एस्तरको ऐतिहासिक पृष्ठभूमि

एस्तरको ऐतिहासिक पृष्ठभूमि

 

एस्तरको ऐतिहासिक पृष्ठभूमि

एस्तर १:१-२ मा __________________ नाम गरेका एक महान् शासकको उल्लेख गरिएको छ। तिनी एक फारसी राजा थिए जसलाई ग्रीक भाषीहरूले “जर्कसीज” भनी चिन्दथे। तिनको शासनकाल इ.पू. ४८६ देखि ४६५ सम्म रहेको थियो। एस्तरमा उल्लेखित घटनाहरू एज्राको पुस्तकमा वर्णित यरूशलेमको मन्दिरको पुनर्निर्माणपछि तर नहेम्याहको पुस्तकमा वर्णित यरूशलेमका पर्खालको पुनर्निर्माण अघि घटेका हुन्। दानिएलको भविष्यवाणीले चार महान् साम्राज्यहरूको वर्णन गरेको छ। दानिएलका खण्डहरू पढेर निम्न तालिकाका खाली कोठाहरू भर्नुहोस्:

एस्तरमा बयान गरिएका घटनाहरू मादी-फारस (दोस्रो साम्राज्य) को शासनकालमा घटेका हुन्।

एस्तरको विषय

एक महान् फारसी सम्राटको शासनकालको कुरा हो यो! उनको साम्राज्य पूर्वमा “भारत” (अथवा सिन्ध नदीको पश्चिमी भू-भाग वा हालको पाकिस्तान) देखि दक्षिणमा इथियोपियासम्म फैलिएको थियो। उनको साम्राज्य यति विशाल थियो कि उनले १८० दिनसम्म आफ्ना राजकुमारहरू तथा भारदारहरूका सामु “आफ्नो राज्यको धन-सम्पत्ति र आफ्नो रवाफ र ऐश्वर्य प्रदर्शन गरे” (१:३-४)।

त्यतिबेला इस्राएलका राजा कहाँ हुनुहुन्थ्यो त? यहूदीहरूका यहोवा परमेश्वर कहाँ हुनुहुन्थ्यो? यहूदीहरू बेबिलोनीहरूद्वारा कैदमा लगिएका थिए। अनि जर्क्सीजको शासनकालमा धेरजसो यहूदीहरू आफ्नो मातृभूमिबाट टाढा थिए। यहूदीहरूको एउटा सानो समूह मात्र यरूशलेममा सोलोमनद्वारा निर्मित महिमित मन्दिरलाई पुनर्निर्माण गर्न फर्केको थियो जुन मन्दिर नबुकदनेसरले ध्वस्त पारेका थिए। के परमेश्वर आफ्नो सिंहासनमा अझै विराजमान हुनुहुन्थ्यो त? के शासन यहोवा परमेश्वरकै हातमा थियो त? के बेबिलोनी र फारसीहरूले परेमेश्वरको शासनलाई छिन्नभिन्न पारिदिएका होइनन् र? संसार र संसारमा भएका सबै मानिसका सम्पूर्ण गतिविधिहरूलाई नियन्त्रण गर्ने वास्तवमा को थिए – फारसको साम्राज्य कि यहोवा परमेश्वर?

एस्तरको पुस्तकभरि परमेश्वरको नाउँ कतै उल्लेख गरिएको छैन। बाइबलका अन्य सबै ६५ पुस्तकहरूमा परमेश्वरको नाउँ उल्लेख गरिएको छ। एस्तरको पुस्तक परमेश्वरको नाउँको सम्बन्धमा किन मौन छ? के यसको मतलब परमेश्वर आफ्नो जाति इस्राएलको वास्ता राख्नुहुन्न र उनीहरूका बीचमा काम गर्नुहुन्न भन्ने हो त? कदापि होइन! यस पुस्तकमा परमेश्वरको नाउँ कतै भेटिन्न तरैपनि परमेश्वरको क्रियाशील हात भने सुरुदेखि अन्तसम्मै देखिन्छ! कति समय परमेश्वर आफ्नो उद्देश्य पूरा गर्न अदृश्य रूपमा काम गर्नुहुन्छ! कतिले हेर्दा परमेश्वर केही नगरी बस्नुभएजस्तै देखिनुभए तापनि, आत्मिक व्यक्तिले राम्ररी जान्दछ, परमेश्वरले“________ ______________ __________ ______________ सल्लाहमुताबिक” (एफेसी १:११) काम गर्दै, सब कुराको नियन्त्रण गर्दै, चलाउँदै हुनुहुन्छ। नेबुकदनेसरले समेत यो पाठ सिक्नु पर्यो, परमेश्वर सिंहासनमै विराजमान हुनुहुन्छ। दानिएल ४:३३-३७; १ तिमोथी ६:१२; १ इतिहास २९:१०-१२ हेर्नुहोस्। उहाँ “__________________का सबै राज्यहरूमाथि शासन गर्नुहुन्छ” (२ इतिहास २०:६), अँ फारसको राज्यमा समेत! परमप्रभुले ____________ आफ्नो सिंहासन स्थापित गर्नुभएको छ; भजनसङ्ग्रह १०३:१९)। के तपाईंले आफ्नो हृदयलाई उहाँको सिंहासन हुन दिनुभएको छ?

यस पुस्तकमा परमेश्वरको मात्र होइन शैतानको नाउँ पनि कतै पाइन्न। एस्तरको पुस्तकमा शैतानको नाउँ कतै नपाइए तापनि, उसको दुष्ट हातले काम गरिरहेको भने पाउँछौं। शैतानले “पर्दाको पछाडिबाट” सक्रियरूपमा आफ्नो मान्छे हामानको माध्यमद्वारा परमेश्वरका जनहरूलाई नाश गर्न खोजिरहेको पाउँछौं।

त्यसैले यो रोचक पुस्तकको अध्ययन गर्ने क्रममा, तपाईं परमेश्वरलाई “पर्दाको भित्रपट्टिबाट” काम गरिरहनुभएको उदाहरणहरू भेट्टाउन तयार हुनुहोस्। साथै शैतानका दुष्ट क्रियाकलापलाई समेत ध्यानमा राख्दै यस पुस्तकको अध्ययन गर्नुहोस्। शैतान पनि मानिसका मामिलाहरूमा ज्यादै गहिरोसित लागिपरेको हुन्छ। यसरी अध्ययन गर्दा यो पुस्तक सत्यता र अर्थले नवीनरूपमा जिउँदो भएको पाउनुहुनेछ!

वश्ती रानीको पदच्युत

एस्तर १

परमेश्वरको योजना र उद्देश्य यो थियो (एस्तरलाई फारस साम्राज्यको रानी बनाउनु अनि उनको हातद्वारा यहूदी जातिलाई विनाशबाट बचाउनु। तर त्यतिखेर सिंहासनमा अर्कै रानी थिई जसको नाम __________ थियो (१:९-११)। परमेश्वरले आफ्नो योजना कसरी पूरा गर्नुभयो होला त?

सम्भावित उपायहरू

१) परमेश्वरले चाहनुभएको भए प्रत्यक्ष हस्तक्षेप गर्न सक्नुहुन्थ्यो; मानौं र्स्वर्गदूतहरूद्वारा वश्तीलाई विकट स्थानमा पुर्‍याउन सक्नुहुन्थ्यो वा उसको जीवनको अन्त्य गराउन सक्नुहुन्थ्यो।

२) — परमेश्वरले अप्रत्यक्षरूपमा (”पर्दाको पछाडिबाट”) काम गर्नुभई, सबै घटना र परिस्थितिको नियन्त्रण गर्नुभई, मानिसहरूलाई तिनीहरूका आफ्नै इच्छाअनुसार चल्न दिनुभई अन्तमा आफ्नो इश्वरीय इच्छालाई पूरा गराउन सक्नुहुन्थ्यो। (परमेश्वरले यहूदा इस्करयोती लगायत अन्य दुष्ट मानिसहरूलाई आफ्नो पुत्रलाई धोका दिन र क्रूसमा मार्न दिनुभयो, तर यी सब घटनाहरू मिलेर अन्तमा परमेश्वरकै सिद्ध इच्छा पूरा भयो ( लूका २२:२२; प्रेरित २:२३)।

परमेश्वरले आफ्नो योजना पूरा गर्नलाई उपाय २ लाई प्रयोग गर्नुभएको हामी पाउँछौं। आफ्नो असल अभिप्राय पूरा गर्न उहाँले एउटा अनाज्ञाकारी स्त्री र राजाको क्रोधलाई समेत प्रयोग गर्नुभयो! कसैलाई सिंहासनबाट पदच्युत गर्न परमेश्वरले कहिलेकाहिँ उपाय १ प्रयोग गर्नुहुन्छ (प्रेरित १२:२१-२३; दानिएल ४:२८-३३; २ राजा १५:५; प्रकाश १९:११-२०) तर प्रायः उहाँले उपाय २ प्रयोग गर्नुहुन्छ (मत्ती २:१९-२०; दानिएल ५:३०-३१; २ राजा १९:३६-३७ आदि)।

सम्पूर्ण फारसी साम्राज्यमाथि राजा को थिए (१:१) ________________। __________________ओटा प्रान्तहरू भएको साम्राज्यको शासक र नियन्त्रक म नै हुँ भन्ने तिनलाई लाग्थ्यो। तर वास्तवमा त्यस विशाल साम्राज्य लगायत विश्वभरिका समस्त राज्यमाथिका नियन्त्रक तिनी नभएर अर्कै महाराजा हुनुहुन्थ्यो (२ इतिहास २०:६)!

पद ३ र पद ५ मा उल्लेखित भोज एउटै हो। यस “पिउने भोज” मा राजाले आफ्नो राज्यको महानता र महिमाको रवाफ देखायो। राजाले कति लामो समयसम्म आफ्नो राज्यको प्रदर्शनी गर्यो (१:४)? ____________________। यस समयमा राजाले “आफ्नो राज्यको धन-सम्पत्ति र आफ्नो रवाफ र ऐश्वर्यको प्रदर्शनी गर्यो”।

त्यस्तै आज परमेश्वरले, जो हाम्रा राजा हुनुहुन्छ, उहाँलाई अति अनमोल र महिमित लाग्ने कुरा उहाँका सबै पवित्रजनहरूलाई देखाउन चाहनुहुन्छ (एफेसी १:१७-१९; ३:८-९; कलस्सी १:२७)। ग्रीक इतिहासकार हेरोडटस्अनुसार, यही समयमा जर्कसीजले ग्रीसका विरुद्ध एक सैन्य अभियानको योजना गर्दै थिए तर त्यो असफल भयो!

६ महिना लामो “प्रदर्शनी” को अन्तमा राजाले एउटा भव्य मद्यपानको भोज आयोजना गरे। कति लामो समयसम्म यो उक्त भोज मनाइयो (१:५) ______________________। यस भोजको श्रृङ्गारको वर्णन पद ६ मा, मनोरञ्जनको वर्णन पद ७ मा र भोजको नियमावलीको वर्णन पद ८ मा गरिएको छ। पाहुनालाई धेरै वा थोरै, उनीहरूले चाहेअनुसार पिउन छुट थियो। सायद अधिकांशलाई त धेरै नै पिउने इच्छा थियो! त्यसै बेला महिलाहरूले पनि छुट्टै भोज मनाइरहेका थिए (पद ९)!

पिउने भोजको अन्तमा अर्थात् ६ दिनसम्म दाखमद्य सेवन गरिसकेपछि, राजा र पाहुनाहरू कस्ता अवस्थामा थिए होलान्, अनुमान गर्न सकिने कुरो हो! सात दिनमा राजा दाखमद्य पिएर ______________ भएका थिए (१:१०), तर उसको यो आनन्द थोरै बेरका लागि थियो।

प्रभुले त स्थायी, हृदयलाई सन्तुष्टि दिने आनन्द र रमाहट दिनुहुन्छ। यस्तो आनन्द दाखमद्यबाट आउँदैन (२ इतिहास ७:१०; हितोपदेश १५:१३; एफेसी ५:१८-२०)! संसारले मनाउनसक्ने भोज धेरैमा ७ दिन लामो होला, तर जसको हृदय परमेश्वरसित ठिक छ उसले अटुट भोज चैन गर्दछ (हितोपदेश १५:१५)!

राजाले आफ्नो वैभवको प्रदर्शनी गर्नुको साथसाथै आफ्नी सुन्दरी रानीलाई समेत प्रदर्शनी गर्न चाहे (१:१०-११)। यदि तपाईं वश्तीको स्थानमा हुनुभएको भए के तपाईं ती दाखमद्यले मातेका पाहुनाका सामु आफूलाई देखाउने इच्छा गर्नुहुनेथ्यो होला र? वश्ती राजाको हुकुम नमान्नुको कारण यत्तिकै बुझ्न सकिने कुरा हो। अब राजालाई रिस उठ्यो, त्यो पनि मात्तिएको सुरमा! पाहुनाहरूलाई खूबै देखाउँला भनी सोचेका राजा उल्टै उनीहरूकै सामु लज्जित हुनु परेको थियो। यति ठूला सम्राट भएर पनि तिनले आफ्नै रानीबाट सम्मान पाउन सकेनन्! संसारकै सबभन्दा विशाल साम्राज्यमाथि शासन गरे तापनि तिनले आफ्नै पत्नीमाथि शासन गर्न नसक्नु उनका निम्ति शर्मलाग्दो कुरा थियो!

राष्ट्रलाई नै सङ्कटमा पुर्याउन सक्ने यो स्थिति सम्हाल्नको लागि राजाले तुरुन्तै आफ्ना घनिष्ट सल्लाहकारहरूको राय खोजे। वश्तीको गलत नमूनालाई साम्राज्यभरिका नारीहरूले पछयाउनसक्ने स्थिति आउनसक्छ भनी ममूकानले तर्क गरे। फारस साम्राज्यका स्त्रीहरूले, आफ्ना पतिहरूलाई आदर गर्नुको सट्टा तिरस्कार गर्दै यसो भन्लान्, “यदि रानीले आफ्नो पतिको आज्ञा नमानी बस्नसक्छ भने हामी सक्छौं!” यसरी, वश्तीको अनाज्ञाकारितालाई दण्ड दिइएन भने राष्ट्रव्यापी नारी स्वतन्त्रता अभियान सुरु भएर यसले नराम्रो रूप लिन सक्छ। राजाले आफ्नै घरलाई राम्ररी शासन गर्न सक्दैनन् भने तिनले एक सिङ्गो साम्राज्यलाई कसरी शासन गर्लान्?

उक्त सिद्धान्त एक स्थानीय मण्डलीका अगुवाहरूको सम्बन्धमा कसरी सान्दर्भिक छ (१ तिमोथी ३:४-५; तीतस १:६)? मण्डलीका अगुवाहरू आफ्ना वैवाहिक सम्बन्ध तथा पारिवारिक जिम्मेवारीको क्षेत्रमा उत्कृष्ट ख्रीष्टिय नमूना हुनु किन आवश्यक छ? याद राख्नुहोस्, मानिसले आफ्नो खराब बानीव्यवहोरा छोड्नुको सट्टा प्रायः अगुवाका नमूनालाई बहानाको रूपमा दुरूपयोग गर्छन्: “यदि फलानोले त गर्न हुन्छ भने मैले गर्न किन हुँदैन?”

अर्कोतिर वश्तीको अनाज्ञाकारितालाई कडा कारवाही गरेको खण्डमा राज्यभरिका महिलाहरूले उनको खराब नमूनाबाट यो पाठ सिक्न सक्थे कि अनाज्ञाकारी भएर कुनै फाइदा नहुने रहेछ। शाही-उर्दी राज्यभरि निकालियोस् ताकि पत्नीहरूले अनादर गरेको खण्डमा कारवाही हुन्छ भनी महिलाहरूले जानोस्: “यस्तो व्यवहारको नमीठो फल रानीले त भोग्नुपर्छ भने सर्वसाधारण महिलाले त झन् कति बढ्ता गरी।” राजालाई ममूकानको सल्लाह मन पर्यो, शाही-उर्दी निकालियो, वश्तीलाई पदबाट हटाइयो अनि उनको सट्टामा उनीभन्दा _____________ __________ स्त्रीलाई रानीको पद दिइने भयो (१:१९)। ती स्त्री थिईन् –एस्तर!

परमेश्वरको उद्देश्य यो थियो — एस्तरलाई रानीको पदमा राख्नु। उक्त उद्देश्य पूरा गर्न रानीको पद रिक्त हुनुपर्थ्यो। पहिलो अध्यायमा त्यो पूरा भयो। राजाले अब एउटी अर्कै रानी रोज्नुपर्ने भयो। परमेश्वरको रोजाइ थियो — एस्तर। राजाले कसलाई रोजे त?

यहूदी एस्तर रानी बन्छिन्

राज्यभरि उर्दी निकालिएपछि, राजाको रिस ____________ (२:१)। तब तिनलाई रानी वश्तीको सम्झना भयो र एउटी रानीको आवश्यकताको महसुस भयो। अर्थात्, वश्तीको ठाउँमा तिनलाई अर्को रानी चाहियो।

तिनका भारदारहरूले राजा अहासूरसका सामु उनलाई मनपर्ने खालको प्रस्ताव राखे। तिनीहरूले राज्यभरिका सुन्दरी कन्याहरूको खोजी गरिदिने योजना बताए। अनि ती सबैलाई एउटा सुन्दरी प्रतियोगितामा सामेल गराई राजाले आफूलाई सबभन्दा मन परेको युवतीलाई छनोट गर्ने योजना बताए। यदि राज्यको हरेक प्रान्तबाट दुई-दुई कन्याहरू छानिएका भए, प्रतियोगीतामा जम्मा कतिजनाको सहभागिता हुने देखिन्थ्यो? ________________ (२:३; १:१)? यति धेरैजना मध्येबाट एस्तरनै चुनिने सम्भावना कति थियो? मानिसका दृष्टिकोणमा सम्भावना न्यून थियो। तर परमेश्वरको दृष्टिकोणमा भने भाग्यको होइन केवल सार्वभौम परमेश्वरको सवाल हुन्छ, “जसले __________ ______________ आफ्नै ____________को सल्लाहमुताबिक गर्नुहुन्छ” (एफेसी १:११)।

एक जवान विश्वासी जनले आफ्नो जीवन साथी कसरी रोज्नुपर्दछ? त्यहाँ केवल शारीरिक सुन्दरता र रूपलाई महत्व दिइएको थियो। के सुन्दरता भनेको बाहिरी कुरा मात्र हो त? के “भित्री सुन्दरता” भन्ने कुरा हुँदैन (१ पत्रुस ३:३-६; १ तिमोथी २:९-१०; भजनसङ्ग्रह ९०:१७)? बाहिरी सुन्दरताले व्यक्तिभित्रको ख्रीष्टरहित वास्तविकता (अर्थात् कुरूपता) लाई ढाकछोप गर्न सक्ला, तर प्रभु येशूद्वारा हुने भित्री सुन्दरता भने बाहिर प्रस्टै देखिने कुरा हो! कुनै युवक वा युवतीमा तपाईं कुन कुराको खोजी गर्नुहुन्छ? तपाईंमा अरूले के देख्छन्? के तपाईंको जीवनमा परिवर्तन आउन सक्छ? कसरी?

निम्नमध्ये कुन-कुन सदगुणहरू तपाईंमा प्रभुको सहायताले विकास हुनु खाँचो छ: शिष्टता (आफूतर्फ नभई प्रभुतर्फ ध्यान आकर्षण गर्ने स्वभाव), आदरणीय पहिरन (सफा-सुग्घर, सभ्य, पवित्र), निष्कपट हँसिलोपना, मिलनसार स्वभाव (जिस्किने खालको होइन), अस्वस्थ कुराबाट अलग हुनु चुरोट, मद्य, लागुपदार्थ आदि), चोखो बोली शुद्ध, सुवचन), अर्काको वास्ता गर्ने, यौन कुरा सम्बन्धी निर्दोष रहनु?

फारस साम्राज्यको राजधानीमा एउटा यहूदी कसरी आइपुगे थिए? यहूदीहरूको भूमि त प्यालेस्टाइन हो। मोर्दकै किन शूशनमा थिए (एस्तर २:५-६; २ राजा २४:१०-१६)? मोर्दकैले आफ्नो काकाकी छोरीलाई आफ्नो धर्मपुत्रीको रूपमा पालेका थिए। उक्त स्त्रीको यहूदी नाम ह____________ (एस्तर २:७) थियो र फारसी नाम ए____________ (तारा) थियो। एस्तरका बाबु को थिए? (एस्तर २:१५) ________________। उनका माता-पिता ______________ (एस्तर २:७)। एस्तर __________ र ____________ थिइन् र यसकारण राजाको सुन्दरी प्रतियोगीतामा उम्मेद्वार बन्न सकिन्। परमेश्वरको आशिषद्वारा तुरून्तै एस्तरले स्त्रीहरूको जिम्मेवाल नपुंसकको निगाह पाइन्। कुनचाहिँ कुरा एस्तरले मोर्दकैको आज्ञा बमोजिम नबताईकन लुकाईराखिन्? (एस्तर २:१०) ____________________________________________________। के विश्वासीहरूले आफू जिउँदो परमेश्वरको हुँ भन्ने कुरा लुकाउनु हुन्छ र? रोमी १:१६; योना १:८-९ हेर्नुहोस्; तुलना गर्नुहोस् एस्तर ७:३-४)।

कुनै पनि युवती राजाकहाँ जानु अघि ____________ महिना (एस्तर २:१२) को तयारी हुने अवधि पूरा गर्नैपर्थ्यो। विभिन्न तेल र अत्तर दल्ने समय थियो त्यो। यसरी राजाको सामु एकछिन देखा परेर राजालाई खुशी पार्नलाई तयारी हुन एक वर्ष पूरै लगाइन्थ्यो।

एक विश्वासी जन एक दिन राजाहरूका राजाको सामु खडा हुनेछ (रोमी १४:१०-१२; २ कोरिन्थी ५:१०), र उनको जाँच बाहिरी मात्र नभई भित्री हुनेछ (१ कोरिन्थी ४:४-५; हिब्रू ४:१३ सित तुलना गर्नुहोस्)। त्यो दिन राजाको सामु मनपर्दो हुनलाई तयार गर्ने समय अहिले नै हो (२ कोरिन्थी ५:९; एफेसी ५:१०)।

राजालाई भेट्ने आफ्नो पालो आउँदा, हरेक युवतीले आफूले चाहेजस्तो गरी राजाको सामु देखापर्न पाऊन् भनी उसले चाहेजत्तिको गहनाहरू र रत्नहरूले सिंगारिन पाउँथ्यो। एस्तरको पालो आउँदा उनले नपुंसक हेगेले सल्लाह दिएका कुराबाहेक __________ __________ ________________ (एस्तर २:१५, अक्षरशः ( “उनले कुनै कुरा खोजिनन् वा मागिनन्।” बाहिरी श्रृङ्गार र रत्नहरूभन्दा महत्त्वपूर्ण कुरा पनि त्यहाँ छ भनेर एस्तर बुझ्दथिन् ( हेर्नुहोस् १ पत्रुस ३:३-४; १ तिमोथी २:९-१०। कलस्सी ३:१२-१४ अनुसार विश्वासीहरूले कस्तो पोशाक पहिरनुपर्छ?)

जर्कसीजको राज्यकालको __________ वर्षमा एस्तरको पालो आयो। उनको राज्यकालको ____________ वर्षमा वश्तीलाई हटाइएको थियो। चार वर्षको लामो अन्तरालमा के-के भए? इतिहासअनुसार यो समयमा जर्कसीजले ग्रीसको विरुद्ध लडाईं गरे तर तिनी पूर्णरूपमा असफल भए। परास्त भएका राजाले आफ्नो नयाँ महारानीबाट केही मात्रामा हौसला पाउने आशा गर्नु स्वभाविक थियो। अरू सबलाई भन्दा तिनले एस्तरलाई मन पराए र उनैलाई रोजे। एस्तरले राजकीय मुकुट प्राप्त गरिन् र उनी वश्तीको सट्टामा __________ भइन्। परमेश्वरको रोजाइलाई नै रोजियो! परमेश्वरले नै रानीहरू हटाउनुहुन्छ र स्थापित गर्नुहुन्छ (दानिएल २:२१ सित तुलना गर्नुहोस्)।

के तपाईं आफ्नो निम्ति परमेश्वरको रोजाइ चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने उहाँलाई सो पूरा गर्न दिनुहोस्। सबै घटनाक्रम तथा परिस्थितिलाई नियन्त्रण गर्नुहुनेले गल्ती गर्नु असम्भव छ! हृदयलाई प्रभुसित ठिक राख्नुहोस् अनि उहाँलाई खुशी पार्नु नै आफ्नो सबभन्दा ठूलो फिक्री सम्झनुहोस् (१ कोरिन्थी ७:३२)।

राजाले नयाँ रानीको नाममा राष्ट्रव्यापी विदाको घोषणा गरे र एउटा विशेष भोज लाए। त्यसबेला, आफ्नी धर्मपुत्रीको भलाइ खोज्ने मोर्दकैले एस्तरसित बारम्बार भेटघाट गर्न सक्थे। आफू यहूदी भएको कुरा नखुलाउनू भन्ने मोर्दकैको आज्ञालाई यस समयावधिभरि एस्तरले पालना गरिन्। उनी आफ्नो अविभावकको अधीनतामा रहने आज्ञाकारी युवती थिइन् जसरी उनी पहिलेदेखिनै उनलाई पालनपोषन गर्दै हुर्काउने अविभावक मोर्दकैका आज्ञाकारी थिइन्।

वश्ती आफ्नो विद्रोहको खातिर चिनियो। एस्तर भने आफ्नो आज्ञाकारीता र अधीनताको निम्ति (एस्तर २:२०, “अधीनता” भनेको “परमेश्वरको र उहाँको व्यवस्थापनको मुनि आफैलाई सुम्पनु हो”)। तपाईं के को निम्ति चिनिनुहुन्छ? घरमा, मण्डलीमा, स्कूलमा के तपाईं आफूमाथिका व्यक्तिहरूको अधीनतामा रहनुहुन्छ? यदि तपाईं परमेश्वरको डर मान्नुहुन्छ भने तपाईंले के गर्नुहुनेछ? __________________________ ______________________________________________ (एफेसी ५:२१)।

अधीनातामा जिउनुहुने हाम्रो सिद्ध नमूना को हुनुहुन्छ (लूका २:५१)? __________। राजाका दुई नपुंसकहरू राजासित रिसले चूर भए र राजालाई मार्ने निधो गरे। परमेश्वरले मोर्दकैलाई यस षड्यन्त्रको बारेमा थाहा पाउन दिनुभयो। उसले ____________लाई बताइदिए र उनले ________________ बताइदिइन् (२:२२)। जाँचबुझ गरेपछि, राजाले मोर्दकैको कुरा साँचो भएको पाए। अपराधीहरूलाई फाँसी दिइयो अनि यस कुराको विवरण राष्ट्रको राजकीय रेजिस्टरमा रेकर्ड गरियो। परमेश्वरको रहस्यमय योजनामा (अदृश्य सक्रियतामा), राजाले उक्त घटना छिट्टै बिर्सिहाले अनि मोर्दकैलाई राजाको ज्यान जोगाएकोमा कुनै इनाम दिइएन। पछि, परमेश्वरको समयमा, यस कार्यको सम्झना हुनेवाला थियो जब एक सिङ्गो जाति बचाइनेथ्यो! राजाको रिसको कारण एस्तर रानी बनीन्। अनि दुईजनाको रिसको कारण यहुदी जाति नष्ट हुनबाट बचाइयो। निश्चय, ____________को ________ले परमेश्वरलाई प्रशंसा ल्याउँदछ (भजनसङ्ग्रह ७६:१०)!

हामीले अघिल्ला दुई अध्यायहरूमा परमेश्वरको हातले सक्रियरूपमा काम गरिरहेको देख्यौं — वश्तीलाई पदच्युत गर्नुमा र एस्तरलाई पदस्थापन गर्नुमा। अब अर्को पाठमा हामी शैतानको हातले सक्रियरूपमा आफ्नो हतियार हामानद्वारा काम गर्न थालेको देख्नेछौं! के शैतान परमेश्वरभन्दा शक्तिशाली छ त? एस्तरको पुस्तकको अन्त्यमा पुग्दासम्म हामी यसको निष्कर्ष पत्ता लगाउनेछौं!

Print Friendly, PDF & Email