राज्यको प्रबन्ध

राज्यको प्रबन्ध

 

(ख्रीष्टको दोश्रो आगमनदेखि नयाँ आकाश र नयाँ पृथ्वीसम्म)

यस अध्यायमा हामी सातौं प्रबन्धको अध्ययन गर्नेछौं जुनचाहिँ अन्तिम प्रबन्ध पनि हो। येशूले आफ्ना चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो, “तपाईंको __________ आओस्” (मत्ती ६:१०)। परमेश्वरको महान् राज्य आउँदैछ (प्रकाश ११:१५)। त्यो समय आउँदैछ जब मानिसहरूले पृथ्वीमा परमेश्वरको इच्छा पूरा गर्नेछन् (पढ्नुहोस् मत्ती ६:१०)। के आज त्यस्तै भइरहेको छ त? _________। आज पृथ्वीमा परमेश्वरको इच्छा पूरा भइरहेको छ कि प्रायःजसो मानिसहरू परमेश्वरलाई बेवास्ता गर्दै आफूले जे चाहन्छन् त्यही गरिरहेका छन्? ________________________________________। परमेश्वरको राज्य आइसकेको छैन तर त्यो आउँदैछ!

शताब्दियौं देखि मानिसहरूले एउटा सुन्दर संसारको सपना देख्दै आएका छन्। सब युद्ध, कलह, दुषकर्म, भोकमरी, रोगबिमारबाट मुक्त संसार अर्थात् “सत्य युग” को चाहना गरेका छन् उनीहरूले। बाइबलले बताउँछ, एउटा सुन्दर भविष्य आउँदैछ। भन्ने हो भने, सम्भवत: परमेश्वरको राज्य दस वर्ष नबित्दै आउन सक्छ! [मिति निर्धारण गर्ने प्रयास होइन यो। केवल सम्भावना मात्र जुनचाहिँ वास्तविकता हुनेछ यदि र्‍याप्चरको घटना एक-दुई वर्षमै घट्ने हो भने। राज्यको आगमन अझै वर्षौंसम्म ढिलाइ हुन सक्छ। परमेश्वर मात्र समय जान्नुहुन्छ, हामी जान्दैनौं]।

अघिल्लो पाठमा हामीले महासङ्कष्टको समयको अध्ययन गर्‍यौं जुन समय संसारकै सबैभन्दा संकटपूर्ण हुनेछ (मत्ती २४:२१)। के तपाईंलाई थाहा छ, सबैभन्दा नराम्रो समय पछि सबभन्दा राम्रो समय आउनेछ (मत्ती २४:२९-३०)। त्यसबखत नै “सत्य युग” को शुरुआत हुनेछ। त्यो समय संसारकै सबभन्दा आशिषपूर्ण र फलिफापको समय हुनेछ, त्यस्तो समय जुन कि मानिस पापमा पतन भएदेखि यता कहिल्यै भएको छैन।

१. प्रारम्भमा मानिसको अवस्था

परमेश्वरको राज्य कस्तो हुनेछ त? त्यसबेला पृथ्वीको अवस्था आजको भन्दा कसरी फरक हुनेछ? भविष्यको राज्यको जीवन कस्तो हुनेछ? त्यो “सुवर्ण युग” लाई कसरी वर्णन गर्ने? त्यस राज्यको समयको बारेमा दसओटा कुराहरूको अध्ययन गरौं:

    1. समस्त पृथ्वीमाथि येशू ख्रीष्ट राजा हुनुहुनेछ।
      “परमप्रभु __________ _________का राजा हुनुहुनेछ” (जकरिया १४:९)। येशू ख्रीष्ट सारा जगतको नरेश र सार्वभौम शासक हुनुहुनेछ! यस राजाको आराधना र सेवा क-कसले गर्नेछन् (दनिएल ७:१४)? ________________________________________। यशैया २:३ अनुसार कुनचाहिँ शहर ख्रीष्टको राज्यको राजधानी हुनेछ? ___________________। राज्यको समयमा हुने ख्रीष्टको शासन प्रणालीलाई प्राय: ईश्वर-राज्य (THEOCRACY) अर्थात् ईश्वरद्वारा संचालित शासन भन्ने गरिन्छ। अद्वित्तीय ईश्वर-मानव (GOD-MAN) प्रभु येशू नै सिंहासनमा विराजमान हुनुहुनेछ। उहाँभन्दा सिद्ध शासक कोही छैन!

 

    1. ख्रीष्ट नै सिद्ध शासक हुनुहुनेछ।
      संसारमा ज्यादै खराब शासकहरू आए, गए (जस्तै, प्रस्थानको फारो, हेरोद महान्, हिटलर, सद्दाम हुसेन, कयौं अरू)। कैयौं शासकहरू क्रूर, महत्वकांक्षी र अत्याचारी थिए। अति असल मानिएका शासक र राष्ट्रपतिहरू समेत निकै असिद्ध थिए। भावी राज्यको युगमा एकजना सिद्ध शासक हुनुहुनेछ: “किनकि परमप्रभु हाम्रा _____________ हुनुहुन्छ। परमप्रभु हामीलाई ____________ _______ हुनुहुन्छ। परमप्रभु हाम्रा ________ हुनुहुन्छ” (यशैया ३३:२२)। यस पदले हामीलाई कतिपय राष्ट्रमा हुने सरकारको तीनओटा अङ्गहरूको सम्झना गराउँछ। प्रभु येशू नै सिद्ध न्यायधीश हुनुहुनेछ (न्यायपालिका, सर्वोच्च अदालत), सिद्ध राजा हुनुहुनेछ (कार्यपालिका, राष्ट्र प्रमुख) अनि उहाँले नै सिद्ध व्यवस्थाहरू बनाउनुहुनेछ (व्यवस्थापिका, संसद)! न्यायपालिका, कार्यपालिकाव्यवस्थापिका तीनैओटा अङ्ग एउटै व्यक्ति येशू ख्रीष्टमा निहित हुनेछ!

 

    1. ख्रीष्टले सिद्ध निष्पक्षतामा र धार्मिकतामा शासन गर्नुहुनेछ।
      उहाँले धा_________सित पृथ्वीमा न्याय र शासन गर्नुहुनेछ (यशैया ११:४-५)। यस राजाले गर्नुहुने सब कार्य, बोल्नुहुने सब कुरा न्यायोचित र सही हुनेछ! उहाँले कुनै भूल गर्नुहुनेछैन। उहाँले संसारको शासन कुनै त्रुटिबिना गर्नुहुनेछ। उहाँले गर्नुहुने प्रत्येक निर्णय सही र न्यायपूर्ण हुनेछ।

 

    1. पृथ्वीमा शान्ति छाउनेछ।
      “उहाँले पृथ्वीको छेउसम्म नै लडाइँहरू ________ गराउनुहुन्छ” (भजनसंग्रह ४६:९)। के आज पनि यस्तै छ? _______। यशैया २:४ अनुसार राज्यको युगमा स्थल-सेना, जल-सेना वा हवाइ-सेना कुनैको पनि आवश्यकता हुनेछैन। युद्ध केवल इतिहासमा सिमित हुनेछ किनकि _________का राजकुमार (यशैया ९:६) सिंहासनमा विराजमान हुनुहुनेछ।

 

    1. सबै मानिसहरूलाई परमेश्वरको सत्यता सिकाइनेछ।
      आज संसारमा थुप्रै धर्महरू छन्। परमेश्वर को हुनुहुन्छ, परमेश्वर कस्तो हुनुहुन्छ भन्ने बारेमा मानिसहरू अनेकौं विचित्र धारणहरू राख्छन्। राज्यको युगमा परिस्थिति बेग्लै हुनेछ। प्रभु येशू ख्रीष्ट आफैंले पृथ्वीमाथि शासन गर्दै मानिसहरूलाई परमेश्वरको बारेमा सत्य सिकाउनुहुनेछ (यशैया २:३)। त्यहाँ कुनै पनि झूटो धर्मलाई अनुमति दिइनेछैन। केवल सत्य मात्र सिकाइनेछ। सबैले राजालाई उपासना गर्नुपर्नेछ! के त्यस बेला “तपाईंहरूले प्रभुलाई चिन्नु खाँचो छ” भन्दै बताउने मिसनरी प्रचारकहरूको खाँचो पर्नेछ (यर्मिया ३१:३४)? _____________। के समस्त जगतले प्रभुको बारेमा जान्नेछ (यशैया ११:९)? _____________। के आज पनि यस्तै छ? ________।

 

    1. शैतानले समस्या दिन पाउनेछैन।
      प्रकाश अध्याय २० मा हामी सिक्छौं, राज्यको युग १००० वर्ष लामो हुनेछ। यस अध्यायमा यस १००० वर्षको अवधिलाई उल्लेख गर्ने पदहरू भेट्टाउनुहोस्: _______________________। (यसैले राज्यको युगलाई “मलेनियम” पनि भन्ने गरिन्छ जसको अर्थ हो हजार वर्षको अवधि)।

      त्यस १००० वर्षको अवधिमा शैतान कहाँ हुनेछ (प्रकाश २०:१-३)? _______________________। शैतानलाई मलेनियमको पूरै अवधिभरि “कैद” गरिन्छ! के १ पत्रुस ५:८ राज्यको युगमा साँचो हुनेछ? __________। के त्यो आज साँचो छ? __________। आदम र हव्वाकै समयदेखि शैतानले पृथ्वीमा उपद्रव गर्दै आएको छ। तर राज्यको युगमा उसले पृथ्वीमा कुनै प्रभाव जमाउनेछैन। यस विषयमा हामी यस पाठमा अरू अध्ययन गर्नेछौं।

 

    1. बाँझो भूमिहरू फलदायी बन्नेछन्।
      यशैया ३२:१५ मा हामी सिक्छौं, मरुभूमि म________ खे_________ बन्नेछ। यस्तो नयाँ दृश्यलाई यशैया ३५:१-२ मा बयान गरिएको छ। मरुभूमि फल्दोफुल्दो बन्नलाई प्रशस्त पानीको आवश्यकता पर्दछ। के परमेश्वरले मरुभूमिहरूका लागि प्रशस्त पानीको प्रबन्ध गर्नुहुनेछ (यशैया ३५:६-७)? ___________।

 

    1. रोग-बिमार निर्मूल पारिनेछ।
      आज संसारमा रोग-बिमार व्यापक छ। के राजा प्रभु येशू ख्रीष्टले रोग-बिमारको समस्याको बारेमा केही गर्न सक्नुहुन्छ (मत्ती ४:२३-२४)? ______________। राज्यको युगमा जिउने व्यक्तिले “म ___________ छु” (यशैया ३३:२४) भन्नेछैन। त्यस दिन बहिराले कान सुन्नेछ र अन्धाले आँखा देख्‍नेछ (यशैया २९:१८ र यशैया ३५:५-६)। आउनेवाला राज्यका प्रजाले सुन्दर स्वस्थ्यको अनुभूति गर्नेछन्।

 

    1. मानिसहरूको आयु सयौं वर्ष लामो हुनेछ।
      आज सय वर्ष पुगेको मानिसलाई वृद्ध मानिन्छ कि बालक? ___________। यशैया ६५:२० ले राज्यको बयान गर्दछ। यस पदले सय वर्षको बालकको कुरा गर्दछ! यशैया ६५:२२ मा हामी सिक्छौं मानिसको आयु रूखको आयुजस्तै हुनेछ। कतिपय रूखहरू सयौं वर्ष बाँच्छन् भन्ने कुरा के तपाईंलाई थाहा थियो? राज्यको युगमा जिउनेहरू वर्षौं-वर्षौं बाँचिरहनेछन्। राज्यको युगमा येशू ख्रीष्टले कहिले काहिँ पापीहरूलाई मृत्युदण्ड दिनुहुनेछ (हेर्नुहोस् यशैया ६५:२०) तर मानिसहरूले ख्रीष्टका नियम-कानूनलाई पालन गरे भने उनीहरूलाई कुनै समस्या आइपर्नेछैन र उनीहरू वर्षौं बाँचिरहनेछन्। धेरैजसो मानिसहरू राज्यको पूरै युग बाँचेर मतुशेलहभन्दा वृद्ध हुनेछन् (हेर्नुहोस् उत्पत्ति ५:२७)!

 

  1. पशुपंक्षीको स्वभावमा परिवर्तन आउनेछ।
    यो अचम्मको परिवर्तनलाई यशैया ११:६-९ र ६५:२५ मा बयान गरिएको छ। के आजका पशुपंक्षी यस्तै छन्? ____। आज एउटा पाठो र ब्वाँसोलाई सँगै राखियो भने के हुन्छ? आज एउटा विषालु सर्प र एउटा सानो बालकलाई सँगै राखियो भने के हुन्छ? पशु जगतमा समेत राम्रो परिवर्तन आउनेछ! राज्यको यस युग अगाडी पनि पृथ्वीमा एउटा समय थियो जब पशु प्राणीहरू शाकाहारी नै थिए, एउटै मांसहारी थिएनन् (उत्पत्ति १:३०)।

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email