योना, मीका, नहूम, हबक्कुक, सपन्याह

योना, मीका, नहूम, हबक्कुक, सपन्याह

 

योना, मीका, नहूम, हबक्कुक, सपन्याह

यस अध्यायमा हामी अझै पाँच जना लघु अगमवक्ताहरूको बारेमा अध्ययन गर्न चाहन्छौं। यी पाँचओटै पुस्तकहरू निर्वासन कालभन्दा अघि, अर्थात बेबिलोनी कैदभन्दा अगाडि लेखिएका हुन् (अध्याय ९ हेर्नुहोस्)। अब हामी यी पुस्तकहरू एक-एक गर्दैं हेर्नेछौं।

योना — सारा संसारको निम्ति परमेश्वरको प्रेम

सम्भवत: योनालाई जति बाइबलमा अरू कुनै पनि पुस्तकलाई आक्रमण गरिएको वा सताइएको छैन होला! अविश्वासीहरू कुनै मानिसलाई विशाल माछा (whale) ले जिउँदै निल्न अनि तीन दिनपश्चात जिउँदै बाहिर ओकेल्न एकदम असम्भव छ भनी घमण्डसाथ भन्दछन्! तिनीहरूले योनाको कथा वास्तवमै घटेको होइन र यो केवल एउटा विशाल “माछाको कथा” हो, दन्त्यकथा हो वा साँच्चै झैं लाग्ने शिशिर-वसन्त वा मुना-मदनको कथा जस्तो हो भनी भन्दछन्।

हामीले सँधै येशूले परमेश्वरको वचनको बारेमा के भन्नुभयो भनी सम्झना गर्नुपर्दछ: “तपाईंको वचन ____________ छ” (यूहन्ना १७:१७)। २ राजाको पुस्तकमा हामीले सिक्यौं कि योना वास्तविक मानिस थिए जो दुष्ट राजा यारोबाम दोस्रो (इस्राएलको राजा)को समयमा जिएका थिए। २ राजा १४:२५ मा हामीले यी शब्दहरू पढ्न सक्छौं: “परमप्रभु इस्राएलका परमेश्वरले आफ्ना दास अर्थात् गत-हेपेरबाटका अमित्तैका छोरा ________ भविष्यवक्ताद्वारा बोल्नुभएको उहाँको वचनअनुसार…..”। यारोबाम वास्तविक राजा थिए (२ राजा १४:२३)। इस्राएल वास्तविक जाति थियो र योनाचाहिँ केवल विचारको कुनै काल्पनिक पात्र थिएनन्। उनी वास्तविक बुबा भएका र वास्तविक शहरबाट आएका एक वास्तविक अगमवक्ता थिए।

के यो मानिस योना वास्तवमै विशाल सामुद्रिक जनावरद्वारा निलिएको हो त? योना र व्हेल (whale) माछाको बारेमा येशू आफैंले भन्नुभएको कुरालाई हेरौं, “किनकि जसरी योना ____________________________________ तीन दिन र तीन राज थिए……” (मत्ती १२:२०; योना १:१७सित तुलना गर्नुहोस्)। योनाको घटना वास्तवमै घटेको कुरालाई के येशूले विश्वास गर्नुभयो? _________। योनाले वास्तवमै नीनवेका मानिसहरूकहाँ गएर प्रचार गरेको कुरालाई के येशूले विश्वास गर्नुभयो (मत्ती १२:४१)? _____________। येशूले भन्नुभयो! मैले विश्वास गरें। समस्या समाधान भयो! योनाको घटना आश्चर्यजनक, चाखलाग्दो र रमाइलो मात्र छैन, तर यो सत्य पनि छ!

योनाको कार्यभार

योनालाई परमेश्वरद्वारा दिइएको एउटा कार्यभार थियो। परमेश्वरले उहाँको अगमवक्ता योनासँग बोल्नुभयो र भन्नुभयो, “उठ, त्यस ठूलो शहर _________ जाऊ, र त्यसको विरोधमा कराऊ; किनकि तिनीहरूको ____________ मेरो सामु आएको छ” (योना १:२)। योनालाई यो कार्यभार बेथलेहेममा ख्रीष्ट जन्मिनुभन्दा करिब ८०० वर्ष अगाडि दिइएको थियो। यो समयमा नीनवे एउटा महान् अश्शूरी शहर थियो। परमेश्वरले योनालाई त्यस अन्यजाति शहरमा जान र ती अन्यजाति मानिसहरूलाई प्रचार गर्न आज्ञा दिनुभयो। स्मरण रहोस्, अश्शूरीहरू इस्राएलका शत्रुहरू थिए!

संसारमै सबैभन्दा भयानक शक्ति

अश्शूरी सेनाहरू सारा पूर्वी इलाकामा सबैभन्दा डरलाग्दा थिए। ती मानिसहरू निकै युद्धप्रेमी र साह्रै निर्दयी थिए। तिनीहरूले मानसिक युद्धकला प्रयोग गर्ने गर्दथे। यसको अर्थ यो हो कि तिनीहरू आफ्नो शत्रुहरूको हृदयमा त्रास हाल्ने प्रयास गर्दथे। अश्शूरीहरूले पहिले डर दिने काम गर्दथे र त्यसपछि तिनीहरूले विजय प्राप्त गर्ने गर्दथे। प्राय: जसो मानिसहरूले आक्रमण गरिनुभन्दा पहिले नै आधा हार मानिसकेका हुन्थे। यशैया ३६ मा यरूशलेममा आक्रमण गर्नै लागेका अश्शूरीहरूले कसरी सर्वप्रथम यहूदीहरूलाई डर देखाउने कोसिस गरे भनी हामीले अध्ययन गर्दछौं।

हरेक शहरहरूमाथि जित हात पारेपछि अश्शूरीहरूले क्रूर र डरलाग्दो कार्यहरू गर्दथे। कहिले-काहिँ तिनीहरूले शत्रुहरूलाई कैद गरेर लैजान्थे र उनीहरूलाई जिउँदै छाला काटेर निकाल्थे। तिनीहरूले दुश्मनको शिर पनि काट्दथे र सूच्यग्रस्तम्थ (pyramid) बनाएर जम्मा पार्दथे। शहरभित्रै भएकाहरूले यस्तो घटना देख्दथे र भयभीत हुँदथे। पछिल्ला समयहरूमा अश्शूरीहरूले शहर घेरा हाल्दथे र कसैलाई भाग्दै गरेको भेट्टाए भने, तिनीहरूले त्यसलाई मार्दथे र शहरभित्रका सबै मानिसहरूले देखुन् भन्ने उद्देश्यले कुनै खम्बा वा काठको खाँबामा झूण्डाउँदथे। अश्शूरीले कुनै दया देखाउँदैनथे र धेरै वर्षसम्म संसारको यस भू-भागमा तिनीहरू निकै शक्तिशाली राज्य भएका थिए। पछि (योनाको समय पछि), यही अश्शूरी सेनाहरूले इस्राएलको उत्तरी राज्यको सर्वनाश गरे र मानिसहरूलाई कैदी बनाएर लिएर गए (अध्याय ५ हेर्नुहोस्)। परमेश्वरले उहाँका पापी प्रजाको इन्साफ गर्न यस दुष्ट जातिलाई प्रयोग गर्नुभयो।

योना यही दुष्ट अश्शूरीहरूकहाँ परमेश्वरद्वारा पठाइएको थियो! अब तपाईंले “तिनीहरूको दुष्टता” (योना १:२) भनी परमेश्वरले भन्नुभएको कुराको अर्थ के हो भनी राम्ररी बुझ्न सक्नुहुन्छ।

योना किन विपरीत दिशातर्फ दगुरे?

योना १:३ पढ्नुहोस्। के तपाईंले बाइबलको नक्सामा नीनवे शहरलाई भेट्टाउन सक्नुहुन्छ? योना भूमध्यसागरतर्फ जाने जहाजमा चढे! के तिनी परमेश्वरले तिनलाई जानु भन्नुभएको ठीक दिशातर्फ लागे कि विपरीत दिशातर्फ लागे______________________________________ ______________________ किन योना परमेश्वरले दिनुभएको कार्यभार पूरा गर्न विफल भए? कसैले भन्दछन् कि योना नीनवेमा जान डराएका थिए। तर योना ठूलो साहस भएको मानिस थिए भनी योना १:११,१२ बाट हामी सिक्न सक्छौं। उनी निश्चय पनि मर्न डराइरहेका थिएनन्! कसैले भन्दछन् कि योना सबै किसिमको आत्मिक समस्याहरू भएका निकै कमजोर र कमसल अगमवक्ता थिए। तर २ राजा १४:२५ मा योनालाई परमेश्वरको आफ्ना दा_____ भनिएको छ। योनाले आफैले पनि साहस र गर्वसाथ यसरी भनेका छन्, “म परमप्रभु स्वर्गका परमेश्वरको ________ मान्दछु” (योना १:९)। योना प्रार्थना गर्ने मानिस थिए (२ अध्याय) जसलाई पवित्र परमेश्वरको सम्मुखमा कसरी आउने भन्ने राम्रो ज्ञान थियो (३ अध्याय)। येशूले पनि योनालाई प्रचारकको रूपमा उसको महानतामा सहमत हुनुभयो र योनालाई आफैसँग तुलना गर्नुभयो: “अनि हेर, योनाभन्दा _________ यहाँ छन्” (मत्ती १२:४१)।

किन योना परमेश्वरले दिनुभएको कार्यभार पूरा गर्न विफल भए? किन योना विपरीत दिशातर्फ भागे? जवाफ योना ४:२ को अन्तिम खण्डमा पाइन्छ, “यसैकारण म पहिले टार्शिशतिर भागें; किनकि तपाईं ______________ परमेश्वर हुनुहुन्छ, ___________, _____________मा ढिलो र अति _______________ हुनुहुन्छ, अनि त्यस विपत्तिको विषयमा पछुताउनुहुन्छ भनी मैले जानेको थिएँ” (योना ४:२)।

अश्शूरीहरू वास्तवमै कत्तिको युद्धप्रेमी र निर्दयी थिए भनी योना जान्दथे। योना जान्दथे कि यी मानिसहरू परमेश्वर र परमेश्वरका मानिस, यहूदीहरूका शत्रु थिए। योनालाई ती मानिसहरूको अत्याधिक “दुष्टता”को बारेमा थाह थियो (योना १:२)। योना यस्तो व्यक्ति थिए जसलाई परमेश्वरको पवित्रता र परमेश्वरको इन्साफको (पापको दण्ड दिइनैपर्छ) बारेमा थाह थियो। योना पापलाई घृणा गर्ने र पापलाई दण्डित गरेको चाहने एक ईश्वरीय यहूदी थिए। परमेश्वरले नीनवेमा भएका अश्शूरीहरूलाई त्यसै जान दिनुभएको योनाले चाहेनन्; परमेश्वरले उनीहरूको इन्साफ गर्नुभएको तिनले चाहे। तिनले नीनवे जान इन्कार गरे किनभने परमेश्वरले त्यो शहर नाश नगर्नुहोला भनी तिनलाई डर लागेको थियो। अश्शूरीहरूले कहिल्यै पनि तिनीहरूको शत्रुहरूलाई दया देखाएका थिएनन्, त्यसैले किन परमेश्वले चाहिँ तिनीहरूलाई दया देखाउने? परमेश्वरले तिनीहरूको इन्साफ गर्नै पर्छ, तिनीहरू प्रति करुणामय हुने होइन! परमेश्वरले छिट्टै नै उहाँको क्रोध तिनीहरूको विरोधमा पोखाउनुपर्छ, रिसाउनुमा ढिलो हुने होइन! ती मानिसहरू जुन कुराको योग्यका छन्, त्यही नै तिनीहरूले पाउनुपर्छ भनी योनाले बिचार गरे, र तिनी सहि थिए पनि! तर योनाले परमेश्वरको अनुग्रह र सहनशीलताको बारेमा अध्याय सिक्नु खाँचो परेको थियो! (नोट: परमेश्वरको महान् व्यक्तित्व मोशाले पनि गन्ती २० अध्यायमा यस्तै किसिमको अध्याय सिक्नु परेको थियो।)

विशेष छुटकारा!

योना विशाल समुद्री जनावरद्वारा निलिएको घटना कुनै दुर्घटना होइन। यो दिन योनाको निम्ति “भाग्यमानी दिन” थिएन। बाइबलले हामीलाई बताउँदछ कि “योनालाई ________ परमेश्वरले एउटा ठूलो माछा _______________ थियो” (योना १:१७)। परमेश्वरले उहाँको इच्छा पूरा गर्न ठीक स्थानमा ठीक जनावरलाई ठीक समयमा पठाउनुभयो (परमेश्वरले अरू पनि के तयार गर्नुभयो भनी योना ४:६,७,८ मा ध्यान दिनुहोस्)।

परमेश्वरले दोस्रो पल्ट पनि योनालाई त्यही कार्यभार दिनुभयो (योना ३:१-२)। के योनाले पालन गरे (योना ३:३)? _____________ के योनाले प्रचार गरे (योना ३:४)? ___________ के नीनवेका मानिसहरूले उक्त सन्देशलाई विश्वास गरे (योना ३:५)? __________ के अश्शूरीहरू तिनीहरूको दुष्ट बाटोबाट फर्किए (योना ३:१०)? __________ के अश्शूरीहरूले पश्चात्ताप गरे (मत्ती १२:४१)? _____________ परमेश्वरले तिनीहरूको इन्साफ गर्नुभयो कि तिनीहरूलाई छोडिदिनुभयो (योना ३:१०)? _______________ के योना खुशी भए कि क्रोधित (योना ४:१)? ______________

योनाले अश्शूरीहरू प्रति वास्ता देखाएभन्दा पनि धेरै वास्ता अन्यजाति नाविकहरूले योनाप्रति देखाए। नाविकहरूले योना नाश भएको रुचाएनन् (योना १:१२-१४), तर योनाले अश्शूरीहरू नाश भएको रुचाए (योना ३:१३ र ४:१)। हजारौं मानिसहरूले भरिएको शहरप्रति भन्दा कुभिण्डो (एउटा वनस्पती) प्रति योनाको बढी चासो थियो। कीराले नाश गरेको त्यस वनस्पतिको निम्ति उसको दया थियो (योना ४:६-९), तर नीनवेका मानिसहरूको निम्ति उसको कुनै दया थिएन (योना ४:१०-११)। उनीहरू नाश भएको तिनले चाहे!

हराएकाहरूका निम्ति वास्ता

संसार परमेश्वरद्वारा इन्साफ गरिन र सर्वनाश गरिन लायकका दुष्ट मानिसहरूले भरिएको छ। तर बाइबलमा पाइने असल समाचार यो छ: “किनभने परमेश्वरले ___________ यस्तो प्रेम गर्नुभयो” (यूहन्ना ३:१६)। यदि परमेश्वरले हाम्रो बिरुद्ध हाम्रा अधर्महरू औंल्याउनुहुने र हाम्रा पापहरू राख्नुहुने हो भने, हामीमध्ये कोही पनि खडा रहन सक्नेथिएनौं (भजनसङ्ग्रह १३०:४ सित तुलना गर्नुहोस्), योना पनि सक्नेथिएनन्! तर “तपाईंसित _____________ छ” (भजनसङ्ग्रह १३०:४)। परमेश्वर अति अनुग्रहकारी हुनुभएकोमा योना साह्रै क्रोधित भएका थिए (योना ४:२)। परमेश्वर अनुग्रहकारी र रिसाउनुमा ढिलो हुनुभएको हुनाले हामी हरदिन धन्यवादी हुनुपर्दछ! यदि यो सत्य नभइदिएको भए, पाप गरेका अश्शूरी सेनाहरू मात्र होइन तर हामीहरू सबैजना नाश हुने थियौं! । बाइबलले भन्दछ, “___________ पाप गरेका छन्” (रोमी ३:२३)! तर खुशीको खबर यो छ कि “उद्धार _____________ हुन्छ” (योना २:९)!

के तपाईं हराएका मानिसहरू, दिदि-बहिनीहरू, केटाहरू, केटीहरू प्रति वास्ता राख्नुहुन्छ? परमेश्वरसँग मुक्तिको उदेकको समाचार छ जुन सबै मानिसहरूले सुनुन् भनी उहाँ चाहनुहुन्छ (मर्कूस १६:१५)। यो समाचार हराएका मानिसहरूकहाँ पुर्याउनलाई सहयोग गर्न के तपाईं इच्छुक हुनुहुन्छ? यसो गर्नलाई सहयोग गर्न के कस्ता तरिकाहरू तपाईंसँग छन्?

योनाको पुस्तकले हामीलाई रोमी ३:२९ मा सिकाइएको अचम्मका सत्यताहरूको सम्झना गराउँदछ! सबै मानिसहरू प्रति परमेश्वरको हृदय प्रेम र दयाले भरिएको छ र सबै मानिसहरूले मुक्ति पाऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ (१ तिमोथी २:३-४)? तपाईं नि?

सबैभन्दा ठूलो चिन्ह

योना १:१७ पढ्नुहोस्। ठूलो माछाको पेटमा योनाको बसाइ एउटा चिन्ह थियो! यो चिन्हले संसारकै ठूलो घटनालाई औंल्याइरहेको थियो। येशूले यो चिन्हको बारेमा मत्ती १२:३९-४० र मत्ती १६:४ मा बोल्नुभयो। मत्ती १२:४०का शब्दहरूलाई ध्यान दिनुहोस्—“जसरी योना … उसरी नै मानिसका पुत्र”। योना ठूलो व्हेल (whale) भित्र थिए; येशू पृथ्वी भित्र हुनुहुन्थ्यो। तीन दिनपछि योना बाहिर आए; तीन दिन पछि येशू फेरी जीवित हुनुभयो, र विजयकासाथ चिहानबाट बाहिर निस्कनुभयो! ठूलो माछा भित्र र बाहिरको योनाको अनुभव येशू ख्रीष्टको बौरिउठाइलाई औंल्याउने एउटा स्पष्ट चिन्ह थियो! योना माछाको पेटबाट बाहिर निस्केर आएपछि, परमेश्वरको सन्देश अन्यजातिहरू (अश्शूरी) माझ गयो। येशू मरेकाहरूबाट बौरेर उठ्नुभएपछि, परमेश्वरको सन्देश अन्यजातिहरू (सारा संसारमा—मर्कूस १६:१५) माझ गयो। आज बाँचिरहेका हरेक विश्वासी सबै मानिसहरूका निम्ति परमेश्वरको प्रेम र वास्ताको जिउँदो प्रमाण हो! परमेश्वरको प्रेम असिमित छ (सबैकहाँ फैलिएको र बढ्दैगरेको), सिमित छैन (थोरैको निम्ति मात्र सिमित)।

मीका-बेथेलेममा राजाको जन्म

मीका ख्रीष्टको जन्मभन्दा करिब ७०० वर्ष अगाडिका एक हिब्रू अगमवक्ता थिए। उनी अर्का एक महान् अगमवक्ताकै समयावधिमा जिएका थिए। तिनको नाम के थियो (यशैया १:१)? _________________ यशैया १ अध्यायमा मीका र यशैयाका दिनहरूका यहूदी मानिसहरूको आत्मिक अवस्थाबारे हामीले केही सिक्न सक्छौं। यशैया १:२-६,१६,१८ पढ्नुहोस्। ती मानिसहरूको वर्णन कसरी गरिएको छ? ___________________________________ आजको दिनमा हाम्रो राष्ट्रमा भएका मानिसहरूलाई तपाईं कसरी वर्णन गर्नुहुन्छ?

मीकाको समयमा यहूदी मानिसहरू दुई राज्यमा विभाजीत भएका थिए: यहूदा भनिने दक्षिणी राज्य, जसको राजधानी यरूशलेम थियो, र इस्राएल भनिने उत्तरी राज्य, जसको राजधानी सामरिया थियो। परमेश्वरले मीकालाई कुन दुई शहरको बारेमा विशेष सन्देश दिनुभयो (मीका १:१)? १)_________________ २)________________ के तपाईं यी दुई शहरहरूलाई बाइबलको नक्सामा पत्ता लगाउन सक्नुहुन्छ?

मीका नामको अर्थ “परमप्रभु जस्तो को छ र?” हो। यो प्रश्नको जवाफ तपाईंले कसरी दिनुहुन्थ्यो? परमेश्वरले जस्तै गर्नसक्ने के कोही मानिस छ होला र (मीका ७:१८मा पढ्नुहोस्)? ________ धेरै वर्ष अगाडि, मोशाले यही प्रश्न गरेका थिए (प्रस्थान १५:११)। यो प्रश्नको जवाफ तपाईंले कसरी दिनुहुनेथियो? ____________________________________ मीकाको दिनहरूमा बाँचिरहेका यहूदी मानिसहरूले परमप्रभु जस्तो कोही पनि छैन भनी जान्नु खाँचो परेको थियो! अधिकांश यहूदीहरू परमप्रभुबाट फर्केका थिए र मूर्तीहरूको पूजा गरिरहेका थिए। यदि परमेश्वर एउटै मात्र परमेश्वर हुनुहुन्छ भने मूर्तीपूजा मूर्खता, पापपूर्ण र गलत हो।

ख्रीष्टमस अगमवक्ताहरू

यशैया र मीका कहिलेकाहिँ “ख्रीष्टमस अगमवक्ताहरू” भनिन्छन्। उनीहरू दुवैजना एउटै समयमा बाँचेका थिए (ख्रीष्ट आउनुभन्दा झण्डै ७०० वर्ष अघि) र दुवैजनाले मसीहको जन्मको विषयमा लेखे।

यशैयाको “ख्रीष्टमस शब्दहरू” यशैया ७:१४ र ९:६-७ मा पाइन्छन् (अध्याय ९ हेर्नुहोस्)। ती पदहरूले परमेश्वर बालकको रूपमा जन्मनुहुनेछ र उहाँ कन्या स्त्रीद्वारा जन्मनुहुनेछ भनी स्पष्टसाथ पहिल्यै बताएका थिए। मीकाको प्रख्यात “ख्रीष्टमस शब्दहरू” मीका ५:२मा पाइन्छ—“तर तँचाहिँ, हे ___________ एफ्राता, तँ यहूदाका हजारौंको बीचमा सानो छस्; ता पनि तँबाट एकजना निस्केर आउनेछन्, जो इस्राएलका __________ हुनेछन्; जसका उद्गमहरू ता ________________ नै हुन्।” अनन्त परमेश्वर बेतलेहेममा जन्मनुहुनेछ! अनि सम्झना गर्नुहोस्, मीकाले यी शब्दहरू ख्रीष्टको जन्म नै हुनुभन्दा ७०० वर्ष अगाडि लेखेका हुन्।

७०० वर्ष पछि बुद्धिजिवीहरू (ज्योतिषीहरू) येरूशलेममा यस्तो प्रश्न गर्दै आए, “यहूदीहरूका राजा, जो जन्मनुभएको छ, कहाँ हुनुहुन्छ?” (मत्ती २:१-२)। सहि जवाफ कहाँ पत्ता लगाउन सकिन्छ भनी यहूदीहरूलाई थाह थियो! तिनीहरूले मीकाको पुस्तक हेरे र मसीहको जन्मस्थान बे___________ नै हुनुपर्छ भनी थाह गरे (मत्ती २:५-६)। बुद्धिजिवीहरू सानो गाठालो गाउँमा गएर राजालाई दण्डवत गरे!

परमेश्वरले मीकालाई दिनुभएको सन्देश

मीका परमेश्वरको महान् अगमवक्ता थिए। मीकाको बारेमा हामीले यर्मीयाको पुस्तकमा पनि पढ्न पाउँछौं (यर्मीया २६:१८-१९ पढ्नुहोस्) जसमा राजा हिजकियाहको समयमा मीकाको सेवाकाइको बारेमा लेखिएको छ।

हामीले मीकाको पुस्तकको बारेमा सोच्दाहुँदि, त्यति धेरै वर्ष अगाडि पमरेश्वरले यहूदीहरूलाई दिनुभएको सन्देश के थियो होला? केही कुराहरू भन्न सकिन्छ:

१) धार्मिकताको बदली रीतिरिवाजहरू होइनन्। रीतिरिवाजहरू भनेको भित्री रूपमा ठीक नभइ बाहिरी कृयाकलापबाट भएर जानु र बाहिरी रूपमा “धर्मी” बन्नु हो। परमेश्वरले भित्रपट्टि र बाहिरपट्टि धार्मिकता भएको चाहनुहुन्छ। मीकाको दिनहरूमा यहूदीहरू निकै धार्मिक थिए तर उनीहरू धर्मी भने थिएनन् (यशैया १ अध्याय पढ्नुहोस्)। परमेश्वरले उहाँसँग ठीक हृदय र ठीक सम्बन्ध भएको चाहनुहुन्छ: “हे मानिस, असल के हो, सो उहाँले तिमीलाई बताइदिनुभएको छ; अनि _______________ काम गर्नु, ___________ प्रेम गर्नु र _______________ आफ्ना परमेश्वरको साथमा हिँड्नुबाहेक परमेश्वरले तिमीबाट अरू के कुरा चाहनुहुन्छ र?” (मीका ६:८—यस पुस्तकको चाबी पदहरूमध्ये एउटा)।

२) पापले निश्चित इन्साफतर्फ डोर्याउँदछ। पापले (मानिसको गलत आचरण र व्यवहार) परमेश्वरको इन्साफतर्फ डोर्याउँदछ। परमेश्वरले पापलाई आशिष दिन सक्नुहुँदैन; उहाँले यसको इन्साफ गर्नै पर्छ! जब मानिसहरू परमेश्वरको विरुद्धमा जाँदछन्, परमेश्वर तिनीहरूको विरुद्धमा जानै पर्छ। अटुट पापले पक्का विनाशतर्फ लान्छ! के मीकाको दिनहरूमा यहूदीहरूको समस्या पापसँग थियो? __________

३) मानिसको समस्याको निम्ति परमेश्वरसँग समाधान छ। मानिसको समस्याको निम्ति परमेश्वरसँग भएको सामाधान मुक्तिदाताको व्यक्तित्वमा पाउन सकिन्छ जो एकदिन बेतलेहेमबाट आउनुहुनेछ (मीका ५:२)! उहाँ आज मानिसको हृदयमा राज्य गर्न चाहनुहुन्छ (मीका ६:८) र भविष्यमा उहाँले सम्पूर्ण पृथ्वीमाथि पनि राज्य गर्नुहुनेछ (मीका ४:१-७—राज्य!)।

४) परमेश्वर माफी दिन र क्षमा दिन आनन्दित बन्नुहुन्छ। परमेश्वरले पापलाई घृणा गर्नुहुन्छ तर उहाँले पापीहरूको आत्मालाई प्रेम गर्नुहुन्छ! मीका ७ अध्यायमा कुन पदले परमेश्वर माफी दिनुहुने र क्षमा दिनुहुने परमेश्वर हुनुहुन्छ भनी हामीलाई देखाउँछ? ___________ हामीले योना ४:१ मा परमेश्वरको बारे यही कुरा सिक्यौं!

के तपाईंले परमेश्वरको सन्देश सुन्नुभयो?

परमेश्वरको सन्देश सुन्नुपर्छध्यान दिनुपर्छ! बेतलेहेममा जन्मिनुहुने मुक्तादाताको बारेमा र पापीहरूलाई क्षमा दिन तयार रहनुभएको परमेश्वरको बारेमा मीकाकहाँ परमेश्वरको उदेकको सन्देश थियो। तर यदि मानिसहरूसँग यो सन्देश सुन्ने कान छैन भने, यसले तिनीहरूलाई कुनै फाइदा दिने छैन।

परमेश्वरको सन्देश सुन्नु महत्त्वपूर्ण छ भनी मीकाको पुस्तकमा तीनपटक बताइएको छ:

मीका १:२—“हे सबै जातिका मानिसहरूहो, ________!”

मीका ३:१—“अनि मैले भनें: … म तिमीहरूलाई विन्ती गर्दछु, ________!”

मीका ६:१—“परमप्रभु के भन्नुहुन्छ, सो अब तिमीहरूले ________!”

येशू ख्रीष्टले भन्नुभयो, “जसको कान छ, उसले ________” (प्रकाश २:७)।

धार्मिकताको बदली रीतिरिवाजहरू होइनन्!

नहूम—नीनवेको विनाश

अन्यजाति मानिसहरूमाथि परमेश्वरको इन्साफको बारेमा बताउने दुई जना लघु अगमवक्ताहरू छन्। हामीले पहिल्यै अध्ययन गरिसकेका छौं (अध्याय ११मा), ओबद्याहको पूरै पुस्तक एदोमको विनाशको बारेमा लेखिएको हो। नहूमको पूरै पुस्तक नीनवेको विनाशको बारेमा हो—अश्शूरीहरूको त्यो महान् शहर! नीनवेलाई “त्यो __________ शहर” भनिएको थियो (योना १:२)। यो विशाल शहर टाइग्रीस नदी छेऊ अवस्थित थियो (के तपाईंले नक्सामा यसलाई भेट्टाउन सक्नुहुन्छ?)। यो शहर विशाल पर्खालहरूले घेरिएको थियो जोचाहिँ सम्भवत: ४० फिट मोटो थियो। विशाल पर्खालहरूमाथि ६ ओटा रथहरू सँगै कुद्न सक्थे भनी भनिने गरिन्थ्यो।

जब नहूमले तिनको भविष्वाणी बताए, उक्त महान् अश्शूरी साम्राज्य कुनै समय तहसनहस हुनेछ जस्तो लाग्दैनथ्यो। अश्शूरी राज्य उसको सामर्थ्यको चुचुरोमा थियो र त्यो राज्य संसारको उक्त भू-भागमा सबैभन्दा ठूलो सैनिक शक्तिको रूपमा चिनिएको थियो र मानिसहरू तिनीहरूसँग डराउँथे (योनाको अध्ययनमाला हेर्नुहोस्)। तर घमण्डी एदोमलाई तल झार्नसक्नुहुने परमेश्वर उही परमेश्वर हुनुहुन्छ जसले घमण्डी अश्शूरीहरूलाई पनि तल झार्न सक्नुहुन्छ!

नीनवे अर्को कुरामा पनि महान् थियो। नीनवे पाप र दुष्टतामा महान् थियो। “त्यस ________ शहरलाई धिक्कार!” (नहूम ३:१)। यो शहर खूनी, क्रूर र पापपूर्ण शहर थियो!

योना-भाग २

नहूमको पुस्तकलाई योना पुस्तकको भाग २ पनि भन्न सकिन्छ। योनाको पुस्तकमा पनि हामीले यी अश्शूरीहरूको बारेमा अध्ययन गरेका थियौं। जब योनाले तिनीहरूलाई परमेश्वरको सन्देश प्रचार गरे तब “नीनवेका मानिसहरूले ______________ विश्वास गरे” (योना ३:५) र “तिनीहरू आ-आफ्ना ___________ चालबाट फर्के” (योना ३:१०)। फलस्वरुप परमेश्वरले उक्त शहरलाई छोडिदिनुभयो र त्यसको इन्साफ गर्नुभएन (योना ३:१०)।

योनाको दिनहरूमा अश्शूरीहरू तिनीहरूको दुष्ट चालहरूबाट फर्के, तर पछि तिनीहरू फेरी आफ्नै दुष्ट चालहरू तर्फ फर्के! योनाको दिनहरूमा गरिएको पश्चात्ताप अस्थायी थियो, स्थायी थिएन। निस्केर आएका नयाँ पुस्ताहरूले पुरानै दुष्टताहरू दोहोर्याए (योना १:२ पढ्नुहोस्)। योनाको दिनमा बाँचिरहेका मानिसहरू दुर्घटनातर्फ अग्रसर थिए। परमेश्वरको इन्साफ नखसुञ्जेल तिनीहरूसँग केवल ४० दिन मात्र बाँकी थियो (योना ३:४)। तर ती मानिसहरूले तिनीहरूका दिशा परिवर्तन गरे (योना ३:५-१०) र परमेश्वरले तिनीहरूलाई जान दिनुभयो! पछि अश्शूरीहरूले फेरी आफ्नो चाल बदले र फेरी तिनीहरू दुर्घटनातर्फ अग्रसर भए। पुन: एकपटक तिनीहरूको इन्साफको निम्ति सिधै अगाडि बढे!

परमेश्वर एकदम सहनशील र रिसाउनमा ढिलो हुनुहुन्छ। उहाँले दुष्ट अश्शूरीहरूलाई ४० दिन भन्दा अधिक समयावधी दिनुभयो! वास्तवमा उहाँले तिनीहरूलाई ४० वर्षहरू भन्दा पनि अधिक समयावधी दिनुभयो! अन्त्यमा गएर बेबिलोनीहरू र मादीहरूद्वारा आक्रमणमा परेर ई.पू. ६१२ मा महान् नीनवे शहर ध्वस्त भयो। यो घटना योनाले त्यहि शहरमा प्रचार गरेको करिब २०० वर्ष पछाडि घटेको थियो! परमेश्वरले उहाँको इन्साफलाई झण्डै २०० वर्षसम्म ढिलाइ गर्नुभयो, तर अन्त्यमा इन्साफ आयो नै (नहूम ३:७,१५,१९ पढ्नुहोस्)! शहरको विनाश भयो र ६१२ ई. पू. मा त्यो सर्वनाश भयो, अनि २००० वर्ष भन्दा धेरै समयदेखि त्यो शहर भग्नावशेष मै सिमित छ। हालसालै मात्र (सन् १८४३मा) उक्त शहरको भग्नावशेषहरू फेला पारिए र उत्खनन् (खनेर निकाल्नु) गरियो।

परमेश्वर सहनशील हुनुहुन्छ…तर

“परमप्रभु ____________मा _________ हुनुहुन्छ” (नहूम १:३), तर यसको अर्थ उहाँको इन्साफ कहिल्यै पनि आउँदैन भन्नेचाहिँ होइन! परमेश्वर जो रिसाउनमा ढिलो हुनुहुन्छ उहाँले “__________लाई कुनै रीतिले निर्दोष ठहर्याउनुहुन्न” (नहूम १:३)। यसको अर्थ दुष्टहरूलाई तिनीहरूको पापको दण्ड दिइनैपर्छ। परमेश्वरले पापलाई नदेखेजस्तो गर्न सक्नुहुँदैन र त्यो पाप छँदै-छैन भने जस्तो गर्न सक्नुहुँदैन।

मानिसहरूले परमेश्वरको बाटोमा (मुक्तिको मार्गमा) हिँड्न अथवा परमेश्वरको बाटोको विपरीत दिशामा (विनाश र ठक्करको मार्गमा) हिँड्न मध्ये एउटालाई चुन्नै पर्छ। जोहरूले परमेश्वरको बाटोको विपरीत दिशामा हिँड्ने निर्णय गर्छन्, तिनीहरूले विनाश (इन्साफ) को दिन आज नै नआएपनि एकदिन अवश्य आउनेछ भनी महसुस गर्नुपर्छ। इन्साफ अपरिहार्य र उम्कन असम्भव छ! यो त केवल समयको कुरा हो।

मुक्तिको बाटो केवल एउटा मात्र छ। परमेश्वरको इन्साफको सामना गर्नु सट्टा परमेश्वरको भलोपनको आनन्द लिने मार्ग एउटै मात्र छ। त्यो रहस्य नहूम १:७ मा पाइन्छ: “परमप्रभु __________ हुनुहुन्छ,,सङ्कष्टको दिनमा एउटा किल्ला ठहरिनुहुन्छ; अनि जसले उहाँमाथि ___________ राख्छन्, उनीहरूलाई उहाँ चिन्नुहुन्छ” (नहूम १:७)। के तपाईं परमेश्वरको भलोपनमा र परमेश्वरमा जो भलो हुनुहुन्छ, उहाँमा भरोसा राख्नुहुन्छ? __________ यदि राख्नुहुँदैन भने, न्यायकर्तालाई भेट्न तयार हुनुहोस्! बदला परमेश्वरको हो!

हबक्कूक—धर्मी जन विश्वासद्वारा जिउनेछ

हबक्कूकको पुस्तक १ अध्याय, ५-९ पदमा बताइएको बेबिलोनी निर्वासनको केही समयमै लेखिएको थियो। हबक्कूक अन्योलमा परेका व्यक्ति थिए। हामी उनलाई श्रीमान् प्रश्न चिन्ह भन्न सक्छौं! उनीसँग केही प्रश्नहरू थिए जसको उत्तर परमेश्वरले दिनुभएको तिनले इच्छा गरे।

हबक्कूकलाई संसारमा भएको पाप र दुष्टताको समस्याबारे चासो थियो। उनको परमेश्वर सिद्ध रूपमा पवित्र हुनुहुन्छ भनी तिनलाई थाह थियो। “तपाईंका आँखाहरू यति _______ ________ कि तपाईंले __________ हेर्नै सक्नुहुन्न, र ____________ देख्नै सक्नुहुन्न” (हबक्कूक १:१३)। उनले परमेश्वरलाई “मेरा ____________ जन” पनि भने (हबक्कूक १:१२)। कसरी यस्तो परमेश्वरले पाप र दुष्टतालाई अनुमति दिन सक्नुहुन्छ? यदि परमेश्वर पवित्र हुनुहुन्छ अनि पाप र दुष्टतालाई घृणा गर्नुहुन्छ भने, कसरी उहाँले यसलाई अनुमति दिन सक्नुहुन्छ त?

हबक्कूकका दुई प्रश्नहरू

प्रश्न नं.१—किन परमेश्वरले पापलाई अनुमति दिनुहुन्छ? हबक्कूक १:२-४ पढ्नुहोस्। हबक्कूकले आफ्नो वरिपरिको दुष्टता र पापलाई देखे। यहूदी मानिसहरू परमेश्वरदेखि अन्तै फर्किएका थिए। “किन परमेश्वरले केही गर्नुहुन्न? किन दुष्टहरू अधिकारमा छन् जस्तो देखिन्छ? किन परमेश्वरको इन्साफ आउँदैन? किन परमेश्वरले दुष्टता र पापलाई अघि बढिरहन दिनुहुन्छ?”

परमेश्वरको जवाफ—दुष्टहरू अधिकारमा छन् जस्तो देखिए तापनि वास्तवमा परमेश्वर नै अधिकारमा हुनुहुन्छ। परमेश्वरले पापको विरुद्धमा केही गर्नुहुनेछ र उहाँको इन्साफ आउनेछ! परमेश्वरले सदैवको लागि पापलाई अनुमति दिनुहुनेछैन। हबक्कूक १:५-११मा परमेश्वरले बेबिलोनीहरू (कल्दीहरू) चाँडै नै यहूदीहरूलाई आक्रमण गर्न र उनीहरूमाथि विजयी हुन आउनेछन् भनी आफ्नो अगमवक्तालाई भन्नुहुन्छ। परमेश्वरले बेबिलोनीहरूको प्रयोगद्वारा यहूदीहरूको इन्साफ गर्नुहुनेछ!

प्रश्न नं. २—परमेश्वरले दिनुभएको पहिलो प्रश्नको जवाफले हबक्कूकलाई झन् चकित तुल्यायो र अर्को प्रश्न गर्न उसलाई बाध्य बनायो: किन परमेश्वरले उहाँको प्रजालाई तिनीहरूभन्दा पनि बढी दुष्ट जातिद्वारा दण्ड दिन अनुमति दिन सक्नुहुन्छ (हबक्कूक १:१३)? इस्राएललाई ताडना दिन परमेश्वरले बेबिलोनीहरूको प्रयोग गर्दैहुनुहुन्थ्यो। किन परमेश्वरले यहूदीहरूभन्दा पनि बढी दुष्ट जातिद्वारा यहूदीहरूलाई ताडना दिनुहुन्छ? किन?

परमेश्वरको जवाफ—हबक्कूकले राम्रा प्रश्नहरू सोधे र सबैभन्दा महत्त्वपूर्ण कुरा त उनले ठीक व्यक्तिलाई प्रश्न गरे! परमेश्वरलाई आफूले के गर्दैछु भनी थाह छ (हबक्कूक २:२०)! परमेश्वरले दुष्ट बेबिलोनीहरूको पनि इन्साफ गर्नुहुनेछ! वास्तविक जवाफ यस पुस्तकको चाबी पदमा पाइन्छ, हबक्कूक २:४: “हेर, त्यसको मन, जो घमण्डले फुलिएको छ, त्यो त्यसभित्र सीधा छैन; तर __________ _________ आफ्नो विश्वासद्वारा ____________”। यो पदले सिकाउँदछ कि घमण्डले मृत्युतर्फ डोर्याउँछ तर विश्वासले जीवनतर्फ डोर्याउँछ! यो पदले दुई समूहका मानिसहरूको बारेमा बताउँदछ: “एउटा समूह जो भ्रष्ट छ र विनाशतर्फ बगिरहेको छ; अर्को समूह, जो विश्वासद्वारा परमेश्वरतर्फ बढिरहेको छ” (J. Vernon McGee)। यो पद यति महत्त्वपूर्ण छ कि नयाँ नियममा यो तीनपटक उद्दरण गरिएको छ: रोमी १:१७; गलाती ३:११ र हिब्रू १०:३८। परमेश्वरमा विश्वास गर्नुहोस् र तपाईं बाँच्नुहुनेछ (यूहन्ना ६:४६; १ यूहन्ना ५:११-१२)! जीवनको निम्ति विश्वास नै चाबी हो!

परमेश्वरले हामीहरू मध्ये हरेकलाई प्रश्नहरूदेखि विश्वासमा ल्याउन चाहनुहुन्छ। हबक्कूकको पुस्तक प्रश्नचिन्ह (?) बाट सुरु हुन्छ तर पुस्तकको अन्त्यमा हबक्कूक परमेश्वर र उहाँको सामर्थ्यमा आनन्द मनाइरहेका हुन्छन् (हबक्कूक ३:१८-१९)!

जब तपाईं जीवनको सबैभन्दा कठीन प्रश्नहरूको कारणले अन्योलमा पर्नुभएको छ भने, यो सम्झना गर्नुहोस्: १. परमेश्वरसँग जवाफ छ। २. परमेश्वरलाई आफूले के गर्दैछु भनी थाह छ (हबक्कूक २:२०)। ३. विश्वास नै चाबी हो: तपाईंले परमेश्वरलाई उहाँको वचनअनुसार लिनुपर्छ र उहाँले भन्नुभएको कुरामा विश्वास गर्नुपर्छ! विश्वासको जीवन (हबक्कूक २:४) भनेको आनन्दको जीवन हो (हबक्कूक ३:१८)। बाहिरी आवरणको हिसाबमा न्याय नगर्नुहोस् तर परमेश्वरको वचन अनुसार गर्नुहोस्!

सपन्याह—परमप्रभुको दिन

सपन्याह पुस्तकको विषयवस्तु परमप्रभुको दिन हो। लघु अगमवक्ताहरू मध्ये अर्को कुन पुस्तकमा पनि यही विषयवस्तु छ (अध्याय ११ हेर्नुहोस्)? ___________________ सपन्याहले यो शब्दावली (“परमप्रभुको दिन”) अरू कुनै पनि अगमवक्ताले भन्दा अधिक प्रयोग गरेका छन् (सात पटक)।

परमप्रभुको दिनक बारेमा सपन्याह १:१४-१६ मा वर्णन गरिएको छ:

____________________________को दिन
_______________________________को दिन
_______________________________को दिन
______________________________को दिन
______________________________को दिन

यो दिन परमेश्वरको रीस र क्रोधको दिन हुनेछ भनी हामीलाई बारम्बार बताइएको छ (सपन्याह १:१५; २:२,३)! यो न्यायको दिन हो।

सपन्याह यहूदाको शासक, राजा योसियाहको दिनमा जिएका हुन् (अध्याय ५को चार्टमा हेर्नुहोस्)। सपन्याह राजा हिजकियाहका खनाति थिए (सपन्याह १:१)। सपन्याहले अगाडि हेर्दछन् र बेबिलोनीहरूको आक्रमणलाई परमेश्वरको रिस र न्यायको दिनको रूपमा देख्दछन्। तर बेबिलोनीहरूको आक्रमण त पछि भविष्यमा आउने त्यो भन्दा पनि धेरै ठूलो “परमेप्रभुको दिनको” चित्रण थियो:

सपन्याहले परमेश्वरको इन्साफभन्दा पनि अधिक कुराहरू देखे। उनले परमेश्वरको उदेकको प्रेम (सपन्याह ३:१७) र परमेश्वरमाथि भरोसा गर्नेहरूको निम्ति उहाँको उदेकको राज्य (सपन्याह ३:१४-२०) पनि देखे। अधिकांश अगमवक्ताहरूले आउन लागेको इन्साफको बारेमा चेताउनी दिए, तर उनीहरूले आउनेवाला राज्य युगको झलक दिएर परमेश्वरका जनहरूलाई उत्साह पनि दिए।

कसरी एउटा व्यक्ति समस्याको समयमा र इन्साफको समयमा सुरक्षित रहन सक्छ? परमेश्वरको इन्साफ नजिकै छ तर परमेश्वर आफैं पनि नजिकमा हुनुहुन्छ, र उहाँलाई खोज्ने समय अहिले नै हो: “हे देशका सबै नम्रहरूहो, जसले उहाँको न्यायको काम गरेका छौ, परमप्रभुको _________ गर! ____________ खोजी गर! ____________ खोजी गर! हुन सक्छ, परमप्रभुको ________ दिनमा तिनीहरू ______________” (सपन्याह २:३)! के तपाईंले परमेश्वरमा लुक्ने स्थान भेट्टाउनुभएको छ? के तपाईं त्यहाँ लुकिरहनुभएको छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email