फुटेको फुलदानी

बालबालिका विशेष

ज हामी बाइबलको हितोपदेश २८:१३ बाट सिक्नेछौं। आऔं, बाबु नानीहरूहो, हामी बाइबल खोलेर हितोपदेश २८:१३ मा पढौं। आजको बाल सङ्गति पाठमा एउटा फुलदानीको कुरागर्नेछु। फुलदानी किसिम किसिमका हुन्छन्। कुनै महँगा पनि हुन्छन्। कुनै ज्यादै सुन्दर हुन्छन्। आजको बाइबल पद सिक्नलाई म तिमीहरूलाई एउटा फुलदानीको कथा सुनाउँछु। पहिलाबाइबल पद पढौं।

“जसले आफ्‍ना पापहरू ढाक्छ, त्यो सफल हुँदैन; तर जसले तिनलाई मानिलिन्छ र छोडिदिन्छ, उसले कृपा पाउनेछ” (हितोपदेश २८:१३)।

कसैले आफ्‍नो पाप ढाक्न खोज्नु भनेको उसले आफ्‍नो पाप लुकाउन खोज्नु भनेको हो। परमेश्वरले यो भन्नुहुन्छ – त्यो मान्छे सफल हुँदैन। किनकि १) पाप लुकाएर त्यो लुक्ने होइन किनकिपरमेश्वरबाट कुनै कुरा लुकाउन सकिन्न। किनकि २) पाप लुकाउन खोज्नु झूटो काम हो र झन् पाप गर्नु हो अनि न्यायको दिनमा परमेश्वरले पापलाई दण्ड दिनुहुन्छ।

तर यो पदले सिकाउँछ, पापीले आफ्‍नो पाप मानिलिन्छ र छोडिदिन्छ भने उसले कृपा पाउनेछ। पाप मानिलिनु भनेको स्वीकार गर्नु हो। “हो, मैले पाप गरेको छु” भनेर स्वीकार गर्नु हो।छोडिदिनु भनेको त्यसलाई आफ्‍नो मनले त्यसलाई इन्कार गर्नु हो। पश्चात्ताप गर्नु हो। पापबाट मन फर्काउनु हो। त्यस्तो व्यक्तिले कृपा पाउनेछ। क्षमा पाउनेछ।

यो पद सिक्नलाई म तिमीहरूलाई एउटा फुटेको फुलदानीको बारेमा एउटा कथा सुनाउँछु।

एकजना ८ वर्षकी सानी नानी थिई जसको नाम बिनु थियो। ऊ आफ्नी आमालाई घरको काममा सघाउन मन पराउँथी। तर जहिले पनि, उसकी आमाले उसलाई अह्राउनुभएको कामगर्नुभन्दा ऊ आफैलाई मन परेको काम गर्न खोज्थी।

एक बिहानको कुरा हो, बिनुले आफ्नी आमालाई भनी, “ममी, म तपाईंलाई आज मदत गर्न चाहन्छु। म तपाईंको नोकर बनेर खेल्छु र सबै कामहरू गर्छु नि — रमाइलो हुन्छ जस्तो लाग्छ।”

उसकी आमाले भनिन्, “तिम्रो मदत पाए त म खुशी हुन्थें, नानु। भान्सामा पकाउने काम छ मेरो, त्यतिखेर तिमीले बेबीलाई हेरेर बस न ल?”

बिनु अँध्यारो मुख गरी। “बेबीलाई हेर्ने? कस्तो थकाइ लाग्छ उसलाई हेर्ने काम त। म साँच्चीकै खालको काम गर्न चाहन्छु। बरु बैठक कोठामा धूलो पुछपाछ गर्छु नि। प्लिज हुन्छ?”

आमाले भनिन्, “अब, यस कुरामा मेरै इच्छाअनुसार गर भनेर म तिमीलाई बल गर्दिनँ, किनकि कुरुवा बस्न नचाहने व्यक्तिको विश्वासमा म बेबीलाई छोड्न सक्दिनँ। हुन्छ, तिमीले बैठकमाधूलोजति सफा गर तर शिशाको दराजलाई अलक्कै छोड। तिमीले त्यसलाई छुनु हुँदैन। मेरा सुन्दर भाँडावर्तनहरू एउटै फुटेको चाहन्नँ। तिमीले त्यो दराजलाई चाहिँ छुने होइन है।” त्यसपछि आमा बेबीलाई साथमा लिएर भान्सामा जानुभयो।

बिनुले यदि आमालाई साँच्ची नै मदत गर्न चाहेकी भए, उसले बेबीलाई हेरिदिन चाह गर्ने थिई। तर उसले खास आफ्‍नै लागि रमाइलो गर्न खोजेकी थिई। त्यसैले यो कुनै अनौठो कुरा थिएनकि एउटा टेबुललाई र दुई-तीनटा मेचलाई पुछपाछ पारेपछि उसलाई त्यो काम झञ्जट लाग्न थाल्यो। बिनु आमाकहाँ गएर ‘म के गरिदिऊँ’ भनेर फेरि सोध्नलाई जान चाहिनँ किनकि उहाँलेउसलाई मन नपर्ने काम दिनुहोला कि भन्ने डर थियो। एकछिन बैठक कोठाको बीचमा उभिएर उसले सोची। अब के गर्ने होला भन्ने कुरा उसले बिचार गर्दैथिई। झ्यालबाट बिहानकोघामका किरणहरू छिरेर शीशाको दराजमाथि परेको उसले देखि। घामको किरणमा ती सजावटका सामानहरू कति सुन्दर देखिन्थे! “आमाले मलाई दराज पुछपाछ गर्न दिनुभएको भएहुन्थ्यो,” बिनुले सोची। “त्यो पो रमाइलो हुन्थ्यो। यसलाई पुछपाछ गरेको उहाँ चाहनुहुन्छ, मलाई थाह छ। मैले सामान फुटाउला कि भन्ने डरले मात्र नछुनु भन्नुभएको हो। अवश्य पनिउहाँले सामान फुटेको चाहनुहुन्न किनभने यी सामान उहाँका साथीहरूले उपहार दिनुभएको हो। इन्द्रेणी रङको त्यो फुलदानी विदेशबाट ल्याइएको हो, मलाई थाह छ। त्यसमा भएकोसुनौलो रङ अरू सबै रङहरूसित मिलेर कति राम्रो देखिन्छ! पक्कै पनि म केही फुटाउँदिन। म दराज पुछपाछ गर्छु तर म एकदम होशियारसाथ गर्छु। अनि आमाले, मैले केही नफुटाईकनदराजलाई पुछपाछ पारेको देख्नुभएपछि, उहाँले मलाई अर्को पालि पनि त्यो काम गर्न दिनुहुन्छ …”

दराजको कुनै पनि सर-सामान छुने काम उसको होइन भनेर बिनुलाई राम्ररी थाह थियो। उसकी आमाले उसलाई दराज अलक्कै छोड्नू भन्नुभएको थियो, तर उसलाई ती सर-सामान चलाउनयति इच्छा लाग्यो कि उसले आखिरमा त्यो गरेर छाडी। उसले एउटा मेच तानी र त्यसमाथि चढी, माथिमाथिका तखतालाई भेट्न। सजावटका सामग्रीलाई उसले एकएक गरी  झिकी रहोशियारपूर्वक एउटा टेबलमाथि राखी अनि त्यसपछि उसले रित्तो तखतालाई पुछपाछ पारी। त्यसपछि ती सामग्रीलाई एक-एक गरी लिँदै र आ-आफ्‍नो ठाउँमा राख्न थाली। उसले सबैसामग्रीलाई केही नबिगारी आफ्‍नो-आफ्‍नो ठाउँमा राख्न सफल भई केवल माथिल्लो तखताको विदेशबाट ल्याइएको त्यो इन्द्रेणी रङको सुन्दर फुलदानी मात्र बाँकी थियो।

बिनु मेचमै उभिरहेकी थिई र आफ्‍नो हातमा त्यो फुलदानी लिएकी थिई जब त्यही बेला उसको पछिल्तिरको ढोकामा उसले एउटा आवाज सुनी। ढोका झन् झन् उघ्रँदै थियो। ऊ झसङ्ग भईर फर्केर हेर्न खोजी, आमा होला भनी डराउँदै। तर बिरालो मात्र रहेछ। तर, ऊ पछाडि फर्केर हेर्दा उसको खुट्टा मेचबाट चिप्ल्यो। आफू नलड्न बिनुले दराजलाई समात्न पुगी अनि कसरी-कसरी त्यो सुन्दर फुलदानी उसको हातबाट फुस्केर भुइँमा खस्यो र तीन टुक्रा भयो।

बिनु त्रसित भएर त्यो फुटेको फुलदानीलाई हेरिरही। आमालाई सम्पूर्ण घरमा त्यो फुलदानी जत्तिकै मन पर्ने सजावटको सामग्री अर्को कुनै थिएन। त्यो यति सुन्दर थियो अनि त्यो एकजनामिसनरी दिदीले दिनुभएको थियो आमालाई। बिनुलाई थाह थियो कि ऊ गएर आमालाई भन्नुपर्छ आफूले बिगारेको कामको बारेमा। उसलाई यो थाह थियो ऊ यसमा आफू कति दु:खितछु भनेर आमालाई बताउनुपर्छ तर उसलाई यो लाग्यो कि उसले आज्ञा नमानेकीले आखिरमा आमाले उसलाई पक्कै पनि सजाय दिनुहुनेछ। त्यसैले ऊ त्यो फुलदानीलाई हेरिबसी र म योसमस्याबाट कसरी उम्कन सकुँली भनेर सोच्न थाली।

अन्तमा उसले ती फुटेका टुक्राहरूलाई टिपटाप गरी र जोडजाड गरी। ऊ फेरि मेचमाथि चढी र दुईटै हातले फुलदानीलाई समाएर त्यसलाई दराजको माथिल्लो तखतामा बिस्तारै राखी।उसले त्यसलाई यताउता घुमाई र त्यसलाई त्यसका चर्केका भागहरू नदेख्ने गरी राखी। त्यसपछि ऊ चुपचापसित माथिल्लो तलाको सुत्ने कोठामा गई र खाटमा थचक्क बसी। यतिखेरउसलाई मनमा निकै नरमाइलो लागिरहेको थियो। आमाले त्यो फुलदानीको अवस्था कहिले पत्ता लगाउनुहुन्छ होला? अर्को पालि आमाले त्यो फुलदानी समाउनुहुँदा त्यो आफै फुटेछ भनीठान्नुभएको होस् भनेर बिनुले आशा गरी।

त्यतिखेर उसले आमा बैठक कोठामा पस्नुभएकी सुनी अनि केही बेरपछि उहाँ सिँढी चढ्दै माथि आउँदै गर्नुभएकी सुनी। बिनुलाई कहाँ लुक्न पाए वा भागेर जान पाए हुन्थ्यो जस्तो लाग्योतर उसले के गर्ने भन्ने निर्णय गर्न नपाउँदै आमा त कोठाभित्र आइपुग्नुभयो।

आमाको अनुहार दु:खित देखिन्थ्यो र उहाँले भन्नुभयो, “बिनु, विदेशदेखि ल्याइदिएको मेरो सुन्दर फुलदानी फुटेको छ त! कसरी भयो यो, मलाई भन।”

बिनुले भनी, “मलाई केही थाह छैन यसको बारेमा। तर कोठाभित्र बिरालो पसेको देख्याथीं। सायद उसैले ढालेर फुटायो होला।”

बिनुकी आमाको अनुहार झनै दु:खित बन्यो। उहाँले भन्नुभयो, “बिनु, बिरालोले यदि मेरो फुलदानी ढालेको हो भने, उसले त्यसलाई टिपटाप गरेर फेरि तखतामा राख्न सक्थ्यो र?”

तब बिनुलाई यो थाह भयो कि अब आफ्‍नो पाप लुकाउन खोजेर लुक्नेवाला छैन। उसले जवाफ दिन थालि र रून थाली, “मम्मी, तपाईंको फुलदानी मैले फुटाइँ! सरी मम्मी! मैले फुटाउँछुभनेर फुटाएकी होइन।”

केही बेर आमा नबोली बस्नुभयो। त्यसपछि आमाले भन्नुभयो, “फुलदानी झुक्किएर फुटेको हुनुपर्छ भन्ने कुरा म विश्वास गर्छु, अनि झुक्किएर हुन गएको कुरामा म त तिमीलाई सजायँ दिनेगर्दिनँ। तर मेरो आज्ञा नमानेको चाहिँ झुक्किएर भएको होइन अनि त्यसको लागि मैले तिमीलाई सजायँ दिनैपर्छ। तिमीले मेरो आज्ञा नमानेकीले तिमी एकलै यहीँ बसेर तिम्रो खानाखानुपर्छ। अनि त्यसको बारेमा झूट बोलेकीले त्यसको लागि मैले अर्को सजायँ पनि दिनुपर्छ। त्यसको बारेमा मलाई केही थाह छैन भनेकीले म तिमीलाई अर्को हप्ता चिडियाखाना घुमाउनलान्छु भनेकी थिएँ – त्यो म क्यान्सल गर्छु।”

तब आमा तल झर्नुभयो र बिनु एकलै भई। ऊ रोई, धेरै रोई। उसलाई एकलै कोठामा खाना खान मन पर्दैनथ्यो। चिडियाखाना जान नपाउने भइयो भनेर उसलाई एकदम उदास लाग्योकिनभने पहिले त्यहाँ जाँदा उसलाई यति खुशी लागेको थियो।

बिनु त्यहाँ बस्दै गर्दा उसलाई यो महसुस हुन थाल्यो कि यी दुईटै सजायहरू उसले पाउनुपर्ने सजाय नै हुन्। उसले बाल सङ्गतिमा सिकेकी एउटा पदलाई विचार गरी: “जसले आफ्‍ना पापहरू ढाक्छ, त्यो सफल हुँदैन; तर जसले तिनलाई मानिलिन्छ र छोडिदिन्छ, उसले कृपा पाउनेछ।” “त्यो सत्य हो,” बिनुले मनमनै भनी। “म अलिकति पनि सफल भइरहेकी छैन।मलाई त समस्या बाहेक अरू केही आएको छैन।”

केही बेरपछि बिनुले आफ्‍नो घुँडा टेकी र प्रभु येशूलाई सबै कुरा बताई। उसले उहाँलाई भनी, “मेरा सबै पापहरू हटाइदिनुहोस् र मलाई तपाईंको छोरी बनाउनुहोस्। मलाई अबदेखि पापनलुकाउन मदत गर्नुहोस् बरु त्यसलाई मानिलिन र छोडिदिन मदत गर्नुहोस्।” यसले बिनुलाई मनमा आराम भएको अनुभव भयो र पछि ऊ तल झरी र उसकी आमाले अह्राउनुभएको सबैकुरा आफूले कुनै जिद्दी नगरीकन गरि। हरेक दिन उसले ठीक काम गर्न प्रभु येशूसित सहायता माग्थी अनि उसले कुनै गल्ती गरिहाल्दा त्यसलाई स्वीकार गर्न उहाँसित सहायता माग्थी। त्योफुटेको फुलदानीलाई सम्झेपछि उसलाई सत्य बताउन मदत हुन्थ्यो। एक दिन बिनुले आफ्नी आमालाई भनी, “मलाई त्यो बाइबल पद एकदम मन पर्छ, “जसले आफ्‍ना पापहरू ढाक्छ, त्यो सफल हुँदैन; तर जसले तिनलाई मानिलिन्छ र छोडिदिन्छ, उसले कृपा पाउनेछ।”

“किन यही पद तिमीलाई मन पर्छ?” उसकी आमाले सोध्नुभयो।

बिनुले जवाफ दिँदा उसको गाला अलिक रातो भएर आयो, “किनकि जुन दिन मैले तपाईंको सुन्दर फुलदानी फुटाएकी थिएँ नि, मम्मी, त्यो दिन यो पदले मलाई प्रभु येशूकहाँ आउन मदतगर्‍यो।”

“म एकदम खुशी छु, छोरी” उसकी आमाले भन्नुभयो।

केही दिनपछि आमाले यो निर्णय गर्नुभयो कि बिनुको जीवन साँच्ची नै बदलिएको छ। अनि बिदाको समय छँदै आमाले उसलाई चिडियाखाना घुमाउन लग्नुभयो।

Share on google
Share on facebook
Share on whatsapp
Share on twitter
Share on email
Share on skype
Print Friendly, PDF & Email