उलटपुलट

उलटपुलट

एस्तर ९-१०

एस्तर ९:१ ले एक महत्त्वपूर्ण दिनको उल्लेख गर्दछ: बाह्रौं महिनाको तेह्रौं दिन। पहिलो राजकीय उर्दी अनुसार उक्त दिनमा के हुनुपर्थ्यो (एस्तर ३:१३)? ____________________________________________ __________________________________। दोस्रो राजकीय उर्दी अनुसार उक्त दिनमा के हुनुपर्थ्यो (एस्तर ८:११-१२)? ______________________ _________________________________ _______________________________।

यहूदीहरूका निम्ति उक्त दिन इतिहासमा अविस्मरणीय दिन बन्यो। यहूदीहरूलाई पराजित गर्ने र नष्ट गर्न चाहनेहरू आफै पराजित भए! परिस्थिति यहूदीहरूका शत्रुकै विरुद्धमा उल्टिन गयो। नष्ट गर्न चाहनेहरू नै नष्ट गरिए। इस्राएलको इतिहासमा अर्को यस्तै उदाहरण सम्झनुहोस् त जब यहूदीहरूलाई नष्ट गर्न खोजिरहेकाहरू आफै नष्ट भए (प्रस्थान १४:२३-३१)? __________________________ ___________________________ _____________________________।

एस्तरको समयमा इस्राएल राष्ट्रलाई छुटकारा दिनुहुने उही परमेश्वरले आज पनि आफ्नो इस्राएल राष्ट्रलाई जोगाइराख्नुभएको छ (यद्यपि अधिकांश यहूदीहरू अविश्वासको कारण अन्धा भएका छन् (रोमी ११:२५)। आधुनिक युगमा यो कुरा पूरा भएको एउटा उदाहरणस्वरूप १९६७ सालको घटनालाई लिन सकिन्छ जब परिस्थिति यहूदीहरूका अरबी शत्रुहरूको विरुद्धमा उल्टिन पुग्यो:

“उक्त घटनालाई बयान गर्ने एउटै शब्द हो, आश्चर्यकर्म। मध्यपूर्वमा विस्फोटन भएको युद्ध ६० घण्टामै इतिहास बन्न पुग्यो। उसलाई निमिट्यान्न पार्न शपथ खाएका चारैतिरका अरब राष्ट्रहरूमाथि सानो राष्ट्र इस्राएल विजयी भएर निस्क्यो। मध्यपूर्वी गठबन्धनहरू, शक्ति-सन्तुलनका पक्षहरू, राजनीतिक सिमानाहरू समेतले नयाँ आकार लिए, मानौं एक बाइबलीय प्रलयको प्रहारले। इतिहासमा त्यस्ता घटना कमै होलान् जसमा विजय यति प्रभावकारी थियो अथवा यति छोटो अवधिभित्र उक्त विजय यति प्रस्टै निर्णायक बन्न पुग्यो। इस्राएलले आफ्नो सहसाक्रमणलाई यति चाँडो अघि बढायो, युद्ध भइरहेछ भनी संसारले महसुस गर्न नपाउँदै इस्राएलका दुश्मनहरूले युद्ध जित्ने साधनदेखि बञ्चित हुनुपर्यो…इस्राएलीहरूले त्यस्तो हर्षोन्मादको अनुभूति गरे जसको भागिदार कुनै पनि पुस्ताका थोरै मानिसहरूले मात्र पाउँछन्” (लाइफ, जुन १६, १९६७, पृष्ठ ३३,३८)। इस्राएललाई रक्षा गर्नुहुने व्यक्तिको सम्बन्धमा कुन कुरा साँचो छ (भजनसङ्ग्रह १२१:४)? ________ ______________________। यहूदीहरू आफ्ना थुप्रै शत्रुहरूदेखि आफूलाई प्रतिरक्षा गर्न जम्मा हुँदा, फारसी सरकार यहूदीहरूका पक्षमा थिए कि विरुद्धमा (एस्तर ९:२-४)? __________________। यहूदीहरूले राजधानी शूशनमा कतिजना शत्रुलाई मारे (एस्तर ९:५-६)? __________________________। उक्त संहारमा को पनि परे (एस्तर ९:७-१०)? ______________________________। टिप्पणीः हामान मोर्दकैलाई मात्र मार्न सन्तुष्ट थिएनन्। उनले सबै यहूदीहरू नष्ट भएको चाहन्थे। आखिरमा हामान मात्रै मरेनन्। उनका दस भाइ छोराहरूका साथ-साथै यहूदीहरूलाई घृणा गर्ने हजारौं मरे। आफ्ना शत्रुहरूको मालमत्तामा हात हालेर आफूलाई धनी बनाउन के यहूदीहरूलाई अनुमति थियो (एस्तर ८:१२)? ________। के तिनीहरूले त्यसो गरे (एस्तर ९:१०,१५,१६)? ______________। तिनीहरूको सबभन्दा ठूलो इच्छा आफ्नो प्रतिरक्षा गर्नु थियो, आफूलाई धनी बनाउनु होइन।

राजधानीमा भएको ठूलो संहार देखेर राजा छक्क परे। “तिनीहरूले यहाँ ५०० लाई मारे भने अन्य ठाउँमा कतिलाई मारे होलान्?” राजाको प्रश्नको जवाफ के थियो (एस्तर ९:१६)? ____________________ ____________। आफ्ना शत्रुहरूलाई पराजित गर्न शूशनका यहूदीहरूलाई कति दिन लाग्यो (एस्तर ९:१५)? ____________________। अन्य प्रान्तहरूका यहूदीहरूलाई आफ्ना शत्रुहरूलाई पराजित गर्न कति दिन लाग्यो (एस्तर ९:१६-१७)? ____________________ रानीको माग अनुसार, हामानका दस छोराहरूका मृत शरीरहरूलाई के गरियो (एस्तर ९:१३-१४)? ____________________________ ____________________________ (यसको अर्थ हो, तिनीहरूका मृत शरीरहरू काठको शुलीमा चढाइए)। व्यवस्था २१:२२-२३ अनुसार, कुनै व्यक्तिको शरीर रूखमा झुण्डयाइनुको अर्थ के हुन्थ्यो?

  1. उसमाथि परमेश्वरको आशिष थियो
  2. उसमाथि परमेश्वरको अनुग्रह थियो
  3. उसमाथि परमेश्वरको कृपा थियो
  4. उसमाथि परमेश्वरको श्राप थियो

परमेश्वरको श्राप हामान र उनका दस छोराहरूमाथि किन आइपर्यो (उत्पत्ति १२:३)? __________ __________________________________________। गलाती ३:१० अनुसार परमेश्वरको श्राप कसमाथि रहन्छ? _____________________________ ___________________________। परमेश्वरको पवित्र व्यवस्थालाई कुनै पापी मानिसले सिद्ध रूपमा पालन गरेको छ (तुलना गर्नुहोस् याकूब २:१०-११)? ________। तपाईं एक व्यवस्था भङ्ग गर्ने व्यक्ति हुनुहुन्छ कि व्यवस्था पालन गर्ने व्यक्ति? __________________________________________। तपाईंको निम्ति को श्रापित बनिनुभयो अनि व्यवस्था भङ्ग गर्नेहरूले पाउनु पर्ने मृत्यु दण्ड कसले भोगिदिनुभयो (गलाती ३:१३)? ______________________________। के उहाँ तपाईंको निम्ति एउटा रूखमा झुण्डिनुभयो (गलाती ३:१३; प्रेरित ५:३०; १ पत्रुस २:२४)? ____________________। उहाँले सम्पन्न गर्नुभएको कामको कारणले एक विश्वासी जनमाथि के रहन्छ: परमेश्वरको श्राप कि परमेश्वरको आशिष (एफेसी १:३)? ______________________________। हामी श्रापित हुन योग्य छौं तर परमेश्वरको अनुग्रहले हामी आशिषति भएका छौं!

निश्चय नै परमेश्वरको श्राप हामानमाथि थियो। एस्तर अध्याय ९ मा एउटा पद भेट्टाउन सक्नुहुन्छ जसले हामानको जीवन र मृत्युमा “म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो” भन्ने उखान पुरा भएको देखिन्छ? पद ________।

यहूदीहरूले अनुभव गरेको घटनाक्रमको उलटपुलट ज्यादै आश्चर्यजनक थियो। एस्तर ९:२२ अनुसार उनीहरूको दुःख ________________मा परिणत भयो अनि उनीहरूको शोक मनाउने दिनहरू भोज र रमाहटका दिनहरूमा परिणत भए! के हामानको सम्बन्धमा ठिक उल्टो हुन गयो (दाँज्नुहोस्, एस्तर ५:९ र ६:१२)? __________। आपत्तिजनक देखिने कुनै कुरालाई प्रभुले एउटा आशिषपूर्ण र आनन्दमय कुरामा परिणत गर्न सक्नुहुन्छ। प्रभुका चेलाहरूका निम्ति उहाँको क्रूसको मृत्यु संसारकै सबभन्दा ठूलो दुर्दशा थियो। तर के परमेश्वरले त्यहाँ ठूलो उलटपुलट ल्याउनुभयो (यूहन्ना १६:२०)? __________________। के परमेश्वरले तपाईंको जीवनको विपदग्रस्त देखिने कुरालाई लिएर त्यसलाई अर्कै थोकमा परिणत गरिदिन सक्नुहुन्छ? ________________। अझ महत्त्वपूर्ण कुरा त! के परमेश्वरले तपाईं स्वयंलाई लिएर तपाईंलाई नै परिवर्तन गराउन सक्नुहुन्छ (तुलना गर्नुहोस्, प्रेरित २६:१८)? ____________________

यहूदीहरूले त्यो महान् छुटकाराको उपलक्षमा उत्सव मनाए (एस्तर ९:१७-१९)। एस्तर र मोर्दकैले सो उत्सव वर्षेनी मनाइओस् भन्ने चाहे। यस यहूदी चाडलाई कुन नाम दिइयो (एस्तर ९:२६)? ______________। यो नाम, त्यो भयानक विनाशकारी दिनको सम्झनामा राखियो (जुन दिन हामानले गोला अर्थात् “पुर” हालेर तय गरेका थिए), जुन दिन चाहिँ एक आश्चर्यजनक छुटकाराको दिनमा परिणत भयो।

एस्तर ९:२७ अनुसार उक्त चाड वर्षेनी मानिसहरूका तीन समूहले मनाउनुपर्थ्यो:

  1. यहूदीहरूले
  2. उनीहरूका भावी पुस्ताहरूले
  3. यहूदी बनेका अन्यजातिहरूले (हेर्नुहोस्, एस्तर ८:१७)

    ती दिनहरूको “स__________ तिनीहरूका सन्तान-दरसन्तानहरूमा कहिल्यै नरोकिओस्” भनी ठहराइयो (एस्तर ९:२८)। यस महान् छुटकारालाई तिनीहरूले कहिल्यै बिर्सनुहुन्नथ्यो! यहूदीहरूले बिर्सन नहुने अर्को कुन कुरा थियो (व्यवस्था १५:१५; २४:१८)? _______________________ _______________________ ____________________________________। के तिनीहरूले उक्त महान् छुटकारालाई चाडको रूपमा वर्षेनी मनाउनुपर्थ्यो (प्रस्थान १२:१४-१८)? __________। आज विश्वासीहरूले कहिल्यै बिर्सन नहुने छुटकारा कुनचाहिँ हो (१ कोरिन्थी ११:२४-२५; दाँज्नुहोस् २ कोरिन्थी १:१० कलस्सी १:१३ गलाती १:४)? ________________________ ____________________________। उक्त छुटकाराको सम्झना वर्षको एकपटक मात्र नभई धेरै पटक गरिनुपर्दछ (१ कोरिन्थी ११:२६)!

    मोर्दकैको महानता एस्तर अध्याय १० मा (९:४ मा पनि हेर्नुहोस्) उल्लेख छ। मोर्दकैले पाएका अख्तियार र ओहोदा पाउन कुनचाहिँ व्यक्तिले अति लालसा गरेका थिए (दाँज्नुहोस् एस्तर ५:११-१२; ६:७-९)? ____________। मोर्दकै घमण्डले फुलेर आफ्नो अख्तियार र ओहोदा आफैंलाई उचाल्न दुरूपयोग गरेनन्, तर त्यसलाई उनले आफ्ना वचन र कामद्वारा यहूदीहरूको भलाइको निम्ति प्रयोग गरे। विश्वासी जनको लक्ष्य के हुनुपर्छ (१ कोरिन्थी १०:२४,३३; रोमी १५:१-३)? ________________________________ _________________________ _______________________________ __________________________। राजामुनिको पद (अर्थात् राजापछिको ओहोदा) मोर्दकैको थियो। अरू कुन यहूदीहरूलाई यस संसारका राज्यहरूमा उच्च स्थानहरू दिइएका थिए?

    1. उत्पत्ति ४१:३७-४५ ________________________ (मिस्री राज्य)
    2. दनिएल ५:२९; ६:१-३ ________________________ (बेबिलोन र मादी-फारसको राज्य)
    3. नहेम्याह १:११; २:१ ________________________ (फारसी राज्य)

    एस्तरको पुनरावलोकन

    परमेश्वर आफ्नो इच्छामा, अदृश्य रूपमा, निम्न कामहरू सम्पन्न गर्न कसरी काम गर्नुभयो (अर्थात् व्यक्तिहरू, घटनाहरू, परिस्थितिहरू आदि प्रयोग गर्दै पर्दाको पछाडिबाट कसरी काम गर्नुभयो)?

    1. एउटा रानीलाई पदमुक्त गर्न।
    2. एस्तरलाई रानीको रूपमा छनोट गर्न।
    3. विनाशको दिनको छनोट गरिन।
    4. राजाका सामु एस्तर बिनासमस्या उपस्थित हुन।
    5. मोर्दकैले राजाको ज्यान बचाइदिएको कामको सम्झना गरिन।
    6. हामानलाई पतन गराउन।
    7. अपरिवर्तनीय उर्दीको प्रतिकार गर्न र त्यसमाथिको विजय हासिल गराउन।
    8. घटनाक्रमको उदेकलाग्दो उलटपुलट (विनाशको सट्टा विजय, शोकको सट्टा आनन्द)।

    परमेश्वरको क्रियाकलाप रहस्यमय छ! एस्तरको समयमा काम गर्नुहुने परमेश्वर आज पनि काम गर्दै हुनुहुन्छ। घटना तथा परिस्थितिका पछाडि राजा तथा राज्यहरूका पछाडि, पुरूष, स्त्री, केटा, केटी सबैका जीवनमा काम गर्दैहुनुहुन्छ। तपाईंको जीवनमा पनि!

Print Friendly, PDF & Email
0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Leave a Reply

Your email address will not be published. Required fields are marked *