निर्दोषताको प्रबन्ध
निर्दोषताको प्रबन्ध
अब हामी सातओटै प्रबन्धहरूलाई एक-एक गरी निम्न रुपरेखा अनुसार अध्ययन गर्नेछौं:
१. प्रारम्भमा मानिसको अवस्था
२. मानिसको जिम्मेवारी
३. मानिसको विफलता
४. परमेश्वरको इन्साफ
बेग्लाबेग्लै प्रबन्धहरूको अध्ययन प्रारम्भ गर्ने क्रममा हामी मानव इतिहासकै पूर्व-विहानीबाट शुरु गर्नुपर्ने हुन्छ। मानव इतिहास केही हजार वर्ष अगाडि आदम र हव्वाको सृष्टिबाट हुन्छ शुरू हुन्छ।
१. प्रारम्भमा मानिसको अवस्था
मानिस परमेश्वरको प्रतिरूप हुनलाई बनाइएको थियो
उत्पत्ति १:२६-२७ मा मानिसको सृष्टिको बारेमा सिक्छौं: ” फेरि परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै __________मा, हाम्रै _________मा बनाऔं…यसैकारण परमेश्वरले मानिसलाई आफ्नै __________मा सृष्टि गर्नुभयो। परमेश्वरकै ___________मा उहाँले तिनलाई सृष्टि गर्नुभयो।”
आदम परमेश्वरको स्वरुप र प्रतिरूपमा बनाइएको थियो। स्वरुप भनेको के हो?
रुपैयाँको नोटमा हाम्रो _______को स्वरुप देख्छौं (तुलना गर्नुहोस् मत्ती २२:१८-२१)। ऐनामा तपाईंले कसको स्वरूप र प्रतिरूप देख्नुहुन्छ? ___________। के ऐनाले सिद्धरूपमा तपाईंको स्वरूप प्रतिबिम्बित गर्छ? _________। तपाईंको स्वरूप त्यो ऐनामा छ! उत्पत्ति १:२६-२७ अनुसार परमेश्वरको स्वरूप मानिसमा राखियो!
मानिस परमेश्वरलाई प्रतिबिम्बित गर्न बनाइएको थियो। उसले पाप गर्न अघि आदमलाई हेर्दा उसमा परमेश्वर देखिन्थ्यो। परमेश्वरको सत्यता, पवित्रता, धार्मिकता, प्रेम, विश्वासयोग्यता, शुद्धता—” पूर्ण रूपमा असल, पापरहित!
परमेश्वर सत्य हुनुहुन्छ परमेश्वर असल हुनुहुन्छ परमेश्वर नष्कलंक हुनुहुन्छपरमेश्वर धर्मी हुनुहुन्छ परमेश्वर पवित्र हुनुहुन्छपरमेश्वर प्रेम हुनुहुन्छ परमेश्वर विश्वासयोग्य हुनुहुन्छपरमेश्वर शुद्ध हुनुहुन्छ …भनेर जान्ने र देखाउने मौका आदमलाई दिइएको थियो। |
परमेश्वरले आदमलाई सबै पशु-पंक्षीमाथि ____________ गर्ने काम दिनुभयो (उत्पत्ति १:२६)। परमेश्वरले आदमलाई यस पृथ्वीमा सारा जीवजन्तुका ” राजा” को रूपमा राख्नुभयो। के आदम र हव्वामाथि परमेश्वरको आशिष थियो (उत्पत्ति १:२८)? _____________।
परमेश्वरले मानिसलाई पापी बनाउनुभएन
छैटौं दिनको अन्तमा परमेश्वरले आफूले बनाउनुभएको सारा थोकहरू (आदम समेत) लाई हेर्नुभयो र त्यो ________ _________ थियो (उत्पत्ति १:३१)। पापको कारक वा कर्ता परमेश्वर हुनुहुन्न। परमेश्वरले एक पापी मानिस सृष्टि गर्नुभएन। उहाँले आदमको सृष्टि गर्नुभयो जो पछिबाट पापी बन्यो। तर आदमलाई सृष्टि गर्नुहुँदा आदमको हृदय पापी थिएन। ऊ पूर्ण रूपमा निर्दोष थियो।
निर्दोषको अर्थ हो, कुनै पनि पाप वा गलत कुरा वा दोष नभएको। शुरुमा आदम पापरहित थियो। ऊ कुनै पनि अपराध वा पापको दोषी थिएन। उसले कहिल्यै परमेश्वरको आज्ञा उल्लङ्घन गरेको थिएन। उसले परमेश्वरको व्यवस्था कहिल्यै भङ्ग गरेको थिएन। उसको मन खराब विचारहरूले भरिएको थिएन। खराबसित आदमको कुनै सरोकार थिएन। उसले भन्न सक्थ्यो, “ममा पाप छैन” (तुलना गर्नुहोस् १ यूहन्ना १:८) र त्यो साँचो नै हुनेथ्यो। उसले भन्न सक्थ्यो, “मैले पाप गरेको छैन” (तुलना गर्नुहोस् १ यूहन्ना १:१०) अनि त्यो पनि साँचो नै हुनेथ्यो। आज हामीले यी कुरा भन्यौ भने के हामीले सत्य बोलेका हुन्छौं? __________। आदम पापको दास थिएन। ऊ पूर्ण रूपमा स्वतन्त्र थियो र ऊ निर्दोष थियो!
परमेश्वरसित आदमको सुन्दर सम्बन्ध थियो। ऊ परमेश्वरसित हिँड्न सक्थ्यो, परमेश्वरसित कुरा गर्न सक्थ्यो र परमेश्वरसित मीठो सङ्गति गर्न थियो। साथै आदमको जीवनमा, परमेश्वर र उसको बीचमा फाटो ल्याउने कुनै पाप थिएन (दाँज्नुहोस्, यशैया ५९:२)।
साथै आदम एक सिद्ध वातावरणमा जिउँदथे। ऊ, हामी जिउने आजको जस्तो पापले श्रापित संसारमा जिउँदैनथ्यो। आदमको संसारमा कुनै अपराध थियो? रोगबिमार? मृत्यु? गरिबी? आदम जिउने संसार हामी जिउने संसारभन्दा निकै फरक थियो। आदमको संसारमा केवल एउटै कुरा खराब थियो – त्यो थियो शैतान (उत्पत्ति ३:१; प्रकाश १२:९)।
२. मानिसको जिम्मेवारी
परमेश्वरले आदमलाई के कस्ता जिम्मेवारी दिनुभयो? आदमको भण्डारीपन के थियो? आदमको हातमा परमेश्वरले के-के सुम्पिनुभयो? आदमलाई के गर्न वा नगर्न आज्ञा दिइयो?
उत्पत्ति २:१५ अनुसार आदमलाई कुन काम दिइएको थियो? ______________ _____________। शुरुदेखि नै आदमको काम थियो, पूरा गर्नुपर्ने जिम्मेवारी थियो।
उत्पत्ति २:१६ अनुसार आदमलाई के कस्ता आशिष दिइए? ____________________ ______________________________। अनेकौं खाले मीठा फलफूलहरूका रूखहरू उसका निम्ति खुल्ला छोडिएका थिए। उसले स्याउ खान सक्थ्यो? __________। सुन्तला? _________। आरु? ______। भइँकटहर? ________। नरिवल? _________। आँप? _________। आदमको खान्की खासै त्यति सीमित थिएन। परमेश्वरले बनाउनुभएका नानथरिका फलफूल मीठो मान्दै खान पाउँथे उनले।
उत्पत्ति २:१७ अनुसार आदमको जिम्मेवारी के थियो? के गर्न हुँदैनथ्यो उसले? ___________ ______________________________। आदमको हातमा परमेश्वरले एउटा अति सरल आज्ञा सुम्पिनुभयो। उक्त आज्ञाको पालना गर्नु उसको जिम्मेवारी थियो जसअनुरुप उसले वगैंचाको बीचमा भएको (उत्पत्ति २:९) एउटा तोकिएको रूखको फल उसले खानु हुँदैनथ्यो। परमेश्वरले आदमको आज्ञाकारिता जाँच्ने यो अति सरल जाँच दिनुभयो। परमेश्वरले उसलाई मानौं यसरी भन्नुहुँदैथ्यो, ” आदम, तिमीले मेरो वचनलाई पालना गर्छौ कि गर्दैनौ?” हामी देख्नेछौं, आदम जाँचमा गुल्टिए!
आदमले फल खाएमा उसलाई के हुनेछ भनेर परमेश्वरले भन्नुभयो (उत्पत्ति २:१७)? ________ _____________________________।
३. मानिसको विफलता
उत्पत्ति अध्याय ३ मा त्यो पद भेट्टाउनुहोस् जसमा आदमले परमेश्वरको सरल आज्ञालाई उल्लङ्घन गरेको र फलस्वरूप पापमा पतन भएको उल्लेख छ: उत्पत्ति ३: ______। आदमले परमेश्वरको आज्ञा उल्लङ्घन गर्न रोज्यो। आदमले जीवनको सट्टा मृत्यु रोज्यो।
१ तिमोथी २:१४ अनुसार शैतानको बहकाउमा पर्ने को थियो, आदम कि हव्वा? ________। यस पद अनुसार आदम बहकाउमा परेको हो कि होइन? ____________। आदम छलिएको होइन। के गर्दै छु भनेर आदम जान्दथ्यो तैपनि त्यही गर्न उसले रोज्यो। आदम, आफूले जे गर्यो त्यसको पूरै जिम्मेवार थियो। ऊ पापमा फस्यो तसर्थ ऊ दोषी थियो। अबदेखि उसो ऊ निर्दोष रहेन!
४. परमेश्वरको इन्साफ
आदमको पापले गर्दा परमेश्वरले उसलाई अदनको बगैंचाबाट निष्कासन गर्नुभयो। यसबारे हामी उत्पत्ति ३:२२-२४ मा पढ्न सक्छौं:
उत्पत्ति ३:२३ – “परमप्रभु परमेश्वरले उनलाई अदनको बगैँचाबाट ____________।”
उत्पत्ति ३:२४ – “उहाँले मानिसलाई _______________पछि…”
आदम र हव्वा अबदेखि उसो ” जीवनको रूख” बाट बञ्चित भए। परमेश्वरले बगैंचाको पूर्वपट्टि ” करूब” भनिने स्वर्गदूतहरू खटाउनुभयो र चारैतिर घुमिरहने तरवाररुपी ज्वाला राखिदिनुभयो जुन बिजली-चट्याङ् जस्तै यताउता चम्किन्थे जसले गर्दा मानिसलाई त्यो ठाउँको नजिक फेरि आउन असम्भव भयो।
५. आदमको पापका परिणामहरू
आज आदमको पापका परिणामहरू जताततै देखिन्छन्! जोडा मिलाउनुहोस्:
|
|
विचार गर्नुहोस् त, आदमकै पापले गर्दा निम्म सेवा पुर्याउने व्यक्तिहरूको आवश्यकता पर्न गएको होइन र? १) पुलिस २) डाक्टर ३) न्यायधीश ४) सिपाही ५) पास्टर ६) मिसनरी-प्रचारक ७) मलामी ८) जीवन-बीमा बिक्रेता ९) नर्स १०) सूचीकार।
निम्न कुराहरू कसरी आदमको पापकै प्रत्यक्ष परिणामहरू हुन्? झ्यालखाना, कबरस्थान, ढोकाको ताला, अस्पताल, इत्यादि?
आदमको पापले तपाईं आफैलाई कत्तिको असर पारेको छ नि? तपाईंके के कस्ता कुरा गर्नुहुन्छ वा गर्नुहुन्न? के कस्ता कुरा बोल्नुहुन्छ वा बोल्नुहुन्न? यी अनि अरुसित तपाईंका व्यवहारहरूमा के आदमको पापको परिणामहरू तपाईंमा पनि देखिन्छन्?
याद गर्नुहोस्, आदमको पापले मानव जातिको प्रत्येकलाई असर पारेको छ। एउटै सलाईको काँटीले बनका हजारौं रूखलाई डढेलु लगाउन सक्छ (दाँज्नुहोस्, रोमी ५:१२)। आदम पतन भयो र फलस्वरूप समस्त मानव जाति पतन भयो।
आदमको पापका भयानक परिणामहरूलाई सुल्टाउन के परमेश्वरले कुनै काम गर्नुभएको छ त? आदमको पतनको हजारौं वर्षपछि अर्को एउटा महान् घटना घट्यो जब परमेश्वरको पुत्र हराएका, पतित मानिसका निम्ति मर्न आउनुभयो: ” किनकि जसरी _______ मानिस (आदम) ले आज्ञा भङ्ग गरेकोले _________ पापी बनिए (तपाईं पनि यसमा पर्नुहुन्छ?), त्यसरी नै __________ (मुक्तिदाता, प्रभु येशू ख्रीष्ट) ले आज्ञापालन गरेकोले धेरैजना _______ बनाइनेछन्” (रोमी ५:१९)। ” किनकि जसरी ________मा सबै _________, उसरी नै ________मा सबै _________ पारिनेछन्” (१ कोरिन्थी १५:२२)। मृत्यु आदमबाट आउँछ, तर जीवन ख्रीष्टबाट आउँछ!
बिग्रेको प्रतिरुप
आदमले पाप गरेपछि उसमा भएको परमेश्वरको प्रतिरूप बिग्रेर गयो। यसको मतलब, आदमले अबदेखि उसो परमेश्वरलाई प्रतिबिम्बित गर्न सक्ने भएन। थोत्रो नोटलाई विचार गर्नुहोस् जसमा राजाको प्रतिरुप चिन्नै गाह्रो पर्छ। पापले मानिसमा भएको परमेश्वरको प्रतिरुपलाई त्यस्तै असर पार्यो। आदमले परमेश्वरलाई दर्शाउनुको सट्टा अब पापलाई, आफूलाई र शैतानलाई दर्शाउन थाल्यो।
मानिस एक प्रतिबिम्ब बन्न सृजिएको थियो! आदमले पाप गर्नुअघि मानिसको प्राण निर्दोष थियो र पापबाट अलग थियो। परमेश्वरलाई चिन्न, दर्शाउन र प्रतिबिम्बित गर्ने सौभाग्य मानिसलाई दिइएको थियो।
आदमले पाप गरेपछि मानिसको अवस्थामा आमूल परिवर्तन आयो। मानिसको प्राण पापले दुषित भयो। मानिसले अब जे बेठीक छ त्यसलाई मात्र दर्शाउन सक्ने भयो।
आदम उसले पाप गरेपछि | पाप |
एक पापी मानिसले मुक्ति पाएपछि उसभित्र एउटा नयाँ स्वभावको साथ-साथै उसको पुरानो स्वभाव पनि हुन्छ (एफेसी ४:२२-२४) अनि उसले या त मुक्तिदातालाई दर्शाउँछ कि या त पापलाई, आफूलाई र शैतनालाई।
कि |
पापमा पतन भएपछि आदमले विभिन्न छोराछोरीहरूलाई जन्म दिए। आदमका सन्तानले कसलाई दर्शाउँथे। उत्तर उत्पत्ति ५:३ मा छ – “आदमको उमेर एक समय तीस वर्षको हुँदा तिनले ________ (आदमकै) स्वरूपमा छोरालाई जन्म दिएर तिनको नाउँ शेत राखे।” शेतले कसलाई दर्शाउँथे, परमेश्वरलाई कि आदमलाई? _________। शेतलाई हेर्दा कसको प्रतिरूप वा स्वरूप देखिन्थ्यो? __________। यस संसारमा जन्म लिने प्रत्येक नै (येशू ख्रीष्ट बाहेक) आदमको स्वरूपमा जन्मेका छन्!
एउटा पापीले पापलाई, आफूलाई र शैतानलाई दर्शाउन छाड्ने हो भने त्यहाँ केवल एउटै उपाय छ। उसले मुक्ति पाउनैपर्छ! प्रत्येक व्यकि या त आदममा छ (मुक्ति पाएको छैन) या त ख्रीष्टमा छ (मुक्ति पाएको छ –२ कोरिन्थी ५:१७)। ख्रीष्टमा हुनेहरूले मात्र अब फेरि परमेश्वरलाई दर्शाउन सक्छन् (एफेसी ४:२४ र कलस्सी ३:१०)।
तपाईंले रोज्नैपर्छ!
आदमलाई ज्यादै महत्त्वपूर्ण छनोट कार्य दिइएको थियो। उसले या त परमेश्वरको आज्ञा पालना गर्न रोज्नुपर्थ्यो या त उल्लङ्घन गर्न। उसले या त जीवन रोज्नुपर्थ्यो या त मृत्यु।
आज पनि यो साँचो छ। प्रत्येक व्यक्तिले या त जीवन या त मृत्यु रोज्नैपर्छ। आशिष कि श्राप, उसैले छनोट गर्नुपर्छ। परमेश्वरले यी दुई विकल्प प्रत्येक मानिसको सामु राख्नुभएको छ (व्यवस्था ३०:१९)। हामीले के रोजेको परमेश्वर चाहनुहुन्छ (व्यवस्था ३०:१९)? ______________________।
आदमको महत्त्वपूर्ण निर्णय एउटा रूखमा केन्द्रित थियो अर्थात् असल र खराबको ज्ञान दिने रूखमा। आज मानिसको सबभन्दा महत्त्वपूर्ण निर्णय पनि एउटा रूखमा केन्द्रित छ – त्यो रूख जसमा येशू ख्रीष्ट मर्नुभयो (१ पत्रुस २:२४)। अब तपाईंको निर्णय के हुनेछ?
ख्रीष्टमा विश्वास गर्ने यूहन्ना ३:३६ | ख्रीष्टलाई विश्वास नगर्ने यूहन्ना ३:३६ | |
तपाईंले रोज्नैपर्छ! |
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)