उत्पत्ति र प्रस्थान
उत्पत्ति र प्रस्थान
उत्पत्ति – शुरुआतहरू सम्बन्धी पुस्तक
बाइबलकै सबभन्दा पहिलो पुस्तकको नाम के हो ? ____________। यस नामको अर्थ के हो? “उत्पन्न हुनु” भन्ने क्रियापदबाट उत्पत्ति भन्ने शब्द आउँछ जसको अर्थ “जन्मनु”, “जन्माउनु” भन्ने हुन्छ। तसर्थ यस शब्दले कुनै कुराको उद्भव वा अस्तित्वमा आउने काम वा कुनै कुराको शुरुआत जनाउँछ। (टिप्पणी: उत्पत्ति भन्ने शब्द हिब्रूको תלדות (टोल्डोथ) भन्ने शब्दसँग सम्बन्धित छ जसलाई नेपाली बाइबलमा विभिन्न प्रकारले अनुवाद गरिएको छ – “सृष्टिको वृत्तान्त” (उत्पत्ति २:४) “वंश विवरण” (उत्पत्ति ५:१), “वृत्तान्त” (उत्पत्ति १०:१; ११:१०; ११:२७: २५:१२ आदि)। सृष्टिका यावत् थोकहरू कसरी हुन आए? सम्पूर्ण कुराहरूको शुरुआत कसरी भयो? तमाम वस्तुहरूको थालनी कसरी भयो? सम्पूर्ण कुराहरू कसरी शुरु भए? उत्पत्तिको पुस्तकले यी प्रश्नहरूको जवाफ दिन्छ। उत्पत्तिको पुस्तक शुरुआतहरू सम्बन्धी पुस्तक हो।
चावी पद
उत्पत्तिको पुस्तक शुरुआतहरूको पुस्तक हो भनेर हामीले कसरी यादमा राख्न सक्छौं? हामीले केवल उत्पत्तिकै पहिलो पदलाई सम्झे पुग्छ – “_______मा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” “आदि” को अर्थ हो “थालनी, शुरु”। शुरुमै परमेश्वर हुनुहुन्थ्यो! बाइबलको शुरुमै हामी परमेश्वरलाई भेट्टाउँछौं!
परमेश्वर को हुनुहुन्छ?
बाइबलको शुरुमै परमेश्वर प्रस्तुत हुनुभएको पाउँछौं र बाइबलको पहिलो पुस्तकले हामीलाई परमेश्वर को हुनुहुन्छ भनेर बताउँछ!
उहाँ सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ (उत्पत्ति १-२)!
उहाँ मुक्तिदाता परमेश्वर हुनुहुन्छ (उत्पत्ति ३:१५,२१)!
उहाँ न्यायकर्ता परमेश्वर हुनुहुन्छ (उत्पत्ति ६-८)!
उहाँ जाति-जातिका परमेश्वर हुनुहुन्छ (उत्पत्ति ९-११)!
उहाँ इस्राएलका परमेश्वर हुनुहुन्छ (उत्पत्ति १२-५०)!
उत्पत्तिमा उल्लेख भएका उहाँका नामहरूबाट पनि परमेश्वरको बारेमा सिक्दछौं। उहाँ ____________ परमेश्वर हुनुहुन्छ (उत्पत्ति १४:१८)। उहाँभन्दा महान्, उहाँभन्दा उच्च कोही छैन! उहाँ __________________ परमेश्वर हुनुहुन्छ (उत्पत्ति १७:१)। के परमप्रभुको निम्ति कुनै कुरा कठिन छ (उत्पत्ति १८:१४)? ______। उहाँ _____________ परमेश्वर हुनुहुन्छ (उत्पत्ति २१:३३) जसको न ता शुरु छ न अन्त। बाइबलकै सबभन्दा पहिलो पुस्तकमा परमेश्वरले आफ्नो परिचय दिनुभएको छ!
उत्पत्तिको पुस्तक लेख्ने को थिए?
उत्पत्तिको पुस्तक परमश्वरको वचन हो (हेर्नुहोस्, अध्याय १)। आफ्नो वचनको यो खण्ड लेख्नलाई परमेश्वरले कसलाई प्रयोग गर्नुभयो? बाइबलको पहिलो पाँचओटा पुस्तकहरू मोशाले लेखेका हुन्। यी पुस्तकहरूलाई समग्रमा “मोशाको पुस्तक” वा “व्यवस्था” भन्ने गरिन्छ। प्रभु येशूले यूहन्ना ५:२६ र लूका २४:२७, ४४ मा मोशाले ती पुस्तकहरू लेखेका थिए भन्दै तिनका विषयवस्तुको चर्चा गर्नुभयो।
शुरुआतहरूका पुस्तक
मान्छेले विवाह किन गर्नुपर्छ? मान्छे किन मर्छ? संसारमा आज किन थुप्रै भाषाहरू छन्? संसारका राष्ट्रहरू र जातिहरू कहाँबाट आए? उत्पत्तिको पुस्तकलाई ठीकसँग नबुझेसम्म कसैले पनि यी प्रश्नका जवाफ दिन सक्दैन। जोडा मिलाउनुहोस्:
प्रथम र अन्तिम
कुनै पनि कथाको शुरु र अन्त हुन्छ। मानौं तपाईंले एउटा कथाको किताब भेट्टाउनुभयो जसको शुरुका दश पन्नाहरू हराएका रहेछन्। तपाईंलाई त्यो कथा बुझ्न कठिन हुनेछ किनकि त्यसको शुरुआत नै तपाईंलाई थाहा छैन! उत्पत्तिको पुस्तकबिना बाइबल एक अपूर्ण पुस्तक हुनेथ्यो। बाइबल शुरुआतबिना हुनेथ्यो। उत्पत्तिको पुस्तकले बाइबलका अन्य सबै पुस्तकको परिचय दिने काम गर्दछ र उत्पत्तिबिना अन्य पुस्तकहरू बुझ्न कठिन हुनेथ्यो।
बाइबल उत्पत्तिबाट शुरु हुन्छ र प्रकाशमा पुगेर अन्त हुन्छ। उत्पत्तिमा थालनी भएको कुरा प्रकाशमा पुरा हुन्छ। सब थोकको शुरुआत कसरी भयो, उत्पत्तिले बताउँछ; सब थोकको अन्त कसरी हुनेछ, प्रकाशले बताउँछ। उत्पत्तिचाहिँ जग हो जसमाथि बाँकी सबै पुस्तकहरू अडेका छन्; प्रकाशचाहिँ छाना हो जसले भवनलाई पूर्ण तुल्याउँछ। निम्न तालिकाले यस कुरालाई प्रस्ट पार्छ:
महान् घटनाहरू
उत्पत्तिको पुस्तकले हाम्रो संसारमा घटेका धेरैओटा महान् र महत्त्वपूर्ण घटनाहरूको बारेमा बताउँछ। उत्पत्तिको पुस्तकका कुन कुन अध्यायहरूले निम्नलिखित घटनाहरूको बयान गर्छन् (उदाहरणस्वरूप पहिलोलाई यहाँ पूरा गरिएको छ):
कुन चाहिँ पहिला आयो?
केवल उत्पत्तिको पुस्तकले मात्रै शुरुआत सम्बन्धी अप्ठ्यारा प्रश्नहरूको जवाफ दिन सक्छ। विज्ञानसँग यस्ता जवाफहरू छैनन्, तर परमेश्वरसँग छ। बाइबलकै पहिलो अध्यायमा जाऔं अनि हाम्रा विभिन्न प्रश्नहरूको जवाफ त्यहाँ के पाउँछौं, हेरौं:
उत्पत्ति अध्याय १ मा परमेश्वरले भन्नुभए अनुसार…
कुनचाहिँ पहिला आयो, घाम कि पृथ्वी? ____________
कुनचाहिँ पहिला आयो, घाम कि जून? ______________
कुनचाहिँ पहिला आयो, बनस्पति कि पशु? ___________
कुनचाहिँ पहिला आयो, जल-प्राणी कि स्थल-प्राणी? _____________________
कुनचाहिँ पहिला आयो, घस्रिने जन्तुहरू कि पक्षीहरू? _____________________
कुनचाहिँ पहिला आयो, घाम कि बनस्पति? ______________
कुनचाहिँ पहिला आयो, चल्ला कि अण्डा? ______________।(परमेश्वरले चल्लाको सृष्टि गर्नुभएको थियो कि अण्डाको?)
बाइबलको बीजारोपणको थलो
उत्पत्तिको पुस्तक बाइबलको बीजारोपणको थलो हो। उत्पत्तिको पुस्तकमा बीजहरू रोपिन्छन् अनि अन्य पुस्तकहरूमा ती बीजहरू ठूला बिरूवा र रूखहरूको रूपमा बढेर गएका देखिन्छन्। अन्य पुस्तकहरूमा हामी यी बिरूवा र रूखहरूका विषयमा सिक्न सक्छौं (जस्तै; पाप, शैतान, इस्राएल, मुक्तिदाता सम्बन्धी प्रतिज्ञा), तर ती बिरुवा र रूखहरूका बिजन भने उत्पत्तिकै पुस्तकमा भेटिन्छन् भन्ने कुरा हामीले नबिर्सौं। अन्य पुस्तकहरूमा हामी तिनीहरूलाई बढ्दै गएको देख्छौं तर उत्पत्तिमा भने तिनीहरूको बीजारोपण भएको देख्छौं।
विश्वभरिका वंशहरू
उत्पत्तिको पुस्तकले हामीलाई विश्वभरिका वंशहरूको बारेमा बताउँछ। पहिला हामी आदमको वंशको बारेमा र तिनीहरू कसरी दुष्ट बने भनेर सिक्दछौं। नूहका तीन छोराहरू थिए; यी तीन छोराहरूबाट विश्वभरिका सम्पूर्ण वंशहरू आए (उत्पत्ति ९:१९; १०:३२)। उत्पत्ति १२ अध्याय र त्यसपछाडिका खण्डहरूमा हामी अब्राहामको वंशको बारेमा सिक्दछौं। महान् राष्ट्र इस्राएल अब्राहामबाटै आयो (उत्पत्ति १२:२)।
मुक्तिदाताको प्रतिज्ञा
मुक्तिदाता सम्बन्धी पहिलो प्रतिज्ञा उत्पत्ति ३:१५ मा पाइन्छ। उक्त पदले मुक्तिदाता (मसीह) स्त्री (हव्वा) को बीजबाट आउनुहुनेछ र सर्प (शैतान) लाई पराजित गर्नुहुनेछ भन्ने कुरा बताउँछ। हामी उत्पत्तिको पुस्तकमा मुक्तिदाताको वंशावली अर्थात ख्रीष्ट (मसीह) को पूर्ख्यौलीलाई देख्न थाल्छौं। हामी लूका ३:३३-३८ मा ख्रीष्टका पूर्खाहरू हव्वा, सेथ, नूह, शेम, तेरह, अब्राहाम, इसाहक, याकूब र यहूदा थिए भन्ने देख्दछौं। हामी यी व्यक्तिहरूका विषयमा उत्पत्तिको पुस्तकमा पढ्दछौं।
एक समयानुकूल पुस्तक
म कहाँबाट आएँ? के म बाँदरबाट विकसित हुँदै आएको हुँ? कि म एक सर्वशक्तिमान् परमेश्वरद्वारा सृष्टि गरिएको हुँ? उत्पत्तिको पुस्तकले यी महत्त्वपूर्ण प्रश्नहरूको जवाफ दिन्छ। आफू कहाँबाट आएँ भनी नजान्ने व्यक्तिहरू आफू किन यहाँ छु र कहाँ जाँदैछु भन्ने कुरा पनि सामान्यतया जानेका हुँदैनन्! उनीहरूलाई जीवनको कुनै अर्थ भएको लाग्दैन। उत्पत्तिको पुस्तकले हामीलाई हाम्रो वरिपरिको संसारको वास्तविक अर्थ जान्न मद्दत गर्दछ। उत्पत्तिको पुस्तकलाई बेवास्ता गर्नेहरू आफूहरू बसेको संसार र आफ्नो शुरुआतको सम्बन्धमा अनभिज्ञ हुन्छन्।
तपाईं आफू बसेको संसारको विषयमा विचार गर्ने क्रममा निम्नलिखित कुराहरूको विषयमा विचार गर्नुहोस् अनि यी कुराहरूको बारेमा बुझ्न उत्पत्तिको पुस्तकले तपाईंलाई कसरी मद्दत गर्दछ भनेर बताउनुहोस् –
मेरो शुरुआत
उत्पत्ति शुरुआतहरूको पुस्तक हो। मेरो शुरुआत कहिले भयो नि? आफ्नो भौतिक जीवनको विचार गर्ने क्रममा म यो महसुस गर्दछु – परमेश्वरले मलाई सृष्टि गर्नुभएकै हो! म कुनै सञ्जोगको परिणाम होइन! परमेश्वरले आदम र हव्वालाई धेरै अगाडि सृष्टि गर्नुभयो र त्यसबेला नै मलाई परमेश्वरले आफ्नो मनसायमा राखिराख्नुभएको थियो। भविष्यमा मेरो जन्म हुनेछ भनी परमेश्वर अघिबाटै जान्नुहुन्थ्यो। यो सब परमेश्वरको सिद्ध योजनामा भएको हो!
बुद्धिमा सर्वसम्पन्न, सर्वशक्तिमान् परमेश्वरद्वारा म सृजिएको हुँ; मेरो जन्म ______ वर्ष अगाडि भयो। मेरो आत्मिक जीवनको शुरुआत कहिले भयो नि? के म नयाँ गरी जन्मेको छु (युहन्ना ३:१-७)? __________।के म ख्रीष्टमा एक नयाँ सृष्टि बनेको छु (२ कोरिन्थी ५:१७)? _____________। के मैले अनुग्रहद्वारा मुक्ति पाएको छु (एफेसी २:८-९)? _____________।के म ख्रीष्ट येशूमा सृजना गरिएको छु (एफेसी २:१०)? ____________। एक व्यक्तिले आफूले ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रुपमा ग्रहण गरेको दिनलाई फर्केर हेर्न सक्दछ र भन्न सक्दछ, “यो नै मेरो आत्मिक जीवनको शुरुआत थियो! परमेश्वरले मलाई ख्रीष्टमा एक नयाँ सृष्टि बनाउनुभयो! आकाश र पृथ्वी सृष्टि गर्नुहुने परमेश्वरले नै मेरो प्राणलाई बचाउनुभएको छ! परमेश्वरले गरिदिनुभएको कामको कारण वर्तमानमा नै मसँग अनन्त जीवन छ!”
प्रस्थान – परमेश्वरद्वारा निर्गमित जाति
मोशाको दोस्रो पुस्तक
प्रस्थानको शाब्दिक अर्थ हो, एक ठाउँबाट अर्को ठाउँमा जाने काम, बाहिर जाने काम अर्थात् निर्गमन। प्रस्थान भन्ने शब्दलाई विचार गर्दा हामीले त्यो समयलाई सम्झनुपर्छ जब परमेश्वरले आफ्नो जाति इस्राएललाई दासत्वबाट बाहिर निकाल्नुभएको थियो। “एक्सोडोस्” (εξοδος) भन्ने ग्रीक शब्द हिब्रू ११:२२ मा पाइन्छ – “विश्वासैद्वारा यूसुफले मर्न लाग्दा इस्राएलका सन्तानहरूको __________ _______ विषयमा चर्चा गरे” (टिप्पणी: “निस्केर जाने” = ग्रीकमा “एक्सोडोस्”)। यूसुफको पालामा इस्राएलका सन्तानहरू मिश्रदेशमा थिए तर एक दिन परमेश्वरले उनीहरूलाई बाहिर निकाल्नुहुनेछ अनि उनीहरू त्यो दास्तवको देशबाट प्रस्थान गर्नेछन् भनेर यूसुफलाई थाहा थियो! यो नै प्रस्थानको पुस्तकको मुख्य विषयवस्तु हो – “इस्राएलीहरू मिश्रबाट ____________ (प्रस्थान) तीन महीना भएपछि…” (प्रस्थान १९:१)। परमेश्वरले आफ्नो जातिलाई दासत्वदेखि मुक्त गर्नुभयो र मिश्रबाट निकाल्नुभयो। यो मोशाको समयमा पूरा भयो जसको विवरण हामी प्रस्थानको पुस्तकमा पढ्दछौं।
प्रस्थानको पुस्तकको विषयवस्तु के हो?
प्रस्थानको पुस्तकमा हामी पाँचओटा महान् घटनाहरूको बारेमा सिक्दछौं। हामी यी घटनाहरूलाई सारांशमा हेरौं –
१) राष्ट्रको वृद्धि
यूसुफको पालामा इस्राएलीहरू मिश्रदेशमा पहिलो पटक आइपुग्दा उनीहरू जम्माजम्मी कतिजना थिए (प्रस्थान १:५)? ______। उनीहरू विशाल जाति थिएनन्! तर परमेश्वरले धेरै अघिबाट यस जातिको वृद्धि गराउनुहुने र उनीहरूको सङ्ख्या समुद्री किनारका बालुवा र आकाशका तारा सरह बनाउनुहुने प्रतिज्ञा अब्राहामसित गर्नुभएको थियो (उत्पत्ति २२:१७)। के परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो (प्रस्थान १:७)?___________। इस्राएलका सन्तानहरू यति धेरै भए कि मिश्रीहरू डराए (हेर्नुहोस् प्रस्थान १:९-१०)। मिश्रका राजाले उनीहरूलाई बढ्न नदिन भ्याएसम्म प्रयास गरे तर के उनको प्रयास सफल भयो (प्रस्थान १:१२, १६-१७)? _______
२) परमेश्वरले विपत्तिहरू पठाउनुभयो
अन्तमा मोशाको पालामा इस्राएलका सन्तानहरू मिश्रदेशलाई छोडेर जाने बेला आयो तर राजा फारोले उनीहरूलाई जान दिन मानेनन्। यसकारण परमेश्वरले मिश्रदेशलाई एकपछि अर्को विपत्तिले प्रहार गर्नुभयो (भ्यागुताहरू, पानी रगत बनेको, भुसुनाहरू, पिलोहरू, असिना आदि)। हामी यी विपत्तिहरूका बारेमा प्रस्थान ७-१२ मा पढ्न सक्छौं।
३) इस्राएल दासत्वबाट छुटाइयो
परमेश्वरले पठाउनुभएको अन्तिम विपत्ति सबभन्दा डरलाग्दो थियो। मिश्रीहरूको हरेक परिवारमा जेठा छोराको मृत्यु भयो। यो भएपछि फारोले इस्राएलका सन्तानहरूलाई जान दिने निर्णय गरे। तर पछि फारोको मन बदलियो र उनले सेना परिचालन गरेर इस्राएलीहरूलाई खेद्न थाले तर परमेश्वरले आफ्नो जातिलाई लाल समुद्र पार गराउनुभयो अनि मिश्रीहरूलाई लाल समुद्रमा डुबाइदिनुभयो। यो अच्चम्मको छुटकाराको वर्णन प्रस्थान १२-१५ मा पढ्न सकिन्छ।
४) व्यवस्था दिइयो
लाल समुद्र पार गरेर इस्राएलका सन्तानहरू एक उजाड भूमिमा आइपुगे। यहीँ नै, सीनै पर्वतबाट, परमेश्वरले इस्राएलका सन्तानहरूलाई आफ्नो व्यवस्था र आज्ञाहरू दिनुभयो। व्यवस्था दिइएको घटना प्रस्थान १९-२३ मा पढ्न सकिन्छ।
५) भेट हुने पालको निर्माण
प्रस्थानको पुस्तकको अन्तिम खण्ड (अध्याय २५ देखि अन्तसम्म) भेट हुने पालको निर्माण सम्बन्धी बयान हो। परमेश्वर आफ्ना मानिसहरूको बीचमा बस्न चाहनुहुन्थ्यो जसअनुसार उहाँले मोशालाई भेट हुने पालको निर्माण गर्ने आज्ञा दिनुभयो। भेट हुने पाल एउटा ठूलो तम्बु थियो; प्रस्थानको पुस्तकमा हामी यस तम्बु र यसभित्र भएका सबै सामग्रीहरूको बारेमा सिक्दछौं। आज हाम्रो हातमा भएको बाइबल त्यसबेलाको इस्राएलका सन्तानहरूसँग थिएन। तर उनीहरूसँग त्यो भेट हुने पाल थियो अनि यस विशेष तम्बु मार्फत उनीहरूले प्रभु येशू ख्रीष्ट र उहाँले उनीहरूको निम्ति गरिदिनुहुने कामको बारेमा निश्चित कुराहरू जान्न सक्थे। उनीहरूले बाइबल पढ्न पाएनन् तर उनीहरूले त्यो भेट हुने पाललाई हेर्न सक्थे र परमेश्वरको बारेमा जान्न र उहाँकहाँ कसरी आउन सकिन्छ भन्ने बारेमा धेरै सत्यताहरू सिक्न सक्थे।
चावी अध्याय
प्रस्थानको पुस्तकको चावी अध्याय हो अध्याय २०। यही अध्यायमा हामी दश आज्ञा भेट्टाउँछौं। तपाईं दशै ओटा आज्ञाहरू भेट्टाउन सक्नुहुन्छ?
यही अध्यायमा हामी प्रस्थानको पुस्तकको चाबी पद पनि भेट्टाउँछौं। प्रस्थान २०:२ लाई पढ्नुहोस् – “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् ___________को देश __________ _______________ ____________।”
प्रस्थानको पुस्तकको चाबी (मूल) विचार हो – छुटकारा अर्थात् उद्धार। परमेश्वरले आफ्ना मानिसहरूलाई मिश्रदेशबाट छुटाउनुभयो, दासत्वबाट छुटाउनुभयो। परमेश्वरले धेरै अघि अब्राहामलाई भन्नुभएको थियो, इस्राएलका सन्तानहरू कुनै एउटा देशमा _______ _______ वर्षसम्म कमारा-कमारी हुनेछन् (हेर्नुहोस् उत्पत्ति १५:१३)। तर ती वर्षहरू बितेपछि तिनीहरू __________ आउनेछन् (उत्पत्ति १५:१४)। परमेश्वरले उनीहरूलाई छुटकारा दिनुहुनेछ र उक्त दासत्वबाट उद्धार गर्नुहुनेछ भन्ने प्रतिज्ञा गरिएको थियो!
के परमेश्वरले तपाईंलाई छुटकारा दिनुभएको छ?
के परमेश्वरले तपाईंलाई कुनै न कुनै अर्थमा छुटाउनुभएको छ? के परमेश्वरले तपाईंलाई कुनै अर्थमा निकालेर ल्याउनुभएको छ? के तपाईं दासत्वमा पर्नुभएको छ (युहन्ना ८:३४)? यदि तपाईंले उद्धार पाउनुभएको छ भने, तपाईंलाई पमेश्वरले केदेखि उद्धार गर्नुभयो अर्थात् केदेखि छुटकारा दिनुभयो? परमेश्वरले तपाईंलाई केबाट बाहिर निकालेर ल्याउनुभएको छ?
प्रेरित २६:१८ ________________________________
यूहन्ना ५:२४ ________________________________
कलस्सी १:१३ ________________________________
भजनसङ्ग्रह ४०:२ _____________________________
१ पत्रुस २:९ ________________________________
के महान् उद्धारकले तपाईंको उद्धार गर्नुभएको छ वा तपाईंलाई छुटाउनुभएको छ? के महान् मुक्तिदाताले तपाईंलाई मुक्त गर्नुभएको छ?
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)