प्रभावशाली साना पुस्तकहरू

प्रभावशाली साना पुस्तकहरू

 

प्रभावशाली साना पुस्तकहरू

(१ यूहन्ना, २ यूहन्ना, ३ यूहन्ना र यहूदा)

परमेश्वरले उहाँको सिद्ध बुद्धिमा हाम्रो बाइबलमा समावेश गर्ने निर्णय गर्नुभएका चार ओटा साना पुस्थखहरूको बारेमा यस पाठमा अध्ययन गर्नेछौं। यी मध्ये तीन ओटा पुस्तकहरूमा केवल एक-एक अध्याय मात्र छन् र १ यूहन्नामा केवल पाँच साना अध्यायहरू छन्। यी चार ओटा पुस्तकहरूलाई जोडियो भने एफेसीको पुस्तकमा भएका पदहरूको सङ्ख्यासँग बराबर हुन्छ। तरैपनि, यी पुस्कहरू शब्दको हिसाबमा साना भएपनि, उनीहरूमा त्यसबेलाका र अहिलेका विश्वासीहरूका निम्ति प्रभावशाली सन्देशहरू छन्।

१ यूहन्ना—मुक्तिको निश्चयता

यस पुस्तकका मानवीय लेखक प्रेरित यूहन्ना हुन्। उनले २ यूहन्ना, ३ यूहन्ना, यूहन्नाको सुसमाचार र प्रकाशको पुस्तक पनि लेखेकाछन्। यूहन्नाले आफ्नो जीवनका अन्तिम दिनहरूमा एशिया माइनरमा रहेको एफेससको शहरमा प्रभुको सेवा गरेका थिए भनी इतिहासले बताउँछ। के तपाईंले एफेससलाई बाइबलको नक्सामा भेट्टाउन सक्नुहुन्छ? उनको जीवनको यही समय तिर यूहन्ना १ यूहन्नाको पत्र लेखेका थिए।

एफेसीका विश्वासीहरूको मण्डलीमा केही सर्वोत्तम शिक्षकहरू र प्रचारकहरू थिए! एफेससमा कसले झण्डै ३ वर्षहरू बिताएका थिए (प्रेरित २०:१६,३१)? __________ पवालले एफेससमा भएका अर्का प्रचारकलाई पत्र लेखे। तिनको नाम के थियो (१ तिमोथी १:२-३)? __________________ प्रेरित यूहन्नाले आफ्नो जीवनका अन्तिम समयहरू यही शहरमा बिताए। एफेससमा असल प्रचारकहरू र शिक्षकहरूको कमी थिएन!

यूहन्नाले १ यूहन्नाको पत्र किन लेखे? यूहन्नाले केही कारणहरू खुलाउँछन्। १ यूहन्ना १:४ मा उनले भन्छन्, “अनि तिमीहरूको __________ ________ होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्छौं”। ती विश्वासीहरूले पिता, उहाँको पुत्र र अन्य विश्वासीहरूसँगको सङ्गतिबाट आउने पूरा आनन्द पाउन् भन्ने यूहन्नाको इच्छा थियो (१ यूहन्ना १:३)।

यो पुस्तक लेख्नु अर्को कारण १ यूहन्ना २:१ मा पाइन्छ: “मेरा साना नानीहरूहो, तिमीहरूले पा______ न______ भनी म यी कुराहरू तिमीहरूलाई लेख्दछु।” विश्वासीहरूले पवित्र र शुद्ध जीवन बिताउन् भनी यूहन्ना चाहन्थे। उनीहरूले पाप गरे भने के गर्नुपर्छ भनी विश्वासीहरूले जानुन् भन्ने पनि उनी चाहन्थे (१ यूहन्ना १:९; २:१)।

यूहन्नाले यो पुस्तक लेख्नुको सबैभन्दा महत्त्वपूर्ण कारण १ यूहन्ना ५;१३ मा पाइन्छ। यो पदको अनुसार, के यूहन्नाले यी कुराहरू विश्वासीलाई लेखेका हुन् कि अविश्वासीहरूलाई? _________________ यूहन्नाले यी कुराहरू लेखे ताकी विश्वासीहरूले (ठीक जवाफलाई गोलो चिन्ह लगाउनुहोस्):

      • क. उनीहरूसित अनन्त जीवन छ भनी

आशा

      • गरून्।
      • ख. उनीहरूसित अनन्त जीवन छ भनी

महसुस

      • गरून्।
      • ग. उनीहरूसित अनन्त जीवन छ भनी

थाह

      • गरून्।
      • घ. उनीहरूसित अनन्त जीवन छ भनी

विचार

    • गरून्।

यूहन्नाले यूहन्नाको सुसमाचार किन लेखे भनी हामीले पहिल्यै सिकिसक्यौं (पाठ ३ हेर्नुहोस्)। यूहन्नाको सुसमाचार लेख्नु र पहिलो यूहन्नाको पुस्तक लेख्नुमा यूहन्नाको उद्देश्यलाई तुलना गरेरे हेर्दा मद्दत मिल्छ। निम्न तालिकाले सहयोग गर्छ:

मुक्तिको निश्चयता यस्तो एउटा उदेकको कुरा हो जुन कुरा सबै परमेश्वरका सन्तानहरूमा होस् भनी परमेश्वर चाहनुहुन्छ। निश्चयता भएको व्यक्तिले यसो भन्न सक्छ, “मसँग अनन्त जीवन छ भनी मलाई __________ छ” (१ यूहन्ना ५:१३)। “म निश्चित छु, पक्का छुविश्वस्त छु कि मसँग परमेश्वरको पुत्र र परमेश्वरको जीवन छ! म जान्दछु किनभने परमेश्वरको भन्नुभएको छ: “जससँग _________ हुनुहुन्छ, ऊसित __________ छ; जससँग ________ हुनुहुन्न, ऊसित ___________ छैन” (१ यूहन्ना ५:१२)।

यो दु:ख लाग्दो तथ्य हो कि अधिकांश मानिसहरूसँग, एकदम धार्मिक मानिसहरूसँग पनि, आफ्नो मुक्तिको निश्चयता छैन। निकै थोरै मानिसहरूले मात्र आफूहरूलाई परमेश्वरले मुक्त गर्नुभएको र आफूसँग अनन्त जीवन भएको कुरालाई निश्चयता पूर्वक थाह गरेका हुन्छन्। धेरै मानिसहरूले “आशा गर्छन्” वा “विचार गर्छन्” तर निकै थोरैले मात्र “थाह गर्छन्”। तपाईं आफैंले यो कुरा पत्ता लगाउन सक्नुहुन्छ। अर्को पटक कुनै झूटा शिक्षामा जाने वा निकै धार्मिक देखिने वा मण्डली जाने मानिसलाई भेट्नुहुँदा, उसलाई यो प्रश्न गर्नुहोस्: “तपाईं आज मर्नुभयो भने, के तपाईं परमेश्वरसित हुनुहुनेछ भनी तपाईंलाई निश्चित छ? तपाईंले मुक्ति पाउनुभएको छ र तपाईंसँग अनन्त जीवन छ भनी तपाईंलाई निश्चित छ?” उसको जवाफले ऊसँग मुक्तिको निश्चयता छ कि छैन भनी तपाईंले बताउन सक्नुहुनेछ।

१ यूहन्ना ५:१२ अनुसार, हरेक विश्वासी (हरेक जससँग पुत्र हुनुहुन्छ) सँग जी______ हुन्छ। हरेक मानिस जो साँचो विश्वासी होइन, ऊसँग जी_______ हुँदैन (१ यूहन्ना ५:१२)।

एकछिनको लागि भौतिक जीवनको बारेमा विचार गरौं। एउटा व्यक्ति जीवित छ भनेर कसरी भन्न सकिन्छ? यदि तपाईंले हिँडिरहेको, बोलिरहेको, खाइरहेको र हाँसिरहेको मानिसलाई देख्नुभयो भने, त्यो मानिस भौतिक रूपमा जीवित हुनैपर्छ भनी तपाईंले निश्कर्ष निकाल्नुहुनेछ! मरेका मानिसहरूले त्यसो गर्दैनन्!

भौतिक जीवनका केही लक्षणहरू के के हुन्?

    • क. मुटुको धडकन
    • ख. शारीरिक चहलपहल
    • ग. _______________________
    • घ. _______________________
    • ङ. _______________________

यदि तपाईंले कुनै मानिसको शरीरलाई भुईंमा लडिरहेको अवस्थामा भेट्टाउनुभयो भने, उक्त व्यक्ति सुतिरहेको मात्रै हो वा साँच्चै मरेको हो भनी तपाईंले कसरी बताउन सक्नुहुन्छ?

भौतिक जगतमा जीवित र मृतहरूको बीचमा ठूलो भिन्नता हुन्छ। आत्मिक जगतमा पनि यहि कुरा सत्य हो। ख्रीष्टमा जीवितहरू र _________ मरेकाहरूको बीचमा पनि ठूलो भिन्नता हुन्छ (एफेसी २:५)। १ यूहन्नाको पुस्तकले यो भिन्नतालाई अति स्पष्टसाथ देखाएको छ। निम्न पदहरूलाई ठीक स्थानहरूमा राख्नुहोस् (पहिलो चाहिँ तपाईंको निम्ति गरिएको छ):

१ यूहन्ना २:९-११ १ यूहन्ना ३:१० १ यूहन्ना ४:७-८
१ यूहन्ना २:१५ १ यूहन्ना ३:१४ १ यूहन्ना ५:९-१०
१ यूहन्ना २:२२-२३ १ यूहन्ना ४:५-६ १ यूहन्ना ५:१२

यदि हामीमा साँच्चै परमेश्वको जीवन छ भने, हामीले साँच्चै मुक्ति पाएका छौं भनी स्पष्टसाथ देखाउने केही निश्चित लक्षणहरू हाम्रो जीवनमा हुनैपर्छ। जसरी भौतिक जीवनमा लक्षणहरू हुन्छन्, आत्मिक जीवनमा पनि लक्षणहरू हुन्छन्। यदि जीवित परमेश्वर म भित्र हुनुहुन्छ भने (२ कोरिन्थी १३:५) र यदि उहाँ साँच्चै मभित्र काम गरिरहनु भएको छ भने (फिलिप्पी २:१३), यस कुराले निश्चय पनि मेरो जीवनमा फरक पार्छ! १ यूहन्नाको पुस्तकले हामीलाई यी जीवनका लक्षणहरू के के हुन् भनी एकदम स्पष्टसाथ देखाउँछ (जोडा मिलाउनुहोस्):

के तपाईंले जीवनका लक्षणहरू प्रकट गर्नुहुन्छ? के तपाईं आत्मिक रूपमा मरेको हुनुहुन्छ कि जिउँदो? यदि तपाईंको जीवनमा यी लक्षणहरू छैनन् भने, तपाईंमा गम्भिर आत्मिक समस्या छ भनी तपाईंले महसुस गर्नुपर्छ। कि त तपाईं आत्मिक रूपमा बिमार हुनुहुन्छ कि तपाईं आत्मिक रूपमा मरेको हुनुहुन्छ। साँचो विश्वासी धेरै तरिकाहरूले लड्न वा विफल हुन सक्छ। ऊ पछि हट्न सक्छ र परमेश्वरको सङ्गतिबाट टाढिन सक्छ। तर प्रेमिलो स्वर्गीय पिताले जसलाई प्रेम गर्नुहुन्छ, उसलाई ताडना पनि दिनुहुन्छ र आफूकहाँ फर्काएर ल्याउन खोज्नुहुन्छ। धन्यको पवित्र आत्माले पाप गर्ने विश्वासीको हृदयलाई कायल पार्नुहुन्छ र उसलाई हासिल गरेर परमेश्वरमा फिर्ता जित्न चाहनुहुन्छ। हरेक पाप गर्ने परमेश्वरका सन्तानले पितासँग आफ्ना पापहरू स्वीकार गरेर परमेश्वरको क्षमादानमा रमाहट गर्न पाउनु एउटा आनन्दमय विशेषाधिकार हो (१ यूहन्ना १:९)। तर यदि त्यहाँ कुनै ताडना छैन भने (हिब्रू १२:७-८ हेर्नुहोस्), कायल पार्ने कुनै काम (विश्वासी आफ्नो पापमा दु:खित हुनुपर्छ) छैन भने, कुनै स्वीकार छैन भने (व्यक्ति पापमा लागिरहन्छ, र कुनै वास्ता नगरेको जस्तो देखिन्छ), कुनै अति आपत्तिजनक कुरा हुनुपर्छ। त्यहाँ कुनै जीवन नै नभएको पनि हुनसक्छ। यदि यस्तो हो भने, उक्त व्यक्तिले परमेश्वरको आज्ञा पालन गर्नुपर्छ, “अनि उहाँको आज्ञा यही हो – उहाँका _______ येशू ख्रीष्टको नाममा हामीले ____________ गर्नुपर्छ” (१ यूहन्ना ३:२३)!

२ र ३ यूहन्ना—कसलाई स्वागत गर्ने र कसलाई स्वागत नगर्ने

प्रेरित यूहन्नाले २ यूहन्ना र ३ यूहन्ना गरी दुई ओटा निकै साना पत्रहरू पनि लेखे। यी दुवै पत्रहरूले भाइहरूलाई स्वागत गर्ने विषयमा बताउँदछ। २ यूहन्ना १० मा हामीले पढ्दछौ, “त्य_________ आफ्नो घरभित्र स्वा________ न_______” र ३ यूहन्ना ८ ले भन्दछ, “हामीले यस्ताहरूलाई ______________ गर्नैपर्छ”। यस्ता मानिसहरू छन् जोहरूलाई हामीले स्वागत गर्नुपर्छ र यस्ता मानिसहरू छन् जोहरूलाई हामीले स्वागत गर्नुहुँदैन। यदि हामीले गलत मानिसलाई स्वागत गर्यौं भने हामी उसको दु_______ का_______ भागी बन्छौं (२ यूहन्ना ११)। यदि हामीले ठीक व्यक्तिलाई स्वागत गर्यौं भने हामी सत्यताका लागी ________________ हुन्छौं (३ यूहन्ना ८)!

यसको अर्थ के हो? यूहन्नाले यी पत्रहरू लेखेका दिनहरूमा त्यहाँ यात्रा गर्ने प्रचारकहरू र मिसनरीहरू थिए, जसरी पावलले पनि तीनओटा मिसनरी यात्राहरू सम्पन्न गरे। यी सबै मानिसहरू शहरहरू हुँदो जाँदा, उनीहरूलाई वास बस्ने ठाउँ र खानको निम्ति खाना चाहिन्थ्यो। सार्वजनिक पौवाहरू र होटलहरू मानिसको दृष्टिकोणमा ठीक थिएनन्, त्यसैले यात्रा गर्ने यी सेवकहरूले आफ्नो खाँचो पूरा गरिनको निम्ति विश्वासीहरूको अतिथि सत्कार र दयाभावमा भर पर्दथे। त्यसैले, २ यूहन्ना र ३ यूहन्नाले कुनै व्यक्तिलाई “स्वागत” गर्ने कुरा गर्नुको अर्थ उक्त व्यक्तिलाई सहायता गर्ने, सुत्नको निम्ति ओछ्यान दिने, रहनको निम्ति घर दिने र खानको निम्ति खाना दिने कार्य गर्नु हो। प्रेरितको पुस्तक पढ्दा पावललाई तिनको यात्रामा सहायता गर्ने मानिसहरू हुन्थे भनी तपाईंले देख्न सक्नुहुनेछ (उदाहरणको निम्त प्रेरित १८:२-३,७ हेर्नुहोस्)।

२ यूहन्नामा यात्रा गरिरहेका कोही-कोही प्रचारकहरू मानिसहरूलाई आफ्ना विषले भरिएको शिक्षाहरूले बहकाउने मुक्ति नपाएका झूटा शिक्षकहरू हुन् भनी वयान गरिएको छ (२ यूहन्ना ७-११)। निश्चय पनि ती मानिसहरूलाई सहयोग गर्नु बुद्धिमानी हुँदैन किनभने उनीहरू ख्रीष्टको कुराका शत्रुहरू हुन्।

३ यूहन्नामा वयान गरिएका भाइहरू चाहिँ अलि भिन्न छन्। उनीहरू ईश्वरीय मानिसहरू हुन् र उनीहरूको ठीक अभिप्राय, ठीक उद्देश्य, ठीक सन्देशको कारणले सहायताको निम्ति योग्यका हुन्छन्:

१) ठीक अभिप्राय: “किनभने उहाँकै नामका निम्ति उनीहरू निस्के” (३ यूहन्ना ७)। परमेश्वरको नाम प्रति उनीहरूको चासो थियो! धनी हुनका निम्ति उनीहरूले प्रचार गरेनन्! उनीहरूको अभिप्राय पैसा केन्द्रित थिएन (उनीहरूले अन्यजातिहरूबाट केही लिएनन् भनी ७ पदले बताउँछ)। केवल परमेश्वरको महिमा प्रति उनीहरूको चासो थियो।

२) ठीक उद्देश्य: ३ यूहन्नाको ७ पदलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “उनीहरू उहाँको नामको तर्फबाट गए” अर्को शब्दमा, यी मानिसहरू ख्रीष्टको तर्फबाट गए—उनीहरूले उहाँको प्रतिनिधित्व गरे। उनीहरू उहाँका साक्षीहरू थिए (प्रेरित १:८)। उनीहरू ख्रीष्टका रा______________ थिए (२ कोरिन्थी ५:२०)।

३) ठीक सन्देश: ती मानिसहरूलाई सहयोग गर्दा हामी स_______ लागि सहकर्मी हुन्छौं भनी ३ यूहन्ना ८ ले बताउँदछ। यसले हामीलाई बताउँदछ कि यी मानिसहरूले सत्यता नै प्रचार गरिरहेको हुनुपर्छ! उनीहरूको सन्देश सत्य थियो! उनीहरूले परमेश्वरको सत्यको वचन प्रचार गरिरहेका थिए! उनीहरू स्वागत गरिनुपर्ने किसिमका प्रचारक यात्रीहरू हुन् (३ यूहन्ना ८), तर उनीहरूलाई स्वागत गर्न इन्कार गर्ने त्यहाँ एउटा मानिस थियो। उसको नाम डि_____________ थियो (३ यूहन्ना ९)। उसले ती असल भाइहरूलाई स्वागत गर्न इन्कार गर्यो र अरूहरूलाई पनि उनीहरूलाई सहायता नगर्नु भनी अह्रायो। उनीहरूलाई सहायता गर्नेहरूलाई उसले मण्डलीबाटै पनि निकालिदियो (३ यूहन्ना १०)।

आजकलका धेरैजनाको जस्तै, डियोट्रेफेसको पनि समस्या घमन्ड थियो। उसले प________ हुन (३ यूहन्ना ९) वा पहिलो स्थान पाउन रुचाउँथ्यो। ऊ प्रथम श्रेणीको व्यक्ति हुन मन पराउँथ्यो! उसलाई शक्ति र ओहोदा चाहिएको थियो, र कुनै पनि व्यक्ति वा प्रभु स्वयंको सामु पनि दोस्रो स्थानमा रहन चाहँदैनथियो! कलस्सी १:१८ अनुसार, को चाहिँ वास्तवमै पहिलो स्थान पाउने योग्यको हुनुहुन्छ? _________________________
आज हामीलाई मण्डलीमा डियोट्रेफेसजस्तो होइन तर गायस (३ यूहन्ना १) र डेमेट्रियस (३ यूहन्ना १२) जस्ता मानिसहरू चाहिएको छ। गायस स्वस्थ विश्वासी थिए। यूहन्नाले उनको निम्ति जसरी उनको आत्मिक उन्नति भएको थियो उसरी नै उनी शारीरिक स्वस्थतामा रहुन् भनी प्रार्थना गरे (३ यूहन्ना २)।

यदी कसैले तपाईंको निम्ति त्यही प्रार्थना गर्ने हो भने, के त्यो प्रार्थना तपाईंको निम्ति आशिष ठहर्नेछ कि श्राप? मानौं तपाईंको शारीरिक अवस्था र आत्मिक अवस्थाको स्वास्थ्य बराबर छ। के तपाईं अस्पतालमा हुनुहुनेथियो? मानौं तपाईंको शरीर तपाईंको आत्माजस्तै स्वस्थ छ। के तपाईं स्वस्थ हुनुहुनेथियो कि बिमार? मानौं तपाईंले तपाईंको आत्मालाई र शरीरलाई खाना दिनुपर्यो। तपाईं कत्तिको स्वस्थ हुनुहुनेथियो? के तपाईंले हप्ताको एकपटक भन्दा बढी खानेकुराहरू खानुहुनेथियो?

२ र ३ यूहन्नाबाट सिक्न सकिने पाठहरू थुप्रै छन् तर हामी हाम्रो चौथो शीर्षकमा प्रवेश गर्नेछौं:

यहूदा—विश्वासको निम्ति संघर्ष

यहूदाको पुस्तक या_____का भाइले लेखेका हुन् (यहूदा १)। हामीले याकूबको बारेमा ११ औं पाठमा सिक्यौं। के यहूदा येशूको आधा-भाइ थिए (मर्कूस ६:३)?________
यहूदाले यो पुस्तक किन लेखे भनी ३ पदमा पढ्न सकिन्छ। यहूदाले बसेर परमेश्वरको यति ठूलो मु_______ बारेमा लेख्न सुरु गरेका थिए, तर परमेश्वरको हृदयमा अर्कै कुरा थियो। अचानक यहूदाले महसूस गरे कि उनले विश्वासीहरूलाई झूटा शिक्षकहरूको बारेमा चेताउनी दिनैपर्छ र विश्वासीहरूलाई विश्वास (सबै विश्वासीहरूले विश्वास गर्ने सत्यता) को निम्ति स________ गर्नुपर्छ भनी उत्साह दिनुपर्छ। ३ पदमा भएको “संघर्ष” भनिने शब्दले विश्वासीहरूले सत्यताको निम्ति युद्ध लड्नुपर्छ भनी अर्थ दिँदछ! हामी वास्तविक युद्धमा छौं, र असल ख्रीष्टिय सेनाहरूको रूपमा हामीले परमेश्वरको सत्यताको निम्ति लड्नैपर्छ।

झूटा शिक्षकहरू र तिनीहरूमाथि आउने इन्साफको बारेमा वयान गर्ने केही पदहरू कुन कुन हुन्? _________________ यहूदाको पुस्तकमा विश्वासीहरूलाई विश्वासमा बलियो हुन उत्साह दिने पदहरू कुन कुन हुन्? _________________ यहूदाको पुस्तक र २ पत्रूसको २ अध्याय धेरै मिल्दोजुल्दो छन्। के केही मिल्दोजुल्दो कुराहरू भेट्टाउन सक्नुहुन्छ? पत्रूसले आफ्नो दोस्रो पत्र लेखेपछि मात्र यहूदाको पुस्तक लेखिएको हुनुपर्छ।

के आज विश्वासको निम्ति युद्ध लड्नु खाँचो छ? के आज हाम्रो माझमा झूटा शिक्षकहरू छन्? के झूटा शिक्षकहरू मण्डलीभित्र चाल मारेर प्रवेश गर्नु सम्भव छ? कसरी आज विश्वासीहरूले विश्वासको निम्ति लड्नुपर्छ? सुरुका विश्वासीहरू सत्यताका निम्ति जिए र मरे पनि! आज पनि, आफ्ना छोराछोरीहरू स_________ हिँडिरहनुभन्दा परमेश्वरको ठूलो आनन्द अरू कुनै छैन (३ यूहन्ना ४)! यूहन्ना र यहूदाले लेखेका पत्रहरूले हामीलाई त्यस्तै गर्न मद्दत गर्दछ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email