गेत्समनी

गेत्समनी

 

कष्टप्रद कचौरा

क्रूसको मृत्यु अगाडिको साँझमा, येशूले आफ्ना चेलाहरूसँग खाना खानुभयो। खाना खाइसकेपछि येशूले रोटी लिनुभयो अनि कचौरा लिनुभयो अनि चेलाहरूलाई आफ्नो मृत्युबारे बताउनुभयो (मर्कूस १४:२२-२४) र आफ्नो पुनरूत्थानबारे बताउनुभयो (मर्कूस १४:२५)। अनि एउटा __________ गाएपछि (मर्कूस १४:२६) उहाँहरू जैतुन डाँडामा गेत्समनी भनिने ठाउँमा जानुभयो। त्यहाँ प्रभु पटक पटक प्रार्थना गर्न जानुभएको थियो (लूका २२:३९)। जैतुन डाँडा यरुशलेम शहरकै सम्मुखमा पूर्वतिर पर्दछ।

आफ्नो मृत्युको समय अब आइपुगेको छ भनी प्रभु जान्नुहुन्थ्यो। उहाँ दुःखित हुनुभयो र मनमा ज्यादै पिडित हुनुभयो। संकष्टको घडीमा के गर्नुपर्छ भनी येशूले हामीलाई नमूना छाड्नुभयो (भजन संग्रह ६२:८ हेर्नुहोस्)। उहाँ भुइँमा घोप्टो पर्नुभयो (मर्कूस १४:३५) र स्वर्गमा हुनुहुने आफ्नो पितामा आफ्नो हृदय पोख्याउनुभयो। प्रार्थना गर्दा उहाँले भन्नुभयो, “हे अब्बा, हे पिता, तपाईंका निम्ति सबै कुराहरू सम्भव छन्; यो __________ मबाट टलेर जाओस्” (मर्कूस १४:३६; मत्ती २६:३९ दाँज्नुहोस्)।

यो कचौरा के थियो अनि यो केले भरिएको थियो? यो कचौराबाट पिउन पर्छ भनेर येशू किन साह्रै दुःखित र पिडित हुनुभयो? सिद्ध मानिसको हैसियतले, यो कहालीलाग्दो कचौराबाट पिउने सोचाइमा पर्दा, येशू त्रसित हुनुभयो। यो कचौरामा के थियो त?

कचौरामा कि असल थोक हुन सक्छ कि खराब। कचौरामा दूध वा फलफूलको रस हुनसक्छ कि त्यसमा हानिकारक तेजाव वा बिष हुनसक्छ। येशूले यो कचौराबाट पिउन नचाहनुभएको हुनाले हामीलाई थाह हुन्छ, यसमा कुनै न कुनै ज्यादै अप्रिय कुरा थियो।

भजनसंगरह ११:६ मा एउटा डरलाग्दो कचौराको कुरा छ। उक्त कचौरा धर्मीको निम्ति हो कि दुष्टको निम्ति? ________। भजनसंगरह ७५:८ मा अर्को अप्रिय कचौराको उल्लेख छ। त्यो कचौराबाट कसले पिउनेछ? ______________________। यो कचौरा कसको हातमा छ (भजनसंग्रह ७५:८)? ___________। यशैया ५१:१७,२२; प्रकाश १४:१०; १६:१९ पनि हेर्नुहोस्।

यूहन्ना १८:११ अनुसार येशूलाई पिउन दिइएको त्यो कचौरा कसबाट आएको थियो? (ठीक उत्तरमा गोलाकार चिन्ह लगाउनुहोस्):

  1. शैतान
  2. पिता
  3. दुष्ट मानिसहर
  4. यहूदी शासकहर
  5. यहूदा

परमेश्वर पिताले आफ्नै प्रिय पुत्रलाई अप्रिय कुरा किन पिउन दिनुभयो? पिताले किन येशूलाई दुष्टले पिउनु पर्ने कचौराबाट पिउन दिनुभयो? यसको जवाफ २कोरिन्थी ५:२१ मा पाउँदछौं। जब ख्रीष्ट क्रूसमा मर्नुभयो, उहाँ हाम्रो निम्ति ____________ तुल्याइनुभयो। परमेश्वरले ख्रीष्टलाई पापलाई झैं व्यवहार गर्नुभयो। परमेश्वरले पापसित कस्तो व्यवहार गर्नुहुन्छ? परमेश्वरले त पापलाई घृणा गर्नुहुन्छ! परमेश्वरले पापलाई दण्ड दिनैपर्छ! ख्रीष्ट हाम्रो निम्ति पाप तुल्याइनुभयो!

 

 

 

येशू दोषी हुनुहुन्थ्यो कि निर्दोष? ________। उहाँ पापी हुनुहुन्थ्यो कि पापरहति? _________। उहाँ धर्मी हुनुहुन्थ्यो कि अधर्मी? ___________। परमेश्वरबाट दण्ड र इन्साफ कसले पाउनुपर्ने थियो? परमेश्वरको रिस र क्रोध कसले पाउनु पर्ने थियो? दोषी बास्तवमा ले हुन् (रोमी ३:१९,२३)? __________________। परमेश्वरले आफ्नो कचौरा तपाईंलाई दिन र त्यसबाट तपाईंलाई पिउन लगाउन नहुने कुनै कारण छ र? म नाश नहुन र इन्साफमा नपर्न अर्थात् म दोषी नठहरिन र परमेश्वरको क्रोध ममाथि नआइपर्नको निम्ति मैले के गर्नैपर्छ (यहून्ना ३:१६,१८,३६)? __________________________________________________। ख्रीष्ट मेरो स्थानमा मेरै सट्टामा मर्नुभयो! मेरा सबै पापहरूको दण्ड उहाँले भोग्नुभयो। परमेश्वरले उहाँको पुत्रमा विश्वास राख्‍ने व्यक्तिलाई कस्तो व्यवहार गर्नुहुन्छ (एफिसी २:४-७; तीतस ३:४-५)?

 

 

 

परमेश्वरले त्यो व्यक्तिसँग कस्तो व्यवहार गर्नुहुन्छ जसले मुक्तिको निम्ति ख्रीष्टकहाँ आउन अस्वीकार गर्छ (एफिसी ५:५-६; कलस्सी ३:५-६; यूहन्ना ८:२४)? ______________ __________________________________________________________________।

पापीहरूको विरूद्धमा साँचिएको परमेश्वरको क्रोध र इन्साफले भरिएको यो डरलाग्दो कचौराबाट प्रभु येशूले पिउन चाहनुभएन। तर येशू जान्नुहुन्थ्यो कि क्रूसमा मर्नु नै पिताको इच्छा हो भनेर। येशू, अरु सबैथोक भन्दा, पिताको इच्छा पूरा गर्न चाहनुहुन्थ्यो (यूहन्ना ४:३४)। साथै, क्रूसमा गएर मात्रै पापीहरूको उद्धार हुन सम्भव छ भनेर येशू जान्नुहुन्थ्यो। ख्रीष्टले हामीलाई प्रेम गर्नुभयो र हाम्रो निम्ति क्रूसमा आफैलाई अर्पण गर्नुभयो!

घृणाको हृदयबाट प्रेमको चुम्बन

येशू गेत्समनीमा हुनुहुँदा नै, उहाँलाई धोका दिन र उहाँलाई यहूदी शासकहरूको हातमा सुम्पिदिनका लागि यहूदा आइपुग्यो। यो सब हुनेछ भनेर प्रभुलाई के अघिबाटै थाह थियो? कि यहूदाले प्रभुलाई छलेर अचानक पक्रेको हो (मत्ती २६:२१-२५; २६:४६; यूहन्ना १८:४)? __________________________________________।

यहूदा एक्लै आएन। मत्तीले बताउँछन् कि उसको साथमा एउटा ठू ____ भी ____ (मत्ती २६:४७) थियो। यहूदीहरूका शासकहरू त्यहाँ थिए र साथै रोमी सिपाहीहरूको ठूलो समूह पनि थियो (शायद १०० भन्दा बढी नै) जसलाई यहूदीहरूले सहायताका लागि साथमा ल्याएका थिए (यूहन्ना १८:३ ग्रीकमा “टोली” भन्ने शब्दले रोमी सिपाहीहरूको एक समूह जनाउँछ जसमा ६०० सम्म सिपाहीहरू हुन सक्थ्यो)।

कल्पना गर्नुहोस्। रातको अन्धकार थियो अनि ती सबै मानिसहरू आफ्ना राँकाहरू लिएर आएका छन् (यूहन्ना १८:३)। यहूदाले उनीहरूलाई डोर्‍याउँदै ल्याउँछ। यिनै थिए ती यहूदी शासकहरू जसले ख्रीष्टलाई घृणा गर्थे र जसको साथमा यहूदी सिपाहीहरू थिए (मन्दिरका अफसिरहरू, यूहन्ना १८:३) अनि रोमी सिपाहीहरू पनि। अनि उनीहरूका हातहरूमा चाहिँ के थियो (यूहन्ना १८:३ले अखिरमा केलेखिएको छ)? तिनीहरू तरवारहरू र लाठाहरू र हतियारहरूले सुसज्जित छन् (मर्कूस १४:४३ सँग दाँज्नुहोस्)। किन? एउटा हतियारबिहीन व्यक्तिलाई पक्रन!

अगाडिबाट नै यहूदाले येशूका शत्रुहरूसँग कुरा मिलाइसकेको थियो कस्तो इशाराले पक्राइनुपर्ने व्यक्तिलाई उनीहरूले सजिलैसँग चिन्न सक्नेछन् भनेर। यो इशारा के थियो (मर्कूस १४:४४-४५)? ______________________________________________।

उसबेला चुम्बन मित्रहरूको बीच गरिन्थ्यो। पुरूषले पुरूषलाई वा स्त्रीले स्त्रीलाई अभिवादन वा मित्रभावको चिन्हस्वरुप चुम्बन गर्थे (रोमी १६:१६ दाँज्नुहोस्)। यहूदा मित्र थिए कि शत्रु? __________। के दाऊदले गोलियाथलाई पहिले चुम्बन गरेपछि मात्र ढुङ्गा हिर्काएका हुन्? कि ऊसँग हात मिलाएर? यदि यहूदाले येशूकहाँ गएर उहाँलाई थुकेका भए त्यो बरु उसको लागि कपटहीन कार्य ठहरिने थियो!

यहूदाको बढी कुरा गर्नु अगाडि, हामी आफ्नै हृदयहरू जाँचौं। के म साँच्चै प्रभु येशूलाई प्रेम गर्छु कि म देखावटी कपटी मात्र हुँ? के म हप्ताको एक दिन मण्डली सभामा प्रभुलाई “चुम्बन” गरेर बाँकी हप्ताभरि आफ्नो जीवनशैली, काम, बोलीले उहाँलाई “धोका” दिने गर्छु?

कैद गर्नेहरू कैदीको नियन्त्रणमा

ध्यान दिएर यूह्न्ना १८:४-६ पढ्नुहोस्। जब प्रभुले आफूलाई चिनाउँदै “म उही हुँ!” भन्नुभयो, तब यहूदीहरू र सिपाहीहरूको त्यो ठूलो भीडलाई के भयो? _________________ ____________________________________________। के यहुदा पनि पछारिए (यहून्ना १८:५दृ६)? ____________। निश्चय नै त्यो एक ताजुबको दश्य थियो जब सैयौं तालिमप्राप्‍त सिपाहीहरू र यहूदीहरूका भीड भुईंमा पछारिए र केवल एघार चेलाहरू र एक हतियारबिहीन येशू मात्रै खुट्टामा उभिइरहे! यो कसरी भयो? केवल “म उही हुँ” भन्ने वचन येशूले बोल्नुहुनासाथ! ती मानिसहरू भुईंबाट उठ्दै गर्दा, येशूले मानौं यसो भन्नुहुँदैथ्यो, “ठीक छ, तिमीहरू मलाई पक्रन सक्छौ, तर पहिला यो जान कि सब कुरा मेरै नियन्त्रणमा छ।”

परिस्थितिको सम्पूर्ण नियन्त्रण येशूकै हातमा थियो। पहिले नै यूहन्ना १०:११,१७,१८ मा उहाँले भनिसक्नु भएको कुरालाई फेरि यी मानिसहरूलाई याद गराउँदै हुनुहुन्थ्यो। येशूले इच्छापूर्वक, स्वेच्छापूर्वक आफ्नो प्राण दिन लाग्दै हुनुहुन्थ्यो अनि यही कारणले मात्र ती मानिसहरूले उहाँलाई पक्रेर लैजान सके। अरु समयमा पनि मानिसहरूले येशूलाई पक्रन र मार्न चाहेका थिए। तर त्यसबेला के उनीहरूले सो गर्न सके (हेर्नुहोस् यूहन्ना ७:३०; ८:२०; लूका ४:२८-३० इत्यादि? __________।

जुन प्रार्थना येशूले गर्नुभएन

त्यस साँझ अरु के भयो हामी यूहन्ना १८:१०-११ बाट जान्दछौं। पत्रुस प्रभुलाई गुहार गर्न हतारिएर अघि बढे अनि मुढे बलको जोशमा मानौं आँखा चिम्लेर मालकस नाम गरेको मानिसको दाहिने कान च्वाट्टै पारिदिए! डाक्टर लूकाको अनुसार, यसबारे येशूले के गर्नुभयो (लूका २२:५१)? ____________________________________________।

येशूलाई पक्राउ गर्ने मानिसहरूले दुइओटा आश्चर्यकर्म देखेः १) उनीहरूले यो देखे कि येशूले केवल “म हुँ” भन्नु पर्थ्यो र सबैजना पछारिन्थे; २) उनीहरूले काट्टिएको कान निको पारिएको आश्चर्यकर्म देखे। “उहाँ परमेश्वरको पुत्र हुनुहुन्नथ्यो” भनेर बाहाना गर्ने ठाउँ ती मानिसहरूलाई छ त? ______________।

के येशूलाई पत्रुसको सहायताको खाँचो थियो? __________। वास्तवमा, येशूले पत्रुसलाई यो भन्नुभयो, उहाँले प्रार्थना गर्नुभएको भए पिताले उहाँलाई एक सेकेण्ड पनि ढिलाइ नगरी बाह्र पल्टन भन्दा बढी ________________ जुटाउनुहुनेथ्यो (मत्ती २६:५३)। एक पल्टनमा ६,००० सिपाहीहरू हुन्थे। यसर्थ, १२ पल्टनमा (६,००० गुणा १२) __________________________ सिपाहीहरू हुन्थे। पिताले त १२ पल्टन स्वर्गदूत भन्दा बढी पठाउनेहुनेथ्यो! त्यो त थुप्रै स्वर्गदूतहरू हो! अनि यो त १२० टोली भन्दा बढी स्वर्गदूतहरू हुनेथ्यो (१ पल्टनमा १० टोली हुन्थे ), जब कि येशूलाई पक्रन यहूदीहरूको त केवल १ टोली रोमी सिपाहीहरू मात्र थिए (यूहन्ना १८:३ )। त्यति मात्र नभएर, स्वर्गदूतहरू त सामर्थवान् प्राणीहरू हुन्। के एउटै स्वर्गदूतले एक पूरै रोमी टोली वा पूरै रोमी फौजलाई सखाप पार्न सक्छ? यदि ख्रीष्टले यो प्रार्थना गर्नुभएको भए, त्यहाँ प्रभुलाई रक्षा गर्न र प्रत्येक एघार चेलाहरूलाई कम्तीमा एक-एक पूरै पल्टन स्वर्गदूत प्रबन्ध गरिनेथ्यो!

के येशूले यो प्रार्थना गर्नुभयो? ______________। किन गर्नुभएन (यूहन्ना १८:११)? ____________________________________________________________________। यदि ख्रीष्टले आफूलाई बचाउनुभएको भए, हामी कसरी बचाइन सकिन्थ्यौं? यदि ख्रीष्ट क्रूसमा नजानुभएको भए, पापी पुरूष, स्त्री र बालबालिकाहरूको निम्ति के आशा रहन्थ्यो?

वास्तवमा, के प्रभुलाई आफ्नो रक्षाको लागि पत्रुसको वा हजारौं स्वर्गदूतको सहायताको आवश्यकता थियो? ____________। यदि उहाँले केवल बोल्नासाथ उहाँका सबै शत्रुहरू भुइँमा पछारिन्थे भने, के उहाँले त्यसरी नै बोलेर मात्र उनीहरू भुइँमा पछारिएर मरेको मरै पार्न सक्नुहुन्नथ्यो? ______________। येशूले आफ्ना शत्रुहरूलाई मार्न चाहनुहुन्न थियो, उहाँ आफ्ना शत्रुहरूका लागि मर्न चाहनुहुन्थ्यो (रोमी ५:६,८,१०; यूहन्ना ३:१७; १२:४७)!! उदेकको प्रेम!

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email