यूसुफ र पोतिफरकी पत्नी
यूसुफ र पोतिफरकी पत्नी
यूसुफ र पोतिफरकी पत्नी
(उत्पत्ति ३९:१६-१८)
“यूसुफको जिउडाल राम्रो र हेर्नमा सुन्दर थियो” (उत्पत्ति ३९:६)। पोतिफरकी पत्नी यूसुफप्रति ज्यादै आकर्षित भइन् र तिनीसित यौन सम्बन्ध राख्न चाहे (३९:७)। तिनले आफ्नो अभिलाषाको कुरा यूसुफसँग एकपल्ट होइन, तर ______ ___________ गरिन् (३९:१०)।
परीक्षामाथि विजयी बन्न यूसुफको असल नमूनालाई विचार गरौं:
१. पापलाई एक छेउ पनि ठाउँ नदिनू!
यूसुफले परमेश्वरको विरोधमा पाप गर्न इन्कार गरे (उत्पत्ति३९:८)। उसले “हुँदैन!” भने र अडिग रहे। (टिप्पणी: परीक्षा आइपर्नु नै पाप होइन। पाप तब आउँछ जब हामी परीक्षालाई ठाउँ दिन्छौं।)
२.तत्कालको इच्छापूर्तिलाई भन्दा टाढा हेर्नू।
म यो चाहन्छु, म यो गर्न चाहन्छु, अहिले नै यो म गर्नुपर्छ भनेर सोच्नुभन्दा बरु यो पापले आखिरमा कहाँ पुर्याउँछ भनेर राम्ररी विचार गर्नुपर्छ। पापले आफैलाई र अरूलाई हानी पुर्याउँछ। यसले दुःख, दोष र परमेश्वरको दण्ड ल्याउँछ। यूसुफ जान्दथे, पछि आइपर्ने समस्याको कारण क्षणकि पापपूर्ण भोगविलास गर्नु फाइदाजनक छैन। त्यो पाप गर्नु मालिकलाई धोका दिनु हो र मालिकको विश्वास गुमाउनु हो भनेर यूसुफ जान्दथे।
३.पाप वास्तवमा के हो भनी महसूस गर्नू!
यूसुफले पाप गर्नु “ठू___ दु____” हो भनी सम्झे। यो स्त्रीको दुष्ट सल्लाह मान्यो भने आफ्नो मालिकसँगको राम्रो सम्बन्ध बिग्रन्छ अनि झन् बढ्ता गरी ____________को विरोधमा (उत्पत्ति ३९:९) ठूलो पाप हुन्छ भनेर यूसुफ जान्दथे। “पापको मोजमज्जा” भन्दा परमेश्वरको डर नै यूसुफको लागि ठूलो थियो हिब्रू ११:२४-२५ पनि हेर्नुहोस्।
४.परीक्षाको नजिक समेत नजानू!
दिनदिनै यूसुफ “ति____ सि____ र_______” समेत मानेनन् (उत्पत्ति ३९:१०)। तिनी त्यस स्त्रीको वरिपरि वा नजिक समेत गएनन्! आगोसँग खेल्न थाल्यो भने के हुन्छ भनेर यूसुफलाई थाहा थियो (हितोपदेश ६:२७-२८)।
५.ज्यादै ठूलो परीक्षा आयो भने, भाग्नू!
यूसुफ भागे (उत्पत्ति ३९:१२)! परमेश्वरले हामीलाई के गर्नू भनी भन्नुभएको छ (२ तिमोथी २:२२; १ कोरिन्थी ६:१५-२०)? ____________
यस ठूलो परीक्षामाथि बिजयी बन्न यूसुफ सफल भए परीक्षाको सामना गर्न सकिन्छ, विजयी सकिन्छ र शुद्ध सफा रहन भनेर यो कुराले हामीलाई हौसला निश्चयता दिन्छ। यदि परमेश्वरको अनुग्रह सहायताले यूसुफले सके भने हामीले पनि सक्छौं! (१ कोरिन्थी १०:१३; भजनसंग्रह ११९:९,११हेर्नुहोस्)।
जीवनका अवसर तथा इनामहरूलाई अभिलाषाको कारण नगुमाउनुहोस्। तिमी आफै बिजयी बन्न सक्दैनौ। प्रभु येशूले भने आफैले सक्नुभयो र सक्नुहुन्छ। तिमीभित्र प्रभु येशू हुनुभएर तिमीलाई बिजयी र बिजेता बनाउन सक्नुहुन्छ।
पोतिफरको कैदखानामा यूसुफ
(उत्पत्ति ३९:१९-२३)
आफूले गर्दै नगरेको अपराधको निम्ति यूसुफले दुःख सहनुपर्यो (४०:१५)। प्रभुमा शुद्ध र विश्वासयोग्य रहन यूसुफले गरेको निर्णय सजिलो वा सस्तो थिएन तरै पनि तिनी त्यो मूल्य चुकाउन तयार थिए। के तपाईं जति मूल्य चुकाउनु परे तापनि आफूलाई शुद्ध र सफा राख्न तयार हुनुहुन्छ? यूसुफलाई झूटा आरोप लगाइयो र पाउनु नपर्ने दण्ड दिइयो। परमेश्वरको डर मानेको कारण र जे ठिक थियो त्यही गरेको कारण उसले दुःख भोग्यो। आफू निर्दोष छु भनि यूसुफ राम्ररी जान्दथे। अनि वर्षौंसम्म उसले कैदखानारूपी “खाडल” लाई धीरजसँग सहे (उत्पत्ति ४०:१५ को “कैदखाना” शब्द उत्पत्ति ३७:२४ को “खाडल” नै हो)।
खुल्लामा भन्दा गुप्यमा हाम्रो खास परीक्षा हुन्छ। हाम्रा अभिप्रायहरू अर्थात भित्री विचारहरू बास्तवमा के हुन् भनी ती परीक्षाहरूले नै प्रकट गर्छन्। एक विश्वासीले अन्याय सहनुपर्यो भने कसरी व्यवहार गर्नुपर्छ (१ पत्रुस २:१९-२३; ३:१२-१८; ४:१२-१६ हेर्नुहोस्)? त्यसबेला तपाईंको प्रतिक्रिया कस्तो हुन्छ?
कैदखानामा यूसुफसँग को हुनुहुन्थ्यो (उत्पत्ति ३९:२१)? ____________। यूसुफ एकछिन पनि एक्लो थिएनन्। परमेश्वरको अनमोल प्रतिज्ञा हिब्रू १३:५-६ मा हेर्नुहोस्। परमेश्वरले विश्वासीलाई समस्याबाट अलग राख्ने प्रतिज्ञा दिनुभएको छैन, तर समस्याहरूको बीचमा पनि विश्वासीकै साथमा हुनेछु भनी प्रतिज्ञा गर्नुभएको छ। दानियल ३:२३-२५; यशैया ४३:२; यूहन्ना १६:३३ हेर्नुहोस्।