२-यूसुफ, उनका दाजुहरूको घृणाको पात्र

२-यूसुफ, उनका दाजुहरूको घृणाको पात्र

 

यूसुफ, उनका दाजुहरूको घृणाको पात्र

यूसुफप्रति रहेको उनका दाजुहरूको मनोभावनालाई दर्शाउने शब्द कुन हो (उत्पत्ति ३७:४,८,११,१८-२०)? __________। यस्तो तीतो भावना हुनुमा कम्तीमा तीनओटा कारण थिएः

१. उनीहरू यूसुफलाई घृणा गर्थे किनभने यूसुफले उनीहरूको खराब व्यवहारको खबर बाबुकहाँ पुर्याउने गर्थे।

यस अध्यायमा उल्लेखित घटनाहरू घट्दा यूसुफ कति उमेरका थिए (पद २)? ________ (राहेल, यूसुफकी आमा मरिसकेकी थिइन् अनि यूसुफका भाइ बिन्यामिन साना बालकै थिए।) आफ्‍ना ठूला दाजुहरूसँगै यूसुफले गोठाला काम गर्थे। तर उनीहरूको गलत व्यवहारहरू देखेर यूसुफलाई दुःख लाग्थ्यो अनि चिन्ता लाग्थ्यो। यूसुफ गएर उनीहरूको क्रियाकलापको बारेमा आफ्‍ना बाबुलाई बताउँथे।यूसुफ अर्काको पोल खोल्ने कानफुकुवा थिएनन्। कानफुकुवाले त अर्कालाई हानि पुर्याउन खोज्छ। तर सही बोलीले अर्कालाई हानिबाट जोगाउन खोज्छ। कानफुकुवाले आफूलाई राम्रो र अर्कालाई नराम्रो देखाउन खोज्छ। तर सही बोली भने सत्यतालाई कदर गर्ने इच्छाबाट उब्जने कुरा हो।

२. उनीहरू यूसुफलाई घृणा गर्थे किनभने उनीहरूका बाबु याकूबले यूसुफलाई सबभन्दा बढी माया गर्थे (पद ३-४)।

परिवारमा यूसुफले विशेष ध्यान र स्थान पाएको कारण यूसुफका दाजुहरूलाई ज्यादै डाहा भयो। यूसुफको लामो, सुन्दर लबेदा देख्दा, “हाम्रो पनि त्यस्तै भए हुन्थ्यो” भन्ने लाग्थ्यो। उनीहरू समान अधिकार चाहन्थे र उनीहरूको डाहा (३७:११) यति तीतो भयो कि यूसुफलाई उसको सुन्दर लबेदामा देख्दा तिनीसित ____________ _____________ कुरा गर्न सक्दैनथे (३७:४)। अर्थात् तिनीहरू ऊसँग सन्चो-बिसन्चो सोध्न समेत सक्दैनथे नता “तिमीलाई शान्ति होस्” भनेर सट्टापट्टा गरिने अभिवादन नै व्यक्त गर्न सक्थे। के तपाईं कहिल्यै कसैप्रति यति साह्रो घृणा वा तीतोपनाले भरिनुभएको छ कि तपाईंले त्यो व्यक्तिसँग कुरै गर्न सक्नुभएन वा “नमस्ते” वा “जय मसीह” सम्म भन्न सक्नुभएन? डाहाको पापले यूसुफका दाजुहरूले कुनचाहिँ जघन्य अपराध गरे (प्रेरित ७:९)? ___________________________________________ _______________________________

३. यूसुफका दुईटा सपनाका कारण उनका दाजुहरूले उनलाई घृणा गरे (पद ५-११)।

जब यूसुफले दाजुहरूलाई आफ्‍ना सपना बताए (पद ५, ११) तब उनले दाजुहरूको खबर बाबुलाई ल्याउँदाको समस्याभन्दा ठूलो समस्या भोगे (पद २)। पहिलो सपनामा खेतमा अन्नका बिट्टाहरू थिए। परिवारमा मर्यादापूर्ण स्थान यूसुफलाई दिइएको भए तापनि, त्यो सानो भाइले उनीहरूमाथि शासन गर्नेछ भन्ने कुरालाई त दाजुहरूले पचाउनै सकेनन्! के यो सपना वास्तवमै पूरा भयो (उत्पत्ति ४२:६,९)? __________

याकूबले दोस्रो सपनाको अर्थ बुझे। त्यसअनुसार यूसुफका सम्पूर्ण परिवारले उनलाई ________________ गर्नेछन् (उत्पत्ति ३७:९-१०) भन्ने कुरा सपनाको अर्थ हो भनेर उनले मानिलिए। [यस खण्डको आधारमा प्रकाश १२:१ मा उल्लेख गरिएकी स्त्रीले “इस्राएल” लाई दर्शाउँछ।

यूसुफको जीवनमा सपनाहरूको महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ (उत्पत्ति ४०:५-१९; ४१:१-३२)। प्रभुले बेलाबखतमा मानिसहरूसित सपनाद्वारा बोल्नुभयो। के परमेश्वरले नयाँ नियममा उल्लेखित “यूसुफ” सँग सपनाहरूद्वारा बोल्नुभयो (मत्ती १:२०,२४; २:१२,१९)? ________________

परमेश्वरले सपनाहरू प्रयोग गर्नुभयो (गन्ती १२:६; १ शमूएल २८:६,१५ सित तुलना गर्नुहोस्), तर मानिसित बोल्नलाई परमेश्वरको अझ राम्रो उपाय छ (गन्ती १२:७-८; हिब्रू १:१-२)। आज, परमेश्वरको आवाज सुन्न चाहनुहुन्छ भने, तपाईं सपनाको पछि लाग्नुहुँदैन बरु तपाईंले आफ्‍ना आँखा खोल्नुपर्छ र बाइबल खोल्नुपर्छ। आज हामीले परमेश्वरको वचन बाइबलमा भएका ६६ पुस्तकहरूलाई र हाम्रो जीवनका निम्ति उहाँको भलाइको कार्यप्रति सजग हुन सक्छौं।

यूसुफ र उनका दाजुहरूको पाप

यो नक्साले उत्पत्ति ३७ अध्यायका घटनाहरूको आवश्यक भौगोलिक पृष्ठभूमि प्रदान गर्छ।

हेब्रोनदेखि शेकेम ८० किलोमिटर टाढा थियो।

शेकेमदेखि दोतान २४ किलोमिटर टाढा थियो।

उत्पत्ति ३७:१२-१४ पढ्नुहोस्। याकूबलाई शेकेममा गएका आफ्‍ना छोराहरूको फिक्री लाग्यो। शेकेमका मानिसहरूसित याकूबका छोराहरूको पहिला झगडा भएको थियो (उत्पत्ति ३४:२५-३०)। यूसुफ २० वर्ष पनि नपुगेको ठीटो नै थिए तर बाबुले उसलाई एक खतराजनक यात्रामा, पैदलमै ८० किलोमिटर जति टाढा, पठाउन लागेका थिए। उसको जीवनमा के कस्ता कुराहरू आइपर्न लागेका थिए, यूसुफलाई थाहा थिएन, तर उसको हृदयमा आज्ञाकारीताको आत्मा थियो (प्रस्थान २०:१२; एफेसी ६:१-२; कलस्सी ३:२०)। यूसुफ त उसको बाबुले सोच्न सक्ने भन्दा निकै पर पुर्‍याइए − पहिले दोतानमा, त्यसपछि मिस्रमा।

अर्को पिताले आफ्‍नो प्रिय पुत्रलाई पाप र दुश्मनले भरिएको, एक खतरापूर्ण संसारमा पठाउनुभयो। यो संसार उहाँद्वारा बनाइएको थियो, तर यस संसारका मानिसहरूले उहाँलाई ग्रहण गर्न मानेन्। के तपाईंले यस पितालाई चिन्नुहुन्छ? यस पुत्रलाई? के तपाईंले उहाँलाई ग्रहण गर्नुभयो? (यूहन्ना १:१०-१२ हेर्नुहोस्)

यूसुफका दाजुहरूको पाप

जब पापलाई परमेश्वरको उपाय अनुसार समाधान गरिंदैन, त्यसले अझै अरू पापमा पुर्‍याउँछ! पापले त पापलाई नै जन्माउँछ! एउटा पापले अर्को पापमा डोर्‍याउँछ अनि त्यसले फेरि अर्को पापमा डोर्‍याउँछ। पापमाथि पाप थप्दा-थप्दा यूसुफका दाजुहरू पापमा यति गहिरो गरी डुबे − उनीहरू वास्तवमा यूसुफको खाडलभन्दा नराम्रो खाडलमा पर्न गए! उनीहरू पापमा झन-झन् गिर्दै गएको बयान उत्पत्ति ३७ मा अब हेरौं। उत्पत्ति ३७ अध्यायमा ठिक-ठिक पद भेट्टाउनुहोस् र “पद” स्तम्भमनि लेख्नुहोस्।

दोष महसुसको तीतोपना

(उत्पत्ति ४२:२१-२२; ४४:१६; ५०:१५-१७)

करीब २२ वर्षसम्म याकूबका छोराहरू नराम्रो ढाकछोप गरेर झूटमा जिए। उनीहरूले यूसुफको कुरा गुपचुपमै राखे। उनीहरूले गरेको अपराधको त्यो भयानक दोष महसूसको भावना कष्टसित भित्रभित्रै बोक्दै जिउनुपर्‍यो। साँच्चै, याकूबको मृत्युसम्म पनि (५०:१५-१७), अर्थात् झण्डै ५० वर्ष पछि, उनीहरूलाई यस दोष महसूसको भावनाले पिरोलिरहेको थियो। क्षमा दिएको आश्वासन यूसुफले उनीहरूलाई दिएपछि र परमेश्वरले मानिसको क्रोध र पापलाई अचम्म प्रकारले उहाँको असल योजना पूरा गर्न सक्नुहुन्छ भन्ने कुराको याद दिलाएपछि मात्र उनीहरूले शान्ति पाए। खाडलमा यूसुफ त केही घण्टा मात्र थिए। उनका दाजुहरू भने अर्कै खाडलमा झण्डै ४० वर्षसम्म रहे। सानो डाहाको कुराबाट सुरु भएर यत्रो बरबादी जीवनभर भोग्‍नुपर्‍यो (गलाती ६:७, गन्ती ३२:२३)।

अन्य व्यक्तिहरूको जीवनमा पनि पापको बढ्दो गिराई देख्न सकिन्छ − कैन (बेठिक बलिदान ल्याएर उसको पापको गिरावट सुरु भयो, उत्पत्ति ४:३); दाऊद (शारीरिक अभिलाषाबाट उनको गिरावट सुरु भयो, २ शमूएल ११:२); पत्रुस (जागो नरहेर उनको गिरावट सुरु भयो, मत्ती २६:४०); इत्यादि।

इस्रायलका सन्तानले यूसुफलाई कस्तो व्यवहार गरे सो हामीले अध्ययन गर्यौं। उनीहरूले २००० वर्षपछि प्रभु येशूलाई कस्तो व्यवहार गरे? के उनीहरूले डाहा गरे (मत्ती २७:१८; मर्कूस १५:१०)? के उनीहरूले उहाँलाई घृणा गरे? के उनीहरूले उहाँको विरुद्ध षड्यन्त्र रचे? के उनीहरूले उहाँलाई हटाउन खोजे? के उनीहरूले उहाँको हत्या गरे? यदि हामीले साँच्चै प्रभुलाई पछ्यायौं भने के हामीले त्यो भन्दा राम्रो व्यवहार पाऔंला र, चाहे हाम्रै परिवारबाट, साथीहरूबाट, स्कूलकाहरूबाट, वा अरूहरूबाट (यूहन्ना १५:१८-२१; १ यूहन्ना ३:१३)? ________________।

सुकेको खाडलमा यूसुफ

यूसुफका सपनाहरू कहिल्यै पूरा नहोस् भनी (उत्पत्ति ३७:२०) भाइलाई हटाउनको निम्ति दाजुहरूले तीनओटा उपाय गरे।

उपाय नम्बर १ के थियो (३७:१९-२०)? _____________________________________________।

उपाय नम्बर २ के थियो (३७:२१-२४)? ____________________________________________।

(टिप्पणी: रूबेनले यूसुफलाई बचाउन किन चाहेको होला? उसलाई भाइको साँच्चै फिक्री थियो र? कि उसलाई आफ्‍नै फिक्री मात्र थियो? पद ३० हेर्नुहोस्। याद गर्नुहोस्, जेठा छोरा भएको कारणले बाबुप्रति ऊ सबैभन्दा बढी जवाफदेही थिए)।

उपाय नम्बर ३ के थियो (३७:२५-२८)?______________________________________ _______________________________________।

त्यो खाडल पानी जम्मा पारेर राख्ने एउटा ठूलो इनार जस्तै थियो। त्यस्तो खाडल पानी नछिर्ने माटो (कालीमाटी) वा चट्टानमा खनेर बनाइन्थ्यो। वर्षात-याममा पानी जम्मा गर्नको निम्ति बनाइएको त्यस्तो खाडलमा पानी नपर्ने समयमा पनि पानी हुन्थ्यो। यस्ता खाडलहरू ज्यादै गहिरो हुनसक्थे − १०० फीट सम्म पनि। ठूला-ठूला खाडलहरू कतिपय घैंटो वा बोत्तल जस्तो आकारमा खनिएका हुन्थे, जसको कारण मानिसहरूले तिनीहरूलाई झ्यालखानाको रूपमा पनि प्रयोग गर्थे (जकरिया ९:११; यर्मिया ३८:६-१३)। उत्पत्ति ३७ को खाडलमा भने पानी थिएन (३७:२४) तर त्यो खाडल यूसुफलाई थुन्न प्रयोग गरियो (टिप्पणी: दोतानको अर्थ “दुई इनार” हो भन्ने अनुमान छ। यूसुफले एउटा इनारलाई राम्ररी चिने)।

मानिसहरूले नराम्रो दुर्व्यवहार गर्दा, हाम्रो चालचलन कस्तो हुनुपर्छ? खराबीमाथि विजयी हुने बारेमा रोमी १२ ले हामीलाई के सिकाउँदछ?

मानिसहरूले उहाँप्रति खराब व्यवहार गर्दा प्रभु येशू ख्रीष्टले के गर्नुभयो? के उहाँ उनीहरूसित झगडा गर्नुभयो? जब मानिसहरूले उहाँलाई थुके, उहाँलाई मुक्काले हाने, उहाँलाई थप्पड लगाए, उहाँलाई गिल्ला गरे − तब उहाँले के गर्नुभयो? हेर्नुहोस् १ पत्रुस २:२२-२३।

Print Friendly, PDF & Email