खण्ड ६ – मुक्ति

Doctrine

खण्ड ६ – मुक्ति

  1. एफेसी २:८ र रोमी ६:२३ अनुसार मुक्ति (अनन्त जीवन) परमेश्वरको दा___ हो। यस अमूल्य वरदानको मूल्य कसले तिरिदिनुभयो (१ पत्रुस १:१८-१९; १ कोरिन्थी ६:२०)? ______________________

द्रष्टव्य:मुक्ति सित्तैंमा पाइने कुरा हो तर यो सस्तो कुरा होइन!

  1. के सबै मानिसहरूले परमेश्वरबाटको मुक्तिको दान ग्रहण गर्दछन् (यूहन्ना १:११-१२; यूहन्ना ३:१८; यूहन्ना ३:३६)? _____________ यूहन्ना ३:१६ अनुसार परमेश्वरको दानलाई अस्वीकार गर्नेहरू _______ हुनेछन्।
  2. के परमेश्वरबाटको मुक्तिको दान सबै मानिसहरूका निम्ति प्रबन्ध गरिएको थियो (१ यूहन्ना ४:१४; यूहन्ना १:२९; यूहन्ना ३:१६-१७; १ तिमोथी २:४-६; ४:१०)? ___________
  3. ठीक कि बेठीक धेरैजसो मानिसहरूले परमेश्वरको महान् प्रेमलाई महसुस गर्नेछन् र परमेश्वरबाटको अनन्त जीवनको दानलाई खुशी भएर ग्रहण गर्नेछन् (मत्ती ७:१३-१४)।
  4. ठीक कि बेठीक एक व्यक्ति परमेश्वरकहाँ पुग्नलाई त्यहाँ एकभन्दा बढी बाटोहरू छन् (यूहन्ना १४:६; १०:९)।
  5. ठीक कि बेठीक प्रभु येशू ख्रीष्टबिना मुक्ति पाउनै सकिन्न (प्रेरित ४:१२; १ यूहन्ना ५:११-१२)।
  6. ठीक कि बेठीक स्वर्गमा पुग्नेहरूले केवल परमेश्वरलाई मात्र धन्यवाद दिन सक्नेछन् (१ कोरिन्थी १:२९; ‍एफेसी २:८,९) र नरक पुग्नेहरूले केवल आफैलाई मात्र दोष दिन सक्नेछन् (यूहन्ना ३:१८, ३६; इजकिएल ३३:११)।
  7. निम्न कुराहरूले एक व्यक्तिलाई कहिल्यै बचाउन सक्नेछैन:

१) ____ असल कामहरूले क) तीतस ३:५ २) ____ व्यवस्था पालन गर्न खोजेर ख) एफेसी २:८ ३) ____ सुकर्म (धर्मकर्म) गरेर ग) एफेसी २:९ ४) ____ हाम्रा आफ्नै प्रयासले घ) गलाती २:१६

मुक्तिचाहिँ परमेश्वरले गर्नुभएको र गरिरहनुभएको काम हो। योचाहिँ पाप र दण्डदेखि हामीलाई बचाउने परमेश्वरको योजना हो। हामीलाई परमेश्वररहित जीवनबाट छुटाएर परमेश्वरको जीवनभित्र, अझ, जीवनकै परमेश्वरमा ल्याउने परमेश्वरको योजना हो।

Print Friendly, PDF & Email