प्रतिज्ञा गरिएको देशभित्र प्रवेश

प्रतिज्ञा गरिएको देशभित्र प्रवेश

 

परमप्रभुको ठूलो सामर्थ्यले इस्राएलका सन्तान मिश्र देशदेखि बाहिर निकालिए (पाठ ४ हेर्नुहोस्)। इस्राएललाई त्यसरी निकाल्नुमा परमेश्वरको उद्देश्य के थियो? परमेश्वरले किन उनीहरूलाई बाहिर निकाल्नु भयो? उनीहरूलाई मिश्रदेखि बाहिर प्रस्थान गराएर परमेश्वरले यी मानिसहरूका निम्ति के गर्न चाहनुहुन्थ्यो?

व्यवस्था ४:३७-३८ लाई विचार गरौं। “उहाँले (प्रमप्रभुले) तिमीहरूका पिता-पूर्खालाई प्रेम गर्नुभएकोले र तिनीहरूपछि तिनीहरूका वंशलाई चुन्नुभएकोले उहाँले आफ्नो उपस्थितिद्वारा र आफ्नो महाशक्तिद्वारा तिमीहरूलाई मिश्रदेखि ________________। तिमीहरूले आफूभन्दा महान् र शक्तिशाली जातिहरूको देशमा __________ ________ अधिकार गर भनेर आज उहाँले उनीहरूलाई धपाइदिनुभएको छ।” परमेश्वरले उनीहरूलाई भित्र ल्याउनका लागि पहिले बाहिर निकाल्नुभयो। परमेश्वर उनीहरूलाई असल कुरा दिन चाहनुहुन्थ्यो। परमेश्वर उनीहरूलाई एउटा भूमि दिन चाहनुहुन्थ्यो। व्यवस्था को छैटौं अध्यायमा यो उल्लेख छ। त्यहाँ पद २१ बाट हामी जान्दछौं कि परमप्रभुले इस्राएलका सन्तानलाई मिश्रबाट आफ्नो बाहुबलले __________ ______________। परमेश्वरले किन उनीहरूलाई निकाली ल्याउनुभयो? पद २३ मा हेर्नुहोस्: “हाम्रा पिता-पूर्खाहरूसँग शपथ खाएर दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा ________________ उहाँले हामीलाई त्यहाँबाट निकाल्नुभयो।”परमेश्वरले उनीहरूलाई भित्र ल्याउनको लागि पहिले बाहिर निकाली ल्याउनुभयो। बाहिर जाने काम पहिलो खुड्किला मात्र हो। भित्र आउने काम चाहिँ दोस्रो खुड्किला हो जुन खुड्किला नटेके सम्म परमेश्वरको उद्देश्य पूरा भएको हुँदैन। मिश्रबाट बाहिर निस्केर मात्र पुग्दैन! प्रतिज्ञा गर्नुभएको देशभित्र पस्न आवश्यक छ!

इस्राएलका सन्तानले पहिलो कदम (खुड्किला) लिए तर दोस्रो कदमचाहिँ लिएनन्। अविश्वासको कारणले उनीहरू प्रतिज्ञाको देशभित्र पस्न सकेनन् (हिब्रू ३:१९ हेर्नुहोस्)। परमेश्वरले इस्राएलीहरूलाई दिन चाहनुभएको देश एक “अ ________ देश” (प्रस्थान ३:८) थियो, “__________ र __________ बग्ने देश” (प्रस्थान ३:८) थियो। त्यो असल र उर्वरा भूमिको सुन्दर विवरण व्यवस्था ११:९-१२ मा पाइन्छ।

इस्राएलीहरू मिश्रबाट निस्केर आएपछि उनीहरूले प्रतिज्ञाको देशको बारेमा सुनेका सुन्दर बयानहरू सत्य रहेछन् कि रहेनछन् भनी जान्न उनीहरूले आफ्ना गुप्तचरहरूलाई उक्त देशको खोजीनीति गर्न पठाए। उनीहरूले के पत्ता लगाए?

गन्ती १३:२१-२९, ३२-३३ पढ्नुहोस् र ठीक भनाइका अगाडि “ठीक” लेख्‍नुहोस्।
______ उनीहरूले एउटा बाँझो मरूभूमि भेट्टाए।
______ उनीहरूले एउटा उर्वरा देश भट्टाए जहाँ अङ्गुर, नेभारा तथा अन्य फलफूलहरू थिए।
______ उनीहरूले दूध र मह प्रशस्त पाइने देश भेट्टाए।
______ उनीहरूले त्यो देशमा कुनै पनि शत्रु भेट्टाएनन्, केवल शान्त स्वभावका गोठालाहरू भेट्टाए।
______ उनीहरूले ठूला-ठूला पर्खालहरूले घेरिएका शहरहरू भेट्टाए।
______ उनीहरूले त्यहाँ अति मिलनसार मानिसहरू वास गरेको भेट्टाए जसले उनीहरूलाई खुशीसाथ स्वागत गर्न तयार थिए।
______ उनीहरूले त्यो देश हित्ती, यबुसी, अमोरी र परमेश्वरलाई नचिन्ने अन्यजातिहरूले बास गरेको भेट्टाए।
______ उनीहरूले त्यो देशमा ठूला-ठूला कदका मानिसहरू भेट्टाए।

उनीहरूलाई देश त मन पर्‍यो तर त्यो देशका बासिन्दाहरू भने मन परेन! त्यहाँका बासिन्दाहरूदेखि उनीहरू त्रसित भए (एकदम डराए)। परमेश्वरले उनीहरूलाई विजय दिन सक्नुहुन्छ भनी उनीहरूले विश्वासै गरेनन्। अविश्वासको कारण उनीहरू गलत सोचाइमा पुगे। परमेश्वरले उनीहरूलाई मिश्रबाट निकालेर यो नौलो देशमा मार्न ल्याउनुभएको हो क्यारे भन्ने गलत सोचाइमा उनीहरू पुगे (गन्ती १४:३)। अब उनीहरू मिश्रमा फर्केर जान चाहे (गन्ती १४:४)। परमेश्वरले उनीहरूलाई आफूले प्रतिज्ञा गर्नुभएको देश भित्र सुरक्षासाथ पुर्‍याउन सक्नुहुन्छ भनेर विश्वास गर्नेहरू केवल दुई जना (कालेब र यहोशू) थिए जब कि भूमिको भेद लिन गएकाहरू बाह्रजना थिए (गन्ती १४:६-८)। अविश्वासको यो पापको कारण परमेश्वरले इस्राएलका सन्तानमाथि कस्तो इन्साफ ल्याउनु भयो (गन्ती १४:२६-३५)? ______________________ ________________________________________________________________ ________________________________________________________________।

“ठीक” कि “बेठीक” छुट्टयाउनुहोस्।
______ शत्रुहरूद्वारा मारिऊन् भनेर परमेश्वरले उनीहरूलाई मिश्रबाट निकालेर प्रतिज्ञा गर्नुभएको देशभित्र ल्याउनुभयो।
______ मिश्रमा फर्केर जाऊन् भनेर परमेश्वरले उनीहरूलाई मिश्रबाट निकाली ल्याउनुभयो।
______ आफ्नो दुष्टपूर्ण अविश्वासको कारण उजाड-स्थानमा मरून् भनेर परमेश्वरले उनीहरूलाई मिश्रबाट निकाली ल्याउनुभयो।
______ आफूले प्रतिज्ञा गर्नुभएको देशभित्र पुर्‍याउन परमेश्वरले उनीहरूलाई मिश्र देशबाट निकाली ल्याउनुभयो।

उजाड-स्थानमा ४० वर्ष बिताएपछि (गन्ती १४:३२-३४) इस्राएलका सन्तानहरू यहोशूको नेतृत्वमा प्रतिज्ञा गरिएको देशभित्र प्रवेश गरे। त्यहाँ परमेश्वरले उनीहरूलाई ठूला-ठूला विजयहरू दिनुभयो। आफ्ना शत्रुहरूलाई पराजित गर्न, त्यो देशमा आफ्नो बसोबास जमाउन उनीहरूलाई सामर्थ्य दिनुभयो। इस्राएलीहरूले प्रतिज्ञा गरिएको देशलाई कब्जा गरेको घटनाको बयान बाइबलको कुन पुस्तकमा छ? __________________।

एक व्यक्तिलाई उद्धार गर्नुहुँदा परमेश्वरले यस्तै कार्य गर्नुहुन्छ। उस लाई भित्र ल्याउनका लागि पहिले बाहिर निकाली ल्याउनु हुन्छ! तलको सूचीलाई विचार गरौं। यदि उल्लेखित शब्द वा वाक्यांशले परमेश्वरले तपाईंलाई कुनै कुराबाट निकाल्नुभएको कुराको बयान गर्छ भने त्यहाँ “बाट” लेख्‍नुहोस्। यदि त्यो शब्द वा वाक्यांशले परमेश्वरले तपाईंलाई कुनै कुराभित्र ल्याउनु भएको कुराको बयान गर्छ भने “भित्र” लेख्‍नुहोस्।

मृत्यू बाट मृत्यु   बाट    (यूहन्ना ५:२४)
जीवन   भित्र    (यूहन्ना ५:२४)
अन्धकार________(१ पत्रुस २:९)
ज्योति________(१ पत्रुस २:९)
परमेश्वरको प्रिय पुत्रको राज्य________(कलस्सी १:१३)
अन्धकारको सामर्थ्य________(कलस्सी १:१३)
धन________(२ कोरिन्थी ८:९)
गरिबी________(२ कोरिन्थी ८:९)
पापको दासत्व________(रोमी ६:१७)
परमेश्वरको सेवा________(रोमी ६:२२)
दिन________(१ थेस्सलोनिकी ५:५)
रात________(१ थेस्सलोनिकी ५:५)
बन्धन________(गलाती ५:१)
स्वतन्त्रत________(गलाती ५:१)
स्वस्थ्य________(लूका ५:३०-३२)
रोग________(लूका ५:३०-३२)

परमेश्वरले विश्वासी जनका निम्ति सुन्दर र असल कुराहरू साँचेर राख्‍नुभएको छ। परमेश्वर आफ्ना प्रत्येक छोराछोरीले उनीहरूलाई दिइएका कुराहरू आफ्ना निम्ति अपनाएको वा व्यक्तिगतरूपमा प्राप्‍त गरेको चाहनुहुन्छ। परमेश्वरले विश्वासी जनलाई कस्ता कुराहरू दिनुभएको छ जुन कुराहरूलाई हामीले व्यक्तिगत रूपमा अपनाएर ती कुरामा आनन्दित भएको चाहनुहुन्छ?

१) यूहन्ना १४:२७
२) मत्ती ११:२८
३) यूहन्ना १५:११
४) २ तिमोथी २:७
५) याकूब १:५
६) १ कोरिन्थी १:४
७) १ कोरिन्थी १५:५७
शा __________
वि __________
आ __________
स __________
ब __________
अ __________
वि __________

अन्तमा रोमी ८:३२ र २ पत्रुस १:३ — स__________ कु__________

परमेश्वरले हामीलाई कति प्रशस्त दिनुभएकोछ! तर दुःखको कुरा, विश्वासीहरू प्रायः परमेश्वरको सम्पूर्ण प्रबन्धमा प्रवेश गर्दैनन्। के तपाईंले त्यस्ता विश्वासीहरू देख्‍परमेश्वरले हामीलाई कति प्रशस्त दिनुभएकोछ जोसँग ती सबै कुराहरू छैनन् जुन कुराहहरू उनीहरूसँग हुनु परमेश्वरको इच्छा हो र उनीहरूसँग हुनुपर्ने कुराहरू हुन्? परमेश्वरले हामीलाई उहाँको अचम्मको इश्वरीय जीवनको आनन्दभित्र ल्याउन चाहनुहुन्छ। हामीलाई दिइएका कुराहरू प्राप्‍त गर्नबाट हाम्रा शत्रुहरूले (संसारले, शरीरले वा शैतानले) हामीलाई नरोकेका होऊन्।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email