फेसन डिजाइनरको विचार
फेसन डिजाइनरको विचार
कुपन्डोलस्थित बुटिकहरूका ग्राहकहरू काठमाडौंका धनी महिलाहरू हुन्। आधुनिक विचारहरूमा समर्पित ती शिक्षित र अनुभवी नारीहरू गाडी हाँक्दै जान्छन् कुपन्डोलतिर आफ्ना कपडा सिलाउन। ती बुटिकहरू दुवै बिदेशी र नेपालीहरूको लागि लुगाको डिजाइन निकाल्ने र सिलाइदिने थलो हुन्। बुटिकमा कार्यरत व्यक्तिहरूको ईश्वर नै फेसन हो। फेसनले निर्देशन दिन्छ र तिनीहरू त्यस अनुसार चल्छन्। उनीहरूका ग्राहकहरू पनि फेसेनमा लीन छन्। ती बुटिकहरूमध्ये एउटा बुटिकको फेसेन डिजाइनरसँग हामीले कुरा गर्यौं जसको पसल दुई बर्ष पुरानो छ। उनी डिजाइनमा लागेको ५ बर्ष भइसक्यो। हामीले उनलाई निम्न प्रश्नहरू सोध्दाखेरि उनलाई हाम्रो उद्देश्य थाहा थिएन। ख्रीष्टियनले यी प्रश्नहरू सोधेका हुन् भनेर उनलाई थाहा थिएन। त्यसैले, यी प्रश्नहरूको जवाफ संसारको ढाँचामा लिप्त एक स्त्रीको हृदयबाट आएका हुन्।
हाम्रो प्रश्न: “बिगत केही बर्षमा नेपालीहरूले लाउने लुगामा ठूलो परिवर्तन आएको छ। ६ बर्ष अगाडि स्त्रीहरूले पाइन्ट लाउँदैन थिए। तर अहिले व्यापक रुपमा लगाउँछन्। साडी लगाउने विवाहित महिलाहरू अब कुर्ता सुरुवाल लगाउँछन्, उनीहरूका छोरीहरूले पाइन्ट लगाउँछन्, र उनीहरूका नातिनीहरूले हाफ पाइन्ट लगाउँछन्। तपाईंको विचारमा, नेपालमा यस्तो ठूलो परिवर्तन हुनुको प्रमुख कारण के हो?”
डिजाइनरको जवाफ: “पहिलो कारण टेलिभिजन हो, विशेष गरी च्यानलहरू। MTV, F Channel, र Zoom मा सबैले यस्तै लुगा देख्छन् अनि लाउन मन लाग्छ। दोस्रो कारण पढाइ हो। अहिले युवाहरू पढ्न बाहिर जान्छन्। बाहिर गएपछि त्यहीँको लुगा लगाउने बानी हुन्छ। घर फर्केपछि पनि बाहिरकै लुगा लगाउन मन लाग्छ। तेस्रो कारण बलिउड् हो। भारतका सिरियलहरूले ठूलो प्रभाव पार्छन्।”
हाम्रो प्रश्न: “लुगा त परिवर्तन भयो। त्यसमा कुनै शङ्का छैन। आजभोलि समाजमा अरु परिवर्तनहरू पनि देखिन्छन्। लुगाको परिवर्तनले समाजमा कास्तो परिवर्तन ल्यायो? अथवा समाजमा लुगाको परिवर्तनको प्रभाव कसरी देखिन्छ?”
डिजाइनरको जवाफ: “पहिला-पहिला महिलाहरू साडी लगाउँथे। साडी लगाउँदा स्वतन्त्र हुन सकिँदैन। जस्तै, साडी लगाएर बस चढ्न अप्ठ्यारो छ। कुर्था सुरुवाल अनि त्यसपछि पाइन्ट लगाउन थालेपछि महिलाहरूले स्वतन्त्र अनुभव गर्न थाले। त्यसपछि उनीहरूले घरबाट निस्कन पनि कम्फोर्टेबल भयो। नयाँ ढाँचाको लुगा लगाउनेहरू अफिसमा कन्फिडेन्ट हुन्छन्। अफिसमा काम गर्दा अप्वाइन्टमेनटहरू हुन्छन्, यता-उता जानु पर्ने हुन्छ। हतार भयो भने पाइन्टले बाधा दिँदैन। साडी लगाएको जस्तो होइन।”
हाम्रो प्रश्न: “अझ हाम्रो लागि स्पष्ट पार्नुहोस् – लुगाको परिवर्तनद्वारा महिलाहरूको चरित्र वा स्वभाव अथवा व्यवहार कसरी प्रभावित भयो?”
डिजाइनरको जवाफ: “महिलाहरू घरबाट निस्के। घरबाट निस्केपछि हाउस्वाइफ् हुन मन लागेन। अब महिलाहरूलाई किचेनमा रहन मन लाग्दैन। घरबाट निस्कन मन लाग्छ, जब [बाहिरी पेशा] गर्न मन लाग्छ।”
हाम्रो प्रश्न: “अमेरिकामा सन् १९६० र १९७० मा यस्तै ठूलो परिवर्तन आएको थियो। लुगाको परिवर्तन भयो – सबै महिलाहरूले छाडा लुगा लाउन थाले। अहिले “परिवार” भन्ने कुराको अस्तित्व नै मेटिन थाल्यो। ५० प्रतिशतभन्दा बढी परिवारहरू डिभोर्स [पारपाचुके] मा समाप्त हुन्छन्। एउटा महिलाले जीवनमा ३-४ चोटी विवाह गर्छे। अझ, अहिलेको पुस्ताले त विवाहको करार नै बाँध्न छाडिसक्यो र पशुजस्तै भएका छन् – कहिले कोसँग सुत्ने, कहिले कोसँग। कलेज पढ्न जाँदा अपरिचित केटाकेटीहरू एउटै फ्ल्याट लिएर बस्नु सामान्य कुरा भइसक्यो। महिलाले महिलासँग विवाहको करार बाँध्ने र पुरुषले पुरुषसँग विवाहको करार बाँध्ने घीनलाग्दो प्रचलन सुरु भएको छ। तपाईंलाई कस्तो लाग्छ? नेपालमा पनि छाडा लुगाको प्रभाव यस्तै ठूलो हुन सक्छ?”
डिजाइनरको जवाफ: “तपाईंको विचार १००% ठीक हो। यस्तै परिवर्तन नेपालमा पनि सुरु भइसक्यो। महिलाहरू घरबाट निस्केपछि अफिस गर्न थालेपछि अफेयर [व्यभिचार] गर्न पनि सामान्य कुरा भइसक्यो। स्वतन्त्र भएपछि आफ्नो श्रीमान्सँग रहन मन लाग्दैन।। पहिला जुन व्यवहार हामीलाई अनौठो लाग्थ्यो, त्यो पनि सिरियल हेर्दा हेर्दै अब केही जस्तो लाग्दैन। हामी जुन कुराहरू टिलिभिजनमा देख्छौं, हामीलाई त्यस्तै गर्न मन लाग्छ। पहिले जे-जे गर्न अप्ठ्यारो लाग्थ्यो, त्यो टिभीमा हेरेपछि गर्न सजिलो भयो। त्यो गर्न थालेपछि नयाँ-नयाँ कुराहरू (व्यवहार) चाहिन्छ हामीलाई। पहिला-पहिला नेपालमा डिभोर्स भन्दाखेरी नराम्रो लाग्थ्यो। अहिले केही जस्तो लाग्दैन।”
यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।