यूसुफ आफूलाई दाजुहरू समक्ष प्रकट गर्छन्
यूसुफ आफूलाई दाजुहरू समक्ष प्रकट गर्छन्
यूसुफ आफूलाई दाजुहरू समक्ष प्रकट गर्छन्
(उत्पत्ति ४५)
मिस्रका अधिपति को रहेछन् भनी थाहा पाउँदा ती दाजुहरूलाई कस्तो भयो होला! उनीहरूका सामु उभिरहेका सामर्थी शासक अरू कोही नभई उनीहरूले घृणा गरेकै, इन्कार गरेकै यूसुफ रहेछन् भनी थाहा पाउँदा उनीहरू विचलित र भयभीत भए (४५:३)।
ख्रीष्टको दोश्रो आगमनमा पनि यस्तै हुनेछ जब इस्राएलले आफ्नो मसीहलाई चिन्नेछन् (जकरिया १२:१०-१८; प्रकाश १:७)। उनीहरूले इन्कार गरेकै र क्रूसमा टागेकै येशूलाई उनीहरूका आखाले देख्नेछन्!
तुरून्तै यूसुफले आफ्ना दाजुहरूलाई सान्त्वना दिए र आफूले उनीहरूलाई क्षमा दिइसकेको आश्वासन दिए। “तपाईंहरूले मलाई बेच्नुभएको हो, तर परमेश्वरले मलाई पठाउनुभएको हो! तपाईंहरूले गर्नुभएको काम खराब थियो, तर त्यसलाई परमेश्वरले भलाइको निम्ति प्रयोग गर्नुभयो।” यूसुफसँग क्रोधि र बदलाको भावना नभएको देखेर दाजुहरू अचम्भित भए। तिनलाई गरेको दुष्टताको बापतमा यूसुफले उनीहरूलाई क्षमा दिनु अचम्मको कुरा थियो।
यसरी यूसुफको कहानी रोमी ८:२८ को सिद्धान्तको सुन्दर चित्रण हो। “अनि हामी जान्दछौं, परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा ______________ ______________ नै उत्पन्न गर्दछन् − उनीहरूका निम्ति, जो उहाँकै मनसायअनुसार बोलाइएका छन्।”
सबथोक आफैमा असल छैनन् −त्यो खाडल, त्यो दासत्व, त्यो कैदखाना, त्यो एक्लोपना− तर सबै थोक मिलेर भलाइका निम्ति काम गर्छन्। यूसुफले यो सत्य हो भनी थाह गरे।
एउटा केक बनाउन चाहिने चीजहरूलाई त्यत्तिकै खाँदा मीठा नहुन सक्छन् (पिठो, नुन, सोडा, नौनी घिऊ, काँचो अण्डा, रङ, आदि), तर अन्तमा बन्ने केक स्वदिलो र मीठो हुन्छ। जीवनका तीता अनुभवहरू पनि त्यस्तै हुन्छन्। जस्तै, रोममा पावललाई आइपरेका तीता अनुभवहरू मिलेर सुसमाचारको उन्नति भयो (फिलिप्पी १:१२-१८)। कैदमा परेका जोन बन्यान््का तीता अनुभवहरूबाट “यात्रीको प्रगति” नामक पुस्तक जन्मियो, जुन पुस्तक बाइबलपछि सबभन्दा लोकप्रिय ख्रीष्टिय पुस्तक मानिन्छ। यस सिद्धान्तका अन्य उदाहरणहरू दिन सक्नुहुन्छ?
उत्पत्ति ४५:८ मा यूसुफले एक महत्त्वपूर्ण कुरा व्यक्त गरे, “मलाई पठाउने तपाईंहरू होइन, परमेश्वर हुनुहुन्छ!” दाजुहरूले उनलाई मिस्रमा बेची पठाएको तथ्यलाई यूसुफ राम्ररी जान्दथे (४५:४)। तर यूसुफले ती सबका पछाडि परमेश्वरको हात देखे र यो बुझे: प्राणहरू जोगाउनका निम्ति परमेश्वरले नै उनलाई मिस्रमा पठाउनुभएको हो (४५:५।७)! त्यस्तै गरी, उनलाई शासक पदमा उच्च पार्ने कार्यको सवालमा यूसुफ परमेश्वरलाई नै पूर्ण श्रेय दिन्छन् (४५:८) यद्यपि सो पूरा गर्न परमेश्वरले प्रयोग गर्नुभएको माध्यम फाराओ हुन् भनी उनी जान्दथे (४१:४१)।
यस्तै अर्को उदाहरण अय्यूबको पुस्तकमा पाउँछौं। अय्युबका सम्पत्ति, नोकरचाकरहरू, छोराछोरीहरू नष्ट हुनुमा (अय्युब १:१२) र अय्युबको शरीरमाथि कष्ट आइपर्नुमा (अय्युब २:६-७) वास्तवमा को जिम्मेवार थियो? ____________________। जहाँसम्म अय्युब जान्दथे, ती सब घटनाको जिम्मेवारी को हुनुहुन्थ्यो (१:२१; २:१०)? ____________________। के अय्युबको सोचाइ गलत थियो? ____________। के मानिस के शैतान, जोसुकै हाम्रो विरुद्धमा भए तापनि सबै थोकमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ र उहाँले पूर्णरूपमा नियन्त्रण गर्नुहुन्छ भनी सम्झँदा हामीलाई कति सान्त्वना मिल्दछ (भजनसंग्रह १०३:१९)!
उनीहरू आफ्ना बाबुकहाँ फर्कनुअघि यूसुफले दाजुहरूलाई बाटोमा झगडा नगर्नू भनी अर्ती दिए (४५:२४)। उनीहरूले बाबुकहाँ गएर अब कसरी यो बताउने होला? कुनै न कुनै बेला बाबुलाई सत्य-तथ्य बताउनैपर्छ भनी उनीहरू जान्दथे। बताउने जिम्मा कसले लिने भन्ने विषयमा उनीहरू सम्भवतः झगडा गर्ने थिए! शायद यूसुफले कसरी परमेश्वरले सब थोक भलाइका निम्ति प्रयोग गर्नुभयो भनी याकूबलाई बताउन उनीहरूलाई उत्साह दिए (४५:१५)। “धुजा-धुजा पारिएको” छोरो मिस्रमा अधिपति छन् भनी सुन्दा याकूबको मुटुले झण्डै काम गर्नै छाड्यो (४५:२६)!