पुनरुत्थित् प्रभु (भाग २)

Study Series

पुनरुत्थित् प्रभु (भाग २)

४) येशू गालील समुद्रको किनारमा चेलाहरूकहाँ देखा पर्नुहुन्छ

तिबेरियासको समुद्र (यूहन्ना २१:१), _________ को समुद्र (यूहन्ना ६:१) को अर्को नाउँ हो। यूहन्नाको एक्काइसौं अध्यायले येशू आफ्ना चेलाहरूकहाँ उनीहरू सामूहिक रूपमा हुँदा बौरिउठ्नुभएपछि तेस्रो पटक देखा पर्नुभएको घटनालाई बयान गर्दछ (यूहन्ना २१:१४ पढ्नुहोस्)। हामीले उहाँ त्यसरी देखा पर्नुभएको पहिलो दुइटा घटनाहरू हेरिसक्यौं (यूहन्ना २०:१९ र यूहन्ना २०:२६)।

यस अवसरमा त्यहाँ कतिजना चेलाहरू सँगै थिए (यूहन्ना २१:२)? __________। माछा मार्न जाने योजना कसको थियो (यूहन्ना २१:३)? __________। तिनीहरू कत्तिको सफल भए? (यूहन्ना २१:३)? ____________________________। यूहन्ना २१ मा घटेको घटना केहि वर्ष अगाडि घटेको एउटा घटना जस्तै थियो (लूका ५:४-११ पढ्नुहोस्)। लूका ५ र यूहन्ना २१ मा घटेका घटनाबीच के-कस्ता समानन्तरताहरू थिए? लूका ५:१० मा येशूले शिमोन पत्रुसलाई भन्नुभएको थियो, “अबदेखि उसो तिमीले ______________ पक्रनेछौ”। तर यूहन्ना २१ मा पत्रुस माछा पक्रनलाई फर्केको हामी देख्छौं!

यूहन्ना २१:७ मा हामीलाई पत्रुस र यूहन्नाको बारेमा केही कुरा बताइएको पाउँछौं। कुनचाहिँ चेलाले येशूलाई पहिले चिने? __________। कुनचाहिँ चेला पानीमा हाम फाल्न छिटो थिए? ___________। सबैजना चेलाहरू किनारमा आइपुग्दा कसले बिहानको नास्ता तयार गर्दैहुनुहुन्थ्यो (यूहन्ना २१:९)? _________________। कसले खाना खुवाउनुभयो (यूहन्ना २१:१३)? ________________। हाम्रो प्रभु साँच्चै बौरिउठ्नुभएको कुराको यहाँ प्रशस्तै प्रमाण भेटिन्छन्। सातजना वयस्क पुरुषहरूले उहाँलाई बिहानको घामको उज्यालोमा आफ्नै आँखाले देखे। गालीलको समुद्रको किनारमा प्रभुलाई बसिरहनुभएको, कुराकानी गरिरहनुभएको र खाना खाइरहनुभएको हामी देख्छौं। बौरिउठाइको यो भन्दा प्रबल प्रमाण दिन सकिन्छ? पत्रुस यसबाट पूर्ण रूपमा विश्वस्त भएका र सन्तुष्ट भएका थिए किनकि वर्षौं बितेपछि उनले कर्नेलियसलाई भन्छन्, “उहाँ __________बाट ________ ___________पछि हामीले उहाँसँगै खायौं-पियौं” (प्रेरित १०:४१)। आज येशू जीवित हुनुहुन्छ भनेर हामी विश्वस्त छैनौं भन्नेहरूले इमानदारीका साथ स्पष्ट प्रमाणहरूलाई हेर्नु खाँचो छ!

यस अध्यायको अर्को खण्डमा प्रभुले कस्तो कोमल तरिकाले पत्रुससित व्यवहार गर्नुभएको थियो भन्ने कुरालाई हेर्नेछौं। धेरै समय बितेको थिएन जुन बेला पत्रुसले आफ्ना प्रभुलाई शर्मलाग्दो गरी इन्कार गरे। पत्रुसको इन्कार गराइलाई यूहन्ना २१ को खण्डसित तुलना गर्दा निम्न समानन्तरताहरूलाई ख्याल राख्‍नुहोस्:

पत्रुसको इन्कार गराइपत्रुससितको प्रभु येशूको व्यवहार (यूहन्ना २१)
प्रभुलाई इन्कार गर्दा पत्रुसले आ_____ तापिरहेका थिए (यूहन्ना १८:१८)।पत्रुससित येशू कुरा गर्नुहुँदा पनि उहाँहरू कोइलाको _________ वरिपरि हुनुहुन्थ्यो (यूहन्ना २१:९)
पत्रुसले प्रभुलाई तीन-तीन पटक इन्कार गरे (यूहन्ना १३:३८)।प्रभुका निम्ति आफ्नो प्रेम स्वीकार गर्नलाई पत्रुसलाई येशूले तीन-तीन पटक मौका दिनुहुन्छ (यूहन्ना २१:१५-१७)।
तेस्रो इन्कार गराइपछि भाले बास्यो र पत्रुस दुःखित बने र धुरुधरु रोए (मत्ती २६:७५)।प्रभुले तेस्रो पटक प्रश्न गर्नुभएपछि पत्रुस दुःखित भए (यूहन्ना २१:१७)। विगतको आफ्नो विफलताको उनलाई सम्झना आएको थियो कि?

यूहन्ना २१:१५-१७ पढ्नुहोस् र प्रत्येक पदको अन्तमा उल्लेखित तीन वा चार शब्दहरूलाई ध्यान दिनुहोस्। उनले येशूलाई साँच्चै प्रेम गर्छन् भनी देखाउन पत्रुसले गर्नुपर्ने एउटै काम के हो भनी उसलाई भनियो? _______________________________________। यूहन्नाको एक्काइसौं अध्याय पत्रुस कसरी मछुवाबाट गोठाला बन्न पुगे भन्ने कुराको कहानी पनि हो!

पत्रुसको जीवनको सेवाकार्य माछाको काम गर्नु थिएन तर मान्छेसित काम गर्नु थियो (लूका २२:३१-३२ पढ्नुहोस्)। उनले परमेश्वरको बगालको हेरचाह गर्नु थियो। यूहन्ना १०:२७ मा अध्ययन गरिसक्यौं, परमेश्वरका भेडा ती हुन् जसले ख्रीष्टको स्वर सुन्छन्, उहाँलाई पछ्याउँछन् र उहाँमाथि विश्वास गर्छन्। आफूले सिक्नुपर्ने पाठ पत्रुसले राम्ररी सिकेको दखिन्छ किनकि पछि उनको जीवनमा बगाललाई खुवाउने र परमेश्वरका भेडाहरूका लागि सही किसिमको अगुवा हुने भन्ने कुराको महत्त्व उनले बुझेका थिए (१ पत्रुस ५:१-४)! यदि कुनै पास्टरले परमेश्वरको बगालको राम्रो हेरविचार गरिरहेका छैनन् र उनीहरूलाई परमेश्वरको वचनबाट खुवाइरहेका छैनन् भने, के तिनले प्रभुलाई प्रेम गर्दछन् भन्ने कुरा साँच्चै दर्शाइरहेका छन् त? _____________

यूहन्ना २१:१८ मा प्रभु येशूले पत्रुसलाई उनलाई भविष्यमा हुने केही कुराको बारेमा बताउनुभयो। त्यो कुरा उनी बूढा भएपछि उनलाई हुनेछ भनेर भन्नुभयो। प्रभुले उनलाई भन्नुभएको कुरा कुन विषयमा थियो (यूहन्ना २१:१९)? _______________________। प्रभु पत्रुसका बारेमा सबै कुरा जान्नुहुन्थ्यो, उनको मृत्यु कसरी हुनेछ भन्ने बारेमा समेत। पत्रुसको दोस्रो पत्र उनी बूढा भइसकेपछि र उनको मर्ने बेला नजिक आइसकेपछि लेखिएको थियो। २ पत्रुस १:१४ मा पत्रुसले उनको निकटमा हुने मृत्युको बारेमा कसरी लेखेका छन् हेर्नुहोस्: “किनकि हाम्रा प्रभु येशू ख्रीष्टले __________ _________________ मेरो डेरा (अस्थायी वासस्थान) उठाइने समय चाँडै आइरहेछ भनी म जान्दछु”। घटना हुनुभन्दा धेरै अगाडिबाट नै येशूले पत्रुसलाई उनको मृत्युको बारेमा बताउनुभयो। ऐतिहासिक परम्पराअनुसार प्रेरित पत्रुस सम्राट नीरोको शासन कालमा रोमीहरूको हातबाट क्रूसमा टँगाइए। यसरी, आफ्नो जीवनले मात्र होइन तर आफ्नो मृत्युले समेत पत्रुसले _____________को महिमा गरे (यूहन्ना २१:१९ सित फिलिप्पी १:२०-२१ लाई तुलना गर्नुहोस्)।

प्रभुले हाम्रो भविष्यको बारेमा सब जान्नुहुन्छ भन्ने जानेर हामीलाई ठूलो सान्त्वना मिल्दछ। आगामी दिनहरू कस्ता हुनेछन् हामी जान्दैनौं तर परमेश्वरले पक्कै पनि जान्नुहुन्छ। हामी उहाँको _________ लाग्नुपर्छ र हाम्रो जीवन र मरणका सबै बन्दोबस्तका लागि उहाँमै भरोसा गर्नुपर्छ।

तब पत्रुस पछिल्तिर फर्के र यूहन्नाको भविष्यका लागि प्रभुका योजना के कस्ता होलान् भन्ने कुरा जान्नलाई एकदम जिज्ञासु बने (यूहन्ना २०:२०-२१ सित यूहन्ना १३:२३-२६ लाई तुलना गर्नुहोस्)। “यिनको चाहिँ के होला?” भनेर पत्रुसले प्रश्न गरे। येशूले जवाफ दिनुभयो, “तिमीलाई यसको के चासो?” (यूहन्ना २१:२२), जसको तात्पर्य थियो, “तिमी आफ्नै काम-कर्तव्यलाई ध्यान देऊ!” पत्रुसका लागि प्रभु येशूको एउटा योजना थियो र यूहन्नाको लागि अर्को योजना थियो। यदि येशूले चाहनुभएको भए उहाँले प्रेरित यूहन्ना उहाँको आगमन नभएसम्मै संसारमा राखिछाड्न सक्नुहुन्थ्यो। शुरुका ख्रीष्टियनहरू ख्रीष्टको आगमनका लागि प्रतीक्षा गरिरहेका थिए र उहाँ यूहन्नाकै जीवन कालमा समेत आउन सक्नुहुन्छ भनेर विश्वास गर्थे। यूहन्ना अन्य सबै प्रेरितहरूभन्दा बढी बाँचे र बूढा मानिस भई मरे। यूहन्ना पत्रुसभन्दा धेरै वर्ष बढी बाँचे, तर यी दुवै मानिसहरू ख्रीष्टका विश्वासयोग्य सेवकहरू थिए र परमेश्वरले यी दुवै मानिसलाई विशेष किसिमले चलाउनुभयो। यूहन्नालाई के हुन्छ होला भन्ने कुरामा पत्रुस ध्यानकेन्द्रित हुनु आवश्यक थिएन। पत्रुसले ख्रीष्टलाई पछ्याउने कुरामा आफ्नो ध्यान लगाउनु आवश्यक थियो। महत्त्वपूर्ण कुरा एउटा व्यक्ति कति लामो बाँच्यो भन्ने होइन तर कति राम्ररी बाँच्यो भन्ने हो!

यूहन्नाले लेखेका आखिरी वचनहरू

यूहन्ना २१:२४ मा यूहन्नाले आफ्नो बारेमा बताउँदछन्। पुस्तकभरिमा यूहन्नाले आफूलाई कहिल्यै आफ्नो नाउँले जनाउँदैनन्। उनले आफूलाई प्रायः “त्यो चेला”, “त्यो अर्को चेला” अथवा “येशूले प्रेम गर्नुभएको चेला” भनेर जनाउँदछन्। हामीले अध्ययन गर्दै आएको पुस्तकका लेखक यूहन्ना हुन् “अनि हामी जान्दछौं, यिनको गवाही सत्य छ” (यूहन्ना २१:२४)। यूहन्नाको सुसमाचार येशू ख्रीष्टका वचनहरू तथा कार्यहरूको सत्य र सठीक अभिलेख हो!

के प्रेरित यूहन्नाले प्रभु येशू ख्रीष्टका बारेमा लेख्‍न सकिने जति जम्मै कुरा लेखे (यूहन्ना २१:२५)? ______________। यूहन्नाले राम्ररी छनोट गरेर यी कुराहरू लेखेका थिए। बाइबललाई ध्यानपूर्वक अध्ययन गर्नेहरूले बताएअनुसार चारओटा सुसमाचारीय पुस्तकहरूमा बताइएका घटनाहरूले साँढे तीन वर्षका मध्ये करीब ३५ दिनहरूका घटनाहरू मात्र बताइएका छन्। यसको मतलब एक हजार भन्दा बढी दिनका बारेमा कुनै कुरा लेखिएको छैन। यूहन्नाले कागतमा लेख्‍न सक्ने त्यहाँ थुप्रै अरू कुराहरू थिए तर उनले लेखेनन्। तरैपनि येशू ख्रीष्ट को हुनुहुन्छ र येशू ख्रीष्टले हाम्रा निम्ति के गरिदिनुभएको छ भन्ने कुरा जान्न र बुझ्न यूहन्नाले हाम्रा लागि पर्य‍ाप्‍त गरी लेखेका छन्। हामीलाई ख्रीष्टको बारेमा थप जानकारी आवश्यक छैन बरु उहाँको वचनमा परमेश्वरले दिनुभएको जानकारीलाई हामीले विश्वास गर्नु आवश्यक छ।

यूहन्नाको सुसमाचारको अन्तिम पदले कसैलाई एउटा कविता लेख्‍न अभिप्रेरित गरेको थियो जुन कविता एउटा पागलखानाको साँघुरो कोठाको भित्तामा शीशाकलमले कोरिएको पाइयो, जसको नेपाली रूपान्तर “ईश्वरको प्रेम कति महान्” भन्ने भजनको तेस्रो दफामा भेट्न सकिन्छ:

समुद्र मसीले भरेको, आकाश पत्र भएको भए
हर रूखको डाँठ कलम बेनको, र हरेक मानिस लेखक भए
लेख्‍न ईश्वरको महान् प्रेम, समुद्र सुकिजान्थ्यो
न त अटाउँथ्यो आकाशमा, वर्णन त्यो अपार प्रेमको!

आफूले लेख्नुमा यूहन्नाको उद्देश्य

यूहन्नाले सुसमाचारको यो पुस्तक किन लेखे भन्ने कारण पत्ता लगाउन हामी फेरि यूहन्ना २०:३०- ३१ मा फर्केर जानुपर्छ। यस पुस्तक लेख्दा यूहन्नाले होशियारपूर्वक छनोट गरिएका कुराहरूलाई समावेश गरे, तर परमेश्वरको अगुवाइ र परमेश्वरको प्रेरणाद्वारा उनले ठीक आवश्यक कुरा मात्र लेखे: “तर येशू नै परमेश्वरका पुत्र ‘ख्रीष्ट’ हुनुहुन्छ भनी तिमीहरूले ____________ गर्न सक र विश्वास गरेर तिमीहरूले उहाँको नामद्वारा _________ पाओ भनी यीचाहिँ लेखिएका हुन्” (यूहन्ना २०:३१)।

यूहन्नाको सुसमाचारमा भएका २१ ओटा अध्यायहरूको अध्ययनको अन्त अब यहाँ अन्त गर्दैछौं। यदि तपाईंले यस पुस्तकलाई शुरुदेखि विचार गर्नुहुन्छ भने, तपाईंको निष्कर्ष के हुन्छ त? येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ भन्ने तपाईं सोच्नुहुन्छ?

के उहाँ एक फटाहा हुनुहुन्छ?
कि पागल हुनुहुन्छ?
कि परमप्रभु परमेश्वर हुनुहुन्छ?

के प्रेरित यूहन्ना एक फटाहा र बहकाउने व्यक्ति थिए कि उनी सत्य र सठीक कुरा नै लेख्‍ने व्यक्ति थिए? के तपाईंले उनको सन्देशलाई विश्वास गर्नुभएको छ? यूहन्नाको सुसमाचार अनुसार अनन्त जीवन पाउनलाई एउटा व्यक्तिले के गर्नुपर्छ (यूहन्ना ३:१६,१८,३६; ५:२४; ६:३५-३७; ११:२५-२६, आदि)? _____________________________________________________

के तपाईंले सो काम गर्नुभएको छ? _________। ठूला, साना, पुरुष, महिला, केटा, केटी सबैले उहाँको पुत्रमा विश्वास गरेको परमेश्वर चाहनुहुन्छ र विश्वास गर्ने जतिसित अनन्त जीवन हुन्छ!

येशू ख्रीष्टमाथि विश्वास गर्ने ती सुखी मानिसहरूको जमातसँग तपाईं पनि मिल्न आउनुभएको होस् भनेर यस बाइबल अध्ययनमाला तयार गर्ने लेखकहरू तपाईंलाई आग्रह गर्न चाहनुहुन्छ।

अन्द्रियासले विश्वास गरे (यूहन्ना १:४१)
फिलिपले विश्वास गरे (यूहन्ना १:४५)
नथनएलले विश्वास गरे (यूहन्ना १:४९)
सामारीहरूले विश्वास गरे (यूहन्ना ४:४२)
पत्रुसले विश्वास गरे (यूहन्ना ६:६८-६९)
जन्मैदेखिको अन्धाले विश्वास गरे (यूहन्ना ९:३५-३८)
यूहन्नाले विश्वास गरे (यूहन्ना २०:८)
थोमाले विश्वास गरे (यूहन्ना २०:२८-२९)

तपाईंचाहिँ के गर्नुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email