जयजयकार किन?

जयजयकार किन?

(यरूशलेमभित्र प्रभु येशूको विजयीपूर्ण प्रवेश)

कस्तो मुक्तिदाता चाहन्छौं हामी?

क्रूसमा उहाँको मृत्यु हुन एक हप्ता पनि बाँकी नहुँदा, जब प्रभु येशू यरूशलेम शहरभित्र प्रवेश गर्नुभयो,के मानिसहरू खुशीले गद्‍गद् भए (मत्ती २१:९)? ______________। उनीहरू “होसन्ना” भन्दै कराए जसको अर्थ हो, “हामीलाई बचाउनुहोस् आज!” उनीहरू केबाट बचाइन चाहन्थे? के उनीहरू आफ्ना पापबाट बचाइन चाहन्थे (येशू आउनुको कारण नै यही थियो — मत्ती १:२१ मा पढ्नुहोस्)? के उनीहरू आफ्ना गलत जीवन शैलीबाट, गलत सोचाइबाट र गलत व्यवहारबाट बचाइन चाहन्थे? के उनीहरू पापलाई घृणा गर्नुहुने धर्मी परमेश्वरको भयानक दण्डबाट बचाइन चाहन्थे?

  • यहूदीहरू एउटा राजमुकुट (CROWN) को प्रतिक्षामा थिए
  • उनीहरू यस्तो राजा चाहन्थे जसले उनीहरूलाई रोमीहरूबाट बचाइदेओस् र जीवनका दुःख-कष्टलाई हटाइदेओस्।
  • तर उनीहरूले क्रूस (CROSS) को कुनै आवश्यकता देखेनन्
  • उनीहरू त्यस्तो मुक्तिदाता चाहँदैनथे जसले उनीहरूलाई उनीहरूका पापहरूबाट बचाइदेओस् र उनीहरूलाई नयाँ जीवन दिन देओस्।
  • ख्रीष्ट संसारको राजा बनोस् भनी उनीहरू चाहन्थे तर उहाँलाई आफ्नो जीवनको राजा भने बनाउन चाहँदैनथे (पाठ ७ भाग १ पृष्ठ ३ हेर्नुहोस्)।

त्यसबेलाको संसार रोमीहरूको हातमा थियो। यहूदीहरू रोमी शासनबाट मुक्त हुन चाहन्थे। येशूले त्यस्तो “मुक्ति”दिलाइदेओस् भनी उनीहरू चाहन्थे। रोमको दासत्वभन्दा पापको दासत्व बढी डरलाग्दो हुन्छ (यूहन्ना ८:३२-३६)तर उनीहरू पापबाट बचाइन येशूलाई हेरिरहेका थिएनन्।

युद्धभूभिको सिपाहीलाई विचार गरौं। ऊ लुकेर बसेको बंकरको माथिबाट बम्बहरू, गोलीहरू र हाते ग्रिनेडहरू वर्षिँदै छन्। आत्तिएर ऊ कराउँछ, “प्रभु, मलाई बचाउनुहोस् आज!”ऊ केबाट बचाइन चाहन्छ?मुटुको ठूलो अपरेशनमा जान लागेको बिरामीलाई विचार गरौं। उसलाई लठयाउन अघि ऊ कराउँछ, “प्रभु, मलाई बचाउनुहोस्!”उसले आफ्नो प्राण बचाइन पुकारा गरेका हुन् कि डाक्टरको भूलबाट उसको मृत्यु हुनबाट बचाइन पुकारा गरेका हुन्? मत्ती १०:२८ अनुसार, हामी कुन कुराको बढी डर मान्नुपर्छ, शरीरलाई हानी गर्न सक्ने डाक्टरको कि मानिसलाई आगोको कुण्डमा फ्याँक्न सक्ने परमेश्वरको?____________________________। (परमेश्वरको डर मान्नु भनेको उहाँलाई यति धेरै आदर गर्नु हो कि उहाँको आज्ञा उल्लङ्घन गरेर उहाँलाई बेखुशी तल्याउन डराउनु हो)।

नारा तरून्तै बदलिन्छ

जब येशू शहरभित्र प्रवेश गर्नुभयो मानिसहरू यसो भन्दै कराए, “ख्रीष्ट धन्यका हुन्!”तर एक हप्ता नपुग्दै, उनीहरू के भन्दै कराए (मत्ती २७:२३)? ______________________ ________________________। पहिलेचाहिँ उनीहरू उहाँलाई राजा बनाउन चाहन्थे।अनि

केही दिनपछि उनीहरू उहाँलाई फाँसी दिन चाहन्थे! मानौं, तपाईंका मित्रहरूले कुनै पूर्वसूचना बिना तपाईंको जन्मदिनमा तपाईंका लागि भोज गराए अनि तपाईंलाई उपहारहरू दिए। तर केही दिनपछि तिनीहरू तपाईंका घरमा आएर तपाईंलाई  मुखैमा थुकेर अपमानजनक व्यवहार गरे। तपाईंलाई कस्तो लाग्छ होला? निश्चय त्यस्तो व्यवहार अनौठो हुनेथ्यो! मानौं युद्धबाट स्वदेश फर्केका सिपाहींलाई भव्य स्वागत गरियो। तर एक हप्ता नबित्दै बिनाकारण उसलाई झ्यालखानामा जाकियो। के त्यसो गर्नु ठीक हुन्थ्यो र?

यहूदीहरू येशूबाट के चाहन्थे? येशूले उनीहरूको संसारलाई परिवर्तन गरिदिनुभएको (बाह्य कुराहरूलाई ठीकठाक पारिदिनुभएको)उनीहरू चाहन्थे। तर येशू भने उनीहरूको हृदयलाई (आन्तरिक कुरालाई नै ठीक पार्न)परिवर्तन गर्न चाहनुहुन्थ्यो। ठीक पारिनु पर्ने कुरा त मानिसको हृदय (यर्मिया १७:९)हो भनेर उनीहरूले बुझेनन्।

पापबाट मुक्ति नपाएको एक व्यक्ति (परमेश्वरबाट अलग रहेको व्यक्ति — मर्कूस ७:१९-२३)लाई विचार गरौं। मानौं उसलाई बस्नका लागि एउटा सुन्दर दरवारको प्रबन्ध गरियो। उसलाई मन परेअनुसार खर्च गर्नका लागि १ अरब रूपैयाँ पनि दिइयो। के यस्तो अवस्थामा पनि उसलाई समस्या पर्न सक्छ? के ऊ सम्पूर्ण समस्याहरूदेखि मुक्त हुन्छ? समाजमा अरू मानिसहरूसित के उसलाई पहिलाजस्तै समस्या पर्न सक्छ?के ऊ साँच्चै नै खुशी हुन्छ?अब एउटा पवित्र जन (परमेश्वरद्वारा शुद्ध पारिएको हृदय भएको व्यक्ति)लाई विचार गरौं। मानौं उसलाई शहरको फोहोर गल्लीभित्र रहेको, मान्छे भन्दा मुसा बढी भएको एउटा थोत्रो झुपडिमा बस्न दिइयो। यो गन्जागोलको बीचमा पनि के उसलाई शान्ति (भित्री आनन्द) मिल्न सक्छ?मानौं एक पवित्र जनलाई कष्टपूर्ण सुरुङरुपी झ्यालखानामा राखेर उसलाई अपराधीलाई जस्तै व्यवहार गरियो। के यस्तो अवस्थामा पनि ऊ खुशी हुन सक्छ (प्रेरित १६:२२-२५ हेर्नुहोस्)? __________।

उहाँ शहरभित्र पस्दै गर्नुहुँदा भीडको उत्तेजित जयजयकारलाई के येशूले विश्वास गर्नुभयो?मानिसहरू रमाहटले कराइरहेका थिए तर येशू के गर्दै हुनुहुन्थ्यो (लूका १९:४१)? __________________। प्रभु जान्नुहुन्थ्यो, यी मानिसहरूले उहाँलाई रद्द गर्नेछन् (मत्ती २३:३७ पढ्नुहोस्)! उनीहरूको हृदयका कुरा प्रभु जान्नुहुन्थ्यो! भीडले खुशी मानायो तर मुक्तिदाता रुनुभयो। मुक्तिदाताले इस्राएलका मानिसहरूका निम्ति आफ्नो सर्वोत्तम दिन चाहनुभयो (उनीहरूतिर आफ्नो “हात पसार्नुभयो”) तर “आज्ञापालन नगर्ने र विरोधी जाति”भएर उनीहरूले उहाँलाई इन्कार गरे (रोमी १० अध्यायको कुनचाहिँ पदले यो कुरा बताउँदछ?पदः __________)।

सारा संसारले थाह पाओस्!

येशू शहरभित्र पस्नुहुँदा, कसैले चाल नपाउने गरी पस्नुभएको थिएन। उहाँ सुटुक्क रातको समयमा पस्नुभएको होइन। उहाँले भेष बदल्नुभएन। उहाँले भीडहरूबाट पन्छिने प्रयास गर्नुभएन।

यूहन्ना ७:१-१० पढ्नुहोस् जहाँ अर्कै समयको बयान गरिएको छ। त्यसबेला येशू यरुशलेम शहर पस्नुभयो। उहाँ खुल्लमखुल्ला र हल्लाखल्लाका साथ पस्नुभयो कि गोप्य रूपमा (पद १०)? ______________________।

उहाँले एउटा अन्धालाई निको पार्नुहुँदा, येशूले यो कुरा सबैले थाह पाओस् भनी चाहनुभयो (मर्कूस ८:२६)? ________________। जुन बेला पत्रुसले उहाँलाई, “तपाईं ख्रीष्ट हुनुहुन्छ”भनी स्वीकार गरे, के येशूले यो कुरा सबैले थाह पाओस् भनी चाहनुभयो (मर्कूस ८:३०)? ________________। जुन बेला येशूले एक बहिरालाई निको पार्नुभयो, के यो कुरा सबैले थाह पाओस् भनी चाहनुभयो (मर्कूस ७:३६)? ________________।

तर जब येशू आफ्नो मृत्यु हुन अघिका अन्तिम दिनहरूमा यरुशलेम शहरभित्र पस्नुभयो, उहाँले यस्तो व्यवहार गर्नुभयो कि मानौं सारा संसारले यो कुरा थाह पाओस्! वास्तवमा, त्यसबेला मानिसहरूले नचिच्याएका भए, के हुनेथ्यो (लूका १९:४०)? ____________________________________।

येशू क्रूसमा जाने समय भएको थियो, अनि प्रभु साहस र हिम्मतसाथ त्यो शहरभित्र प्रवेश गर्नुभयो जहाँ चाँडै नै उहाँ मर्नुहुनेथ्यो। मानिसहरूले उहाँलाई इन्कार गर्ने भए तापनि, येशूले खुल्लमखुल्ला आफूलाई उनीहरूको राजा र मुक्तिदाताको रूपमा प्रस्तुत गर्नुभयो। गुपचुपमा काम गर्ने डरपोक हुनुहुन्नथ्यो प्रभु।

के हामी आफ्ना समस्याहरूको सामना गर्छौं कि तीबाट भाग्छौं? के हामी मान्छे रसमस्याबाट लुक्छौं कि स्कूल, घर, साथीहरूका कुराहरूलाई सामना गर्न चाहिने साहसको निम्ति परमेश्वरमा भरोसा राख्छौं?

      जब येशू यरुशलेमभित्र पस्नुभयो, त्यो शहर मान्छेले खचाखच थियो! ____________ चाड मनाउने समय नजिकै थियो (यूहन्ना १२:१) अनि यहूदीहरूका ठूला भीडहरू यस ठूलो चाड या पवित्र दिन मान्नका लागि पवित्र शहरमा आएका थिए। यहूदी इतिहासकार जोसीफसका अनुसार सम्राट नीरोका राज्यकाल (पहिलो शताब्दी)मा निस्तार चाडको एउटा अवसरमा २,५६,५०० निस्तार पाठाहरू बलि चढाइए। त्यसो भए यरुशलेममा लगभग २५,६५,००० (करीब तीस लाख) यहूदीहरू थिए (Jewish Wars, 6,9,3)! करीब १० जनाको लागि एउटा पाठो चढाइन्थ्यो। साँच्ची नै जब यहूदीहरूका राजा शहरभित्र पस्नुभयो, यरुशलेम मान्छेले खचाखच थियो!यस्तै थियो केही दिनहरू पछि पनि जब निस्तारको साँचो पाठो बलि हुनुभयो (१ कोरिन्थी ५:७ हेर्नुहोस्)! येशू गुपचुपमा मर्नुभएन!ख्रीष्टको मृत्यु संसारको इतिहासकै सबैभन्दा सार्वजनिक घटनाहरू मध्ये एक हो!

यदि प्रभु तपाईंको लागि खुल्लमखुल्ला मर्न राजी हुनुहुन्थ्यो भने, के तपाईं उहाँको निम्ति खुल्लमखुल्ला जिउन राजी हुनुहुन्छ?तपाईंको स्कूलमा कसैलाई थाह छ तपाईं ख्रीष्टियन हुनुहुन्छ भनेर?आफ्नो साथीहरूसँग तपाईंको मुक्तिदाताको बारेमा कहिल्यै कुरा गर्नुभएको छ कि यो कुरालाई गुप्यमा राख्‍नुभएको छ?प्रभुलाई आफ्नो मुक्तिदाताको रूपमा चिन्छु भनेर मण्डलीका पवित्र जनहरूलाई कहिल्यै बताउनुभएको छ कि यो कुरा पूरै गुप्यमा राखेर आफूले मुक्ति पाएको वा नपाएको कुरा अरुलाई आफै अनुमान लगाउन छाडिनुभएको छ?म येशू ख्रीष्टको भएको छु भनी अरुलाई प्रकट गर्न के तपाईंले सार्वजनिक रूपमा बप्तिसमा लिनुभएको छ?हाम्रो प्रभुदेखि हामी नलजाऔं (रोमी १:१६)।

राजकीय स्वागत

गधामाथि चढेर राजा येशू आउँदै गर्नुहुँदा, “भीडले आ-आफ्ना ________________ बाटोमा ओछयाए”(मत्ती २१:८)। ती मानिसहरूले किन त्यसो गरे? हाम्रो राजाको सवारीमा के हामीले आफ्ना स्वीटर वालेट फुकालेर मौसुफको गाडी अघि फ्याँक्छौं? २ राजा ९:१३ मा मानिसहरूले आफ्ना बाहिरी वस्त्रहरू उतारेर येहूको मुनि ओछयाइदिए अनि तुरही फुके र कराएर भने, “ये______ रा______ हुनुहुन्छ!”यसकारण, मत्ती २१ मा, यहूदीहरूले आफ्नो वस्त्र ओछयाउने कामद्वारा यसो भन्दैथिए “ये______ रा______ हुनुहुन्छ!”

साथै मानिसहरूले रूखका ______________ काटे र राजा शहरभित्र पस्दैगर्नुहुँदा बाटोमा उहाँको अघि ओछयाए (मत्ती २१:८)। यी केका हाँगाहरू थिए (यूहन्ना १२:१३)? __________। मध्यपूर्वका मानिसहरूले आफ्नो चलन अनुसार राजा वा बिजेतालाई यसरी स्वागत गर्ने गर्थे।

ती मानिसहरूले येशू साँच्ची नै आफ्ना राजा हुनुभए झैं व्यवहार गरे तर के उहाँलाई साँच्चै राजा हुन दिए?________________। हामीले पनि येशू राजा हुनुहुन्छ र प्रभु हुनुहुन्छ भनी भन्न`तर उहाँले भनेको चाहिँ नमान्न पनि सम्भव छ (लूका ६:४६ हेर्नुहोस्)? ________________। बाबुआमाको आज्ञापालन गर्न येशूले तपाईंलाई मदत गर्न सक्नुहुन्छ?________________। के तपाईंले उहाँलाई यस कुरामा मदत गर्ने मौका दिँदै हुनहुनुहुन्छ?__________। स्कूलमा अरुसित मिलाप राख्‍न येशूले मदत गर्न सक्नुहुन्छ?______________। उहाँलाई यस कुरामा मदत गर्ने मौका दिँदै हुनहुनुहुन्छ?______________। बाइबल पढ्न र प्रार्थना गर्न येशूले मदत गर्न सक्नुहुन्छ?______________। उहाँलाई यस कुरामा मदत गर्ने मौका दिँदै हुनहुनुहुन्छ?______________। परमेश्वरले मदत गर्न सक्नुहुन्छ भनेर चाहिँ भन्ने तर उहाँलाई मदत गर्नचाहिँ नदिने हामी नहोऔं!

यहूदीहरूले राजालाई आफ्नो शहरमा स्वागत त गरे, तर केही दिन पछि नै उनीहरूले के भने (यूहन्ना १९:१५ पदको अन्तमा)? ______________________________।

एक दिन गधामा, अर्को दिन घोडामा

राजा येशू पहिलोपटक आउनुहुँदा, उहाँ एक गधामा चढेर आउनुभयो (मत्ती २१:५-७ र जकरिया ९:९। जब राजा येशू फेरि संसारमा आउनुहुन्छ, उहाँ केमा चढेर आउनुहुन्छ (प्रकाश १९:११)? __________________। पहिलोपटक उहाँको निम्ति त्यहाँ क्रूस थियो, दोस्रोपटक उहाँको निम्ति त्यहाँ मुकुट हुनेछ। राजा आउँदैहुनहुन्छ! ख्रीष्टको त्यो दोस्रो आगमन एक सार्वजनिक घटना हुनेछ कि त्यो गुपचुपमा हुनेछ (प्रकाश १:७ र मत्ती २४:२७)? __________________।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email