मृतसागरका चर्मपत्रहरू

मृतसागरका चर्मपत्रहरू
(The Dead Sea Scrolls)
मृतसागरका चर्मपत्रहरू सम्बन्धी तथ्यहरू

मृतसागरको उतर-पश्चिमी किनारका गुफाहरूमा
मृतसागरका चर्मपत्रहरू सन् १९४७ देखि १९५६ को अवधिभित्र यरूशलेमको दक्षिण-पश्चिम दिशामा, २१ किलोमीटर दुरीमा रहेको मृतसागरको उतर-पश्चिमी किनारका ११ ओटा गुफाहरूमा भेट्टाइएका थिए। समुद्री सतहभन्दा १३०० फिटमनि अवस्थित ती गुफाका सुक्खा मौसमको कारणले ती चर्मपत्रहरू संरक्षित रहे।
चर्मपत्रहरूमध्ये पाँच भागको चार भाग जति हिब्रूमा लेखिएका थिए र २५% जति चाहिँ बाइबलका पुस्तकहरू थिए। त्यहाँ उत्पत्तिको १५ प्रति, प्रस्थानको १७ प्रति, लेवीको १३ प्रति, गन्तीको ८ प्रति, व्यवस्थाको २९ प्रति, यहोशूको २ प्रति, न्यायकर्ताको ३ प्रति, यशैयाको २१ प्रति, यर्मियाको ६ प्रति, इजिकिएलको ६ प्रति, भजनसङ्ग्रहको ३६ प्रति, हितोपदेशको २ प्रति र रूथको ४ प्रति छन्।
१९९० को दशकको सुरुतिर गरिएका आधुनिक परीक्षणहरूद्वारा ती बाइबलीय चर्मपत्रहरू ख्रीष्टको समयभन्दा दुई शताब्दी पुरानो भएको भेटिए (George Bonani, “Carbon-14 Tests Substantiate Scroll Dates,” Biblical Archaelogy Review, November/December 1991, p.72).
मृतसागरका चर्मपत्रहरूमध्ये सबभन्दा महत्त्वपूर्ण र पूरा पुरानो नियमको पुस्तकचाहिँ यशैयाको महान् चर्मपत्र (Great Isaiah Scroll) हो जसमा यशैयाका जम्मै ६६ पुस्तकहरू छन्। पहिलो गुफामा भेटिएको यो चर्मपत्र भेडाको छालाको १७ टुक्राहरूमा लेखिएको छ र तिनलाई सिलाएर २४ फिट लामो बेरुवा चर्मपत्र बनेको छ। यो कम्तिमा चार पटक कार्बन-१४ विधिले परीक्षण गरिएको छ र नतीजा अनुसार यो ३३५ देखि १०७ इसा पूर्व पुरानो सामग्री रहेको पाइएको छ। अन्य तरिकाको जाँच (जस्तै, सिक्का र अन्य मानव निर्मित सामग्री, लेखन सामग्री र शैली) ले यसलाई १५०-१०० इसा पूर्व मितिको भएको ठानिएको छ। तसर्थ यो ख्रीष्टभन्दा कम्तिमा एक शताब्दि अगाडि लेखिएको थियो।

यशैयाको महान् चर्मपत्र
ख्रीष्टियन अपोलोजेटिक्सका निम्ति मृतसागरका चर्मपत्रहरूको महत्त्व
(अपोलोजेटिक्स् = विश्वासको प्रतिवाद)
- यी चर्मपत्रहरूले पुरानो नियमको ३९ ओटा पुस्तक रहेको पारम्पारिक क्यानोनलाई पुष्टि गर्दछन्।
एस्तरबाहेक पुरानो नियमको प्रत्येक पुस्तकका अंशहरू त्यहाँ छन् जसले गर्दा पवित्रशास्त्रको मानिँदै आएको क्यानोनलाई समर्थन गर्दछ। - यी चर्मपत्रहरूले बाइबलका भविष्यवाणीहरू पहिले नै लेखिएका थिए भन्ने कुराको प्रमाण दिन्छन्।
मृतसागरका चर्मपत्रहरूले यो प्रमाणित गर्दछन् कि पुरानो नियममा भएका मसीही भविष्यवाणीहरू येशूको जन्म हुनुभन्दा अगाडि नै लेखिएका थिए। फलस्वरूप यसबाट यो प्रमाणित हुन्छ कि ती भविष्यवाणीहरू परमेश्वरबाटै आएका थिए! - यी चर्मपत्रहरूले म्यासोरेटिक हिब्रू बाइबललाई प्रमाणिकृत गर्दछन्।
मृतसागरका चर्मपत्रहरूले म्यासोरेटिक हिब्रू लेखोट (Massoretic Hebrew text) लाई प्रमाणिकृत गर्ने बलियो गवाही प्रदान गर्दछ जुन हिब्रू लेखोटबाट नै रेफर्मेशनका महान् बाइबलहरू अनूदित भए जस्तै, जर्मनमा लूथर बाइबल, अङ्ग्रेजीमा किङ्ग् जेम्स बाइबल र स्पेनिशमा रिएना भालेरा बाइबल।म्यासोरेटिक हिब्रू लेखोट १५ औं शताब्दिमा छापाखाना (वियोज्य टाइप, movable type) को आविष्कार हुनुभन्दा अगाडिका हिब्रू शास्त्रीहरूको अतिसावधान परिश्रमद्वारा संरक्षित रहँदै आएको थियो। (प्रथम छापिएको हिब्रू बाइबल १४८८ मा छापिएको थियो)।“मासोरेत” भन्ने शब्दले बाइबलको विश्वासयोग्य प्रसारण (प्रेषण) लाई जनाउँछ। म्यासोरेटिक शास्त्रीहरूले हस्तलेखहरूका एक-एक शब्दको गन्ती गर्थे अनि गल्ती भेटिएको खण्डमा सम्बन्धित खण्डलाई नष्ट गरिनुपर्थ्यो। मृतसागरमा भेटिएका ६०-६५ प्रतिशत बाइबल चर्मपत्रहरू म्यासोरेटिक शास्त्रीहरूले प्रतिलिपि बनाउने लेखोट नै रहेका छन्। यो अचम्मको कुरा हो किनभने म्यासोरेटिक लेखोटको सबभन्दा पुरानो कोडेक्स (सङ्ग्रह) (जस्तै आलेप्पो) र मृतसागरका चर्मपत्रहरूका बीच १००० वर्ष भन्दा बढी समयको अन्तर छ। जस्तै, यशैयाको महान् चर्मपत्र १००-१५० इसा पूर्व मितिको हो भने आलेप्पो कोडेक्स ९२० एडी मितिको हो।मृतसागरका चर्मपत्रहरू र म्यासोरेटिक लेखोटका बीच रहेका भिन्नताहरू ज्यादै न्यून छन्, धैरै हिसाबमा हिज्जे वा व्याकरणसित सम्बन्धित रहेको वा एक शब्द छुटेको वा थपिएको वा हिब्रू अक्षर अदलबदल भएको भेटिन्छ। जस्तै, गुफा #१ मा भेटिएका दुईटा यशैयाका चर्मपत्रहरूमध्ये एउटामा यशैया ६:३ बाट एउटा “पवित्र” छुटेको छ, जोचाहिँ शास्त्रीले प्रतिलिपि बनाउँदा छुटपुट हुन गएको भनेर स्पष्टै जान्न सकिन्छ। यशैयाको महान् चर्मपत्रको यशैया ५३ लाई आलेप्पो कोडेक्ससित तुलना गर्दा, त्यहाँ केवल तीनओटा अक्षर मात्र खास फरक छन्। डा० अर्न्सट वर्थवाइनले यशैयाको महान् चर्मपत्र र म्यासोरेटिक लेखोटका बीचको सहमतिलाई “असाधारण” (striking) को संज्ञा दिन्छन् अनि आडोल्फो रोइटमानले यसलाई “असामान्य ढङ्गले बराबर” (extraordinarily close) भनेर बयान गर्छन् (Wutherwein, The Text of the Old Testament, 1979, p. 144; Roitman, The Bible in the Shrine of the Book, 2006, p.43).
दि श्राइन् अफ दि बुक
(The Shrine of the Book)
रोमी ३:१-२ मा परमेश्वरले पवित्रशास्त्रको रखवाली गर्ने जिम्मेवारी यहूदीहरूलाई सुम्पिनुभयो भन्ने पावलको अभिव्यक्तिको प्रकाशमा हेर्दा, म्यासोरेटिक हिब्रू बाइबलको आधिकारिकताको सबैभन्दा महान् दुई ऐतिहासिक गवाहीहरू इस्राएल म्यूजियमको शाखा यरूशलेमस्थित श्राइन् अफ दि बुकमा संरक्षित रहेको तथ्य उल्लेखनीय छ। उनीहरू नै मृतसागरका गुफाहरूमा भेटिएको यशैयाको महान् चर्मपत्रका र साथै आलेप्पो कोडेक्सका संरक्षकहरू हुन् जुन आलेप्पो कोडेक्स सबैभन्दा पुरानो पूर्णरूपमा रहेको म्यासोरेटिक पुरानो नियम हो।

इस्राएल म्यूजियमको शाखा यरूशलेमस्थित श्राइन् अफ दि बुक
आलेप्पो कोडेक्स (हिब्रूमा “हाक्काटेर” अर्थात् मुकुट भनेर चिनिन्छ) १० औं शताब्दि एडीमा तिबेरियासमा बनाइएको थियो जुन ठाउँ यरूशलेम ध्वस्त भएपछि यहूदी विद्वताको केन्द्र बन्यो। यो ठाउँ ताल्मूदको रचना-केन्द्र पनि थियो जुनचाहिँ यहूदी परम्पराहरूको सङ्ग्रह हो जुन परम्पराहरूलाई (अभ्यासमा) पवित्रशास्त्रकै बराबर अधिकारको स्थानमा उच्च पारियो जुन कुरालाई येशूले मत्ति १५ र २३ मा दोषी ठहराउनुभयो। आलेप्पोको हस्तलेख म्यासोरेटिक लेखोट हो। यसलाई सारेर उतार्ने श्लोमो बेन बोयाआ थिए अनि त्यसमाथि स्वरवर्णका चिन्हहरू थपिदिने काम प्रख्यात निपुण शास्त्री हारून बेन आशेर थिए। (म्यासोरेटिक लेखोटलाई बेन आशेर लेखोट पनि भनिन्छ)। झण्डै १००० वर्षसम्म यो नै “पुस्तकहरू सच्च्याउन प्रयोग गरिने मानदण्ड लेखोट थियो” जुन अवधिभित्र “शास्त्रीहरूका पुस्ता-पुस्ताले यससित दाँज्ने उद्देश्यले यात्रा गरे” (रोइटमान, p. 62)। यो १०९९ देखि १३७५ सम्म मिश्रदेशमा काइरोको सभाघरमा रहेको थियो र त्यसपछि सिरियाको आलेप्पोको सभाघरमा सारियो जहाँ यो दुईटा ताल्चाले बन्द गरिएको धातुले बनेको एउटा बाकसमा राखियो, “एलियाको गुफाभित्र” (उनीहरूको परम्पराअनुसार अगमवक्ता एलिया त्यहाँ निर्वासन गरिएका थिए)। त्यसका चाबीहरू दुई प्रमुख मानिसहरूको अधिकारमा हुन्थ्यो र त्यसलाई खोल्नुपर्दा सभाघरका अगुवाहरूको अधिकारले ती दुवैजनाको उपस्थितिमा मात्र खोल्न मिल्थ्यो। डिसेम्बर २, १९४७ मा संयुक्त राष्ट्र संघले एउटा यहूदी राष्ट्र स्थापना गर्नलाई समर्थन जनाएपछि अरब मुलुकहरूभरि हुलदङ्गा मच्चियो र हुलदङ्गा गर्दै आएका मुसलमानहरूद्वारा आलेप्पो सभाघर नाश गरियो। हुलदङ्गीहरूले त्यो फलामको बाकसलाई फुटाए र कोडेक्सको पन्नाहरूबाट च्यातिदिए र भुइँमा फ्याँकिदिए। पञ्चग्रन्थको अधिकांश भाग हरायो साथै अरू खण्डहरू पनि। कसैले उक्त क्षतिग्रस्त कोडेक्सलाई बचाए र केही वर्षसम्म लुकाएर राखे। १९५८ मा आलेप्पो कोडेक्सलाई एउटा वाशिङ् मिशिनभित्र लुकाएर टर्कीमा तस्करी गरियो अनि त्यहाँबाट त्यसलाई यरूशलेममा ल्याइयो (रोइटमान, p. 65)। छ वर्ष लगाएर धेरै मेहनतसित इस्राएल म्यूजियमले यसको पुनर्निर्माण गर्यो र आज यो श्राइन् अफ दि बुकमा प्रदर्शनीमा राखिएको छ।

आलेप्पो कोडेक्स

आलेप्पो कोडेक्स श्राइन् अफ दि बुकमा प्रदर्शनीमा
पुनरावलोकन प्रश्नहरू
- मृतसागरका चर्मपत्रहरू कहिले भेट्टाइए?
- मृतसागरका चर्मपत्रहरू कहाँ भेट्टाइए?
- अधिकांश चर्मपत्रहरू कुन भाषामा लेखिएका थिए?
- चर्मपत्रहरूमध्ये कति प्रतिशतचाहिँ बाइबलका पुस्तकहरू रहेका छन्?
- मृतसागरका चर्मपत्रहरूका बाइबलीय पुस्तकहरू कुन मितिका रहेका छन्?
- मृतसागरका चर्मपत्रहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण पुस्तक कुन रहेको छ?
- उक्त चर्मपत्रको लम्बाइ कति छ?
- ख्रीष्टियन अपोलोजेटिक्सका निम्ति मृतसागरका चर्मपत्रहरू कुन तीनओटा
हिसाबमा महत्त्वपूर्ण रहेका छन्? - त्यसमा पुरानो नियमका कतिओटा पुस्तकहरूका खण्डहरू रहेका छन्?
- मृतसागरका चर्मपत्रहरू र म्यासोरेटिक हिब्रू लेखोटका बीच कति वर्षको
अन्तर रहेको छ? - महान् यशैया चर्मपत्रको यशैया ५३ र आलेप्पो कोडेक्सका बीच
कतिओटा अक्षरको अन्तर रहेको छ? - रोमी ३:१-२ मा पावलले यहूदीहरूलाई रहेको लाभको सम्बन्धमा के
भनेका थिए? - आलेप्पो कोडेक्स कुन शताब्दिमा बनाइयो?
- आलेप्पो कोडेक्स कुन शहरमा बनाइयो?
- उक्त कोडेक्सलाई किन “आलेप्पो” भनियो?
- हारून बेन आशेर को थिए?
- आलेप्पो कोडेक्सको हिब्रू नाम के रहेको छ र त्यसक माने के हो?
- आलेप्पो कोडेक्स आज कहाँ राखिएको छ?
यस अध्ययनमालाका अन्य पाठहरू पढ्न चाहनुहुन्छ?