भूमिगत चिहानहरू र एकान्त वास
पाठ ४
भूमिगत चिहानहरू र एकान्त वास
के तपाईंले कहिल्यै भूमिगत चिहानको बारेमा सुन्नुभएको छ? भूमिगत चिहानहरू भनेको मानिसहरूलाई गाड्न जमिनमुनि खोपेर सुरुङ्ग जस्तो बनाइएको ठाउँहरू हुन्। यस्ता चिहानहरू संसारका विभिन्न ठाउँहरूमा पाइन्छ तर बढी प्रख्यात चिहानहरू रोममा पाइन्छन् र हामीले यस पाठमा त्यहीँका चिहानहरूको अध्ययन गर्नेछौं।
झण्डै एक हजार वर्षसम्म रोममा रहेका भूमिगत चिहानहरूको बारेमा जान्ने मानिसहरू बिरलै थिए। केही शताब्दी अगाडि मात्र केही मानिसहरूले उनीहरूका दाखबारीहरूमा रोपाइँ गर्दै गर्दा ती भेट्टाइएका थिए। कस्तो अचम्मको आविष्कार थियो त्यो! रोमका ती भूमिगत चिहानहरू सारा विश्वमै सबै भन्दा रोचक चिहान थिए।
ती सर्वोत्कृष्ट भूमिगत गल्लीहरू पहिलो तीन शताब्दीका ख्रीष्टियान मण्डलीहरूका ख्रीष्टियनहरूद्वारा निर्माण गरिएका थिए। रोमीहरूले ख्रीष्टियनहरूलाई उनीहरूका मृतकहरूलाई यी भूमिगत चिहानहरूमा दफन गर्ने अनुमति दिएको थियो। सम्राट कन्स्टान्टिनको समयपछि, ख्रीष्टियन चिहानहरू भूमिको सतहमा नै राखिन थाले। तसर्थ कन्स्टान्टिनको समय पूर्व पहिलो तीन शताब्दीहरूमा दफन स्थानको रूपमा भूमिगत चिहानहरू प्रयोग गरिएका थिए।
रोमको शहर अवस्थित भूमि तुलनात्मक हिसाबले नरम चट्टानहरूले बनेको छ। शहरी क्षेत्रभित्र मानिसहरूलाई दफन गर्ने अनुमति थिएन। त्यसैले शहर बाहिर थुप्रै स्थानहरूमा नरम चट्टानभित्र गल्लीहरू र सुरुङहरू खनिएका थिए। ती सुरुङहरूका भित्ताहरूलाई खोपेर खोपा-खोपा बनाइन्थ्यो र ती खोपाहरूमा मृत शरीरलाई राखिन्थ्यो। ती खोपाहरूलाई तखता-तखता मिलाएर एक माथि अर्को हुनेगरि खोपिन्थ्यो। शरीरलाई त्यसभित्र राखेपछि ती खोपाहरूलाई मार्बल वा टायलको पटरा प्रयोग गरेर बन्द गरिन्थ्यो।
उक्त मार्बल वा टायलमा मृतकको सम्झनामा केही कुराहरू खोपेर लेखिन्थ्यो जसलाई समाधि-लेख (स्मारक) भनिन्छ। समाधि-लेख भनेको मृतकको सम्झनामा लेखिने विस्तृत विवरण हो। मानिसहरूलाई दफनको गरिएको स्थानमा के तपाईंले त्यस्तो कुनै समाधि-लेख लेखिएको देख्नुभएको छ? समाधि-लेखहरूको बारेमा हामी अझै उल्लेख गर्नेछौं।
रोम भित्र र वरिपरि बस्ने ख्रीष्टियानहरूले आफ्ना मृतकहरूलाई भूमिगत चिहानहरूमा दफन गर्दथे। सुरुका ख्रीष्टियनहरूमध्ये शहिद भएर मृत्यु हुने धेरै जनालाई त्यहीँ दफन गरिएको थियो। ती विश्वासयोग्य पवित्र जनहरूका शरीरहरू ती भूमिगत चिहानहरूमा राखिएका थिए।
हामी रोमको भ्रमण गर्न जान सकेको भए ती भूमिगत चिहानहरूको अवलोकन गर्न सकिने थियो र ती अचम्मका सुरुङहरू हाम्रा आफ्नै आँखाहरूले देख्न सक्ने थियौं। हामीले त्यहाँ लामो र साँघुरो गल्लीहरू देख्ने थियौं। उक्त गल्लीहरूको चौंडाइ औसतमा करिब साँढे दुई देखि चार फिट मात्र छन् जहाँ मुश्किलले दुईजना मात्र अटाउन सक्छन्। माथिबाट कहीँ-कहीँ मात्र थोरै प्रकाश छिर्न सक्ने ठाउँ भएका ती सुरुङहरू अँध्यारो र निरस छन्। ती सुरुङहरू एक-अर्कासँग जोडिएका र घुमर्किएका भएकोले त्यहाँ एक प्रकारको जटिल भुलभुलैया बनेको छ। ती भूमिगत गल्लीहरूमध्ये थुप्रै गल्लीहरू भूमिको सतहभन्दा करिब ३० वा त्यो भन्दा बेसी फीट मुनि छ। यदि ती सबै सुरुङहरूलाई एक छेऊदेखि अर्को छेऊ जोड्ने हो भने झण्डै ८०० किलोमिटर लामो हुन्छ! र भित्ताहरूमा त्यहाँ करिब ४० देखि ७० लाख चिहानहरू छन्! ती चिहानहरूमा कति ख्रीष्टियनहरू दफन गरिएका छन् भन्ने कुराको सानो अनुमान हामी लगाउन सक्छौं।
यदि आज तपाईं उक्त ठाउँमा पुग्ने हो भने र मार्बल वा टायलहरू हटाएर अहिले सम्म नखोलिएको कुनै एउटा चिहान खोल्ने हो भने तपाईंले त्यहाँ अति राम्रोसँग संरक्षण गरिएको मानव कंकाल भेट्नुहुनेछ। बेलाबखतमा उक्त कंकाल चम्किलो महिमाले घेरिएझैं गरी उज्यालो देखिनेछ, तर त्यसलाई छोइयो भने त्यो माटो झैं फुस्सै खस्नेछ। यसले कसरी उत्पत्ति ३:१९; उपदेशक ३:२०; १२:७ को सम्झना गराउँछ?
______________________________________________________________________
समाधि-लेखहरू र भित्ताहरूमा रङ्गाइएका चित्रहरूको बारेमा अध्ययन गर्नु निकै रोचक हुन्छ किनभने तीद्वारा हामी सुरुका ख्रीष्टियानहरूको बारेमा र उनीहरूको विश्वासको बारेमा सिक्न सक्छौं। भूमिगत चिहानहरूमा साधारणतया भेट्टाउन सकिने त्यहाँ तीन ओटा सङ्केत चित्रहरू थिए:
१ “असल गोठालो” को चित्र (हेर्नुहोस् यूहन्ना १०)।
२ “दाखको बोट” को चित्र (हेर्नुहोस् यूहन्ना १५)।
३ माछाको चित्र। योचाहिँ ख्रीष्ट जनाउने प्राचीन ख्रीष्टिय सङ्केत थियो।
सुरुका ख्रीष्टियनहरूले एउटा सामान्य माछाको चित्र कोर्थे:

माछाको चित्र एउटा अति अर्थपूर्ण कुराको प्रतीक थियो। माचाको सङ्केतको अर्थ यस्तो थियो: येशू ख्रीष्ट, परमेश्वरका पुत्र, (हाम्रो) मुक्तिदाता! सुरुका ख्रीष्टियनहरूले कसरी माछाबाट यस्तो अर्थ बुझ्न सक्थे?
माछा शब्दको ग्रीक रूप यस्तो थियो:


माछा शब्दको ग्रीक रूप (इख्थीस) वास्तवमा एउटा छोटो रूप हो जसमा हरेक अक्षर कुनै अर्को शब्दको सुरुको अक्षर थियो।

तसर्थ, माछाको साङ्केतिक चित्र ख्रीष्ट जनाउने एउटा प्राचीन ख्रीष्टियन सङ्केत थियो: येशू ख्रीष्ट, परमेश्वरका पुत्र, (हाम्रो) मुक्तिदाता! यी शब्दहरूले स्पष्ट शिक्षा दिन्छ: येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ! उहाँ परमेश्वरको महिमित पुत्र हुनुहुन्छ! उहाँ परमेश्वरको एकमात्र मुक्तिदाता हुनुहुन्छ! आज पनि माछाको चित्र कहिलेकाहिँ ख्रीष्टियन सङ्केतको रुपमा देखिन्छ।
भूमिगत चिहानहरूमा भेट्टाइएका ख्रीष्टियनहरूको समाधि-लेखहरू आशावादी र उल्लसित थिए। तिनमा सुरुका ख्रीष्टियनहरूमाझ चिहान भन्दा पनि पछाडिको जीवनको निम्ति महान् आशा भएको देखिन्थ्यो। ती भूमिगत चिहानहरूमा भेट्टाइएका समाधि-लेखहरूमा पाइएका विस्तृत विवरणहरूका केही उदाहरणहरू यस्ता छन्:
“शोक नगर, मेरो नानी; मृत्यु अनन्त छैन।”
“प्रिमा, तिमी परमेश्वरको महिमा र हाम्रा प्रभु येशू ख्रीष्टको शान्तिमा बाँचिरहेको छौ।”
“रेजीना, तिमी प्रभु येशूमा बाँचेकी हौ।”
“अगापी, तिमी सदाकालको निम्ति जिउनेछौ।”
एक विश्वासी जनको मृत्यु भएपछि वास्तवमा के हुन्छ (फिलिप्पी १:२१-२३; लूका २३:४३; २ कोरिन्थी ५:८)?
___________________________________________________________________________________
__________________________________________________________________________________
के शारीरिक मृत्युसँग विश्वासी जन डराउनुपर्छ? किन पर्छ? अथवा किन पर्दैन?
___________________________________________________________________________________
के मुक्ति नपाएकाहरू शारीरिक मृत्युसँग डराउनुपर्छ? किन पर्छ अथवा किन पर्दैन?
___________________________________________________________________________________
१ थेस्सलोनिकी ४:१३ पढ्नुहोस्। के विश्वासीहरूले आफ्ना प्रिय जनहरूको मृत्युको घडीमा अविश्वासीहरूले उनीहरूको आफ्नाहरूको मृत्युको समयमा गरेको जस्तै गरेर शोक गर्छन् (१ थेस्सलोनिकी ४:१३ सित तुलना गर्नुहोस्)? मृत्युको मुखमा पनि कसरी विश्वासीहरूसँग महान् आशा हुन सक्छ? यदि यसै दिन वा हप्तामा तपाईंको मृत्यु भयो भने, तपाईँका प्रिय जनहरूले कस्तो अनुभूति गर्ने थिए होला? तपाईं स्वर्गमा प्रभुसँग हुनुहुन्छ भनेर उहाँहरू निश्चित हुनुहुने थियो होला कि उहाहरू दु:खित हुँदै यस्तो सोच्नुहुने थियो होला, “उसले सायद साँच्चै गरी मुक्ति पाएको छैन होला”?
भूमिगत चिहानहरूले पहिलो तीन सताब्दीका सुरुका ख्रीष्टियनहरूका निम्ति एउटा अर्को उद्देश्य पनि पूरा गर्थ्यो। ती ठाउँहरू दफन स्थानहरू मात्र थिएनन् तर तिनलाई लुक्ने स्थानहरूको रूपमा पनि प्रयोग गरिन्थ्यो। ती ठाउँहरू मृतकहरूलाई लेटाउने स्थानहरू मात्र होइन तर जिउँदाहरू लुक्ने स्थानहरू पनि थिए! सुरूका ख्रीष्टियनहरू रोमीहरूद्वारा प्राय: जसो सताइन्थे र लखेटिन्थे। भूमिगत चिहानहरू सर्वोत्तम शरणस्थानहरू थिए। विश्वासीहरू यस्ता भुलभुलैया जस्ता गल्ली नै गल्लीहरू भएका सुरुङहरूभित्र दगुर्थे र उनीहरूलाई भेट्टाउन रोमीहरूलाई निकै कठीन हुन्थ्यो। त्यस्ता ठाउँहरूमा रोमीहरूले उनीहरूलाई बिरलै मात्र खेद्ने गर्थे।
ख्रीष्टियनहरू त्यस्ता भूमिगत चिहानहरू भएका सुरुङहरूमा आराधना गर्न भेला हुन्थे भन्ने कोही-कोहीको बिचार छ। हुन त, निश्चय पनि सुरुका ख्रीष्टियनहरू जहीँ गए तापनि परमेश्वरलाई प्रार्थना र प्रशंसा गर्ने गर्दथे, तर त्यस्ता सुरुङहरू उपासनाका निम्ति त्यस्तो सुहाउँदो थिएन। सबै भन्दा ठूलो स्थानमा पनि धेरैमा केवल मुनासिव दुरी राखेर २० वा ३० जना मात्र अटाउन सक्थे। ती लुक्नको निम्ति राम्रा स्थान थिए र मण्डली भवनहरू हुन त्यती राम्रा स्थान थिएनन्।
कहिलेकाहीँ परमेश्वरका जनहरू संसारद्वारा लखेटिन्छन् र उनीहरू भाग्नुपर्छ र हर प्रकारका ठाउँहरूमा लुक्नुपर्छ। भुमिगत चिहानहरू के-के भयो होला भनेर हिब्रू ११:३७-३८ ले कसरी सम्झना गराउँछ? कहिलेकाहीँ विश्वासीहरू संसारबाट टाढा जानै पर्छ किनभने त्यसो गर्न विफल हुँदा उनीहरू मारिन पनि सक्छन्। आज संसारमा सताउनेहरूबाट भागेर लुक्नुपर्ने र “भुमिगत” (भूमिगत भन्नाले अधिकारीहरूको ज्ञानबिना गुप्तमा भेला हुने कार्य) हुनुपर्ने केही विश्वासीहरू छन् होला? प्रभु येशूले उहाँका चेलाहरूलाई संसारबाट सतावटहरू सामना गर्न तयार हुनका निम्ति के-कस्ता चेताउनीहरू र अर्तीहरू दिनुभयो (यूहन्ना १५:१८-२१; १६:१-३, ३३; १७:१४ र मत्ती ५:१०-१२)?
क्लोइस्टरहरू
त्यहाँ यस्ता समयहरू पनि थिए जब सुरुका ख्रीष्टियनहरू संसारबाट हटिगएर भूमिगत चिहानहरू र अन्य स्थानहरूमा लुक्नुपर्थ्यो। तरैपनि, पछिल्ला वर्षहरूमा, त्यहाँ यस्ता मानिसहरू पनि थिए जसले अन्य कारणहरूले गर्दा संसारबाट हटिजान्थे।
रोमी सम्राट कन्स्टान्टिनको समयहरूमा, ख्रीष्टियनमत स्वीकार्य धर्म भयो र त्यस समयभन्दा अगाडिदेखि ख्रीष्टियनहरूको विरुद्धमा चलिआएको सतावट पनि अन्त्य भयो। कन्स्टान्टिनको बारेमा पाठ ६ मा थप कुराहरू अध्ययन गर्नेछौं। कन्स्टान्टिनको दिनहरू पछि संसारले मण्डलीलाई झन्-झन् स्वीकार गर्यो र त्यसैकारण मण्डली झन्-झन् सांसारिक बन्यो। आफूलाई ख्रीष्टियन हुँ भनी दाबी गर्नेहरू झन् झन् मुक्ति नपाएकाहरू जस्तो गरी जिउन थाले। मण्डलीका मानिसहरूले झन् झन् संसारका मानिसहरूको रूप देखाउन थाले। परमेश्वरका जनहरू झन् झन् संसारसँग एकनासे हुन थाले (संसारको रूपमा ढालिए—रोमी १२:२) र संसारद्वारा कलंकित भए (याकूब १:२७)। के मण्डलीले सांसारिकपनाको समस्या वर्तमान समयमा पनि सामना गरिरहनु परेको छ?
यो समस्यालाई देखेर यसको समाधानको निम्ति केही गर्न चाहने केही मानिसहरू त्यहाँ थिए। परमेश्वरले पवित्र, शुद्ध र धर्मी जीवन चाहनुहुन्छ भनी उनीहरू जान्दथे। ख्रीष्टियनहरू सांसारिक होइन तर ईश्वरीय हुनुपर्छ भनी उनीहरूलाई थाहा थियो। उनीहरूले समस्या देखे र त्यस समस्यालाई समाधान गर्न चाहे। तर उनीहरूको समाधान यस्तो थियो: “संसारबाट नै निस्केर जाऊँ! संसारबाट नै भागौं! संसारबाट नै लुकौं! संसार यति दुष्ट छ कि पवित्र जीवनहरू बिताउन हामी यसबाट सकेसम्म टाढा भाग्नुपर्छ। संसारबाट जति टाढा गयौं उनी नै हाम्रो हृदय सफा, शुद्ध र पवित्र हुनेछ।”
यस्तो प्रकारको समाधानको बारेमा तपाईं के सोच्नुहुन्छ? के यो ठिक समाधान हो? के गलत तरिकाद्वारा समस्या सुल्झाउन खोज्नु सम्भव छ? हामीले गलत तरिकाद्वारा समस्या सुल्झाउन खोज्यौं भने थुप्रै अरू समस्याहरू खडा हुनेछन्!
क्लोइस्टर भनेको यस्तो ठाउँ हो जहाँ धर्म-कर्म गर्ने मानिसहरू संसारबाट भाग्नको निम्ति जान्छन्। यो यस्तो ठाउँ हो जहाँ ती मानिसहरू यस संसारबाट एकान्त हुन जान्छन्। यो त्यस्तो ठाउँ हो जहाँ त्यस्ता मानिसहरू (जसलाई मोंक वा नन भनिन्छ) आफैंसँग एउटा शान्त र अलग जीवन जिउन सक्छन्।
मोनास्टरी भनेको पनि क्लोइस्टर जस्तै हो। मोनास्टरीचाहिँ यस्तो भवन हो जहाँ मोंकहरू (पुरुष) वा ननहरू (स्त्री) पृथक खालको वा एकान्त जीवन जिउँछन्। मोनास्टरी भनिने शब्द मोनाजीन शब्दबाट आउँछ जसको अर्थ हो “एक्लो हुनु”।
मोनास्टरीमा प्रवेश गर्ने पुरुषलाई मोंक भनिन्छ र स्त्रीलाई नन् भनिन्छ। यी मानिसहरूको बारेमा हामी थप कुराहरू पछि सिक्नेछौं। १ कोरिन्थी ५:९-१० मा प्रेरित पावलले कोरिन्थीहरूलाई लेखे र दुष्ट मानिसहरूबाट पूरै अलग हुन असम्भाव्य छ भनी बताए। सांसारिक मानिसहरू हाम्रो वरिपरि नै छन्—विद्यालयमा, काममा, छर-छिमेकमा र बजारहरूमा इत्यादि। मानिसहरू भेटिने जहाँसुकै त्यस्ता मानिसहरू हुन्छन्। पावलले बताए, यदि दुष्ट मानिसहरूबाट अलग हुने हो भने, “तिमीहरूले __________________ नै _________________ जानुपर्छ” (१ कोरिन्थी ५:१०)। वास्तवमै यस संसारबाट उम्कने हो भने तपाईं आफ्नो रकेटमा चढ्नुपर्छ र चन्द्रमा अथवा नजिकैको कुनै ग्रहमा उडेर जानुपर्छ! पावलले हामीलाई यसै गर्नु भनेर बताइरहेका थिएनन्। उनले त हामी दुष्ट मानिसहरूले भरिएको संसारमा भएको कारण यसो गर्नु असम्भव छ भनी बताइरहेका थिए। “तिमीहरूले संसारबाट नै निस्केर जानुपर्छ”—मोंकहरू ती हुन् जसले वास्तवमै यसो गर्ने कोसिस गरे! उनीहरूले असम्भव कुरा गर्न खोजेका छन्!
पहिलो प्रख्यात मोंक
तेस्रो सताब्दीको अन्त्यतिर मिश्रमा बस्ने एकजना मानिस थिए जसको नाम एन्थोनी थियो। ती मानिस कुनै मरुभूमिमा अवस्थित गुफामा बस्न एक्लै गए र हर्मीट भनी चिनिए। हर्मीट भनेको त्यस्तो मानिस हो जो संसारबाट अलग हुन्छ र एक्लै जीवन बिताउँछ। तिनले एउटा अति कठोर जीवन बिताए र पवित्र हुनुको रहस्यचाहिँ दुलो भित्र गएर बस्नु हो भनेर कसरी हो मानिलिए!
अन्य मानिसहरूले पनि एन्थोनीको नमुनालाई पछ्याए। उनीहरूले संसारको दुष्टताहरूबाट पृथक जीवन बिताउने निर्णय गरे। समयको क्रममा धेरै मोंकहरू एकसाथ रहेर मोनास्टरी भनिने विशाल घरहरूमा बस्न थाले जहाँ हरेक मोंकको आफ्नै सानो कोठा हुन्थ्यो।
केही विषम उदाहरणहरू
मोंकहरू वा हर्मीटहरूले विचित्र जीवन व्यतित गरे। विचित्र जीवनशैलीको निम्ति शिमोन स्टाइलीट्स जस्तो प्रख्यात अरू कोही पनि छैन। शिमोनको मृत्यु सन् ११५९ मा ६९ वर्षको उमेरमा भएको थियो। तिनी सिरिया वासी थिए। तिनको जीवनको अन्तिम तीस वर्षको समयमा तिनको मृत्युको दिनसम्म नै तिनी एउटा खाँबो (जसको नाम स्टाइलस थियो, यसैकारण तिनको नाम शिमोन स्टाइलीट्स हुन पुग्यो) को टुप्पामा बसे। शिमोनले केही खाँबाहरू निर्माण गरे, हरेक खाँबा अघिल्लो भन्दा अल्गो हुन्थ्यो। उसको अन्तिम खाँबा साठी फीट अल्गो थियो र टुप्पोमा केवल ४ वर्ग फीट क्षेत्र थियो (बसोबासो गर्न खासै ठूलो क्षेत्र त होइन)। तिनी करिब ३० वर्षसम्म त्यहाँ बसे र प्राय: उभिन्थे पनि। तिनी हरेक दिन त्यहाँ हुन्थे—दिन र रात, गर्मी र जाडो, चिसो र तातो, वर्षा र घाम। साठी फीट उचाइबाट तर जमीनमा भेला भएका मानिसहरूलाई तिनी प्रचार गर्थे। आफ्नो मृत्युको दिनसम्म नै यस्तो जीवन तिनले यापन गरे।
के यसो गरेर शिमोन तल जमिनमा भएकाहरूभन्दा बढी परमेश्वरको नजिक भएका थिए र? के स्वर्गको नजिक उचालिएकोले शिमोनले कलस्सी ३:१-२ मा भएको पावलको आज्ञाहरूलाई झन् राम्रोसँग पालन गर्न सके? के संसारबाट अलग भएर पवित्र जिवन जिउन तिनी सफल भए?
अन्य मानिसहरूले पनि शिमोनको नमुनालाई पछ्याए र तिनीहरू पनि खाँबा बासीहरू भए। दानियल नाम गरेका एक मानिसले खाँबाको टुप्पामा करिब ३३ वर्ष बिताएको थियो भनेर भन्ने गरिन्छ। उसको नाम आज पनि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उल्लेख छ! अरू मोंकहरूले अरू अनौठा कुराहरू गरे। बोस्की नामक धार्मिक समूहका हर्मीट मानिसहरू मैदानमा बसे र उनीहरूले पशुहरूले झैं घाँस खान्थे। अर्को हर्मीट सिनाई पर्वतको आसपास इलाकामा करिब ५० वर्षसम्म नाङ्गै डुलुवा भएर हिँड्यो। मोशाले परमेश्वरसँग भेटेको र कुरा गरेको र दस आज्ञा प्राप्त गरेको ठाउँको नजिक हुँदा पवित्र हुन सक्छु भनेर उसले सोचेको थियो होला। अम्मून नाम गरेको अर्को हर्मीटको छुट्टै ख्याती थियो किनभने हर्मीट बनेपछी उसले कहिल्यै वस्त्र पहिरेन र कहिल्यै नुहाएन। सायद उसले आफू बहिर जति धेरै फोहोरी हुन सक्यो उती नै धेरै भित्र सफा हुन सकिन्छ भनेर सोचेको थियो होला!
मोंकहरूको सामान्य जीवनशैली
हामीले केही विषम उदाहरणरू हेर्यौं; अब केही सामान्य उदाहरणहरू पनि हेरौं। मोंक र ननहरूले एउटी अति कठोर जीवनशैली अभ्यास गर्दथे जसलाई साधुवाद (ascetism; आफैंलाई इन्कार गर्ने एक कठोर अभ्यास) भनिन्छ। उनीहरू सांसारिक वस्तुहरूको अधिकारी हुन इन्कार गर्थे। उनीहरू जति खानु पर्ने हो ठिक त्यतिभन्दा धेरे खाँदैनथे र पिउँदैनथे। केही मोंकहरूले रोटी खानु र केवल पानी पिउनु बाहेक अरू केही खाँदैनथिए। मोंकहरूले अकसर उपवास बस्दथे जसको मतलब हो कि केही निश्चित समयको लागि त उनीहरूले केही पनि खाँदैनथिए। हरेक मोंक र ननहरू विवाह नगरी बस्थे। उनीहरूले आफ्नो प्राय: जसो समय प्रार्थना गर्न, धार्मीक पुस्तकहरू पढ्न र पढेको कुराहरूमाथि मनन गर्नमा बिताउँथे।
केही मोंकहरूले कोर्राहरूद्वारा आफैंलाई हिर्काएर आफैंलाई सजाय दिन्थे। सायद कोही-कोहीले यसरी सोचे होला:
“हामी सतावटमा पर्नुपर्छ (२ तिमोथी ३:१२), र हामी सताउने यहाँ कोही नभएकोले हामी आफैंलाई सताउनेछौं! हामी आफैंले हाम्रो सतावट सृजना गर्नेछौं र उहाँको निम्ति हामीले सतावट सहिरहेको देखेर परमेश्वर अति प्रसन्न हुनुहुनेछ।” तपाईंको विचारमा यस्तो किसिमको सोचाइमा के समस्या छ होला?
के मोनास्टरीहरूबाट कुनै असल कुरा आयो?
यस्तो मोनास्टरी लहर पूर्ण रूपमा गलत थियो। परमेश्वरले आफ्ना जनहरू संसारबाट नै निस्किएर गएको र एकान्त र एकलो जीवन बिताएको कहिल्यै इच्छा गर्नुभएन। उहाँका विश्वासी जनहरू कहाँ जिएको र चम्केको चाहनुहुन्छ (फिलिप्पी २:१५)? ___________________________________________________________
हुन त कुनै कुरा गलत नै भए पनि, परमेश्वरले त्यसलाई भलाइको निम्ति प्रयोग गर्न सक्नुहुन्छ। खराबीबाट पनि भलाइ ल्याउन परमेश्वर योग्य हुनुहुन्छ (उत्पत्ति ५०:२० सित तुलना गर्नुहोस्)। मोनास्टरी लहर गलत भए तापनि, परमेश्वरले उदेकको तरिकाले यसलाई प्रयोग गर्नुभयो। मोंकहरूले पवित्र शास्त्रहरूको प्रतिलिपि उतार्न आफैंलाई समर्पित गरे। उनीहरूको कामहरूमध्ये एउटा यो पनि थियो। पहिलो र दोस्रो सहस्राब्दीको मध्य वर्षहरूतिर मोनास्टरीहरू एक हिसाबले प्रकाशन गृहहरू भएका थिए। यो निकै ठूलो काम थियो, विशेषगरी ती दिनहरूमा जब छापाखानहरू थिएनन् र सबै प्रतिलिपिहरू हातले नै उतारिनुपर्थ्यो। मोंकहरूले यो काम गरे र उनीहरूले निकै राम्रोसँग यो काम गरे। आज हामीसँग हाम्रा हातहरूमा बाइबल छन् र पवित्रशास्त्रहरू विश्वासयोग्यतासाथ विगतका शताब्दीहरूमा संरक्षण गरिएका छन्। पवित्रशास्त्रहरूको प्रतिलिपी उतार्न मोंकहरूले गरेका कामहरू बहुमूल्य छन्, र ती मानिसहरू उक्त काम गर्न सक्षम भएकोमा हामी परमेश्वरलाई धन्यवाद दिन सक्छौं।
एउटा चाख लाग्दो कुरा के छ भने मार्टिन लुथर, जोन क्यालभिन र अन्य रिफर्मर्सहरूले मोंकहरूले नै उतारेका पवित्रशास्त्रका प्रतितिलिपीहरू प्रयोग गरेर मोंकहरूकै अबाइबलीय अभ्यासहरूको दोष प्रकट गरिदिएका थिए! जुन पुस्तक उनीहरूले आफ्ना हातहरूद्वारा सारिरहेका थिए, त्यही पुस्तकले उनीहरूको एकान्त र एक्लो जीवनालई दोष्याइरहेको थियो!
मोनास्टरीका गल्तीहरू के-के हुन्?
केही गल्तीहरू निम्न लिखित छन्:
१. प्रभुलाई हामी चिन्दछौं भनेर दाबी गर्ने मानिसहरूलाई समाजबाट अन्यत्रै लगिन्थ्यो जबकी उनीहरू त्यहीँ हुनुपर्थ्यो। संसारबाट नै भागेर जाने हो भने एउटा मानिसले कसरी हराइरहेको र नाश भइरहेको संसारलाई सहायता गर्न सक्छ र? यदि तपाईं मानिसहरूको बीचमा हुनुहुन्न भने कसरी तपाईं एउटा असल प्रभाव पार्ने साक्षी बन्न सक्नुहुन्छ? यदि तपाईं पापीहरूको बीचमा नै हुनुहुन्न भने कसरी तपाईंले पापीहरूलाई सुसमाचार प्रचार गर्न सक्नुहुन्छ? यदि तपाईं संसारबाट बाहिर निस्कन खोज्दै हुनुहुन्छ भने कसरी तपाईं “सारा संसारमा” (मर्कूस १६:१५) जान सक्नुहुन्छ?
२. धार्मिक जीवन जिइरहेका छौं भन्ने यी पुरूष र स्त्रीहरूले एउटा ठूलो गल्ती गरिरहेका थिए। यस संसारबाट भागेर र समाजबाट एकलिएर मानिसको पापी हृदय शुद्ध र पवित्र हुन्छ भनी उनीहरूले गलत तरिकाले बुझे। के प्रभु येशूले विश्वासीहरू संसारबाट लगिउन् भनेर प्रार्थना गर्नुभयो (यूहन्ना १७:१५)? के प्रभु येशूले विश्वासीहरू संसारमा हुनुपर्छ भनेर ठान्नुभयो (यूहन्ना १७:११, १८)?
३. ती पुरूष र स्त्रीहरू गलत कारणहरू देखाएर संसारबाट पर हुने कोसिस गरे। संसारबाट आफैंलाई पृथक गराएर अझ पवित्र हुन्छौं भनेर तिनीहरूले सोचे। रोमको विरपरि जिइरहेका सुरूका ख्रीष्टियनहरू संसारबाट भागेर भूमिगत चिहानहरूमा बस्न गए किनभने संसारले उनीहरूलाई लखेटिरहेको थियो। तर मोंकहरूलाई त कसैले पनि लखेटिरहेका थिएनन्। कसैले पनि उनीहरूलाई सताइरहेका थिएनन्। उनीहरू आफैंले मोनास्टरीहरूमा जान र उनीहरूको सानो कोठाहरूमा बस्न रोजे किनभने तिनले उनीहरूलाई परमेश्वरको नजिकमा ल्याउनेछ भनी उनीहरूले सोचे। उनीहरू त्यहाँ लखेटिएका थिएनन्। उनीहरूले आफैंलाई त्यहाँ लखेटेका थिए।
४. त्यस्तो जीवनशैलीले आत्मिक घमण्डलाई प्रोत्साहन दियो। उनीहरूले सजिलै साथ यसरी सोच्दथे, “हेर म कति पवित्र छु। हेर म कति असल छु। म एउटा कठोर र कठिन जीवन बिताइरहेको छु। यस्तो जीवन त निकै थोरै मानिसहरू मात्र जिउन सक्छन्।” शिमोन स्टाइलिट्सले सोचेको जस्तै उनीहरूले पनि आफू सामान्य “सांसारिक” ख्रीष्टियनहरूभन्दा धेरै उच्च र परमेश्वरको धेरै नजिक छौं भनि सोचेको हुनुपर्छ।
५. आफ्नै योग्यताहरूको आधारमा मुक्ति पाइन्छ भन्ने ठूलो शिक्षागत भूल उनीहरूमाझ थियो। “परमेश्वरलाई खुशी पार्न, उहाँको निगाह प्राप्त गर्न र स्वर्गको बाटो कमाउन म यो कठोर जीवन जिउँदै छु र यी सबै कठिन कुराहरू गर्दैछु। मैले उहाँको खातिर कति धेरै कुराहरू त्यागेको छु र म कसरी जिएको छु भन्ने जब परमेश्वरले देख्नुहुन्छ, उहाँले निश्चय पनि मलाई स्वर्ग पस्न दिनुहुनेछ।” यस्तो खालको बिचारमा के-कस्ता गल्तीहरू छन्, के बाइबलबाट देखाउन सक्नुहुन्छ? के आज पनि मानिसहरू यस्तै गरी सोच्ने गर्छन्?
६. मोनास्टरीहरूले थुप्रै मानिसहरूमा खराब असर पारेको थियो। त्यस्तो पृथक शैलीमा जिउनु लाभदायक कुरा होइन। सुरूदेखि नै परमेश्वरले भन्नुभएको थियो, “मानिस एकलो रहनु असल होइन” (उत्पत्ति २:१८)। मोनास्टरी जीवन शैलीको कारणले थुप्रै मोंकहरू र ननहरूमा नैतिक समस्याहरू र मानसिक समस्याहरू उत्पन्न भएका थिए। नवौं शताब्दि ताका थुप्रै मोनास्टरीहरू दुष्टता र भ्रष्टताको जन्मथलो बन्यो। संसारको भ्रष्टताबाट उम्कन सक्छु भनी मोंकहरूले सोचे तर संसारको भ्रष्टता त उनीहरूको आफ्नै हृदयहरूमा छ र यही दुष्टता मोनास्टरीहरूभित्र पनि ल्याइएको हो भनेर महसुस गर्न विफल भए। संसारबाट उम्कें भनी उनीहरूले सोचे तर संसारलाई उनीहरूले आफैंसाथ लिएर पनि आए।
मनन गर्नुपर्ने प्रश्नहरू
१. कसरी एउटा मानिसले साँच्चै पवित्र जीवन जिउन सक्छ?
२. सांसारिक मानिसहरूसँग भएर पनि के एउटा मानिस सांसारिक नहुन सक्छ? कसरी?
३. यस्तो अति अशुद्ध र अपवित्र संसारमा कसरी एउटा मानिस शुद्ध र पवित्र रहन सक्छ?
४. कसरी एउटा मानिस संसारमा भएपनि संसारको नहुन सक्छ (यूहन्ना १५:१९; यूहन्ना १७:११, १४, १६)?
५. अलगपनता र एकलपनामा के भिन्नता छ? के प्रभु येशू पापीहरूबाट अलग हुनुहुन्थ्यो? के उहाँ पापीहरूबाट एक्लिएर बस्नुभएको थियो (हेर्नुहोस् हिब्रू ७:२६)? के परमेश्वर हामी संसारबाट अलग भएको चाहनुहुन्छ? के उहाँ हामी संसारबाट एक्लिएको चाहनुहुन्छ? हामी कसरी संसारमा भएर पनि संसारद्वारा प्रदुषित नहुन सक्छौं?
६. विश्वासीजनले कसरी ठिक तरिकामा आफैंलाई शुद्ध राख्न सक्छ? के यसो गर्न ऊ संसारबाट नै निस्केर जानुपर्छ? उसले के गर्नुपर्छ?
७. के तपाईं संसारमाथि विजयी भइरहनु भएको छ कि संसार तपाईंमाथि विजयी भइरहेको छ?
८. संसारलाई ख्रीष्टमा जित्नको निम्ति के हामी संसार जस्तै बन्नुपर्छ? संसारले हामीलाई स्वीकार गरोस् र हाम्रो सन्देश सुनोस् भनेर के हामी “सांसारिक” बन्नुपर्छ?
९. हाम्रो वरिपरि भएका मुक्ति नपाएका हरेक मानिसहरूतर्फ हाम्रो जिम्मेवारीहरू के-कस्ता छन्?
संसारमा ख्रीष्टलाई प्रस्तुत गर्न सारा मानिसहरूप्रति ख्रीष्टमा एउटा विश्वासी जनको केही जिम्मेवारीहरू छन्:
१. ऊ सारा मानिसहरूको सामु _______________ हुनुपर्छ (प्रेरित १:८)।
२. ऊ ख्रीष्टको निम्ति __________________ हुनुपर्छ (२ कोरिन्थी ५:२०)।
३. उसले हरेक प्राणीलाई __________________ __________________ पर्छ (मर्कूस १६:१५)।
४. उसले सबै जातिहरूलाई ______________ बनाउनुपर्छ (मत्ती २८:१९)।
५. ऊ सारा मानिसहरूका सामु _____________ झैं चम्कनुपर्छ (फिलिप्पी २:१५; तुलना गर्नुहोस् मत्ती ५:१६)।
६. उसले सबै मानिसहरूका लागि ______________ ___________ गर्नुपर्छ (गलाती ६:१०; १ थेस्सलोनिकी ५:१५)।
७. ऊ सारा मानिसहरूका सामु _____________________ चल्नुपर्छ (कलस्सी ४:५; तुलना गर्नुहोस् १ कोरिन्थी ९:१९-२३; १०:३२)।
८. ऊ सारा मानिसहरूतर्फ _________________ भई हिँड्नुपर्छ (१ थेस्सलोनिकी ४:१२; तुलना गर्नुहोस् रोमी १२:१७)।
९. उसले सबै मानिसहरूका निम्ति ___________________ चढाउनुपर्छ (१ तिमोथी २:१)।
१०. ऊ सबै मानिसहरूसँग _________________________ बस्नुपर्छ (रोमी १२:१८; हिब्रू १२:१४)।
११. उसले सबै मानिसहरूलाई _______________ गर्नुपर्छ (१ पत्रुस २:१७—उचित आदरभाव राख्नु। तीतस ३:२ सित तुलना गर्नुहोस् जहाँ कुनै मानिसको बदनाबी नगर्नु भनिको छ जसको अर्थ हो कसैको सम्मानमा चोट नपुर्याउनु, अनादर नदेखाउनु)।
१२. उसले सबै मानिसहरूको सामु _______________ ____________ (साक्षी, गवाही) पाएको हुनुपर्छ (१ तिमोथी ३:७; ३ यूहन्ना १२)।

बाबु नानीहरू, कहिल्यै सोचेका छौ? मैले सुनेअनुसार, कुखुराको जीउको तापक्रम प्राय: १०५ देखि १०७ डिग्री से० हुन्छ। हाम्रो चाहिँ ९८.६ डिग्री से० हुन्छ र त्योभन्दा बढी हुँदा हामीलाई पसिना आउन थाल्छ, तर कुखुरालाई भने आउँदैन। परमेश्वरले उसलाई त्यस्तै बनाउनुभयो किनभने कुखुरा यताउता गर्दा उसको जीउले जमिन झण्डै झण्डै छुन खोज्छ अनि गर्मीमा जमिन तात्छ अनि त्यसको जीउको तापक्रम हाम्रो जस्तो हुँदो हो त त्यसलाई निकै कष्ट पर्न जान्थ्यो।
तिमीलाई थाह छ? एउटा तेर्सो लट्ठामाथि कुखुरा टुक्रुक्क बस्न सक्छ अनि उसले आफ्नो टाउको पखेटाभित्र घुसारेर त्यहीँ रातभरि मज्जासित घुर्दै सुत्न सक्छ अनि त्यो खस्दा पनि खस्दैन।कसरी? तिमीले त्यसो गरी हेर न एक रात एउटा लट्ठामा टुक्रुक्क बसेर निदाउन खोज्न! हो, परमेश्वरले तिमीलाई कुखुरा जस्तो बनाउनुभएको छैन। के तिमीले कहिल्यै कुखुराको खुट्टालाई राम्ररी हेरेका छौ? छैन भने, त्यसो गर्नु राम्रो हुन्छ। कुनै बेला आमाले कुखुराको मासु पकाउनलाई त्यसलाई काटकुट गर्नुहुँदा, त्यसको घुँडालाई हेर जहाँ आमाले काट्नुहुन्छ र त्यस भागमा हुने एउटा सेतो, टल्कने नसालाई ख्याल गर। नसालाई तिमीले तान्यौ भने, कुखुराका औंलाहरू बन्द हुन्छन् अनि छोडिदियौ भने ती औंला खुल्छन्। कसरी?
सबै घर पालुवा चराहरू – कुखुरा, कनेरी चरा, रातो चरा, कालो चरा, रबिन चराका यस्तै बनोटका खुट्टा हुन्छन्। अघिल्तिरका तीनओटा औंलादेखिका नसाहरू उसको पैतालाको बीच भागसम्म पुगेका हुन्छन् र पछिल्तिरको औंलाको नसा पैतालाको त्यही बीच भागसम्म पुगेको हुन्छ अनि त्यहाँ ती नसाहरू जोडिन्छन् र एउटै नसा बन्छन्। योचाहिँ घुमेर उसको गोलीगाँठोको अघिल्तिर आइपुग्छ, त्यो एउटा बाटो भएर मास्तिर गएको हुन्छ र एउटा नली भएर घुँडालाई पार गरेको हुन्छ र त्यसपछि त्यसको फिलामाथि फैलिएर गएको हुन्छ। जब कुखुरा बस्छ, त्यसको नसा तन्किन्छ र त्यसले औंलाहरूलाई तान्छ र बन्द गरिदिन्छ। कुखुराले अब चाहेर पनि औंलाहरूलाई खोल्न सक्दैन, औंला खोल्न त्यो उठ्नैपर्छ। जब त्यो उठ्छ हुन्छ नसा तन्किन छोड्छ अनि औंलाहरू खुल्न सक्छन्। कुखुराले आफू बसिरहेको ठाउँमा केवल बसिराख्नु मात्र पर्छ र हावाहुरी चले पनि उसलाई उडाएर लैजान सक्दैन!
जङ्गली, मांसहारी चराहरू यस्ता हुँदैनन्। चील, बाज र लाटो कोसेरोका नङ्रा हुन्छन् जसलाई उनीहरूले आफ्नो जीउदेखि सीधा पारेर पूरै तन्काउँदा पनि बन्द हुने गर्दैनन्। परमेश्वरले तिनीहरूलाई त्यस्तै बनाउनुभयो यस हेतुले कि तिनीहरूले साना-साना जन्तुलाई च्याप्प समात्न सकून् र पक्रेपछि उनीहरूले त्यसलाई आफूबाट अलिक पर रहने गरी त्यसलाई बलियोसँग समातिराख्न सक्छन्। यदि ती नङ्रा भएका आफ्ना औंलाहरूलाई बन्द गर्नलाई त्यसले खुट्टालाई आफ्नो जीउतिर तान्नुपर्ने हुँदो हो त त्यसले बोक्दै गरेको सानो खरायो वा सर्प वा जेसुकै होस्, त्यसले उसलाई टोक्न सक्थ्यो अनि त्यो चील वा बाजको छातीलाई च्यातिदिन सक्थ्यो। परमेश्वर ज्यादै बुद्धिमानी र असल हुनुहुन्छ। आफ्नो सृष्टिले जस्तो जीवन जिएको चाहनुहुन्छ त्यस्तै जीवन जिउन सकोस् भनेर उहाँले सबै प्राणीहरूलाई ठिक-ठिक तरिकाले मिलाउन जान्नुहुन्छ। अनि बाबुनानीहरूहो, यसैकारण तिमीले आफ्नो जीवन र हृदय लिएर उहाँकहाँ आएको र उहाँमाथि भरोसा गरेको उहाँ चाहनुहुन्छ। तब तिमीले जस्तो किसिमको जीवन जिएको उहाँ चाहनुहुन्छ त्यस्तो जीवन जिउन सक्ने तिमीलाई बनाउनुहुन्छ। “म ख्रीष्टसित क्रूसमा टाँगिएको छु तरै पनि जिउँछु; त्यसो भए पनि म ता होइन तर ख्रीष्ट मभित्र जिउनुहुनछ; अनि जुन जीवन म अहिले शरीरमा जिउँछु, त्यो म परमेश्वरको पुत्रमाथिको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो” (गलाती २:२०)।
भाले कुखुरा विचित्र पंक्षी हो, होइन र? तर उनीहरूका केही अति राम्रा कुरा छन् जो बाबुनानीहरूले देखासिकी गर्नुपर्छ। पहिलो त, उनीहरू बिहान सबेरै उठ्छन् र परमेश्वरले उसलाई दिनुभएको कुकुरी-काँ गरी बास्ने काम गर्न थाल्छन्। आठ बजेसम्म सुतेर बस्ने भाले कतै कसैले देखेको छ र?
बारेमा केही कुरा बताउनुपर्छ। तिमीले यदि एउटा अण्डालाई प्लेटमाथि वा टेबुलमाथि राखेर फननन्न घुमाइदियौ भने पनि, अथवा अरू जेसुकै गर्यो भनेपनि, तिमीले अण्डाभित्रको पहेंलो भागलाई भित्रपट्टि रहेको त्यसको ठाउँबाट त्यसलाई उलटपुलट हुने गरी सार्न सक्दैनौ। परमेश्वरले पहेंलोलाई यसरी बनाउनुभएको छ कि त्यो जहिले पनि अण्डाको बोक्राभित्र आफ्नो ठिक ठाउँमै बसिरहन्छ। तिमीले अण्डा फुटाउँदा, अथवा तिम्रो आमाले फुटाउनुहुँदा, भित्रपट्टिको केही बाक्लो र्यालजस्तो भागलाई उहाँको औंलाले सफा गरे जस्तो गर्दै स्वाट्ट निकाल्नुहुन्छ। यसरी निकालिएको भाग चाहिँ एक किसिमको डोरीजस्तो हो जोचाहिँ पहेंलो भागको एकातिर टाँसिएको हुन्छ र साथै त्यो बोक्रापट्टि पनि टाँसिएको हुन्छ। यसले अण्डाको पहेंलो भागलाई आफ्नै ठाउँमा राखिराख्छ।
अण्डाको पहेंलो भागको बनोट पानी जहाजको जस्तै हुन्छ। त्यसको तल्लो भाग भारी हुन्छ भने त्यसको माथिल्लो भाग हलुका। त्यसैले अण्डाको पहेंलो त्यसलाई वरिपरि घेर्ने सेतोको बीचमा निरन्तर तैरिरहन्छ। पहेंलो भागको यो बनोटले र साथै मैले अघि बताएको त्यो डोरीले, पहेंलोलाई अण्डाभित्र सुल्टो गरी झुण्ड्याइराख्छ, अण्डालाई जतातिर घुमाए पनि वा फर्काए पनि, चाहे मान्छेका औंलाहरूले वा कुखुरी माउले। परमेश्वरले अण्डालाई किन यसरी बनाउनुभयो भने अण्डाभित्र हुने जीवनको कण पहेंलोको सतहमाथि हुन्छ अनि त्यसलाई कुखुरी माउको छातीको नजीकमा राखिनुपर्छ ताकी कुखुरीको शरीरको तापले त्यो चल्ला बढ्न सकोस्। हामीले यहाँ फेरि देख्छौं स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरको अचम्मको बुद्धि।
अगाडि उसले सास फेर्न थाल्छ। हावा भएको त्यो सानो कोठाभित्र उसलाई ठिक दुई दिनसम्म सास फेर्न पुग्ने हावा हुन्छ। अनि जब उसले त्यहाँ भएको हावाको अन्तिम सास तान्छ र त्यो खाली ठाउँको हावा अब सक्किन्छ, अनि फेरि त्यसले सास तान्न खोज्छ र छटपटाएर त्यसले मुन्टोले झट्का दिन थाल्छ अनि उसले सास फेर्न खोज्दाखोज्दै उसले बोक्रा फुटाउँछ – अनि ऊ एउटा ठूलो नयाँ संसारमा निस्केर आउँछ।
नोस्ट्रादामस (Nostradamus) का
भविष्यवाणीहरू “अप्रकट” र “अस्पष्ट” थिए। हिटलरलाई बयान गर्ने भनिएको निम्न भविष्यवाणीलाई विचार गर्नुहोस्: “भोकले उग्र पशुहरू नदीहरू पौडेर तर्नेछन्: उक्त प्रान्तको अधिक भाग हिस्टरको विरुद्धमा हुनेछ। एक महान् व्यक्तिद्वारा ऊ फलामको खोरभित्र घिसारिनेछ जब उक्त जर्मन बच्चाले कुनै कुरा अवलोकन गर्नेछैन” (centuries #2, quatrain #24)। यो यति अस्पष्ट छ कि यसको कुनै अर्थ छैन।
ज्योतिषशास्त्रलाई विचार गर्नुहोस्। त्यसका पूर्वानुमानहरू प्राय: एकदम अस्पष्ट हुन्छन्, जस्तै, “केही साथीहरूलाई यस्तो लाग्न सक्छ कि तिमीले उनीहरूलाई बेवास्ता गर्दैछौ।” अनि जब ज्योतिषशास्त्रले अलिक किटानसाथ पूर्वानुमान गर्दछ, तब त्यो प्राय: गलत हुन्छ। ब्रिटेनका दुई प्रख्यात ज्योतिषीहरूले यो पूर्वानुमान गरे कि हिटलरले दोस्रो विश्व युद्ध थाल्नेछैन। एडवर्ड लिन्डो (Edward Lyndoe) ले भने, “नाजीहरूले ब्रिटेनलाई हमला गर्ने रे? मलाई हाँस नउठाउनुहोस्! मेरो तालिकाहरूमा त्यसको एउटै सङ्केत देखिँदैन (June 25, 1939)।
जीन डिक्सन (Jean Dixon) लाई विचार गर्नुहोस्। तिनले यो भनिन् कि अमेरिकाभन्दा पहिला सोभियतहरूले चन्द्रमामा टेक्नेछन्, तेस्रो विश्व युद्ध सन् १९५८ मा सुरु हुनेछ, र सन् १९६७ मा क्यान्सरको औषधी पत्ता लाग्नेछ।
एडगार केसी (Edgar Cayce) लाई विचार गर्नुहोस्। उनले यो भविष्यवाणी गरे कि सन्
भविष्यवाणीको शुद्धता दर्शाउने शक्तिशाली गवाही हो। आधुनिक इस्राएलले प्रविधिद्वारा कृषि जगतमा उदेककै काम गरेको छ, तरैपनि ८०% भूमिको अझै निर्जल वा अर्ध-निर्जल अवस्थामा कुनै परिवर्तन ल्याउन सकिएको छैन। अनि यो चाहिँ बाइबल भविष्यवाणीको पूरा हुवाइस्वरूप परमेश्वरकै न्याय थियो।
२. छिन्न-भिन्नकरण र सतावट
व्यवस्था २८:६३-६७
यो भविष्यवाणी तब पूरा हुन थाल्यो जब ईपू ५८६ मा इस्राएलको पहिलो मन्दिर नष्ट गरियो र ७० वर्ष लामो बेबिलोनी निर्वासन सुरु भयो, तर त्यो सुरु मात्र थियो। मोशाले यो बताएका थिए कि व्यवस्थाको पुस्तकको भविष्यवाणी “अन्तिम दिनहरूमा” (व्यवस्था ३१:२९) पूरा हुनेछ जुन कालखण्ड चाहिँ ख्रीष्टको पहिलो आगमनपछि मात्र सुरु भयो।
७० एडीमा इस्राएलको दोस्रो मन्दिर रोमीहरूद्वारा नष्ट भयो अनि ६५ वर्षपछि यरूशलेम पूरै भत्काइयो जब रोमले बार कोक्भा विद्रोहलाई दमन गर्यो। उक्त ठाउँमा जूपिटरको नाममा समर्पित अर्कै शहर निर्माण गरियो। सम्राट हेड्रियनले यहूदीयाको नाम परिवर्तन गरेर सिरिया प्यालेस्टिना राख्यो। थुप्रै यहूदीहरूको संहार गरियो अनि बाँकीजसो कि त कैद गरी लगिए वा विश्वका अन्य ठाउँमा भागेर गए।
इस्राएलले १९०० वर्ष लामो छिन्न-भिन्नकरण अनुभव गर्दै आएको छ अनि ऊ भाग्दै जहाँ पुगे पनि सताइएको छ र पीडित भएको छ।
उसलाई रोमीहरू, ग्रीकहरू, मुसलमानहरू, रोमन क्याथोलिक चर्च, बाइजन्टाइनहरू र अर्थडक्स चर्च, स्पेनिशहरू (यहूदीहरू १४९२ मा स्पेनदेखि निस्कासन गरिए), भेनिसियनहरू (यहूदीहरू छुट्टै महल्लामा बस्नुपर्थ्यो), रूसेलीहरू (यहूदीहरू रूसदेखि १८८० को दशकमा
दोस्रो विश्व युद्धको ‘हलकस्ट’ जसअन्तर्गत ६० लाख यहूदी मारिए, व्यवस्था २८ को प्राचीन अगमवाणीको अर्को पूरा हुवाइ थियो। यरूशलेमस्थित हलकस्ट म्यूजियमले जर्मनहरूको हातबाट भोग्नु परेको तीतो शोकको गवाही दिइरहेको छ। मुख्य म्यूजियमका नौंओटा ग्यालरीहरू हलकस्टको फरक-फरक चरणलाई दर्शाउन छुट्ट्याइएका छन्, हिटलरको उदयदेखि उसको मृत्युसम्म। त्यहाँ आकुल बनाउने त्यस्ता सयौं फोटोहरू र वस्तुहरू छन्। मध्यरातमा गिरफ्तारिहरू। ध्वस्त सभाघरहरू। पाखुरामा पट्टीको वा स्टार अफ डेविडको चिन्ह लगाएर हिँड्नुपरेका यहूदीहरू। यहूदीहरू खिसी गरिएका, पिटिएका, थुकिएका, जलाइएका, गोली हानिएका, विष खुवाइएका। लाशका ह्रासहरू। वस्तु बोक्ने रेलका डिब्बाहरूबाट हेरिरहेका दयनीय अनुहारहरू। भोकमरिले पीडित मानिसहरू।
तरैपनि इस्राएल उसको छिन्न-भिन्नकरणको लामो शताब्दीहरू भरि एउटा छुट्टै जातिको रूपमा रहिरह्यो। सन् १७५४ मा बिशप थोमस न्यूटन (Bishop Thomas Newton) ले यहूदीहरूको बारेमा यो लेखे:
जसलाई मेदिनाथ
इस्राएलले सबै कुराका बाबजुद स्वतन्त्रताको निम्ति युद्ध (War of Independence) जित्न सफल भए, तर यो उसको सङ्घर्षको सुरुआत मात्र थियो। सन् १९५६ मा मिस्रसित सूएज युद्ध (Suez War) युद्ध गरियो र इस्राएलका जहाजहरूलाई सूएज कनालमार्फत प्रवेशमार्ग खुला राख्न मिस्रलाई मान्ने बनाइयो। त्यसपछि सन् १९६७ मिस्र, जोर्डन, सिरिया र इराकसित छ-दिने लडाइँ (Six-Day War) चल्यो जसमा साउदी अरब, सुडान, टुनिसिया, मोरक्को र अल्जेरियाले अरब गठबन्धनलाई सेना र हातहतियार दिएर साथ दिएको थियो। छ- दिने लडाइँ (Six-Day War) पछि १९६८-७० मा इस्राएलको विरुद्धमा मिस्रको वार अफ अट्रिशन (War of Attrition) नामक युद्ध चल्यो। त्यसपछि सन् १९७३ मा योम किप्पूर युद्ध (Yom Kippur War) चल्यो जब इस्राएललाई योम किप्पूर अर्थात प्रायश्चितको दिनमा हमला गरियो, दक्षिणमा मिस्रद्वारा र उत्तरमा सिरियाद्वारा। यी दुई मुस्लिम राष्ट्रहरूलाई साथ दिनेहरू यी थिए: लेबनन, इराक, कूवेत, जोर्डन, साउदी अरब, अल्जेरिया, टुनिसिया, लिबिया, सुडान, यूगाण्डा, क्यूबा, मोरोक्को र पाकिस्तान। सोभियत संघले हवाइजहाजहरू, ट्याङ्कहरू र हर प्रकारका अस्त्रहहरू प्रबन्ध गर्नुको साथसाथै इस्राएलको हवाइ शक्तिलाई तारो बनाउँदै हजारौं क्षेप्यास्त्रहरू प्रबन्ध गरे। इस्राएलले आफूसित भएको भन्दा अत्यधिक सैन्यशक्तिको सामना गर्नुपर्यो।
इस्राएल विरुद्धका यी प्रमुख युद्धहरू वास्तविकताको सानो एक छेउ मात्र हो। प्यालेस्टाइन अधिकारी (Palestine Authority), प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशन (the Palestine Liberation Organization), हमास (Hamas), हज्बोल्ला (Hezbolla), र इस्लामी जिहाद (Islamic Jihad) जस्ता मुस्लिम समूहरूहरूसित इस्राएलको बारम्बार सैन्य द्वन्द्व चलेको छ।
यस प्रकारले भयङ्कर विरोधका बीच इस्राएल भूमिमा फर्केर आएको छ, अनि त्यहाँ इस्राएलको उपस्थिति हुनु नै एउटा अटुट आश्चर्यकर्म रहेको छ।
तर इस्राएल आत्मिक रूपमा अन्धा छ र मरेको छ, ठिक जस्तो इजिकिएलले भविष्यवाणी गरेको थियो।
यसका लक्षणहरू ज्यादै प्रत्यक्ष छन्।
इस्राएलको आत्मिक अन्धापना आफ्नो मसीहप्रति रहेको उसको हठी अस्वीकारमा प्रत्यक्ष देख्न सकिन्छ। हाम्रो यहूदी गाइडले यो बताए कि इस्राएलमा ख्रीष्टलाई खुल्लमखुल्ला प्रचार गर्न वा सुसमाचारका पुस्तिकाहरू वितरण गर्ने काम कानून विपरित छ। जब हामीलाई उनीसित येशू मसीहको बारेमा कुरा गर्न खोज्यौं तिनले सुन्नै मानेनन् र “त्यो तपाईंको राय हो” भनेर कुरा टुङ्गाइदिए। यसले अधिक सङ्ख्यामा रहेका यहूदीहरूको डरलाग्दो अवस्थालाई दर्शाउँछ।
इस्राएलको आत्मिक अन्धापना इस्राएलको अति स्वाभिमानी घमन्डमा प्रत्यक्ष देखिन्छ। प्राय: इस्राएल घमन्डले फुलेको छ र आफ्नो पुनस्थापनाको आश्चर्यकर्म र आधुनिक युद्धहरूमाथिको विजयका लागि इस्राएलले परमेश्वरलाई महिमा खासै दिने गर्दैन। यी महान् आश्चर्यकर्महरूका लागि धन्यवाद र स्वीकारको एक अंश परमेश्वरलाई दिएजस्तो गरे तापनि इस्राएलका अगुवाहरू र प्रख्यात योद्धाहरू र प्रविधिलाई अधिकांश श्रेय दिने गरिन्छ। गिदोनको समयदेखि केही बदलिएको छैन जब परमेश्वरले इस्राएलको ठूलो सेनाको कटौति गरेर केवल ३०० लडाकु मात्र प्रयोग गर्नुभयो यस हेतुले विजयका लागि इस्राएलले आफैमा गर्व नगरोस्।
इस्राएलको आत्मिक मृत्यु र अन्धापना यस कुरामा पनि प्रत्यक्ष देखिन्छ कि आजका अधिकांश यहूदीहरू सेक्यूलर
छन्, यसको माने उनीहरू पुरानो नियम पवित्रशास्त्रको सम्बन्धमा कि त थोरै चासो राख्छन् कि त केही चासो राख्दैनन्। उनीहरू केही धार्मिक परम्परा र रीति पछ्याउँछन्, तर तिनीहरूको हृदय परमेश्वरदेखि टाढा छ। उनीहरू परमेश्वरको बारेमा कुरा त गर्छन् तर उहाँको आज्ञा मान्दैनन्। इस्राएलका सबभन्दा प्रतिष्ठित आधुनिक योद्धाहरू व्यभिचारी र शबाथ भङ्ग गर्नेहरू थिए।
इस्राएलको आत्मिक मृत्यु यस कुरामा पनि प्रत्यक्ष देखिन्छ कि उसले परमेश्वरको वचनको अधिकारमाथि रब्बीहरूको परम्परालाई राखेको छ। एकदमै कट्टरहरूसमेत
पुरात्त्वविदहरू सबैभन्दा
सबभन्दा व्यस्त जाति हुन् तरैपनि हरेक पिकनिकमा टुप्लुक्क आइपुग्न ऊसित समय हुन्छ। कति चाँडै कमिलाहरूले खानेकुरा भेट्टाउँछन् – तिमीहरूले ख्याल गरेका छैनौ र? उनीहरू एक-एक पिकनिक स्पटमा पुगेकै हुन्छन्। उनीहरूले खानेकुरा भण्डारन गर्ने एक-एक ठाउँ पनि खोजेर छाडेकै हुन्छन्। उनीहरू मह र जाम मनपराउँछन्। उनीहरू चिनी र चास्नीमा रमाउँछन् र यस्ता चीजहरू उसदेखि जोगाएर राख्नु सजिलो छैन। उनीहरू आफ्ना सबै काम कडा परिश्रम र जाँगर लगाएर गर्छन्। तिनीहरू “दिन हुँदा-हुँदै” (यूहन्ना ९:४) काम गरिहाल्छन् र रातमा घर बस्छन्, जस्तो सबै ज्ञानी बाबुनानीहरूले पनि गर्नुपर्छ।
यो कति असल पाठ हो, हाम्रा हृदयका लागि। कुखुरा वा कुकुर, सुँगुर वा बाँदर भएको भए, अर्कोले बिसाएको खानेकुराको टुक्रालाई त्यसले च्याप्प पारेर सुइँकुच्चा ठोक्छ। कमिलालेयस्तो शर्मलाग्दो साहस गर्न जानेकी छैन। उसले अर्काको अधिकारलाई आदर गर्छे। उसले सम्पत्तिमाथिको स्वामित्वलाई स्वीकार गर्छे। तिनीहरूले सबै स्वार्थलाई इन्कार गर्छन्।
(कोहीकोही बाबुहरूलाई यस्तो लाग्न सक्छ कि उनीहरूका अन्टीका १६ जोडी कान छन्)। एक जोडी कान अघिल्तिरका दुई खुट्टामा हुन्छन्, अर्कोजोडी पेटमा। अर्को जोडी छातीमा हुन्छन्, अनि अर्को जोडी टाउकोमा। परमेश्वरले अनुग्रह गरीकन यस सानो किरालाई असाधारण खालको सुन्ने क्षमता दिनुभएको छ किनकि ऊ यति सानोछ कि उसले धेरै पर देख्न सक्दैन जसले गर्दा उसले आफूलाई खतरादेखि जोगाउन सक्दैन। एउटा सानो कमिलाप्रति परमेश्वरको यस्तो वास्ता हामी देख्छौं भने त्यस्तै ठूलो हात्तीको निम्तिपनि उहाँको वास्ता छ। अनि उहाँले तिम्रो पनि वास्ता गर्नुहुन्छ, तिमी जति सानो भए पनि वा कमजोर भए पनि वा तिमीले आफूलाई म केही होइन जस्तो लागे पनि। उहाँले तिम्रो जीवनकोएक-एक पलको वास्ता गर्नुहुन्छ अनि उहाँ तिमीबाट तिम्रो हृदयको सम्पूर्ण भक्ति र भरोसा चाहनुहुन्छ।