के बाबुआमाहरूले छोराछोरीलाई ईश्वरीय तालीम दिने कामलाई प्रमुख प्राथमिकता र लक्ष्य बनाएका छन्?
आफ्ना छोराछोरीहरूले नयाँ जन्म पाऊन् भन्ने हेतुले के बाबुआमाहरूले गर्न सक्ने सबै कुराहरू गरिरहेका छन्?
के बाबुआमाहरूको ख्रीष्टियन जीवन नियमित र एकनास खालको छ?
के बाबुआमाहरू प्रभावकारी खालको व्यक्तिगत बाइबल अध्ययन गर्ने गर्छन्?
के उनीहरू देनिक रूपमा पारिवारिक सङ्गति गर्छन्?
के उनीहरू एउटा खाँटी मण्डलीमा विश्वासयोग्य छन्?
के बाबुआमाहरूले त्यस्ता कुनै पनि प्रत्यक्ष पापलाई ठाउँ नदिई जिउँदैछन् जसले नत्र उनीहरूको अनुशासन कार्यलाई थाहा नपाउने गरीकन दुर्बल बनाउनेथ्यो?
के पति र पत्नीको प्रभुमा सँगसँगै एउटा स्वस्थ पारस्परिक सम्बन्ध छ?
के बुबा घरको आत्मिक शिरको रूपमा सक्रिय छन्?
के बुबाले आफ्नी पत्नीलाई प्रेम गर्ने र उनीसित मन खोलेर कुरा गर्ने, कुरा सुन्ने गर्ने गर्छन्?
के पत्नीमा एउटा ईश्वरीय र अधीनताको आत्मा छ?
के आमा “घर सम्हाल्ने” व्यक्ति छिन्?
के उक्त घर आत्मिक सङ्गीतले भरिएको छ?
के नानीहरूलाई प्रभावकारी ढङ्गले अनुशासन गरिँदैछ र के छडीलाई अनुशासन पद्धतिमा ठीकसित प्रयोग गरिँदैछ?
के अनुशासन नियमित (अविरोधी) रूपमा गर्ने गरिएको छ?
के अनुशासन दृढतापूर्वक गर्ने गरिएको छ?
के आज्ञापालन उत्पन्न गराउन छडीलाई पर्याप्त बलका साथ प्रयोग गरिँदैछ?
के छोराछोरीहरूलाई आज्ञापालन र अधिकारप्रति आदरभाव सिकाइँदैछ?
के छोराछोरीहरूलाई असल मनोभाव कायम राख्न सिकाइँदैछ?
के छोराछोरीहरूलाई पटक-पटक चेतावनी दिने काम नगरीकन बरु छिट्टै आज्ञापालन गर्न सिकाइँदैछ?
के अनुशासन प्रेममा गरिँदैछ?
के बाबुआमाहरूले छोराछोरीलाई रिसमा अनुशासन गर्नदेखि आफूलाई जोगाउँदैछन्?
के छोराछोरीहरूलाई उनीहरूले अनुशासनको विरोध गर्न वा मुख लाग्न पाउँदैनन् भनेर सिकाइँदैछ?
के छोराछोरीहरू बाइबलको जगमा बसालिँदैछन्? के उनीहरूलाई आफ्नै व्यक्तिगत दैनिक बाइबल अध्ययन गर्ने बानी हुन सिकाइँदैछन्?
के छोराछोरीहरूलाई बाइबल अध्ययन गर्न र बाइबलको अर्थ प्रकाशन गर्न सिकाइँदैछन्?
के बाबुआमाहरू आफ्ना छोराछोरीहरूसित घनिष्ट कुराकानी गर्ने अवस्थामा छन्?
के बुबा र आमा छोराछोरीका सामु एउटै मनसित व्यवहार गर्दैछन्?
के बाबुआमाहरूले छोराछोरीका हृदयहरू आफूतिर कामय राख्दैछन् र सुरक्षित राख्दैछन्?
के बुबा आफ्ना छोराछोरीलाई रिस नउठाउन होशियार छ?
के बाबुआमाहरूले छोराछोरीका जीवनहरूका सबै क्षेत्रहरूमाथि नजिकबाट निगरानी राखिरहेका छन्?
छोराछोरी तन्नेरी भएका छन् भने के बाबुआमाहरू उनीहरूसित अझै घनिष्ट कुराकारनी गर्ने र उनीहरूका जीवनहरूलाई निगरानी राख्ने गर्दैछन्?
के बाबुआमाहरू आफ्ना छोराछोरीका सामु इमानदार छन् र आवश्यक पर्दा आफ्ना पाप र भूलहरूलाई स्वीकार गर्ने गर्छन्?
के छोराछोरीहरूलाई नियम र प्रतिबन्धहरूको बाइबलीय आधार सिकाइँदैछ?
के तिनीहरूलाई दैनिक जीवनहरू र निर्णयहरूमा बाइबललाई लागु गर्न सिकाइँदैछ?
के बाबुआमाहरू छोराछोरीहरूका निम्ति दैनिक रूपमा र यत्नपूर्वक प्रार्थना गरिरहेका छन्?
के छोराछोरीहरूलाई संसारका खराब कुराहरू जस्तै बलिऊड, पप सङ्गीत, अभद्र फेशन र अस्वस्थ भिडियो गेमहरू तथा पढ्ने कुराहरूबाट अलग राख्दैछन्?
के इन्टरनेटको सम्पूर्ण प्रयोग ईश्वरीय नियन्त्रणमुनि रहेको छ?
के छोराछोरीहरूलाई प्रभुको सेवा कसरी गर्ने भनेर सिकाइँदैछ? के उनीहरू सेवकाइमा संग्लग्न छन्?
के छोराछोरीहरू एउटा खाँटी, आत्मिक रूपमा स्वस्थ बाइबलीय मण्डलीमा छन्?
के बाबुआमाहरू मण्डलीका मानदण्डहरूलाई समर्थन गर्दछन्?
के छोराछोरीहरू एउटा स्वस्थ ख्रीष्टियन स्कूलमा वा होमस्कूलमा पढाइँदैछन्?
साभार: David Cloud, Keeping the Kids, Way of Life Literature (2010)
https://wordoftruth.com.np/wp-content/uploads/2020/04/child-holding-hand.jpg9831476Pradesh Shresthahttps://wordoftruth.com.np/wp-content/uploads/2021/06/logo-01-2-300x156.pngPradesh Shrestha2020-04-29 12:53:062021-04-15 14:19:22छोराछोरीको संरक्षण गर्न बाबुआमाका जिम्मेवारीहरू