अगमवाणीको श्रेष्ठ कृति

अगमवाणीको श्रेष्ठ कृति

 

अगमवाणीको श्रेष्ठ कृति

(प्रकाशको पुस्तक)

हामीले नयाँ नियमका २६ ओटा पुस्तकहरूको बारेमा अध्ययन गरिसक्यौं र अब बाइबलको अन्तिम पुस्तक, अर्थात प्रकाशको पुस्तकको अध्ययन गर्न हामी तयार छौं। पुरानो नियममा अगमवाणीका थुप्रै पुस्तकहरू छन्, जस्तै, दानियल, यशैया, इजकिएल, जकरियाह इत्यादि। नयाँ नियममा अगमवाणीको सबैभन्दा ठूलो पुस्तक नै प्रकाशको पुस्तक हो।

क्रूसमा मर्नुभन्दा एक रात अगाडि, येशूले आफ्ना चेलाहरूसँग बोल्नुभयो र उहाँले उनीहरूलाई बताउन चाहनुभएको धेरै कुराहरू छन् भनी भन्नुभयो, तर उनीहरू यस महत्त्वपूर्ण सन्देशका निम्ति अझै तयार भइसकेका थिएनन् (यूहन्ना १६:१२)। त्यसपछि यूहन्ना १६:१३ मा येशूले एउटा प्रतिज्ञा गर्नुभयो: “तापनि जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ, तब उहाँले तिमीहरूलाई सबै सत्यताभित्र डोर्याउनुहुनेछ; किनभने उहाँले आफ्नै तर्फबाट बोल्नुहुनेछैन, तर जे उहाँले सुन्नुहुनेछ, त्यही बोल्नुहुनेछ; अनि उहाँले तिमीहरूलाई आ_______ कु________ बताउनुहुनेछ।”

प्रकाशको पुस्तक नै आउने कुराहरू (भविष्यका कुराहरू) को बारेमा हो। कहिलेकाहिँ मानिसहरूले यसो भनेको सुनिन्छ, “यो संसार के हुने होला?” अथवा “भविष्यमा के हुन्छ होला?” बाइबलको अन्तिम पुस्तकले यी प्रश्नहरूको जवाफ दिन सहायता गर्दछ!

लेखक

यस पुस्तकको मानवीय लेखक को हो (प्रकाश १:४,९; २२:८)? ________________। उनले नयाँ नियमका अरू कुन कुन पुस्तकहरू लेखे? (ती सबै पुस्तकहरू तिनको नाम अनुसार छन्)
¬___________________
___________________
___________________
___________________

यूहन्नाले आफ्नो जीवनका अन्तिम वर्षहरूमा एफेससको शहरमा रहेर परमेश्वरको सेवा गर्दथे भनी अघिल्लो पाठमा हामीले सिक्यौं। के प्रकाशको पुस्तक लेख्दा पनि युहन्ना एफेसस मै थिए (प्रकाश १:९ हेर्नुहोस्)? ____________। यूहन्ना ऐगीयन समुद्र छेऊमा अवस्थित प_________ भनिने एउटा सानो टापुमा थिए जुनचाहिँ एफेसस भन्दा धेरै टाढामा थिएन। सतावटको कारण यूहन्ना यस टापुमा देश निकाला गरिएका थिए। उनी कुनै दुष्ट अपराधी भएको हुनाले त्यहाँ पठाइएका थिएनन्, तर उनले परमेश्वरको वचन प्रचार गरेका हुनाले र ख्रीष्टको निम्ति सर्वोत्कृष्ट गवाही भएको हुनाले त्यहाँ पुर्याइएका थिए (“परमेश्वरको वचनका निम्ति र येशू ख्रीष्टको गवाहीका निम्ति”—प्रकाश १:९)। बाइबललाई प्रेम गर्ने र बाइबलका ख्रीष्टलाई प्रेम गर्नेहरू कहिलेकाहिँ आफ्ना विश्वासको निम्ति सतावटमा पर्दछन्।

प्रकाशको पुस्तक पहिलो सताब्दिको अन्त्यतिर, करिब ई. सं. ९५ तिर लेखिएको हो। त्यस समयमा विश्वासीहरूलाई क्रूरता पूर्वक सताउने सम्राट डोमिटियनको शासनकाल थियो। बाइबलको लेखिनुपर्ने अन्तिम पुस्तक यही नै थियो। यूहन्नाले यस पुस्तकको अन्तिम पदहरू लेख्दा (प्रकाश २२:१८-२१ हेर्नुहोस्), परमेश्वरले अन्तिममा “पूर्ण विराम” लगाउँदै गर्नुभएको जस्तो थियो। पूर्ण विरामको अर्थ वाक्यको समापन हो। अन्तिम पूर्ण विरामको अर्थ त्यहाँ अब उसो कुनै वाक्यहरू छैनन् भन्नु हो! जन यूहन्नाले अन्तिममा “आमेन” लेखे (प्रकाश २२:२१), बाइबल पूरा भयो! सबै ६६ ओटै पुस्तकहरू अब सिद्धिएका थिए!

आज हामीसँग यस्तो कुरा छ जुन कुरा अब्राहाम, मोशा, दाऊद, दानियल, बप्तिस्मा दिने यूहन्ना, पत्रूस र पावलसँग कहिल्यै पनि थिएन! हामीसँग पूरा बाइबल छ! हामीले कहिल्यै पनि परमेश्वरको वचनमा थप्ने वा घटाउने कार्य गर्नु हुँदैन (प्रकाश २२:१८-१९)! हाम्रो जिम्मेवारी भनेको यस पुस्तकलाई पढ्नु, बुझ्नु, विश्वास गर्नु, पालन गर्नु र यसै अनुसार जिउनु हो!

परमेश्वरको प्रकाश

हाम्रो नेपाली बाइबलमा यस पुस्तकको शीर्षक “प्रकाशको पुस्तक” लेखिएको पाउँछौं। वास्तवमा, यो अपूरो शीर्षक हो। यस पुस्तकको ठीक शीर्षक प्रकाश १:१ मा छ, अर्थात् “येशू ख्रीष्टको प्र________”। हामी यस पुस्तकलाई “प्रकाशको पुस्तक” भन्छौं किनभने यो येशू ख्रीष्टको प्रकाश हो।

“प्रकाश” शब्दको माने के हो? “प्रकाश” शब्दको माने कुनै कुरा उघार्नु वा खोल्नु। उदाहरणको निम्ति, यदी कुनै व्यक्तिले अनुहारमा घुम्टो हालेको छ भने, उसको अनुहार प्रकाश हुनलाई उक्त घुम्टो हटाइनुपर्छ वा उघारिनुपर्छ! नत्रता उक्त व्यक्ति कस्तो देखिन्छ भनी तपाईंले कहिल्यै पनि जान्न सक्नुहुन्न!

प्राय: जसो जब कुनै चित्रकलाको ठूलो कार्यलाई (कुनै प्रख्यात चित्रकला) प्रदर्शनमा राखिन्छ यसलाई सुरुमा ढाकिएको हुन्छ। त्यसपछि, त्यहाँ उघारिने कार्यक्रम गरिए पछि उक्त चित्रकला प्रकाशमा आउँछ र मानिसहरूले पहिलो पल्ट त्यसलाई हेर्ने मौका पाउँछन्।

परमेश्वरसँग पनि एउटा सर्वश्रेष्ठ कृति छ जुन उहाँले प्रकाश गर्न चाहनुहुन्छ! परमेश्वरसँग मानवजातिको निम्ति एउटा अति उच्च उद्देश्य र योजना छ जुन उहाँले अरूलाई थाह गराउन चाहनुहुन्छ! प्रकाशको पुस्तकमा परमेश्वरले भविष्यको कुराहरू उघार्नुहुन्छ र हामीलाई आउने कुराहरू देखाउनुहुन्छ। उहाँले आफ्नो उद्देश्य र कार्ययोजना प्रकट गर्नुहुन्छ। उहाँले विश्वास नगर्नेहरू माथि आउने भयानक इन्साफहरूलाई प्रकट गर्नुहुन्छ। उहाँले विश्वास गर्नेहरू सहभागी हुने नयाँ आकाश र नयाँ पृथ्वीका अनन्तका आनन्दहरूलाई प्रकट गर्नुहुन्छ। यी भन्दा पनि धेरै, उहाँले आफ्नो धन्य पुत्रलाई प्रकट गर्नुहुन्छ जसको नाम _____________________________________________ हो (प्रकाश १९:१६)। यो येशू ख्रीष्टको प्रकाश हो!

दासहरूका निम्ति पुस्तक!

यस पुस्तकको पहिलो पदले बताउँदछ कि परमेश्वरले यो प्रकाश आफ्ना दासहरूलाई प्रकट गर्न चाहनुहुन्छ। “दासहरू” भन्ने शब्दको अर्थ “कमाराहरू” हो। यो पुस्तक दासहरूका निम्ति हो र उनीहरूले मात्र प्रकाशको पुस्तकलाई राम्ररी बुझ्न सक्दछन्। के तपाईं येशू ख्रीष्टको दास हुनुहुन्छ (यहूदा १:१)? के उहाँले तपाईंमाथि अधिकार गर्नुहुन्छ (१ कोरिन्थी ६:१९-२०)? यस्तो मालिक र प्रभुको दास हुनु कति उदेकको दासत्व हो!

आफ्नै कामहरू गर्न दास स्वतन्त्र हुँदैन। दासले उसको मालिकको कुरा सुन्नैपर्छ र उसको मालिकको इच्छा पूरा गर्नै पर्छ। प्रकाशको पुस्तक उनीहरूको निम्ति हो जोहरू येशू ख्रीष्टका प्रेमको दासहरू हुन्। यो पुस्तक उनीहरूको लागि हो जसले यसो भन्न सक्छन्, “बो________, परमप्रभु, किनकि तपाईंको दा_______ सु__________” (१ शमूएल ३:९)। प्रकाशको पुस्तक मात्र होइन, तर सम्पूर्ण बाइबल नै उनीहरूको निम्ति हो जोहरूले परमप्रभुले भन्नुभएको कुराहरू सुन्छन् र पालन गर्छन्! जब यो पुस्तक पढिन्छ, अनि जसले यो पुस्तकमा भएका कुराहरू सु_______ र पा________ उनीहरूलाई एउटा अति विशेष आशिषको प्रतिज्ञा गरिएको छ (प्रकाश १:३ हेर्नुहोस्)!

बृहत् समाप्ति

दोड गर्नेले समापन रेखाको पल्लोपट्टि नपुगेसम्म दौड प्रतियोगिता समाप्त हुँदैन। त्यसपछि मात्र दौड गर्नेले यसो भन्न सक्छ, “मैले मेरो दौड पूरा गरेको छु!” प्रकाशको पुस्तक नभएको खण्डमा, कुनै अन्त्य नभएको कथाजस्तै बाइबल पनि अपूर्ण हुनेथियो। यो नै बाइबलको समापनको र पूर्णताको बृहत् पुस्तक हो। उत्पत्तिमा सुरु भएका थोकहरू प्रकाशमा समापन भएका छन्। सबै कुराहरू कसरी सुरु भए भनी उत्पत्तिले बताउँदछ; सबै कुराहरू कसरी अन्त्य हुन्छन् भनी प्रकाशको पुस्तकले बताउँदछ। निम्न तालिकाले यो कुरालाई स्पष्ट बनाउँछ:

शैतानको जीवन गाथा

बाइबलको पहिलो पुस्तकमा सर्पको रूपमा देखापर्ने शैतान (उत्पत्ति ३), मानिसहरूको मामलाहरूको मूख्य व्यक्तित्व हो। बाइबलको अन्तिम पुस्तकमा उसको अन्तिम अवस्थाको बारेमा खुलस्त गरिएको छ। प्रकाशको पुस्तकमा शैतानको उँधो दिशातर्फको पतनहरूको वर्णन गरिएका छन्:

अगमवाणी किन?

किन परमेश्वरले आउने कुराहरूको बारेमा हामीलाई बताउने समय लिनुभयो? किन उहाँले हामीलाई भविष्यमा हुने कुराहरूको बारेमा बताउनुभयो? के प्रकाशको पुस्तक आगामी दिनहरूमा के कस्ता कुराहरू हुनलाई राखिएका छन् भन्ने मानवीय जिज्ञासालाई मेटाउन मात्र दिइएको हो?

वर्तमानमा हामी कसरी जिऔं भनी हामीले थाह गरौं भन्ने उद्देश्यले परमेश्वरले हामीलाई भविष्यको बारेमा जानकारी दिनुहुन्छ! अगमवाणीका सठीक बुझाइले हामीलाई आजको दिनमा जिउन सहायता गर्दछ!

प्रकाशको पुस्तक मूलरूपमा एशिया माइनरमा रहेका विश्वासीहरूलाई पठाइएको थियो (यूहन्नाले प्रकाशको पुस्तक पठाएका सातओटा मण्डलीहरूलाई ध्यान दिनुहोस्—प्रकाश १:४)। यी विश्वासीहरू निकै कठिन परिस्थितीहरू भएर जाँदै थिए। हरेकले आफूलाई उपासना गरून् र दण्डवत गरून् भन्ने रोमी सम्राट डोमिटियनको माग थियो। त्यसो गर्न इन्कार गर्ने विश्वासीहरूलाई भयानक रूपले सताइन्थ्यो र धेरैलाई मृत्युदण्ड दिइन्थ्यो। के प्रकाशको पुस्तकले ती मानिसहरूलाई कुनै आशा र उत्साह प्रदान गर्दछ?

प्रकाशको पुस्तकले रोमी सतावटहरू भन्दा पनि अति ठूला सतावटहरूको समयको बारेमा बताउँदछ। यदि परमेश्वरले सङ्कष्टकालको समयमा बाँचिरहेका विश्वासीहरूलाई सहायता गर्न सक्नुहुन्छ भने, उहाँ उही परमेश्वर हुनुहुन्थ्यो जसले सुरुका विश्वासीहरूलाई पनि सहायता गर्न सक्नुहुन्थ्यो! प्रकाशको पुस्तकले देखाउँछ, यस संसारमा निकै कठिन अवस्थाहरू सृजना भए तापनि, अन्त्यमा विजय उनीहरूको नै हुनेछ जोहरू ख्रीष्टका हुन्! अवस्थाहरू जस्तो सुकै देखिऊन्, परमेश्वरले सबै नियन्त्रण गरिरहनुभएको छ, र परमेश्वरको पक्षमा हुनेहरूले हार खाने छैनन्! परमेश्वरले कहिल्यै पनि हार्नुहुन्न, नता उहाँमा भरोसा गर्नेहरू नै हार्नेछन्!

साङ्केतिक भाषा

प्रकाशको पुस्तक साङ्केतिक कुराहरूले भरिएका छन्, र यस कारणले धेरैजनालाई बुझ्न कठिन लाग्छ। ती मध्ये धेरै साङ्केतिक कुराहरू यसै पुस्तकमा व्याख्या गरिएका छन्। उदाहरणको निम्ति, सातओटा ताराहरू र सातओटा सामदानहरू के हुन् (प्रकाश १:१२,१६)? यसको जवाफ प्रकाश १:२० मा दिइएको छ: _____________________________________________________________________ प्रकाश १७:१ मा उल्लेख गरिएका “पानीहरू” को अर्थ के हो? यसको जवाफ प्रकाश १:१५ मा दिइएको छ! यी कुराहरूको बारेमा हामीले अनुमान गर्नुपर्दैन किनभने परमेश्वरले नै यी सङ्केतहरूको अर्थ के हो भनी हामीलाई बताउनुभएको छ!

यसमा प्रयोग भएका धेरैओटा सङ्केतहरू पुरानो नियममा पाउन सकिन्छ। प्रकाशको पुस्तकलाई राम्ररी बुझ्न हामीमा पुरानो नियमको, विशेषगरी दानियलको पुस्तकको राम्रो समझ हुनुपर्छ। एउटा व्यक्तिले अगाडिका ६५ ओटा पुस्तकहरू बिना बाइबलको अन्तिम पुस्तक बुझ्न सक्दैन! हामीले शास्त्रलाई शास्त्रसँग तुलना गरेको परमेश्वर चाहनुहुन्छ। पुरानो नियमले कसरी प्रकाशको पुस्तक बुझ्नलाई हामीलाई मद्दत गर्दछ भनी थाह गराउने केही उदाहरणहरू हेर्नुहोस्:

बाइबलले प्राय: आफ्नो व्याख्या आफैं गर्दछ!

विश्वव्यापी विपत्तिहरू

हाम्रो संसारले परमेश्वरलाई इन्कार गरेको छ, ख्रीष्टलाई इन्कार गरेको छ, बाइबललाई इन्कार गरेको छ र सत्यतालाई इन्कार गरेको छ। यसको कारणले, संसार इन्साफतर्फ लागिरहेको छ। प्रभु येशूले सङ्कष्टको एउटा आगामी दिनको बारेमा बताउनुभएको छ जुनचाहिँ मानव इतिहासकै सबैभन्दा कठिन समय हुनेछ: “किनभने त्यस बेला यस्तो महा __________ हुनेछ, जो पृथ्वीको शुरुदेखि अहिलेसम्म भएको थिएन, न ता फेरि कहिल्यै हुनेछ” (मत्ती २४:२१)। संसारमा यस्तो कठिन समय हुनुको कारणहरूमध्ये एउटा चाहिँ मानिसहरूले परमेश्वरद्वारा पठाइएको विपत्तिहरू र इन्साफहरूको सामना गर्नुपर्ने भएकोले हो।

प्रकाशको पुस्तकले तीन चरणहरूका इन्साफहरूको बारेमा बताउँदछ: १) सातओटा छापहरूको इन्साफ (प्रकाश ६ अध्याय), २) सातओटा तुरहीहरूको इन्साफ (प्रकाश ८-९), ३) सातओटा कचौराहरूको इन्साफ (प्रकाश १५-१६)।

प्रस्थानको पुस्तकमा मिश्रको भूमिमा आएका दशओटा विपत्तिहरू वा इन्साफहरूको बारेमा सिक्न सकिन्छ। पहिलो विपत्तिमा, सबै पानीहरू (नील नदीको पानी समेत) ____________ परिणत भएका थिए (प्रस्थान ७:२०)। दोस्रो विपत्तिमा प्रस्थान ८ अध्यायले बताए अनुसार भ्यागुताहरूको आक्रमण थियो:

भ्यातुताहरूको बिपत्ति बाइबलले व्याख्या गरेको जस्तै नै भयो। मिस्रीहरू विशाल सङ्ख्याका भ्यागुताहरूद्वारा प्रहार गरिए, यहाँसम्म कि ती उभयचर प्राणीहरू तिनीहरूका सुत्नेकोठाहरूमा, तिनीहरूका चुल्हाहरू इत्यादिमा भेट्टाइए। किन हामी यो विश्वास गर्छौं? किनकि बाइबलले त्यसो भन्दछ! उक्त विपत्तिको बारेमा शास्त्र एकदम स्पष्ट छ र यी वाक्यहरूलाई हामी अक्षरश: रूपमा लिँदछौं। यो विपत्ति जस्तो प्रकारले घटेको थियो उस्तै प्रकारले प्रस्थानको पुस्तकमा व्याख्या गरिएको छ।

प्रस्थान ८-१० मा व्याख्या गरिए अनुसार मिस्रमा थप अन्य आठ ओटा विपत्तिहरू घटे। मिस्रमा घटेको अन्तिम विपत्ति सबै पहिलो जन्मेकाहरूको मृत्यु थियो, जस अन्तर्गत फाराओको छोरा पनि पर्यो (प्रस्थान १२:२९-३०)। यस अन्तिम विपत्तिले इस्राएलका मानिसहरूलाई आफ्नो भूमिबाट जान दिन फाराओलाई विश्वस्त गरायो।

मिस्रका विपत्तिहरूलाई प्रकाशको पुस्तकमा वर्णन गरिएका विपत्तिहरूसँग तुलना गरौं:

प्रकाशको पुस्तकमा वर्णन गरिएका भव्य विपत्तिहरूलाई चारओटा विपत्तिहरूको बारेमा विचार गरेर देख्न सकिन्छ।

१. चौथो छापको इन्साफ (प्रकाश ६:८): “मैले हेरें, अनि हेर — एउटा पहेंलो घोडा; अनि त्यसमाथि बस्नेको नाम मृत्यु थियो, अनि नरकचाहिँ त्यसको पछि-पछि लाग्यो। अनि तरवारले, अनिकालले, मृत्युले र पृथ्वीका जङ्गली पशुहरूद्वारा मार्न भनी पृथ्वीको चौथो भागमाथि तिनीहरूलाई अधिकार दिइयो” संसारको एक-चौथाइ जनसङ्ख्या मर्नेछन् भनी यस खण्डले जनाउँदछ।

२. छैठौं तुरहीको इन्साफ (प्रकाश ९:१८): “यी तीन महामारीहरूद्वारा मानिसहरूको तेस्रो भाग मारियो—आगोद्वारा, धूवाँद्वारा र गन्धकद्वारा, जो तिनीहरूका मुखहरूबाट निस्कन्थे” संसारको एक-तिहाइ जनसङ्ख्या मर्नेछन् भनी यस खण्डले जनाउँदछ।

चौथो छापको विपत्ति र छैठौं तुरहीको विपत्तिलाई सँगै राखेर तुलना गर्ने हो भने विस्मयजनक नतिजा हुन्छ। यदि संसारको एक-चौथाइ मानिसहरू मर्नेछन्, र यदि पछि एक-तिहाइ मर्नेछन् भने, यसको अर्थ केवल यी दुई विपत्तिहरूद्वारा मात्रै पनि संसारको आधा जनसङ्ख्या घट्नेछ!

यसलाई निम्न तरिकाले बुझ्न सकिन्छ:

धेरै मानिसहरू छन्, जसले बाइबल विश्वास गरेको दाबी गर्छन् तर जोहरूले प्रकाशको पुस्तकमा भएका विपत्तिहरू अक्षरश: रूपमा पूरा हुन्छन् भनी विश्वास गर्दैनन्। उदाहरणको निम्त, प्रिटेरिस्टहरू (जसले अधिकांश अगमवाणीहरू पहिल्यै पूरा भइसके भनी विश्वास गर्दछन्) ले यी विपत्तिहरू करिब ई.सं. ७० तिर नै पूरा भइसकेका छन् भनी विश्वास गर्दछन् र सोही अनुसार सिकाउँछन्। महा-सङ्कष्टकाल पहिल्यै पूरा भइसक्यो भनी उनीहरू विश्वास गर्दछन्! निश्चय पनि, हामी जान्दछौं कि यी विपत्तिहरू ई.सं. ७० तिर वा इतिहासको कुनै अन्य समयमा पूरा भइसके भनी हामी विश्वास गर्दैनौं। हामी जान्दछौं कि समुद्रको एक-तिहाइ भाग रगत भएको, एक-तिहाइ सामुन्द्री जनावरहरू मरेको र एक-तिहाइ जहाजहरू नाश भएको यस्तो कुनै समय छैन। यस्तो कहिल्यै पनि नघटेको हुनाले, र परमेश्वरले झूट बोल्न नसक्नु हुने भएकोले, यी कुराहरू अझै भविष्यमै घट्नुपर्ने कुराहरू हुन्। प्रबन्धवादीहरू (जोहरूले सदैव शास्त्रहरूलाई यसको साधारण अर्थमा नै बुझ्नको निम्ति बाइबलको अक्षरश: व्याख्या गर्छन्) ले यी इन्साफहरू आउने सङ्कष्टकालको अवधिमा घट्नेछन् भनी विश्वास गर्दछन्। अर्थात् त्यो समयमा जब येशूले भन्नुभए अनुसार पृथ्वीको सुरुदेखि अहिलेसम्म नभएको महा सङ्कष्टको समय हुनेछ (मत्ती २४:२१)।

किन ती प्रबन्धमा विश्वास नगर्नेहरूले मिस्रको विपत्तिहरू जस्तो लेखिएको त्यस्तै गरी हुबहु अक्षरश: रूपमै घटेका हुन् भनी मानिलिए तापनि, प्रकाशको पुस्तकका विपत्तिहरू अक्षरश: रूपमै पूरा हुनेछन् भन्ने कुरालाई चाहिँ इन्कार गर्दछन्? किनकि उनीहरूको विचार स्थिर छैन।

खुल्ला चर्मपत्र

पुरानो नियमको अगमवाणीको दानियलको महान् पुस्तक “पुरानो नियमको प्रकाशको पुस्तक” हो। यसको अधिकांश अगमवाणीहरू सङ्कष्टकाल र ख्रीष्टको दोस्रो आगमनसँग सम्बन्धित छन्। प्रकाशको पुस्तकले पनि यिनै विषयहरूको बारेमा बताउँदछ।

दानियल १२:९ अनुसार, दानियलको पुस्तक भएको चर्मपत्रलाई ब_______ गरिएका र मो____________ लगाइएको थियो! दानियलका दिनहरूका मानिसहरूले दानियलको अगमवाणीहरूलाई पूर्ण रूपमा बुझ्न सक्दैनथिए किनभने ती निकै टाढाको भविष्यसम्म पूरा हुनेथिएनन्। __________ समयसम्मका निम्ति चर्मपत्रलाई बन्द गरिएको र मोहरछाप लगाइएको थियो (दानियल १२:९)!।

के प्रकाशको पुस्तकको सवालमा पनि यहि कुरा सत्य हो? के प्रकाशको पुस्तक बन्द गरिएको चर्मपत्र हो? के प्रकाशको पुस्तकमा वर्णन गरिएका कुराहरू निकै टाढाको भविष्यमा मात्र पुरा हुनेछन् कि ती कुराहरू छिट्टै नै पूरा हुनेछन् (प्रकाश १:१ सित तुलना गर्नुहोस्)? __________________________
प्रकाश २२:१० पढ्नुहोस्। के यूहन्नाले उक्त पुस्तकमा मोहरछाप लगाएका थिए कि यसलाई खुल्लै राखेका थिए? ______________________________________ किन? “किनकि समय _______________ छ” (प्रकाश २२:१०)। आज दानियलको पुस्तक र प्रकाशको पुस्तक विश्वासीहरूले पढेर बुझ्ना सक्नको निम्ति खुल्ला पुस्तकहरू हुन्। प्रभु येशू आफैंले भन्नुभयो, “(दानियलको पुस्तक) प__________ बु__________” (मत्ती २४:१५)।

यस पुस्तक सम्बन्धि परमेश्वरको रूपरेखा

प्रकाशको पुस्तकको निम्ति परमेश्वरले आफ्नै रूपरेखा कोर्नुभएको छ। यो रूपरेखा प्रकाश १:१९ मा भेट्टाउन सकिन्छ र यो तीन खण्डहरूमा छन्।

यूहन्ना लेख्नुपर्ने तीन ओटा कुराहरू थिए:

    1. “तिमीले देखेका कुराहरू”
      यूहन्नाको दर्शन प्रकाश १ मा वर्णन गरिएको छ।
    2. “भइरहेका कुराहरू”
      अर्थात् यूहन्नाका दिनमा अस्तित्वमा रहेका एशियाका सातओटा मण्डलीहरू। यी मण्डलीहरूलाई प्रकाशको २ र ३ अध्यायामा वयान गरिएको छ।
    3. “यिनका पछि हुने कुराहरू”
      अर्थात् प्रकाशको पुस्तक (४-२२ अध्यायहरू) मा वयान गरिएका भविष्यका घटनाहरू:

१. सङ्कष्टकालको समय—प्रकाश ४-१९
२. ख्रीष्टको दोस्रो आगमन—प्रकाश १९
३. १००० वर्षे राज्य—प्रकाश २०
४. नयाँ आकाश र नयाँ पृथ्वी—प्रकाश २१-२२

निम्न तालिकाले प्रकाशको पुस्तकमा भएका कुराहरूको एक झलक हेर्न तपाईंलाई सहायता गर्नेछ:

भविष्यमा हुन आउने चाबी घटनाहरू यस प्रकार छन्:

माथीका अङ्कहरूले तलका अङ्कहरूलाई जनाउँछन्:

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email