रणभूमि – येशू ख्रीष्टको परीक्षा

रणभूमि – येशू ख्रीष्टको परीक्षा

आफ्नो सार्वजनिक सेवाकाइ शुरु गर्नुहुँदा येशू कति वर्षको हुनुहुन्थ्यो (लूका ३:२३)? प्रायः ______ वर्षको। अध्याय १ मा हामीले हेर्‍यौं, जन्मनासाथ येशू शैतानको तारो बन्नुभयो। अनि येशू हुर्किसक्नुभएपछि, उहाँको सार्वजनिक सेवाकाइको प्रारम्भमा, शैतान उहाँको विरुद्धमा केही नगरेर चुप बस्ला र (बप्‍तिस्मा दिने यूहन्नाबाट बप्‍तिस्मा लिनुभएको लगत्तै पछि येशूलाई के भयो (मर्कूस १:९-१३)? ____________________________________________________________________।

उबेलामा येशू जसरी संसारमा हुनुहुन्थ्यो त्यही प्रकारले उहाँ आज संसारमा हुनुहुन्न। तसर्थ शैतानले उहाँलाई आक्रमण गर्न सक्दैन। तर आज शैतानले कसलाई नाश गर्न खोज्दै छ (पाठ १ ले अध्ययन हेर्नुहोस्)? _____________________________। मुक्ति नपाएका मानिसहरू “___________को सन्तान” (१ यहून्ना ३:१०) हुन्। के शैतानले मुक्ति नपाएका मानिसहरूलाई आक्रमण गर्छ? _________। किन गर्छ वा गर्दैन (मत्ती १२:२५-२६ सँग दाँज्नुहोस्)। आफ्ना सन्तान (मुक्ति नपाएकाहरू)ले मुक्ति पाएको र परमेश्वरको सन्तान बनेको के शैतान चाहन्छ (लूका ८:१२)? ____________।

मत्ती ४:१-११ पढ्दा हामी प्रभु येशू र शैतानलाई रणभूमिमा भेट्छौं। रणभूमि त्यस्तो ठाउँ हो जहाँ दुई पक्षबीच प्रतिस्पर्धा हुन्छ। त्यहाँ एक पक्षले जित्छ, अर्को पक्षले हार्छ। मत्ती ४:११ अनुसार कसले हारे? ____________। उक्त प्रतिस्पर्धामा कसले जिते? ____________।

येशूले शैतानलाई कसरी हराउनुभयो? म शैतानलाई कसरी जित्‍न सक्छु? म कसरी पराजित होइन विजयी बन्न सक्छु? के शैतान मभन्दा सामर्थी छ? ______। इजिकिएल २८:१२ अनुसार ऊ “________ले पूर्ण” छ। शैतानको उक्त बयान उसले पाप गर्नुभन्दा अघिको हो। तब के शैतान मभन्दा चलाख छ? ______। यदि मैले एक्लै शैतानको सामना गरेँ भने, विजय कसको हुन्छ? ___________। के शैतानको बल र बुद्धि परमेश्वरको भन्दा ठूलो छ (१ यूहन्ना ४:४)? _______। यदि परमेश्वरले एक्लै शैतानको सामना गर्नुभयो भने, विजय कसको हुन्छ? ______________। यदि परमेश्वर मभित्र जिएर शैतानको सामना गर्नुभयो भने के तब पनि विजय परमेश्वरकै हुनेछ? ______________। यदि परमेश्वरलाई मैले मेरो जीवनमा ठाउँ दिएँ भने, के म विजयी बन्न सक्छु? __________।

येशूले शैतानलाई कसरी पराजित गर्नुभयो? परमेश्वरको पुत्र हुनुभएकोले के उहाँले आफ्नो ईश्वरीय, अलौकिक (supernatural) सामर्थ्य प्रयोग गर्नुभयो? के उहाँले शैतानलाई पक्रेर चन्द्रमाभन्दा पर हुर्‍याइदिनुभयो? ____________। शैतानलाई जित्‍न यदि ख्रीष्टले आफ्नो इश्वरीय सामर्थ्य प्रयोग गर्नुभएको भए, त्यसले हामीलाई कुनै आशा वा उत्साह दिन सक्नेथिएन:

“येशूले शैतानलाई पराजय गर्नुभयो। त्यो ठूलो कुरा होला तरैपनि त्यसमा मेरो निम्ति कुनै आशा देख्दिनँ। आफू परमेश्वर नभएको हुनाले आफूसित कुनै अलौकिक सामर्थ्य छैन। यसकारण मैले शैतानलाई कसो गरी जित्‍न सक्छु र? शैतानसँग जुध्नु मेरो लागि असम्भव छ!”

तर बाइबलको शिक्षा त्यो होइन। प्रभु येशू ख्रीष्टले शैतानलाई जित्‍न आफ्नो अलौकिक र इश्वरीय सामर्थ्य प्रयोग गर्नुभएन। बरु उहाँले एक मानिसकै रूपमा शैतानको सामना गर्नुभयो (मत्ती ४:४ मा येशूले भन्नुभएको कुरालाई तुलना गर्नुहोस्, “मानिस रोटीले मात्र होइन”)। यो कुरा प्रत्येक विश्वासीको लागि खुशीको खबर हो! जसरी येशू विजयी बन्नुभयो ठीक त्यसरी नै हामी विजयी बन्न सक्छौं! जसरी ख्रीष्टले शैतानसँग लडाइँ गर्नुभयो ठीक त्यसरी नै हामी पनि शैतानसँग लडाइँ गर्नसक्छौं! उहाँले जे गर्नुभयो हामीले पनि ठीक त्यही नै गर्नसक्छौं! हो, शैतानले गरेको ख्रीष्टको परीक्षाले यो प्रमाणति गर्‍यो कि एउटा मानिस, ऊ आत्मामा हिँड्छ (अर्थात् आफूमा परमेश्वरलाई जिउन दिन्छ) भने, उसले परमेश्वरको वचन प्रयोग गर्छ र त्यसमा भर पर्छ भने, शैतान त्यो मानिससँग जुध्न सक्दैन!

एक सानो नानीले भने, “शैतान मेरो ढोकामा ढक्ढक्याउन आउँदा, ढोका खोल्न म जान्न! ढोका खोल्न म परमेश्वरलाई नै पठाउँछु। उहाँलाई देखेपछि शैतानलाई भाग्न कर लाग्छ!”

याकूब ४:७ मा परमेश्वरले विश्वासीलाई भन्नुहुन्छ,

“शैतानको __________________ गर”।

“सामना गर्नु” ले अर्थ हो “कसैको विरुद्धमा खडा हुनु”। परमेश्वरले हामीलाई कहिल्यै पनि शैतानसँग डराऊ भन्नुभएको छैन। हामीलेसँग डराउनुपर्छ (मत्ती १०:२८, १ पत्रुस २:१७)? _______________। परमेश्वरले हामीलाई कहिल्यै पनि शैतानबाट भाग्नलाई आदेश दिनुभएको छैन। हामी शैतानको विरूद्धमा खडा भएको परमेश्वर चाहनुहन्छ। उहाँको प्रतिज्ञा छ, ऊ हामीबाट भाग्नेछ। याकूब ४:७ले भन्छ, “_____________का सामना गर, र त्यो तिमीहरूबाट ____________। के शैतान ख्रीष्टदेखि भाग्यो (मत्ती ४:११)? ___________।

शैतानको सामना गर्नु भनेको दुइटा काम गर्नु हो:

एफेसी ६:११,१३,१४ पढ्नुहोस्। यी पदहरूमा “खडा” भन्ने शब्द भेटिन्छ? हामी हाम्रा शत्रु शैतानदेखि भागेको के परमेश्वर चाहनुहुन्छ?

प्रभु येशू शैतानको विरुद्धमा कसरी खडा हुनुभयो?

हव्वा कसरी शैतानको विरुद्धमा खडा भईनन्?

 

उत्पत्ति ३:१-६ लाई विचार गरौं:

 

पत्रुस कसरी शैतानको विरुद्धमा खडा भएनन्?

निम्न दुई उदाहरणहरूलाई विचार गरौं:

१) मत्ती १६:२१-२३
  २) लूका २२:३१-३२,३९-४६,५४-६२

शैतानले हामीलाई जीवनका दैनिक कामकुराहरूमा परीक्षा गर्न खोज्छ। हामी उसमाथि विजय हुन सक्न परमेश्वरले आवश्यक प्रबन्ध गर्नुभएको छ। परमेश्वरको जनले परमेश्वरलाई बिर्सँदा के हुन्छ? ममाथि परमेश्वरको अधिकार छ (उहाँ नै प्रभु हुनुहुन्छ) भन्ने कुरा विश्वासी जनले बिर्स्यो भने के हुन्छ? विश्वासी जनले परमेश्वरले भन्नुभएको कुरालाई विश्वास नगर्दा के हुन्छ? विश्वासी जनलाई सम्हाल्न सक्ने, उसलाई खडा राख्‍न सक्ने परमेश्वरको वचनमाथि उसले भर नपर्दा के हुन्छ?

निम्न परिस्थितिहरूको सामना गर्नुपर्दा यस पाठमा सिक्नुभएका कुराहरूलाई तपाईंले कसरी प्रयोगमा ल्याउन सक्नुहुन्छ?

  1. “आज मलाई धेरै थकाइ लागेको छ, त्यसैले म प्रार्थना सभामा नजाऊँ क्यारे!”
  2. “बाइबल स्कूलमा म बाइबल पढ्छु, परिवारसित पनि बेलुका पढ्छु। यसकारण व्यक्तिगत रूपमा बाइबल पढ्न गर्न, चुपचापको समय विताउन मलाई आवश्यक छैन।”
  3. “स्वर्ग जान्छु भन्ने मलाई पक्का भइसकेकोले र परमेश्वरले मलाई अनन्त जीवनको प्रतिज्ञा गर्नुभएकोले मैले जस्तोसुकै जीवन बिताए पनि हुन्छ।”
  4. “असल कुराहरूमा मन लगाएको परमेश्वर चाहनुहुन्छ भन्ने मलाई थाह छ तर मलाई यो टी .भी . कार्यक्रम हेर्न एकदमै मन छ र अहिले मलाई रोक्न मेरा बाबुआमा समेत हुनुहुन्न।”
  5. “यो जाँचमा मैले त्यति राम्रो गर्न सकिरहेको छैन त्यसैले राम्रो अंक प्राप्‍त गर्न म सरलाले लेखेको हेर्दै सार्नुपर्ला।”
  6. “शिक्षक कक्षाकोठामा हुँनुहुँदा म उदाहरणीय व्यवहार गर्नेछु तर शिक्षक जानुभइसकेपछि मेरो साथीहरूसित जे मन लाग्यो त्यही गर्नेछु”
  7. “बाबा, मोटरसाइकललाई अलि बेस्सरी हाँक्नुहोस् न। तोकिएको गति-सीमालाई नाघे पनि हुन्छ। परमेश्वरले हाम्रो सुरक्षा गर्नुहुन्न र?”
  8. “वचन प्रचार सुन्न ज्यादै झन्झट पो लाग्यो। बरु म अरु कुराहरू सोचेर बस्नेछु”
  9. शुरुका विश्वासीहरूमध्ये कतिजनाले ख्रीष्टलाई “प्रभु” भनी स्वीकार गरी मृत्यु दण्डलाई रोज्नसक्थे वा सिजरलाई “प्रभु” भनी स्वीकार गरी ज्यान जोगाउन रोज्नसक्थे। शैतानले ती विश्वासीहरूलाई प्रभुलाई इन्कार गरोस् भनेर परीक्षा गरे होलान्? तिनीहरूमध्ये धेरै कसरी त्यस्तो परीक्षामाथि पनि विजय भए?

१ कोरिन्थी १०:१३ यस पाठसित कसरी सान्दर्भिक छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email