मानव शासनको प्रबन्ध

मानव शासनको प्रबन्ध

 

(जलप्रलय पछाडि)

अघिल्लो पाठमा हामीले जलप्रलय अगाडि जिउने मानिसहरूको दुःखदायी बिफलताको बारेमा अध्ययन गर्यौं। यस पाठमा हामी जलप्रलय पछाडि जिउने मानिसहरूको बारेमा अध्ययन गर्न चाहन्छौं। परमेश्वरले यी मानिसहरूलाई के कस्ता नयाँ सत्यताहरू र नयाँ जिम्मेवारीहरू सुम्पिनुभयो? यी मानिसहरू परमेश्वरको इच्छाअनुसार गर्न सफल भए कि भएनन्?

मानव शासनको प्रबन्ध (The Dispensation of Human Government) ले जलप्रलयको अन्त (उत्पत्ति ८-९) देखि लिएर बाबेल धरहरा (उत्पत्ति ११) को समयमा आएर मानिसहरू छरपुष्ट र तितरबितर हुन गएका घटनासम्मलाई समेट्छ। हामी बाइबलमा जाऔं र हेरौं मानव इतिहासको यो चाखलाग्दो अवधिको बारेमा हामी के कस्ता कुराहरू सिक्न सक्छौं।

१. प्रारम्भमा मानिसको अवस्था

जलप्रलय पठाउनुभएर संसारको इन्साफ गर्नुभएपछि कतिजना मानिस बाँकी रहे (उत्पत्ति ८:१५-१६,१८; दाँज्नुहोस् १ पत्रुस ३:२०)? _______________।

नूह कस्ता मानिस थिए? उत्पत्ति ६:९ अनुसार नूह परमेश्वरको साथ-साथ हिँड्ने ध___ मानिस थिए। उत्पत्ति ७:१ मा परमेश्वरले यी मानिसका बारेमा परमेश्वरले यसो भन्नुहुन्छ – “यस पुस्तामा मेरो सामु तँलाई ______ देखेको छु।”

नूह कसरी धर्मी थिए? नूहको रहस्य के थियो? यी मानिस कसरी धर्मी बने? उत्तर हिब्रू ११:७ को आखिरी भागमा पाइन्छ – “र __________द्वारा हुने ____________का हकवाला बने।” नूहसित भएको धार्मिकता विश्वासद्वारा प्राप्‍त भएको थियो। उनी परमेश्वरमा विश्वास गर्ने र उहाँले भन्नुभएको कुरा अनुसार काम गर्ने मानिस थिए। के अब्राहामले पनि आफ्नो धार्मिकता विश्वासद्वारा प्राप्‍त गरेका हुन् (उत्पत्ति १५:५-६)? __________।

तपाईं नि? परमेश्वरले हेर्नुहुँदा उहाँले तपाईंलाई धर्मी देख्‍नुहुन्छ कि अधर्मी? साँच्ची नै धर्मी व्यक्ति वास्तवमा एउटै मात्र हुनुहुन्छ। उक्त धर्मी व्यक्ति को हुनुहुन्छ (१ यूहन्ना २:१)? _______________। उहाँको धार्मिकता हामीले प्राप्‍त गर्न सकौं भनेर येशू हाम्रा पापहरूका निम्ति मर्नुभयो – “किनकि _____ (ख्रीष्ट) मा हामी परमेश्वरका _____________ बन्न पाऔं भनेर पापै नजान्नुहुने (ख्रीष्ट) लाई परमेश्वर (पिता) ले हाम्रा निम्ति पाप तुल्याउनुभयो (२ कोरिन्थी ५:२१)।” जब कसैले येशू ख्रीष्टमाथि विश्वास गर्दछ, परमेश्वरले उसलाई ख्रीष्टमा पूर्ण रूपमा धर्मी देख्‍नुहुन्छ।

एकातिर, ख्रीष्टबाहिर रहेको मुक्ति नपाएको व्यक्तिको बारेमा रोमी ३:१० ले बताउँछ – “______ कोही छैन, एउटै पनि छैन!” अर्कोतिर “ख्रीष्टभित्र” मुक्ति पाएको व्यक्तिको बारेमा रोमी ३:२२ ले बताउँछ – “अर्थात् परमेश्वरको ___________; यो येशू ख्रीष्टमाथिको ______________ विश्वास गर्ने सबैका लागि हो र सबैमाथि आउँछ।”

त्यो भयानक जलप्रलयपछि पृथ्वीमा ८ जना व्यक्तिहरू मात्र बाँकी रहे: धर्मी नूह, उनकी पत्‍नी, उनका तीन छोरा र तिनका तीन पत्‍नीहरू। अब बाइबलमा हेरौं जलप्रलयपछि यी ८ जनालाई परमेश्वरले के कस्ता कुराहरू भन्नुभयो।

परमेश्वरले नूह र उनका परिवारलाई केही कुराहरू एकनास रहिरहनेछन् भनी बताउनुभयो। ती कुन कुराहरू हुन् (हेर्नुहोस् उत्पत्ति ८:२२)? ______________________________________ _____________________________________________। के हिउँदपछि सधैं बसन्त ऋतु आउँछ? के बसन्तपछि सधैं ग्रीष्म आउँछ? रातपछि सधैं दिन आउँछ? आज पनि ऋतु-चक्रको निरन्तरताले र दिन-रात चक्रले हामीलाई परमेश्वरको अचूक विश्वासयोग्यता दर्शाउँछ। यी कुराहरू कहिलेसम्मका लागि हुनेछन् भनी परमेश्वरले प्रतिज्ञा गर्नुभयो? “__________ रहुन्जेल” (उत्पत्ति ८:२२)। के यस प्रतिज्ञा आजको लागि पनि हो? _________। उत्पत्ति ९:२ मा परमेश्वरले नूहलाई भन्नुभए अनुसार मानिसको डर कसलाई हुनेछ? ________ _______________________________। के मानिसलाई पशुको मासु खान अनुमति दिइएको थियो (उत्पत्ति ९:३)? _____________। परमेश्वरले पशुप्राणीलाई किन सृष्टि गर्नुभयो भन्ने विषयमा अध्ययन गर्नलाई सृष्टि विज्ञान, पाठ ८ मा हेर्नुहोस्।आफूले फेरि कुन कार्य कहिल्यै नगर्ने प्रतिज्ञा परमेश्वरले गर्नुभयो (उत्पत्ति ९:११,१५)? _______ ______________________________। यसको मतलब यो होइन कि पृथ्वीको कुनै पनि भागमा कहिल्यै स्थानीय जलप्रलयको बाढी जानेछैन। परमेश्वर के भन्दै हुनुहुन्थ्यो भने पृथ्वीका सबै मानिसहरूलाई नष्ट गर्ने विश्वव्यापी जलप्रलय कहिल्यै हुनेछैन।

साथै यो याद राखौं नूह र उनका परिवारले एउटै भाषा बोल्थे (दाँज्नुहोस्, उत्पत्ति ११:१)।

२. मानिसको जिम्मेवारी

उत्पत्ति ८:१७ मा हामी जहाजभित्र सुरक्षित रहेका सबै पशु प्राणीहरूको बारेमा पढ्छौं। यी प्राणीहरूको सम्बन्धमा परमेश्वरको योजना यो थियो, “तिनीहरू ___________मा प्रशस्त गरी बढून्, र तिनीहरू पृथ्वीमा ___________ र __________मा __________ हुँदैजाऊन्।”

मानिसजातिका निम्ति पनि परमेश्वरले यही चाहनुभयो। परमेश्वरले नूह र उनका छोराहरूसित बोल्नुभयो र भन्नुभयो, “_______________, _______ हुँदै र पृथ्वीमा ___________ जाओ (उत्पत्ति ९:१)।” के परमेश्वरले यही कुरा उत्पत्ति ९:७ मा पनि भन्नुभयो? _____________। मानिसजातिले सन्तानहरू जन्माएको, वृद्धि हुँदै गएको फैलिँदै गएको र पृथ्वीलाई फेरि ढाकेको चाहनुभयो। उत्पत्ति १:२८ सित तुलना गर्नुहोस्। पछि हामी देख्‍नेछौं, पृथ्वीलाई ढाक्दै जानुको सट्टा मानिस एउटै ठाउँमा सँगै बस्ने प्रयास गर्‍यो (उत्पत्ति ११)।

मानव शासनको जिम्मेवारी

मानिसको प्राण यस्तो कुरा हो जसलाई परमेश्वले ठूलो मूल्यको ठान्नुहुन्छ। यसैले नै एउटा मानिसले अर्कोको प्राण लिनु ठूलो अपराध हो। उत्पत्ति ९:६ मा परमेश्वरले मानव जीवनको संरक्षण गर्न एउटा असल नियम दिनुभयो, “जसले मानिसको रक्तपात गर्छ, ____________बाटै त्यसको रक्तपात हुनेछ, किनभने परमेश्वरले मानिसलाई ___________ स्वरूपमा बनाउनुभएको हो।”

उत्पत्ति ९:६ को खास अर्थ के हो? यस पदले सिकाउँछ, हत्यारा (“जसले मानिसको रक्तपात गर्छ”) लाई मानिसबाटै मृत्युदण्ड दिइनुपर्छ (“मानिसबाटै त्यसको रक्तपात हुनेछ”)। परमेश्वरले मानिसलाई हत्यारालाई मृत्युदण्ड दिने जिम्मेवारी सुम्पिनुभएको छ। मानव जीवन अति विशिष्ट छ, “किनभने परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभएको हो।” त्यसैकारण मानव जीवनलाई नष्ट गर्ने व्यक्ति सबभन्दा ठूलो दण्डको योग्य हुन्छ।

मृत्युदण्ड (CAPITAL PUNISHMENT)

मानिसलाई मृत्युभन्दा अरू कुनै कुराको बढी डर हुँदैन (हिब्रू २:१५ पढ्नुहोस्)। पक्राउ परेर बीसै वर्ष झ्यालखानामा परिन्छ वा थुप्रै छडी खाइन्छ वा ठूलै रकम जरिवाना तिर्नुपर्नेछ भन्ने कानूनले हत्या गर्न चाहने एक व्यक्तिलाई खासै रोक्न सक्दैन। तर पक्राउ परेको खण्डमा उसलाई मृत्यु दण्ड दिइनेछ भनी जानेको व्यक्ति सितिमिति हत्या गर्नदेखि डराउनेछ।

परमेश्वरले चाहनुभएको भए हत्यारालाई दण्ड दिने जिम्मेवारी उहाँ आफैले वहन गर्न सक्नुहुनेथ्यो। मानिसको ज्यान बचाउन वा मानिसलाई दण्ड दिन परमेश्वरलाई कुनै गाह्रो काम होइन (उत्पत्ति ४:१५ पढ्नुहोस्)। तर जलप्रलय पछि परमेश्वरले यो जिम्मेवारी मानिसलाई दिनुभयो। अपराधीहरूलाई दण्ड दिने जिम्मेवारी मानिसको हो। मानव शासनलाई अपराधीहरूलाई सजायँ दिने जिम्मेवारी दिनुभयो यहाँसम्म कि त्यसले सबैभन्दा ठूलो दण्ड समेत दिन सक्छ – मृत्यु दण्ड! मानिसजातिका लागि यो आशिष हो किनभने यसले १) खराबी गर्नेलाई दण्ड दिन्छ २) अपराधलाई रोक लगाउँछ ३) निर्दोषलाई जोगाउँछ।

के मृत्युदण्डको नियम मोशाको समयमा पनि थियो (प्रस्थान २१:१२,१५,१६,१७)? _________। कुनचाहिँ अपराधहरू मृत्युदण्ड पाउन योग्यका थिए (अघिकै पदहरू हेर्नुहोस्)? __________________________________________________________________________ _____________________________________________________________________________________________________________

आज सम्म पनि मृत्युदण्डको नियम लागू गर्न विश्वका सरकारहरू जिम्मेवार छन्। यस कुरालाई हामी रोमी १३:१-४ मा सिक्छौं। रोमी १३:३ मा हामी सिक्छौं, मानवीय शासकहरूले प्रायः असललाई इनाम दिन्छन् र दुष्टलाई दण्ड दिन्छन्। यदि एक व्यक्ति कानूनमुताबिक जिउने नागरिक हो भने उसलाई डराउनु पर्ने कारण हुँदैन। तर एक व्यक्ति कानूनविरपरित जिउने व्यक्तिलाई भने डराउनु पर्ने कारण हुन्छ! कसैले खराब काम गर्दछ भने ऊ ड_________पर्छ (रोमी १३:४ पढ्नुहोस्)। रोमी १३:४ ले हामीलाई सिकाउँछ शासकचाहिँ “___________का सेवक हुन्।” परमेश्वरले आज अपराधीहरूलाई आफै दण्ड दिने गर्नुहुन्न। अर्को जीवनमा त उहाँले यो निश्चय गर्नुहुनेछ्। तर आज त्यहाँ परमेश्वरका “सेवकहरू” छन् जसले उहाँका निम्ति उहाँका कामहरू गरिदिन्छन्। अपराधीहरूलाई दण्ड दिनका लागि परमेश्वरको प्रबन्धमा त्यहाँ पुलिस अफिसरहरू, न्यायधीशहरू, शासकहरू छन्। यो मानव शासनको जिम्मेवारी हो। अनि कहिले काहिँ शासकले “तरवार” (रोमी १३:४) समेत चलाउनु पर्ने हुन्छ (तरवार, मृत्युदण्डका लागि प्रयोग गरिने हतियार थियो)। आज अपराधीलाई मृत्युदण्ड अन्य तरिका प्रयोग हुन सक्छ (बिजुलीको करेन्ट जडित मेच, प्राणघातक इन्जेक्सन इत्यादि)। इतिहासको विभिन्न चरणहरूमा अन्य तरिकाहरू पनि प्रयोग भए, जस्तै झुण्ड्याएर दण्ड दिने, गिलटीन (guillotine) ले काट्ने वा क्रूसको मृत्युदण्ड समेत।

मृत्युदण्ड पाउन योग्यको अपराध गरेका व्यक्तिलाई मृत्युदण्ड दिइनुपर्छ भनेर के पावल प्रेरितले विश्वास गर्थे (प्रेरित २५:११)? ___________। ख्रीष्टकै साथमा क्रूसमा टाँगिएका एक अपराधीले आफूले पाउनुपर्ने दण्ड नै पाएको हुँ भन्ने महसुस गरेका थिए (लूका २३:४०-४१)? _____________। आदिवासीहरूले हत्याराहरू मृत्युदण्ड पाउन लायक हुन्छन् भनी महसुस गरेका थिए (प्रेरित २८:४ पढ्नुहोस् र पाठ ४ मा पनि हेर्नुहोस्)? _____________।

बास्तवमा बाइबलले सबै मानिसहरू अपराधीहरू हुन् र व्यवस्था (नियम) उल्लङ्घन गरेका दोषीहरू हुन् भनेर सिकाउँछ! हामी सबै नै मृत्युदण्डका लायक छौं (रोमी ६:२३)। रोमी १:२९-३१ मा पापको सुचीलाई विचार गर्नहोस्। के तपाईं तीमध्ये कुनै अपराधको दोषी हुनुहुन्छ? _________। रोमी १:३२ अनुसार त्यस्ता काम गर्नेहरू _______________ पाउन लायक हुन्छन्।

सुसमाचार वा खुशीको खबर यो हो, येशू ख्रीष्ट व्यवस्था उल्लङ्घन गरेका दोषीहरूका निम्ति संसारमा आउनुभयो (१ तिमोथी १:१५)। येशू निर्दोष र पूर्ण रूपमै पापरहित हुनुभएर पनि रोमीहरूद्वारा मारिनुभयो। तर येशूले त हामीले पाउनुपर्ने मृत्युदण्डरूपी जरिवाना तिर्नुभएको हो (रोमी ६:२३; रोमी ५:८; १ पत्रुस ३:१८)। दण्डरूपी जरिवाना तिरिनैपर्थ्यो, अनि त्यो जरिवाना ख्रीष्टले तिरिदिनुभयो! के तपाईं विश्वास गर्नुहुन्छ, उहाँले तपाईंको निम्ति सो गरिदिनुभयो भनेर? परमेश्वरले तपाईंलाई मृत्युदण्डले प्रहार गर्नुको सट्टा उहाँले आफ्नै पुत्रलाई प्रहार गर्नुभयो: “ख्रीष्ट ______ पापहरूका निम्ति मर्नुभयो” (१ कोरिन्थी १५:३)। हामी बाँच्न सकौं भनेर उहाँ मर्नुभयो!

३. मानिसको विफलता

नूहको जलप्रलयमा आठजना व्यक्तिहरू एउटा विशाल जहाजको भरमा बाँचे (१ पत्रुस ३:२०)। उक्त जहाजभित्र यी मानिसहरूले (पशुपंक्षी बाहेक) एउटा अर्को कुरा पनि साथमा बोकेका थिए — एउटा अति नराम्रो रोग (यर्मिया १७:९)–त्यो थियो पाप। आदमबाट वंशानुगत सर्दै आएको पापी स्वभाव जहाजको प्रत्येक व्यक्तिसँगै थियो (पाठ १ हेर्नुहोस्)। उत्पत्ति ९:२०-२१ ले नूहको हृदयमा पनि पापको समस्या थियो भन्ने कुरा कसरी देखाउँछ? _________________________________________________________________________________________ ________________________________________________।

नूहको परिवार वृद्धि हुँदै गयो। नूहका छोराहरूका सन्तानहरू भए। के यी सन्तानका हृदयहरू पनि बाबु-आमाका जस्तै पापी थिए? ______। नूहका धेरै नातीहरू भए र अझ धेरै पनातीहरू भए र अझ धेरै-धेरै खनातीहरू भए! शुरुमा बाँचेका आठजनाबाट धेरै वर्षको अवधिमा हजारौं-लाखौं मानिसहरू जन्मे। यी मानिसहरू एकसाथ रहे र उनीहरू नूहको जहाज अडेको ठाउँ आ__________बाट (उत्पत्ति ८:४) शि__________ (उत्पत्ति ११:२) प्रदेशमा आए जो दुई ठूला-ठूला नदी (टाइग्रीस र युफ्रेटिस) को बीचमा फैलिएको एउटा फराकिलो फाँट थियो। उनीहरू यहीं बसोबास गरे र यही ठाउँलाई आफ्नो थलो बनाए।

यी मानिसहरूले कतिओटा भाषा बोल्थे (उत्पत्ति ११:१)? ________। एउटै साझा भाषाले मानिसहरूलाई एकजूट गराउँछ भने विभिन्न भाषाहरूले विभाजन ल्याउँदछ। मानौ एउटा भोजमा १०० जना निम्तो गरिएका छन्। कोही नेपाली मात्र बोल्छन्, कोही मगर मात्र, कोही नेवारी मात्र बोल्छन्, कोही राई मात्र, कोही गुरूङ मात्र बोल्छन्, कोही तिब्बती मात्र। भोज शुरु भएपछि मानिसहरू कतिओटा समूहमा विभाजित हुन्छन् होला? ____________।

शिनारमा बस्दै गरेका यी मानिसहरूले एक विशाल निर्माण परियोजनाको थालनी गरे (उत्पत्ति ११:३)। उक्त इलाकामा ठूला-ठूला ढुङ्गाहरू नपाइने भएकोले उनीहरूले आफ्ना भवनहरू ढुङ्गाबाट बनाउन पाएनन्। (नोट: मिश्रीहरूले विशाल पिरामिडहरू र ग्रीकहरूले ठूला मन्दिरहरू ढुङ्गाबाट बनाएका थिए)। तर त्यहाँ प्रशस्त माटो पाइने भएकोले उनीहरूले बरु ईंटहरू बनाए। साथै त्यहाँ अलकत्रा पनि पाइएकोले त्यसलाई तिनीहरूले सिमन्टिको रूपमा प्रयोग गरे। साधारणतया ईंट घाममा सुकाएर तयार पारिन्थ्यो भने यी मानिसहरूले आफ्ना ईंट कडा र बलियो बनाउन ईंटलाई भट्टीमा राम्ररी पोलेर तयार पारे (उत्पत्ति ११:३)।

भवन बनाउनु नै पाप होइन। सुलेमान राजाले परमेश्वरका निम्ति एक विशाल मन्दिर बनाए (१ राजा ६)। तर यी मानिसहरूले आफ्ना भवनहरू परमेश्वर र उहाँको महिमाको निम्ति बनाइरहेका थिएनन्। उनीहरूको निर्माण योजना मानिसको महिमाको निम्ति मात्र नभएर परमेश्वरको विरूद्धमा पनि थियो। उत्पत्ति ११:४ बाट यो जान्दछौं कि उनीहरू आफ्नो निम्ति एउटा शहर र एउटा धरहरा बनाउन चाहन्थे र आफ्नो निम्ति नाउँ राख्‍न चाहन्थे। उनीहरूले गर्न नचाहेको एउटा कुरा के थियो (उत्पत्ति ११:४)? ______________________________________। जगतभरि तितरबितर नहुनको लागि उनीहरू एकजुट भएर एउटा विशाल शहर बनाउन चाहे। जलप्रलयपछि परमेश्वरले नूहका छोराहरूलाई एकजूट भएर एकै ठाउँमा बस्न आज्ञा दिनुभयो कि सारा पृथ्वीमा भरिँदैजाओ भन्नुभयो (उत्पत्ति ९:१,७)? ______________________________________।

४. परमेश्वरको इन्साफ

यी मानिसहरूका हृदय, उनीहरूका शहर, उनीहरूका धरहरा अनि उनीहरूका सम्पूर्ण दुष्ट योजनाहरू, परमेश्वर सब जान्नुहुन्थ्यो। परमप्रभुले भन्नुभयो, “ए______ भाषा बोल्ने ए______ जा______ को स्थानमा अहिले यिनीहरूले यो गरे भने, अब तिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्भव हुनेछैन (उत्पत्ति ११:६)।” पापी स्वभावका मानिसहरू आपसमा एकजूट भए उनीहरूले गर्न सक्ने दुष्टताको कुनै सीमाना हुँदैन भन्ने कुरा परमप्रभु जान्नुहुन्थ्यो। निमार्ण योजना यसको थालनी थियो! यदि परमेश्वरले उनीहरूलाई रोकटोक नलगाउनुभए र लगाम नलगाउनुभए भने उनीहरू झन् झन्, पापमा अझ गहिरो, दुष्टताको खाडलमा पर्न सक्थे (पाठ २ हेर्नुहोस्)। उनीहरूको दुष्ट गतिलाई सुस्त गराउन केही न केही गरिन आवश्यक थियो।

यदि तपाईंलाई रोकटोक लगाउन बाबु-आमा नभएका भए वा शिक्षकहरू नभएका भए, वा प्रहरी नभएका भए वा तपाईंसित विवेक नभएको भए, तपाईंले के कस्ता पापहरू गर्नुहुनेथ्यो होला? यदि तपाईंले पाप गरेर उम्कन पाउने भए, कसैले नदेख्‍ने भए र तपाईंले कहिल्यै दण्ड नपाउने भए के तपाईंले पाप गर्नुहुनेथ्यो? हामीलाई रोकटोक लगाउनको लागि परमेश्वरले कतिपय कुराहरू खडा गरिदिनुभएकोछ। (सिक्रीले बाँधिएको एउटा डरलाग्दो कुकुरलाई विचार गर्नुहोस्। सिक्री रोक लाउने एउटा साधन हो किनभने त्यसले बाँधेर राख्‍ने काम गर्छ। सिक्री छैन भने कुकुरले कसैलाई चोट पार्नसक्छ वा कुकुर आफै पनि खतरामा पर्न सक्छ।)

 

परमप्रभुले आश्चर्यको काम गर्नुभयो। तिनीहरूले एक-अर्काको बोली ____________ भनेर उहाँले तिनीहरूको भाषा खलबल पारिदिनुभयो (उत्पत्ति ११:७)। एक्कासी पृथ्वीमा एउटा मात्र भाषा नभई थुप्रै भाषाहरू भए (आज पृथ्वीमा करीब ३,००० भाषाहरू छन्!)। एक्कासी निमार्ण कार्य ठप्प भयो अनि त्यो शहरको नाउँ ___________ राखियो जसको अर्थ हो खलबल (उत्पत्ति ११:८-९)। एक-अर्काको कुरा नबुझ्दा आपसमा मिलेर काम गर्न असम्भव हुन्छ! यसकारण ती मानिसहरू एक-अर्कादेखि छुट्टिएर गए, तितरबितर भए र बाध्यतावश पृथ्वीमा फैलिँदै गए। विभिन्न जाति तथा राष्ट्रहरूको शुरूआत यहींबाट भएको हो (उत्पत्ति १०:५,२०,३१,३२)। (बाइबलमा “जाति” भन्नाले “ठूलो” वा “सानो” जाति भन्ने अर्थ लाग्दैन, तर फरक-फरक भाषा बोल्ने मानिसहरूका समूह भन्ने बुझिन्छ।)

संसारमा विभिन्न राष्ट्रहरू हुनुमा सुरक्षा छ किनभने यसद्वारा शक्तिहरूको सन्तुलन हुन्छ र कुनै एक राष्ट्रले एकलौटी शासन र शक्ति चलाउन पाउँदैन। जुन बेला सबै राष्ट्रहरू एकजूट हुन्छन् तब त्यहाँ ठूलो खतरा हुन्छ किनभने सम्पूर्ण शक्ति र अधिकार एउटै दुष्ट निरंकुश शासकको हातमा पर्न जान्छ। बाइबलले भविष्यवाणी गरेको छ कि यस युगको आखिरी दिनहरूमा सारा जगत एउटै मानिस र एउटै शासनमनि एकजूट हुनेछ। त्यसबेला कोही पनि व्यक्ति त्यो दुष्ट सरकारसित सहमत भएन भने उसलाई मारिनेछ (प्रकाश १३ अध्याय)।

यसरी बाबेलको इन्साफले भाषा र जातिहरू उत्पन्न भए। आज संसारलाई हेर्दा संसारका के कस्ता कुराले हामीलाई उक्त इन्साफको सम्झना आउँछ? स्कूलमा पढाइने यी मध्ये कुन-कुन विषयहरू बाबेलको सम्झना गराउने विषयहरू हुन् (गोलाकार चिन्ह लगाउनुहोस्): गणीत, अंग्रेजी, नेपाली, भूगोल, विज्ञान, राजनीति, इतिहास। निम्न कुराहरूले हामीलाई कसरी बाबेलको सम्झना गराउँछन्, बयान गर्नुहोस्: मिसिनरीहरू (मत्ती २८:१९), बाइबलको नेपाली अनुवाद, पेन्टेकोस्टको दिन (प्रेरित २:१-११), संयुक्त राज्य संघ, संसारको मानचित्र, शब्दकोषहरू, हुलाक-टिकटहरू, संसारभरिका सिक्का र मुद्राहरू, वर्णहरू (रातो, पहेंलो, कालो, सेतो), लडाइँहरू, विदेशी खानेकुराहरू, विभिन्न देशहरूका विभिन्न पोशाकहरू इत्यादि।

संसारमा के त्यस्ता कुनै कुराहरू भइरहेकाछन् जसले हामीलाई प्रकाशको पुस्तकले भविष्यवाणी गरेको एकजूट हुने विश्वव्यापी शासन (सरकार) तर्फ लग्दै छ? संचार माध्यमका के कस्ता कुराहरूले संसारलाई “सानो” र झन् एकजूट बनाउन मदत पुर्याएकोछ? यातायातको क्षेत्रमा नि?

यदि अधिकार असल व्यक्तिको हातमा हुन्छ भने संसारमा एउटै शासन र सरकार हुनु के नराम्रो कुरा हो र (यशैया २:१-५, ९:६-७, ३३:२२, यर्मिया २३:५-६)? __________। के उहाँ तपाईंको जीवनको राजा र मालिक हुनुहुन्छ? के तपाईंले आफूलाई परमेश्वरको सुशासनको अधीनमा सुम्पिनुभयो कि तपाईं आफ्नो जीवन परमेश्वरदेखि स्वतन्त्र भएर जिउन खोज्दै हुनुहुनछ?

आज मेरो जिम्मेवारी

आज हामी परमेश्वरको शासनमुनि मात्र नभएर मानिसको शासनमुनि पनि जिउँदैछौं। हामी नेपाल अधिराज्यको शासनमुनि जिउँदैछौं। यस शासनमुनि हामी कसरी जिएको परमेश्वर चाहनुहुन्छ?

१. आफ्ना शासकहरूका निम्ति प्रार्थना गर्नुहोस्

बाइबलले प्रार्थना “राजाहरू र _______ उच्च अधिकारीहरूका निम्ति चढाइऊन्” (१ तिमोथी २:१-२) भनेर ख्रीष्टियनहरूलाई आज्ञा गर्दछ। के तपाईं आफ्नो देशका शासकहरूका निम्ति प्रार्थना गर्नुहुन्छ? मन्त्रीहरू र सचीवहरूका निम्ति? पुलिस र न्यायधीश र स्कूलका शिक्षकहरूका निम्ति? उनीहरूले आ-आफ्ना काम सठीक तरिकाले गरून् भनेर के तपाईं प्रार्थना गर्नुहुन्छ? उनीहरू खराबको विरुद्धमा र असलको पक्षमा खडा होऊन् भनी प्रार्थना गर्नुहुन्छ? उनीहरूका मुक्तिका निम्ति प्रार्थना गर्नुहुन्छ?

२. सक्दो राम्रो नागरिक बन्नुहोस्

ख्रीष्टियन हुनुभएको हुनाले तपाईं स्वर्गको नागरिक हुनुहुन्छ (फिलिप्पी ३:२०), तर तपाईं नेपाल अधिराज्यको नागरिक पनि हुनुहुन्छ। तपाईं कानूनको पालना गर्ने, तपाईंभन्दा माथि रहेका शासकहरूको अधीनमा रहने एक असल नागरिक बनेको परमेश्वर चाहनुहुन्छ। असल नागरिकहरूले सामान्यतया अधिकारीहरुबाट दण्ड पाऔंला भनी फिक्री गर्नु पर्दैन (रोमी १३:३ पढ्नुहोस्)।

के सरकारको अवज्ञा गर्नु वा मानिसका कानूनको अवज्ञा गर्नु कहिल्यै उचित हुन्छ? यसको जवाफ प्रेरित ५:२९ मा छ। पत्रुसले त्यसबेलाका यहूदी शासकहरूलाई भने, “हामीले ____________को भन्दा ______________कै आज्ञा पालन गर्नुपर्छ।” यसको तात्पर्य यो हो, हामीले पहिला परमेश्वरको आज्ञापालन गर्नुपर्छ। ख्रीष्टियनले कहिल्यै परमेश्वरको आज्ञा उल्लङ्घन गर्नु हुँदैन। हामीभन्दा माथि रहेका अधिकारीहरूले हामीलाई परमेश्वरको आज्ञा उल्लङ्घन गर भन्छन् भने हामीले त्यो कदापि गर्नुहुँदैन। मानिसका नियमहरूले बाइबलमा भएका परमेश्वरका नियमहरूलाई पालना नगर भन्छ भने हामीले त्यो कदापि गर्नुहुँदैन। पहिला परमेश्वरको आज्ञापालन गरिनुपर्दछ।

उचित प्रकारको अवज्ञाको दुइटा उदाहरणहरू हेरौं;

  1. दानियल ६:७-९ मा यस्तो नियम बनाइएको उल्लेख छ जब कसैले पनि परमेश्वरलाई ३० दिनसम्म प्रार्थना गर्न नपाइने भयो। के दानियलले उक्त नियमको पालना गरे (दानियल ६:१०)? ___________। दानियलको सरकारले भन्यो, प्रार्थना नगर् तर दानियलका परमेश्वरले भन्नुभयो, प्रार्थना गर! दानियलले मानिसलाई भन्दा परमेश्वरको आज्ञापालन गर्ने निर्णय गरे। उनले ठीक काम गरे। साथै दानियल दण्ड पाउन (आफैलाई सिंहको खोरमा फालिन) सुम्पे यद्यपि उनले कुनै अपराध गरेका थिएनन्, अनि परमेश्वरले उक्त परिस्थितिको नियन्त्रण गर्नुभयो।
  2. प्रेरित ४:१८ मा यहूदी शासकहरूले प्रेरितहरूलाई येशूको नाममा नबोल्नलाई आज्ञा दिएको पाउँछौं। उनीहरूलाई सुसमाचार अबदेखि उसो प्रचार नगर्नलाई आज्ञा दिइयो। परमेश्वरले चाहिँ उनीहरूले बोलेको चाहनुहुन्थ्यो कि नबोलेको (मर्कूस १६:१५)? _________________। पत्रुसले कसको आज्ञा पालना गर्ने निर्णय गरे (प्रेरित ५:२८-२९)? ___________________। ख्रीष्टियनहरूले सरकारको आज्ञाहरू प्रायः जसो पालना गर्नुपर्छ, तर यदि मानिसको आज्ञा पालन गर्ने कि परमेश्वरको आज्ञा पालन गर्ने भन्ने प्रश्न उठ्दछ, त्यसबेला ख्रीष्टियनले परमेश्वरको आज्ञा पालन गर्नलाई रोज्नुपर्छ।

३. कानून नतोड्नुहोस् नत्रता त्यसको बापत दुःख भोग्नुपर्नेछ

कसैले देशको नियम उल्लङ्घन गर्छ र उसले खराब गर्छ भने त्यो सरकारले व्यक्तिको ब______ लिनुपर्छ (रोमी १३:४)। परमेश्वरले खराब गर्नेहरूलाई दण्ड दिनलाई मानव शासनको स्थापना गर्नुभएको छ। तपाईंले देशको कानून उल्लङ्घन गरेर अपराधी हुन रोज्नुभयो भने तपाईंले आफूलाई ठूलै समस्यामा पार्न सक्नुहुन्छ। आफैले छरेको कुराको कटनी गर्नुहुनेछ! १ पत्रुस ४:१५ पढ्नुहोस्। यी कुराहरू (हत्या, चोरी आदि) का निम्ति तपाईंले कष्ट भोग्नुपर्‍यो भने त्यो त तपाईंले पाउनु पर्ने दण्ड नै हो!

कहिलेकाहीँ देशको सरकारले आफ्नो जिम्मेवारी जसरी वहन गर्नुपर्ने हो त्यसरी काम गर्दैन। कतिपय राष्ट्रहरू (नेपाल समेत) ले मृत्युदण्ड पाउन लायक भएकाहरूलाई मृत्युदण्ड दिँदैनन्। कति पटक अपराधीहरूलाई दिइनुपर्ने अनुसारको दण्ड दिइँदैन। कतिपटक हत्याराहरू र अन्य अपराधीहरू त्यत्तिकै छाडिन्छन्। मानिस, परमेश्वरले उसलाई दिनुभएको जिम्मेवारीमा विफल होलान् तर परमेश्वर कहिल्यै विफल हुनुहुन्न। अपराधीहरू, दण्डबाट उम्क्यौं भनी ठान्लान् तर एक दिन उनीहरू साँचो न्यायधीशका सामु खडा हुनैपर्छ। कोही पनि व्यक्ति अपराध गरेर उम्कन सक्दैन। एउटा अपराधी यस जीवनमा दण्डबाट उम्कन सफल होला तर के अर्को जीवनमा ऊ त्यसरी नै उम्कन सक्नेछ (रोमी २:३)? ______________। मानिस र शासकहरू विफल बन्लान् तर परमेश्वर कहिल्यै विफल हुनुहुन्न।

४. जतिसुकै मूल्य चुकाउनुपरे तापनि येशू ख्रीष्टको आज्ञा पालन गर्नुहोस्।

कहिलेकाहीँ परमेश्वरका जनहरूले कष्ट भोग्छन्, उनीहरूले खराबी गरेकाले होइन वा कानून उल्लङ्घन गरेकाले होइन तर केवल परमेश्वरका निम्ति जिएकाले (१ पत्रुस ४:१४,१६; १ पत्रुस ३:१७)। प्रेरित पावल समेत रोमी सरकारद्वारा मृत्युदण्डमा परे। उनको अपराध के थियो? के उनले कसैलाई हत्या गरेका थिए? के उनले चोरेका थिए? थिएनन्, पावलको एउटै अपराध यो थियो, उनले सुसमाचार प्रचार गरे र ख्रीष्टले उनलाई आज्ञा दिएअनुसार गरे। जुन कुरा ठीक छ त्यसका लागि विश्वासी जनले कष्ट भोग्न आवश्यक पर्‍यो भने के ऊ गनगन गर्न वा रून पर्छ (मत्ती ५:१०-१२)? ______________। तपाईंलाई बाइबलका अरू व्यक्तिहरूको याद छ जसले परमेश्वरको आज्ञा पालन गरेकाले र ठीक काम गरेकाले कष्ट भोगे र दण्ड पाए? धार्मिकताका निम्ति कष्ट भोग्न आवश्यक पर्दा परमेश्वरले आफ्ना सन्तानहरूलाई सहायता गर्नुहुन्छ। हामीले दुःख भोग्छौं भने यो निश्चय गरौं कि हामी असल कामका लागि दुःख भोग्दैछौं न कि ख_______ का लागि (१ पत्रुस ३:१७)। मानौं एउटा ख्रीष्टियन बैंक लुट्दै गर्दा पक्राउ पर्‍यो। के उसलाई ख्रीष्टियन भएकै आधारमा कम दण्ड दिइनुहुन्छ? _____________।

* * * * * *

के तपाईं आफ्नो सरकारको निम्ति धन्यवादी हुनुहुन्छ? याद गर्नुहोस्, सरकार परमेश्वरले स्थापना गर्नुभएको कुरा हो अनि यो मानिसकै भलाइका निम्ति, सुरक्षाका निम्ति गरिएको हो। आफू बसोबास गरिरहनुभएको देशको निम्ति तपाईं धन्यवादी हुनुहुन्छ? किन? के तपाईं परमेश्वरको राज्यको भागीदार हुनुहुन्छ (कलस्सी १:१३)? के तपाईं तपाईंको राजाको आज्ञाकारी हुनुहुन्छ? के तपाईं नेपाल अधिराज्यको भागीदार हुनुहुन्छ? के तपाईं देशका नियमहरूमा आज्ञाकारी हुनुहुन्छ? के तपाईं यहाँ भएका नियमहरूका निम्ति धन्यवादी हुनुहुन्छ? पुलिसहरूका निम्ति धन्यवादी हुनुहुन्छ? के तपाईं उनीहरूलाई आदर गर्नुहुन्छ? के तपाईं सिपाहीहरूका निम्ति धन्यवादी हुनुहुन्छ?

के तपाईं आफ्नो देशका लागि प्रार्थना गर्नुहुन्छ? के तपाईं आफ्ना शासकहरूका लागि प्रार्थना गर्नुहुन्छ? परमेश्वरले तपाईंलाई भक्तिको र इमानदार जीवन जिउन सहायता गर्नुभएको होस् भनी तपाईं प्रार्थना गर्नुहुन्छ (१ तिमोथी २:२)? तपाईंको देशमा के कस्ता हक अधिकारहरू उपभोग गर्न सक्नुहुन्छ जो अरु कतिपय देशमा नहोलान्? (नोट: अध्ययनको अन्तमा माथिका कुराहरूलाई सम्झँदै प्रार्थनामा बिताउन सकिन्छ)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email