केटो कसरी बेइमानी बन्न सिक्यो
“धोका नखाओ, खराब सङ्गतहरूले असल चरित्रहरू बिगार्छन्”
(१ कोरिन्थी १५:३३)
“सच्चाइसँग व्यवहार गर्नेहरू उहाँका आनन्द हुन्”
(हितोपदेश १२:२२)

“उत्तम, तिमीले बिलको हिसाब चेक गर्यौ?”
“हजुर, चेक गरें, सर।”
“हिसाबमा कुनै गल्ती छ?”
“मैले दुइटा गल्ती भेटें, सर।”
“ए हो? लेऊ त, म हेर्छु।”
केटोले आफ्नो मालिकको हातमा एउटा लामो हिसाब-किताबको कागत थमायो जुन चाहिँ जाँच्नको लागि उसको डेस्कमा छोडिएको थियो।
“यहाँ हिसाब चेक गर्दा उनीहरूले हामीसित लिनुपर्ने रकममा पाँच हजार रूपियाँ छुटेको छ। अनि तलतिर फेरि अर्को पाँच हजार रूपियाँको गल्ती छ।”
“त्यो पनि छुटेको?”
“हजुर, सर।”
त्यो व्यापारी मान्छे यसरी मुस्कुरायो कि त्यो देख्दा केटोलाई अनौठो लाग्यो।
“दस हजार रूपियाँ घाटा खाने भए तिनीहरू,” उसले आश्चर्य मान्दै र खुशी पनि हुँदै भन्यो। “खूब भरपर्दा अकाउन्टेटहरू रहेछन् तिनीहरूका!”
“म गल्तीलाई सच्च्याइदिऊँ, सर?” केटोले सोध्यो।
“पर्दैन। आफ्नो गल्ती आफैं सच्च्याऊन् उनीहरूले। अर्काको हिसाब-किताब हेरिदिने काम हाम्रो होइन,” व्यापारीले जवाफ दियो। “जतिबेला पत्ता लाउँछन्, लाउँछन् उनीहरूले। अनि त्यतिबेलै सच्च्याऔंला। अहिलेलाई यो दस हजार हाम्रै आम्दानी गनिन्छ।”
सोच्दै नसोचेको यस्तो जवाफ सुन्दा, त्यो केटोको कमलो मन झसङ्ग झस्क्यो। ऊ एउटी गरीब विधवाको छोरो थियो जसले उसलाई यो सिकाउनुभएको थियो कि मान्छेको कर्तव्य भनेको सही काम गर्नु हो अनि सदा इमानदार रहनु नै सर्वोत्तम मार्ग हो।
उत्तम यहाँ काम गर्न आएको केही महिना मात्र भएको थियो। हरिकुमार साहु उत्तमको बुवाको पुरानो साथी थियो जसलाई बुवाले एकदम राम्रो मान्छे मान्नुहुन्थ्यो। त्यसैले उत्तमले साहुलाई एउटा आदर्श व्यक्तिको रूपमा हेर्ने गर्थ्यो। जब हरिकुमार साहुले उसलाई आफ्नो पसलमा काम गर्न राख्ने भयो, केटोलाई यस्तो लाग्यो कि अब उसको भविष्य बन्ने भयो।
“आफ्नो गल्ती आफैं सच्च्याऊन् उनीहरूले।” उत्तमको मनमा यस कुराले बलियो छाप पार्यो। हरिकुमार साहुको यो भनाइ पहिलो पटक सुन्दा अनि त्यसको तात्पर्य बुझ्दा उत्तम यति झस्केको थियो कि उसलाई साहुको यस्तो विचार रहेछ भनेर विश्वासै गर्न गाह्रो परेको थियो। तर मनमनै त्यो भनाइलाई ओल्टाइपल्टाइ सोच्दै जाँदा अनि उसकी आमाले साहुलाई धेरै ठूलो मान गर्नुभएको हुनाले, उसले यो सोच्न थाल्यो कि सायद व्यापारमा त्यो सही नै होला। आफ्नो हेराइमा हरिकुमार साहु खराब काम गर्ने मान्छे जस्तो त लागेन उसलाई।
त्यो बिल चेक गरेको केही दिनपछि त्यो बिल पठाउने होलसेल पसलबाट पैसा उठाउनलाई एकजना कर्मचारी आयो। केटो त्यहीँ थियो र हरिकुमार साहुले हिसाबमा गल्ती भएको कुरालाई निकाल्छ कि भनेर ऊ एकदम चासो लिएर हेर्यो। तर साहुले त्यसको कुरै गरेन। बिल अनुसारको एउटा चेक लेखेर दिइयो र त्यसको भरपाई रसिद लिइयो।
“यो ठिक हो र?” उत्तमले आफैलाई प्रश्न गर्यो। उसको विवेकले भन्यो, “होइन।” उसको मालिकको त्यो व्यवहारले उसको मनलाई आश्चर्यचकित पार्यो।
“व्यापारको तरिका यस्तै हुन सक्छ” — उसले आफूलाई मनमनै भन्यो — “तर यो इमानदार काम जस्तो त देखिँदैन। उहाँले यस्तो गर्नुहोला भनेर मैले सोचेकै थिइनँ।”
हरिकुमार साहुले ऊसित गर्ने व्यवहार यस्तो थियो कि केटोको मन साहुप्रति हुरुक्कै भएको थियो। त्यसैले साहुले गरेको जुनसुकै कामकुरालाई पनि स्वभावैले उसले सक्दो सकारात्मक ढङ्गमा लिने गर्थ्यो।
जतिखेर आफू हरिकुमार साहुको पसलमा जागिर खान पाएकोले आफूलाई भाग्यमानी सम्झन्थ्यो, त्यतिखेर उसको मनमा यो विचार पनि आउने गर्थ्यो — “साहुले त्यो गल्तीलाई सच्च्याएको भए हुन्थ्यो। त्यो ठिक त देखिँदैन, तर सायद व्यापारमा गर्नुपर्ने यस्तै होला।”
ऊ एक दिन बैंक गयो। एउटा चेक साटेर पैसा निकाल्नुपरेको थियो। पैसा गनेर हेर्दा त बैंकको मान्छेले उसलाई पन्ध्र हजार रूपियाँ बढी दिएको रहेछ। त्यसैले ऊ काउन्टरमा फेरि फर्केर गयो र बैंकको खजाञ्चीको गल्ती बताउँदै त्यो पैसा फिर्ता दियो। खजाञ्चीले उसलाई धन्यवाद दियो। ऊ आफ्नो मनमा ‘मैले ठिक गरें’ भन्ने असल विवेक लिएर आफू काम गर्ने पसलमा फर्क्यो
“बैंकको मान्छेले मलाई पन्ध्र हजार रूपियाँ बढी भुक्तानी गरेको थियो,” पैसा उहाँको हातमा थमाउँदै उसले हरिकुमार साहुलाई भन्यो।
“ए, हो?” साहुले भन्यो, अनुहार उज्यालो पार्दै अनि हतार-हतार बैंकका नोटहरू गन्यो।
औंलाले अन्तिम नोट गनिसक्दा साहुको अनुहारबाट त्यो क्षणिक उज्यालो हराइसकेको थियो। “छैन गल्ती यसमा।” साहुको स्वर अलिक निराश सुनिन्थ्यो।
“ए, त्यो पन्ध्र हजार त मैले फिर्ता दिएँ नि। त्यो ठिक थिएन र?”
“कस्तो मूर्ख!” हरिकुमार साहुँ जङ्गियो।
“तिमीलाई थाह छैन बैंकका गल्तीहरू कहिल्यै सच्च्याइँदैनन् भनेर? बैंकले तिमीलाई पन्ध्र हजार कम दिएको भए र तिमीले ख्याल नगरेको भए, उसले त्यो कहाँ सच्च्याउँथ्यो र?”
साहुको हप्कीले उत्तमको मुखै रातो भएर आयो। प्राय: अपराध गर्दा भन्दा भुलचुक गर्न पुग्दा बढी शर्म लाग्ने हुन्छ। उक्त घटनामा केटोलाई आफूले गरेको कामको निम्ति एक किसिमको पछुतो लाग्यो किनभने उक्त कामलाई हरिकुमार साहुले मूर्ख भन्यो अनि उसले यो अठोट गर्यो कि अबदेखि उसो बैंकले यदि उसलाई एक लाख रूपियाँ बढी भुक्तानी गरे पनि उसले त्यो पैसा थपक्क आफ्नो मालिकलाई बुझाउनुपर्छ अनि त्यो पैसा साहुले जे जस्तो गर्नुहुन्छ त्यो उहाँकै तजबिजमा छोडिदिनुपर्छ।
“आफ्ना गल्तीका लागि आफै होशियार होऊन्,” हरिकुमार साहुले भन्यो।
यी कुराहरूलाई उत्तमले आफ्नो हृदयमा निकै सोच्यो। यी कुराले उसलाई यति गहिरो छाप पार्यो कि त्यो नमेटिने गरी उसको हृदयमा बस्यो र उसले बिर्सनै नसिकने भयो। “यो ठिकै हुन सक्छ,” उसले भन्यो, तर उसलाई पूरै सन्तुष्ट त लागेन।
यो अन्तिम घटना घटेको एक-दुई महिनापछि, उत्तमले महिना मरेपछिको आफ्नो तलब थाप्यो र गन्यो जुनचाहिँ उसले हरिकुमार साहुको हातबाट भर्खेरै पाएको थियो। उसले यो देख्यो कि उसलाई पचास रूपियाँ बढी तिरिएको रहेछ।
उसको मनको पहिलो भावना त यो थियो कि उसले यो पचास रूपियाँ आफ्नो मालिकलाई फिर्ता दिनुपर्छ, अनि उसको मुखबाट, “तपाईंले मलाई पचास रूपियाँ बढी दिनुभयो, सर” भन्ने शब्दहरू निस्कनै लागेका थिए, जब उसले बिर्सन नसकेका ती शब्दहरू “आफ्ना गल्तीहरू आफैं सच्च्याऊन् मानिसहरूले,” भनेर उसलाई झल्याँस्स सम्झना आयो जसले गर्दा ऊ हिचकिचायो। खराब कुरासित सङ्गत गर्नु भनेको त्यसको वशमा पर्नु हो।
“यस बारेमा मैले सोच्नुपर्छ,” त्यो
पैसालाई खल्तीमा हाल्दै उत्तमले मनमनै भन्यो। “यदि एउटा विषयमा त्यो ठिक हो भने अर्को विषयमा पनि त्यो ठिकै हुनुपर्छ। हरिकुमार साहुले अर्काको गल्तीले आफूलाई फाइदा हुँदा त्यसलाई सच्च्याउनुहुन्न भने यही नियमअनुसार अब उहाँको गल्तीले मलाई फाइदा हुँदा मैले नसच्च्याएकोमा उहाँले गुनासो गर्न त मिल्दैन।”
तर केटोलाई शान्ति त अलिकति पनि थिएन। उसलाई यो लाग्यो कि त्यो पचास रूपियाँ आफूले राख्नु भनेको बेइमानी काम हो। तर त्यो फिर्ता दिने निर्णय गर्न उसले सकिरहेकै थिएन। अहँ, त्यतिखेर निर्णय गर्नै सकेन।
आखिरमा उत्तमले त्यो पचास रूपियाँ फर्ता दिएन तर त्यसलाई आफ्नो इच्छाअनुसार खर्च गर्यो। उसले यो गरिसकेपछि एक्कासी उसलाई यस्तो लाग्यो कि सायद हरिकुमार साहुले उसलाई जाँच्नलाई भनेर त्यसो गरेको होला। तब उसलाई फिक्री लाग्न थाल्यो र ऊ अशान्ति र बेचैनीले भरियो।
यसको केही समय नबित्दै हरिकुमार साहुले त्यही गल्ती फेरि दोहोर्यायो। फेरि उत्तमले त्यो पचास रूपियाँ आफूसित राख्यो अनि यसपालि उसलाई अस्ति जस्तो गाह्रो लागेन। चरित्र बिग्रने बाटो ओरालो बाटो हो। एकचोटीको पापले फेरि पाप गर्न सजिलो बनाउँछ।
“आफ्नो गल्ती उहाँ आफैले सच्च्याउनुभएको होस्,” उसले दृढतापूर्वक भन्यो। “उहाँले अरूसित व्यवहार गर्ने सिद्धान्त यही हो, अनि उहाँले चलाउनुभएको नोट उहाँलाई नै फिर्ता आइपुग्दा उहाँले गुनासो गर्न त मिल्दैन। मैल मात्र पचास रूपियाँ चाहेको हुँ।”
त्यस समयदेखि उत्तमको असल नैतिक भावनाको धार बोधो भएर गयो अनि उसको विवेकले उसलाई अब पहिला जस्तो सताउन छोड्यो। उसले आफूभित्र एउटा लालची आत्मालाई पालनपोषण गर्न थाल्यो जुनचाहिँ सबैको हृदयमा हुन्छ जबसम्म त्यो ख्रीष्टको अनुग्रहले वशमा ल्याइँदैन। चाँडै नै उसले त्यस्ता कुराहरू आफूसित भइदिए हुन्थ्यो भनेर इच्छा गर्न थाल्यो जुन कुराहरू खरिद गर्न उसित क्षमता थिएन।
उत्तमसित व्यापार गर्ने खुबी थियो। यो देखेर हरिकुमार साहु खुशी थियो। उसले यो देख्यो कि यो जवानसित तीष्ण बुद्धि छ, ऊ मेहनती छ, र ग्राहकहरूसित व्यवहार गर्न सिपालु छ। त्यसैले साहुले छिटोछिटो उसको पद बढाइदियो अनि ऊ अठार वर्ष नपुग्दै त्यो पसलमा सबभन्दा जिम्मेवार पद उसकै भयो।
तर उत्तमले आफ्नो मालिकबाट व्यापार गर्ने सीप सिक्नु बाहेक अरू कुरा पनि सिकेको थियो। उसले बेइमानी गर्न सिकेको थियो। ऊ यो खराब मार्गमा हिँड्न थाल्दा उसले सुरुमा सिकेको पाठलाई कहिल्यै बिर्सेन। अनि यस खराब मार्गको दुष्ट तरिकालाई उसले आफैं अभ्यास गर्दै आएको थियो, केवल दुई पटक मात्र होइन तर सैयौं पटक अनि प्राय: जहिले पनि हरिकुमार साहुलाई निक्सान पर्ने गरीकन।
यो जवान व्यक्तिले आफूलाई फाइदा हुने खालको मालिकको गल्तीलाई पर्खेर बस्न छोडेको धेरै भइसकेको थियो। त्यस्ता गल्ती त उसले जानाजानी आफै बनाउने गर्थ्यो अब। कारोवार धेरै किसिमका हुन्थे र व्यापार ठूलो थियो अनि उसलाई बिनाशङ्का पूरै विश्वास गरिन्थ्यो।
अवश्य नै ऊ तीष्ण र धूर्त बन्न जान्यो, ऊ सधैं होशियार, सधैं चनाखो रहन्थ्यो। उसको मालिकले उसलाई उच्च सम्मानको दृष्टिले हेर्थ्यो अनि उसले गरेको बेइमान काम कतै पत्ता लाग्ला कि भनेर त्यसलाई निपुणतापूर्वक ढाकछोप गर्न ऊ सधैं चनाखो रहन्थ्यो।
कामकुरा यसरी नै अघि बढ्दै जाने क्रममा उत्तमको उमेर अब बीस वर्ष पूरा भयो। एक दिनको कुरा हो, व्यापारी हरिकुमार साहुकहाँ एउटा चिट्ठी आइपुग्यो जुन चिट्ठी पढेपछि साहुको मनमा भारी शङ्का उब्जियो। चिट्ठीले यो बतायो कि उत्तमको सङ्गत त्यति ठिक छैन अनि उसले एउटा क्लर्कको सामान्य तलबले धान्न सक्ने भन्दा ज्यादै निष्फिक्री रूपमा पैसा खर्च गर्दैछ।
हालसालै उत्तम र उसकी आमा एउटा सुन्दर घरमा सरेका थिए जहाँ महिनाको बाह्र हजार रूपियाँ भाडा तिर्नुपर्थ्यो जब की उसको मासिक तलब अठार हजार मात्र थियो तर उसले आफ्नी आमालाई आफ्नो तलब पैंतीस हजार छ भनेर झूट बोलेको थियो। उहाँलाई चाहिने सबै किसिमका सुविधाहरू पूरै जुटाइएका थिए अनि यसरी संसारमा लामो सङ्घर्षपछि बल्ल खुशीका दिनहरू आइपुगे भन्ने आमालाई लाग्दैथियो।
हरिकुमार साहुले त्यो चिट्ठी प्राप्त गर्दा उत्तम आफ्नै डेस्कमा बसेर काम गर्दैथ्यो। उसले आफ्नो मालिकलाई पुलुक्क हेर्यो। साहुको अनुहार एक्कासी बदलिएको उसले देख्यो। साहुले चिट्ठीलाई दोहोराएर दुई-दुई पटक पढ्यो अनि चिट्ठीका कुराले मालिकलाई विचलित पारेको कुरा उत्तमले स्पष्टै देख्न सक्थ्यो। हरिकुमार साहुले उत्तमको डेस्कतिर यस्सो नजर लगायो अनि त्यतिखेर उनीहरूका आँखाहरू ठ्याक्कै जुध्न पुगे। त्यो एकैछिनको लागि थियो, तर मालिकको हेराइ यस्तो थियो कि त्यसले उत्तमको मुटु नै छेड्यो।

दिनभरि व्यापारी साहुको हिँडाइचलाइ यस्तो थियो कि त्यो देख्दा त्यो जवानलाई डर र त्रास मात्र लागिरह्यो। उसलाई अब यो स्पष्टै थाहा भयो कि त्यो चिट्ठीले मालिकको हृदयमा शङ्का उब्जाइदिएको छ। अहो! उसलाई यति नमीठो पछुतो लाग्न थाल्यो अब! आफ्नो चोरी काम प्रकट होला र आफूले सजायँ भोग्नुपर्ला भन्ने कुराले ऊ यति भयभीत भयो! उसको पर्दाफास गरियो भने उसको बदनाम हुने र उसको जीवन बर्बाद हुने कुरा निश्चित थियो र उसकी विधवा आमा शोकले मर्नुहुने कुरा पनि निश्चित थियो।
त्यो साँझ उत्तमले खाना नखाएको कुरालाई र उसको मुख निकै अँध्यारो भएको कुरालाई उसकी आमाले ख्याल गर्नुभयो।
“तिमीलाई सञ्चो छैन जस्तो छ,” उहाँले भन्नुभयो। “आराम गर्यौ भने सुधार होला।”
“टाउको मात्र दुखेको हो। म एकछिन सोफामा पल्टिन्छु।”
आमा एकछिनपछि ऊ पल्टिरहेको सोफामा बस्न आउनुभयो अनि आफ्नो हात उसको निधारमाथि राख्नुभयो। तर के गर्नु, उसले त्यतिखेर अनुभव गरिरहेको पीडालाई आमाको हातको प्रेमिलो स्पर्षले हटाउन सक्नेवाला थिएन। त्यो पवित्र हातको स्पर्षले त उसको पीडालाई झनै असह्य बनाइदियो।
“अलिक आराम भयो कि?” आमाले सोध्नुभयो। उहाँ आफ्नो हात उसको निधारमाथि राखेर केही बेर त्यहीँ बसिरहनुभएको थियो।
“खासै छैन,” उसले जवाफ दियो। “एकछिन हावा खान निस्कन्छु। अनि सञ्चो हुन्छ,” भन्दै ऊ उठ्यो।
“बाहिर नजाऊ, उत्तम,” आमाले भन्नुभयो, उहाँको मनमा फिक्री लाग्न थालिसकेको थियो।।
“म नजीकै चक्कर मारेर आउँछु,” उसले भन्यो र हतारिँदै बाहिर निस्क्यो।
“टाउको मात्र दुखेको होइन उसलाई,” आमाले आफैलाई मनमनै भन्नुभयो।
ऊ केवल आमादेखि उम्कने उद्देश्यले मात्र आधा घण्टासम्म हिँडिरह्यो। यसरी हिँड्दै जाँदा अन्तमा ऊ हिरकुमार साहुको पसलनेर आइपुग्यो अनि त्यसलाई ऊ कटेर जानै लागेको थियो जब उसलाई आश्चर्य लाग्ने एउटा कुरा उसले देख्यो: पसलको भित्रपट्टी बत्ती बलिरहेको रहेछ।
“यसको माने के होला?” उसले आफैलाई सोध्यो र उसको ढुक-ढुक गरिरहेको मुटुभित्र अब एउटा नयाँ डर पस्यो।
ऊ ढोकानेर उभिएर सुन्न खोज्यो, त्यसपछि झ्यालबाहिर उभिएर भित्रपट्टिको आवाज सुन्न खोज्यो तर उसले भित्रबाट कुनै आवाज आएको सुनेन।
“केही नराम्रो कुरा हुन लाग्दैछ,” उसले भन्यो। “त्यो के होला? यदि मेरो काम प्रकट भयो भने यसको अन्त के होला? खत्तम हुन्छु, खत्तम हुन्छु! बिचरी मेरी आमा!”
त्यो दयनीय जवान हतारिँदै हिँड्यो र सडकहरूमा ऊ दुई घण्टासम्म हिँडिरह्यो र अन्तमा घर फर्क्यो। ऊ घरभित्र पस्दै गर्दा उसलाई उसकी आमाले भेट्नुभयो र आफ्नो चिन्ता नलुकाईकन उसलाई सुधार भएको छ कि भनेर सोध्नुभयो। उसले “छ” भन्यो तर यस्तो तरिकाले कि त्यसले उहाँको चिन्तालाई झन् बढाइदियो। त्यसपछि ऊ हतारिँदै आफ्नो कोठाभित्र पस्यो।
बिहान नास्ता खान भान्सामा बस्दा आफ्नो छोराको अनुहार अनौठो प्रकारले बदलिएको देख्दा आमाको हृदय डरले भरियो। ऊ केही बोलेन, उहाँको एउटै प्रश्नको पनि सोझो उत्तर उसले दिएन। यसरी भान्सामा बस्दै गर्दा एक्कासी ढोकामा कसैले ढकढकायो। त्यो आवाज सुनेर उत्तम बेसरी अतालियो र ढोकातिर टाउको फनक्क फर्काएर डराउँदै अब के हुने हो भनेर हेर्यो।
“को हुनुहुन्छ बाहिर?” आमाले सोध्नुभयो।
“एकजना सर उत्तमजीलाई भेट्न चाहनुहुन्छ,” एउटी केटीको आवाज सुनियो।
उत्तम तुरुन्तै उठ्यो र भान्सा कोठाको ढोका आफ्नो पछाडि लगाउँदै घरको गल्लीमा निस्क्यो। आमाचाहिँ आफ्नो छोरा फर्केर आउला भनेर पर्खी बस्नुभयो। केही बेरपछि उसलाई फर्केर आएको सुन्नुभयो तर ऊ भान्सा कोठामा पसेन। बरु गल्लीबाट हिँड्दै हिँड्दै ऊ सडकतिर खुल्ने ढोकापट्टि गयो अनि त्यसपछि त्यो ढोका बन्द गरिएको आवाज सुनियो। घरभरि चकमन्न भयो। उहाँ जुरुक्क उठेर भान्साबाट गल्लीमा निस्कनुभयो तर उत्तम त्यहाँ थिएन। ऊ त उसलाई बोलाउन आएको मान्छेसित गइसकेको थियो।
उफ, कस्तो दु:खलाग्दो विदाइ थियो
त्यो। हरिकुमार साहुले रातको बाह्र बजेसम्म उत्तमको हिसाब किताबका ठेलीहरू जाँचेर बिताएको थियो। उसले रू छ लाख भन्दा बढी रकम हिनामिना गरेको भेटियो। साहुजीले रिसले आँखा देख्न सकेन र बिहानै उसले उत्तमलाई पक्रन भनी प्रहरी चौकीमा रिपोर्ट गरेको थियो। अनि त्यहाँबाट खटाइएको एकजना प्रहरीसित उत्तम कहिल्यै नफर्कने गरी आफ्नी आमालाई छोडेर गएको थियो।
“यो बदमाश जवान, उसैले खनेको खाल्टामा ऊ बस्न जाओस् अब!” रिसले चुर हुँदै हरिकुमार साहु जङ्गियो। अनि उसले जवानको पूरा पर्दाफास गरिदियो। अदालतका सामु उत्तमलाई दोषी ठहराउन हरिकुमार साहु निकै उत्सुक देखिन्थ्यो र उसले यति धेरै प्रमाण जुटायो कि त्यहाँ सुनुवाइ गर्ने हरेकले उत्तमलाई दोषी देख्नु बाहेक उनीहरूसित अर्को विकल्प थिएन।
बिचरी आमा अदालतमा उपस्थित हुनुहन्थ्यो अनि आफ्नो छोराको दोषका प्रमाणहरू एक एक गरी सुनाइदा उहाँ आफूलाई थाम्नै नसक्ने गरी रूनुभयो। न्यायधीशले अपराधीलाई सम्बोधन गर्नुभयो। उसको विरुद्धमा फैसला सुनाउनु अघि उसलाई आफ्नो पक्षमा बोल्न मौका दिनुभयो। कैदी उठ्यो र भन्यो:
“श्रीमान्, हजुरले मेरो वादीलाई थोरै नजीक आउनलाई अनुरोध गरिदिनुहुन श्रीमानलाई विन्ती गर्न चाहन्छु किनभने म उहाँलाई र श्रीमानलाई मेरो आँखाले देख्ने गरी मेरो कुरा राख्न चाहन्छु।”
हरिकुमार साहुलाई अघिल्तिर अाउन निर्देशन दिइयो। उत्तमले साहुलाई एकछिन राम्ररी हेर्यो र त्यसपछि ऊ न्यायधीशतर्फ फर्क्यो।
“श्रीमानको सामु म एउटा कुरा राख्न चाहन्छु” (ऊ नहडबडाईकन, प्रस्टसित बोल्यो), “अनि यस कुराले मेरो अपराधलाई सही ठहराउन नसके तापनि सायद यसले मेरो निम्ति केही हदसम्म माफी दिलाउन सक्ला कि भनेर मैले सोचेको छु। म यो साहुको पसलमा एउटा निर्दोष केटोको रूपमा काम गर्न गएको थिएँ। यदि उहाँ एक इमानदार मान्छे हुनुभएको भए, म आज हजुरको सामु एउटा अपराधीको रूपमा उभिनुपर्ने थिएन!”
हरिकुमार साहुले उसको चरित्रमाथि यस्तो घोर आक्रमण हुनदेखि सुरक्षा प्रदान गरियोस् भन्दै अदालतसित विन्ती चढायो। तर उसलाई चूप रहन आदेश दिइयो। उत्तम अविचलित स्वरमा आफ्नो कुरा बताउन अगाडि बढ्यो: —
“उहाँको पसलमा मैले काम गर्न थालेको केही हप्ता मात्र भएको थियो। मैले एउटा हिसाबको बिल जाँचेको थिएँ, उहाँकै निर्देशनबमोजिम, अनि मैले त्यसमा दस हजार रूपियाँको गल्ती भेट्टाएको थिएँ।”
हरिकुमार साहुको मुख रातो भएर आयो।
“म यो देख्न सक्छु कि तपाईंलाई त्यो घटना याद रहेछ,” उत्तमले भन्यो, “अनि म बाचुञ्जेल मैले त्यो याद गर्नुपर्ने कुरा भएको छ। किनकि मैले तपाईंलाई ‘के म हिसाब सच्च्याऊँ’ भनेर सोधें तर तपाईंले जवाफ दिनुभयो —
“पर्दैन। आफ्नो गल्ती आफैं सच्च्याऊन् उनीहरूले। अर्काको हिसाब-किताब हेरिदिने काम हाम्रो होइन।”
“मलाई बेइमानी बन्न सिकाउने पहिलो पाठ त्यही थियो, श्रीमान्। त्यो बिलको पैसा भुक्तानी गरिएको म आफैले देखें अनि हरिकुमार साहुले त्यो दस हजार रुपियाँ आफ्नो लागि लिनुभयो जुन उहाँको थिएन। यो देखेर सुरुमा म बेसरी झस्किएको थिएँ। त्यो एकदम गलत काम देखिन्थ्यो। तर यसको केही समयपछि उहाँले मलाई मूर्ख भन्नुभयो जब मैले बैंकको खजाञ्चीलाई पन्ध्र हजार रूपियाँ फिर्ता दिएँ जुनचाहिँ चेक साट्न जाँदा बैंकले मलाई बढी भुक्तानी गरेको थियो, अनि त्यसपछि” —
“के म यस अदालतबाट सुरक्षाको माग गर्न सक्छु?” हरिकुमार साहुले भन्यो।
“यो जवानले भनेको कुरा के साँचो हो?” न्यायधीशले प्रश्न गर्नुभयो।
हरिकुमार साहु अलमल्लमा परेको देखिन्थ्यो। त्यहाँ उपस्थित सबैजनालाई निश्चित रूपमा यो लाग्यो कि यो दु:खी जवानलाई कुबाटोमा डोर्याउने काम उसैले गरेको हुनुपर्छ।
“त्यसको केही समय नबित्दै,” जवानले कुरा अगाडि बढायो, “मेरो तलब थाप्दा, मैले यो थाह पाएँ कि हरिकुमार साहुले मलाई पचास रूपियाँ बढी दिनुभएको रहेछ। म त्यो उहाँलाई फिर्ता दिनै लागेको थिएँ, तर अर्काको गल्ती अर्काले नै सच्च्याऊन् भन्ने उहाँको भनाइलाई मैले सम्झें र आफूलाई भनें, ‘साहुको गल्ती साहुले नै पत्ता लगाऊन् र त्यसलाई साहुले नै सच्च्याऊन्।’ तब मैले बेइमानी काम गरें र त्यो पैसा आफूसित राखें।
“यो कुरा फेरि दोहोरियो अनि फेरि पनि मैले बढी आएको पैसा आफूसितै राखें जुन मेरो थिएन। खराबीको सुरु यही नै थियो र आज म यहाँसम्म आइपुगेको छु। उहाँले यदि मलाई थोरै दया देखाउनुभएको भए सायद म चूप बस्ने थिएँ र आफ्नो पक्षमा बोल्ने थिइनँ।”
दुइटै हातले आफ्नो मुख छोपेर, आफ्नो मन थाम्नै नसकेर जवान आफ्नो ठाउँमा थचक्क बस्यो। उसकै छेउमा बसिरहनुभएकी उसकी आमा ठूलो स्वरले रूनुभयो, छोरामाथि निहुरेर आफ्ना हातहरू उसको टाउकोमाथि राख्नुभयो। त्यसपछि “बाबु, मेरो बिचरा बाबु!” भन्दै उहाँ मन्द स्वरले रोइरहनुभयो।
अदालतमा उपस्थित करिब सबैजनाको आँखा रसाएको थियो। कोही नबोलेको त्यस बखतमा हरिकुमार साहु करायो:—
“के मेरो चरित्रलाई एउटा अपराधीको वचनको आधारमा यसरी दोष्याउन मिल्छ, श्रीमान्? के यो ठिक हो?”
न्यायधीशले भन्नुभयो, “तपाईंले यो झूटा आरोप हो भनेर गम्भीर शपथ खानुहुन्छ भने सबैका सामु तपाईंको इज्जत कलङ्कित हुनदेखि बच्नेछ।”
यो सुन्ने बित्तिकै उत्तम जुरुक्कै उठ्यो।
त्यो दु:खी जवानको अन्तिम मौका यही थियो, अनि मानवताको आधारमा उसको कुरा सुन्न अदालतलाई करै लाग्यो।
आफ्नो आँखाले सोझै हरिकुमार साहुलाई हेर्दै उसले कराएर भन्यो:—
“यदि उहाँको हिम्मत छ भने उहाँले शपथ लिन सक्नुहुन्छ!”
हरिकुमार साहुले आफ्नो वकिलसित खासखुस सल्लाह गर्यो र शपथ खानदेखि पछि हट्यो।
त्यसपछि न्यायधीश उठ्नुभयो र उहाँले फैसला सुनाउनुभयो।
“तिम्री जवानीलाई अनि तिम्रो कलिलो उमेरमा तिमीमाथि आइपरेको परीक्षालाई मध्यनजर राखेर, अदालतले तिमीलाई सबैभन्दा हलुका सजायँको फैसला सुनाउने निर्णय गरेको छ अथवा एक वर्ष कैद। तर म तिमीलाई यो कडा चेतावनी दिन्छु कि तिमी यो खराब मार्गमा अरू अगाडि नबढ्नू। अपराधलाई कुनै पनि न्यायोचित बहाना छैन। परमेश्वर र मानिसको सामु त्यो खराब हो अनि त्यसले केवल दु:ख-कष्ट ल्याउँछ। जेलबाट तिमी फेरि छुटेपछि, तिम्रो अठोट यस्तो होस् कि म अपराध गर्नुभन्दा बरू म मर्छु!”
एक वर्ष बितेर उत्तम जेलबाट निस्कँदा उसको आमाको मृत्यु भइसकेको थियो। अदालतबाट जेल चलानी गरिएको दिनमा उसले उहाँको फिक्का अनुहारमाथि आँखा लगाएको त्यो दिनदेखि उसले आमालाई फेरि कहिल्यै देख्न पाएन।
यसको दस वर्षपछि एकजना मान्छेले सुदुर पश्चिमको कुनै शहरमा एउटा खबरपत्रिका पढेर बसिरहेको थियो। उसको अनुहार मलिन र शान्त देखिन्थ्यो तर उसले आफ्नो जीवनमा धेरै दु:ख-व्यथाहरू भोगेर आएको देखिन्थ्यो।
“बल्ल ऊ न्यायको हातमा परेछ!” भावनाले चुलिँदै उसले आफैलाई भन्यो। “ऋण चुक्ता गर्न नसकेको अभियोगमा सेन्ट्रल जेलमा चलानी गरिएछ। यही व्यक्तिले मलाई मेरो कलिलो उमेरमा मलाई खराबी गर्न पहिलो पाठहरू सिकाएको थियो। तर परमेश्वरलाई धन्यवाद होस्, यतिका वर्ष अगाडि बोलिएका न्यायधीशका वचनहरू आजसम्म मसित ताजै छन्। “जेलबाट तिमी फेरि छुटेपछि, तिम्रो अठोट यस्तो होस् कि म अपराध गर्नुभन्दा बरू म मर्छु!” अनि यो वचनलाई मैले पक्री राख्न सकें, फेरि अपराध गर्नु बाहेक अर्को विकल्प मैले नदेख्दा समेत। अनि परमेश्वरको सहायताले यो वचनलाई म सधैं पक्री राख्नेछु।”
Translated and adapted by Pradesh Shrestha from Tiger and Tom and Other Stories for Boys.

नोस्ट्रादामस (Nostradamus) का
भविष्यवाणीहरू “अप्रकट” र “अस्पष्ट” थिए। हिटलरलाई बयान गर्ने भनिएको निम्न भविष्यवाणीलाई विचार गर्नुहोस्: “भोकले उग्र पशुहरू नदीहरू पौडेर तर्नेछन्: उक्त प्रान्तको अधिक भाग हिस्टरको विरुद्धमा हुनेछ। एक महान् व्यक्तिद्वारा ऊ फलामको खोरभित्र घिसारिनेछ जब उक्त जर्मन बच्चाले कुनै कुरा अवलोकन गर्नेछैन” (centuries #2, quatrain #24)। यो यति अस्पष्ट छ कि यसको कुनै अर्थ छैन।
ज्योतिषशास्त्रलाई विचार गर्नुहोस्। त्यसका पूर्वानुमानहरू प्राय: एकदम अस्पष्ट हुन्छन्, जस्तै, “केही साथीहरूलाई यस्तो लाग्न सक्छ कि तिमीले उनीहरूलाई बेवास्ता गर्दैछौ।” अनि जब ज्योतिषशास्त्रले अलिक किटानसाथ पूर्वानुमान गर्दछ, तब त्यो प्राय: गलत हुन्छ। ब्रिटेनका दुई प्रख्यात ज्योतिषीहरूले यो पूर्वानुमान गरे कि हिटलरले दोस्रो विश्व युद्ध थाल्नेछैन। एडवर्ड लिन्डो (Edward Lyndoe) ले भने, “नाजीहरूले ब्रिटेनलाई हमला गर्ने रे? मलाई हाँस नउठाउनुहोस्! मेरो तालिकाहरूमा त्यसको एउटै सङ्केत देखिँदैन (June 25, 1939)।
जीन डिक्सन (Jean Dixon) लाई विचार गर्नुहोस्। तिनले यो भनिन् कि अमेरिकाभन्दा पहिला सोभियतहरूले चन्द्रमामा टेक्नेछन्, तेस्रो विश्व युद्ध सन् १९५८ मा सुरु हुनेछ, र सन् १९६७ मा क्यान्सरको औषधी पत्ता लाग्नेछ।
एडगार केसी (Edgar Cayce) लाई विचार गर्नुहोस्। उनले यो भविष्यवाणी गरे कि सन्
भविष्यवाणीको शुद्धता दर्शाउने शक्तिशाली गवाही हो। आधुनिक इस्राएलले प्रविधिद्वारा कृषि जगतमा उदेककै काम गरेको छ, तरैपनि ८०% भूमिको अझै निर्जल वा अर्ध-निर्जल अवस्थामा कुनै परिवर्तन ल्याउन सकिएको छैन। अनि यो चाहिँ बाइबल भविष्यवाणीको पूरा हुवाइस्वरूप परमेश्वरकै न्याय थियो।
२. छिन्न-भिन्नकरण र सतावट
व्यवस्था २८:६३-६७
यो भविष्यवाणी तब पूरा हुन थाल्यो जब ईपू ५८६ मा इस्राएलको पहिलो मन्दिर नष्ट गरियो र ७० वर्ष लामो बेबिलोनी निर्वासन सुरु भयो, तर त्यो सुरु मात्र थियो। मोशाले यो बताएका थिए कि व्यवस्थाको पुस्तकको भविष्यवाणी “अन्तिम दिनहरूमा” (व्यवस्था ३१:२९) पूरा हुनेछ जुन कालखण्ड चाहिँ ख्रीष्टको पहिलो आगमनपछि मात्र सुरु भयो।
७० एडीमा इस्राएलको दोस्रो मन्दिर रोमीहरूद्वारा नष्ट भयो अनि ६५ वर्षपछि यरूशलेम पूरै भत्काइयो जब रोमले बार कोक्भा विद्रोहलाई दमन गर्यो। उक्त ठाउँमा जूपिटरको नाममा समर्पित अर्कै शहर निर्माण गरियो। सम्राट हेड्रियनले यहूदीयाको नाम परिवर्तन गरेर सिरिया प्यालेस्टिना राख्यो। थुप्रै यहूदीहरूको संहार गरियो अनि बाँकीजसो कि त कैद गरी लगिए वा विश्वका अन्य ठाउँमा भागेर गए।
इस्राएलले १९०० वर्ष लामो छिन्न-भिन्नकरण अनुभव गर्दै आएको छ अनि ऊ भाग्दै जहाँ पुगे पनि सताइएको छ र पीडित भएको छ।
उसलाई रोमीहरू, ग्रीकहरू, मुसलमानहरू, रोमन क्याथोलिक चर्च, बाइजन्टाइनहरू र अर्थडक्स चर्च, स्पेनिशहरू (यहूदीहरू १४९२ मा स्पेनदेखि निस्कासन गरिए), भेनिसियनहरू (यहूदीहरू छुट्टै महल्लामा बस्नुपर्थ्यो), रूसेलीहरू (यहूदीहरू रूसदेखि १८८० को दशकमा
दोस्रो विश्व युद्धको ‘हलकस्ट’ जसअन्तर्गत ६० लाख यहूदी मारिए, व्यवस्था २८ को प्राचीन अगमवाणीको अर्को पूरा हुवाइ थियो। यरूशलेमस्थित हलकस्ट म्यूजियमले जर्मनहरूको हातबाट भोग्नु परेको तीतो शोकको गवाही दिइरहेको छ। मुख्य म्यूजियमका नौंओटा ग्यालरीहरू हलकस्टको फरक-फरक चरणलाई दर्शाउन छुट्ट्याइएका छन्, हिटलरको उदयदेखि उसको मृत्युसम्म। त्यहाँ आकुल बनाउने त्यस्ता सयौं फोटोहरू र वस्तुहरू छन्। मध्यरातमा गिरफ्तारिहरू। ध्वस्त सभाघरहरू। पाखुरामा पट्टीको वा स्टार अफ डेविडको चिन्ह लगाएर हिँड्नुपरेका यहूदीहरू। यहूदीहरू खिसी गरिएका, पिटिएका, थुकिएका, जलाइएका, गोली हानिएका, विष खुवाइएका। लाशका ह्रासहरू। वस्तु बोक्ने रेलका डिब्बाहरूबाट हेरिरहेका दयनीय अनुहारहरू। भोकमरिले पीडित मानिसहरू।
तरैपनि इस्राएल उसको छिन्न-भिन्नकरणको लामो शताब्दीहरू भरि एउटा छुट्टै जातिको रूपमा रहिरह्यो। सन् १७५४ मा बिशप थोमस न्यूटन (Bishop Thomas Newton) ले यहूदीहरूको बारेमा यो लेखे:
जसलाई मेदिनाथ
इस्राएलले सबै कुराका बाबजुद स्वतन्त्रताको निम्ति युद्ध (War of Independence) जित्न सफल भए, तर यो उसको सङ्घर्षको सुरुआत मात्र थियो। सन् १९५६ मा मिस्रसित सूएज युद्ध (Suez War) युद्ध गरियो र इस्राएलका जहाजहरूलाई सूएज कनालमार्फत प्रवेशमार्ग खुला राख्न मिस्रलाई मान्ने बनाइयो। त्यसपछि सन् १९६७ मिस्र, जोर्डन, सिरिया र इराकसित छ-दिने लडाइँ (Six-Day War) चल्यो जसमा साउदी अरब, सुडान, टुनिसिया, मोरक्को र अल्जेरियाले अरब गठबन्धनलाई सेना र हातहतियार दिएर साथ दिएको थियो। छ- दिने लडाइँ (Six-Day War) पछि १९६८-७० मा इस्राएलको विरुद्धमा मिस्रको वार अफ अट्रिशन (War of Attrition) नामक युद्ध चल्यो। त्यसपछि सन् १९७३ मा योम किप्पूर युद्ध (Yom Kippur War) चल्यो जब इस्राएललाई योम किप्पूर अर्थात प्रायश्चितको दिनमा हमला गरियो, दक्षिणमा मिस्रद्वारा र उत्तरमा सिरियाद्वारा। यी दुई मुस्लिम राष्ट्रहरूलाई साथ दिनेहरू यी थिए: लेबनन, इराक, कूवेत, जोर्डन, साउदी अरब, अल्जेरिया, टुनिसिया, लिबिया, सुडान, यूगाण्डा, क्यूबा, मोरोक्को र पाकिस्तान। सोभियत संघले हवाइजहाजहरू, ट्याङ्कहरू र हर प्रकारका अस्त्रहहरू प्रबन्ध गर्नुको साथसाथै इस्राएलको हवाइ शक्तिलाई तारो बनाउँदै हजारौं क्षेप्यास्त्रहरू प्रबन्ध गरे। इस्राएलले आफूसित भएको भन्दा अत्यधिक सैन्यशक्तिको सामना गर्नुपर्यो।
इस्राएल विरुद्धका यी प्रमुख युद्धहरू वास्तविकताको सानो एक छेउ मात्र हो। प्यालेस्टाइन अधिकारी (Palestine Authority), प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशन (the Palestine Liberation Organization), हमास (Hamas), हज्बोल्ला (Hezbolla), र इस्लामी जिहाद (Islamic Jihad) जस्ता मुस्लिम समूहरूहरूसित इस्राएलको बारम्बार सैन्य द्वन्द्व चलेको छ।
यस प्रकारले भयङ्कर विरोधका बीच इस्राएल भूमिमा फर्केर आएको छ, अनि त्यहाँ इस्राएलको उपस्थिति हुनु नै एउटा अटुट आश्चर्यकर्म रहेको छ।
तर इस्राएल आत्मिक रूपमा अन्धा छ र मरेको छ, ठिक जस्तो इजिकिएलले भविष्यवाणी गरेको थियो।
यसका लक्षणहरू ज्यादै प्रत्यक्ष छन्।
इस्राएलको आत्मिक अन्धापना आफ्नो मसीहप्रति रहेको उसको हठी अस्वीकारमा प्रत्यक्ष देख्न सकिन्छ। हाम्रो यहूदी गाइडले यो बताए कि इस्राएलमा ख्रीष्टलाई खुल्लमखुल्ला प्रचार गर्न वा सुसमाचारका पुस्तिकाहरू वितरण गर्ने काम कानून विपरित छ। जब हामीलाई उनीसित येशू मसीहको बारेमा कुरा गर्न खोज्यौं तिनले सुन्नै मानेनन् र “त्यो तपाईंको राय हो” भनेर कुरा टुङ्गाइदिए। यसले अधिक सङ्ख्यामा रहेका यहूदीहरूको डरलाग्दो अवस्थालाई दर्शाउँछ।
इस्राएलको आत्मिक अन्धापना इस्राएलको अति स्वाभिमानी घमन्डमा प्रत्यक्ष देखिन्छ। प्राय: इस्राएल घमन्डले फुलेको छ र आफ्नो पुनस्थापनाको आश्चर्यकर्म र आधुनिक युद्धहरूमाथिको विजयका लागि इस्राएलले परमेश्वरलाई महिमा खासै दिने गर्दैन। यी महान् आश्चर्यकर्महरूका लागि धन्यवाद र स्वीकारको एक अंश परमेश्वरलाई दिएजस्तो गरे तापनि इस्राएलका अगुवाहरू र प्रख्यात योद्धाहरू र प्रविधिलाई अधिकांश श्रेय दिने गरिन्छ। गिदोनको समयदेखि केही बदलिएको छैन जब परमेश्वरले इस्राएलको ठूलो सेनाको कटौति गरेर केवल ३०० लडाकु मात्र प्रयोग गर्नुभयो यस हेतुले विजयका लागि इस्राएलले आफैमा गर्व नगरोस्।
इस्राएलको आत्मिक मृत्यु र अन्धापना यस कुरामा पनि प्रत्यक्ष देखिन्छ कि आजका अधिकांश यहूदीहरू सेक्यूलर
छन्, यसको माने उनीहरू पुरानो नियम पवित्रशास्त्रको सम्बन्धमा कि त थोरै चासो राख्छन् कि त केही चासो राख्दैनन्। उनीहरू केही धार्मिक परम्परा र रीति पछ्याउँछन्, तर तिनीहरूको हृदय परमेश्वरदेखि टाढा छ। उनीहरू परमेश्वरको बारेमा कुरा त गर्छन् तर उहाँको आज्ञा मान्दैनन्। इस्राएलका सबभन्दा प्रतिष्ठित आधुनिक योद्धाहरू व्यभिचारी र शबाथ भङ्ग गर्नेहरू थिए।
इस्राएलको आत्मिक मृत्यु यस कुरामा पनि प्रत्यक्ष देखिन्छ कि उसले परमेश्वरको वचनको अधिकारमाथि रब्बीहरूको परम्परालाई राखेको छ। एकदमै कट्टरहरूसमेत
पुरात्त्वविदहरू सबैभन्दा
रोमको शहर अवस्थित भूमि तुलनात्मक हिसाबले नरम चट्टानहरूले बनेको छ। शहरी क्षेत्रभित्र मानिसहरूलाई दफन गर्ने अनुमति थिएन। त्यसैले शहर बाहिर थुप्रै स्थानहरूमा नरम चट्टानभित्र गल्लीहरू र सुरुङहरू खनिएका थिए। ती सुरुङहरूका भित्ताहरूलाई खोपेर खोपा-खोपा बनाइन्थ्यो र ती खोपाहरूमा मृत शरीरलाई राखिन्थ्यो। ती खोपाहरूलाई तखता-तखता मिलाएर एक माथि अर्को हुनेगरि खोपिन्थ्यो। शरीरलाई त्यसभित्र राखेपछि ती खोपाहरूलाई मार्बल वा टायलको पटरा प्रयोग गरेर बन्द गरिन्थ्यो।
हामी रोमको भ्रमण गर्न जान सकेको भए ती भूमिगत चिहानहरूको अवलोकन गर्न सकिने थियो र ती अचम्मका सुरुङहरू हाम्रा आफ्नै आँखाहरूले देख्न सक्ने थियौं। हामीले त्यहाँ लामो र साँघुरो गल्लीहरू देख्ने थियौं। उक्त गल्लीहरूको चौंडाइ औसतमा करिब साँढे दुई देखि चार फिट मात्र छन् जहाँ मुश्किलले दुईजना मात्र अटाउन सक्छन्। माथिबाट कहीँ-कहीँ मात्र थोरै प्रकाश छिर्न सक्ने ठाउँ भएका ती सुरुङहरू अँध्यारो र निरस छन्। ती सुरुङहरू एक-अर्कासँग जोडिएका र घुमर्किएका भएकोले त्यहाँ एक प्रकारको जटिल भुलभुलैया बनेको छ। ती भूमिगत गल्लीहरूमध्ये थुप्रै गल्लीहरू भूमिको सतहभन्दा करिब ३० वा त्यो भन्दा बेसी फीट मुनि छ। यदि ती सबै सुरुङहरूलाई एक छेऊदेखि अर्को छेऊ जोड्ने हो भने झण्डै ८०० किलोमिटर लामो हुन्छ! र भित्ताहरूमा त्यहाँ करिब ४० देखि ७० लाख चिहानहरू छन्! ती चिहानहरूमा कति ख्रीष्टियनहरू दफन गरिएका छन् भन्ने कुराको सानो अनुमान हामी लगाउन सक्छौं।
माछाको चित्र एउटा अति अर्थपूर्ण कुराको प्रतीक थियो। माछाको सङ्केतको अर्थ यस्तो थियो: येशू ख्रीष्ट, परमेश्वरका पुत्र, (हाम्रो) मुक्तिदाता! सुरुका ख्रीष्टियनहरूले कसरी माछाबाट यस्तो अर्थ बुझ्न सक्थे? माछा शब्दको ग्रीक रूप यस्तो थियो:
माछा शब्दको ग्रीक रूप (इख्थीस) वास्तवमा एउटा छोटो रूप हो जसमा हरेक अक्षर कुनै अर्को शब्दको सुरुको अक्षर थियो।
तसर्थ, माछाको साङ्केतिक चित्र ख्रीष्ट जनाउने एउटा प्राचीन ख्रीष्टियन सङ्केत थियो: येशू ख्रीष्ट, परमेश्वरका पुत्र, (हाम्रो) मुक्तिदाता! यी शब्दहरूले स्पष्ट शिक्षा दिन्छ: येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ! उहाँ परमेश्वरको महिमित पुत्र हुनुहुन्छ! उहाँ परमेश्वरको एकमात्र मुक्तिदाता हुनुहुन्छ! आज पनि माछाको चित्र कहिलेकाहिँ ख्रीष्टियन सङ्केतको रुपमा देखिन्छ।
मोंकहरू वा हर्मीटहरूले विचित्र जीवन व्यतित गरे। विचित्र जीवनशैलीको निम्ति शिमोन स्टाइलीट्स जस्तो प्रख्यात अरू कोही पनि छैन। शिमोनको मृत्यु सन् ११५९ मा ६९ वर्षको उमेरमा भएको थियो। तिनी सिरिया वासी थिए। तिनको जीवनको अन्तिम तीस वर्षको समयमा तिनको मृत्युको दिनसम्म नै तिनी एउटा खाँबो (जसको नाम स्टाइलस थियो, यसैकारण तिनको नाम शिमोन स्टाइलीट्स हुन पुग्यो) को टुप्पामा बसे। शिमोनले केही खाँबाहरू निर्माण गरे, हरेक खाँबा अघिल्लो भन्दा अल्गो हुन्थ्यो। उसको अन्तिम खाँबा साठी फीट अल्गो थियो र टुप्पोमा केवल ४ वर्ग फीट क्षेत्र थियो (बसोबासो गर्न खासै ठूलो क्षेत्र त होइन)। तिनी करिब ३० वर्षसम्म त्यहाँ बसे र प्राय: उभिन्थे पनि। तिनी हरेक दिन त्यहाँ हुन्थे—दिन र रात, गर्मी र जाडो, चिसो र तातो, वर्षा र घाम। साठी फीट उचाइबाट तर जमीनमा भेला भएका मानिसहरूलाई तिनी प्रचार गर्थे।