा अपराधहरूका निम्ति सुम्पिइनुभयो, र हाम्रा धार्मिकताका निम्ति बौराइनुभयो (रोमी ४:२५)

साथै उहाँको बौरिउठाइले यो पनि प्रमाणित गर्दछ, उहाँ (येशू ख्रीष्ट) ले आफू जो हुँ भन्नुभएको थियो त्यो सत्य सावित भयो, जसरी लेखिएको छ,

पवित्रताको आत्माअनुसार उहाँ मरेकाहरूबाट बौरेर उठ्नुभएको कारणले सामर्थ्यसहित परमेश्वरका पुत्र ठहरिनुभयो (रोमी १:४)

यही नै हो हामी पापीहरूका निम्ति खुशीको खबर, अर्थात् सुसमाचार!

मुक्ति पाउन मैले के गर्नुपर्छ?

माथिका खण्डहरू अध्ययन गर्नुभई, येशू ख्रीष्ट को हुनुहुन्छ र उहाँले तपाईंको लागि क्रूसमा गरिदिनुभयो भनेर तपाईंले जानिसक्नुभयो भने अब तपाईंको जिम्मेवारी यो हो – प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नु। निम्न बाइबल पदहरूलाई विचार गर्नुहोस्:

“मुक्ति पाउनालाई मैले के गर्नुपर्छ?” अनि उनीहरूले भने: “प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस्, र तपाईंले मुक्ति पाउनुहुनेछ” (प्रेरित १६:३०-३१)। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो – उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस् (यूहन्ना ३:१६)। जसले उहाँमाथि विश्वास गर्दछ, ऊ दोषी ठहरिँदैन; तर जसले विश्वास गर्दैन, त्यो पहिल्यै दोषी ठहरिसकेको हुन्छ; किनकि त्यसले परमेश्वरका एक मात्र जन्माइएको पुत्रको नाममा विश्वास गरेको छैन (यूहन्ना ३:१८)। जसले पुत्रमाथि विश्वास गर्दछ, ऊसँग अनन्त जीवन हुन्छ; अनि जसले पुत्रलाई विश्वास गर्दैन, त्यसले जीवन देख्‍नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ (यूहन्ना ३:३६)

विश्वास गर्नुको मतलब उहाँकहाँ आउनु हो:

अनि येशूले तिनीहरूलाई भन्नुभयो: “जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, ऊ कहिल्यै भोकाउनेछैन; अनि जसले ममाथि विश्वास गर्छ, ऊ कहिल्यै तिर्खाउनेछैन…अनि जो मकहाँ आउँछ, उसलाई म कुनै रीतिले अफाल्नेछैनँ” (यूहन्ना ६:३५,३७)

विश्वास गर्नुको मतलब उहाँलाई आफ्नो व्यक्तिगत मुक्तिदाता र प्रभुको रूपमा लिनु अथवा ग्रहण गर्नु हो:

जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई उहाँले परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो अर्थात् तिनीहरूलाई जसले उहाँको नाममा विश्वास गर्दछन् (यूहन्ना १:१२)। पापको ज्याला मृत्यु हो तर परमेश्वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो (रोमी ६:२३)

 

साँचो गरी विश्वास गर्नेले निम्न कुराहरू महसुस र विश्वास गरेकै हुन्छ

१) प्रभु येशू ख्रीष्ट नै एक मात्र मुक्तिदाता हुनुहुन्छ। उहाँबिना अरू कसैमा पनि मुक्ति छैन:

न ता अरू कसैमा मुक्ति छ; किनभने स्वर्गमनि मानिसहरूको बीचमा अरू कुनै नाम दिइएको छैन, जसद्वारा हामीले मुक्ति पाउनुपर्दछ (प्रेरित ४:१२)। ढोका म नै हुँ; कोही मबाट भित्र पस्यो भने उसले मुक्ति पाउनेछ (यूहन्ना १०:९)। बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउँदैन (यूहन्ना १०:९)।

(२) प्रभु येशू मेरो मुक्तिका निम्ति मर्नुभयो र बौरेर उठ्नुभयो:

यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्‍यौ भने, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो भनी आफ्नो हृदयमा विश्वास गर्‍यौ भने तिमीले मुक्ति पाउनेछौ (रोमी १०:९)।

(३) प्रभु येशू मलाई बचाउन सक्नुहुन्छ (हिब्रू ७:२५; यशैया ५९:१; मत्ती १९:२४-२६)।

(४) प्रभु येशू मलाई बचाउन चाहनुहुन्छ (यूहन्ना ६:३७; १ तिमोथी २:४)

(५) यदि मैले प्रभु येशूलाई, केवल उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा भरोसा गरें भने उहाँले मलाई अहिले नै बचाउनुहुनेछ (यूहन्ना ३:१६)।

साथै मैले यो पनि महसुस गर्नुपर्छ कि मुक्ति निम्न तरिकाले पाइन्न

  • असल कामले पाइन्न
  • आज्ञाहरू पालन गर्ने प्रयासले पाइन्न
  • पानीको बप्‍तिस्माले पाइन्न

किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ; अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो; कामहरूबाट होइन, नत्र ता कसैले घमण्ड गर्नेछ (एफेसी २:८-९)।

मुक्ति पूर्ण रूपमा परमेश्वरको अनुग्रह र कृपाले विश्वासद्वारा पाइने कुरा हो। विश्वास गर्नु भनेको आफ्नो पूरै भरोसा येशू ख्रीष्टमा राख्‍नु हो (उहाँ जो हुनुहुन्छ, उहाँले जे गरिदिनुभयो र उहाँले जे भन्नुभएको छ)। यो दिमागले स्वीकार गर्ने कुरा मात्र नभई हृदयदेखि गर्ने कुरा हो।

मैले मुक्ति पाएँ भनेर कसरी जान्ने?

परमेश्वरले झूट बोल्न नसक्ने भएको हुनाले (तीतस १:२) र येशू ख्रीष्ट सदा विश्वासयोग्य हुनुभएको हुनाले (हिब्रू १३:८), मुक्ति सम्बन्धी उहाँ प्रतिज्ञाहरूलाई म पक्कासाथ र खुशीसाथ दाबी गर्दछु र तिनमा भरोसा गर्दछु: मत्ती ११:२८; यूहन्ना १:१२; ३:१६;३:१८; ३:३६; ५:२४; ६:३५; ६:३७; ६:४७; १०:९; ११:२५; प्रेरित १०:४३; १६:३१; रोमी १०:९; १०:१३; १ यूहन्ना ५:११-१२।

मैले मुक्ति पाइसकें! अब मैले के गर्नुपर्छ?

ख्रीष्टमा म विश्वासी भएको हुनाले मेरो प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जानु मेरो जिम्मेवारी हो (२ पत्रुस ३:१८)। एउटा स्वस्थ र बढ्ने विश्वासी हुनलाई मैले –

  1. पानीको बप्‍तिस्मा लिनुपर्छ किनकि यो ख्रीष्टको आज्ञा हो (मत्ती २८:१९-२०; प्रेरित १०:४८; २:३८)। बप्‍तिस्मा, ख्रीष्टमा मैले पाएको नयाँ जीवनको सार्वजनिक गवाही हो (२ कोरिन्थी ५:१४-१७; रोमी ६:३-११; गलाती २:२०)। (यस बारेमा राम्ररी बुझ्न, पढ्नुहोस्: बप्‍तिस्माको अर्थ)
  2. दिनहुँ मेरो बाइबल पढ्दै परमेश्वरको वचनरूपी आत्मिक भोजन खानुपर्छ (१ पत्रुस २:२; मत्ती ४:४; भजनसंग्रह ११९:९७)।
  3. दिनहुँ परमेश्वरसित प्रार्थनामा समय बिताउनुपर्छ (हिब्रू ४:१६; १ थेस्सलोनिकी ५:१७; लूका १८:१)।
  4. नियमित रूपमा बाइबल विश्वास गर्ने र बाइबल सिकाउने मण्डली (चर्च) सित सहभागी हुनुपर्छ (प्रेरित २:४२; हिब्रू १‍०:२५)।
  5. दिनहुँ परमेश्वरसित आफ्ना पापहरू स्वीकार गर्नुपर्छ। मेरा विचार, काम, जीवनमा जुन कुरा उहाँको पवित्रतासित मेल खाँदैन, ती कुराहरूको बारेमा म परमेश्वरसित सहमत हुनुपर्छ अर्थात् आफूले गरेको उक्त काम उहाँको दृष्टिमा पापपूर्ण छ भनेर स्वीकार गर्नुपर्छ (१ यूहन्ना १:८‍-२:२ विशेष गरी १ यूहन्ना १:९; भजनसंग्रह ५१:३-६; भजनसंग्रह ३२:२-६; हितोपदेश २८:१३)।
  6. अरूहरूका सामु ख्रीष्टलाई स्वीकार गर्नुपर्छ (भजनसंग्रह १०७:२; मत्ती १०:३२; रोमी १०:९-१०)। उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा स्वीकार गर्न खुशी हुनुहोस्।
  7. मौखिक रूपमा र व्यावहारिक रूपमा एउटा असल गवाही हुनुपर्छ (प्रेरित १:८; यशैया ४३:१०-१२)। दुवै जीवन शैलीको गवाही र मुखको गवाहीद्वारा मैले अरूहरूलाई ख्रीष्टप्रति आकर्षित गर्नुपर्छ (फिलिप्पी २:१५-१६; कलस्सी ३:१७; १ पत्रुस ३:१५; कलस्सी ४:५-६)।

भूकम्पमा पनि आशा

भूकम्पमा पनि आशा

 

प्रदेश श्रेष्ठ

२०७२ साल बैशाख १२ गतेको भूकम्प र त्यसपछिका हजारौं परकम्पहरूले फैलाएको डर, त्रास, अनिश्चयता र निराशाको घडीमा हामी तपाईंसित यो जिउँदो आशाको सन्देश बाँड्न इच्छुक छौं। अहिले अँध्यारोमा रुमलिएको तपाईंको जीवन तपाईंले सोच्दै नसोचेको अचम्मको उज्यालोमा एक्कासी परिणत हुन सक्दछ। कैयौंको जीवन एक वा अर्को किसिमको कम्पनले यसरी बदलिएको पनि छ।

एउटा कुरा निश्चित छ: गत दिनका भूकम्पहरूमा तपाईंको ज्यान गएको भए, यो पृष्ठ तपाईंले आज पढ्नुहुने थिएन। के तपाईंको मनमा एउटा गम्भीर प्रश्न उठ्दैन र — “भूकम्पमा मर्ने ती ८,९६४ का साथसाथै म पनि मरेको भए म आज कहाँ हुन्थे होला?” यो एकदम जायज प्रश्न हो। माटोको शरीर माटैमा मिल्छ तर एउटा मान्छेको अनमोल, अमर आत्मा एक न एक ठाउँमा जान्छ — कि स्वर्गमा कि नरकमा। गु-डु-डु-डु गरी भूकम्प जाँदा आफ्‍नो ज्यान बचाउन तपाईं कुनै सुरक्षित स्थानतिर भाग्नुभयो। गरिब र करोडपति चौरमै बास बसे। सम्पत्तिभन्दा ज्यान ठूलो हो, प्रायः सबैको मुखबाट यही कुरा सुनिन्छ। आज सृष्टिकर्ता परमेश्वरको सन्देश सुनी आफ्‍नो ज्यानभन्दा पनि अनमोल आत्माको अनन्त सुरक्षाको लागि मुक्तिदाता येशू ख्रीष्टकहाँ भागी आउनुस्! किनभने येशूले भन्नुभयो, “मानिसले सारा संसार प्राप्त गरे तापनि आफ्‍नो आत्माचाहिँ गुमायो भनेत्यसलाई के फाइदा हुनेछ र?”

पश्चात्ताप गर्नेलाई आशा!

काठमाडौंको धरहरा घर्ल्याम घुर्लुम्म ढलेर सयौंलाई पुर्‍यो। यस्तै घटनाको बारेमा येशूले भन्नुभयो, “ती अठारजना, जसमाथि सिलोआमको धरहरा खस्यो, र तिनीहरूलाई मार्‍यो; के तिनीहरूचाहिँ यरूशलेममा बस्ने सबै मानिसहरूभन्दा बढ्ता पापी रहेछन् भनी तिमीहरू ठान्छौ? म तिमीहरूलाई भन्दछु, होइन; तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू सबै त्यही प्रकारले नाश हुनेछौ”। येशूको यस भनाइबाट हामी निम्न कुराहरू सिक्छौं —

  • भूकम्पमा मर्नेहरूभन्दा हामी धर्मी छैनौं। “धर्मी कोही छैन, एउटै पनि छैन…किनकि सबैले पाप गरेका छन्”।
  • यसकारण हामी पनि नाश हुन योग्य छौं, शरीरमा मात्र नभई तर नरकमा समेत “किनकि पापको ज्याला मृत्यु हो”।
  • तर, खुशीको कुरा, पापबाट पश्चात्ताप गर्नेहरूलाई आशा छ। पश्चात्ताप गर्नेहरू नरकमा जानेछैनन् तर स्वर्गमा जानेछन्। पश्चात्ताप नगरी मर्नेहरू दण्डमा पर्नेछन् किनकि “मानिसको निम्ति एक पटक मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ।”

“पश्चात्ताप कसरी गर्ने?”

विनाश हुने मानिस, चराचुरुङ्गीहरू, चारखुट्टे जनावरहरू र घस्रिने जन्तुहरू वा सृष्टिका अन्य कुनै थोक लगायत तिनका मूर्तिहरूलाई पूज्न छोड्नुहोस्। आफ्‍ना पापहरूको क्षमा पाउन मुक्तिदाता येशू ख्रीष्टमा विश्वास गर्नुहोस्। पाप भनेका यिनै हुन् — परस्त्रीगमन, व्यभिचार, विरोध, कामुकता, मूर्तिपूजा, टुनामुना, शत्रुता, झगडा, डाहा, क्रोध, विरोध, फूट, दलबन्दी, द्वेष, हत्या, मतवालापन, मोजमज्जा र यही प्रकारका कुराहरू जसले गर्दा तपाईं र हामी सबै दोषी छौं। यी सबै घिनलाग्दा र झूटा मार्गदेखि अविनाशी परमेश्वरतर्फ आफ्‍नो मन फनक्क फर्काउनुहोस्। येशू ख्रीष्टमा विश्वास गर्नेहरूलाई पापको क्षमा र अनन्त जीवन छ।

“तर ख्रीष्टमा विश्वास गर्नेहरू पनि मरे नि!”

हो, आखिरमा शरीर त सबैको मर्छ, चाहे भूकम्पले होस् वा अन्य कारणले। तर ख्रीष्टमा विश्वास गर्नेको आत्मा स्वर्गमा जान्छ। शास्त्रले भन्दछ, “जसले पुत्रमाथि विश्वास गर्दछ,ऊसँग अनन्त जीवन हुन्छ; अनि जसले पुत्रलाई विश्वास गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ”।

“तर कतिले यसलाई विदेशी धर्म भन्छन् नि?”

प्रिय मित्र, एकछिन गम्भीर भएर सोच्नुहोस् त। सारा सृष्टिका मालिक एक मात्र सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। उहाँलाई स्वदेशी वा विदेशी कसरी भन्ने? के सत्य पनि स्वदेशी-विदेशी हुन्छ र? भूकम्पले स्वदेशी-विदेशी छुट्ट्याएन। अनि विदेशबाट डाक्टरहरू समेत आए, उपचार शिविर खडा गरे, धेरैको ज्यान बचाए। उक्त सहयोगलाई विदेशी भनेर अस्वीकार गरिएन। तर हामीलाई पापबाट बचाउन स्वर्गदेखि अलौकिक देहधारण भई संसारकै मध्य भाग इस्राएल देशमा एउटी कन्याको कोखबाट जन्मी आउनुभएका स्वर्गकै प्रभु येशूलाई किन हामी विदेशी भनेर अस्वीकार गर्छौं? यस्तो विचार कहाँबाट आउँछ? यो कुनै अहमबाट त होइन? पापबाट पश्चात्ताप नगर्नलाई यो बाहना त होइन? यथार्थ के हो आफ्‍नै विवेकले केलाउनुहोस् र यो कुरा कसैले आफ्‍नै स्वार्थपूर्तिका निम्ति फैलाएको भ्रम हुनुपर्छ भनेर बुझ्नुहोस्।

आखिरमा स्वदेशी-विदेशी सबै पापी छन्। सबै मर्छन्। सबैलाई पापको क्षमा चाहिएको छ। सबैलाई शान्ति र मुक्ति चाहिएको छ। येशूले भन्नुभएको छ, “म संसारको ज्योति हुँ; जसले मलाई पछ्याउँछ ऊ अन्धकारमा हिँड्नेछैन तर उसले जीवनको ज्योति पाउनेछ”। घाम एउटै छ; त्यसले सारा विश्वलाई उज्यालो दिन्छ, चाहे नेपाल, चाहे अमेरिका। संसारका सृष्टिकर्ता र मुक्तिदाता पनि एउटै हुनुहुन्छ। उहाँले विश्वास गर्ने हरेकलाईउज्यालो पार्नुहुन्छ, चाहे गोरा, चाहे काला।

“भूकम्प किन जान्छ?”

पृथ्वी नागको टाउकोमाथि अथवा माछा, हात्ती वा कछुवाको ढाडमाथि अडेको हुँदा त्यो चलेर भूकम्प जाने होइन! पृथ्वीलाई सृष्टिकर्ता परमेश्वरले शून्यमा झुन्ड्याउनुभएको छ — यो तथ्य करिब ४००० वर्ष अघिका अय्यूब नाम गरेका एकजना व्यक्तिले उल्लेख गरेको कुरा बाइबलमा यसरी लेखिएको छ — “उहाँले पृथ्वीलाई चाहिँ शून्यमा झुन्ड्याउनुहुन्छ”।

पृथ्वीको माथिल्लो भूपत्र मुन्तिर रहेका दर्जनौं “टेक्टोनिक प्लेटहरू” माथि अवस्थित छ। यी प्लेटहरू विस्तारै चलिरहेका छन्। भारतको प्लेट उत्तरपट्टि रहेको यूरेसियाली प्लटेसित जुधेर त्यसको मुन्तिर घुस्दै गर्दा उत्पन्न भएको तनावबाट दुईटा परिणाम देख्न सकिन्छ — एकातिर यी प्लेटहरू जुध्ने स्थानमा हिमालय पर्वत श्रृङ्खला निचोरिएर विस्तारै माथि उठ्दै गएको छ भने अर्कोतिर प्लेटहरूको सतहमुनि यस जुधाइले उत्पन्न भएको तनावको सीमा नाघेपछि कालान्तरमा भूकम्प जाने गरेको छ।

अझ, वर्तमान युगलाई चिनाउने विशिष्ट लक्षणहरू के कस्ता हुनेछन् तिनको भविष्यवाणी गर्दै येशूले भन्नुभएको थियो, “हेर, तिमीहरू नआत्तिओ, किनकि यी सबै कुराहरू हुनैपर्छ, तर अन्त अझै हुनेछैन। किनभने जाति, जातिको विरोधमा उठ्नेछ; र राज्य, राज्यको विरोधमा; अनि ठाउँ-ठाउँमा अनिकाल, महामारी र भुइँचालाहरू हुनेछन्” (मत्ती २४:६-७)। बाइबल यति प्राचीन पुस्तक हो र पनि यो कुनै वैज्ञानिक तथ्य वा वास्तविकतासित बाझ्दैन। बाइबल सृष्टिकर्ता परमेश्वरकै प्रेरणाद्वारा दिइएको हो भन्ने यो एउटा अकाट्य प्रमाण हो।

“परमेश्वरले भूकम्प जस्ता विनाशकारी घटनाहरू किन आइपर्न दिनुहुन्छ?”

हाम्रा एक कविका शब्दमा, “ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस्?” मानौं सृष्टिकर्ताकै दोष! भूकम्पबाट नेपालमाथि अन्याय भएको छ भन्ने कतिले गुनासो गरेका छन्। के एउटा माटाको भाँडाले त्यसलाई बनाउने कुम्हालेसित झगडा गर्छ र? प्रिय पाठक, सृष्टिकर्ताको कुनै दोष छैन। उहाँले संसारलाई सिद्ध रूपमा सृष्टि गर्नुभएको थियो। तर सृष्टि गरिएका प्रथम जोडी आदम र हव्वाले परमेश्वरको विरुद्धमा पाप गरेपछि उहाँले मानिसलाई भन्नुभयो, “भूमि तिम्रो कारणले श्रापित भएको छ; कष्टसँग तिमीले आफ्‍नो सारा जीवनभरि यसबाटको फल खानेछौ…तिमी माटो हौ, र तिमी माटैमा फर्किजानेछौ”।१० त्यस दिन संसारमा पाप पस्यो र पापद्वारा मृत्यु आयो र त्यसरी नै मृत्यु सबै मानिसहरूमा फैलियो। मानिसकै पापको प्रतिफलस्वरूप सारा सृष्टि पीडाग्रस्त छ, आज मात्र होइन तर मानिसद्वारा संसारमा पाप पसेको दिनदेखि — “सृष्टि व्यर्थताको अधीनमा राखिएको छ…अहिलेसम्म पनि सारा सृष्टि [नेपाल मात्र होइन] एकसाथ ऐया-आत्था गरिरहेको छ र प्रसूति-वेदनामा तड्पिरहेको छ”।११ एक दिन यी अन्त हुनेछन् र सृष्टि एउटा नयाँ युगमा प्रवेश गर्नेछ जब परमेश्वरको राज्य आउनेछ जहाँ धार्मिकताले वास गर्नेछ। तर पहिला मानिसले आफ्‍नो सृष्टिकर्तासित मिलाप गर्नुपर्छ। मानिसको होस खोल्नलाई पनि परमेश्वरले उसलाई कुनै न कुनै तवरले हल्लाउनुहुन्छ ताकि उसले पश्चात्ताप गरोस्।

पीडितलाई राहत

तिर्पाल, खाद्यान्न, औषधि आदि लादेर कैयौं गाडीहरू कुदिरहेका छन्। पीडितलाई राहत समयमै पुग्‍नुपर्छ। अर्कोतिर, भूकम्पबाट मानसिकरूपमा पीडितलाई राहत कसरी पुर्‍याउन सकिएला, धेरैलाई प्रश्न छ। प्रश्न उनीहरूलाई गर्नुस् जसका जीवन अरू-अरू भयङ्कर कम्पनहरूले हल्लाइएर एक समय क्षत विक्षत पारिएका थिए तरैपनि अहिले उनीहरूसित महाभूकम्पले पनि हल्लाउन नसक्ने शान्ति र आशा छ।

जस्तै नवलपरासीका राम प्रसाद अर्जेल, हिजोसम्म ड्रग्स र डिप्रेशनका शिकार बनी सबैको दृष्टिमा घृणित युवा बनेका थिए। तर ख्रीष्टलाई आफ्‍नो व्यक्तिगत प्रभु र मुक्तिदाता भनी ग्रहण गरेपछि यस नवजवान युवाको अन्धकारमय जीवन उज्यालोमा परिणत भएको छ। यसको रहस्य? यसको रहस्य कुनै “धर्म” होइन तर येशू ख्रीष्टसितको एउटा व्यक्तिगत सम्बन्ध हो। येशूले भन्नुभयो, “हे सबै परिश्रम गर्ने र भारीले दबिएकाहरूहो, मकहाँ आओ, अनि म तिमीहरूलाई विश्राम दिनेछु”।१२ आत्मिक र अनन्तसम्म दिगो राहत केवल येशूमा छ।

“के हो त आशाको सन्देश?”

निश्चय पनि यी दिनहरूमा तपाईं गम्भीर भएर सोच्न बाध्य बन्नुभएको छ। वाफसरि यो जीवन लिएर घमन्ड गर्नु व्यर्थ रहेछ भन्ने लाग्‍न थालेको छ। क्षणभङ्गुर मानिसले आफ्‍नो पैसा वा प्रतिष्ठा, आफ्‍नो बल वा बुद्धि, आफ्‍नो सुन्दरता वा सीपमा घमन्ड गर्नु मूर्खता रहेछ भनेर अब मान्नुभएको छ सायद। अब हामी यी नाशवान् कुराको पछि दगुर्न छोडेर सत्य र जीवित परमेश्वरको खोजी नगरौं? आशाको सन्देश यहाँ छ:

“परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्‍नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो; उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्”।१३

यसको माने —

  • मेरो पापको कारण म नष्ट हुँदैछु
  • तर मप्रति परमेश्वरको ठूलो प्रेम छ
  • मलाई उद्धार गर्न परमेश्वरको पुत्र (येशू) संसारमा आउनुभयो
  • उहाँ मेरा पापहरूका निम्ति क्रूसमा टाँगिएर मर्नुभयो अनि तेस्रो दिनमा बौरनुभयो
  • येशूमाथि विश्वास (भरोसा) गर्न म आफैंले रोज्नुपर्छ; विश्वास गरें भने म नष्ट हुनेछैन बरु सित्तैंमा अनन्त जीवन पाउनेछु!
  • विश्वास गरिनँ भने म पछि नरकमा नष्ट हुनेछु।

“के परमेश्वरले म पापीलाई पनि प्रेम गर्नुहुन्छ र?”

धादिङमा एउटी बज्यैले आफ्‍‍नी दूधे नातीनीलाई जोगाउने उद्देश्यले आफू घोप्टो परी बच्चालाई आफ्‍नो जीउले छेक्दा, आफै सख्त घाइते भइन्। उता नुवाकोटमा एसएलसी भर्खरै दिएकी सजना श्रेष्ठले गुफा राखिएकी आफ्‍‍नी बहिनीलाई निकाल्न आफ्‍नै ज्यानको बाजी राखेर घरभित्र पस्दा घर ढलेर तत्कालै उनको मृत्यु भयो। आफ्‍नो प्रियको उद्धार गर्न आफूलाई बिर्सनेहरूको स्वभाविक मायाको यस्ता थुप्रै घटना हामीले सुन्दैछौं। साथै कर्तव्यनिष्ठ भई आफ्‍नो ज्यानको माया नराखी पुरिएकाहरूको उद्धार गर्न पछि नहट्ने वीरहरूको तारिफ गरिनुपर्छ। उद्धार गर्न खटेका कति सुरक्षाकर्मीहरूले आफ्‍नै ज्यान गुमाए। येशूले भन्नुभयो, आफ्‍नो मित्रको निम्ति आफ्‍नो ज्यान दिनुभन्दा ठूलो प्रेम अर्को छैन।

तर विचार गर्नुपर्ने कुरा अब यहाँ छ। हामी परमेश्वरका मित्र थिएनौं। हाम्रा दुष्ट कामहरूले गर्दा हामी परमेश्वरबाट पराई भएका थियौं र आफ्‍नो मनमा उहाँका शत्रु भएका थियौं! तर परमेश्वरले हामीतर्फ आफ्‍नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ — हामी पापी हुँदा-हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो!१४

अनि मृत्युले ख्रीष्टलाई जितेन। उहाँ तेस्रो दिनमा बौरेर उठ्नुभयो! यो ऐतिहासिक तथ्य हो। उहाँ जीवित हुनुहुन्छ। उहाँले मात्र मृत्युलाई जित्नुभएको छ। उहाँकहाँ आउनेलाई उहाँले अनन्त जीवन दिनुहुन्छ। कति सुन्दर आशा! तपाईं अब के गर्नुहुन्छ? रोजाइ तपाईंको हातमा छ।


अन्धकार, बन्धन, दुःखदेखि
येशू म आऊँ, येशू म आऊँ
पाउन छुटकारा, हर्ष, दृष्टि
येशू म आउँदैछु!
आँधीदेखि तपाईंको आडमा,
जगको शोकदेखि सान्त्वनामा
सङ्कटदेखि प्रशंसामा,
येशू म आउँदैछु!

बाइबल सन्दर्भ:मर्कूस ८:३६; लूका १३:४-५; रोमी ३:१०,२३;रोमी ६:२३ हिब्रू ९:२७; गलाती ५:१९; यूहन्ना ३:३६; यूहन्ना ८:१२; अय्यूब २६:७; १०उत्पत्ति ३:१७,१९; ११रोमी ८:२०,२२; १२मत्ती ११:२८; १३यूहन्ना ३:१६; १४रोमी ५:८

 

अनन्त विनाशबाट बाँच्ने उपाय

अनन्त विनाशबाट बाँच्ने उपाय

प्रदेश श्रेष्ठ

जुवा खेलेर पैसा, घरबार, जग्गा-जमिन नाश गर्ने मान्छे मूर्ख हो। अझ बहुमूल्य छ तपाईंको आत्मा। बाँच्ने उपाय हुँदा-हुँदै आफ्नै आत्माको खेलबाड गरी मान्छे नरकमा हाम फाल्दैछ। बाइबलले भन्दछ,

“डराउनेहरू, विश्वास नगर्नेहरू, घिनलाग्दाहरू, हत्याराहरू, व्यभिचारीहरू, टुनामुना गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र सबै झूट बोल्नेहरूको भागचाहिँ आगो र गन्धकले जलिरहेको झीलभित्र हुनेछ; यो दोस्रो मृत्यु हो।” (प्रकाश २१:८)

धेरैले भन्छन्, “येशूमा विश्वास नगर्ने मान्छे नरक जान्छ भन्‍ने बाइबलको कुरा म मान्न सक्दिनँ”।

तर भूलमा नपर्नुहोस्। पछि पछुताएर हुँदैन, समय ढिलो भइसकेको हुन्छ। नरक एउटा वास्तविक ठाउँ हो। बाइबल सत्य छ भण्ने कुराको प्रमाणहरूको अलिकति पनि जाँचबुझै नगरी इन्कार गर्नुहुन्छ र?

बरु यो सन्देशलाई आज गम्भीर भई विचार गर्नुहोस्, र नरकबाट बच्ने उपाय जान्ने निर्णय गर्नुहोस्। येशूले भन्नुभयो, “बाटो, सत्य, र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउँदैन।” (यूहन्ना १४:६)

धेरैजना भन्छन्, “मरेपछि चौरासी लाख जुनी घुम्‍नुपर्छ।”

तर बाइबलमा लेखिएको छ,

“मानिसहरूका निम्ति एकपल्ट मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ।” (हिब्रू ९:२७)

मानिस एकपल्ट मात्र जन्मन्छ र एकपल्ट मात्र मर्छ। अनि मरेपछि ऊ न्यायमा पर्छ! ईश्वरीय न्यायले पापीलाई दण्ड दिनैपर्छ किनकि परमेश्वर पवित्र र धर्मी हुनुहुन्छ। प्रिय मित्र, नाकमा सास भएको मान्छेको “अरे, अरे” को भरमा आफ्‍नो आत्मालाई नफाल्‍नुहोस्। संसारका सबै गुरू, दार्शनिक, पैगम्बर, भगावन्, योगी, बाबाजी, माता, पोप आदि मरेर गए, आफूलाई बौराउन सकेनन् किनकि उनीहरू केवल मानिस थिए। तर येशू ख्रीष्ट, उहाँ मारिनुभएको तीन दिनपछि फेरि बौरेर उठ्नुभयो! यस ऐतिहासिक घटनाले येशू नै एक दिन संसारको न्याय गर्नुहुने परमेश्वरको पुत्र हुनुहुन्छ भनेर सारा संसारलाई प्रमाण दिएको छ। (रोमी १:४, प्रेरित १७:३१)

परमेश्वरको भययोग्य न्यायबाट उम्कन आफ्‍नो पापदेखि पश्चात्ताप गर्नुहोस् र सत्य परमेश्वरकहाँ फर्केर आउनुहोस्। येशूले भन्नुभएको छ,

“साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, ऊसँग अनन्त जीवन छ, र ऊ न्यायमा पर्नेछैन, तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ।” (यूहन्ना ५:२४)

“परमेश्वर प्रेम हुनुहुन्छ भने उहाँले नरक जस्तो डरलाग्दो ठाउँ किन बनाउनुभयो?”

परमेश्वर असल हुनुभएकोले उहाँले खराबलाई घृणा गर्नुहुन्छ। उहाँ धर्मी हुनुभएकोले उहाँले पापलाई घृणा गर्नुहुन्छ। उहाँ पवित्र र न्यायी हुनुभएकोले उहाँले अपराधलाई दण्ड दिनैपर्छ। यदि उहाँले पापलाई दण्ड नदिनुहुँदो हो त उहाँ असल हुनुहुनेथिएन र फलस्वरूप उहाँको प्रेम पनि असली प्रेम हुनेथिएन।

वास्तवमा नरक एउटा उच्च स्वर्गदूतको दण्डस्थान हो किनकि उसले “म परमप्रधानजस्तै हुन्छु” भन्‍यो (यशैया १४:१४) र एकमात्र सृष्टिकर्ताको विरोधमा उठ्यो। स्वर्गबाट तल फ्याँकिएको त्यो आत्मा शैतान हो। शैतानले मान्छेलाई सत्य परमेश्वरको सट्टा झूटा शक्तिको खोजी गर्न अभिप्रेरित गर्दछ, जस्तै जोखना, साइत हेर्न, मन्त्रतन्त्र, टुनामुना, बोक्सेरो-विद्या, प्रेत-विद्याको अभ्यास गर्न।

मानिस सृष्टिकर्तालाई पूज्‍न छोडेर विद्रोही र स्वेच्छाचारी बनेकोले ऊ पनि नरकको योग्य बनेको छ।

“त्यसपछि उहाँले ती देब्रे हातपट्टि हुनेहरूलाई भन्नुहुनेछ: हे श्रापितहरूहो, मदेखि त्यस अनन्त आगोभित्र जाइहाल, जोचाहिँ शैतान र त्यसका दूतहरूका निम्ति तयार पारिएको छ”। (मत्ती २५:४१)

आफ्नो विद्रोह कहिल्यै नछोड्ने शैतान अनन्त आगोमा जानेछ। तर परमेश्वर पिताले पापी मानिसलाई प्रेम गर्नुभई उसलाई अनन्त विनाशबाट बचाउन आफ्‍नै पुत्रलाई बाँकी राख्नुभएन, तर हाम्रो सट्टामा मृत्युको स्वाद चाख्न र हाम्रा पापहरूको दण्ड भोग्नलाई संसारमा पठाउनुभयो। तसर्थ, येशू ख्रीष्टको बलिदानमा परमेश्वरको अद्भुत् प्रेम र अपरिवर्तनीय न्याय दुवै सिद्धरूपमा प्रकट भएका छन्।

धेरैले भन्छन्, “मरेपछि जे होला, होला।”

के तपाईं आफ्नै आत्माको जुवा खेल्नुहुन्छ? बाइबलले भन्दछ, नरककुण्ड अथाह गहिरो छ, त्यहाँ पुगिसकेपछि उम्कने उपाय छैन। त्यो रुवाबासी र दाह्राकिटाइको पीडाघर हो, प्रेम वा दया नपाइने कारागार हो, सुख र सान्त्वनारहित तहखाना हो, मनोरञ्जनबिहीन अन्धकारपूर्ण दण्डस्थान हो, रोजाइ र स्वतन्त्रतारहित निर्वासनस्थान हो, परमेश्वरको अनुग्रह वा कृपारहित अनन्त पछुतोस्थान हो। नरकमा आगो कहिल्यै निभ्दैन, एक थोपा पानी पनि दिइँदैन, त्यहाँ पीडा कहिल्यै टुङ्गिदैन। (लूका १६:२३-२८) आफ्नो अनमोल आत्मा नाश गर्ने यस्तो जुवा नखेल्नुहोस्।

धेरैजना सोच्छन् – “मैले के पाप गरेको छु र? मरेपछि म स्वर्ग नै पुग्छु होला।”

तर कृपया आफूसित एकपटक इमानदार भई सोच्नुहोस्। के तपाईंले झूट बोल्नुभएको छैन? वा रिसमा हत्या सोच्नुभएको छैन? वा हृदयमा व्यभिचार गर्नुभएको छैन? वा चोर्नुभएको छैन? वा अर्काको धनमाल, पति-पत्‍नीको लालच गर्नुभएको छैन? ढँटुवा, हत्यारा, व्यभिचारी, चोर, लोभीहरू स्वर्ग होइन नरक जान योग्य हुन्छन्। एउटै पापले पनि नरक पुर्‍याउँछ।

“किनकि जसकसैले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर पनि एउटै कुरामा चुक्यो भने ऊ सबै कुरामा दोषी ठहरिएको छ।” (याकूब २:१०)

“धर्मी कोही छैन, एउटै पनि छैन। असल गर्ने कोही छैन। सबैले पाप गरेका छन्।” (रोमी ३:१०)

आफ्‍ना पापहरूका लागि कुनै बहाना नबनाउनुहोस्, बरु तपाईंको मन संसार र मूर्तिहरूदेखि परमेश्वरतर्फ फर्काउनुहोस् र उहाँले तपाईंमाथि कृपा देखाउनुहुनेछ।

कतिले भन्छन् – “मैले जानी-नजानी पाप गरेँ होला। तर मैले धर्म पनि गरेको छु। म नरकमा पुग्छु जस्तो लाग्दैन।”

तर बाइबलले भन्छ,

“हाम्रा सबै धार्मिक कामहरू मैला थाङ्नाहरूसरह छन्”। (यशैया ६४:६)

हामीले गरेका कामहरू ठीक छन् कि छैनन् भनेर अन्तिम फैसला गर्ने हामी आफैले होइन तर न्यायकर्ता परमेश्वरले हो, जसले आकाश र पृथ्वीलाई सृष्टि गर्नुभयो, जो सबैका मालिक हुनुहुन्छ। उहाँले कुनै अधर्म गर्नुहुन्न, उहाँ कहिल्यै चुक्नुहुन्न। (सपन्याय ३:५) उहाँको न्यायले सिद्ध धार्मिकताको माग गर्छ। उहाँका पवित्र नजरका सामु सबै मानिस फोहोरी छन्। हाम्रा धर्मकर्म मानिसका सामु ग्रहणयोग्य भए पनि परमेश?वरका सामु ती कर्मले पापको ऋण चुक्ता गर्न सक्दैनन्, तपाईंलाई नरकबाट बचाउन सक्दैनन्। यदि सक्‍ने भएका भए हामीले “मेरो कर्म र भक्ति वा मेरो साधना वा पुरुषार्थले मैले पापको प्रायश्चित गरेँ” भन्दै घमन्ड गर्ने ठाउँ हुन्थ्यो तर शास्त्रले भन्दछ, “परमेश्वरको सामु कुनै प्राणीले घमन्ड गर्न नपाओस्।” (१ कोरिन्थी १:२९)

“मुक्ति धार्मिक कामद्वारा पाइँदैन भने त्यो कसरी पाइन्छ त?”

“किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ; यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो; कामहरूबाट होइन, नत्र ता कसैले घमन्ड गर्नेछ।” (एफेसी २:८-९)

विनम्र मित्र, मुक्ति मान्छेले कमाउन सक्ने कुरा होइन, यो त परमेश्वरबाट सित्तैंमा पाइने दान हो। कसरी दान? यसरी कि परमेश्वर स्वयंले हाम्रो छुटकाराको दाम तिरिदिनुभएकोले। दाम?हो, हाम्रो पापले अग्‍निकुण्डको मृत्यु कमाएको थियो — “किनकि पापको ज्याला मृत्यु हो।” (१७) अनि नरकको अनन्त पीडाबाट छुटाउनलाई दाम स्वरूप एक निर्दोष बलिदान आवश्यक परेको थियो किनकि “रगत नबहाईन पाप क्षमा हुँदैन।” (१८) असल खबर यो हो कि परमेश्वरले नै एक निर्दोष र निष्कलङ्क बलिदानको प्रबन्ध गर्नुभयो। कुन बलिदान? उहाँकै अनन्त पुत्र येशू ख्रीष्ट जो इस्राएल देशमा एउटी कन्याको कोखबाट अलौकिक देहधारण भई मानिसको रूपमा जन्मनुभयो। उहाँले कुनै पाप गर्नुभएन। उहाँ सम्पूर्ण मानव जातिका पापहरू हरण गर्न पापबलिको रूपमा आजभन्दा करिब २००० वर्ष अघि क्रूसमा आफ्‍नो बहुमूल्य रगत बहाएर मर्नुभयो। यसको प्रमाण? येशू मरेको मरै हुनुभएन, तर उहाँ तेस्रो दिनमा फेरि बौरेर उठ्नुभयो! (१९) यसको प्रमाण? उहाँ ४० दिनसम्म शरीरमै देखा पर्नुभयो। त्यसपछि? उहाँ प्रत्यक्षदर्शीहरूकै बीचबाट शरीरमै उचालिएर स्वर्गमा फर्कनुभयो।

“परमेश्वरले यस्तो अद्भुत् काम किन गर्नुभयो?”

“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो — उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्।” (यूहन्ना ३:१६)

परमेश्वर तपाईंको विनाश चाहनुहुन्न। बरु उहाँ तपाईंलाई बचाउन चाहनुहुन्छ। किनकि उहाँ तपाईंलाई प्रेम गर्नुहुन्छ। आफ्‍नो मन परमेश्वरतर्फ फर्काउनुहोस् र प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस्।

“पाप, संसार र झूटा ईश्वरहरूदेखि जीवित र सत्य परमेश्वरतर्फ आफ्‍नो मन फनक्क नफर्काउँदा के हुन्छ?”

“जसले पुत्रमाथि विश्वास गर्दछ, ऊसँग अनन्त जीवन हुन्छ; अनि जसले पुत्रलाई विश्वास गर्दैन, त्यसले जीवन देख्‍नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ।” (यूहन्ना ३:३६)

प्रिय पाठक, जीवनको सबभन्दा गम्भीर रोजाइ आज तपाईंको हातमा छ। अनन्त जीवन रोज्नुहोस् र आउन लागेको ईश्वरीय क्रोधबाट भाग्‍नुहोस्!