हामानको पतन
हामानको पतन
हामानको पतन
एस्तर ७
तिनकी पत्नी र मित्रहरूले हामान, यहूदी मोर्दकैको सामुन्ने “निश्चय नै पतन हुनेछ” भनी चेताउनी दिसकेका थिए (एस्तर ६:१३)। तिनीहरू कुरा गरिरहेकै बेलामा हामान एस्तरको दोस्रो भोजमा लगियो। एस्तरको पहिलो भोज अघिल्लो दिनमा भएको थियो। यी दुइ भोजहरूका बीचमा केही महत्त्वपूर्ण घटनाहरू घटे। तीमध्येका केही घटनाहरू के-के थिए? _________________________________________ ___________________________________________ _____________________________________________ _____________________________________________ _______________________________ _____________________________________________ _________________________ _________________________
फेरि पनि राजाले एस्तरलाई आफ्नो माग जाहेर गर्ने मौका दिए। यस पटक रानी चुप बस्दिनन्, तर साहससित आफ्नो र यहूदीहरूका पक्षमा बोल्छिन्। त्यसबेला एस्तरले निकै साहस बटुल्नुपरेको थियो किनकि यसरी बोल्नाले उनले आफू यहूदी भएको कुरा प्रकट गर्दै थिइन्। साथै उनले राजाकै उर्दीको विपरितमा माग राख्दै थिइन् र राजाको सबभन्दा शक्तिशाली अफिसरको विरोध गर्दै थिइन्। यस्तो माग राख्नु चाहिँ मृत्य र जीवनकै सवाल हो भनी एस्तर जान्दथिन्। हुन पनि आखिरमा, एस्तरलाई जीवन मिल्यो, हामानलाई मृत्यु!
जब हामान र राजाले सबै यहूदीहरूलाई मार्ने उर्दी निकाले, एस्तर एक यहूदी भएको कुरा प्रकट नभइसकेको हुनाले उक्त उर्दीले रानीलाई समेत समेट्दैछ भन्ने कुरा उनीहरूलाई थाहा भएन। आफ्नो जाति पतन हुन लागिरहेको कुराको बयान गर्दा एस्तरले राजकीय उर्दीमै प्रयोग भएका (नाश गरिन, मारिन, र नाउँनिशानै मेटिनलाई (यी तीन वाक्यांशहरूलाई नै प्रयोग गरिन्। यदि यहूदीहरू दासत्वमा बेचिनेभएका भए, के एस्तरले उनीहरूको निम्ति आफ्नो मुख खोल्नेथिइन् (एस्तर ७:४)? ________________। उनीहरूका ज्यानै खतरामा भएकोले एस्तर चुप बस्न सकिनन्।
जब एस्तरको कुरा राजाले सुने, तब त्यस्तो दुष्कर्म गर्न खोज्ने को हो भनी उनले सोधे (”त्यो को हो” “त्यो कहाँ छ?” ( एस्तर ७:५)। एस्तरले, आफू साथै आफ्ना जातिको सामु खडा भएको यो ठूलो समस्याको जड को हुन् भनी बताइन् (एस्तर ७:६)? ____________। आफ्नो दुष्ट योजनाहरू पूरा गर्न शैतानले हामानलाई चलाउने प्रयास गरेको भए तापनि, परमेश्वरका जनहरूका विरुद्धमा गरिन लागेको हामानको यो ठूलो पापको दोषी वास्तवमा को थियो (एस्तर ७:५, दाँज्नुहोस् मत्ती १५:१९)?
- (क) हामानकी पत्नी
- (घ) हामानका बाबुआमा
- (घ) हामानका मित्रहरू
- (ङ) राजा अहासूरस
- (ग) हामानकै
दुष्ट हृदय
भोज गर्ने कोठाबाट बगैंचामा निस्केर जाँदा, राजाको मन कस्तो अवस्थामा थियो (एस्तर ७:७)?
- (क) डरले भरिएको थियो
- (ग) अलिकति खिन्न थियो
- (घ) शान्त थियो (घ) क्रोधी अवस्था
हामानको अवस्था चाहिँ कस्तो थियो (एस्तर ७:६)? ______________________ (त्रसित!)। राजाको अनुपस्थितिमा हामानले रानीका सामु आफ्नो ज्यान जोगाइयोस् भनी जोडदार विन्ती चढाउन थाल्छन्। जसले यहूदीहरू (एस्तर समेत) लाई नाश गर्ने योजना गरेका थिए, अब आफ्नो ज्यान बचाइयोस् भनी यहूदी एस्तरलाई विन्ती गर्दैछन्। यहूदीहरूको डरलाग्दो शत्रु अब आफ्नै ज्यान बचाउका निम्ति एक यहूदी स्त्रीको शरणमा पर्दछन्!
हामान, निगाह पाउन विन्ती गर्दै रानीको सामुन्ने पलङको छेउमा पसारो परे (केही समय अघि अरूहरू हामानको सामु पसारो पर्नु पर्थ्यो, तर अब ऊ आफै आफ्नो ज्यानको निम्ति पसारो पर्नु पर्यो)। फर्केर आएका राजाले हामानलाई एस्तरको पलङमा देख्दा, हामानले रानीलाई आक्रमण गर्न खोजेको ठाने। राजाको रीस झनै दन्क्यो अनि उनको मुखबाट मृत्युदण्डको आदेश निस्क्यो। त्यो सुनेबित्तिकै तिनीहरूले हामानको मुख छोपे, जसरी उसबेलाका समयहरूमा मृत्यदण्डका लागि ठहराइएका व्यक्तिहरूलाई गरिन्थ्यो।
के हामानको भाग्य बिग्रेर यस्तो हुनगएको थियो कि परमेश्वरले उसलाई उसले पाउनुपर्ने फल दिइरहनु भएको थियो? __________________________________________________________________। यो एउटा आत्मिक सिद्धान्त हो — दुष्टका पापहरूले प्रायः कुनै न कुनै दिन तिनीहरूलाई नै सताउँछ। अध्ययन गर्नुहोस्, हितोपदेश २६:२७; २८:१०। अब एस्तर ७:९-१० पढ्नुहोस् अनि बताउनुहोस्, कसरी हामानको जीवन र मृत्यले उक्त आत्मिक सिद्धान्तलाई पुष्टि गर्दछः ______________________________________________ __________________________________________________________________________________________________________________________________________________________________________________________________________।
भजनसङ्ग्रह ९:१५-१६ लाई पनि विचार गर्नुहोस्। हामानले थापेको पासो के थियो (एस्तर ५:१४)? ______________________। त्यो पासोमा उसले कसलाई पार्न चाहेको थियो (एस्तर ७:९)? ________________। आखिरमा त्यो पासोमा को पर्यो (एस्तर ७:१०)? ____________। सारा शहरका सामु आफू प्रदर्शनी गरिएको चोहने हामान अब साँच्चीनै सारा शहरकै सामु एउटा ज्यादै अग्लो खाँबोमा सबैले देख्ने गरी प्रदर्शन गरिए!
अपरिवर्तनीय उर्दीको समस्या
एस्तर ८
हामानको उच्च दर्जा (प्रधानमन्त्री) र सम्पत्ति कसलाई दिइयो (एस्तर ८:१-२)? __________________। हामानले यहूदीहरूको सम्पत्तिलाई हात पार्न चाहेका थिए, तर आखिरमा, हामानको सम्पत्ति तिनले घृणा गरेकै शत्रुको हातमा पर्यो।
हामान मरे, तरैपनि उर्दीअनुसार यहूदीहरूको विनाशको दिन आउँदै थियो जुन उर्दी अपरिवर्तनीय थियो र जसलाई राजाले पनि रद्द गर्न सक्दैनथ्यो। हामान मरे तर राजकीय उर्दी जीवितै थियो! यहूदीहरूका शत्रु मरे तापनि उसको दुष्ट-बुद्धि रह्यो किनकि परिवर्तन गर्न नमिल्ने उर्दीका निर्माता उनी नै थिए!
त्यसरी नै, इतिहासमा हामी त्यस्ता व्यक्तिहरू पाउँछौं जोहरू मरे तापनि तिनीहरूका “दुष्ट-बुद्धि” भने आज जीवितै छन्। जस्तै, चार्ल्स् डार्विन् (क्रमविकासवादी सिद्धान्तका पिता) र कार्ल मार्क्स् (साम्यवादका पिता)। के अन्य उदाहरणहरू पनि दिन सक्नुहुन्छ? यी व्यक्तिहरू मरिसके तापनि तिनीहरूका लेखहरूले संसारमा गहिरो प्रभाव जमाएका छन्।
फेरि एक पटक एस्तर रानीले यहूदीहरूका निम्ति राजामा आफ्नो विन्ती चढाइन्। उनले राजालाई हामानले लेखेको उर्दी उल्टाइयोस् भनी विन्ती चढाइन्। राजाले मादी-फारसका कानूनलाई उल्टाउन नसके तापनि उनले मोर्दकैलाई, पहिलो उर्दीलाई माथ गर्न सक्ने, अर्को उर्दी लेख्ने अनुमति दिए। पहिलो उर्दी हटाइन असम्भव थियो तर दोस्रो उर्दी थप्न सम्भव थियो।
मोर्दकैद्वारा लिखित दोस्रो उर्दी एस्तर ८:९-१४ मा उल्लेख छ। धेरै हिसाबमा त्यो हामानद्वारा लिखित पहिलो उर्दी जस्तै थियो। दोस्रो उर्दीले यहूदीहरूलाई, उनीहरूलाई विनाश गर्नका निम्ति तोकिएको दिनमा, आफ्नो प्रतिरक्षा गर्न भेला हुनलाई अनुमति प्रदान गर्यो। यो प्रतिउर्दी पहिलो उर्दी जारी गरिएको २ महिना १० दिन पछि जारी गरियो। तोकिएको विनाशको दिन आउनलाई आठ महिनाभन्दा बढी बाँकी नै थियो।
दोस्रो उर्दी निस्केपछि राज्यभरि रमाहट र खुशीयालीले छायो। यहूदीहरूमाथि छाएको निराशाको कालो बादल एक्कासी छयाङ्ग भयो। उनीहरूका पूर्खाहरूलाई परमेश्वरले मिश्रको दासत्वबाट कति अचम्मसित छुटकारा दिनुभएको कुरा प्रस्थानको पुस्तकमा उल्लेख छ। अब फेरि एउटा ठूलो छुटकारा पाउन लागेको अनुभूति यहूदीहरूलाई भइरहेको थियो। घटनाक्रम अचम्मसित यहूदीहरूको पक्षमा मोडियो जसले गर्दा अन्यजातिहरू निकै प्रभावित भए। अन्यजातिहरूमध्ये धेरैजनाले के गरे (एस्तर ८:१७)? __________________________________________________।
हाम्रो निम्ति एउटा महत्त्वपूर्ण शिक्षा
सर्वोच्च राजा, जीवित परमेश्वरले, एउटा अपरिवर्तनीय उर्दी निकाल्नुभएको छ। उक्त उर्दी निम्न पदहरूमा उल्लेख छः
“________लाई परमप्रभुले दण्ड नदिई छोड्नुहुन्न” (नहूम १:३)। अर्थात्, परमप्रभुले दोषीहरूलाई दण्ड दिनैपर्छ!
“परमप्रभु…________लाई कुनै रीतिले निर्दोष नठहर्याउनुहुने…हुनुहुन्छ” (गन्ती १४:१८)। यर्सथ, परमप्रभुले दोषीलाई दण्ड दिनुहुनेछ। उहाँले दोषीहरूलाई दण्ड नदिई छोड्न मिल्दैन। “किनभने म ________लाई ____________ ठहर्याउनेछैनँ।” (प्रस्थान २३:७)। यर्सथ, दुष्ट व्यक्तिलाई उसका पापको दण्ड दिइनैपर्छ।
साथै, व्यवस्था २५:१, हितोपदेश १७:१५ र हितोपदेश २४:२४ लाई पनि विचार गरौं। यी पदहरूले बताउँछन्, निर्दोष व्यक्तिलाई दण्ड दिने अनि दोषी व्यक्तिलाई छोडिदिने काम परमेश्वर घृणा गर्नुहुन्छ!
पहिलो उर्दीले भन्छ, दोषीलाई दण्ड दिनैपर्छ, जुन दण्ड हो ________ (रोमी १:३२; ६:२३)। परमेश्वरका सामु हामीमध्ये कतिजना दोषी छौं (रोमी ३:१०,१९,२३)? ________। तर्सथ, पहिलो उर्दीअनुसार, सबै मानिसहरू दोषी छन् र तिनीहरूले मृत्य-दण्ड पाउनैपर्छ। यो नै परमेश्वरको व्यवस्था हो!
के उक्त उर्दी परिवर्तन गरिन वा उल्टाइन सम्भव छ? के राजा परमेश्वरले आफ्नो मन बदलेर यसो भन्नु सम्भव छ? — “मैले आफ्नो वचनमा जे लेखें, त्यसको वास्ता नगर। अब मैले दोषी व्यक्तिहरूलाई दण्ड नदिईकनै छोडिदिने निर्णय गरेको छु। म तिनीहरूका पापहरू र दुष्ट कामहरूलाई बिर्सिदिनेछु”। आफूले भन्नुभएका कुराहरूलाई परमेश्वरले के उल्टाउनु सक्नुहुन्छ (गन्ती २३:१९-२०)? __________________।
त्यसो भए के मानव जातिका निम्ति कुनै आशा छ त? के हामी सबै नष्ट हुनैपर्छ? परमेश्वरले भक्तिहीनलाई धर्मी ठहराउन र तिनीहरूलाई तिनीहरूका पापहरूका दण्ड नदिई छाडिदिन कुनै उपाय छ (दाँज्नुहोस्, रोमी ३:२६; ४:५)?
सर्वोच्च राजा, परमेश्वरले पहिलो उर्दी बदल्नु असम्भव छ, तर उहाँले दोस्रो उर्दी निकाल्नु सम्भव छ। दोस्रो उर्दीले यसो भन्दछ,
परमेश्वरका पुत्र, प्रभु येशू ख्रीष्ट, क्रूसमा जानुहुनेछ र दोषीहरूको सट्टामा दण्ड भोग्नुहुनेछ (१ पत्रुस ३:१८; २ कोरिन्थी ५:२१)। उहाँमाथि विश्वास गर्नेहरू पूर्णरूपमा धर्मी ठहरिनेछन् (रोमी ३:२६; ४:५)।
दण्ड, म दोषीमाथि नपरीकन, मेरो सट्टामा मर्नुहुने येशूमाथि पर्यो! उहाँले पूर्णरूपमा उक्त मृत्युदण्ड भोग्नुभयो। मलाई बचाउन उहाँ मर्नुभयो! पहिलो उर्दीले भन्दछ, दोषीहरू मर्नैपर्छ! दोस्रो उर्दीले भन्दछ, विश्वास गर्नेहरू बाँच्न पाउनेछन्!
दोस्रो उर्दीको खुशीको खबरले विश्वास गर्ने प्रत्येक हृदयलाई आनन्दले भर्दछ (भजनसङ्ग्रह ५१:१२; दाँज्नुहोस् एस्तर ८:१५-१७)! दोस्रो उर्दीको उदेकको शुभसन्देश टाढा-टाढासम्म पुर्याइनुपर्दछ (मर्कूस १६:१५; मत्ती २८:१९; दाँज्नुहोस् एस्तर ८:१७)!
के तपाईं परमेश्वरको दोस्रो उर्दीको निम्ति धन्यवादी हुनुहुन्छ?
के तपाईं आफ्नो यस्तो महान् मुक्तिमा रमाहट गर्दैहुनुहुन्छ?
के तपाईं यो खुशीको खबर अरूहरूकहाँ पुर्याउनलाई मदत गर्दैहुनुहुन्छ?
के तपाईं, अरूहरूले यही मुक्तिदातालाई ग्रहण गरून् र तपाईंले जस्तै आनन्द अनुभव गरून् भनी प्रार्थना गर्दैहुनुहुन्छ?