छोराछोरीको संरक्षण गर्न बाबुआमाका जिम्मेवारीहरू
छोराछोरीको संरक्षण गर्न बाबुआमाका जिम्मेवारीहरू
- के बाबुआमाहरूले छोराछोरीलाई ईश्वरीय तालीम दिने कामलाई प्रमुख प्राथमिकता र लक्ष्य बनाएका छन्?
- आफ्ना छोराछोरीहरूले नयाँ जन्म पाऊन् भन्ने हेतुले के बाबुआमाहरूले गर्न सक्ने सबै कुराहरू गरिरहेका छन्?
- के बाबुआमाहरूको ख्रीष्टियन जीवन नियमित र एकनास खालको छ?
- के बाबुआमाहरू प्रभावकारी खालको व्यक्तिगत बाइबल अध्ययन गर्ने गर्छन्?
- के उनीहरू देनिक रूपमा पारिवारिक सङ्गति गर्छन्?
- के उनीहरू एउटा खाँटी मण्डलीमा विश्वासयोग्य छन्?
- के बाबुआमाहरूले त्यस्ता कुनै पनि प्रत्यक्ष पापलाई ठाउँ नदिई जिउँदैछन् जसले नत्र उनीहरूको अनुशासन कार्यलाई थाहा नपाउने गरीकन दुर्बल बनाउनेथ्यो?
- के पति र पत्नीको प्रभुमा सँगसँगै एउटा स्वस्थ पारस्परिक सम्बन्ध छ?
- के बुबा घरको आत्मिक शिरको रूपमा सक्रिय छन्?
- के बुबाले आफ्नी पत्नीलाई प्रेम गर्ने र उनीसित मन खोलेर कुरा गर्ने, कुरा सुन्ने गर्ने गर्छन्?
- के पत्नीमा एउटा ईश्वरीय र अधीनताको आत्मा छ?
- के आमा “घर सम्हाल्ने” व्यक्ति छिन्?
- के उक्त घर आत्मिक सङ्गीतले भरिएको छ?
- के नानीहरूलाई प्रभावकारी ढङ्गले अनुशासन गरिँदैछ र के छडीलाई अनुशासन पद्धतिमा ठीकसित प्रयोग गरिँदैछ?
- के अनुशासन नियमित (अविरोधी) रूपमा गर्ने गरिएको छ?
- के अनुशासन दृढतापूर्वक गर्ने गरिएको छ?
- के आज्ञापालन उत्पन्न गराउन छडीलाई पर्याप्त बलका साथ प्रयोग गरिँदैछ?
- के छोराछोरीहरूलाई आज्ञापालन र अधिकारप्रति आदरभाव सिकाइँदैछ?
- के छोराछोरीहरूलाई असल मनोभाव कायम राख्न सिकाइँदैछ?
- के छोराछोरीहरूलाई पटक-पटक चेतावनी दिने काम नगरीकन बरु छिट्टै आज्ञापालन गर्न सिकाइँदैछ?
- के अनुशासन प्रेममा गरिँदैछ?
- के बाबुआमाहरूले छोराछोरीलाई रिसमा अनुशासन गर्नदेखि आफूलाई जोगाउँदैछन्?
- के छोराछोरीहरूलाई उनीहरूले अनुशासनको विरोध गर्न वा मुख लाग्न पाउँदैनन् भनेर सिकाइँदैछ?
- के छोराछोरीहरू बाइबलको जगमा बसालिँदैछन्? के उनीहरूलाई आफ्नै व्यक्तिगत दैनिक बाइबल अध्ययन गर्ने बानी हुन सिकाइँदैछन्?
- के छोराछोरीहरूलाई बाइबल अध्ययन गर्न र बाइबलको अर्थ प्रकाशन गर्न सिकाइँदैछन्?
- के बाबुआमाहरू आफ्ना छोराछोरीहरूसित घनिष्ट कुराकानी गर्ने अवस्थामा छन्?
- के बुबा र आमा छोराछोरीका सामु एउटै मनसित व्यवहार गर्दैछन्?
- के बाबुआमाहरूले छोराछोरीका हृदयहरू आफूतिर कामय राख्दैछन् र सुरक्षित राख्दैछन्?
- के बुबा आफ्ना छोराछोरीलाई रिस नउठाउन होशियार छ?
- के बाबुआमाहरूले छोराछोरीका जीवनहरूका सबै क्षेत्रहरूमाथि नजिकबाट निगरानी राखिरहेका छन्?
- छोराछोरी तन्नेरी भएका छन् भने के बाबुआमाहरू उनीहरूसित अझै घनिष्ट कुराकारनी गर्ने र उनीहरूका जीवनहरूलाई निगरानी राख्ने गर्दैछन्?
- के बाबुआमाहरू आफ्ना छोराछोरीका सामु इमानदार छन् र आवश्यक पर्दा आफ्ना पाप र भूलहरूलाई स्वीकार गर्ने गर्छन्?
- के छोराछोरीहरूलाई नियम र प्रतिबन्धहरूको बाइबलीय आधार सिकाइँदैछ?
- के तिनीहरूलाई दैनिक जीवनहरू र निर्णयहरूमा बाइबललाई लागु गर्न सिकाइँदैछ?
- के बाबुआमाहरू छोराछोरीहरूका निम्ति दैनिक रूपमा र यत्नपूर्वक प्रार्थना गरिरहेका छन्?
- के छोराछोरीहरूलाई संसारका खराब कुराहरू जस्तै बलिऊड, पप सङ्गीत, अभद्र फेशन र अस्वस्थ भिडियो गेमहरू तथा पढ्ने कुराहरूबाट अलग राख्दैछन्?
- के इन्टरनेटको सम्पूर्ण प्रयोग ईश्वरीय नियन्त्रणमुनि रहेको छ?
- के छोराछोरीहरूलाई प्रभुको सेवा कसरी गर्ने भनेर सिकाइँदैछ? के उनीहरू सेवकाइमा संग्लग्न छन्?
- के छोराछोरीहरू एउटा खाँटी, आत्मिक रूपमा स्वस्थ बाइबलीय मण्डलीमा छन्?
- के बाबुआमाहरू मण्डलीका मानदण्डहरूलाई समर्थन गर्दछन्?
- के छोराछोरीहरू एउटा स्वस्थ ख्रीष्टियन स्कूलमा वा होमस्कूलमा पढाइँदैछन्?




